न म घाम उदाएको, न अस्ताएको देख्छु,
मेरो खुशी पनि नियतीले निभाएको देख्छु।
न म घाम अस्ताएको, न उदाएको देख्छु,
मेरो जिन्दगीको चाल सुस्त आएको देख्छु।
अचेल किन उजाड छ यो मनको बगान,
बसन्तमै फुलहरू मुर्झाएको देख्छु।
कस्ले चलायो कुन्नि यो जिन्दगीको गति,
जता पुर्यायो, तेतै अन्धकार छाएको देख्छु।
चाहनाका सीमा कस्ले थुनिदियो यहाँ,
मेरा सपना पनि लगाम लगाएको देख्छु।
अलिकति जोश मनमा हुर्किनै नपाई,
दायाँ–बायाँ आफ्नै छायाँ झस्काएको



0 Comments:
Post a Comment
>>> कमेन्टको लागि धन्यवाद !