Showing posts with label गीत/ गजल/ कविता. Show all posts
Showing posts with label गीत/ गजल/ कविता. Show all posts

January 17, 2026

नहोस् देशको अवशान

 आचार्य प्रभा (दमक झापा )

हो,युवाहरु
गर्यौ तिमीहरुले प्रयास  
नेपाल आमालाई हँसाउँन,
तर सम्झ!युवाहरु हो
उजाडिए कति आमाका काखहरु?
बनायौ अश्रुपूर्ण तिमीहरुले
ती आमाहरुका आँखाहरु ,
भिजे रगतको आहालमा लुछुप्पै
ती आमाहरुदेखेका स्वर्णिम सपनाहरु ।    
खै!के प्राप्ति होला र!
जन्म दिने आमाहरुका गहहरुबाट
निर्ममतासाथ रगतको आँसु बगाएर ?
के बाध्यता थियो होला र!
आमाका न्यानो काखहरु
रित्तो बनाई उजाड्न बाध्य गराएर ?
तड्पिई रहेछन् विव्हल बनेर
मातृत्व शोकमा हरक्षण,हरपल
ती निरीहआमाहरु
लुटिनु लुटिए कठै!

November 1, 2025

अमरत्वको खोजी

सुरेन्द्र लिम्बू परदेशी 

विजयको पिरामिडमाथि

मृत्युसँग सँधै पराजयको इतिहास छ
उरुगका सम्राट गिलगमेशले हारे
अल्बर्ट कामुको सीसिफसले हारे
म जीवन मृत्युको दुर्बोध्य शृङ्खलामा छु
त्यसैले त मेरा थकित अनुभूतिहरू
तिम्रै यादको भित्तामा अडेसिएर
सुस्ताइरहेछन् एक चिम्टी आनन्द ।

मृत्युका गम्भीर विषयहरूमा
भोगाइलाई जीवनको पाठशाला बनाएर
म आफैँलाई पढ्ने प्रयत्नमा छु
आफ्ना अमूर्त आभासहरू हृदयान्तरण गरेर
तिम्रो उर्वर मानसपटललाई परागसेचन गर्न
म संवेदनाको यौवन उत्खननमा छु
प्रश्नजस्तै जटिल भएर बाङ्गिएका रहस्यहरू
पूर्ण विह्रामले ठोकेर सोझ्याउन भनि
म विशृङ्खल बक्ररेखामा हिँडिरहेको छु ।



August 15, 2025

बहरबद्ध चार गजल

  नवराज न्यौपाने ‘मौन’



बाँधेर प्रेम–डोरी माया अनन्त हुन्छ
संसार देख्न साक्षी सिङ्गो वसन्त हुन्छ

सम्बन्ध राख्न जाने टुट्दैन आज वाचा
सौंन्दर्य बुझ्न सक्दा प्रीति दिगन्त हुन्छ

आशा जगाई नौलो पोखेर प्रेमधारा
संसार प्यार बुझ्ने भाषा ज्वलन्त हुन्छ

जो बोल्छ शत्रुताले साँची अहम् मनैमा
बोकी इमान हिँड्दा उल्टै भिडन्त हुन्छ

ज्ञानी गुणी सबैमा हुन्छन् कमी हजारौँ
हाँसेर ज्यून जाने चोला जीवन्त हुन्छ
(बहर : मुजारे मुसम्मन अखरब)

July 26, 2025

म यस्तै छु


 जोखेर र हिसाब गरेर 

जीवनको बहिखतामा 

मलाई जिन्दगी लेखु जस्तो पनि लाग्दैन्  

बनवटी र फोस्रा आदर्श ओठमा भिरेर

देखावटी लय बोकी 

मलाई जिन्दगीलाई ढाँटु जस्तो पनि लाग्दैन्   

यत्ती हो म मनको सुन्छु 

र मन देखि म तिमीलाई सुनीरहेको छु 

निस्वार्थ निशर्त !!

यही सत्य हो 

र यस्लाई प्रमाणित गर्ने कुनै आधार हुन्न 


जीवन भए सम्म मृत्‍यु परास्त हुन्छ 

र म तिमी भए सम्म जिन्दगी जित्छु 

तर तिमी बिना 

जिन्दगी बाँचे पनि 

मुर्दा श्वास फेरे जस्तो हुन्छु 

केबल जिउदो लाश 



June 29, 2025

बा

-  विशाल बिहानी

कतै दुःख्छ दुःख्दैन पाउलाई के सोध्नु,
संघर्षले बनेका ‘बा’का घाउलाई के सोध्नु ।

खै कुन शब्दले सम्बोधन गरौँ बा हजुरको
सधैँ काँडामाथि हिँड्ने बाउलाई के सोध्नु ।

कति बगे होलान् पसिना बाको शरीरबाट
पसिनाले नै बनेका नदी तलाउलाई के सोध्नु ।

बाले कति संघर्ष गर्नु भो जिन्दगीभर ?
देखिन्छ साक्षी राखेर यो गाउँलाई के सोध्नु ।

यहाँ आज जति बनेको छु, जे बनेको छु म,
बाको संघर्षले नै बनेको नाउलाई के सोध्नु ।



June 27, 2025

यो नेपाल हो

- रमेश राज भट्टराई 

यो नेपाल हो
यहाँ भ्रष्टाचारको विरुद्धमा बोल्न हुँदैन

लाखौँ रुपैयाँ खर्च गर्‍यो क्याम्पस जानलाई
तेही नि हाम्रो औकात हुँदैन जागिर खानलाई
आफ्नै मान्छे भए देखि जागिर पाइदो रहेछ
यो देशमा त राम्रो होइन हाम्रो चाइदो रहेछ

भैगो अब यस्ता कुरा खोल्नै हुँदैन
यो नेपाल हो
यहाँ भ्रष्टाचारको विरुद्धमा बोल्नै हुँदैन

घुसकै कुरा अगाडि आउँछ जुन क्षेत्रमा पनि
जति धेरै पढे पाने के काम भयो तनि
युवाहरू पढे लेखे विदेशी तिरै गए
विदेश किन पस्नु पर्थ्यो देशमै अवसर भए



March 17, 2025

युवाहरू विदेश हिँडे

देश फेर्‍यो, भेष फेर्‍यो, 

दुइटै छोरा पराई भए!

आँखाले हेर्न, देख्न नसकिने!

बोल्न मन लागे बोल्न नसकिने!

कलेजोको टुक्रा हुन सन्तान भन्छन्

मनमै भए पनि छुन नसकिने!

यति टाढा भए सबै

फेरि एक हुन्न नसकिने!

यति भावविहीन भए आज

दुःख पर्दा रुन नसकिने!

भाव साभार -लक्ष्मी भट्ट


July 24, 2024

ए सराद्दे बाजे

ए सराद्दे बाजे - Prem Oli

ए सराद्दे बाजे 

आज एक दिन भए नि

मेरी आमालाई भेटाइ देऊ

आमाको झलक्क देखाइ देऊ

हरेक बर्ष मेरी आमाले नै पाउछिन भन्दै

दाल चामल र फल दान माग्छौ

आमालाई न दिएर के आँफै राख्छौ 

आमाको नाममा चढाएका

हरेक कुरा  आमाले पाउछिन भन्नेले

एक दिन भए पनि आमालाई बोलाई दिन सक्दैनौ 

एक छिन भए पनि आमाको  देखाइ दिन सक्दैनौ 

हैन भने किन तिथी र स्राद्द गराउछौ 

सबै आमाले पाउछिन भन्दै कराउछौ ।



October 8, 2021

को हौ?

 मेरो कल्पनाको शहर

अनवरत पछ्याइ रहने  

जति म खोतल्छु त्यति अद्रिश्य 

जति म कल्पन्छु त्यति प्रीय

 समिप ल्याउदा क्षितिज बन्ने  



April 24, 2021

फूलबारी

आत्मियतालाई टुक्रा टुक्रा च्यातेर
स्वार्थको युद्द लड्नु अघि
हामीले सजाएको फूलबारी
सुगन्धित छ अझै
हामीले टेकेको माटो


February 17, 2020

आँसु झर्छ प्रिय

    आँसु झर्छ प्रिय



      इन्जिनियर राकेश कार्की

       लस एन्जेलस



नझारुँ भन्दा भन्दै जब आँसु झर्छ प्रिय

छाति चित्त सबै पो फाटे जस्तो गर्छ प्रिय



दु:ख्दै दु:ख्दै बगेर झर्दै झर्दै मिठा याद

खोल्सो खहरे हुँदै समुद्र नै भर्छ प्रिय



October 23, 2015

नाकावन्दीको दसैँ

इन्जिनियर राकेश कार्की
लस एन्जेलस

बा आमा आउन पाइन
तेल छैन बसैमा
नाकावन्दीले नदिने भो
टीको थाप्न दसैँमा

प्लेन पनि आउन छोड्यो
ठूल्दाई अड्किनु भो दिल्लीमा
वर्षौँ पछि वल्ल आको
दसैँको बेला विचल्लीमा

दिदीवहिनी पनि आउँछु भन्थे
खुसी हुँदै दसैँको वेला
आज भोली भन्दा भन्दै
छीमेकिले कहिले बाटो देला

मन सधैँ आफ्नो प्यारो
गाउँको घरैमा
रित्तो सिलिन्डर सुम्सुमाउदै
एक्लै डेरैमा


February 27, 2014

धमिराहरु

 Ashok Aryal 
  
धमिरा हरु कमिला जस्तै हुँदैन्न
कमिला हरु धमिरा जस्ता हुँदैन्न 
मिहनत एकता को पराकाष्ट संसार 
आर्को ध्वंम्स बिनाश को संन्जाल 
धमिरा जब जब घर को ढोका म लाग्छ 
सुन्दर माटो को कलात्मक लेपन लगाउछ 
त्यो घर को खाबो नढले संम्म ।। 
........................................
धमिरा हरु कमिला जस्ता हुँदैन्न
श्रीजनाको आवरण भित्र
बिनाश को रुपान्तर धमिरा को स्वभाब हो 
सुन्दरता को भ्रम भित्र कुरुप्ताको गुण हो 
धर्म नै उस्को ध्वंश अराजता हो 
परिवर्तन को असार दर्कदा 
धमिरा हरु कमिला हुँ भन्छन 
सुरक्षित अबतरण खोज्छन 
................................


August 26, 2013

मजानै बेग्लै

तर्केसी तिमी , आँशुमा जिउनुको मजानै बेग्लै 
उफ ! जिउदै अचानोमा रेटीनुको मजानै बेग्लै 

संगै मिली भाग्य रेखा बदल्ने भन्दा भन्दै 
काटेसी पखेरू, मुटु दुखाई हास्नुको मजानै बेग्लै 

देउतै निष्ठुरी , भाकल मेरो सुन्दा सुन्दै 
पिडै  पीडाको झिरमा उनिनुको मजानै बेग्लै 

सप्तरंगी सहितको प्रभात खोज्दा खोज्दै 
घुन जस्तै , जात्तोमा पिसिनुको मजानै बेग्लै 

प्रभात 
क्यालिफोर्निया 


August 25, 2013

नयाँ नेपाल

बसन्तमोहन अधिकारी
 
रगतले नुहाएर नयाँ नेपाल बनाएछौ
जन्मदिने यो आमालाई सधैं कति रुवाएछौ ?
जातिवादी तिम्रो राज्य एकतालाई टुक्राउँने
झगडाको बिज रोपी सधैं घरमा लडाएछौ
 
भाई रुँदै खाडी मुलुक, बैनी घर रोईराछीन्
र्मनु बाँच्नु गरिवलाई तड्पाएछौ
राजनिती चाल तिम्रो जनतालाई ऋण बढ्यो
आफु भोग्न सत्ता भत्ता चुनाव भन्दै कराएछौ
 
अब गर्ने चुनावले नयाँ रुप को को आउँछौ
नेपाली जनतालाई सबै यि रुप देखाएछौ
एैले बन्न नसकेको यो संविधान कैले बन्छ
मिठो सपना देखाएर थाङ्गनामाथी सुताएछौ


March 28, 2013

सग्लो आकृति


कोर्दैछु एउटा सग्लो आकृति
घोलेर मानिसका रंगहरु

हरेकका आखाँबाट टिप्नु छ यौटा रंग
हरेका अधरबाट खिच्नुछ यौटा चित्र
मुस्कान होला कतै कतै
बग्रल्ती पाइएला निरासा नी
चम्किलो भेटिएला केहि केहि
धमिला उस्तै आइलाग्लान्


December 10, 2011

गजल

एउटै मन कहिले आगो कहिले पानी हुन्छ ।
भइदिन्छ कहिले राजा कहिले रानी हुन्छ ।

खुसी हुदाँ उफ्रिएर मनको हिमाल चढे पनि,
यही मन कहिले बद्मास् कहिले ज्ञानी हुन्छ ।

संसारको रीतसँग मिल्नु पर्ने बाध्यता छ
त्यसैले पो कहिलो चोर कहिले ध्यानी हुन्छ ।


August 11, 2011

गजल : मुख भरिएको छ

source- www.rummuser.comयसकारण यहाँ चुप बसिएको छ
आवाजहरूले मुख भरिएको छ !

पखाला लागेको हो यो समयलाई नै,
कमजोरीले यो आँखा भासिएको छ ।

जतासुकै झुकाउन सकिन्थ्यो होला शिर,
गाह्रो यही छ शिर आधा ताछिएको छ ।

तलामा जो सबैभन्दा बस्छ माथि,
उसकै कारण यो घर थलिएको छ ।

भो नबताऊ को-कति छ इमान्दार,
थाहै छ कसले कति सम्झिएको छ ।



July 31, 2011

गजल

तिमी आयौ र त हावा पनि मगमगायो
के भो के भो दिल मेरो त्यसै सकसकायो ।

पिर्लिक्क पारी आँखा के खोलेथ्यौ तिमीले,
कुन्नि किन होला सारा शरीर थरथरायो ।

दूरी घट्यो श्वास बढ्यो मुटु तेज-तेज चल्यो,
डर- त्रास यति भो कि खुट्टै लगलगायो ।

के गरुँ कसो गरुँ छटपटी धेरै भयो,
मन बेकाबु थियो धैर्य ' नि डगमगायो ।

तिमी हाँस्यौ बल्ल सहज भयो मौसम,
कुइरोले ढाकेको मन बल्ल जगमगायो ।


June 21, 2011

गजल

यात्री शेखर
मैले आकाश खसाउँनुछ, र त गजल लेख्छु ।
आँधी, बतास बसाउँनुछ, र त गजल लेख्छु ।

घाम जुन रातदिन, किन लुकामारी खैल्छन् ?
दुवै जालमा फसाउँनुछ, र त गजल लेख्छु ।

आजकाल देख्छु यहा, मानवियता टुक्रदैछ,
उस्मा संवेग पसाउँनुछ र त गजल लेख्छु ।

अरु हैन आफैबाट, सकिदैछ मान्छे यहाँ,
विकृतीहरु भसाउँनुछ, र त गजल लेख्छु ।

आ आफ्नै चोटब्यथा, दुःखी रा’छ सबै मान्छे,
हरेकलाई हसाउँनुछ, र त गजल लेख्छु ।