March 31, 2008
आसन्न निर्बाचन् र अड्कल को बजार।
बजारहरु हल्ला ले गुलजार छन। चुन पसल देखी सुन पसल सम्म, साडी पसल देखी गाडी पसल सम्म आसन्न संबिधान सभाको निर्वाचन नै प्रमुख बिषय भैराखेको छ। सुखद यस माने मा मान्नु पर्छ कि धेरै ले चासो राखेका छन, देश को भबिष्य बारेमा। दु:खद यस मानेमा मान्नु पर्छ कि यो चुनाव हुन्छ कि हुंदैन भन्ने कुरोमा नै कुरोको चुरो अड्केको छ। चुनाव भएन भने हुन सक्ने बिध्वंश कहाली लाग्दो जती छ त्यती नि चुनाव हुंदा सम्म हुने ध्वंसको छ। चुनाव हुन्छ र हुनु पर्दछ। चुनाव हुन नदिनेहरुको असली स्वरुप अझै देखिएको छैन। २४० बर्ष देखी बंशजको आधारमा सम्पूर्ण शक्तिको केन्द्र बनेका ज्ञानेन्द्र र तिनका सन्तानअहरुले यती सजिलै राजासत्ता त्याग्ला भन्ने कुरोमा विश्वाश गर्ने ठाउँ काम छ।
जसरी हुन्छ चुनाव हुन न दिने सोच कै एउटो पाटो तराइ आन्दोलन थियो। जाती र समुदायको पीडा जस्तो संबेदनशिल बिषयमा आगो लगाएर चुनाव भाड्न खोजेको हो भन्ने कुरो त संझौता हुन लागेको बेला चुनाव सार्ने प्रस्ताव उपेन्द्र यादव समुहले ल्याउनु ले स्पष्ट हुन्छ। ती उपेन्द्र यादब गत बर्ष मात्रै भारतको गोरखपुरमा भएको विश्व हिन्दू परिषदअको सम्मेलनको मन्चबाटै राजातन्त्र जोगाउने संकल्प गरेका ब्यक्ती हुन। मधेसी समुदायको मसिहा बन्ने दिवास्वप्न बोकेका यादबको बिगतको राजनऐतिक ईतिहास र चुनाव मा भाग लिएर पनि चुनाव हुन दिन्न भनेर लागेको जङली हरुको पार्टी को कृयाकलाप को तारतम्यताले बिगतमा राजा बिरेन्द्र सहकार्य गरेको भन्ने कुरा को नचाहेर पनि पुष्टि हुने हुन्छ।
आफु जसरी भए नि चुनाव जित्नै पर्ने बन्दूके मानसिकता जसरी गरे नि चुनाव नजित्ने देखिए पछीको बर्बराहट अचेल दिनहुं सुन्न पढ्न पाईन्छ। के त्यसो भए जंगलीहरु जंगल नजाओन भनेर भोट दिनु पर्यो त ? हिजो तिनको हातबाट पती मारिएका बिधवाहरुले तिनैलाई भोट दिनु पर्यो त? हात खुट्टा भांचिएका हेडमास्टरहरुले तिनैलाई लाल सलाम गर्नु पर्यो त? दुई छाक खान धौ धौ भएका गरीबको भकारी अनी गोठ रित्याउने असत्तिहरुलाई भोट दिनु पर्यो त ? अहं , जनताले भोट दिने छैन तिनलाई। बूथ क्यापचर् गर्न सकिएला केहीइ ठाउमा सबै ठाउमा सकिन्न। १ लाख राष्ट्रिय अन्तरराष्ट्रिय पर्एबेक्षकको आँखा छल्न सकिन्न, तिनलाई राम्रो संग थाहा छ र अस्ती मात्रा भित्ते राष्ट्रपतिले बिदेशी परिबेक्षकहरु चुनाव हराउन आएका रे। बुद्धी न भए बरु केही हुन्न शुद्धी पनि हराए भने भित्ते राष्ट्रपती जस्तो हुन्छ।
ब्यक्तिगत बिचारमा यो चुनाव मा प्रमुख दलको रुपमा नेपाली काँग्रेस र नेकपा एमाले कै हालिमुहाली हुने छ। राजा बाचाउनेहरुको अंश 5 प्रतिशतमा सीमित हुने छ। जंगली पार्टिको हबिगत मधेसी पार्टिको भन्दा नि दयनिय हुनेछ भने अन्य बाम दलको पनि उल्लेख्य सहभागिता हुने छैन। फेरी अर्को कुरा, संबिधान, संबिधान सभासदहरुले लेख्ने होइनन। एक जना मित्र गोबिन्दे ले संबिधान लेख्ला भनेर चिन्तित हुनु भएको देखें। संबिधान केही संबिधान सम्बन्धी कानूनबेत्ताहरुको समूह ले लेख्ने हुन र संबिधान सभाले दफावार छलफल गरी अन्तिम रुप दिने हुन। यस उसले यस्तो संबिधान उस्तो संबिधान यसले के लेख्ला उसले के लेख्ला भन्दा नि कुन चाँही बिचार ले प्राथमिकअता पाउछ भन्ने महत्वपूर्ण कुरो हुने हुन्छ। अस्तु!
March 30, 2008
गजल - याथार्थ
पानीको फोकाथ्यो त्यो मन छिनमै फुटी गयो
बलियो थेन समाउने हात ,पलमै छुटी गयो
मुटु कोपरेर हास्यौ तिमी दिमागमा तनाब थियो
जती होसियार भए पनि सुझाबुझ लुटी गयो
जुग्जुग टिक्ने सुमधुर ,सङगित हालेको थिए
बज्नै नपाई मायाको धुन दिल्कै तार टुटी गयो.
हिउद बर्षा केही नभनी तिमीलाई रोपी रहे
बिना बादल मेरो दिलमा असिनाले चुटी गयो
हाम्रो मायाको अबसानमा मलामिको खाचो थियो
मादरिको जातै यस्तो हो कि तमासामा जुटी गयो
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
गीत - आशा
एकक्षिण् बिछोड हुँदैमा, माया मारयो भन्ने नठान।
धुँवा उडेको नदेख्दैमा, आ मरयो भन्ने नमान।
जीवनको यो गोरेटोमा उकालो ओरालो आउछ।
मेटाइ यी बन्धननहरु एक दिन खुशीले छाउछ।
ठेस लागेर लडयो भन्दैमा हिन्नै सकेन भन्ने नठान।
केहीक्षेण बिश्राम लिदैमा हरेस खायो भन्ने नमान।
अध्यारो हटेर जानेछ उज्यालो अबस्य आउने छ।
जीवनको हर मोडमा एकदिन सान्तीले छाउने छ।
पात हल्लिएन भन्दैमा आँधी रोकियो भन्ने नठान।
एकक्षिण सोचमा पर्दैमा बिश्राम लियो भन्ने नमान।
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
March 29, 2008
कती हास्ने?
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
March 27, 2008
पुड्का राष्ट्रपती
बाउ किसान,जिन्दगी आलिसान करै बेग्लै छ। सिल्लित्त कपाल, छाटेको जुवां हेर्दात फिल्मकै हिरो जस्ता छन। हातको घडी हेर्ने हो भने अरबपती, खरबपती जस्ता छन। बन्दुक बोकेर अघी पछी दौडने मान्छे हेर्दा परबेज मुसरफ जस्ता छन। इतिहांस हेर्ने हो भने शोलेको गब्बर सिंह भन्दा खतरा तर भाषण सुन्यो गोपाल राज मैनालीको झल्को आउंछ..." धाक भन्दा धक्कु ठुलो हिड्न लागे खुट्टो लुलो"।यस्तै हाल छ माओबादीका टाउके कमरेड प्रचण्डको।
बाइ सि एल ले नेपालका भए जतीका सबै भित्तामा भावी राष्ट्रपती कमेरड प्रचण्ड लेखेको देखेर वाक्क भए पछि एमाले ले भित्ते राष्ट्रपतीको संज्ञा दिए पछि आजीत भएका प्रचण्ड अहिले आफ्नो शान घट्दै गएको र कतै जमानत नै जफत हुने होकी भन्ने त्रासमा छन। केही पहिले सम्म हारे पनि शान्ती प्रक्रिया नबिथोल्ने कसम खाएका प्रचण्ड अहिले एकाएक हारे बन्दुक समात्ने जस्ता खालको भाषण ठोक्न पुगेका छन। सबैलाइ जागिर देखी सबै ठाउंमा रेलको भाषण, दन्त्य कथा जस्तो हुन पुगे पछि चर्को ध्वासका धनी खुट्टा कमाएर यसको बिश्वासघात र उसको षडयन्त्र भनेर औलो तेर्साउन पुगेका छन।
आफ्नै पटेन्ट भएको संभिधान सभा प्रजातन्त्रबादी देखी पन्चतन्त्रबादी सबैले आ-आफ्नै पोल्टोमा राखेको देख्दा अनि गोलमेच सम्मेलनको मेच गोलखाडी भएको देख्दा प्रचण्डलाइ पर्नु पिर परेको छ।बन्दुकले रजांइ गरे जस्तो भोटले रजाइ गर्ने छाटकांट नेदेख्दा कतै पुर्व पन्चले पो उछिन्ने हुन कि, अहिलेसाच्चै नै प्रचण्डपथ शनिशंकटमा परेको छ। बाबुराम भट्टराइ जंगलबाट निस्कदा त बानेश्वर नै जाम भएको थियो। प्रचण्ड निस्कदा त कुरै नगरौ, सिडियो देखी बिबिसी रेडियो, सबैको धनुष्टन्कार लाम। तर त्यो सबै सान नम्बरी सुनबाट पित्तल जस्तै फिका हुंदै गएपछी द्वन्दका हिरो बिकास नन्दबाट समेत जिरो हुन पुगेका छन। यसरी केही समया पहिला संविधान भन्दा माथी र सगरमाथा भन्दा अग्ला पुष्प कमल दाहाल आ.का कमरेड प्रचन्ड दिन दिनै पुड्का बन्दै गएका छन।
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
पूर्व पश्चिम राजमार्गको धादिंग खण्ड ठप्प
आज www.Nepalnews.com हेर्दै गर्दा त्यहाँ सागरमाथा टिभि को लिंक देखेपछि मलाई पनी नेपाली समाचार च्यानल हेर्न मन लाग्यो। लिंक क्लिक गरे, पेज खुल्यो, हिक्का छाडदै जेनतेन भिडियो पनी चल्यो. पहिलो पटक प्रतक्ष्य सागरमाथा टीवी हेर्दा मन गदगद हुने नै भयो। समाचार भन्ने सैली र प्राय समाचार त्यती मन पर्दों नभए पनी 'यो मन त मेरो नेपाली' हो भन्ने सोच्दै हेरियो। तर News Flash मा लेखिएको " पूर्व पश्चिम राजमार्गको धादिंग खण्ड ठप्प " भन्ने देखिएपछि अचम्मै लाग्यो । पहिला त कतै धेरै बंद भएर पूर्व पश्चिम राजमार्ग धादिंग तिरै पो पुरयाएकि जस्तो लाग्यो :) तर गूगल को नक्सा (गूगल म्याप ) हेरे पछि यो त "नेपाल को पहिलो समाचार च्यानल" को नेपाली पारा हो जस्तो लाग्यो। किन भने धादिंग जिल्ला को ५०-६० किलोमीटर सम्म पनी पूर्व पश्चिम राजमार्ग (महेंद्र राजमार्ग )ले छुदैन भन्ने कुरा तिनिहरुलाई थाह नहोला त ? हेर्नुहोस : स्क्रीनशट (साभार : Nepalnews.com )
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर।
संबिधानबिज्ञहरु, देश बिदेशका अनुभव भएका ब्यक्तिहरु संबिधान सभामा हुन पर्नेमा तिनै जोशी, खड्का, वली, नेपालहरु छन। यो सरकार बनाउने चुनाव नभएकोले सबै लोकतान्त्रीक दलहरु मिलेर जान पर्नेमा यिनीहरु आपसी भिडन्त गर्दै छन र गैरलोकतान्त्रीक ब्यक्तिहरु निर्वाचित हुने अवस्था निर्माण गर्दैछन।
यो संबिधान सभाको चुनाव हुने अवस्था आउँदा सम्म देशले धेरै गुमाइसकेको छ। यो संबिधान सभाको चुनावको लागि हजारौ जनताको ज्यान गुमेको छ तर माओबादी लगायतका पार्टीहरुको तरिका हेर्दा यती ठुलो उपलब्धी हात्ती आयो हत्ती आयो फुस्सा हुने अवस्थामा पुगेको छ।
सकेसम्म सबै लोकतन्त्रीक पार्टीहरु, नभए घोषणापत्र मिल्ने सम्म का पार्टीहरु चुनावमा एक भएर जान पर्नेमा त्यसो भएन। हुन त त्यस्तो बिधी फरक घोषणापत्र भएको जस्तो पनि देखिएन। जब समान घोषणापत्रहरु छन भने छुट्टाछुट्टै चुनाव लड्नुको के अर्थ हो?
१२ बर्षासम्म संबिधानसभाको रट लगाएर आएको माओबादी संबिधान सभाको चुनाव हुँदा किनरा लाग्ने स्थिती छ। उत्ताउलो भएर कहिले एमाले भन्दा बुर्जुवा प्रजातन्त्रबादी (अर्थात कांग्रेससंग) एकता हुन्छ भन्यो। कहिले राजाबादीहरु भित्रका राष्ट्रबादीसंग मिल्ने भन्यो। फेरी चुनाव हुनु कता हो कता, प्रचन्डलाई भावी राष्ट्रपती घोषणा गर्यो। अन्य पार्टीले प्रचन्डलाई राष्ट्रपती बनाउन माओबादीसंग तालमेल किन गर्थे र?
माओबादी चुनावमा बढारिने निस्चित छ तर यो कुनै खुशीको कुरो हुने छैन। जसलाई राजनीतिको मुलधारमा समाहित गर्न यती ठुलो महाभारत रचियो, उनै यो महाभारतमा समाप्त होला जस्तो छ। अर्थात जसको बिहे उनै जन्ती जान नपाउने स्थिती। माओबादी पराजीत हुने चुनावअको कुनै अर्थ छैन। तिनिहरुले फेरी भद्रगोल मच्चाउने छन जसको उदघोष बाबुराम प्रचन्डले गरिसकेका छन।
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
इराकबाटै भावी राष्ट्रपतिलाई धन्यबाद ।
संविधानसभा हुनमा नै आशंका बढिरहेका बेला प्रचण्डले आफूले हारेको चुनाव अमान्य हुने धम्कीले निर्वाचन हुने कुरामा आशंका जन्माएको छ । अर्कोतर्फ माओवादीका अन्य गतिविधिका कारण पनि निर्वाचन हुन कठिन छ । एक अर्कामाथि आक्रमण नगर्ने कागजी सहमति भए पनि व्यवहारमा माओवादीले लागू नगर्दा कठिन स्थिति सिर्जना भइरहेको छ । माओवादीका कारण प्रतिगामी तत्वले चलखेल गर्ने अवसर प्राप्त गरेको छ । प्रचण्ड र उसका कार्यकर्ताहरु नै चुनावको बाधकको रुपमा रहेको देखिएको छ अहिलेका दिनहरुमा वाईसिएल र छापाचारलाई परिचालन गरेर उम्मेदारहरुलाई बारम्बार आक्रमण गर्न लगाउने यो कहाँको न्याय हो चुनाव प्रचारप्रसारका क्रममा गाउँगाउँ पुगेका उम्मेद्धार र कार्यकर्ता माथि कि बारम्बार आक्रमण गरिन्छ । कि यो पनि केन्द्रको निर्णय होईन प्रचण्ड जीको मुखमा त यै वाक्यले बास गरेको छ । चुनाव भनेकै खुल्ला प्रतिस्पर्धा हो नि कि यो कुरा प्रचण्डलाई कसैले पनि सुनाएन । नेकपा माओवादीले भने ´ै उनिहरुलाई जनताले विश्वास गरेकै हो भने किन रोल्पामा छापामार मात्र धेरै नै प्रयोग गरियो कि रोल्पा जस्तो माओबादीको राजधानीमा पनि जनताले टेरपु´र लाएन माओवादीको अध्यक्ष प्रचण्ड त जनताले नै नचुनिकन राष्ट्रपति भन्दै हिड्दा अलि कति पनि जनताले के भन्ला भनेर सोचेनन् कि राष्ट्रपति भन्दा भन्दै सोच्न भ्याएनन् । प्रचण्ड जी माओवादी कार्यकर्ताले मात्र प्रचण्ड राष्ट्रपति हो भन्दैमा नेपाली जनताले प्रचण्डलाई राष्ट्रपति मान्दैनन् माओवादीले खूल्ला प्रतिस्पर्धा मार्फत् चुनेको खण्डमा मात्र आफुलाई राष्ट्रपति हो भनेर गर्व गर्नुस् ।
केहि दिन अगाडी माओवादीले हामीले संविधान सभाको निर्वाचन जसरी पनि जित्नै पर्छ नजितेको खण्डमा फेरि अर्काे विद्रोह गर्ने चेतावनी पनि विभिन्न चुनावी सभालाई सम्बोध गर्ने क्रममा व्यक्त गर्नु भएको रहेछ यो कुरा मैले भने विभिन्न संचार माध्यमबाट थाहा पाए तर यसको अर्थ त ६ अरब खर्च गरेर संविधान सभाको निर्वाचन नगरेपनि हुन्छ नि यसको त कुनै अर्थ रहेन किनकी जनताले चुनावमा भाग लिएपछि त त्यसको परिणाम त कसैको हार हुन्छ भने कसैको जित हारेकॊ खण्डमा त्यो निर्वाचनको भने मान्ने ता नै नरहने हो त ।अन्तिममा यि र यस्ता कार्य गर्नु भएकोमा भावी हुनलाग्नु भएका ने क पा माओवादीका अध्यक्ष प्रचण्डलाई धन्यवादका साथै अगि्रम शुभकामना पनि ।
निर्वाचनको समय जति नजिकै छ त्यति नै सर्वसाधारण जनतामा त्रास बढ्दै गएको छ । परिवर्तनका निम्ति मिठो सपना साँचेर राखेका उनीहरु पटक-पटक हुने झडप अपहरण धम्कीजस्ता गतिविधिले आजको दिनसम्म भयरहित वातावरणमा मतदान गर्ने स्थिति सिर्जना हुन सकेको छैन । नेपाली जनतालाई भय रहित बाताबरणमा निर्वाचन गर्ने अवसर बनाई दिन इराकमा रहेका नेपालीको आग्रह छ र सहि नेता चुनिदिनु हुन पनि नेपाली जनतालाई पनि आग्रह गर्दछौ ।
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
March 26, 2008
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
March 23, 2008
युगल गीतः- नयाँ रंघ
केटी-मेरो लागी कोही छ की फेरी सिन्दुर लगाइ दिने।
जीवन साथी बनाएर कुन्ठित आशा जगाइ दिने।
केटा-मलाइ माया गर्छौ भने फेरी सिन्दुर लगाइ दिन्छु।
बिधुवाको दाग मेटाइ नयु सपना सजाइ दिन्छु।
केटी-अटल सौभाग्य खोसीेदा बैशैमा बिधुवा भएँ म।
जीवनको त्यो रंग हराउदा िपंडाले साहै रोएँ म।
केटा-जे हुनु थियो भैगयो बिगतको अब शोक नगर।
उजाड त्यो जीवन भरी नयु रंङ्कै रंङ्कले भर।
केटी-मेरो लागी कोही छौ की फेरी चुरा लगाइ दिने।
जीवनभरी अपनाएर शौभाग्यवती बनाइ दिने।
केटा-मलाइ माया गर्छौ भने फेरी चुरा लगाइ दिन्छु।
दुख-सुख बाढीकन नयाँ आशा जगााइ दिन्छु।
केटी-अभाव र तृणा भित्र कहिले सम्म अल्मुी रहु।
बन्धन र बिधी भित्र कहिले सम्म बल्मुी रहु।
केटा-दुख दिने बिधी तोडी अब पाइला चाल्दा हुन्छ।
केटी-मेरो लागी कोही छौकी फेरी पोते लगाइ दिने।
निरस यो जीवनबाट चिन्ता सवै भगाइ दिने।
केटा-मलाइ माया गर्छाै भने फेरी पोते लगाइ दिन्छु।
बिधुवाको दाग मेटाइ जीवन भरी सघाइ दिन्छु।
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
कुकुरलाइ आची
मैले उठाउन लागेको कुरो के भने नानी देखी लागेको बानी छुट्ने त रहेनछ भन्नलाइ हो। प्राय पत्र-पत्रिकामा आएको हो वाइ.सि.एल ले के के उपद्रो गर्दै हिड्छन भनेर। तर पनि संबिधान सभाको निर्वाचन हुने छाट काट आएको थियो। तर १-२ दिन भयो चुनाबका उमेदवार नै मारिन थाले पछि फेर संभिधान सभाको चुनाब नहुने हो कि भन्ने आशंका उबज्न थालेको छ। दिन प्रती दिन नेपालमा मानवताको अवमुल्यन भइरहेको अबस्थामा १५-२० उमेदवार मारिए अचम्म नमाने हुन्छ। बिगतमा हेर्ने हो भने पनि माओबादी बिग बिगी भए देखी प्रती दिन ३-४ जना मान्छे मारिदै आएका छन। त्यस हिसावमा १ जना उमेदवार मारिनु कम भएतापनि एक किसिमको निकास निस्कन लागेको नेपालको लागी राम्रो लक्षण भने होइन।पिटापिट र पार्टी समर्थक मारिने क्रम त कम भएको छैन। आरोप प्रत्यारोप श्रिंखला त टुट्ने कुरै भएन।
फेरी चुरो कुरो तिर फर्किदां किन त हाल सालै मरेका संभिधान सभाका उमेदवार हत्या गर्ने माओबादी निकट भएको पुष्टी भएको छ। जो सुकै निटक होस, हत्यारको पहिचान भएपछि कानुन अनुसार कार्बाही हुनुपर्छ। बिना कारण मारिने बिरेन्द्र शाह हुन कि मरणाशन्न पिटिने डा ज्ञानेन्द्र गिरी हुन, या नया नेपाल बनाउने भनेर युनाइटेड सात पार्टीको संबिधान सभाको उमेदवारको हत्या होस, किन माओबादी निकट नै हुने गर्छन? कि मार्ने समुह माओबादी नै भएर जनताको आंखमा छारो हाल्ने माओबादी निकट भनिन्छ? यसो भने त तिनी बिद्वान डाक्टर नेताको शब्द शापटी लिएर तिन कै पार्टीतिर कुकुरले जंगलबाट शहर पसे पनि आची त छोड्दो रहेनछ निभनेर प्रक्षपेण गर्नुपर्ने अब्स्था आएको छ।
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
छोटे उस्ताद, प्रक्रिती र हिन्दूस्तानी गोही
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
विष्मयहरू बीच निर्वाचन पर्व: साता चर्चा - एकलव्य
अस्तिको दिन, भारतीय जनता पार्टीका शीर्षस्थ नेता लालकृष्ण अड्वाणीले एउटा एक हजार पेज लामो पुस्तक भारतीय अणु वैज्ञानिक एवं भुतपूर्व राष्ट्रपति एपिजे अब्दूल कलामका हातबाट विमोचन गराउनु भयो । नेपाली राजनितिमा यसको के चासो भन्ने लाग्ला । तर यो पुस्तक भित्र अड्वाणिले औँल्याएका छन् “ नेपाली माओवादी लोकतन्त्रका लागि खतरापूर्ण छन्,यिनले भारतीय नक्सलवादी शक्तिसंग मिलेर भारतमा पनि राजनैतिक हिंसा र अस्थितरता पैदा गर्न सक्छन् र नेपाली राजनीतलाई कम्युनिष्ट अधिनायकवाद तर्फ बलजफ्ति लैजान सक्छन् । अत: नेपालमा दिगो शान्ति र मुलुकको स्थायित्वका लागि , सबै पक्षलाई समेट्ने संवैधानिक राजतन्त्रात्मक प्रजातन्त्र नै चाहिन्छ” । नेपाली मामिलामा भारतिय चासो कुनै मानेमा नौलो कुरा नभए पनि , भारतले बोल्ने बित्तिकै नेपालमा प्रतिकृया स्वाभाविक नै हुन्छन् र यसपाली पनि नहुने कुरै भएन । भारतीय जनता पार्टीका धुरन्धर नेता अडवाणीको यो पुस्तकको उद्दरण उनको नीजि विचार हो वा यो उनको दलको आधिकारिक धारणा हो यो भन्ने कुराको स्पष्टीकरण नआएको भए पनि हिन्दू राष्ट्रवादको पर्याय मानिने एउटा प्रभावशाली भारतीय राजनैतिक दलको झुकाव नेपालमा विकसित राजनैतिक घटनाक्रमका सन्दर्भमा कतापट्टि वा कुन पक्षमा छ भन्ने कुराको अनुमान गर्न भने यो धारणाको अभिव्यक्तिले सजिलो पारेको मान्न सकिन्छ । लोकतन्त्रमा सबै पक्षलाई स्पेस दिनु पर्छ र त्यहाँ राजा पनि अटाउन पर्छ भन्ने धारणा अतिवादी सोचको उपज नै हो भनेर ठोकूवा गर्नु पर्ने केही कारण नभए पनि , अहिले विकसित हुँदै गरेको नेपाली राजनैतिक घटनाक्रममा , राजालाई स्पेश दिने कुराको वकालत गरेर नै संविधानसभाको निर्वाचनमा उत्रिन सकिने माहौल छ भनेर भने कल्पना गर्न सकिने स्थिति भने देखिन्न । तर पनि, संविधानसभाको ऐतिहासिक निर्वाचनमा राजा राख्नु पर्छ भन्ने सोच नै बोकेका मान्छे भए पनि , तिनले आफ्नो धारणा लिएर जनतामा पुग्न भने पाउन पर्छ, किनभने निर्वाचनमा जनतालाई ‘यो कुरा गर्न वर्जित छ है’ भनेर भन्न त पाइन्न । कुरा के हो भने जसलाई जे राजनेतिक मान्यता उपर विश्वास छ , त्यसका पक्ष वा विपक्षमा जनताको मत के छ त भनी खुट्याउन त निर्वाचन गरिन्छ नि !
एमाले माओवादी जुहारी:
१३,१४ वर्ष अघि रत्नपार्कको भित्तोबाट शुरू भएको एमाले र तत्कालीन संजमोको बाबुराम गुटको घमासान, कामरेड प्रचण्डलाई भित्ते राष्ट्रपति भएको एमाले नेताको टिप्पणी पछि पनि जारी छ । अहिले यो भित्ते प्रकरणको दोस्रो संस्करणमा आइपुग्दा , माओवादी विशेषत: एमालेले निर्वाचनमा आँफूसंग मिलिजुली चुनाब लड्न देखाएको अनिच्छाका कारण रुष्ट छ । माओवादी यसरी एमालेसंग निर्वाचन सिटहरूमा तालमेल र भागबण्डा गरी निर्वाचन लड्नुर्छ भन्ने प्रस्ताव लिएर गएको रहेछ , तर त्यसो गर्दा माओवादीले एमालेलाई आँफू भन्दा सानो हिस्सा ४०% सिट मात्र दिन खोजेको रहेछ र सो कुरा एमालेलाई सह्य नभएको कुरा कामरेड माधव नेपालले सार्वजनिक बताइसकेका छन् । यिनै कुराहरू बीच माओवादी versus एमाले जुहारी जारी छ । जुहारी मात्र नभएर , एक दशक भन्दा लामो भौतिक युद्द लडेका माओवादी पूर्व लडाकाहरू रन्थनिएर विशेषत: एमाले बिरुद्द र छिटपूट रूपमा अरू बिरुद्द पनि आक्रमणमा उत्रिएका छन् । तर जनता भने अवाक परेर हेरिरहेका छन्, मिलिजुली सरकारमा बसेर परिवर्तनका लागि काम गरिरहेका भनिएका राजनैतिक दलहरूका बीच यो द्वन्द किन ?
माओवादी भन्छ “ साँचो कम्युनिष्ट हामी मात्र हो , एमाले त पूँजिवादी भाषमा जाकिइसक्यो । ऊ कांग्रेसको सानो भाइ हो, कम्युनिष्ट त हुँदै होइन । अनि हिजोदेखि जनयुद्द मार्फत हामीले जनतालाई चेतनशिल बनाएका हुनाले सारा गाउँघर र अधिकांस नेपाली परिवर्तनको चाहनाले हाम्रो पक्षमा छन् , त्यसैले चुनाब त हामीले चाहिए अनुरुप नजित्ने कुरै छैन” । अनि एमाले भन्छ “ कांग्रेसले पुल्पुलाएर माओवादीलाई एमालेको शेखी झार्न अन्तरिम संसदमा उसकै संख्यामा सिट दिएको हो , साँचो कम्युनिष्ट हामी हौँ भन्ने कुरा त हामीले चुनाबै पिच्छे देखाइरहेका छौँ । माओवादीहरू भनेको त उग्रवापन्थी भड्काव मात्र हो । यिनका पक्षमा जनता छैनन् बरू जनता यिनको जोरजुलुमको डरले आक्रान्त छन्। हामीले तालमेल पनि गरिन्न, किनभने तालमेल खोज्ने हरूवाहरूले मात्र हो” । यही कडीमा हिजो कामरेड बाबुराम भट्टराईले एमालेलाई हियाउँदै कैलालिको अत्तरियामा यस्तो टिप्पणी गरेछन् :
“Dr. Bhattarai also accused the UML of being ‘a bunch of canny people bought off by NGOs/INGOs and working in the garb of communists.’Addressing the election rally in Attariya of Kailali, Dr. Bhattarai indicated that the Maoists won’t take the election results lying down if they were defeated.” साभार nepalnews.com
अहिलेका परिघटनालाई केलाउँदा, चुनाबी तालमेल नहनुको ज्वरोले माओवादीलाई बेसरी समाएको देखिन्छ । एमाले तालमेलबाट तर्किनुको पछाडि अमेरिकाको हात रहेको कुरादेखि अनेक थरिका आरोपहरू र माथि अंग्रेजी भाषामा उद्दरण गरिएको भनाइहरूले माओवादी कति खार खाएर बसेका छन् भन्ने कुरा देखाउन काफि छ ।
अब प्रश्न उठ्छ , यदि माओवादीले एमालेलाई लगाउने गरेक यी विविध थरिका आरोपहरूमा थोरै पनि सत्यता छ भने त माओवादी जस्तो क्रान्तिकारी राजनैतिक दलको भलोको लागि पनि, एमाले जस्तो अशुद्द र पूँजिवादी विकृतिले गाँजेको ठहरिएको पार्टीसंग सहकार्य र तालमेल नहनु राम्रो कुरा हैन र ? पछिल्लो आम निर्वाचन भएको लगभग एक दशक हुन लागेको स्थितिमा अनि माओवादी पनि शान्तिपूर्ण राजनीतिमा पुन प्रविष्ट भएको अहिलेको घडीमा, सबै दल विशेषका आकार र प्रकारका नक्साहरू पनि जनता र मुलुकले थाहा पाउन पर्ने खाँचो अनुभव भएको छ । दलगत प्रतिस्पर्धाले नै कसका पक्षमा एवं कुन राजनीतिक विचार औ दलका पक्षमा कति जनता रहेछन् भन्ने कुरा थाहा पाउन र तदनुरुप देशको राजनैतिक भविष्यको योजना बनाउन सघाउ पुग्छ। तसर्थ पनि सबै वैयक्तिक दल विशेषले, निर्वाचन आ-आफ्ना ढंगले नै लड्नु उचित हुन्छ । यो बहुदलीय लोकतन्त्रको पहिलो खुड्किला पनि हो जहाँ निश्चित विचार र सिद्दान्त अँगाल्ने मानिसहरूले राजनैतिक दल गठन गर्छन र जनता समक्ष अनुमोदनका लागि पुग्छन् । ती विचार र सोचका कारणले अलग भएर नै अलग दलहरू बनेका हुन्छन् अन्यथा ती एकाकार वा एकीकृत हुन्छन् ।एमाले र माओवादीहरूका एक अर्का प्रतिका आक्षेप र दावाहरूले पनि, ती दलहरूले छुट्टाछुट्टै निर्वाचनमा जानै पर्ने कुरा बताउँछन् । पहिला दलहरूले निर्वाचन पूर्ण रूपमा भयरहित माहौलमा सम्पन्न गरेर, कुनै अमुक विचारका पक्षमा कति मतदाता वा जनता रहेछन् भन्ने कुरा थाहा पाएपछि सबैलाई आ-आफ्नो हैसियतको ज्ञान प्राप्त हुनेछ ।
अर्को कुरा, कतिपय बामपन्थमा विस्वास राख्ने शुभेच्छुकहरूले भन्ने गरेको “ नेपालका कम्युनिष्ट नमिलेर, कांग्रेस वा अरूले निर्वाचन जित्छ नेपालमा” भन्ने कुरा पनि बामपन्थी दलहरू प्रतिको सदिच्छाले भन्दा कांग्रेस वा अरू पार्टीले सत्तामा पुग्ने अवसर नपाओस् भन्ने नकारात्मक चिन्तनबाट अनुप्रेरित छ भन्नै पर्छ । यो किनभने, विचार र व्यवहारका कारण नै माओवादी वा एमाले धेरै जसो परिस्थितिमा कांग्रेस वा अरू राजनैतिक पार्टीसंग धेरै नजिक छन् , केवल ‘कम्युनिष्ट’ भन्ने शव्द र केही वामपन्थी शव्दभण्डारको साझा प्रयोग बाहेक ।
तर चुनाबी तालमेलको गणित भन्दा माथि उठेर कुरा गर्ने हो भने निर्वाचनलाई निर्वाचनकै प्रतिस्पर्धाको रूपमा बुझेर, जे र जुन रूपको परिणाम आएपनि त्यसलाई स्वीकारेर त्यस पछिको परिस्थिलाई कांग्रेस, एमाले र माओवादीले मिलिजुली ढंगले व्यवस्थित गर्न सकेनन् र आपसी अविश्वासको छिनाझप्टीमा नै लिप्त बनिरहे भने, मुलु पुन: दूर्भाग्यको दलदलमा जाकिने अवश्यम्भाविताबाट कसैले रोक्न सक्ने छैन ।
नेपालमा तालमेल, मेलमिलाप र मिलिजुलीपनको खाँचो छ भने सबै पक्षबीच संस्कारका रूपमा जरूरी छ । निर्वाचन त प्रतिस्पर्धा गर्नैका लागि हो , गर्न सक्नु पर्छ खुट्टा नकमाइकन निर्धक्क आफ्नो विचार बोकेर स्पष्टतासाथ । यस कुरामा धेरै रोदन, प्रलाप र माथापच्ची नगरी निर्वाचन लडौँ किनभने राजनीति गर्छु भन्ने व्यक्ति र दलहरूका लागि त यो सबैभन्दा महान अवसर हो !
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
March 22, 2008
भविश्यको डायरी
मिति: २०६४ चैत्र २४ गते
संविधान सभाको मिति नजिकिदैं जाँदा आज अकस्मात यौटा दलले आगामी चुनावमा आफूलाई जसरि पनि हराउने षडयन्त्र रचिएको कुराको आफुहरुलाई गोप्य सूत्रबाट जानकारि भएको सनसनी खेज खुलासा गरेको छ। यो षडयन्त्रमा राजा देखी अन्य दल अनि अमेरिका, जपान, साईप्रस, लगायत हामिहरुले नामै पनि राम्रि नसुनेका बुरुण्डी, सोमालिया, कंगो, रुवाण्डा, बेनिन देखी लिएर युगाण्डा, टोगो र लुवाण्डा समेत लागेको जिकिर गर्दै सो दलले आगामी चुनावको मिति सार्न सरकारलाई ठाडो चुनौति दिएको छ ।
पत्रकार सम्मेलन स्थलमै धेरै जना पत्रकारले यो सनसनी खेज खुलासा सुने पछि आफ्नो हासो रोक्न सकेनन् भने कतिपय विद्वत वर्ग र पर्यव्यक्षकहरु भने यस पछाडी कुनै अज्ञात भयको आशंकाले चिन्तित देखिएका थिए।
मिति: २०६४ चैत्र २५ गते
आज दिनभर जसो राजनैतिक वृत्त तातो रह्यो, हालको चुनाव कुनै पनि हालतमा रोकेर चुनावको लागि नया मिति तोक्न दिनभरि जसो शक्ति प्रदर्शन र दबाब मुलक कार्यक्रमहरु जारि रहे। बिभिन्न दलका नेताहरु र छिमेकि मुलुकका राजदूतहरु दिनभर भेटघाट र सम्झाउने-बुझाउने कार्यमा व्यस्त रहे ।
मिति: २०६४ चैत्र २६ गते
हिजो दिनभरको दौड-धुप, सोच विचार र भेट वार्ताले कुनै पनि हल निकाल्न सकेन र आजको माहौल झन अस्तव्यस्त भएको छ । देश भर आज दिनभर तनाव व्याप्त रह्यो । राजनैतीक भेट-घाट झन तिब्र रह्यो भने समस्याको कुनै पनि हल निस्कन सकेको छैन ।
अहिले दिनको पाँच बजेको छ भने विश्वस्त सूत्रका अनुशार अहिले बालुवाटारमा देशका दिग्गजहरुको गोप्य बैठक चलि रहेको छ ।
मिति: २०६४ चैत्र २६ गते
अपडेट: रातको ८ बजे
सरकारि मिडियाले हाल हुन लागेको चुनाव कुनै पनि हालतमा नसारिने र तोकिएकै समयमा चुनाव गर्ने दृणता व्यक्त गरेको छ भने असन्तुष्ट समुहले तुरुन्तै त्यसलाई आफ्नो दललाई हराउन गरेको महा षडयन्त्रको संज्ञा दिएर त्यसको कडा रुपमा 'मुकावला' गर्ने र हालको चुनाव अवैधानिक र अमान्य हुने वक्तव्य जारि गरेको छ ।
मिति: २०६४ चैत्र २७ गते
आज दिनभरि देश प्राय: ठप्प रह्यो, कुनै पनि दल वा गुटले बन्दको घोषणा नगरे पनि कुनै अज्ञात भयका कारण आज आवागमन करिव करिव बन्द रह्यो । देशका बिभिन्न ठाँउमा चुनाव बहिस्कार गर्न आह्वान भए भने सुरक्षा मजबुत पारिएकाले कतै कतै छिट पुट घटना र साधारण मुठभेड बाहेक कुनै अप्रिय घटना घटेनन् ।
मिति: २०६४ चैत्र २८ गते
नारा, बिरोध, शक्ति प्रदर्शनको चरम उत्कर्षका बिचमा पनि आज चुनाव जारि रह्यो, आफ्नो दबाबले केहि नलागे पछि चुनाव बहिस्कार गर्ने समुह पनि आफ्नो सम्पूर्ण शक्ति परीचालन गरि चुनावि मैदान मा देखियो, बिरोध र चुनाव मात्रै हैन ठाउँ ठाउँमा बुथ क्याप्चर गर्ने जस्ता कार्यहरु पनि भएको खबर अहिले रातको ९ बज्दा सम्म बिभीन्न स्थानबाट आउदै छन ।
मिति: २०६४ चैत्र २९ गते
आज दिनभरि जसो चुनावको परिणामका अडकल बाजि र हिजोका घटनाका टिका टिप्पणिको खबरहरु फैलिरहे । एकातर्फ चुनाव सार्न माग गर्ने दल आज पनि हिजोको चुनावमा स्वदेशी र बिदेशी तत्वले आफूलाई हराउन धाँधलि गरेको आरोप सहित यो चुनाव रद्द गरिनु पर्ने माग गर्दै थिए भने अर्को तर्फ धेरै स्थानमा बुथ क्याप्चर र मत पेटिका समेत बदली भएको हवाला दिदैं अन्यदलहरु त्यसको निराकरण र दोषीलाई सजाय गर्न मागका साथ व्यस्त रहे ।
मिति: २०६४ चैत्र ३० गते
बिरोध, बाधा र होहल्लाको बिचमा सम्पन्न चुनाव पछि आज देखी मत गणनाका प्रारम्भिक परिणाम हरु आउन थालेका छन ।
अहिले बिहान को ११ बजेको छ र हालसम्मको मत गणनामा चुनाव सार्न माग गर्ने दल निक्कै पछाडि छ, अन्य दलको पनि निक्कै मिस्रित परिणामहरु आईरहेका छन् ।
अपडेट: दिनको १२ बजे
चुनाव सार्न माग गर्ने दलको स्थिति झन नाजुक हुदैं जाँदा सो दलले यो चुनावलाई बिदेशीको ईशारामा भएको र आफुलाई धाँधलि गरेर हराउन गरीएको नाटक मात्रै भएको बताउदै यसलाई नमान्ने घोषणा गरेको छ ।
अपडेट: दिनको २ बजे
अहिले सम्मको गणनामा चुनाव सार्न माग गर्ने दल नराम्ररि पराजित हुने निश्चीत देखिएको छ भने सो दलले आज राति १० बजे सम्ममा यो चुनाव रद्द गरेको घोषणा नगरे गम्भिर परिस्थितिको सामना गर्नु पर्ने चेतावनि दिएको छ ।
अपडेट: दिनको ४ बजे
दलका दिग्गज, बिदेशी राजदूत र बुद्दिजिबिहरुको फेरी दौड धुप चलेको छ, दिनभरिनै असन्तुष्ट दललाई पनि राखेर वार्ता गर्ने प्रयास भए पनि हालसम्म सम्भव भएको छैन। भर्खरै यो चुनावको सिट पनि 'बाँडि चुडि लिएमा' चुनाव सार्न माग गर्ने दलले पनि त्यसलाई स्विकार्ने भएको कुराको अपुष्ट समाचार आएको छ र सो को लागि पून बालुवाटारमा वार्ता हुने हल्ला फैलीएको छ।
अपडेट: रातको ८ बजे
चुनाव रद्द गर्ने वा सिट 'बाँडि चुडि लिने' बारेमा मिडियाले कुनै आधिकारिक जानकारि दिएको छैन तर देशको हालको स्थतिको बारेमा वार्ता हालसम्म जारि रहेको कुराको खुलासा भएको छ।
अपडेट: रातको १० बजे
सिट 'बाँडि चुडि लिने' कुराको आधिकारिक रुपमा खण्डन गरिएको छ र चुनाव सदर गरीएको छ । असन्तुष्ट पक्षलाई वार्ताको टेबुलमा आउन अनुरोध गरीएको छ ।
अपडेट: रातको १०:३० बजे
शहरको मुख्य मुख्य चोकमा अहिले राती देखी नै टायर बाल्न थालीएको छ , बाहिर जिन्दाबाद र मुर्दाबादका नारा घन्किन थालिसकेका छन, ब्यालक आउटको आदेश दिदैं हुलहरु गल्ली गल्लीमा प्रवेश गरेको खबर फोनबाट आउदै छ। सडकमा सुरक्षा निकायका सबै अंगलाई प्रयोग गरिएको छ । यसै पनि मेरोमा आज बत्ती निभ्ने दिन, अब केहि छिनमै बत्ती जाँदैछ .....तर ..... मेरो घरको गल्लीसम्म ब्यालक आउट गर्ने निर्देशन दिदैं एउटा हुल होहल्ला र सिट्ठी बजाउदै आई पुगि सकेको छ अब बत्ती .... .... *#?@?....... *#?@?...
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
March 21, 2008
हामीले निर्वाचन चाहन्छौँ किनभने हामीले जित्नै पर्छ , नजिते के गरिन्छ देखौला !
धेरै जद्दोजेहद पश्चात संविधानसभाको चुनाब हुने छाँट बलीयो देखिएको छ । चुनाब नै सबै कुराको रामवाण औषधी हो कि हैन त्यो हामी जस्ता सामान्य जनताले बुझ्ने कुरा भएन किनभने राजनीतिक बजारका ठालूहरूले पनि अब यसपछि के हुने हो त भन्ने कुराको गोलमटोल सपना बेच्ने काम बाहेक केही गर्न सक्दैनन् वा सकाक छैनन् । फलत: देश हावादारी स्वरूपको सिंगापुर र स्विट्जरल्याण्ड बन्ने भकुण्डो खेलमा समाहित छ ।
यही राजनैतिक चटारोमा , संविधानसभाको निर्वाचन आँफ्नो कारण र फगत आफ्नो कारणले हुन जाँदैछ भन्ने दावा गर्ने महान क्रान्तिकारी माओवादी पार्टीको लोकतान्त्रिक दावा देखेर भने म बिलखबन्द परेको छु । उनीहरूका अनुसार उनीहरू वर्तमान नेपाली राजनीतिका सबैभन्दा बढी लोकतान्त्रिक शक्ति हुन् । नेपाली राजनीतिमा अहिले सम्म थाति रहेका राजनैतिक मुद्दाहरूको निरूपण गर्न आसन्न संविधानसभाको चुनाब हुनै पर्छ । यो चुनाबमा माओवादीले बहुमत ल्याउनै पर्छ । यो चुनाबमा माओवादीको बहुमत आएन भने निर्वाच परिणामलाई धोका मानिनेछ र अर्कै ढंगले डरलाग्दो आँधिबेहरीयुक्त क्रान्ति हुनेछ !
अनि भनिँदैछ , सके निर्वाचनबाट सत्ता कब्जा गरिन्छ नसके बिद्रोह र लडाइँबाट । तर पनि हामी निर्वाचन चाहन्छौँ, निर्वाचनमा हामीले जित्नु पर्छ र जितिएन भने झन ठूलो क्रान्ति गरिन्छ अनि सत्ता कब्जा गरिन्छ । यो त सहयोग माग्न जाने , दिने भए राम्ररी देऊ नदिने भए केही छैन भकुरेर पनि लिन्छौँ भने जस्तो भएन र ? अब यस्तो दावा , तमाशा र माहौल बीच देशले कस्तो निकास लिने होला ?
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
March 19, 2008
लघुकथा - मर्द
केही समयको निरन्तरता पछी उसलाई चुरोटले मजा दिन छाड्यो, अनी एकदिन अर्को यौटा साथीले उसलाई गाँजा तान्न सुर्यायो। उसले आनाकानि गर्यो तर साथीले उसको पौरुषमा प्रहार गर्यो : " चुरोट त स्वास्नी मान्छेले पनि खान्छन् शिव बुटी तान्ने पो केटा त" उसको पौरुष जाग्यो र उ बिस्तारै चुरोट संगै गाँजा पनि तान्न थाल्यो । गाँजाले शरिर कमजोर बनाउँदै लग्यो तर पनि हरेक कस गाँजा तान्दा उ आफैलाई पूर्ण पुरुष भएको मान्दथ्यो ।
त्यसपछी पनि कहिले बहादुरी देखाउन त कहीले कमजोरी लुकाउन उ चुरोट, गाँजा र जाँड, रक्सी लगाएतका सबै पुरुषत्व झल्कीने पदार्थको सेवन गर्न थाल्यो । यसरी ठूलो मान्छे, पूर्ण पुरुष र मर्द बन्ने प्रयाशमा उसको शरिर नराम्ररी बिग्रियो र तिस पैतीस बर्षकै उमेरमा उ असक्त रोगी र कमजोर भयो ।
एकदिन बिरामी परी ओछ्यानमै पल्टी पल्टी सडक तर्फ हेर्दा उसले धूमपान, मद्यपान केहि नगर्ने एकजना जवान र स्वस्थ युवकलाई बाटोमा हिड्दै गरेको देख्यो। उसले आफ्नो र त्यो बटुवाको उमेर मनमनै दाँजेर हेर्यो र अनायशै बर्बरायो " वाह ! क्या स्वस्थ ! क्या स्फूर्ती !!, यो पो मर्द रहेछ " ।
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
जिन्दगीमा
भिखारीलाई जस्तो कतै माया छैन
वेदनाले मुटु छेडदा शरिर सबै गल्छ
मनमा हुरि चलिदिदा दिलमा आगो बल्छ
अनुहार भरि रोदन मेरो आँखा भरि आँसु
विरहको जीन्दगीमा कतिन्जेल वाँचु
मन भित्रको व्यथाहरु पोख्ने ठाउँ छैन
अभागिको संसारमा आफ्नो मान्छे छैन
खोज्न खोज्छु दुख्छ मुटु भित्र घाउ
यो मनोजले खोजीरहेछ नदि तर्नै नाऊ
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
March 18, 2008
गजल - मन
भित्रै भित्र पाके पछी माया पनि त कुइदो रछ
साक्षी राखेका भगवान नि मौन भई दिएछन
छाती पग्ली भेल बगेछी खुशी पनि धुइदो रछ
जुन तारा धेरै टाढा कल्पनामा सिमित भए अब
सुख छैन भागमा जहिले नि दु:खै छुइदो रछ
जनमभरी नफुकोस भनी उनेको भनथ्यौ त
छली माया जती कसे पनि त चाडै फुइदो रछ
आफै मुटु घ्रेरेर आफ्नै मनमा बन्दी भएकोछु
घातका लप्का परेपछी मुटु पोली रुइदो रछ
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
मनोन्यास - मान्छे र दिशाहिन राजनीति
- हस्त गौतम मृदुल
नेपालको कानुन त्यस्तो घोडा हो जस्को नौंवटा सिंग हुन्छन भने दुइवटा पुच्छर। जताबाट जस्ले छामेपनि उही पुच्छर उही सिंग हात लाग्छ। कसैलाइ यो कानुनको डर र सम्मान छैन। यस्मा जो चडयो उही जंग बहादुर हुन्छ। त्यसकारण यस्को डर कसैलाइ लाग्दैन। छाडा घोडा भएको छ। इज्जत र मान गुमाएको यस घोडाले निर्दोषमाथी छातीमा टेकेर हिन्छ। यसबाट कसैलाइ डर छैन। कसैलाइ भर छैन। यसबाट मान्छेले डराउन छोडीसक्यो। आफै बसेको धरालाइ आतंक्कीत पारेको छ। यस युद्धको बिकराल यात्रामा मात्रिभुमीलाइ डढाउन कस्सिएका छन। मान्छे महाभारतको युद्धबाट चेतिएका छैनन। मान्छे न त पहिलो न त दोस्रो विस्वयुद्धबाट चेतिए। हिरोसिमा नाकासाकीलाइ खरानी बनाए। त्यतिले कहाँ होर नक्ष्ेात्रयुद्धका लागी कम्मर कसेर लागेका छन। मान्छे आफनै घर आगो लगाएर रमाउन चाहान्छ। न त बुद्धको सान्तीले आस्वस्त छ मान्छे न त क्राइष्टको फाँसीले। असन्तोषी र अघोरी जात नै मानबजाती बनेको छ। अत्याधुनिक क्षेत्यास्त्रको होडबाजीमा पृथ्वीलाइ आगो लगाएर अर्को ग्रह खोज्न भौंतारिएको छ। त्यस्मा पनि मेरी आमाको कोखमा आगो लगाउनेहरु दिन दिनै बढेका छन। राष्ट्रिय सम्पदाको आगो खाएर गरिबीको अंगार हग्ने नेताहरुको बिकबिकी बढेको छ। आज मेरो देश अंगार बनेको छ। यही अंगारमा सेलाएको मानबताको गन्ध आर्यघाटमा मात्रै होइन राष्टभरी नै फैलिएको छ। अहिले मेरो देश सिंगो आर्यघाट बनेको छ। बिष्णुको अबतारमा राक्षेस बनेका छन। क्राइष्टको अबतारमा आततायी जन्मेका छन। बुद्धको अबतारमा आतंक्ककारी जन्मेका छन।
आफनो मात्रिभुमीलाइ बेचेर अर्काको आदेशमा शासन गर्ने निकम्मा नेताहरु आज आएर तै चुप मै चुप छन। आ आफनो सिद्धान्तको रोटी खाए पनि अचार भने उतैबाट सुटुक्क माग्छन र आफनो भुमीको माटो भेटी चढाउछन। निरंकुस्ताले कुम्चिएको मेरो भुगोललाइ dmन dmन खुम्च्याउने राजनीतिको अभ्यास चलेको छ। न त यहाँ लोकतन्त्र नै आएको छ न त गनतन्त्र....। यहाँ यि सव भ्रम तन्त्र चलेको छ। केवल भ्रम। यहाँ केवल बिनास आएको छ। बिखन्डन आएको छ। बिध्वंश आएको छ। अराजकत्ता आएको छ। अंशबन्डा आएको छ। केवल मनोमानी आएको छ। खिचातानी नै लोकतान्त्रिक राजनीतिको पहिलो परिभाषा हो। यो परिभाषा पनि उपहारमा पाएका छन। सिमा स्तम्भहरु मेटिएर नयाँ निसानी गाडीएको छ आमाको छातीमा। आँखा चिम्लीए पछि दोबाटोमा हग्न बसे पनि कस्ले देख्छ। जो अगुवा उही बाटो हगुवा नेता परे। आफुले नदेखे कसैले देख्दैन भन्ने राजनैतिक सोच बोकेका नेताहरुले राष्ट्रलाइ घोर राष्टघात गर्दै आएका छन। समयले हरेक गोप्यताहरुलाइ एकदिन छताछुल्ल पारिदिने छ। कसरी कस्ले कतिमा सम्पदा र किस्ताबन्दीमा राष्टियता बेचे भन्ने कुरा। माउले फुल पारे पछि फुल कोरलेर बिकासका चल्ला बढाउनु पर्नेमा फुलै खाइसकेर चित्त नबुdmी माउ नै पोलेर खाइसके। यस्ता लाचार नेताको कारण म बुद्धको सपनामा अटाउन सकेको छैन। नत उन्का आँखामा आँखा बनेर आफुलाइ नै हर्ेन पाएको छु। म मान्छेबाट भागीरहेको छु। मान्छे भित्रको आगो निभाउन न त चानक्य नितिले सक्यो न त कुरानले। इस्वर पनि मान्छेको नजिक पर्न डराइसके। किनभने मर्ुख देखी दैब पनि थरथर काप्छन भने म त मान्छे। फेरी यो मेरो देश मर्ुखहरुको अखडा हो। सहमती र समdmदारी यही मर्ुखताबाट शुरु हुन्छ। के था कुन बेला कुन स्वार्थसिद्धिका लागी बली चढाउने हुन। अग्रगामी कदम नै मानब बलि दिने सजिलो बाटो बनाए यी नरपिचासहरुले। अबतारी विष्णु पनि बलीकै भोका छन। किनभने राजनीतिको आशणमा रगतको रंग नै शोभयमान देख्दछन।
ब्रिटेनले भारतको स्वतन्त्रता दियो र भारतले मेरो स्वतन्त्रता हरण गरयो। सुगौली सन्धीले हामीलाइ बिरानो बनायो। पश्चिम किल्ला काँकडा, पर्ुवमा टुस्टा पुगे थ्यौ। तर........यी कथा भए आज। जबरजस्ती खुम्चीएको भुगोलमा अdmै खुम्चाउन निरन्तर आँच पुरयाउदै आएको छ। कालापानी देखी बिभिन्न भागमा कब्जा गरीसक्दा पनि सरकार मौन छ। किनभने नेताले खाने नुन उतै बन्छ र उतैबाट आउछ। आजका दरबारहरुमा योद्धाका पस्तिपन्जरहरु गाडीएका छन। आस्थाहरु फँासीमा dmुन्डाएका छन। बिचारहरु कत्लेआम भएका छन। ब्रि्रोह सल्केको छ दरबार तिर ...तर....। शिबपुरीको पहाड साक्षी छ कति योद्धाहरु जिउदै पुरिया भनी। फुल्चोकी पहाड साक्षी छ कतीलाइ जिउदै जलाइयो भनी। थानकोटको भीर साक्षी छ कति मारी फालिए भनि।
गोप्यताको साँक्षी यी पहाडहरु मात्रै छन। कसैको केही जोड चल्दैन। कसैको केही पत्तो लाग्दैन। जसरी dmुनकीरिहरु अन्धकारमै बिलाए। आज दूइ दशक भैसक्यो यी पहाडहरु योद्धाहरुको साक्षी बगेको तर।....। दर्रि्रता सवैभन्दा ठुलो नर्ग हो। यही नर्गको बास बसाएर धन्य छन नेताहरु। अति भैसक्यो अब त...। कलंक्की अबतार हुन लागी सक्यो। पशूहरु बोल्ने छन। रुखहरु सलबलाउने छन। यि आततायी मान्छेहरु बिस्तारै पशू हुनेछन। पशूहरु मान्छे....कस्तो अचम्म..।
म बाट स्वतन्त्रता छुटिएको छ। सान्ती संयुत्त राष्ट्रसंघमा कैद छ, या त नेताको षडेन्त्रमा। आलिसान महलमा छ की हवाइटहाउसमा या हिटलरको ग्यासच्याम्बरमा-
संसारमा खोजे पछि नपाइने कुनै बस्तु छैन तर कतै मैले सान्ती देखिन। मलाइ यतिखेर गोपाल प्रसाद रिमालको गीत याद आइरहेको छ, आमा त्यो आउछ र...। हो मलाइ त्यो आउने कुरामा ढुक्क छु। तर मेरो वरीपरी आइसकेर पनि कस्ले लुकाएको छ- कस्ले राखेको छ लुकाइ सिपी भित्र मोती बनाइ- कस्ले साँचेको छ पत्थरभित्र हिरा बनाइ- यदि तिमी आलीसान दरबारमा छौ भने बिर्स त्यो दरबार किनभने दरबारहरु संधै भ्रम र खोक्रो हुन्छन। संधै आडमबर र खिचातानीमा अल्dmेको हुन्छन। त्यो खोक्रो जीवन क्षेणिक र बन्धनमा हुन्छ। शरिर बाँच्नु जीवन बाँच्नु मात्र होइन। आउ समयको बोधीबृक्षमा हामी सवै बुद्ध बन्ने कोसिस गरयौ। बाँच्नुको अर्थ शरिर मरे पनि जीवन जिवन्त रहोस भन्ने हो। भृकुटीको जस्तो साहास लिएर जानु पर्छ। हरेक नेपाली भृकुटी भएर नेपालको सान्ती फैलाउन सक्छौ तर आज....। रुखमुनी छाया त्यो मुनी म कै स्थिति छ। सृजनशिलता नै जीवनका महान गौरभ हुन। साहास हुनेहरुलाइ सफल्ताले चुम्छ। बसेर कुनामा dmिंगा धपाउनेहरुलाइ सफल्ता हात पार्न खोज्नु कुकुरले रुख चर्न खोज्नु जस्तै हो। हरेक नेपाली हरेक पर्ुखाका प्रतिनिधि हुन किनभने हरेक ब्याक्ति उ आफनो राष्ट्र र त्यस्को सुन्दर भबिस्य हुन। देशको सलाइ भित्र रहेका तीन करोड काँटीहरुमा बल्नु छ आफैमा। जोस जाँगर उमल्न्छ ह्रदयभरी। कराइमा दुध उम्लीए
पोखियो भने खरानीमा परिन्छ। देशका युवाकाँटीहरु किन निरंकुस्ताको चिसोले ओसिदै गएका छन। ओसिय भने फेरी बल्न र बाल्न गारयो पर्छ। जहाँका युवाहरु ओसियका छन त्यो देश दर्रि्र हुन्छ। आज युवाहरु गरिवीको चिसोमा ओसिएर बिस्तापित भैरहेका छन। म देशको एउटा स्थानमा धपक्क बल्न चाहान्छु। जहाँ एकठाउको अँध्यारो नासियोस संधैलाइ। म ओसिन चाहान्न। म बल्न चाहान्छु। हे मेरी सान्ती आउ प्रिय मलाइ एकपटक यो धर्तिमा आफनै प्रकास र्छर्ने अबसर देउ। मेरो देश म बिना अँध्यारो छ। जीवन इस्वरको प्रकास हो। यो हरेक संग हुन्छ। मलाइ राष्ट्र र राष्ट्रियताको पहिचान संगै आत्माबोध भयो की देश बिना मान्छे कति दुख हुन्छ।
जसरी चन्द्र र्सर्ुय र पृथ्वी एकदिन एउटै रेखामा भेट गर्छन। त्यसैगरी यो देशमा सान्ती र स्वतन्त्रताको उज्यालो फैलाउनु पर्छ। जीवन प्याजको पत्रै पत्रले बनेको छ। सुन्तलाको केस्रा केस्रै केस्राले बनेको छ। मेरो यो जीवनका हरेक पत्रहरु खस्नु भन्दा अगाडी नै सान्ती आवस भन्ने चाहान्छु। जीवनको केस्राहरु छुटीन नपाउदै आए केही गती पर्ला नत्र...........
मात्सेतुगंको बैशाखीमा हिन्ने हैसियत पनि गुमाएका माओबादीमा आफनो क्षमतामा हिन्न सक्ने साहास रहेन छ। म्ााओबादी पनि उहि बिरबलको खिचडी पकाएर जनतालाइ बेकुप बनाउने भन्दा अरु गर्न सकेन्। उनीहरुको राजनैतिक सिद्धान्त नै अपाङ्ख छ भने अरु कस्को के आशा गर्न सकिन्छ र! आ-आफनो सिद्धान्तबाट बिचलित नेताहरु, जवसम्म अरुको
"शैद्धान्तीक बैशाखी" टेकेर हिन्न छोडदैनन तव सम्म नेपाल र नेपालीको भविस्य शुरक्षित हुन सक्दैन। जव सम्म आफनो खुटटामा उभिन खोज्ने नेता जन्मीदैनन तब सम्म देशमा संकट र्टर्दैन। जन्मेको सातदिनमा सात पाइला हिन्ने हामी बुद्धका सन्तान आज समयको गतीमा एक पाइला हिन्न पनि सकिरहेका छैनौ।
कस्तो बिडमबनामा जिउनु परेको छ आज नेपाली ! अरुको सैद्धान्तीक बैशाखीमा हिन्ने नेता होइन, हामीलाइ बामे सरेर भए पनि आफनै क्षेमता हिन्ने नेता चाहिएको छ। तर बिचरा हाम्रा नेताहरु त, अरुको बैशाखी नटेकी एक इन्च पनि हिन्न सक्दैनन। यस्ता गतिहिन अपाङ्ख नेताबाट देशले काँचुला फर्ेला भन्नु त केवल दिवासपना मात्र होे।
असफल नेताहरुबाट सफल राष्ट बनाउन समभव छैन। किनभने ब्याक्तिगत लाभ भन्दा माथी उठेर हिन्न सक्ने क्षमता हाम्रा राजनैतिक नेताहरुमा छैन। अहिलेको अबस्थामा लोकतन्त्र भन्नेहरु धृतराष्ट, गनतन्त्र भन्नेहरु दुर्योधन, राजतन्त्र भन्नेहरु सकुनी भएका छन। यस अन्यालग्रष्ट राजनैतिक महाभारतको युद्धमा जनता धेरै दिन द्रोपदी बनी रहन सक्दैनन्। नेतालाइ अबस्य चेतना भया।.........क्रमस.........
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
March 17, 2008
साच्चैनै प्रवासी मित्रताको साईनो गहकीलो हुदो रहेछ
साउदी अरबको उधेलिया भन्ने ठाउ सायद कमैलाई मात्र थाहा होला त्यहाँको बस्तुस्थिति । करिब ४५-५० वटा कम्पनीहरुका शाखा क्यामहरु खडा छन् जहाँ हजारौ नेपालीहरु कार्यरत छन् । हाम्रो कम्पनीको पनि शाखा क्याम उधेलियामानै थियो । करिब सयको हाराहारीमा नेपालीहरु थियौ । तर सधै भइरहने नेपालीहरु भने ३०-३५ जना जति मात्र । हामी कहिले चेस खेलेर समय बिताउदथ्यौ त कहिले क्यारेम्बोट । कास्की लेखनाथका रेशम थापा क्षेत्री लामो समय देखि क्याम ईन्चार्ज हुनुहुन्थ्यो । उहाँबाट हामीले धेरै सहयोग पायौ । उहाँ क्याम्प इन्चार्ज भएता पनि हामी दाजुभाइ सरहनै थियौ । बाहिर अर्कै ब्यवहार गरेता पनि भीत्रि आत्माले भावनाको नाता जोडेको थियो । साउदी अरबको उधेलिया छोड्ने बेलामा मैले उहाँको धेरै ठुलो सहयोग र सत्भाव पाएको थिए जुन मैले जिन्दगीमा कहिल्यै भुल्न सक्दिन । सायद दाजुभाइमा पनि त्यतिको सहयोग हुदैनहोला । त्यस्त तनहुं मानपांगका एक जना गुरुङ्ग भाइ जसलाई मैले आत्मिय नाता भाइले सम्वोधन गरेको छु । हामी जातले बाहुन र गुरुङ्ग भएता पनि युवराज गुरुङ्गलाई मैले मेरै परिवारको एक जना सदस्य ठानेको छु र भविश्यसम्म पनि उनलाई भाइकै नाताले पुकार्ने छु । अर्को जुनीमा हामी एउटै आमाको काखबाट जन्मन पाउ भन्ने प्राथना गर्दछु । त्यस्तै प्रवासमा मेरो अविभावकको रुपमा एक जना दाजु प्रकट हुनुभयो । उहाँबाट मैले धेरै कुराको ज्ञान लिन पाए आज म जुन स्थानमा छु उहाँकै मार्ग निर्देशन अनी पथ पाईलाहरुको साथले छु । उहाँ सिन्धुपाल्चोकको सागर दाजु हुनुहुन्छ । उहाँ मेरो प्रवासी जिवनमा महत्वपूर्ण अभिभावको भूमिकामा प्रस्तुत हुनु भयो ।साउदी अरबमा छदा मलाई प्रवासमा छु जस्तो पनि लागेन ।
मेरो जिवनमा एउटा यस्तो मित्रको आगमन भयो उहाँको म बर्णन गर्न सक्दिन । हामी एक अर्कामा यति नजिक थियौ कि सायद प्रेमी प्रेमीका पनि त्यति नजिक हुदैनथे होला । एक अर्कामा आइपरेका दुख बेदनाहरु साटासाट गर्दथ्यौ । हामी यति मिल्दथ्यौ कि कहिले काहिँ त हाम्रो मिलनले अरुलाई जलन पनि हुन्थ्यो र हामी बाध्यताले केहि समयकोलागि बिछोडिन बाध्य हुन्थ्यौ । केहि समय नबोले पछि एक अर्कामा छटपटी चल्दथ्यो । साच्चैनै हामीले मनका भावनाहरु एक अर्कामा साटासाट गर्दथ्यौ र पारिवारीक कुराहरु पनि भन्ने गर्दथ्यौ । उहाँको नाम लिला कुमार खवास र घर झापा सुरुङ्गा थियो । अझै पनि हामी एक आपसमा मनका भावनाहरु साटासाट गरिरहन्छौ ।
प्राय हामी एउटा रुपमा ७ जना नेपालीहरु बस्दथ्यौ भिन्दा भिन्दै ठाउँका तर हामी एउटै परिवारका सदस्यहरु झै थियौ । सायद घर परीवारम पनि त्यति मिलन हुन्थेन होला । लामो समय प्रवासमा जिवन बिताउदा पनि घर परिवारको याद त्यति आएन ।
साउदी अरबको बसाईमा मैले धेरै आत्मिय मित्रहरु पाए र गुमाए पनि । साउदी अरबको बसाईमा मैले पाएका मित्रहरु लिला कुमार खवास झापा सुरुङ्गा रेशम थापा क्षेत्री कास्की लेखनाथ धुर्व हमाल स्याङ्गजा पुतलीबजार सागर श्रेष्ठ सिन्धुपलााचोक युवराज गुरुङ्ग तनहुँ कुमार गुरुङ्ग पर्वत शंकर थापा मगर पाच्थर सुरेन्द्र पचभैया गुल्मी सुमन थापा मगर हरी नेपाली दल बहादुर घिमीरे मदन खाड पाल्पा सुरेस थापा पदम अर्याल बिकास मगर चन्द्र पुन चन्द्र गुरुङ्ग धुर्व सिक्देल चिज कुमार श्रेष्ठ रोशन अर्याल रबिन घिमीरे गोपाल परिवार र अन्य मित्रहरु जसले मलाई प्रवासमा रहदा सहयोग गर्नु भयो उहाँहरुलाई मैले कहिल्यै पनि भुल्न सक्दिन ।
प्रवासको मित्रताको नाता भनेको कत्तिको गहिरो हुदो रहेछ भन्ने कुरा मैले दुवईमा आएर पनि थाहा पाए । हामी साउदी अरबबाट इमेल र चाटिङ्गमा कुरा कानी गर्दथ्यौ । उहाँको कृष्ण प्रसाद अर्याल मनोजकुमार राना यामनन्द तिवारी । उहाँहरुसँग प्रत्यक्ष भेट दुवईमा आएर भयो हामी इमेलबाट चार्टिङ्गबाट धेरै कुरा गरिन्थ्यो । पहिलो पटक दुवईमा भेट हुदा म ज्यादै खुशी भए । उहाँहरुको ब्यवहार अनि बोलीले मलाई अति प्रभाव पार् यो र उहाँहरुको सहयोगी भावनाले त झनै मित्रताको डोरी कसियो ।
प्रवासी भूमिमा रहदा अन्य मित्रहरुसँग पनि मित्रताका साईनाहरु फैलाउन सफल भए जसमा नेपालमानै रहनुहुने दिदीहरु मायाँ थापा बिरगँज अाजना बैद्य काठमाण्डौ उहाँहरुसँग प्रत्यक्ष भेट नभएतापनि नाता गहिरो जोडेका छौ । त्यस्तै गरेर स्वीटजरल्याण्डमा कार्यरत पोखराका विप्लब निशानी लामीछाने हाल नेपालमा उहाँसँग प्रत्यक्ष त भेट भएको छैन तर पनि फोनमा धेरै पटक कुराकानी भएको छ । एक आपसमा हामी यति नजिकका भएका छौ । प्रत्यक्ष भेटमा हामी एक आपसमा परिचित हुदैनौ होला तर हामी इमेल र फोनबाट धेरै नजिक छौ । हाम्रो यो मित्रताको नाता अनन्तकाल सम्म रहने छ । प्रवासको भूमिबाट जोडीएको मित्रताको नाता अति गहिरो हुदो रहेछ भुलेर पनि भुल्न नसकिने ।
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
March 16, 2008
के लेख्दै छु त पि्रयसीलाई इराकबाट
पि्रय प्यारी प्रकृति
क्षितिजपारीबाट भए पनि लामो सम्´ना
मलाई भोलि केहि भए दैवले बिचैमा छोडि लगे तिमीले जिउने आधार खोज्नु ।
एकाङ्गकी यो लामो जिवन गुजार्नलाई गाह्ो होला मन मिल्ने जिवनसाथी रोज्नु ॥
सर्घर्ष गर्दा-गर्दाै उतार चडाप भोग्दा भोग्दौ बिचैमा मेरो अवशाङ्ग भए ।
तिमीले जिउने आधार खोज्नु हिड्दै जाँदा भावनालाई बु´्ने
हितकारी मान्छे भॆटे निसंकोच नाता जोड्नु ॥ मलाई भोलि केहि भए……………………
सायद गायक कर्णदासले पनि यो गित मेरै लागि गाएको हुनुपर्दछ । गितको भावनालाई हृदय देखि नै धन्यवाद दिन्छु जसले यो भावनामा डुबेर रचना गरे होलान् सायद त्यस बेला पनि रचयितालाई मलाई जस्तो नै भएको थियो होला अनि कर्णादासले गाउने क्रममा पनि रोएर नै गायका थिए होलान् । सायद तिमीले पनि यो गित सुन्ने अवसर पायौं भने मैले जस्तै हामीले बिताएका ति पलहरुको यादमा आँखाबाट आँसुका धाराहरु बगाउने छौ तर त्यति बेला तिम्रौ आँसु पुछ्ने म अगाडी हुनेछैन । सायद दैवको खेल भनै या जिन्दगीले ल्याएको परिस्थित भनौं आज तिमीबाट धेरै टाढा बम र गालीले छिया छिया भएको ठाँऊ अनि अभावै अभावबाट हिडिरहेको यो इराकमा टन्टलापुर घाम अनि पानीको अभाव सायद यस्तै लेखेको रहेछ भगवानले छौटीमा । प्रकृति तिमीलाई अनि तिम्रो शहरलाई पुष २४ गते छाडेर अर्काै विरानो अनि बेग्लै शहरमा पुगे तर मन भने तिमीमा नै थियो अनि मेरा अगाडी तिमीसँग बिताएका पलहरुको यादगार सम्´नाहरु चलचित्र सरी मेरा आँखा अगाडी आई नै रहे । तिमीसँग विताएको पलहरु एक-एक गरी मेरो आँखामा आई नै रहको थियो । तिमीले चुमेका यी मेरा हातहरु तिमीलाई समाउन अगाडी बढिरहेको हुन्थ्ो । यि मेरा आँखाहरु तिमीलाई देख्न लालायित हुन्थ्ो तर त्यो सबै सपनामा परिणत हुदा मेरा मन धरधर रुन्थे । म आफुलाई सम्हाल्न नसकेर बाथरुममा जान्थे पानी खोलेर आँखाबाट आँसुका धारा निकाल्थे तर पनि के गर्ने । जिन्दगी यो लामो यात्रा सँगै-सँगै विताउला भन्ने सोचेको मात्र के थिए सायद भागवानले पनि यो मन्जुर गरेनन् । सायद हाम्रो मायामा कतै खोट पो थियो कि । सायद हामीले माया भन्ने शब्दको परिभाषा नै थाहा पाएका थिएनौ कि पढ्न गाह्ो भईरहेको होला होईन कि तिमीले यो पत्र पाउना साथ च्यातेर त फ्याकिनै सायद सत्य सधै नै तितो हुन्छ । मलाई पनि लेख्ने बेलामा धेरै नै कष्ठ भईरहेको थियो होला कल्पना गर त । सायद आँखाबाट आँसुका धाराहरु सम्हाल्न सकिरहेको छैन त्यसैले नसकेर होला रोकिने कुरै गर्दैन । तर तिमी त आनन्दले सुत्दै हाँैली अफिसबाट घर आउदा पनि छस्किदौनौ होली । मसँग विताएका पलहरु त तिम्रोलाई कहि जस्तो पनि लागेको थिएन होला । सायद धोकाको पिडा त मलाई खान लेखेको रहेछ क्या रे । धोका भन्दा जिवनमा अरु केहि पनि नपाईएला जस्तो छ । पत्र लेख्दा सम्ममा त छिनो आराम छु भन्नु पर्ला अनि तिमी त कुशलै छै हौल्ाी होईन ।
कुरा के हो भने जब मैले आउने बेलामा आमासँग कुरा गरेको थिए तर त्यहि फोन मेरोलाई अभिसाप भयो प्रकृति मैले तिमीलाई एयारपोर्टबाट पनि फोन गरेको थिए तर तिमीले मसँग कुनै कुरा भने नगरी फोन काटिदियौ । त्यो भन्दा अगाडी मैले तिम्रो आमासँग लामो कुराकानी गरेको थिए तर यस पटक भने तिम्रो आमामा धेरै परिवर्तनहरु आएका थिए । तर पनि मैले तिमीसँग कुराकानी गरेर त्यसको समाधान निकाल्न भने नखोजेको होईन तर तिमीले कुरा नगरी फोन काटिदिए पछि सोचे विछोडको पिडाले होला बोल्न नसकेकी भन्ने लाग्यो र तिमीलाई इराकबाट असहज परिस्ििथतमा पनि फोन गरे तर तिमी उल्टै नचिनेको बाहाना गरौ अनि मेरो मुटु छिया-छिया भएर टुकि्रयो त्यत्ति बेला मैले संसार नै धुमेको अनुभव गरे मलाई त्यत्ति माया गर्ने मेरी प्रकृति आज किन परिवर्तन आखिर मैले के गल्ती गरे उनीले भयौ भन्दौमा घरमा आमासँग हामी दुईको जिन्दगीको बारेमा कुरा गरे के मैले यहि नै गल्ती गरे कि उनीले भनेका सबै कुराहरुलाई मानेर उनीलाई जिवनसाथीको रुपमा अँगाल्नु खोज्नु चाँहि मैले गल्ती गरे । प्रकृति मैले तिमीसँग गर्न खोजेको कुरा पनि आज म यसै पत्रमा गर्दैछु यसलाई पनि केहि समय निकालेर पढ ल । यति बेला भने मेरा मनहरु रुदा-रुदा थाकिसकेको छ तर पनि आँखाबाट आँसुहरुले सिरानी भने छिजेकै हुन्छ । आमाले भन्दै हुनुहुन्थ्यो कि राम तिमीसँग जति पनि प्रकृतिले दिएको चिनो छ त्यो सबै कि फ्याकिदिनु कि फिर्ता गरिदिनु अनि प्रकृतिसँग विताएका हर क्षणाहरु भुलिदिनु म पनि प्रकृतिलाई फोन गरेर तिम्रो केहि चिनो भए फ्याक्न लगाउछु । म प्रकृतिलाई अरुसंग नै विवाह गराई दिने निधोमा पुगेको छु । सायद यो बाक्यले नै मेरो जिवनमा ठूलो भुईचालॊ ल्यायो प्रकृति आमाले त्यो कुरा भन्नु भयो तब जब म कार्यलयबाट मेनपावरको अफिसमा जार्द गर्दा तर फोन भने मैले गरेको थिईन ।
प्रकृति आमा बुबा भनेको हाम्रो भगवान हुन्छन् । सायद आमाबुबाको आदेश मान्नु नै जिन्दगीमा राम्रो होला । आमाबुबाले आफ्नो छोराछोरीको लागि कहिलै पनि नराम्रो सोचेका हुदैन । तर तिम्रो त आमा भने नि बुबा भने नि त्यहि आमा हुन् । आमाका कुरालाई कहिलै पनि नकाट्नु आमाले देखाएका बाटोमा हिड्नु बाचा गर्दछु तिमीले कहिलै जिन्दगीमा दु ःख पाउने छैनौ । हेर आमा एक्लै हुनुहुन्छ मलाई थाहा छ विछोड हुनुको पिडा अनि रोदन थाहा त तिम्रो आमालाई पनि हुनुपर् यो तर तिम्रो आमाको मन त ढुंगा रहेछ अथवा आफुले भोगिसकेको भएर होला भित्रि मनहरु रुदा-रुदौ पनि बाहिरको मनलाई कडा बनाउनु भएको थियो होला । प्रकृति अन्तिममा आमालाई मेरो धेरै-धेरै सम्´ना भनि दिनु अरु कुराहरु त त्यस्तै हुन् म कम्प्यूटरमा काम गर्दछु अहिले मेरो डियूटी रातीमा छ मेरो राती नेपालको ९ बजे देखि विहान ९ बजेसम्म हुन्छ । हामीले डुयूटी भने १२ घण्टाको गर्नु पर्दछ । कामको क्रममा भुल यहाँ माफी हुदैन सिधै नेपाल पठाईदिन्छ तर मेरो भने काममा त्यत्ति मन भने लागेको छैन त्यहि पनि कोशिसमा छु । सायद कसैको याद र सम्´नालाई विर्शिन सके भने काममा मनलाग्ला कि भ्ान्ने छिनो आशाहरु रहेको छ । खानाको राम्रो व्यवस्था नभएपनि बस्नको भने राम्रो व्यवस्था छ । फोन गर्ने इच्छा हुदा-हुदौ पनि प्राविधिक समस्याहरुले गर्दा इच्छाहरु पुरा भएको छैन । म इराकको राजधानी शहरबाट नजिकैको ऋबुउ ब्लबअयलमब द्यबबिम भन्ने ठाउमा छु । यहाँ त बमहरु फ्याकेको फ्याकै हुन्छ कति बेला बम आउँछ र बङ्किरमा लुक्न जानपर्ने हो त्यो कसैलाई पनि थाहा हुदैन । सुरक्षित हुदाहुर्दाै पनि कहिले काँहि अपि्रय घटनाहरु हुन जान्छ । काम सजिलो भए पनि १२ घण्टा काम गर्नु पर्ने र विदा नमिल्ने अनि यहाँको निति नियममा बस्नु नै हामीहरुको लागि गाह्ो कुरा हो । म भएको ठाउमा धेरै नेपाली दाजुभाइहरु रहेका छन् हामी नेपालीहरु कामबाट थाकेर कोठामा छौं अनि कसैले पे्रमका कुरा गर्छन् त कोहि सुख दुःखका कुराहरु एक अर्कालाई भनेर आफ्नो थकाई मेटाउने गर्दछन् तर म भने त्यहि दिनहरुको कल्पनामा नै विलाई रहेको हुन्छु ताकि तिमी मबाट टाढा नहोसर तर तिमीले मलाई याद गर्दिनै होली आए देखि त बाढुकी पनि लागेको छौन सपनीमा पनि आउदिनै किन हो किन तिमीले त माया मारि पॊ सकै जस्तो लाग्छ पि्रय । र्लौ त आजलाई यत्ति नै भगवानले राखेछन् भने अनि कुशलै रहे भने अगाडीका दिनहरुमा प लेख्ने छिनो कोशिस गरौंला । मनमा लागेका तिता मिठा कुराहरु यिनै हुन् । तिम्रो र मेरो जिन्दगीको कुराको निर्णय त अगाडी मैले अगाडी गितका भावनाबाट पोखिसके त्यसैलाई बास्तविकता लिनु । मेरो जिवन भरी नै तिम्रो यादहरु आई नै रहनेछ । जिन्दगीको दोबाटोमा भेट हुनु अलि परसँग सँगै यात्राहरु पार गदौ जाँदा ।एक अर्काे बीच माया पिरती गाँसिनु यो त प्रकृतिक नियम नै हो यसैलाई अनुशरण गरेको थियौ होला सायद दोबाटोमा भेटभएपछि अर्काे दोबाटोमा छुटिनु नै पर्छ होला होइन र प्ा्रकृति त्यसैले होला दोबाटो आउनु भन्दा पहिले नै तिमीले मलाई छोडिदियौ बाँकी यात्राहरु काट्न अब फेरि पनि एक्लै पर्ने भयो यस धर्तीमा एक्कै आएको थिए अबका यात्रा पनि एक्लै काट्दै बाँकी यात्रा तय गर्नुपर्ला तिम्रो जिवन खुशी र सुखिदायक वितोस् कष्ट अनि बेदना कहिलै पनि नआयोस् यसै शुभकामना सहित यो विरानो अनि अभावै अभावको बातावरणमा भुल्ले कोशिसमा लाग्नेछु । तर प्रकृति धोका मानिसको लागि अति नै पिडा दायक हुन्छ । अब अरुलाई धोका नदिनु ल ।
उनै
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
दलहरू, मित्रवत् प्रतिस्पर्धा गर !
विधिसम्मत रूपमा मुलुकभरिकाका वयस्क मतदाता जनताले चुनेर पठाएका संविधान सभाका प्रतिनिधिहरूले गठन गरेको विशेषज्ञहरूको समूह द्वारा लेखिने संविधान र सोही सभाले अनुमोदन गरी संविधान बनाउनु पर्छ भन्ने सुनौलो चाहना २००७ सालमा सम्पन्न राणा विरोधी आन्दोलनसंगै मुलुकको गर्भमा उदाएको हो। संविधानसभाको गठन र यसले लेख्ने वा अनुमोदन गर्ने संविधानले मुलुक र यसको प्रभुसत्ताका वास्तविक हकदार जनता र जनता मात्र हुन भन्ने कुरालाई नि:शर्त स्थापित गर्छ । मुलुक जनताको हो र मुलुकभित्र राजनीतिको नाममा गरिने हरेक साना ठुला निर्णयहरूमा अन्तिम फैसला लिने आधिकारिकता केवल जनअनुमोदन मार्फत मात्र हो भन्ने विश्वव्यापी लोकतान्त्रिक सिद्दान्तका आधारभूत मान्यताहरूको विधिसम्मत स्थापनाको पहिलो कडी संविधानसभाको गठन र यसले गर्ने तत्पश्चातका कार्यहरू हुन् । वंश, परिवार र निश्चित जात वा समूहको ठालूवादी कब्जा वा विशेषाधिकारबाट राजनीति र राष्ट्रलाई स्वतन्त्र पार्दै यस्तै अभिजात्य र सामन्तवादी चिन्तनको रूढीवादी मान्यताहरूको वैधानिक विसर्जन गराई जनताको मुलुक र राजनीतिलाई उनीहरूकै जिम्मेमा छोड्ने यो भन्दा विशिष्ट तरिका कुनै हुन सक्दैन । यो अवसर नेपालीहरूले इतिहासमै पहिलो पटक पाएका छन् र अप्रत्यासित बिघ्न वाधा नउब्जेको खण्डमा आगामी एक महिनाको अन्तरालमा यो अवसर प्रायोगिक रूपमा सिद्द पनि भैसकेको हुनेछ । तर पनि यो कार्य अहिले देखिएको जस्तो सहज नहुन सक्छ ।
सर्वप्रथमत:, आसन्न संविधानसभाको निर्वाचन सम्पन्न हुँदा , नेपालमा वर्तमानको यो घडीसम्म अस्तित्वरत पुरानो राज्य प्रणालीका समस्त संरचना: राजतन्त्र , अर्थ-सामाजिक संरचना लगायतका यावत पक्ष र अंगहरूमा आमूल परिवर्तनको औपचारिक यात्राको उठान शुरू हुनेछ । अहिले सम्म माग गरिँदै आएका नेपाली समाज र राजनीतिका अनगिन्ति पक्ष र पाटाहरूमा उच्चरित हुँदै आएका असन्तुष्टिका श्वर र मागहरूको एकै मुष्ट संवोधन हुन पाउने अवसर संविधानसभा नै हो भन्ने लाग्ने हुँदा राजतन्त्रदेखि अस्तित्वरत विविध माग , असन्तुष्टि र अपेक्षाहरूको एकैचोटीको समष्टि प्रभाव र प्रहार यो संक्रमणको नाजुक घडीमा मुखरित हुनु पनि , संविधानसभाको महत्व र यसको अनिवार्यतालाई नै प्रमाणित गर्दछन् । यस्तोमा पुरानो मान्यताले यसको आगमनलाई तिरस्कार गर्छ भन्ने सबैलाई थाहा भएकै कुरा हो भने यो कठिन प्रसव वेदनामा नेपाली राष्ट्रले सहनु परेका अप्ठ्याराहरूको श्रृङ्खलात्मक क्रमलाई पनि बुझ्नेहरूले समयको अनिवार्यताका रूपमा बझेका छन् । अत: यो बेलामा अप्रत्याशित ढंगले अनपेक्षित बिघ्नहरू नया स्वरूप र नया पहेली बनी प्रस्तुत हुन सक्छन् र यो क्रम संविधानसभाको निर्वाचन ,गठन, नया संविधानको लेखन, अनुमोदन , जारी हुने समय अनि त्यसपछिका समयमा पनि चलिरहने छन् । यत्ति हो समय क्रममा , यस्का चाल, छाल र उद्वेगहरू शिथिल बन्दै जालान् । तर पनि नेपाली राजनीतिपटका अभियन्ताहरूले यी संगीन मामिला, पक्ष, क्रिया , प्रतिक्रिया र अन्तर्क्रियामा ध्यान दिएनन् र केवल चुनाबी राजनितिको दलिय गणीत केलाउनमा आँफूलाई केन्द्रित राखे भने , निश्चित दल विशेषको चुनाबी विजयमा , मुलकको भाग्य फेरि हार्नेछ र मुलुकवासी नराम्रो गरी ठगिनेछन् । पछिल्ला दिनहरूमा निर्वाचनका पक्षमा वातावरण बनेको जस्तो देखिए पनि यो दूर्भाग्यका संकेतहरू देखिने क्रम भने जारी छ ।
पछिल्लो एक महिनामा , आसन्न निर्वाचनलाई हुन नदिने केही आन्दोलनहरू सिर्जना भए । राजनैतिक नेतृत्वले तिनलाई सम्झौताको बिन्दुमा लैजान सफल मुहिम चलायो। वार्ता र सम्झौताहरू भए। पुन: ती समझौताहरू माथि क्रिया प्रतिक्रिया पनि आए । यस बीचमा छिमेकी मुलक भारतको चासो र संलग्नताका बारेमा धेरै अड्कल र आक्षेप पनि उठाइए । सकारात्मक वा नकारात्मक जुन दृष्टिले बुझ्न खोज्नेहरूका पनि आ-आफ्नै तर्कहरू थिए। जति यो संगीन समयमा निर्वाचनलाई हुन नदिन गरिएका आन्दोलनहरूका बारेमा सकारात्मक र नकारात्मक प्रतिक्रयाहरू आए त्यति नै ती आन्दोलनहरूसंग सम्भावित र प्रकट रूपमा जोडिन आएका पक्षहरू र भएको सम्झौतालाई पानि मान्छेहरूले आ-आफ्ना सैद्दान्तिक र वैचारिक धरातलमा उभिएर केलाए । यी सबै घटनाक्रमहरू नितान्त स्वाभाविक थिए।
बहुदलीय प्रतिस्पर्धात्मक शैलिको निर्वाचनमा होमिँदा, बिभिन्न दलहरूले चुनाबी राजनीतिमा आफ्नो बरिष्ठता साबित गर्ने भरमग्दूर कसरत गर्नु कुनै मानेमा अन्यथा हैन । तर पनि, अब हुन गइरहेको निर्वाचन र यो निर्वाचन पछि गठन हुने सभाका सभासदहरूले गर्ने कार्य नेपाली राजनितिको दीर्घकालीन भविष्यका लागि मार्गदर्शक हुने महत्वको भएको हुनाले , अहिलेको निर्वाचनलाई केवल दलहरूको आवधिक कार्यकालको सरकार गठन गर्न सम्पन्न गरिने निर्वाचन प्रतिस्पर्धाको रूपमा मात्र बुझ्न खोज्नु यसको गुरूतापूर्ण सन्दर्भ, महत्व र प्रकृतिलाई बुझ्न नसक्नु हो ।
राजतन्त्रसंगको मुद्दामा मात्र यो महत्वपूर्ण घटनालाई जोडेर अरू अझ महत्वका भावी नेपालको भाग्यसंग सिधा सरोकार राख्ने विषयहरूमा मौन साध्न खोज्नु पनि यो निर्वाचनसंग जोडिएका प्रत्यक्ष सरोकारवाला दलहरूको कमजोडी हो । अनि आसन्न निर्वाचनलाई एउटा पार्टीको विजयले मात्र सही र सफल उद्देश्यमा पुर्याउनेछ अन्यथा अर्को अनिष्ट खडा गरिनेछ भनेर जुन खालको हूंकारयुक्त आवाज दलहरू मध्येका निश्चित घटकहरूबाट आउने गरेको छ , यो कुरा समावेशी र सम्झौताको बुनियादमा टिकेको वर्तमान र यसले ताकेको मेलमिलापको भविष्यको प्रष्ट खिलापमा देखिएको छ ।
अब कसैले जित्ने हार्ने र कसैको जित वा हारबाट अरू कसैको प्रभावलाई पूर्ण रूपमा निष्प्रभावी बनाउने योजना लिएर नेपालको राजनीतिलाई अगाडि हाँक्न चाहनेहरूले आफ्नो स्वाभाव र योजनाले अबको नेपाललाई चलाउन सकिन्न भन्ने कुरा बुझ्न जति ढिलो गर्छन त्यति नै उनीहरू समसामयिकताबाट बाहिरिन्छन् वा मुलुकलाई निकास दिने कुरामा सँधै बाधक बनिरहन्छन् । समानुपातिक प्रतिनिधित्वको संवैधानिक व्यवस्थाले पनि यही कुरालाई अँगालेको हो ।
चुनाबमा दलहरू दलीय मुद्दा लिएर उभिए पछि प्रतिस्पर्धा अवश्य हुन्छ । तर , कसैले यो हामीले बोकेको मुद्दा थियो, अरू त दाउ थाप्न आएका हुन भन्ने सोचेर अरू माथि धावा बोल्न कसिन्छ भने त्यसले लोकतन्त्रको आधारभूत अर्थ बुझेको छैन भन्ने बुझ्नुपर्छ अथवा उसले भन्ने वा दावा गर्ने कुरा र उसको लुकेको उद्देश्य बीच ठूलो खाडल विद्यमान छ । लोकतन्त्रले विचार र मुद्दालाई स्थापित गर्छ , पात्रहरू फेरिएर केही फरक पर्दैन। मारमुंग्रीको राजनीतिले लोकतन्त्रको केवल उपहास गराउँछ, कुनै मुद्दाको निरूपण गर्दैन ।
वर्तमानको संवैधानिक व्यवस्थाले, दलहरूले संविधानसभामा खुला प्रतिस्पर्धाका आधारमा जित्ने स्थान बाहेक उनीहरूले प्राप्त गरेको मत प्रतिशतलाई पनि उत्तिकै महत्व दिएको हुनाले, चुनाबी तालमेलहरू त्यति सहज नहुन सक्छ किनभने यसो गर्दा पार्टीको पक्षमा मत कम पर्ने हुन आउँछ । तर पनि खेलका नियमहरू हुन्छन् र तिनको पालना गरिएन भने खेल खेल नभएर जालझेल र नियम बीनाको ग्याङ फाइट हुनपुग्छ । नेपाली राजनैतिक इतिहासको यत्रो महत्वपूर्ण र अभुतपूर्व सन्दर्भलाई हामीले जतनसाथ अपनाउन सक्नुपर्छ ।
दलहरू , अत: स्वस्थ प्रतिस्पर्धा गर र जटिल मुद्दाहरूको निरूपणमा सहकार्य गर्न सिक ।
-एकलव्य
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
March 15, 2008
मरुभूमिमा मलाई जस्तो दुख कसैलाई नपरोस्
यूएई
मेरो घर तनहुँ जिल्लाको बन्दिपुरको एक गाउँमा हो घरको आर्थिक स्थिति अति नै कमजोर भएको कारण २० वर्षको उमेरमा एस।एल।सी पास गरेर रोजगारीको सिलसिलामा दिल्लीतिर लागंे तर केही प्रगति गर्न सकिएन ठगिनु मात्रै पर्यो । ग्रामिण क्षेत्रका धेरैजसो जनता कृषिमा भर पर्ने हुँदा ६ महिना मिहेनत गरेर १ वर्षलाई पनि खान नपुग्ने । मेरा घर वरीपरीका साथीभाइहरु विदेश गएर राम्रो कमाई गरी बेला बेलामा घरमा आई रहेको मैले देखि रहेको थिए । मेरो परिवार पनि आर्थीक अवस्थामा अतिनै कमजोर भएको कारण म विदेश जाने योजना बनाउन थालें । एकजना छिमेकीको छोरा कतारमा थिए । उनकी श्रीमतीलाई सोध्दा भीसाहरु पठाउने गरेको जानकारी पाएँ । काठमाडांैका मेनपावरहरुबाट विदेश जाँदा पैसा बढी खर्च हुने महिनौं लाग्ने काम राम्रो नहुने आदि-इत्यादि कुरा सुन्दै आएको थिएँ । सोचंे आफ्नै छिमेकीको छोराले त त्यति विश्वासघात गर्दैनन् कि २०५८ साल तिहारतिरको कुरा हो बहिनीको हातको टीका लगाएर भीसाको बारेमा बुझ्न छिमेकीको घरमा गएँ । मलाई पनि एउटा राम्रो भीसा मगाइदिनुपर् यो । त्यसको १ महिनापछि पासपोर्टको फोटोकपी मागेबमोजिम उनका एकजना नातेदार हस्ते कतार पठाईदिएँ । आशैआशमा १ महिना घरपरिवारसँग बिताएँ । त्यसैबेला श्रीमती दुई जिउकी भएकी रहिछन् झन मेरो टाउकोमा बोझ थपिने भयो । आफू त यस्तो भइयो-भइयो अब आउने भावी सन्ततिको जिन्दगी त राम्रो बनाउन सकिएला नि भन्ने सोचंे । ३ महिनापछि भीसा आयो अलिअलि पैसाको बन्दोवस्त गरेर म र एकजना नातेदार दाजु काठमाडौं गयांै । कतारमा भएका दाजुका एकजना नाता पर्ने भाइले सबै काम गर्दा रहेछन् । काठमाडौंमा गएर करिब १ हप्ता बस्न पर्यो उनकै कोठामा बस्यांै । उनलाई सोध्दा केमा हो गएर काम गर्ने भन्दा दोकानमा हो खाएर ६०० रियल दिन्छ काम दिनको ८ घण्टा गर्नुपर्छ भन्ने कुरा जानकारीमा आयो ।
फागुन महिनाको पहिलो साता बुबा आमा श्रीमती सबैलाई रुवाउँदै बिहान करिव ८ बजे काठमाण्डौबाट कतार प्रस्थान गरे दिनको १ बजेतिर कतारको एरपोर्टमा उत्रिए । करिब ५ घण्टा प्रतिक्षा गरिसकेपछि एकजना कतारकै बासिन्दा ट्याक्सी लिएर नेपालबाट आएको यो नाम गरेको मान्छे तिमी नै हौ भन्दै आइपुग्यो बेलुका दाजुको कोठामा पुगें । उहाँ मालिकको घरमा काम गर्नुहुदो रहेछ । दाजुलाई घरबाट पठाएका पत्रहरु र अलिकति भीसाको पैसा दिएर बाँकी पैसा कमाएर दिन्छु भनंे । त्यस बेलुका रमाइलो गर्दै बितायांै दाजुले भोलि बिहानै काममा जानुपर्दछ भन्नुभयो । कस्तो होला काम कस्तो होला मालिक के काम गर्नुपर्नै होला आदि-इत्यादि मनमा अनेकौं तर्क-बितर्कहरु आए । बिहान करिब ५ बजे दाजुले आफ्नो मोबाइलबाट एक ब्यक्तिलाई फोन गर्नुभयो साउदी भाषामा । मैले बुझ्न सकिन उहाँले १ घण्टापछि लिन आउँछ भन्नुभयो । नभन्दै एउटा बडेमानको भुूडी भएको मान्छे सेतो पहिरनमा टाउकोमा रातो फेटा लगाएर आई दाजुसँग खासखुस के-के कुरा गर्यो बुझ्न सकिन । दाजुले तेरो मालिक यही हो भन्नुभयो । उसले मलाई त्यहाँबाट उठाएर करिब ५ घण्टा ट्याक्सीमा राखी धेरै टाढा पुर्यायो । त्यो बडेमानको मान्छेले एउटा टिनले बारेको झुप्रोमा नेपालमा गाई गोठजस्तो लगेर राख्यो । दोकानमा काम गर्ने हो भनेर ढुक्क भएको थिएँ तर एक्कासी त्यहाँ पुग्दा होश हरायो । नेपालीहरु कोही पनि रहेनछन् । करिब ५०० जति भेडाबाख्रा मात्र रहेछन् । उसले हातले इशारा गर्यो भोलिदेखि तेरो काम यही बाख्रा हेर्ने हो भनेर । नितान्त एक्लै त्यो मरुभूमिमा त्यति धेरै बाख्रा हेर्नुपर्ने कुरा सुन्दा एकपटक छाँगाबाट खसेजस्तो भएँ जिन्दगीलाई धिक्कार्न पुगें । त्यहींदेखि मेरा दुःखका दिन शुरु भए । बिहान ५ बजे त्यो छाप्रोबाट बाख्राहरु खेदेर तातो न तातो मरुभूमिमा डुलाउनुपर्ने बाख्रा लिएर धेरै-धेरै टाढासम्म जानुपर्ने । त्यसरी जाँदा कहिले कुन ठाउमा बास बस्नुपर्ने कहिले कुन ठाउमा । बेलुका सुत्दा एउटा पाल थियो त्यही टाँगेर सुत्थंे रातभरि बाख्रा हराउला भन्ने डर यसैक्रममा दाङका एकजना दाजुलाई भेटें । उहाँ पनि यस्तै तरिकाले आउनु भएको रहेछ । केही दिनपछि उहाँसँग पनि छुट्न बाध्य भएँ । १ महिना बित्यो । मालिकले तलब दिन आउला भनेर दिन गन्न थालें । महिना बितेको १० दिनपछि मालिक आयो ।त्यतिबेलासम्म अलि अलि भाषा बुझ्न सक्थें । मालिकले आएर सबै बाख्रा हेर्न थाल्यो । बाख्रा अलि दुब्लाएको देखेर मलाई कराउन थाल्यो । जिन्दगीमा अझसम्म कसैलेपनि त्यसरी कराएको थिएन आँखाबाट आँशु चुहाउन बाध्य भएँ । पैसा देला भनेको त उल्टै कराएर गयो । उसले भन्यो- ुतँलाई महिनाको ३ सय मात्र दिन्छु त्यही पनि ५ महिनापछि । तेरो दाजुले मबाट १००० रियल लिइसकेको छ उसले यो मान्छे राम्रो छ । तलब थोरै दिएपनि काम गर्दछ भनेको थियो ।ु ऊ त्यति भनेपछि त्यहाँबाट अर्को महिनामा आउने भनी गयो । दिउसो भोक लाग्दथ्यो बाख्रालाई ल्याएको जौ गहु काँचै खान्थें । यस्तो दुःख भोग्नु भन्दा त नेपालमै फर्केर खेती किसान गरी बस्नु बेस् भनी सोचें तर त्यसो गर्नु सम्भव थिएन । आज विदेश आएको पनि दुई महिना बितिसक्यो न घरमा पत्रहरु पठाउने माध्यम छ न त कसैलाई फोन गर्ने उपाय नै । घरको साह्रै याद आउन थाल्यो । ३ महिनापछि मलाई साचो भएन । बाख्रा हेर्न जाँदा कहिलेकाहीं मरुभूमिमा सुतिदिन्थंे । बाख्रा कता जान्थे कता । एकदिन त्यसै समयमा मालिक आइपुग्यो म सुतिराखेको थिएँ उसले आएर मलाई कराउन थाल्यो । मैले अब म काम गर्न सक्दिन नेपाल फर्कन्छु भनंे । त्यसदिन रिसको झोंकमा उसले मलाई मज्जाले पिट्यो । म सार्है रोएँ कराएँ गुहार मागें तर कतैबाट पनि सहयोग पाउन सकिन । घरबाट आएको ५ महिनासम्म त्यसरी नै बिताए । गाउँको दाजु त कहाँ हो कहाँ उनले त अरु कैयौंलाई यसरी नै माकुराको जालमा पारिसकेका रहेछन् । साथमा १ बंगाली साथीपनि आए त्यहि काम गर्न । ५ महिनापछि मैले २ दिन काम गरिन मालिकले थाहा पाएर नराम्रोसँग पिट्यो । शायद त्यसदिन मलाई सारैनै पिट्यो तर केहि नराम्रो भएन । त्यहाँबाट भागेर एकजना नेपाली दाजुलाई भेटंे तर के गर्ने मसँग केही थिएन । उनले सम्झाए- फेरि मालिककहाँ नै जाऊ पासपोर्ट कागज केही पनि छैन पुलिसले समातेमा जेल हाल्छ भने । बरु जेलको जिन्दगी नै राम्रो भन्ने सोचें तर मन मानेन र फेरि काममा गए । उसले पहिलाको भन्दा झन बढी दुःख दिन थाल्यो । एकदिन भागेर नेपाल जान्छु भनी हिडे तर पुलिसले समात्यो । पुलिसलाई काम गर्ने मालिकको ठेगाना बताए । प्रहरीले ८ दिन थुनामा राखेर मालिकलाई बोलायो । मालिकले आफै काम गर्न नसकेर भागेको हो भन्यो । त्यसपछि मैले नेपाल जान्छु प्लेन भाडा र पासपोर्ट देऊ भनंे । ६ महिना काम गरेर १ रुपैयाँ पनि पाएको थिइन । प्रहरीले मालिकलाई कि त काममा लगाइदे कि ६ महिनाको तलब दिएर पठाइदे भन्यो । मालिकले बल्लबल्ल टिकट र पासपोर्ट दियो । नेपाली दाजुभाइको सहयोगले नेपाल फकर्ंे ।विदेश उड्दाको दिन मनभरी अती धेरै सपनाहरु सजाएर उडेको थिए । फर्कने बेलामा बुवा आमा भाइ बहिनी जिवन संगिनीलाई नयाँ लुगा ल्याईदिने छु । बेला बेलामा बुवा आमा तथा श्रीमतीलाई पैसा पठाईदिने छु भन्ने तर आज फर्कने बेलामा मसँग केवल मेरो एक सरो लुगा र त्यहि मेरी संगिनीले किनिदिएको थोत्रो झोला मात्र छ । अब म के गरौ गाउँ जाउ कि कता जाउँ घरमा जाउँ त के मुख देखाएर जाउ नजाउ त ………………॥
कति ठूलो आशा र भरोसा लिएर विदेश गएको थिएँ सातै महिनामा रित्तो फर्कंदा कस्तो-कस्तो भयो । एक मन सोचंे कसो बाँचेर आइयो । काठमाडौंमा आएर उही मलाई पठाउने भाइलाई सम्पर्क गरंे । उनले पनि ५-६ जना उनै दाजुले पठाएको भिसामा मान्छे पठाइसकेका रहेछन् । सबै कुरा खोलें उनले तत्काल दाजुलाई फोन गरेर बताएँ तर केही लागेन । उनले आश्वासन मात्र दिए तिमीलाई मेरै पैसा हालिदिएर भए पनि विदेश पठाउछु । काठमाडौं आएर घरमा जान सकिन । कहाँ जाउष कहाँ जाऊँ भयो । झोला पासपोर्ट सबै उही भाइको कोठामा राखेर हिँडे एउटा साँस्कृतिक कार्यक्रममा कुचिकारको काम गर्न थालै । करिब ३ महिनाको अन्तरालपछि फेरि यू।ए।ईको लागि भीसा आएको छ । एक मन त धेरै नै डर लाग्यो पहिलाको जस्तै हुने हो कि भनेर । तर म बाध्यतामा परेको थिएँ- घरमा जाऊ त के मुख देखाएर जाऊ । जागिर खाऊ त त्यति राम्रो योग्यता छैन । पैसा सबै उनै भाइले हालिदिए । उनी बानेश्वरमा कम्युनिकेशन चलाएर बस्दा रहेछन् । मेरो साथमा म्याग्दीका २ जना अरु पनि थिए । काम ठिकै छ भन्ने थाहा पाएँ । नेपाल छोड्दाको दिन मलाई पठाउने भाइले खबर ल्याएका रहेछन्- घरमा मेरी श्रीमतीको डेलिभरी भएछ । छोराको बाबु भएछु गहभरि आँशु िलंदै उही छोराको भविष्य सुधार्ने कल्पनासहित फेरि पहिलाको घट्ना सम्झदै यू।ए।ई तिर लागेँ । यो कथा सत्य घटनामा आधारित छ कसैको जिवनमा मेल खान गएमा म क्षमापार्थी छु ।
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
Free Tibet
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
March 14, 2008
इराकको यात्रा म आफैले लेखे - राम प्रसाद पन्त अन्जान बनबासी
विदेश जाने रे म पनि मन भारी हुदा हुदै पनि राहदानी बनाउन जिल्ला सदरमुकाम तिर जान्छु अनि राहदानी बनाई राजधानी मामाको घरमा गएर मामालाई राहदानी ज्ािम्मा लगाई म आफ्नो अफिसतिर जान्छु तर पनि जानु त छदैछ भनि मनलाई शान्त बनाई तयारीमा जुट्छु । मामाले भन्नुभएको थियो कि राहदानी दिएको १५ दिन भित्रमा जानु पर्छ भनेर मसँग मेरो गाँउ नजिकैको साथी पनि जाने रे भनेपछि रमाईलो लागेको थियो । हामीलाई मेनपावरको अफिसमा पनि जान दिईएन । कुन मेनपावरबाट जाने हो पनि थाहा थिएन । त्यस्तैमा पुष २४ गते बिहान मामाले मेरो मोबाईलमा फोन गरि जान जानु पर्ने भयो हातमा एउटा ´ाेला मात्र लिएर आउनु केहि पनि पर्दैने ११ बजे भित्रमा एयरपोर्ट जानु पर्छ तिमी ट्क्सी लिएर धोविधाट नजिकै रहेको नयाँबाटोमा आउनु भनेपछि एक्कासी आएको फोनले म के गरु के नगरु भई छट्पटाए पनि आफूसँग भएको जॆ समान थियो त्यहि लिएर हिडे विदेश यात्रा शुभारम्भ गर्दै । मामालाई नयाँबजारमा पुगेर भेटे अनि मेनपावर तिर लागे त्यहाँ पगेर थाहा भयो कि हामी त १२८ जना पो जाने रहेछ भनेर तर तिनीहरुले कसैलाई कतार हुदै कसैलाई नयाँढिल्ली हुदै कसैलाई कुवेत हुदै र कसैलाई सिधै दुवई यस्तो रुट मिलाएर २ दिन भित्रमा १२८ उडानले योजना बनाएका रहेछन् सबै जना भने १० जनवरीको दिन दुबईको टर्मिनल २ को १३ र १४ भेट गर्ने र केहि परेका दुबईको एक दलाललाई फोन गर्नु भनि कसैलाई १०० दिनार त कसैलाई भने फोन मात्र गर्नु भनि त्यहाँबाट ११ बजे हामीले आ-आफुले ट्क्सी लिएर हिड्यौं । आमा जन्मभुमि अनि साथीभाइहरुलाई छोडि हामी नयाँढिल्ली पुगौं । १६ घण्टाको कठिन पखाई पछि हामी दुबई पुयौं ९ जनबरी बेलुकी ५ बजे तिर अनि हामीले दलाललाई फोन गर् यौ उसले भन्यो कि च्ािन्ता नलिनु ३ जना भन्दा बढी एक ठाउमा नबस्नु अनि आफ्नै साथीहरुसँग पनि इराकको बारेमा धेरै कुराहरु नगर्नु धेरै हिडि नरहनु तँपाईहरुलाई विहान ५ बजे लिन कोहि आउछ भन्दै फोन राखिदियो त्यसपछि जे जस्तो भनेको थियो हामीहरुले तेहि नै गरौै र विहान ५ बजे तिर हामीलाई लिएर एउटा केटी अगाडि हिडिन् भने हामीहरु भने उसले जे गर भन्यो त्यहि गयौं त्यसपछि भने हामी बलाद बेसक्यापमा १० जनबरीको दिन बेलुकी ६ बजे पुगेपछि अमेरिकन आर्मीले हामीलाई जाँच गरेपछि हामीलाई सम्बधित कम्पनीले हामीलाई लिएर गयो । हामी धेरै थाकेको थियौ त्यसैले खाना खाएर केहि नेपालीहरुसँग परिचय गर्दै हामी त्यसदिन भने सुत्यौं । भोली पल्ट हामीलाई कम्पनीले एक बस्रे सम्´ाैता पत्रमा हस्तक्षर गर्न भनि बोलायो तर हामीहरु कोहिले त दुबई कोहिले हवाईजहाजमा गरेर सम्´ाैता पत्रमा हस्ताक्षर गरिसकेका थियौ तर कोहि साथीहरुले भने दलाल ले जुन काममा पठाएको हो त्यो काम भन्दा अरु नै परेपछि अनिहरुले भने हस्ताक्षर गरेको थिएनन् केहि बेरको छलफल पनि हामीहरुलाई जसले जुन काममा सम्´ैता गरेको छ हामी त्यहि काम दिन्छौ तर हामीले लिएको सम्बन्धित काममा लिएको परिक्षामा सफल भएको खण्डमा मात्र काम दिने भने पछि हामीहरु त्यसपछि मानसिक दबाबमा आयौंं कसैले सिधै दलाललाई फोन गर्ने तिर लागे म भने मानसिक दबाबका बाबजुत पनि हुने भनिएको परिक्षाको तयारीमा लागे १३ जनवरीको दिन हामी सबैलाई परिक्षाको निम्ति गयौं आ-आफ्नो परिक्षा दिएपछि केहि भने सफल भएछन् केहि भने असफल । सफल हुने लागि फेरि पनि अर्काे परिक्षा दिनुपर्ने भयो अब भने केविआरमा थियो हाम्रो परिक्षा केविआर भन्ने एउटा कम्पनि रहेछ हामीहरुले त्यहि कम्पनिको मुनि बसेर काम गर्नु पर्ने रहेछ हामीलाई त्यसबेला थाहा भयो कि हामी बसेको कम्पनि त कामदार मगाउने र केबिआर लागि दिने काम पो रहेछ । म भने बमुष्ल बकक। मा थियो सायद मेरो कम्प्युटर र अंग्रेजीमा राम्रो दखल हुदाहुदै पनि परिक्षा भने कठिन रुपमा नै पास गरियो र लामो श्वास फेरे । तर यहाँ भने सबै कामदार लागि अंगे्जी अनिवार्य रहेछ तर हामीलाई भने दलालले यसको बारेमा खासै कुरा गरेको थिएन । हामीलाई कमाई राम्रो हुन्छ र काम सजिलो हुन्छ भनेको थियो त्यसैले हामीले २ लाख ५० हजार तिरेर ईराक आएका थियौ हामी प्राय सबै २ लाख पचास हजार तिरेर आएका थियौ तर यस्ता साथीहरु पनि थ्ािए कतिले कम तिर भने कतिले बढि पनि तिरेका दिए । अहिले हामीहरुको दिनचार्य भनेको अफिसबाट कोठामा अनि कोठाबाट अफिस मात्र भएको छ । हामीले १३ घण्टा काम गर्नु पर्ने हुन्छ । त्यसमा १ घण्टा भने विश्राम त्यसै समयमा खाना पनि खानु पर्ने हुन्छ । काम भने क्षेत्र हेरेर कठिन र सजिलो छ । केहि कठिन ठाउमा परेको छन् भने कोहि सजिलो ठाउमा परेका छन् । यहाँ कठिन भनेर फोहोर पोल्नेमा गार्ड र ठाउ अनुसारको लेबरलाई पनि । कहिलै नगरेको काम जस्तो लाग्छ यहाँ नेपालीहरु भने विभिन्न ठाउँमा काम गरेको मैले पाए जस्तो कि बमुष्ल बकक। अयलखभथ मचष्खभच बिदयच भ्भिअतचष्अष्बल ऋबचउभलतचथ धभमिष्लन अययप क्भअगचष्तथ न्गबचम ऋगिकतभच आदि प्राय सबै ठाउहरुमा नेपाली कामदारले काम गरेको पाए मैले । हामी नेपालीहरु जहाँ पनि कर्तव्यलाई ठूलो मान्भएर होला नेपालीहरुलाई सबैलाई माया गर्ने गरेका त्यसैले होला नेपाली भने पछि अरु राष्ट्रका कामदारहरु भन्दा राम्रो हुन्छ भन्ने यहाँका मानिसहरुलाई परेको रहेछ त्ोहि भएर पनि होला नेपालीहरु पनि आफुले पाएको कामदार ईमान्दार भएर गरेको पाए । काम सजिलो भए पनि एउटा पनि गल्ति माफि नहुने भएकोले त्यसमा भने नेपाली हामी सबै नेपालीहरु सचेत रहन्छौ यहाँ एउटा गल्तीको सजाय भनेको सिधैं नेपाल पठाई दिने कानुन रहेछ । नेपाली मात्र नभए र सबै देशमा कामदारहरुमा लागु हुन्छ यो नियम । यहाँ काम सजिलो तर यहाँको निति नियममा भने बस्न साहै ने कठिन रहेछ सम्पूर्ण कामदारहरुलाई एक गल्ति भेटेमा उक्त कामदारलाई आफ्नो देश फिर्ता पठाउने यहाँको नियम रहेछ । यस्तो सजाय यहाँका कामदारले बेला बेला पाएको जानकारी पाउदै पनि गरिन्छ । अफिस समय भन्दा बाहिर सुत्नेहरु सुतिरहेको हुन्छ भने तासलाई नै आफ्नो दोस्रो जिवन बनाएकाहरु भने तासमा नै रमिरहेका हुन्छन् यसै क्रममा यसले यति जित्यो अनि यसले यति हारेछ भन्ने खबरहरु पनि आई नै रहन्छन् । खाना बन्नको राम्रो प्रवन्ध भए पनि अस्पतालको राम्रो व्यवस्था नहुदा आफ्नो शरिरको सुरक्षामा अनि धरै जोड दिने गर्नछन् यहाँका नेपाली अनि अरु कामदारहरु पनि । यस्तै यस्तै गरेर बिताछन् यहाँ नेपालीहरु र यसै माहोलमा रमेको हुन्छु म पनि आज म आएको पनि आज दूई महिना हुन पो लागेछ भने त्यसैले त समय परिवर्तनशील छ ।
यसबाट कसैलाई कहि समस्या हुन गयो भने क्षमा माग्दछु । यो मेरो केबल व्यक्तिगत भोगाईहरु मात्र हुन् ।
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
March 13, 2008
गजल - आदेश
छाती खोप्न सजिलो होला छिनो पठाकोछु
बेला कुबेला नजर जुध्ला भनी नडराउ
भरोसा कुहिएर गन्हाको सिनो पठाकोछु
बाटो पर्दा कतै नजर पर्ला घरमा भनी
सुकुमबासी भै भात्किएको छानो पठाकोछु
सुदामाको कुटी भित्र माया नै त थियो दिन
धेरै धन कमायौ कि भर्न मानो पाठाकोछु
बधाई र कामना मेरो कोशेली तिमीलाई
आसुले रुझ्दै लेखेको अन्तिम पानो पाठाकोछु
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
ब्रतबन्धको रत्यौली
नपढने बिद्यार्थीलाई जसरी परिक्षा नजिक आउँदा डर लाग्छ जनताको विश्वास नभएका दललाई पनि चुनाव नजिक आउँदा त्यस्तै भयले गाल्छ ।
प्रसंग नेपालमा हुन लागेको संबिधान सभाको चुनाव र माओबादी दलकै हो, हिजोको हिमाल खबर.कम मा "प्रचण्डको चेतावनि" शिर्षक दिएर यौटा समाचार छापिएको छ । कुरो घुमाएपनि, सिधा भने पनि समाचारको सारले के देखाँउछ भने कामरेडहरुलाई नजिकिदै गएको चुनाबले सातो लिएको छ। त्यसैले अझ पनि कुनै न कुनै बहानामा चुनाव सार्ने भरमग्दुर प्रयासमा छ माओबादि ।
जन-युद्ध, जन-मुक्ति वा मुखको बोलिमा जेसुकै भनिए पनि माओबादिको अहिले सम्मको कार्य केबल, जन-हत्या, जन-शोषण र जन-दबाबमै बढि देखिएको छ । अर्को रमाईलो कुरा चाँहि प्रचण्ड र बाबुरामले गिरिजा कोईरालासंग भेट्दा "शहीद तथा बेपत्ता परिवारलाई राहत दिनुपर्ने" माग पनि राखेछन्। आफुले कब्जामा लिएका जनताका घर-बारी र सम्पति अझै फिर्ता नगरेका गुटलाई यसरी 'सहिद' र 'बेपत्ता परिवारलाई राहत दिनुपर्ने' माग राख्दा सुन्नेहरुलाई निक्कै लज्जा महशुस भएको हुनुपर्छ ।
जे होस, जे जस्तो माग वा अटको थापेर भए पनि माओबादी नपढ्ने बिद्यार्थीले परिक्षा सार्न जे जति जुक्ति लगाउँछन त्यत्तीनै तिडकम लगाएर चुनाव पछाडी सार्ने निहुमा पुगेको बिस्तारै भान हुन थालेको छ।
बोली र 'गँजडी गफ' मा ८०% नेपाल हाम्रो कब्जामा छ भने पनि साँच्चै चुनाव आउँदा ८% भोट पाउन पनि गार्हो हुन्छ, यो कुरो हालैको तराई आन्दोलन पछि पनि कामरेडहरुलाई प्रष्ट भएको हुनु पर्छ । जनता कतिबेला, कसरि र केबाट आन्दोलित र परिचालित हुन्छन भन्ने कुरो हाम्रो जस्तो शिक्षामा पछाडि रहेको देशमा सजिलै भन्न सकिने कुरो होईन । त्यसैले आफुहरुले बिगतमा गरेका कूकर्म सम्झेर भोट पाउने आशा गुमाउदै जादाँ कामरेडहरुले गर्न सक्ने अन्तिम काम भनेको कुनै न कुनै बहानामा चुनाव भाँडनु नै हो ।
फेरि सुनिन्छ आजकल काठमाणडौका भित्ताहरु प्रचण्डलाई राष्ट्रपति बनाउने नाराले भरिएका छन, अब यो केबल संबिधान सभाको मात्रै चुनावहो र यसले प्रधान मन्त्री वा राष्ट्रपति छान्ने होईन भन्ने बारेमा राष्ट्रपतिका दाबेदारलाई समेत थाहा नभएको हो की, नत्र कहिले संबिधान सभाको चुनाव गर्ने कहिले नया संबिधान लेखिने अनि फेरि कहिले हो त्यो नयाँ संबिधान अनुशार राष्ट्रपतिय चुनाव हुने???।
अहिले केवल संबिधान सभाको चुनाव मात्रै हुन दिनुहोस, त्यसपछि जनताको मन जित्ने केहि गरेर देखाउनु, अनि बिस्तारै राष्ट्रपतिय चुनाव भएछ भने उठेर जित्नु होला तर यसरी ब्रतबन्धमा रत्तेली खेल्दैमा कहाँ बेहुली पाईन्छ हो?।
जसरी ब्रतबन्ध गरिसकेपछि मात्रै बिहे गरिन्छ त्यसरी नै नया संबिधान बनेपछि मात्रै राष्ट्रपतिको चुनाव हुन्छ, त्यसैले हतार नगर्नोस । नपढने बिद्यार्थी परिक्षा देखेर तर्से जस्तो गरेर केहि हुन्न राष्ट्रपति बन्ने त्यस्तो रहर छ भने कमसेकम संबिधान सभाको चुनाव त हुन दिनुहोस् ।
जसरी ब्रतबन्धको बेलामा रत्यौली खेले पनि, कसार खाए पनि, जग्गे नै गाढे पनि त्यो भिन्दै संस्कार हो र ब्रतबन्धमा दुलहि पाईदैन, त्यसरि नै अहिले चुनावै भए पनि, भोटै हाले पनि यो केवल संबिधान सभाको चुनाव मात्र हो यसले राष्ट्रपति पक्कै छान्दैन आत्तिएर हुदैन कामरेड धैर्य गर्नुस ।
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
March 12, 2008
गजल - समय
आधि बेहरी ठुलै चली भागा भाग ,शहरमा चलेको थियो
पूरानो भएर हो कि सिङौरी खेलेर हो धुजाधुजा भयो रे
टाल्नै नसक्ने भो अनगिन्ती प्वाल ,बिचरो त्यो गलेको सियो
कागत भरी खोइ के के कोरी माटो रोप्छु भन्थे रे कोही कोही
टोक्नु न बोक्नुको फल फलेछ आज ,चाहेरै फलेको कि यो
दांईको बेला आयो अब अन्नबाली राम्रो सित भित्र्याउनु छ
गोरुहरु छाडा भए टेठो चाहियो, गाढन त्यो ढलेको मियो
कहिले दयामा ,कहिले मायामा बल्लबल्ल बटुलेको पैचो
के पकायो के बाड्यो भान्छेले किन होला,कसैले नि नलेको चियो
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
March 11, 2008
सत्य होस तथ्य किन चाहियो?
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
March 10, 2008
मनोन्यास - जलेको ह्रदयमा फुलेको प्रेम
- हस्त गौतम मृदुल
कठोर निष्ठुरी कालो रातमा दियोको उज्यालो रोशनी प्रकास खुले झै प्रिय तिमी मेरो जीवनमा खुल्दै खुल्दै आउ। बसन्त बृक्षमा झपक्कै फुलेका मेलका रहरलाग्दा फुलका फुप्पाहरुमा भमरा मुले झै प्रिरय तिमी मेरो जीवनमा खुल्दै खुल्दै आउ। यहाँ मैले यस श्र्राप परेको भुगोलमा आलो रगतको वीउ छरेको छु।
तिमी आए पछि यो उर्मने छ। नयाँ नयाँ पालुवाहरु फेर्दै हराभरा हुँदै हरीतपनले छाउने छ। सौम्य सुन्दर स्वादिलो सुवास फैलाउदै थुप्रै थुप्रै अपार स्नेहशील लटरम्म फुलहरु फुल्ने छन। ती मनमोहक फुलहरुमा आत्माविभोर पार्ने आर्कषक सौन्दर्यले छाउने छ। क्रमसःफुलबाट फल भएर जन्मिदा फुलको परिचय मेटिदै जाने छ। त्यस फलभित्र थुत्रै आ-आफना अस्तित्वका वियाँहरुले जन्मलिने छन। यस बिशाल बसुन्धरामा विउबाट विस्तारै टुसाहरु हलक्क बढ्दै जाने छन।
आज मलाइ यो पलाउदै गरेको टुसा झै सम्वेदनशील अबस्थामा समयले छोडिदिएको छ। यो संकटकालिन अवस्थामा मलाइ तितरबितर हुनबाट बचाउन तिमी अन्तिम ताराको मन्द प्रकास पछयाउदै म कहाँ आउ। उज्यालो पुर्वबाट नै उदाउछ त्यसैले तिमी त्यही पुर्वको न्यानो भृकुटी उज्यालो लिएर आउ। कहिल्यै अध्यारोले नखोस्ने उज्यालो नै आज मलाइ चाहिएको छ। त्यहि दिब्या उज्यालो बनेर तिमी मेरो यो जीवनमा आउ…।
त्यो उज्यालोमा मात्रै म आफनो गर्भबाट आफै जन्मेको हेर्न सक्छु। मलाइ एकपटक आफैबाट आफुलाइ जन्माएको हेर्ने मन छ। आफनो लागी एकपटक मलाइ आमा हुन मन छ। म बाट जन्मिएको मेरो जीवनमा तिमी सहयात्री बन्न आउ। त्यस महान उत्सवमा म तिमीसंगै रमाउन चाहान्छु। कहिल्यै रात नपर्ने त्यो र्मिरमिरे बिहानीमा बास्ने भालेका डाँकहरुसंगै आउ। उत्स्रग चेतना बाढने त्यो भालेको आवाजमा समयको गीत लुकेको छ त्यो गीत सुनाउन आउ। तिमी त्यो मार्ग तय गरेर आउ जुनबाटोमा आजसम्म कोही हिनेको छैन। त्यस्तो स्नग्ध न्यानोपन दिने आगो लिएर आउ जस्को आजसम्म कसैले अनुभव गर्न पाएको छैन। तिम्रो यात्रा तेन्जिगं नोर्गे सेर्पा र एडमण्ड हिलारीले सगरमाथा आरोहण गरेदेखी शुरु हुन्छ। तिम्रो यात्रा जापानकी जुनको तापे महिलाले सर्वच्चशिखर चुमेदेखी शुरु हुन्छ।
स्वायम्भुतर्फ सेता परेवाको लावालस्कर उडेदेखी शुन्छ। मठमन्दिरमा शंखध्वानी घण्टा र भजन किर्तन गुन्जेदेखी शुरु हुन्छ। आजकाल यस बसुन्धरामा विचरा देवताहरु पनि बस्न मान्दैनन्। देवताहरु बिना पखार्लभित्रका कैदी भएर अताल्लिएका छन। ति निर्दयी पर्खालहरु बर्लिनको पर्खाल भत्कीय झै भत्काउन आउ।
देवताहरु बिस्थापित भएकोले मन्दिरहरु कुरुप र लावारिस भै समयको गर्भमा बिलाउदै गइसके। पुर्खाले दिएको अमुल्य सम्पदालाइ निहित स्वार्थमा साटी सके। भत्केका पाटी अबला मन्दिरहरुलाइ पुनः स्वरुप दिन तिमी आउ। आजकाल हरेक मन्दिरहरु केवल मसानघाट झै सुनसान छन। बेवारीस छन बर्दान दिने स्थानहरु…।
तस्रथ ति आदरणिय देबताहरुलाइ बिस्तापित भएको ठाउबाट उठाएर ल्याउ र यिनै मन्दिरमा बास देउ। यस बसुन्धरामा मान्छेको मात्र होइन देवताको पनि बास खोसिएको छ। गाँस खोसिएको छ। स्वास खोसिएको छ। अनि आश खोसिएको छ।
यहाका ढुंगाहरु बलबाहु अरनीको बिना रोएका छन। यि चटानहरुमा युगले हस्ताक्षर गरुन भन्ने म चाहान्छु। यि पहाडमहरुमा भृकुटीले सान्तीको आलोक भरुन भन्ने म चाहान्छु। यी अनमोल निधिहरु बचाउन मलाइ गारो भो प्रिय जस्ले रुख ढाल्छ त्यहा फुलहरु कसरी फुलिरहन सक्छन र यहा हरेक पल आस्थाका रुखहरु ढलीरहे छन। बिस्वासका जराहरु काटीएका छन। आशाका विउहरु सुकेका छन। अंशु बर्माले कैलाशकुट भवन यही धरामा रोपेर गए रे म थाकी सकें प्रिय त्यो आलिसान दरबार कता छ फेला पार्ने गरी आउ। भेटियो भने त्यो पनि बेच्न सक्छन तस्रथ किन भने यहाँ बेचिन केही बाँकी छैन। मेरो मृतुसम्म बेचिसके। सहजलाइ असहज बनाउनछन जसरी तिलको गेडालाइ पहाड। अहो पि्रय पाइला पाइला फुक्दै आउ यो धरामा धराप धेरै छन। इतिहाँसमा श्र्राप धेरै छन। जतिखेर पनि तिमी पासोमा पर्न सक्छौ।
जतिखेर पनि श्र्रापले ऐरीका काडाले झै घोचिन सक्छौ। यो धरामा धेरै सकुनीहरु छन। जतिखेर जस्ले पनि पासा थाप्न सक्छ। जन्मीएर जन्मदिने आमालाइ नै खाने निर्दयी माकुराहरु यहाँ धेरै छन। बिचार गरेर आउ। मलाइ फेरी एक पटक समयको गर्भबाट बुद्धलाइ जन्माउन मन छ। आदर्शनारी सीतालाइ जन्माउन मन छ। अनि भृकुटीलाइ जन्माउन मन छ। मलाइ एकपटक फेरी भानुभत्तलाइ जन्माउन मन छ। वीर बलभद्र र अमरसिहं थापालाइ जन्माउन मन छ। फेरी मलाइ भिमसेन थापालाइ जन्माउन मन छ। महाकबी देबकोटालाइ जन्माउन मन छ। मैले धेरै धेरैलाइ जन्माउनु छ। किनभने यहाँ जन्मिएकाहरु सवै अहिले बतासे अण्डाजस्ता मात्र छन।
क्रमश:
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
March 8, 2008
गजल - मदिरा
पिउन भनेर तान्न के खोजेथे बात लाग्यो
ईन्द्रको अप्सरा हौ कि रजपटकी कामुक नायिका
भोगचलन गर्न नसक्ने इच्छाको खात लाग्यो
श्रदालाई तिरस्कारमा जाक्यौ च्वास पोल्ने गरी
दिल भरी कसोकसो सिस्नुको पात लाग्यो
भुतले खाजा खाने बेला जुराइएछ साइत
झिङा भन्किएको बासी चिज मात्तै हात लाग्यो
होश उडाउने हासो कसैको नासो भएछ अब
मनमा सकुनिको पासा भन्दा कडा घात लाग्यो
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
March 6, 2008
गजल - कैदी जस्तै
दुई चार हात बाजी मारी खेल फेरिछौ
एकान्त खोजी आँफैलाई कैद गरे
अतितका याद्ले मनको जेल घेरिछौ
हतारले आशु पुछ्न पुग्थे हात तिम्रा
मौन भई आज आँखाको भेल हेरीछौ
बल्दा बल्दा डढेको झुम्रो के सक्थे
प्रकाश छर्न पानी मिसेको तेल फेरिछौ
छक्का पन्जा थाहा थिएन कहिले
मेरै जिबन दाउमा थापी झेल गरीछौ
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
प्रवासीदांको पिडा
यू।ए।ई
विदेश पलायन हुनु हामी सबैको रहर होईन बेरोजगार घरको आर्थिक भार परिवार तथा श्रीमतीको कचकच देखासेखी र छोटो समयमा धेरै पैसा कमाउने मनासाय ले हामी विदेशीएका हौ भने एकाधमात्रमा विदेश रहरले पनि आएका हुन्छौ ।
म पनि यिनै माथिका कारणहरु मधे एक कारणले आज भन्दा ५ बर्ष पहिला विदेश पलायन हुन बाध्य भए । मेरो पहिलो विदेश खाडी देश साउदी अरब थियो । त्यतिबेला महिनाको १० हजार भन्दा अतिनै ठुलो लाग्यो र कम्प्युटर अपरेटरको लागि भनेर साउदी अरब गए । साउदी अरबमा एकाध कम्पनीमा ३ बर्षे करार अवधी हुन्छ मेरो कम्पनीको पनि ३ बर्षे करार अबधी थियो । ३ बर्ष पछि मात्र ४ महिना छुट्टि पाउने मलाई त त्यतिबेला जेलमा निश्चित समयको लागि परेको जस्तो लाग्यो । गत बर्ष मात्र मेरो तिन बर्षे करार अबधी सकिएर ४घ् महिना पछि छोटो समयको लागि घर गए । घरमा ६ महिनाको छोरी काखमा खेलाउदै छोडेको छोरी आज ४३ महिना पछि छोरी त चिन्नै नसकिने भईछन् । पहिलो पटक छोरीलाई देख्दा पिल पिल आँखाबाट आसुका ढिक्का खसे । ४ महिनाको छुट्टि गएता पनि म तत्काल यू।ए।ई आउनु पर्ने भएको हुनाले करिव १८ दिन जति घर परिवारसँग मायाँ साटासाट गर्ने मौका पाए ।
करिव ४३ महिना पछि घरमा गएको १८ दिन भित्रमा नै परिवार जिवन संगिनी र प्यारो देशसँग विछोड हुदा असहाय पिडा भयो । एयर्पोटको भित्री प्रवास प्रवेश गर्ने द्धाराबाट सँगिनी तथा छोरीलाई दुई हातले टाटा गर्दै म फेरी प्रवासीए । पहिलो पटक यू।ए।ई आउँदा म रनभुल परे । साउदी अरबको अति अनकन्टार मरुभूमी उधेलियामा बसेको ब्यक्ति एक्कासी गगन चुम्बी भवनको बिचमा आउँदा केही दिन त म ति भवनहरुलाई हेर्दै दङ्गदास परे ।
मलाई समयले पनि साथ दिएको थियो र मेरा एक जना आफान्तले मलाई उहाँलेनै काम गर्ने कम्पनीमा बोलाउनु भएको थियो । करिव १५ महिना पछि म फेरी नेपाल फर्किए यो पटक भने करिव ४० दिनको विदा लिएर गएको थिए । लामो बिछोड पछि मिलन भएको परिवासँग ४० दिन कसरी बिते थाहानै भएन । अकस्मात विदेश उड्नु भन्दा ३ दिन अगाडी मात्र झल्यास्स भए फेरी विछोड हुनुपर्ने समय आयो भनेर । जिवन संगिनीले आफ्नो श्रीमानलाई मायाँ नगर्ने कमै मात्र होलान् तर मेरी जिवन संगिनीले मलाई अति मायाँ गर्दथिईन् विदेश जाने बेलामा उनि काठमाण्डौ सम्म जसरी पनि सँगै आउने र मलाई विदेश पठाएर मात्र जाने गर्दथिईन् तर यो पटक भने उनले मलाई एयरपोर्ट सम्म छोड्न सकिनन् । म विदेश आउने बिहान उनि घर फर्किन् मेरो बेलुका ९ बजेको उडान थियो एक्लै काठमाण्डौमा १२ घण्टा समय विताउन अति कठिन भयो साथमा भाईहरु त थिए तर प्यारी साथमा भएको जस्तो के हुन्थ्यो ।
भर्खरै रमाईलो लागेको कोठा एकैक्षणमा साह्रै सुन्य लाग्यो कता कता मोती हराएको जस्तो महसुस भयो । समय बितेको थाहानै पाईएन । विस्तारै समयले कोल्टो फेर्दै थियो अधेरी रातले ढपक्क ढाके जस्तै दिनलाई ढाक्दै थियो । हाते घडीले साढे पाँच बजाउदै थियो । मन कता कता गरुङ्गो भइरहेको थियो । बिहानै छुट्टने बेलामा संगिनीले रातो टिका निधारमा लगाईदिएकी थिईन् । दिउस हिड डुल गर्दा टिका खस्न सक्छ बेलुका दाजुलाई एयरपोर्ट जाँदा फेरी लगाईदिनु है उनले भाइलाई सम्झाउदै थिईन् तर मैले अति जतनले त्यो टिका जोगाई राखे । बेलुकासम्म उनले लगाईदिएको टिका जस्ताको तस्तै थियो । भाइले दुई वटा टिका थपि दिए भाउजुले दही राखीदिनु भएको छ खानु भन्दै गिलासमा दही देखाउदै दिए पिउन मात्र के लागेको थिए दुई थोपा आसु चुहिन थाल्यो ।
बाहीरी मौशम केही चिसो थियो एयरपोर्टमा पुग्दा झमक्क साँझ परेको थियो । जलश्रोतको दोश्रो धनी देश भएता पनि सडक पेटीमा उज्यालोको कमि थियो सायद लोडसेडीङ्ग भएको थियो क्यारे । विदेशी सडकमा बेलुका देखी बिहान सम्म उज्यालो हुने हुँदा भविश्यमा यहाँ पनि यस्तै होला कि भन्ने झिनो आशा लिदै म एयरपोर्ट तिर लागे । यात्रुहरु भित्र जाँदै थिए म पनि देव्रे काँधमा कालो झोला भिरी हातमा अर्को झोला डोराउदै एयरपोर्ट भित्र छिरे । भाइले जानु भन्दा पहिला अंगालो हालेर बिदाई गरे त्यतिबेला साह्रै रुन मन लाग्यो । रोए पनि तर उनीहरुले देखेनन् । एक दुई वटा फोटाहरु पनि खिचियो अनि म भित्र नगईन्देल यही बस्नु है भनि म १ बर्षको लागि बिछोड भएर भित्र छिरे । भित्र छिरेर टिकट चेक गरिसकेपछि बाहीर भाइहलाई अन्तिम बिदाई गर्नको लागि आँखाहरु तेसा्रए तर बाहिर अनकन्टार अध्यारो बाहेक केही देखीन पोहोर सालको जस्तै सिसाबाट छोरी र प्यारीले बाई बाई गरेको याद आयो । उनी हुन्थीन भने त म माथी नगईन्जेल बस्थीन होलीन् तर भाइ त हिडी सकेछन् । मन भरी बिलौना गर्दै त्यहि पनि कुनै हुलमा पो छन् कि भनेर भाइलाई यता उता खोजे पाउन सकिन अनि बिस्तारै पाहिलाहरु प्रवास तिर बढाए ।
३ घण्टा म नेपालको एयरपोर्टमा बसे । त्यसपछि रातको ९ बजेर १५ मिनेट जाँदा म त्यहाँबाट यू।ए।ईको लागि उडे । कोही नेपालीहरु पहिलो पटक विदेश जाँदै थिए उनिहरु खुशी मुद्रामा थिए तर म भने धेरै अमिलो थिए । जब म एयरपोर्ट भित्र छिरे अनि मनभरी त्यहि हिजो अस्तिका ताजा घटनाहरु एका एक आउन थाल्यो । मैले सम्झना होस् भनेर केही घटनाहरु जानी जानी गर्दथे र ख्याल ठट्टा पनि गर्दथे ताकी समयमानै सम्झन सकियोस यि घटनाहरुलाई भनेर ।
४० दिनको बसाईमा प्यारी छोरीहरुसँग लडीबुडी पनि धेरै गरिएछ । उनीहरुको मायाँ पनि बढिनै भएछ । एक मन त फर्केर जाउँ कि जस्तो पनि लाग्यो तर फर्केर गए भने के गर्ने मलाई सुहाउने रोजगारी देशमानै पाउन सक्छु त खै सक्दिन होला देशको अवस्था पनि यस्तै छ म मात्र होईन विदेशीन लागेको अरुलाई हेरेर चित्त बुझाए । अर्को मन फेरी फर्केर म गए भने उनिहरुको भविश्य के होला भन्ने सोचेर प्रवास तिर लागे । अनकन्टार अँध्यारो थियो बाहिरी मौशम र मेरो मन भित्र पनि त्यस्तै नै थियो । विस्तारै प्लेनमा भएका सबैले नेपाल छोड्दै थियौ । प्लेनले बिस्तारै आफ्नो गति लियो एकैक्षण पछि मेरो सुन्दर देश नेपाललाई छोड्न बाध्य भए । प्लेनले भुई छोडदा मुटुमा कम्पन भयो डरले होईन कि देश छोडेर फेरि विदेश जान लागेको भनेर । सुन्य आकाशमा उड्दा मन सधै परिवारहरुकै साथमा थियो ।
एथियाद एयरलाईन्समा पहिलो पटक यात्रा गर्दै थिए । अन्यमा भन्दा यसमा केही बढी सुविधाहरु भएको देखे । केही समयपछि परिचालिकाहरुको आगमन भयो हल्का पेय पदार्थ लिए । प्लेनमा यात्रा गर्दा जतिबेला पनि मेरो मन उहि नेपाल उहि गाउँ भिर पाखा नदी नाला बनजँगल अनि परिवारको बिचमा नाचिराखेको मात्र हुन्थ्यो ।
तिनै वितेका कल्पनै कल्पनाले यू।ए।ईको अबुधावी आएको थाहा पाईन । काठमाण्डौको चिसो वातावरणले हल्का जाडोको महसुस भएको थियो तर अबुधावी ओर्लने बित्तिकै गर्मी वातावरणले घेरीहाल्यो ।
करिव रातको १ बजे म अबुधावी एयरपोर्टमा उत्रिए । पहिलो पटक म त्यो एयरपोर्टमा उत्रिएको थिए अलि अल मल पनि परे । केही समय पछि बाहीर निस्किए । एक जना साथीसँग कोठामा लागे । विदेशमा नेपालमा जस्तो थिएन राती भए पनि सडकमा ठुला ठुला बत्तिहरु बलीरहेका थिए । मौशम गर्मि जस्तो लाग्दथ्यो । टाउको अलि अलि दुखी रहेको थियो । भित्र मुसा दगुरी राखेको थियो । करिव आधा घण्टाको यात्रा पछि कोठा आई पुगेछ । कोठा भित्र प्रवेश गर्दा तुरुक्क रोए फेरी एक बर्षको लागि यो कोठामा बस्नु परयो भनेर । साथीहरु कोही सुती रहनु भएको रहेछ भने कोही बसी रहनु भएको रहेछ । म पुग्दा साथीहरु खुशी हुनुभयो । केही समय भलाकुसारी गरी नेपालबाट ल्याएको ताजा सुन्ताला खायौ । रात भरी झसक्क झसक्क ब्युझदो रहेछु घरको यादले ।
बिहान १० बजे सम्म बेडमा सुति राखेको थिए । मेरा आफन्तले साथीको मोवाईलमा फोन गरेर किन घरमा आए भनेर खवर गर्नु भएन भन्नु भयो । म झसँग भए किनकी मेरी पियारीसँग वाचा गरेको थिए जाने बित्तिकै आरामैसँग आईपुगे भनि फोन गर्दछु भनेर । मोवाईल नेपालमानै छोडेको हुनाले एक जना साथीलाई मोवाईल मागेर मिसकल के गर्न लागेको थिए नेपालबाटै प्यारीको फोन आयो । पहिलो घण्टी उठाउँदा मधुरो आवाज आएर होला अलि नबुझिएको अनि कुरा हुन नपाउँदै काटियो र फेरी फोन आयो । मधुरो आवाजले आरामै सँग आईपुग्नु भयो भन्दा आखाँबाट आसु चुहे अँ आरामैसँग आए भनि छोटो कुराकानीमै टुङ्गाए । विहिवार आएको हुनाले सुक्रवार र शनिवार विदा थियो अफि २ दिन बिताउन मलाई दुई महिना जस्तो लाग्यो कोठामा राती सुत्यो कि तिनै दिनको याद आउने ।
२ दिनको विदा पछि म अफिस गए अफिसमा सबैले मलाई स्वागत गरे आज काम नगर भोली देखी गर्नु भनेर मलाई पि्रु छोडीदिए धन्यवाद तिमीहरुलाई मन मनै भने ।
खाडी राष्ट्रमा कार्यरत हामी नेपालीहरु एक बर्ष दुई वर्ष अथवा तिन बर्ष मा एक न एक पटक नेपाल फर्कन्छौ छुट्टिमा । साउदी अरबको तुलनामा अन्य खाडी राष्ट्रहरुमा प्रत्येक बर्ष या दुई बर्षमा विदा पाईन्छ तर साउदी अरबमा पनि अहिले बिस्तारै नियम कानुनहरु फेर बदल भईनै राखेको छ । हामी विदेशबाट स्वदेश फर्कदा जति खुसी गदगद हुन्छौ त्यति हामी स्वदेशबाट प्रवासीदा पिडादायी हुन्छौ ।
साच्चैनै हामी विदेशबाट घरमा जाने बेलामा कति खुशी हुन्छौ र दिन कहिले जाला जस्तो हुन्छ । घर जाने समय १ हप्ता बाँकी छदा हामीलाई निन्द्रा पनि लाग्दैन तर स्वदेशबाट विदेश फर्कदा भने पिडा अर्कै हुन्छ ।
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest