मानव सभ्यताको लामो कालखण्डसम्म सारा संसारको जीवन–दर्शनले “वेद” बाट मूल आधार प्राप्त गरेको विश्वास गरिन्छ । नेपालजस्ता भारतवर्षका भू–खण्डमा त भफ्न् वेद एवं वैदिक परम्परालाई नै जीवन–दर्शनको एक मात्र दिग्दर्शक स्वीकारिएको थियो । कालान्तरमा वेदान्तर्गत तथा वेदबाह्यसमेत अनेक धार ाहरू विकास भए तापनि जरोचाहिँ वेद नै हो भन्ने चेतना पनि रहेकै देखिन्छ ।
वेदलाई नित्य, अनादि, अनन्त, सनातन मानिएको हुनाले भविष्यमा पनि यसले मानव सभ्यतालाई आलोकित पारिरहने, दिग्दर्शन गरिरहने नै छ ।
नेपालको परिप्रेक्ष्यमा, वर्तमानमा “वेद” हाम्रा धर्म, संस्कृति, दर्शन, ज्ञान, सभ्यता, रितिथिति, चालचलन, परम्परा, प्रचलन, व्यवहार सबैको मूल हो भन्ने, ठान्ने एवं मान्ने जनसमुदायमा पनि “वेद” बारे विशेष जानकारीको भने अभाव रहेको देखिन्छ । वेदलाई श्रद्धा गर्ने, पूजा गर्ने, तर वेदको पठन–पाठन, चिन्तन–मनन,