February 2, 2026

अकर्मण्य नेपाल

 घरीघरी त नेपाल अकर्मण्य नै हो कि जस्तो लाग्छ है !
निर्वाचन आयोगले नेताहरूको रेटिङ गर्ने ‘एप्रुभल रेटिङ’ वेबसाइट लाई आचारसंहिता विपरीत भएको भन्दै नेपाल प्रेस काउन्सिललाई पत्र लेखेको छ। कान्तिपुर मिडिया ग्रुपले नेताहरूको रेटिङ गर्ने ‘एप्रुभल रेटिङ’ वेबसाइट (rate.ekantipur.com) बन्द गरेको छ।
सोमबार कान्तिपुरले आफ्नो साइटमा सूचना राख्दै उक्त रेटिङ बन्द गरेको हो।
निर्वाचन आयोगको केन्द्रीय आचारसंहिता अनुगमन समितिले सर्वेक्षण गर्ने र एप्रभुल रेटिङ गर्ने वेबसाइटहरूका विषयमा छलफल गरेको थियो।
आयोगले अहिलेसम्म ‘रेट माइ नेता’ (ratemyneta.com), एक्जिट पोल नेपाल (exitpollnepal.com), नेपाल पोल (Neppoll.com), एचओआर २०२६ (Hor-2026.vercel.app), नेपाल राइटस् (elections.nepalwrites.com) र  पोलिमार्केट ( Polymarket.com/event/Nepal-house-of-representatives-election-winner) गरी ६ वटा वेबपोर्टल ब्लक गर्न पत्राचार गरेको छ। 
आइतबार आयोगले गरेको पत्रकार सम्मेलनमा प्रवक्ता नारायणप्रसाद भट्टराईले सामाजिक सञ्जालमा फैलिरहेको मिथ्या सूचना ‘मिस इन्फरमेसन’ रोक्न आयोगले काम गरिरहेको बताएका थिए।
निर्वाचन आयोगले गरेको पत्रकार सम्मेलनमा प्रवक्ता नारायणप्रसाद भट्टराईले १२२ वटा सामाजिक सञ्जालका पोस्टबारे कारबाही गर्न साइबर ब्युरोलाई, १५ वटा प्रकाशित सामग्रीबारे प्रेस काउन्सिललाई र ६ वटा दुष्प्रचार गर्ने वेबसाइट बन्द गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरिएको जानकारी दिएका थिए।

 निर्वाचनमा जनताले भोट नहालेर कसले हाल्ने रै'छन्?




January 24, 2026

सधैँ राम्रा कथा

 गजल

बहर : हजज मुसम्मन सालिम
अर्कान : मुफाईलुन् , मुफाईलुन् , मुफाईलुन् , मुफाईलुन्
वजन : १२२२ - १२२२ - १२२२ - १२२२
काफिया : अन
रदिफ : भएका छन्

यता सुन्दा सधैँ राम्रा कथा वाचन भएका छन्
उता सुन्दा गफाडीका वृथा गायन भएका छन्

झनै राम्राे बनी हिँड्दा कुरा का्ट्ने बढे धेरै
नियम कानुन ठुलालाई सही साधन भएका छन्

कता मिल्ला अहाे शान्ति भनी दाैडे सबै मान्छे
भलाे गर्ने असल हाे जाे उनै सज्जन भएका छन्

बजाएका कुरा गर्छाै लुटी खायाै मुलुक मेराे
सजाएका नयाँ अाशा सधैँ धड्कन भएका छन्

कहाँ तिम्रो खुशी हाँसाे कहाँ मेराे गथासो याे
लुकेका देवता मार्फत सबै मापन भएका छन्

© नवराज  न्याैपाने 'माैन'
( परिश्रमी  पाठशाला)

January 22, 2026

न म घाम उदाएको, न अस्ताएको देख्छु

 


न म घाम उदाएको, न अस्ताएको देख्छु,

मेरो खुशी पनि नियतीले निभाएको देख्छु।


न म घाम अस्ताएको, न उदाएको देख्छु,

मेरो जिन्दगीको चाल सुस्त आएको देख्छु।


अचेल किन उजाड छ यो मनको बगान,

बसन्तमै फुलहरू मुर्झाएको देख्छु।


कस्ले चलायो कुन्नि यो जिन्दगीको गति,

जता पुर्‍यायो, तेतै अन्धकार छाएको देख्छु।


चाहनाका सीमा कस्ले थुनिदियो यहाँ,

मेरा सपना पनि लगाम लगाएको देख्छु।


अलिकति जोश मनमा हुर्किनै नपाई,

दायाँ–बायाँ आफ्नै छायाँ झस्काएको 




January 17, 2026

नहोस् देशको अवशान

 आचार्य प्रभा (दमक झापा )

हो,युवाहरु
गर्यौ तिमीहरुले प्रयास  
नेपाल आमालाई हँसाउँन,
तर सम्झ!युवाहरु हो
उजाडिए कति आमाका काखहरु?
बनायौ अश्रुपूर्ण तिमीहरुले
ती आमाहरुका आँखाहरु ,
भिजे रगतको आहालमा लुछुप्पै
ती आमाहरुदेखेका स्वर्णिम सपनाहरु ।    
खै!के प्राप्ति होला र!
जन्म दिने आमाहरुका गहहरुबाट
निर्ममतासाथ रगतको आँसु बगाएर ?
के बाध्यता थियो होला र!
आमाका न्यानो काखहरु
रित्तो बनाई उजाड्न बाध्य गराएर ?
तड्पिई रहेछन् विव्हल बनेर
मातृत्व शोकमा हरक्षण,हरपल
ती निरीहआमाहरु
लुटिनु लुटिए कठै!

November 17, 2025

राजनीतिक प्रभुत्वदेखि मृत्युदण्डसम्म

 बंगलादेशकी शेख हासिना, गत वर्ष विद्यार्थी आन्दोलनकारीमाथि घातक दमन गरेको अभियोगमा सोमबार अनुपस्थितिमा मृत्युदण्डको सजाय सुनाइएकी छिन्। दक्षिण एसियाली राष्ट्र बंगलादेशमा आधा शताब्दीसम्म प्रभुत्व जमाएकी हासिना रक्तपातमै आधारित राजनीतिक करियरकी धनी छिन्।

स्वतन्त्रता नेता तथा आफ्ना पिता शेख मुजिबुर रहमान र परिवारका अधिकांश सदस्यको सैनिक ‘कू’ मा हत्या भएपछि उनी अचानक चर्चामा आइन्। सुरुमा प्रजातन्त्रका लागि लडेकी हासिना लामो समय प्रधानमन्त्री रहँदा भने विपक्षी नेतालाई पक्राउ गर्ने, अभिव्यक्ति स्वतन्त्रता कुण्ठित पार्ने र असहमति दबाउने काममा संलग्न भइन्। विद्यार्थी नेतृत्वको विद्रोहका क्रममा सयौंको ज्यान गएपछि राजीनामा दिएर भारत भागेकी हासिना १५ महिनापछि राजधानी ढाकाको अदालतद्वारा घातक बल प्रयोगको आदेश दिएको ठहर गरिएकी छिन्।

७८ वर्षीया हासिनामाथि सत्ताको दुरुपयोग गरेको व्यापक आलोचना भए पनि मुस्लिम बहुल १७ करोड जनसंख्या भएको देशको अर्थतन्त्र उकास्ने श्रेय उनलाई दिइन्छ। छिमेकी म्यानमारबाट प्रताडित भएर भागेका रोहिङ्ग्या मुस्लिमलाई शरण दिएकोमा उनले अन्तर्राष्ट्रिय प्रशंसा पनि पाएकी थिइन्।

तर पाँचौँ कार्यकाल जितेको सात महिनाभन्दा कम समयमै उनको पतन भयो। सुरुमा रोजगारी कोटाका विषयमा शुरू भएको आन्दोलन उनको बहिर्गमनको मागसहित ठूलो आन्दोलनमा परिणत भयो।

भारतमा निर्वासित हासिनाले आफूमाथि लागेका आरोप अस्वीकार गरेकी छिन् र फैसला “पक्षपाती र राजनीतिक प्रेरित” भएको बताएकी छिन्।



November 11, 2025

७५८ मिटर लामो पुल धोस्त


७५८ मिटर लामो Hongqi पुल, चीनको भित्री भागलाई तिब्बतसँग जोड्ने प्रमुख राष्ट्रिय राजमार्गको हिस्सा, आसपासको पहाडी क्षेत्रमा भारी पहिरो गएपछि भत्किएको छ।

भिडियोमा पुल भत्किने क्षण देखिन्छ, जहाँ धुलो माथि उड्दै सडक सयौं मिटर तल खस्छ। पुलका ठूला खण्डहरू हराएको र बाँकी सडक नदीमाथि झुण्डिएको छ, जहाँ उद्धार तथा निरीक्षण टोलीले क्षेत्रलाई घेरा हालेका छन्। नजिकैका ढलानहरूमा चिरा परेको र जमिन स्पष्ट रूपमा चलमलाएको छ।

सिचुआन र तिब्बती पठारबीचको सम्पर्क बलियो बनाउन बनाइएको हङ्की पुल यसै वर्ष पूरा भएको थियो। यसको ठेकेदार सिचुआन रोड एण्ड ब्रिज ग्रुप थियो ।

नेपालमा, विशेष गरी उत्तरी भागमा, यस्तो प्रकारको पहिरो निकै पटक जाने गर्छ। कहिलेकाहीँ सुक्खा पहिरो पनि जान्छ, जसले पुल, सडक र गाउँहरू नै नष्ट गरिदिन्छ।