March 5, 2008
आमालाइ कम्पियुटर
नाम्लो र आंसीलिने आमाहरु आजकाल कि बोर्ड र माउससंग साइनो गास्दैछन। खबर सुन्दा पत्यारलाग्न
अलि गार्है पर्छ। अझ डलर बिनाको निशुल्क: कम्पिट्युर ट्रेनीगं भन्दा झन पत्यार लाग्न कठिन लाग्छ।आर्वा बिजय गा बि स कास्किमा स्थानीय स्वयम सेबक धर्म राज बरालबाट बिभिन्न स्रोत समाल्दै स्थानीय आमा समुहलाइ कम्पिट्युर हार्डवयर र सफ्टवयार तालिम गराउंदैछन। तालिम प्रदान गर्ने शिक्षक पनि स्वयम सेवक भएको यस कार्यक्रममा बचेको समय स्थानिय युवालाइ
पनि तालिम दिइने गरिन्छ। यि सबै तालिम कार्यक्रम निशुल्क: हुन। यस पटक नेपाल जांदा आफ्नै गाउमा यस्तो कार्यक्रममा बोल्न दिइदा आफुलाइ नै विश्वास लागि रहेको थिएन भने मास्टर्स पढ्दा गरेको हार्ड डिस्कको थेसिसमा सिकेको कुरा गाउंमा आफ्नै आमाहरुको अगाडी भन्न पाउदा अर्को मास्टर डिग्री पाएको महशुस गरेको थिएं। यसको उपयोगिता त कति होला तर यो काम भने निकै प्रशंसिय छ।

Subscribe to:
Post Comments (Atom)
4 Comments:
good job..........keep it up!!!
राम्रो काम। नया नेपाल येसतै होला।
केटा केटी हरुले सिकेको भये त पछी गएर त्यो ज्ञान उपयोग गर्थे होलान तर आमा पाटी हरु को लागि चाँही कम्प्युटर देख्न अनी के हो भन्ने जान्न पाउनु पनि उपयोग गरे भन्दा ठुलो कुरो हो। अहिले को उपभोगबादी जमानामा केही दुनियाँ ले दैनिकी बनाएको वस्तु हरुलाई अझै पनि कती जना ले नाम सम्मा सुन्न नपाएको बेलामा आफ्नै आँखा अगाडि देखेर एउटा बटन थिच्नु पनि उहा हरु को जिन्दगी को एउटा महत्व पूर्ण भोगाइ हो, त्यही नै सिक्ने सिकाउने ले पाउने उपलब्धी होला!
यसलाइ राम्रो कदम नै लिनु पर्दछ। कम से कम तोड फोड भाग दौडको आवाज त एक छिनको लागि कम भयो। पान्डा जि आमा मात्रै होइनन् युवाहरु पनि छन उपयोग गर्नेहरुमा। तर खबरमा आमाहरुले उछिने। प्रतक्रियाको लागी सबैलाइ धन्यबाद।
Post a Comment
>>> कमेन्टको लागि धन्यवाद !