
एस.एल.सी तहको महेन्द्र मालामा कुनै समय एउटा लेख थियो - अन्तिम भोज। ४-५ कक्षा छंदा मामाको पूस्तकबाट त्यो लेख पढ्ने मौका मिलेको थियो। बिजय मल्लको उक्त लेखमा लेखक अन्तिम भोजमा सरिक भएको आफ्नो अनुभव बाढेका छन। लेखमा अर्को दिन घाम उदाउन पूर्व संसार नष्ट हुंदै थियो, त्यसैले हरेक राष्ट्र प्रमुख एउटा यस्तो बिशाल भोजमा सामेल हुंदै थिए जुन अन्तिम भोज थियो। संसार अन्तय हुनुमा तिनीहरुमा कुनै पिडा थिएन। उनीहरु सबै भोजमै मस्त थिए। यसमा लेखक निकै दुखी देखिन्थे। मानौ संसार अन्त्य हुनुको पिडा भोग्ने त्यो भोजमा तिनी एक मात्रै थिए। भोजको प्रकार पढ्दा यस्तो लाग्दथ्यो संसार अन्त्य हुने कुरा तिनीहरुलाई पहिलै बाट थाहा थियो। त्यसैले अन्तीम भोज यसरी तयार गरिएको थियो की त्यो भोज हरेक कोणबाट इतिहांसका सबै भोजलाई माथ गर्ने खालको होस।
Email ThisBlogThis!Share to FacebookShare to Pinterest