January 24, 2026

सधैँ राम्रा कथा

 गजल

बहर : हजज मुसम्मन सालिम
अर्कान : मुफाईलुन् , मुफाईलुन् , मुफाईलुन् , मुफाईलुन्
वजन : १२२२ - १२२२ - १२२२ - १२२२
काफिया : अन
रदिफ : भएका छन्

यता सुन्दा सधैँ राम्रा कथा वाचन भएका छन्
उता सुन्दा गफाडीका वृथा गायन भएका छन्

झनै राम्राे बनी हिँड्दा कुरा का्ट्ने बढे धेरै
नियम कानुन ठुलालाई सही साधन भएका छन्

कता मिल्ला अहाे शान्ति भनी दाैडे सबै मान्छे
भलाे गर्ने असल हाे जाे उनै सज्जन भएका छन्

बजाएका कुरा गर्छाै लुटी खायाै मुलुक मेराे
सजाएका नयाँ अाशा सधैँ धड्कन भएका छन्

कहाँ तिम्रो खुशी हाँसाे कहाँ मेराे गथासो याे
लुकेका देवता मार्फत सबै मापन भएका छन्

© नवराज  न्याैपाने 'माैन'
( परिश्रमी  पाठशाला)

0 Comments:

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !