डा. निर्मलमणि अधिकारी “आयोदधौम्य”
कुनै पनि स्वतन्त्र, स्वाधीन, सार्वभौमसत्तासम्पन्न देशलाई युरोपेली– परम्परागत–अवधारणाको भू–राजनीतिक–वैधानिक परिभाषाअनुरूप “राष्ट्रराज्य” ९ल्बतष्यल क्तबतभ० मान्ने/भन्ने सामान्य प्रचलन रहिआएको
छ । त्यस मानेमा नेपाल एक “राष्ट्रराज्य” हो भनिँदा सबैले स्वाभाविक मान्दै आएको अवस्था थियो । तर, नेपालको पछिल्लो परिवेशलाई ख्याल गर्दाचाहिँ अब त्यसरी यथेष्ट सोचविचारबिनाको मनाइ/भनाइले नपुग्ने देखिइसकेको छ ।
नेपाल सब्कटै सब्कटको सब्त्रफ्मणकालबाट गुज्रिँदै आएको पनि धेरै समय भइसक्यो । हिंसात्मक द्वन्द्व र जनप्रदर्शनमूलक आन्दोलनको समीकरणले “नयाँ नेपाल” को अवधारणालाई राजनीतिक हिसाबले मूलधारमा ल्याएपछि “राज्य पुनः संरचना” को सवाल पनि उत्तिकै प्रबल बन्यो । नेपाली राष्ट्रियताको परिभाषा, व्याख्या एवं विश्लेषण अब परम्परागत तरिकाले गरेर हुँदैन भन्ने तर्कसँगै अब नेपाली राष्ट्रियतालाई “नयाँ” ढब्गले परिभाषा, व्याख्या, विश्लेषण गर्नु पर्छ भन्ने माग पनि अगाडि आयो ।
जति समय बित्दो छ, उति नै नेपालको “राज्य पुनः संरचना” भफ्न् भफ्न् जटिल सवालका रूपमा जेलिँदै गरेको देखिन्छ । घृणाको जगमा ज्ञद्द ्र राज्यराष्ट्र अवधारणा र सिद्धान्त उभिएर सब्कीर्ण–राष्ट्रियतावादी सिद्धान्तका अनुयायीहरूले “द्विराष्ट्रिय राज्य” वा “बहुराष्ट्रिय राज्य” को नारालाई उरालेर विघटनको अन्त्यहीन शृब्खलालाई
प्रारम्भ गर्न खोजिरहेको वर्तमान परिप्रेक्ष्यमा आन्तरिक तथा बाह्य अनेक पक्षहरू पनि नेपालको द्वन्द्वमा सत्रिफ्य रहेका हुनाले सो जटिलतामा बढोत्तरी हुँदै गइरहेको छ ।
नेपाल “राष्ट्रराज्य” वा “द्विराष्ट्रिय राज्य” वा “बहुराष्ट्रिय राज्य” वा “राज्यराष्ट्र” मध्ये के हो र के हुनुपर्छ भन्ने आधारभूत सवालमा यथेष्ट तथा राम्ररी सवाल–जवापफ्, वादविवाद, चिन्तन, मनन, विमर्श नगरुन्जेलसम्म एकातिर नेपालको “राज्य संरचना” बारे नै उपर्युक्त ज्ञान हुँदैन भने भफ्न् “राज्य पुनः संरचना” को सवालको वैज्ञानिक समाधान त कसरी होला र !