Dautari News Highlight:
August 5, 2025
NEPAL NEWS TODAY :: नेपालको समाचार आज
Posted by:
nepalean
Labels:
Artificial Intelligence - AI,
nepal,
news,
दौँतरी खबर,
समसामयिक,
समाचार/ टिपोट
बिदाई
- नवराज न्याैपाने 'माैन'
हिमालपारीका एक सुन्दर गाउँमा जयबहादुरले बीस वर्ष पढाएर अवकाश लिया । उसकाे बिदाइ कार्यक्रममा छवटै गाउँका मानिसहरू विद्यालयमा जम्मा भए । बिहान दस बजेबाट शुरु भएकाे कार्यक्रम साँझ छ बजेसम्म चलिरह्याे ।छ बजेपछि गाउँकाे सामुदायिक भवनमा बिदाइभाेजकाे कार्यक्रम राखियाे । बाइसवटा च्याङ्ग्रा र १४ बाेरा चामल ल्याएर गाउँलेले उसकाे सम्मानमा रातभर कार्यक्रम राखे । सबैले गाउँकाे समग्र विकासमा उसकाे याेगदानकाे चर्चा गर्दा उसका अाँखा अाँसुले भरिएका थिए ।
जयबहादुरकाे एउटा अाँखा थिएन । सबै गाउँहरूमा घुमेर उसले अपाङ्गता भएका,सुस्त मनस्थिति भएका र फरक क्षमता भएका व्यक्तिहरूकाे तथ्याङ्क सङ्कलन गरेर उनीहरूलाई नि:शुल्क पठनपाठन गराउन पहल गरेकाे थियाे । अनि , गाउँगाउँमा अनाैपचारिक शिक्षा ( प्राैढ शिक्षा) पनि सञ्चालन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकाे थियाे ।
अपाङ्गता भएका व्यक्तिहरूलाई ऊ असाध्यै माया र सम्मानकाे दृष्टिले हेर्थ्याे । उसकाे बिदाइमा उनीहरू, भुरुधुरु राेएका थिए । शुरुका दिनमा एकान्त स्थलमा
रहेकाे विद्यालमा एक्लै बसेकाे जयबहादुरलाई पछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छाे नाम्ग्यालले अाफ्नै घरमा ल्याएर राखेका थिए ।
छाे नाम्ग्यालकी छाेरी साेनाम याङ्जी कान सुन्ने तर बाेल्न नसक्ने थिइन् । सबैले लाटी भनेर जिस्क्याउने गरेकाले उनी स्कुल जान छाडेकी थिइन् । जयबहादुरले नै उनलाई काठमाडौं पठाएर साङ्केतिक भाषा सिक्ने र लेखपढ गर्नसक्ने बनाएका थिए । छ महिनापछि फर्केर उनी पाँच कक्षामा भर्ना भइन् र राम्रो अङ्क ल्याएर एसईई उत्तीर्ण गरिन् । जयबहादुर सरकाे बिदाइमा सबैभन्दा दु:खी उनै थिइन् ।
भाेलिपल्ट खाना खाएर विद्यालय परिवार,युवा क्लब परिवार र अामा समूह परिवार सबैले गाउँकाे पुछारकाे गेटसम्म पुर्याएर सगुन चढाए । अलिकति सगुन लिएपछि उसलाई रुन मन लाग्याे । अाँसु पुछ्दै गर्दा साेनाम याङ्जीकी बहिनी छे अाङ्माेले एउटा चिठी दिइन र 'घर पुगेपछि हेर्नुहाेला है सर !' भनिन् ।
एक घण्टा हिडेपछि चाैतारीमा बसेर साेनाम याङ्जीकाे चिठी खाेलेर पढ्दा उसकाअाँखाबाट बलिन्द्र धारा अाँसु बगिरहे । चिठीकाे अन्त्यमा लेखिएकाे थियाे - 'जय सर! मेराे मुटु हजुरसँगै पहाड झर्यो ।'
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
Subscribe to:
Posts (Atom)