December 4, 2009

गाऊँखाने कथा - ३३ (Nepali Gau Khane Katha)

अपडेट: यस पटकको गाउंखाने कथाको सहि उत्तर हो जुम्रा।गाउंखाने उत्तरमा सहभागी सबैलाइ धन्यबाद। उत्तर मिलाउने सुजन जीलाइ हार्दीक बधाइ। सुजन जी आफ्नो मन पर्ने गाउं माग्नुहोला।
सँधै जसो सप्ताहान्तमा नेपाली लोक चलनमा चर्चित गाउँखाने कथा लिएर हाँजिर हुने केही समय सम्म हराउन पूगें। पून गाउं खाने कथा ल्याएको छु, रमाइलो गर्नुहोला।
--------------------------------------------------
च्यान्टे भुन्टे कलुवाको बनमै छ बास,
जतिखेर खान पनि रगतकै आस, के हो?

यो गाउँखाने कथाको उत्तर पत्ता लगाएर गाऊँ माग्नुहोला। उत्तर जान्न गाह्रो परे अनुमान लगाएर भए पनि रमाईलो लिनुहोला। नेपाली भाषा र सामाजिक जीवनको मौलिकपन झल्काउने अन्य रमाईला सामग्री भए , प्रस्तुत गर्नुहोला।


14 Comments:

Unknown said...

जुम्रा !!

Prajwol said...

दार्ही - कपाल भन्न खोजेको भए जुम्रा । सांच्चै जंगलनै भनेको भए Ticks, नेपालीमा के भन्छन भन्न आएन :)

दूर्जेय चेतना said...

सुजनजीको उत्तरमा मेरो पनि समर्थन।

Ashesh said...

लु जुम्रै हो!!

yogi dada said...

हो हो जुम्रै हो !!!!! कि जुका पो हो

नेपालियन said...

उत्तर चै गेस गर्दै गरौं, म चै प्रज्बल जी को प्रश्न तिर लागें, "टिक" भनेको त किर्नुहोइन र? यो सांच्चैको जंगलमा भन्दा पनि जनावरको शरिरमा बस्छ, कहिले कांही त मान्छेमा पनि पुग्छ।

सुजन जी लाई गाँउ दिंदा अन्यथा हुनेछैन। said...

सुजन जी लाई गाँउ दिंदा अन्यथा हुनेछैन।

पुष्प said...

Off Topic: देशमा कैलालीजस्ता घटनाहरू घटिरहेका छन् । खै हाम्रा पंक्तिकार महोदयहरू ? तथाकथित सरकारको विरोध गर्न संकोच लागे कमसेकम माओवादीकै विरोधमा भएपनि लेखौं !

नेपालियन said...

पुष्प जी कैलालीमा के घट्यो त्यो त थाहा भएन, न्युजमा त मैले त्यती केही भेटिन। तपाइले लेखेर हामीले कमेन्ट गर्न पनि हुन्छ कसो?

लौ तपाइ लेख्नुस हामी पढौंला यसपटक।

पुष्प said...

नेपालियनजीले फेरि बुझ्पचाउने 'चेष्टा' गर्नुभएछ । मेरो नै विचार पढ्ने मन भए 'मेरो स‍सार'तिर पाल्नुहोला । :)

नेपालियन said...

पुष्प जी किन बुझ पचाउनु र, बुझेकै भए त तपाइको उत्तर पहिले नै थाहा पाएर सोध्ने नै थिइन नि? तर बिचार त जांहा पनि राख्न सकिन्छ नि,एउटै ठाउं मात्र त हुंदैन नि।

समय,मौका पढे तपाइको बिचार नपढ्ने त कुरै भएन।

Anonymous said...

हो पुष्पजीको बास 'माओसंसार' मा हुने गर्छ , त्यता खोज्दा माओवादीको अखण्ड भजनमा लिप्त भेटिनुहुन्छ । लाग्छ कतै वहाँ पनि सरकारको तलब खाएर शक्तिखोरबाट कमेण्ट लेख्ने गर्नुहुन्छ कि !

Prajwol said...

नेपालीयन जि,
खै ठ्यक्कै के हो त थाहा भएन, fieldwork गर्न जंगल जांदा संधै टोकाइ खाएर फर्कनु पर्थ्यो :)

Chandra said...

ए साथी हो कती जुम्राको र किर्नाको कुरा गरि राको त ।

यसको उत्तर त माओवादी हो ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !