June 10, 2025

खल्ती हराएको मान्छे !


तपाइले  त्रिभुवन विमानस्थलमा खल्ती नभएका थुप्रै मान्छे देख्न सक्नुहुन्छ 

वास्तवमा, तिनीहरू विमानस्थलका कर्मचारीहरू हुन्। वर्षौँ अघि विमानस्थलमा भएको भ्रष्टाचारका कारण, नेपाल सरकारले विमानस्थलका कर्मचारीहरूका लागि खल्ती नभएको पोशाक लगाउन निर्देशन दिएको थियो ।
तर पैसा खातामा सिधै जम्मा गर्न सक्नुहुन्छ भने,  खल्ती किन चाहिन्छ चाहियो? 

डेढ वर्षयता त्रिभुवन विमानस्थलमा यूएई, साउदी अरब भिजिट भिसामा पठाउन ५० देखि ७५ हजार रुपैयाँ प्रतिव्यक्तिसम्म संकलन गर्ने गरिएको थियो । यूरोप जानलाई ३ देखि ४ लाख रुपैयाँसम्म लिने गरिएको खुलेको छ । असुल गरिने रकम बाँडफाँटका लागि कर्मचारीले सफ्टवेयर नै प्रयोग गर्ने गरेको खुलेको छ । घुस बाँडफाँटका लागि कर्मचारीले छुट्टै समिति बनाउने गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अधिकारीहरु बताउँछन् । त्यसरी संकलन भएको रकम विमानस्थलमा कार्यरत् हरेक कर्मचारीलाई दर्जागत हिसाबमा बाँडफाँट गरिन्थ्यो । उठेको पैसा खातामा नियमित रुपमा जम्मा भएको अनुसन्धान अधिकारीहरुले फेला पारेका छन् ।

 यसरी विदेश जाने गरिबका छोरा देशमै लुटिनछन् भने देश बनाउने गृह मन्त्रि जनता भोकै राखेर आफ्नै भुडी भरि राखेका हुन्छन।