June 29, 2025

बा

-  विशाल बिहानी

कतै दुःख्छ दुःख्दैन पाउलाई के सोध्नु,
संघर्षले बनेका ‘बा’का घाउलाई के सोध्नु ।

खै कुन शब्दले सम्बोधन गरौँ बा हजुरको
सधैँ काँडामाथि हिँड्ने बाउलाई के सोध्नु ।

कति बगे होलान् पसिना बाको शरीरबाट
पसिनाले नै बनेका नदी तलाउलाई के सोध्नु ।

बाले कति संघर्ष गर्नु भो जिन्दगीभर ?
देखिन्छ साक्षी राखेर यो गाउँलाई के सोध्नु ।

यहाँ आज जति बनेको छु, जे बनेको छु म,
बाको संघर्षले नै बनेको नाउलाई के सोध्नु ।



1 Comments:

Anonymous said...

बाले कति संघर्ष गर्नु भो जिन्दगीभर ?
देखिन्छ साक्षी राखेर यो गाउँलाई के सोध्नु । Wa Wa!!

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !