January 18, 2010

गुनासो

किन फेरेका होलान त्यो राष्ट्रिय गान,
लेखिएकै थियो त्यहाँ, 'प्रचण्ड' भनेर
प्रतापी त उनी हुँदै हुन्
राजा हटेपछि,
भूपति पनि उनी नै भए
क-कस्का जग्गा बाँड्न गए
गरीब सुकुम्बासीको असीम मायाले
जंगल त आफ्नै , फाँड्न गए
खाली
'महाराज'को सट्टा 'माओबादी' लेखिदिए
कुरै सकिने ठाउँमा
किन फेरेका होलान त्यो राष्ट्रिय गान,
लेखिएकै थियो त्यहाँ, 'प्रचण्ड' भनेर
यो नयाँ गानमा
सयौं थरि फूल भनेर
एउटै माला भनेको मिलेन
त्यहाँ 'प्रचण्ड'को 'प्रताप' खुलेन
त्यसरी त कसैको सर्बोच्चता भएन
संबिधान बन्ने पनि अवस्था रहेन
बरु,
उही पुरानै गानमा
'प्रजा' को ठाउँमा 'वाईसिएल' राखिदिए
कुरै सकिने ठाउँमा
किन फेरेका होलान त्यो राष्ट्रिय गान,
लेखिएकै थियो त्यहाँ, 'प्रचण्ड' भनेर |
(प्रबासी शर्मा, काठमाडौँ, नेपाल)

6 Comments:

Anonymous said...

wow !

HAWA said...

कविता आफैमा रमाइलो छ.. तर प्रबासी जी जंगल फाड़ने मा माओबादी भन्दा पनि अन्य दलमा बढी छन्.. सुकुम्बासी लगायत सबै हिजो का उपेक्षित् वर्ग का समम्या सम्बोधन नगरी कुनै उपाय छैन.. बरु कसरि गर्ने भन्ने मा छलफल गर्दा हुन्छ

नेपालियन said...

मलाइ कबिताको शब्द मेल निकै राम्रो लाग्यो। गध्य कबिता यस्तो पो हुनु पर्छ जती पढ्यो उती पढू पढू लाग्ने।
राम्रो घोचपेच छ कबितामा, यथार्थलाइ निकै छोएको छ।
हावा जी यो त कबिता हो नि एक धार समातेर लेखिने। राजनिती भन्दा पनि साहित्यिक रस चाख्न बल गरौं ,कसो?

HAWA said...

नेपालियन जी, कबिता भित्रै को राजनीतिक बिसय बस्तु मा 'राजनीतिक कमेन्ट' गरेको... साहित्यिक रुपमा रमाइलो र रोचक छ कविता

Anonymous said...

कविता रोचक छ गध्य कबिता यस्तो पो हुनु पर्छ जती पढ्यो उती पढू पढू लाग्ने।

देशभक्त नेपाली said...

त्यही त भन्या बेकारमा किन फेरेका होलान है ?
साह्रै प्रासंगीक छ न्याय संगत को कुरो हो यो । यसलाइ म कविता भन्दा समय सापेक्ष र यथार्थ चित्रण भन्न रूचाउँछु ।
जय होस् ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !