August 19, 2026

यस्तो कथा कहिल्यै सुन्न नपरोस्

 


यस्तो कथा कहिल्यै सुन्न नपरोस्। शीर्षक सुन्दा नै आङ्ग जिंग्रिङ्ग हुने यस्ता घटना, पूरा समाचार पढ्दा  नै जीउ सिङ्गिङ्ग हुन्छ। बच्चाबच्चाका बाउआमालाई त यो खबरले मुटु नै घोचेको भान हुन्छ। यस्तो कुरा कहिल्यै कसैलाई नपरोस्। 

शीर्षक "बारामा तीन वर्षीया बालिकाको हत्या, बलात्कारको आशंका" त्यस्तै खालको समाचारमा पर्छ। बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ स्थित दसधुरे भन्ने स्थानबाट तीन दिनदेखि हराईरहेकी तीन वर्षीया गरिमा चौधरी मृत फेला परेकी छिन्। जीतपुरसिमरामा रहेको एक घरभित्र बालिका मृत भेटिएकी हुन्।  बालिका फेला परेको उक्त घर पाँच महिनादेखि खाली रहेको थियो ।  बालिकाको शव नग्न अवस्थामा फेला परेको हुँदा बलात्कारपछि हत्या भएको आशंका गरिएको छ । शव भेटिएको घरभित्र बालिकाको भित्रीसहित अन्य लुगा समेत फेला परेको छ। इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक (डिएसपी) दिलिप क्षेत्रीले बालिकाको लुगा त्यही फेला परेको र शव नग्न अवस्थामा भेटिएकाले बलत्कारपछि हत्या भएको आंशका रहेको बताए। ‘बलात्कारपछि हत्या भएको हो कि भन्ने आशंका गर्न सकिन्छ’ डिएसपी क्षेत्रीले भने ‘शल्यपरीक्षण रिपोर्टले थप पुष्टि गर्छ।’

बालिकाको शव मुचुल्का प्रक्रिया पूरा गरी शल्यपरीक्षणका लागि प्रहरीले अस्पताल पठाएको छ।  वीरगन्जस्थित विपद् व्यवस्थापनमा रहेको तालिम प्राप्त कुकुर ल्याएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ। प्रहरी कार्यालय सिमराले बालिकाको हत्या भएको निष्कर्ष निकाल्दै प्रहरी निरीक्षक प्रकाश थापालाई अनुसन्धान अधिकृत तोकेर घटनाको अनुसन्धान थालेको छ। मनोज चौधरी र मनमती चौधरीकी तीन वर्षीया छोरी गरिमा आइतबार बिहान देखि बेखबर थिइन् । बस्तीको बीचबाट अचानक बेपत्ता भएकी बालिकालाई परिवार र प्रहरीले खोजी सुरु गरिरहेको थियो।  तीन दिनसम्म अज्ञात रहेकी बालिका करिब डेढ सय मिटर दक्षिणतर्फको घरमा मृत भेटिएकी हुन् ।  उक्त घर भाडामा लगाइएपनि पाँच महिनादेखि भने खाली रहेको थियो।   ढोकामा ताला समेत नलगाइएको उक्त घरबाट गन्ध आएपछि स्थानीयले झ्यालबाट हेरेको र बालिकाको शव देखेपछि प्रहरीलाई खबर गरेका हुन्। बालिकाको शव सुन्निएको अवस्था भेटिएको छ भने योनीमा समेत चोट देखिएको छ। शवको प्रकृति हेर्दा घटनास्थलमै बालिकाको बलत्कारपछि हत्या भएको पुष्टि हुने आधार भएपनि शल्यपरिक्षण रिपोर्ट पर्खनुपर्ने प्रहरीको भनाइ छ। 

यो घटनाको दोषी खोजेर सक्दो कारबाही होस्।




July 7, 2026

Spain vs Portugal World Cup Game likely score: Spain 2- 1 Portugal

 


The Spain vs Portugal Round of 16 clash on July 6, 2026, at AT&T Stadium (Arlington, Texas) is one of the most anticipated matches. It's a heavyweight Iberian derby between two top European teams with massive talent, history, and passion.

Spain and Portugal have a long rivalry (Spain leads overall, but recent matches are very close). Portugal beat Spain in the 2025 UEFA Nations League final on penalties after a 2-2 draw.

Spain dominated their group and beat Austria 3-0 in the Round of 32. Portugal edged Croatia 2-1. Now they are playing against each other.

For Spain, likely goal scorer will be Mike Oyarzabal and Lamin Yamal. Nico Williams and Pedri, Rodri may score goal as well.

For Portugal, Cristiano Ronaldo and Brunuo Fernandes will be likely goal scorers. Goncalo Ramos and Rafael Leao may score goal as well.

Exicting facts of Spain:

  • Boasts one of the most talented young squads in the world (Lamine Yamal, Pedri, etc.).
  • Known for tiki-taka style evolved into high-pressing, technical dominance.
  • Strong defense and midfield (Rodri is world-class anchor).
  • Recent major tournament contenders with a golden generation.

  •  Exciting facts of Portugal:

  • Extremely balanced squad with elite players across all lines.
  • Cristiano Ronaldo's last (or near-last) World Cup — huge emotional story.
  • Dangerous on counters with world-class wingers and midfield creators (Bruno Fernandes, Vitinha).
  • Strong recent pedigree, including Nations League success.


  • Likely score of the game: Spain 2- 1 Portugal
    Actual Score: Spain 1- 0 Portugal. (AI was right but predicted score was wrong)

    Note: This score is AI predicated. We will update the score after the actual game.



    July 3, 2026

    भेनेजुएलामा भूकम्प

     


    दक्षिण अमेरिकी देश भेनेजुएलामा २०२६ जुन २४ मा लगातार दुई शक्तिशाली भूकम्प (क्रमशः ७.२ र ७.५ म्याग्निच्युड) आए। दुवै भूकम्प करिब ४० सेकेन्डको अन्तरमा आएका थिए र विशेषगरी उत्तरी क्षेत्र तथा राजधानी काराकास वरपर ठूलो क्षति पुगेको छ। 

    हालसम्म को मुख्य विवरण:

    • मृत्यु: हालसम्म सयौं मानिसको मृत्यु पुष्टि भए को छ। विभिन्न समाचार स्रोतहरूले फरक-फरक संख्या दिएका छन्, किनभने उद्धार कार्य जारी छ। केही पछिल्ला सरकारी अद्यावधिकले 2595 जनासम्म मृत्यु भएको जनाएको छ। 
    • सम्भावित मृत्यु: अमेरिकी भूगर्भ सर्वेक्षण (USGS) को प्रारम्भिक अनुमान अनुसार अन्तिम मृतक संख्या हजारौं पुग्न सक्ने जोखिम रहेको बताइएको छ, किनकि धेरै मानिस अझै भग्नावशेषमा फसेका वा बेपत्ता छन्। 
    • घाइते: करिब 12,000 भन्दा बढी मानिस घाइते भएका छन्। 
    • बेपत्ता: 38,500 मानिस सम्पर्कविहीन वा बेपत्ता रहेको रिपोर्ट गरिएको छ। 
    • विनाश: सयौं भवन, अपार्टमेन्ट, होटल र अन्य संरचना भत्किएका छन्। विशेषगरी ला ग्वाइरा (La Guaira) राज्यमा ठूलो क्षति भएको छ र त्यस क्षेत्रलाई विपद् क्षेत्र घोषणा गरिएको छ। विद्युत्, सञ्चार तथा आधारभूत सेवाहरूमा व्यापक अवरोध आएको छ। संयुक्त राष्ट्रसंघले प्रत्यक्ष भौतिक क्षतिको अनुमान ६.७ अर्ब अमेरिकी डलर गरेको छ, जुन कुल घरेलु उत्पादन (जीडीपी) को करिब ६ प्रतिशत बराबर हो।
    • उद्धार र राहत: सेना, आपत्कालीन उद्धार टोली तथा अन्तर्राष्ट्रिय सहयोगी देशहरूले खोज तथा उद्धार अभियान सञ्चालन गरिरहेका छन्। रेडक्रस, संयुक्त राष्ट्रसंघ र विभिन्न देशहरूले (United States, Dominican Republic, El Salvador, Mexico, Spain, Switzerland, India, Germany, Colombia, Ecuador, Panama, France, Italy) राहत सामग्री, चिकित्सकीय सहायता र खोज–उद्धार टोली पठाएका छन्। 


    स्थिति अझै परिवर्तनशील भएकाले मृतक, घाइते र बेपत्ताको संख्या उद्धार कार्यसँगै बढ्न वा अद्यावधिक हुन सक्छ।

    नेपालको २०७२ (२०१५) को  गोरखा भूकम्प ७.८ (मुख्य भूकम्प) र त्यसपछि ७.३ को ठूलो परकम्प  मानवीय तथा भौतिक क्षतिको हिसाबले हालसम्मको भेनेजुएला (२०२६) को भूकम्पभन्दा धेरै विनाशकारी थियो। नेपालमा करिब ९ हजार मानिसको ज्यान गएको, २२ हजारभन्दा बढी घाइते भएको, र लाखौं घर तथा ऐतिहासिक सम्पदा ध्वस्त भएका थिए।



    June 18, 2026

    अमेरिका र इरानबीचको १४-सूत्रीय सम्झौतामा के छ ?

    चार महिनाभन्दा बढी समय चलेको अमेरिका-इरान युद्धले सम्पूर्ण विश्वलाई प्रभाव पारेको थियो। यो शान्ति सम्झौता देख्न पाउनु सुखद कुरा हो। हेरौँ, यो सम्झौताभित्र के-के छ। 
    समझदारी पत्र (Memorandum of Understanding) को रूपमा चिनिने १४-सूत्रीय सम्झौता मा, इरानले कहिल्यै आणविक हतियार नबनाउने उल्लेख छ। साथै, यसले देशको "पुनर्निर्माण र आर्थिक विकास" का लागि \(\$३००\) अर्ब डलर (करिब £२२४ अर्ब) को कोष पनि प्रतिबद्ध गरेको छ - यद्यपि अमेरिकाले यसमा योगदान गर्नुपर्ने बाध्यता छैन। यी दुई देश र इजरायलबीचको द्वन्द्व सुरु भएको चार महिनापछि यो सम्झौता भएको हो।
    अमेरिका-इरान सम्झौता
    मा के-के छ?
    • बुँदा १: 'सबै मोर्चा'मा द्वन्द्वको अन्त्य: सम्झौताको पहिलो अनुच्छेदमा अमेरिका, इरान र तिनका सहयोगीहरूले लेबनानसहित 'सबै मोर्चा'मा सैन्य कारबाहीको "तत्काल र स्थायी" अन्त्यको घोषणा गर्ने उल्लेख छ। 
    • बुँदा २: 'आन्तरिक मामिला'को सम्मान: अमेरिका र इरानले "एक-अर्काको सार्वभौमिकता र भौगोलिक अखण्डताको सम्मान" गर्नेछन् र एक-अर्काको आन्तरिक मामिलामा हस्तक्षेप गर्नबाट टाढा रहनेछन्। 
    • बुँदा ३: ६० दिने समयसीमा: अमेरिका र इरान "अधिकतम" ६० दिनभित्र वार्ता गरी अन्तिम सम्झौतामा पुग्न प्रतिबद्ध हुनेछन्, जुन आपसी सहमतिमा थप लम्ब्याउन सकिन्छ। 
    • बुँदा ४: अमेरिकाद्वारा नाकाबन्दी अन्त्य: अमेरिकाले आफ्नो नौसैनिक नाकाबन्दी र इरानी बन्दरगाहहरूमा लगाइएका "कुनै पनि अवरोध वा व्यवधान" हटाउन सुरु गर्नेछ, चौथो बुँदामा भनिएको छ। 
    • बुँदा ५: होर्मुज जलडमरू (Strait of Hormuz): सम्झौताको एक भागमा उल्लेख भएअनुसार समझदारी पत्रमा हस्ताक्षर गरेपछि, इरानले होर्मुज जलडमरू हुँदै व्यावसायिक जहाजहरूको नि:शुल्क र सुरक्षित आवागमनका लागि "आफ्नो तर्फबाट सक्दो प्रयास गर्दै व्यवस्था मिलाउनेछ"। 
    • बुँदा ६: इरानको पुनर्निर्माणका लागि रकम: अमेरिका र क्षेत्रीय साझेदारहरूले इरानको पुनर्निर्माण र आर्थिक विकासका लागि कम्तीमा \(\$३००\) अर्ब डलर (£२२४ अर्ब) बराबरको "निश्चित र आपसी सहमतिमा आधारित योजना" तयार पार्नेछन्। 
    • बुँदा ७: प्रतिबन्धहरूको अन्त्य: अमेरिकाले संयुक्त राष्ट्र सुरक्षा परिषद् (UN Security Council) को प्रस्तावमा समावेश गरिएका र अमेरिकाद्वारा एकपक्षीय रूपमा लागू गरिएका सहित इरानविरुद्धका सबै आर्थिक प्रतिबन्धहरू समाप्त गर्नेछ। 
    • बुँदा ८: आणविक हतियार छैन: इरानले आणविक हतियार खरिद वा विकास नगर्न सहमत भएको छ, र तेहरानसँग पहिले नै रहेको समृद्ध युरेनियमको व्यवस्थापन गर्न दुवै पक्ष सहमत भएका छन्।
      बुँदा ९ र १०: 'यथास्थिति' (Status quo): सम्झौताका त्यसपछिका दुई भागहरूले यो स्पष्ट गर्दछन् कि समृद्ध युरेनियमको व्यवस्थापन नभएसम्मका लागि यस अवधिमा अमेरिका र इरान आफ्नो आणविक कार्यक्रमलाई "यथास्थिति" मा राख्न सहमत छन्। 
      बुँदा ११: रोक्का गरिएका कोषहरू: दस्तावेजको एघारौं बुँदामा उल्लेख छ कि समझदारी पत्र (MoU) मा हस्ताक्षर भएपछि अमेरिकाले "रोक्का गरिएका वा प्रतिबन्धित कोषहरू पूर्ण रूपमा उपलब्ध गराउने प्रतिबद्धता" जनाउँछ र वार्ताका क्रममा यसको प्रक्रियाहरूमा सहमति कायम गरिनेछ।
      बुँदा १२-१४: अनुगमन र अन्तिम वार्ता: दस्तावेजका अन्तिम केही बुँदाहरूले यो सम्झौता कसरी अगाडि बढ्नेछ भन्ने कुराको व्यवस्थापकीय खाका प्रस्तुत गर्दछन्।





    June 11, 2026

    इरानले जोर्डन र बहराइनस्थित अमेरिकी सैन्य आधार शिविरहरूमा आक्रमण

    इरान र अमेरिकाबीचको युद्ध 'बिरालो र मुसाको खेल' जस्तै भएको छ। युद्धविराम धेरै पटक तोडिएको छ। अमेरिकाद्वारा आफ्नो हेलिकप्टर खसालिएको बदलामा इरानमा आक्रमण गरेपछि इरानले जोर्डन र बहराइनस्थित अमेरिकी आधारहरूमा भर्खरै आक्रमण गरेको हो। यसले अप्रिलमा लागू भएको युद्धविरामलाई गम्भीर तनावमा पारेको छ।
    यसअघि गत हप्ता इरान र इजरायलबीचको आक्रमण छोटो समयका लागि पुनः सुरु भएपछि युद्धविरामले ठूलो परीक्षाको सामना गरेको थियो। यस घटनाले विश्वकपको पूर्वसन्ध्यामा अन्तर्राष्ट्रिय स्तरबाटै संयमता अपनाउन आह्वान गरिएको छ, जुन विश्वकप अमेरिकाले संयुक्त रूपमा आयोजना गर्दैछ र इरान पनि यसमा सहभागी हुँदैछ। अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणबाट सुरु भएको यस द्वन्द्वले पूरै क्षेत्रलाई अस्तव्यस्त बनाएको छ र यसको असर विश्वभर परेको छ। धेरै देशहरूमा या त इन्धनको अभाव छ वा इन्धनको मूल्य आकासिएको छ।
    के यो पनि रुस र युक्रेनबीच जस्तै अर्को युद्ध बन्नेछ? आधुनिक युद्ध सजिलै जितिँदैन। यदि यो फेरि कहिल्यै नटुङ्गिने युद्ध बन्यो भने, विश्वले ठूलो मूल्य चुकाउनुपर्नेछ।




    June 9, 2026

    65 Thousand migrant workers died in Qatar during the preparation for the 2022 FIFA World Cup

     Thousands of migrant workers died in Qatar during the preparation and construction for the 2022 FIFA World Cup. The exact number remains a subject of intense debate due to a lack of transparent investigations by Qatari officials.

    Human rights groups and investigative reports—such as the widely cited Guardian investigation—estimate that over 6,500 migrant workers from South Asia (India, Pakistan, Nepal, Bangladesh, and Sri Lanka) died in Qatar from all causes between 2010 and 2020.  Because Qatar embarked on a massive $200 billion transformation—building not just stadiums, but a new metro system, highways, an airport, and an entire city (Lusail)—the vast majority of these workers were heavily intertwined with the World Cup boom.
    The primary factors that contributed to these tragic losses include:
    • Extreme Heat: Workers labored outdoors in summer temperatures exceeding 40° C (104° F) with high humidity.  Young, healthy men were performing grueling physical labor in temperatures reaching up to 122°F (50°C). Intense heat stress causes fatal heatstrokes, dehydration, and sudden cardiac arrest, which were systematically masked on death certificates to avoid corporate or state accountability.
    • Cardiac Arrest: Many death certificates categorized fatalities as "natural causes" or "cardiac arrest" without further medical explanation or autopsy.
    • Workplace Accidents:  : The leading physical triggers of severe trauma and death included falling from high, un-barricaded scaffolding, getting struck by falling heavy machinery or debris, and road traffic accidents during transport. 
    • Substandard Housing:  : Away from the glitz of the new stadiums, workers were housed in heavily crowded, unhygienic industrial labor camps.  Housings were cramped, unsanitary, and poorly ventilated labor camps compromised overall health