January 17, 2026

नहोस् देशको अवशान

 आचार्य प्रभा (दमक झापा )

हो,युवाहरु
गर्यौ तिमीहरुले प्रयास  
नेपाल आमालाई हँसाउँन,
तर सम्झ!युवाहरु हो
उजाडिए कति आमाका काखहरु?
बनायौ अश्रुपूर्ण तिमीहरुले
ती आमाहरुका आँखाहरु ,
भिजे रगतको आहालमा लुछुप्पै
ती आमाहरुदेखेका स्वर्णिम सपनाहरु ।    
खै!के प्राप्ति होला र!
जन्म दिने आमाहरुका गहहरुबाट
निर्ममतासाथ रगतको आँसु बगाएर ?
के बाध्यता थियो होला र!
आमाका न्यानो काखहरु
रित्तो बनाई उजाड्न बाध्य गराएर ?
तड्पिई रहेछन् विव्हल बनेर
मातृत्व शोकमा हरक्षण,हरपल
ती निरीहआमाहरु
लुटिनु लुटिए कठै!
ती हँसिला मुहारहरुका
तेजस्वी आभाहरु।
ओकल्नु  हुन्न क्षणिकआवेशमा
कसैले नि,रिसावेग अनि रोष
सफल हुन्न आवेगमा उब्जिएको
कसैको पनि जाँगर र जोश  
पसे होलान् ती नरभक्षीहरु
तिमीहरुको नामको
नक्कली टिको लगाई  
गरे सर्वनाश देशको अमूल्य
सम्पत्तीमा क्षति पुर्याई,
टाँसियो कि!त्यो स्वच्छ निधारमा
कलंकको दोष
नछोड्नु धैर्यता र संयमता  
अनि नपोख्नु आक्रोशित बनेर  
आक्रोश र रोष ।  
ढिला नगर युवाहरु अब
देशभक्त मथिंगलहरु रोज्न
पछी नपर देशको स्वरूप फेर्ने
सही व्यक्तित्वहरु खोज्न,  
पर्खी रहेकी छिन् नेपाल आमा
तिमीहरुको उत्साह,उमङ्ग अङ्गाल्न
नचुक,नअल्मल अब
राज्यको यो विव्हल अवस्था संगाल्न
नत्र हुनेछ नेपाल नामको  
देशको अवशान।

रचना -भाद्र २६ /२०२५  

0 Comments:

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !