August 19, 2026

यस्तो कथा कहिल्यै सुन्न नपरोस्

 


यस्तो कथा कहिल्यै सुन्न नपरोस्। शीर्षक सुन्दा नै आङ्ग जिंग्रिङ्ग हुने यस्ता घटना, पूरा समाचार पढ्दा  नै जीउ सिङ्गिङ्ग हुन्छ। बच्चाबच्चाका बाउआमालाई त यो खबरले मुटु नै घोचेको भान हुन्छ। यस्तो कुरा कहिल्यै कसैलाई नपरोस्। 

शीर्षक "बारामा तीन वर्षीया बालिकाको हत्या, बलात्कारको आशंका" त्यस्तै खालको समाचारमा पर्छ। बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ स्थित दसधुरे भन्ने स्थानबाट तीन दिनदेखि हराईरहेकी तीन वर्षीया गरिमा चौधरी मृत फेला परेकी छिन्। जीतपुरसिमरामा रहेको एक घरभित्र बालिका मृत भेटिएकी हुन्।  बालिका फेला परेको उक्त घर पाँच महिनादेखि खाली रहेको थियो ।  बालिकाको शव नग्न अवस्थामा फेला परेको हुँदा बलात्कारपछि हत्या भएको आशंका गरिएको छ । शव भेटिएको घरभित्र बालिकाको भित्रीसहित अन्य लुगा समेत फेला परेको छ। इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक (डिएसपी) दिलिप क्षेत्रीले बालिकाको लुगा त्यही फेला परेको र शव नग्न अवस्थामा भेटिएकाले बलत्कारपछि हत्या भएको आंशका रहेको बताए। ‘बलात्कारपछि हत्या भएको हो कि भन्ने आशंका गर्न सकिन्छ’ डिएसपी क्षेत्रीले भने ‘शल्यपरीक्षण रिपोर्टले थप पुष्टि गर्छ।’

बालिकाको शव मुचुल्का प्रक्रिया पूरा गरी शल्यपरीक्षणका लागि प्रहरीले अस्पताल पठाएको छ।  वीरगन्जस्थित विपद् व्यवस्थापनमा रहेको तालिम प्राप्त कुकुर ल्याएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ। प्रहरी कार्यालय सिमराले बालिकाको हत्या भएको निष्कर्ष निकाल्दै प्रहरी निरीक्षक प्रकाश थापालाई अनुसन्धान अधिकृत तोकेर घटनाको अनुसन्धान थालेको छ। मनोज चौधरी र मनमती चौधरीकी तीन वर्षीया छोरी गरिमा आइतबार बिहान देखि बेखबर थिइन् । बस्तीको बीचबाट अचानक बेपत्ता भएकी बालिकालाई परिवार र प्रहरीले खोजी सुरु गरिरहेको थियो।  तीन दिनसम्म अज्ञात रहेकी बालिका करिब डेढ सय मिटर दक्षिणतर्फको घरमा मृत भेटिएकी हुन् ।  उक्त घर भाडामा लगाइएपनि पाँच महिनादेखि भने खाली रहेको थियो।   ढोकामा ताला समेत नलगाइएको उक्त घरबाट गन्ध आएपछि स्थानीयले झ्यालबाट हेरेको र बालिकाको शव देखेपछि प्रहरीलाई खबर गरेका हुन्। बालिकाको शव सुन्निएको अवस्था भेटिएको छ भने योनीमा समेत चोट देखिएको छ। शवको प्रकृति हेर्दा घटनास्थलमै बालिकाको बलत्कारपछि हत्या भएको पुष्टि हुने आधार भएपनि शल्यपरिक्षण रिपोर्ट पर्खनुपर्ने प्रहरीको भनाइ छ। 

यो घटनाको दोषी खोजेर सक्दो कारबाही होस्।




0 Comments:

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !