April 21, 2016

Green Card (पर्मानेन्ट रेजिडेन्स)

Santosh Chimeriya
फर्कदा 'लुक्स' तिल चामल भइसकेको थियो। १८ वर्ष छोटो अवधि होइन। जाँदा झोला दुई वटा थिए, फर्कदा एउटा मात्र। जाँदा सपरिवार बिदा गर्न आएका थिए। फर्कदा बिरानो झै लाग्ने शहरले नचिने झैं गरिरहेको थियो। त्यतिबेला मेरो मनोदशा दोस्रो विश्वयुद्धपछि जर्मन फौजको सिपाही मस्कोबाट बर्लिन फर्केको जस्तो थियो। संसार जित्न हिँडेको म सबैथोक हारेर आफ्नै ‘बलिर्न' फर्कदै थिएँ। जुनसुकै युद्धमा होस् जीवन हार्नेहरुले सम्मानित स्थान पाउँछन् तर जीवनमा हार्नेहरुलाई सहिदको सम्मान प्राप्त गर्ने सौभाग्य  हुँदैन। मैले त्यसदिन आफूलाई जर्मन सिपाही जस्तै अभागी अनुभव गरेँ।
हामी दुई दाजुभाइ थियौ। तर, दाइलाई मैले आउँदै छु भनेर खबर गरेको थिइनँ।।हाम्रो कुराकानी नभएको वर्षौं भइसकेको थियो। दाइको घरको मूलगेटको घण्टी बजाउनु केहीबेर अघिसम्म पनि हाम्रो अंशबण्डा नभएको तर्क अथवा इगोबाहेक उसलाई भेट्ने भावनात्मक उत्सुकता र प्रेम थिएन।
१८ वर्षको वनबासपछि पनि हाम्रो पुनर्मिलन राम र भरतको जस्तो नहुने निश्चित नै थियो। संवेदना र भावनालाई जोगाउन नसकेकोमा आफै देखेर आफै अचम्भित भएँ।
घण्टी बजाएको एकछिनमा ढोका खोल्न एउटी महिला आइन्। ढोका आधा खोलेर चियाइन्।  दाइकी श्रीमती होलिन्– भाउजू!
उनीहरुप्रति मनमा सम्मान बाँकि थिएन। त्यसैले शिष्टाचारको औपचारिकता पूरा नगरी सोधें–राम छ?
‘तपाईं को?' उनले पनि ठाडै सोधिन्।
‘भाइ', मैले आवश्यकता भन्दा एक शब्द पनि बढी बोलिनँ।
‘को भाइ?’, उनले फेरि सोधिन्।


March 27, 2016

YouTube यात्रा #nepalisongs


जब पश्चिम आबाज लिएर निश्कन्छ, केन्द्र बन्दुक बोकेर पूग्छ। तर पश्चिमलाई सहयोगको खांचो पर्दा काठमाण्डौ सिरक ओडेर सुत्छ। यसै प्रसंगमा सुन्नुहोला (हेर्नुहोला) एउटा मुटु छुने गित।


March 26, 2016

आउ खेलौँ होली #Holi

 इन्जिनियर राकेश कार्की
लस एन्जेलस

देश विदेश जताततै
यो कस्तो उमंग
आयो फागुन होलीको
थरिथरिको रङ्ग

एकआपसमा मिलेर
भिँडमा रमाइरहे
मौसम नै मज्जा आनन्द
रङ्गमै डुबाइरहे


March 24, 2016

प्रिन्श् ह्यारी गाउंको जोगी गिद्द अन्तको जोगी सिद्द

कुरा के भन्ने खै, कुरो त्यही हो, प्रिन्श् ह्यारीको नेपाल भ्रमाण बारे। गाउंको जोगी गिद्द अन्तको जोगी सिद्द। कुरो आफै मिलाएर बुझौं, केही भए तल कमेन्ट बक्समा राखौ.


January 22, 2016

हराएका गायक कुल प्रसाद पोखरेल #coolpokhrel #cometsinger

दशक पहिले सबैसंग बिदा भइ क्षितिज पारीको यात्रा गरेका गायक कुल प्रसाद पोखरेल  नेपाली संगीतको आकाशमा केतू जस्तै हराएर गए। केतू जसरी उज्जवल प्रकाश छरेर आफ्नो प्रभाव पारेर छोटो समयमा बिलीन हुन्छ, कुल प्रसाद पोखरेल त्यसरी नै गायन क्षत्रमा आफ्नो छोटो तथा गहीरो प्रभाव पारेर हामीबाट बिदा भएका छन। बिदा भएका छन भन्नू पर्दा पनि बिदा भएका थिए भन्दा उनीलाइ न्याय होला।

उनका गितले नया पिंडीमा खासै प्रभाब नपार्लान तर नेपालमा पप गायन उदायमान हुंदा उनी हरेक संगित प्रेमीको ह्रिदयमा ठाउं जमाउन सफल भएका थिए। पप गितलाई आफ्नै पारामा नेपालीमा गाउने कुल प्रसाद 1981 मा नवलपरासीमा जन्मेका थिए। उनीले पोखराको ज्ञानू बाबाबाट स्कुल सकाएका थिए भने पहिलो एल्बम 1999 मा निकाले थिए। 2000 मा आमा, 2002 मा हुन्न  र एलबम निकालेका उन्ले  2004 मा नयां एल्बम निकाल्ने क्रममा दुर्वसेनको भूमरीमा आफ्नो जिवन पाटन अस्पतालमा त्यागे।

पूरस्कार र चर्चा खासै नबटुलेका कूल प्रसाद पोखरेल श्रोतामाझ मात्र नभइ उनकै परिवारको मायाबाट पनि उग्लिएका छन। तर नेपाली गीतको माया गर्ने र नेपालीपानमा रमाउने श्रोताहरुले भने कुल प्रसाद पोखरेललाइ पक्कै पनि भूलेका छैनन्।