September 6, 2009

लौ हाँसौं !

मुक्तक

झ्यालबाट हेर्दा  बाटोमा कोही देखिएन ,
झ्यालबाट हेर्दा बाटोमा कोही देखिएन ।
बाटोमा गएर हेर्दा,
झ्यालमा पनि कोहि देखिएन ।

सरदार

Sardar Ji always studies in front of mirror for 3 reasons:
1: It helps saving revision time.
2: He can keep a watch on himself.
3: He likes combined study.

जँड्याको प्रयोग

आफैं जाँड खाने बाऊले छोरालाई जाँड-रक्सीको खराबी बताउन एउटा गिलासमा रक्सी भर्छ । भरीएको ग्लासमा भूईबाट एउटा कमिला समातेर हाल्छ । कमिला एकैछिन चलमल गर्छ र मर्छ ।

बाऊ: ल भन, छोरा तिमीले यसबाट के बुझ्यौ ?

छोरा: बुबा, जाँड रक्सी खायो भने पेट र शरिरमा भएका हानिकारक किटाणुहरु मर्दा रहेछन ।

माग्ने

एउटा माग्ने बाटो हिंडने संग पैसा माग्दै

“हजुर २० रुपैया दिनुस न कफी पिउन मन लाग्यो”

“अनि कफी त जम्मा १० ले नै आउँछ त”

“तर मसंग मेरो गर्लफ्रेण्ड पनि छ नि …”

“माग्ने भएर पनि गर्लफ्रेण्ड बनायौ?”

“हैन ! गर्लफ्रेण्डले मलाई माग्ने बनाई”

र अन्तमा यो पनि 

रामेको बाउले घरमा एउटा अनौठो रोबोट ल्याए । त्यो रोबोटले कसैले झुठ बोल्यो कि थाहा पाउने र गालामा चड्कन हान्थ्यो ।

एकदिन रामे स्कूल नगै अन्तै गएर ढिला घर फर्कन्छ । बाउले उसलाई सोध्छन
“रामे !, यत्तिका बेरसम्म कहाँ थिईस ?”
“स्कूलमा एक्स्ट्रा क्लास थियो....” रामेको वाक्य पुरा नहुँदै रोबोटले रामेको गालामा एक चडकन हान्छ ।

आफूसंग झुठो बोलेकोमा रिसाएर बाऊ चाही पनि रामेलाई दनादन पिट्दै गर्दा कोठामा रामेको आमाको प्रवेश हुन्छ । छोरालाई सानो गल्तिको लागि निर्घात कुटेको देखेर आमाचाही बचाउ गर्दै रोक्न अघि सर्छीन:- “ हैन गल्ति भयो त के गर्नु, छोरा त तपाईकै हो नि, आफ्नो छोरालाई पनि यस्तरी कुट्छन ....”

यसपाला रोबोटको हात हाबामा लहराउँछ र आमाको गालामा एक चडकन लाग्छ ।



6 Comments:

प्रबिण थापा said...

लै म त हाँसेको हास्यै भए। ठकारी सर सबै दमदार छन्, यो अन्तिमको छ नि त्यो चाहि सशक्त नै लाग्यो।

skduwal.blogspot.com said...

अन्तिमको अलि धेरै नै सशक्त लाग्यो। जस्को घरमा यसको यथार्थले छोएको हुन्छ त्यस परिवारका सदश्य दुबै असक्तनै बनाउने खालको रहेछ। राम्रो लाग्यो घुमोरो ठट्यौली जस्तै....

Anonymous said...

हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा,

मेरो तर्फ बाट -
एक दिन राजू के पापा एक रोबोट ले कर आये…
वह रोबोट झूठ पकड़ सकता था और झूठ बोलने वाले को गाल पर खीँच कर चांटा मार देता था…
आज राजू स्कूल से घर देर से आया था... पापा ने पूछा "घर लौटने में देर क्यो हो गयी?"
"आज हमारी एक्स्ट्रा क्लासेस थी" राजू ने जवाब दिया...
रोबोट अचानक अपनी जगह से उछला और जमकर राजू के गाल पर चांटा मार दिया.
पापा हंसकर बोले, "ये रोबोट हर झूठ को पकड़ सकता है और झूठ बोलने वाले को चांटा भी मारता है. अब सच क्या है यह बताओ... कहाँ गए थे?"
"में फिल्म देखने गया था" राजू बोला
"कौन सी फिल्म?" पापा ने कड़ककर पूछा
"हनुमान".चटाक... अभी राजू की बात पूरी भी नहीं हुई थी की उसके गाल पर रोबोट ने एक जोर का चांटा मारा.
"कौन सी फिल्म?" पापा ने फिर पूछा
"कातिल जवानी."
पापा ग़ुस्से में बोले "शर्म आनी चाहिए तुम्हे. जब में तुम्हारे जितना था तब ऐसी हरकत नहीं किया करता था."
चटाक... रोबोट ने एक चांटा मारा... इस बार पापा के गाल पर.
यह सुनते ही मम्मी किचन में से आते हुए बोली "आख़िर तुम्हारा बेटा है ना... झूठ तो बोलेगा ही"
अब मम्मी की बारी थी... चटाक...

Chaitanya said...

मुक्तक अत्यन्तै मीठो लाग्यो |

नेपालियन said...

हुन त आफु आफुलाइ रमाइलो लाग्नेमा बढी हासिन्छ। मलाइ त जती तल गयो उती रमाइलो लाग्यो। ३ नं को राम्रो,४ नं को झन राम्रो अनि ५ नं को अतीनै राम्रो।
ठरकी सरलाइ ठट्टाको लागी धनियाको पात।

Luna said...

ठर कि दा !
बेस्मरी हसाउनु भो ! धन्यवाद :)

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !