Dautari News Highlight:
February 7, 2025
February 6, 2025
क्रिप्टोको ठगी - Crypto Scam
करेन्सी कारोबारमा संलग्न एक गिरोहलाई प्रहरी पक्राउ गरेको छ। नेपालमा गैरकानुनी रहेको क्रिप्टो कारोबार तथा अनलाइन ठगी गरेको गरेको कसुरमा प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट सात जनालाई पक्राउ गरेको हो। यो समूहले हालसम्म अभौतिक मुद्राको कारोबार गरेर तीन अर्बभन्दा बढी रकम ठगी गरेको पाइएको छ। यो रकम डिजिटल फरेन्सिक रिपोर्टको विवरणबाट प्राप्त भएको थियो। विभिन्न बैंक तथा डिजिटल वालेट प्रयोगकर्ताहरूलाई समूहले झुक्याएर बैंक तथा वालेटहरूको आधिकारिक व्यक्ति भन्ने गरेको थियो। प्रयोगकर्ताको ओटिपी/पिन माग गरेर अनाधिकृत रुपमा बैंक तथा वालेटहरूमा यो समूहले पहुँच पुर्याउँथ्यो। यो समूहले सोसल मिडिया ह्वाट्सएप, टेलिग्राम, फेसबुकहरूमा अनलाइन जब पाइने भन्दै ‘घरमै बसेर धेरै कमाउने सकिने’ भनी विज्ञापन गर्ने गरेको थियो।
केही महिना अघि सिङ्गापुरका 20 वर्षको एक व्यक्तिले ३० मिलियन अमेरिकी डलर क्रिप्टोकरेन्सी चोरेको आरोपमा अमेरिका को मायामी समातिएको थियो । रुजा इग्नाटोभा, बुल्गेरियामा जन्मेकी जर्मन व्यवसायी महिला 4 बिलियन यूरोको बिटक्वाइनको सबैभन्दा ठूलो घोटाला गर्ने व्यक्ति हुन्।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
Subscribe to:
Posts (Atom)