July 6, 2008

हप्ता हंगामा - नाग कन्या कि बिष कन्या

यो हप्ता नेपालकी २० बर्षे केटीले प्रेम तथा अपराधको धरातलमा तुफान नै चलाइदिइन। हुन त प्रेम र युद्दको सबालमा केही कुरो समान हुदैन। तर पनि ४४ बर्षको असमान उमेर र अती असहज परिस्थीती बिच कुख्यात अपराधी चार्लस शोभराज गुरमुख सित बिबाहको लागी औंठी साटेर निहीता बिश्वासले जेलको डण्डीलाइ फितलो तुल्याइदिइन।
अबिबाहित भियतानामी आमा र भारतीय सुचिकारका छोराको रुपमा जन्मिएका शोभराजले आफ्नै सौतेनी दिदीको फर्जी चेक प्रयोग गरेर आफ्नो अपराधको यात्रा तय गरेका थिए।प्रथम पटक भने उनि चोरीको अभियोगमा १९६३ मा समातीएका थिए जुन उनको आचरणका कारण चाडै नै जेलमुक्त भएका थिए। चोरी र ठगी गर्दै पैसा समेटेर फ्रान्सका धनाढ्य समाजमा आफ्नो सम्बन्ध बढाउदै थिए। यसै बिच पर्सियन धनाढ्य प्रेमीसंग भेट्न चोरीको गाडी प्रयोग गर्दा उनी फ्रान्सेली पुलiसबाट पुन समातीए। जेलबाट मुक्त भए पछि उनै प्रेमीसंग बिहे गरेर अपराधको सहज बाताबरण खोज्दै उनि भारत हानिए। त्यस पछि फैलियो उनको कुख्यात अपराधिक श्रिंखला। सौखीन जिबनयापन र जुवाको नशालाइ निरन्तरता दिन उनि जता जता पुग्थे उता उता आफ्नो अपराधको जालो फिजाइहाल्थे।
उनका अपराधका कारण चर्चित बनेका शोभराज एक प्रकारका सेलीब्रिटी नै हुन। एउटा अन्तरबार्ता छपाउन उनी हजारौं डलर माग्ने गर्छन। आफ्नो जिबनी र डकुमेन्ट्री बेचेर पैसा जम्मा गर्ने शोभराज कै बारेमा बलिउडमा सन्जय दत्तबाट अभिनित चलचित्र बन्दैछ। केही बर्ष पहिला बलिउडमै ज्याक सर्राफबाट चार्लस शोभराजकै बारेमा चलचित्र बन्ने घोषना भए पनि अहिले सम्म उक्त चलचित्र देखापरेको छैन।
बिशेषगरी पूर्वी एशीयामा बिचरण गर्ने चार्लस शोभराजलाइ करिब ३५वटा हत्याको अभियोग लागेको छ। हत्या गरिएका मध्य अधीकांश महिला भए पनि महिला उनको प्रेममा फस्न छोडेका छैनन। भारतको जेलमा बस्दा सुनिता नाम गरेकी उनकी वकिल उनकै प्रेमीका बनेकी थिइन। सुन्दर मुहार र बोल्ने कलाका धनी शोभराज धनाढ्य ब्यपारीको रुप धारण गर्दै प्राय एक्लो महिलालाइ आकर्षीत गरेर उसका पैसा, गहना, पासपोर्ट तथा अन्य कागजात लुट्दै हत्या गर्ने गर्दछन। यस्तै कैयौं हत्यालाइ उनकै प्रेमीकाले सहगाउने गर्छन।
पाच पटक सम्म जेलबाट फुस्कन सफल शोभराज बहिरमात्र होइन कि जेल भित्र पनि सौखिन जिबन यापन गर्छन। दिल्लीको जेलमा बस्दा टेलिभिजन देखी अत्यन्त महंगा रक्सी समेत राख्ने शोभराज भद्रगोल जेलमा समेत बासुदेव पण्डित नामका पुलिसको सहयोगले मोबाइल फोन राख्न समेत सफल भएका थिए। प्राय भारतको कानूनी प्रक्रीयाको गुणगान गाउने शोभराजलाइ भने नेपालको राजनितिक अस्तिरथ्ताले जेलमै सडाउने हो कि सारै पिरमा परेका छन। तर पनि उनले सबैले जसो राजनितीक अस्थिरताको फाइदा उठाउन छोडेका छैनन। संयुक्त राष्ट्र संघ, फ्रान्सका राष्ट्रपती तथा तत्कालीन राजा ज्ञानेन्द्रलाइ अपिल गर्दा गर्दा थाकेका यस पटेक भने माओबादी तर्फ सोजिएका छन। जेलमा रहेका माओबादी कैदीलाइ उपचारमा सहयोग पुर्याएको देखी माओबादीका कारण घरबाट बिस्थापित भएका महिलालाइ जिबन यापनमा सहयोग गरेको कथा समेटेर हिसीला यामीलाइ पत्र पठाएका थिए। तर यि दिनहरुमा भने महिलातिर सोजाइएका तिरहरुले उनलाइ काम दिएका छैनन। शोभराजको पहिलो हत्यामा भेटिएकी महिला बिकनीमा भेटीएकीले शोभराज बिकनी किलरको रुपमा चिनीन्नछन। ३ छोरीका पिता शोभराजलाइ उनकै फारसी पत्निले अझै माया गर्ने हुंदा उनैबाट निहितासित प्रेमजाल रचिएको भन्ने सुनिएको छ। प्राय प्रेमीकाकै सहयोगले महिलालाइनै बिष पिलाएर सुटुक्क हत्या गर्दै लापत्ता हुने हुंदा शोभराजलाइ बिषालु सांप (Serpent) पनि भन्ने गरिन्छ। पहिली छोरी नै ३८ बर्ष जती भएका कुख्यात अपराधी शोभराजसंगको चोखो माया निर्धक्कसंग उजागर गर्ने २० बर्षे मिडियाकी मोडल निहीता बिश्वास नाग कन्या हुन कि बिष कन्या हुन समयले नै भन्ने छ।


July 4, 2008

यन डि यफ बेल्जियम को पिक्निक कार्यक्रम भब्यताका साथ संपन्न

गत २९ जुन आ इतबार को दिन- यन डि यफ बेल्जियमको आयोजनामा नेपाल गणतन्त्रमा प्रबेस गरेको खुसियालिमा यक रमाइलो बनभोज कार्यक्रम गरेको थियो। अत्यधिक नेपालिहरुको उपस्थितिमा गणतन्त्र नेपाल लेखियका २वटा ठुला केकहरु काटेर कार्यक्रम शुरु गरियको थियो ।थुप्रै संघ संथा का पदाधिकारि सहित नेपालि राजदुतावास बाट महामहिम श्री प्रवेस हमाल ज्यु को समेत उपस्थिति थियो ।साथमा चर्चित कलाकार हरु द्वारा लोक दोहोरि कार्यक्रम ले बनभोज लाइ रमाइलो गराउन अझ थप टेवा पुर्यायको थियो ।साथै म्युजिक को तालमा थुप्रै कला प्रेमि हरुले नाचेर आफ्नो कला प्रदर्सन समेत गरेका थिय । बर्स भरिको थकान मेट्न र सबै साथि भाइहरु संग भेट्न र रमाउन गरियको सो कार्यक्रममा अझै
आकर्सित गराउन उपस्थित सबैलाइ गोला प्रथा बाट प्रथम द्वितिय र त्रितिय पुरस्कारको समेत ब्यवस्था गरियको थियो । उक्त पुरस्कार क प्रायोजक श्री शहदेव गौतमले पुरस्कार बितरण गर्नु भयको थियो ।




July 1, 2008

The Freedom we never lost


We had Amar Singh Thapa, Bal Bhadra and many who fought for our sovereignty. We have read a lot of stories about them and may be a lot of their works have been undocumented. Being a tiny beautiful country, we were thought an easy target. But all the time our ancestors saved our country at any cost. Instead of adding strength to our sovereignty we are losing it day by day. We never felt how life looks like without freedom, is this only reason that nowadays we have direct impact from our lovely neighbors? To tell the truth, even we can not form the government without outsider blessing. To achieve the country’s premiership, one can do any kind of compromise. This is the irony fact that we are in undue pressure of the northern and southern power. Even to run the country, our premiers borrowed brain from their fellow neighbors. If we keep on continuing having this kind of slave brain in our leaders, one day the country with triangular flag will be a part of history like many countries which have already been and some of them are trying to be in that category.
We can not limit our warrior’s contribution in just a paragraph but this is just a patriotic thought in the eve of American’s Independence Day.
=> I got an email at the work how their freedom fighter met the fate for fighting for their country.

Only two people signed the Declaration of Independence on July 4th, John Hancock and Charles Thomson. Most of the rest signed on August 2, but the last signature wasn't added until 5 years later.
Have you ever wondered what happened to the 56 men who signed the Declaration of Independence?
Five signers were captured by the British as traitors, and tortured before they died.
Twelve had their homes ransacked and burned. Two lost their sons serving in the Revolutionary Army; another had two sons captured.
Nine of the 56 fought and died from wounds or hardships of the Revolutionary War.
They signed and they pledged their lives, their fortunes, and their sacred honor.
What kind of men were they?
Twenty-four were lawyers and jurists. Eleven were merchants, nine were farmers and large plantation owners; men of means, well educated. But they signed the of Independence knowing full well that the penalty would be death if they were captured.
Carter Braxton of Virginia, a wealthy planter and trader, saw his ships swept from the seas by the British Navy. He sold his home and properties to pay his debts, and died in rags.
Thomas McKeam was so hounded by the British that he was forced to move his family almost constantly. He served in the Congress without pay, and his family was kept in hiding. His possessions were taken from him, and poverty was his reward.
Vandals or soldiers looted the properties of Dillery, Hall, Clymer, Walalton, Guinett, Heyward,
Ruttledge, and Middleton.
At the battle of Yorktown, Thomas Nelson Jr, noted that the British General Cornwallis had taken over the Nelson home for his headquarters. He quietly urged General George Washington to open fire. The home was destroyed, and Nelson died bankrupt. Francis Lewis had his home and properties destroyed. The enemy jailed his wife, and she died within a few months.
John Hart was driven from his wife's bedside as she was dying. Their 13 children fled for their lives. His fields and his gristmill were laid to waste.
For more than a year he lived in forests and caves, returning home to find his wife dead and his
children vanished. A few weeks later he died from exhaustion and a broken heart. Norris and Livingston suffered similar fates.
Such were the stories and sacrifices of the American Revolution. These were not wild-eyed, rabble-rousing ruffians. They were soft-spoken men
of means and education. They had security, but they valued liberty more. Standing tall, straight, and unwavering, they pledged: "For the support of this declaration, with firm reliance on the protection of the divine providence, we mutually pledge to each other, our lives, our fortunes, and our sacred honor."
They gave you and me a free and independent America.
The history books never told you a lot about what happened in the Revolutionary War. We didn't fight just the British.
We were British subjects at that time and we fought our own government! Some of us take these liberties so much for
granted, but we shouldn't. So, take a few minutes while enjoying your 4th of July holiday and silently thank these patriots. It's not much to ask for the price they paid.
Remember freedom is never free!


अध्यारो बिहानी

मृदुल

बिहानी तारा अस्ताइ गयो उज्यालो पनि देख्नै नपाइ।
शहिद्को सप्ना ओझेल परे नया इतिहास् लेख्नै नपाइ॥


लोकतन्त्रको जग् हाल्दै आधीले सबै भत्काइ दियो।
निरंकुस अध्यारोमा जाकेर सधैंलाइ नै थच्काइ दियो॥
अन्गिन्ती आशाका फुलहरु फर्कनै नपाइ मुर्न थाले॥
शान्तीको स्वास फेर्नै नपाइ फेरी पनि जन्ता मर्न थाले॥


हक हित अधिकार खोस्यो स्वतन्त्रता कुनै भोग्नै नपाइ।
शहिद्को सप्ना ओझेल परे नया इतिहास् लेख्नै नपाइ॥
सतीको श्र्राप परेर होकी कहिलै माथी उठ्न सकेन।

निहित् स्वार्थको परिधि नाघी आफै भित्र जुट्न सकेन॥


उज्यालोको कठोर् प्रतिक्षामा जिन्दगी अब थाकी सक्यो।
सर्वभौमको बिहानीलाइ कालो बादलले ढाकी सक्यो॥
खिचातानी मै अल्झिय नेता अराजकत्ता छेक्नै नपाइ।
शहिद्को सप्ना ओझेल परयॊ नयाँ इतिहास् लेख्नै नपाइ॥




मेरो संसार

म बाचेको सँसारमा पानी छैन छ आगो मात्र
जलाउछ रुवाउछ छन बेदना र चित्कार मात्र

तिमीलाइ देखाउदिन म खुकुरिको धारको बाटो
हिड्दैछु म पिल्सिएर सधै आफ्नोहरुको साटो

तिमी नआउ मेरो सँसारमा त्यहाँ हाँसो हराउछ
रोजबरु अर्को बाटो जहाँ फूलहरु फुल्छ

आगोको भुम्रोमा हिडन बिन्ति नगर साह्रो
जलन सहि जीवन काट्न हुन्छ अति गाह्रो


- अशोक " खलान को मान्छे "
ड्राम्स्टाड जर्मनी


June 29, 2008

बहुला र "पागलहरू"

सानै छँदा एक दिन बुबासंग डिल्लीबजार तिर हिडिरहेको थिएँ । बिच सडकमा एकजना चर्को स्वरमा चोर औला ठाडो पार्दै बर्बराउँदै थियो “ … मलाई यो देशको राजा बनाईदिनु, म यो बाटो सुनको बनाई दिन्छु … …” बाटोमा हिडने सबै त्यहि व्यक्तीलाई हेर्दै हिडिरहेका थिएं।

सुनको भाऊ र राजनीति बारे क, ख, ग पनि जान्ने उमेर थिएन त्यो, तर सुन भनेको महङ्गो बस्तु र राजा भनेका जे पनि गर्न सक्ने व्यक्ति हुन भन्ने थाहा थियो ।

त्यस दिन घर फर्के पछि मैले साँझमा सबै परिवार भएको बेलामा त्यो दिउसो देखेको मान्छेलाई किन राजा नबनाएको भनेर प्रश्‍न गरें । मेरो कुरा सुनेर घरमा सबैजना गलल्ल हासें “धेत! त्यो त बहुला हो … ”

बहुलाको परिभाषा पनि राम्रो नबुझेकोले त्यस पछिका केहि दिनहरुमा मेरो मानसपटलमा त्यो व्यक्ति र उस्को आबाज गुञ्जिरह्यो … । मेरो बाल मष्तिष्कमा त्यसपछिका धेरै दिनसम्म बारम्बार यौटै कुरा आईरह्यो :- त्यो मान्छेलाई राजा बनाए पनि हुन्थ्यो नी !

आफ्नो बचपनाको बारेमा हाँसो लागे पनि त्यो ‘राजा बन्न पाए सुनको बाटो बनाउने मान्छे’ को भने मलाई पछिसम्म सम्झना छ ।

यथार्थको धरातलमा बसेर सोच्दा सुनको बाटो बनाउने कुरा असम्भब भए पनि त्यतिबेला बाटोमा हिंडने ठुलै मान्छे पनि उसका कुरा सुन्दै हिडेको याद छ मलाई । त्यो यौटा केवल कोरा कल्पना र पागलपन थियो … तैपनि तात्कालीन समयमा ‘राजा’ र ‘सुन’ शब्दले सबैको ध्यान खिचेको हुनसक्छ ।

सोच्दा सोच्दै मेरो मानसपटलमा फेरि त्यो बहुलाको बिम्ब र आबाजहरु घनिभूत भएर गुन्जन्छन, म अचानक फेरि आफुलाई डिल्लीबजारको त्यहि सडक छेउमा पाउँछु । त्यो बहुला आज पनि पूर्वबत आफ्नो “घोषणा पत्र” को पाठ गरेर कराउँदै छ “ मलाई राजा बनाईदिनु … म यो बाटो सुनको बनाई दिन्छु … …”

अहिले म मा बचपना छैन र मलाई उस्को त्यो सुनको बाटो बनाउने योजनाले पनि तान्न सक्दैन । मलाई थाहा छ त्यो बहुला हो र उसलाई आफुले बोलेको कुराको न कुनै ज्ञान छ न जिम्मेबारिपनको बोध ।

म त्यो बहुलालाई वास्तै नगरि बाटोमा अगाडि बढ्छु … तर अचानक बाटोको आर्कोतर्फबाट झुण्ड-झुण्डमा हुलका हुल मानिसहरु देखापर्छन । म बिस्तारै त्यो झुण्ड भएतर्फ बढ्छु, अगाडि भीडको बिचमा अलिकता अग्लो मञ्च बनाईएको थियो र त्यसमाथी एकजना व्यक्ति चोर औंला ठडाएर मच्ची मच्ची कराउँदै थियो “ मलाई भोट दिनुहोस् म यो टोलामा ढल बनाईदिन्छु, … बाटो बनाईदिन्छु … , पानीको समस्या समाधान गर्छु … … ”

हेर्दा हेर्दै मेरो आखाँ अगाडी चलचित्रका दृश्‍यझै गरि सबै घटनाक्रमहरु घुम्न थाल्छन्। हेर्दा हेर्दै त्यस्तै अरु धेरै जना ठाँउ ठाँउमा देखीन्छन् । कोहि २ बर्षमा मेलम्चिको पानी ल्याउने, कोहि ५ बर्षमा नेपाललाई स्विटजरल्याण्ड बनाउने आदि आदि । सबैले यथार्थीय धरातलमा कुनै पनि हालतमा पुरा गर्न नसकीने सपना बाँड्दै थीए । तर सफा लुगा लगाएको र यौटा यौटा झण्डा पनि समाएकोले सबैजना ति व्यक्तिहरुको कुरा ध्यान दिएर सुनेका देखिन्थे ।

म पुन झसंङ्ग हुन्छु र बास्तबिकतामा फर्कन्छु । मलाई अब देशका नेताहरुको अगाडि त्यो डिल्लीबजारको बहुला ‘पागल’ लाग्न छाड्छ ।



June 28, 2008

हप्ता हंगामा - रित्तिएको बरफ

टेन्सन पनि अनेक अनेक हुन्छन, पानि परे पनि टेन्सन नपरे पनि टेन्सन,हिउ परे पनि टेन्सन,नपेरे पनि टेन्सन। यस्तै भएको छ उत्तरी धुर्वमा(north pole) अहिले। बार्है महिना हिउले ढाकिने उत्तरी धुर्व यस पटकको गर्मीमा पुरै हिउ पग्लिने संभावना औलाइएको छ। उत्तरी धुर्व र आसपासका शहरमा जाडो न गर्मि जती बेला पनि हिउ पर्न सक्छ। हुन त मुस्तागं माथी ५,५०० मिटर को उचाइमा जेठ महिनामा हिउमा खेलेको मैले नि अनुभव संगालेको छु। त्यसैले होला नेपालका हिमाललाइ तेस्रो धुर्व पनि भनिने गरिन्छ। ति हिमालमा कहिले हिउ पर्यो कहिले परेन, कुन बरफ कति बर्ष पुरानो यस्ता याबत कुराहरु कन्चन आकास मुनी हुदै गर्छन, कसैको केही आपत्ती हुदैन। तर बर्षौं लगाएर उत्तरी धुर्वको अध्यन गरेका बैज्ञानीक भने यस पटकको आत्तिएका छन। सधै जसो बर्षो पुरानो बरफ जम्ने उत्तरी धुर्वमा यस पटक एक बर्ष पुरानो बरफ मात्र छ जुन गर्मि समयको अन्तिम सम्म पुरै पग्लने संभावना ५०% प्रतीशत छ। ७ बर्ष पहिले अहिलेको समयमा २ मिटर बरफ थियो भने यस बर्ष १ मिटर मात्र बरफ जमेको छ। पानिले जमिन भन्दा बढी ताप लिने र त्यो तापको असर सिधै हिउमा पर्ने हुनाले प्रिथ्वीको तापक्रम परिब्रतन उत्तरी तथा दक्षिणी धुर्बले सजिलै बताउन सक्छन।
यसरी हिउ नै सक्किनुको मुल कारण बढ्दै गएको प्रिथ्वीको तापक्रम तथा मौसम परिबर्तन हो।तर यसरी हिउ नै सकाउने अर्को कारण Arctic Oscillation पनि हो जसले उत्तरी धुर्वको हिउ पुरै सोरेर गर्मि समुन्द्र तिर लग्दछ। यसरी बरफ पग्लिनुले त्याहा भएका polar beer तथा seal बाच्न समस्या पर्छ भने पानीको उचाइ बढ्नुले खेती योग्य जमिन नष्टहुनुको साथै समुन्द्र छेउका शहर डुब्ने खतरा हुन्छ। तर यसको फाइदा भनेको पानि जहाजलाइ पनामा क्यानल नभइ सिधै उत्तरी धुर्वबाट जान सजिलो हुन्छ। यसका साथै प्रचुर मात्रमा तेल भएको उक्त भुभागमा तेलको उत्खनन गर्न पनि सघाउ पुग्ने छ।


June 27, 2008

विडम्बना-२

प्रयोगसिद्द विज्ञानका असफलताका कल्मषहरू बोकेर
भोक, रोग, हिंसा र आह्रिसले अंकूरित भाष्य घोकेर
एक धोक्रो रहर घिसार्दै मनगढन्ते गन्धे डहरमा
हिँडेको छु , नशालु मादकताको अनौठो झोल धोकेर।

कसैले मानोस् नमानोस् म नै सत्य हुँ, मन्त्र हुँ
कसैले ठानोस् नठानोस्, म नै सर्वोत्कृष्ट तन्त्र हुँ
म स्वतन्त्रता हुँ , म बन्देज हुँ अनि परिबन्द हुँ
म बिनास हुँ , संहार हुँ अनि आफ्नैको आफन्त हुँ।

म कानून, नियम र तिम्रो जीवनको परिभाषा हुँ
सत्य , असत्य, निर्क्योलको अकाट्य आदेशक हुँ
कानुन,, वकिल, जज साहेब, जल्लाद र डोरी हुँ
म सर्वभक्षी सन्त्रासको संबाहक बाबा अघोरी हुँ।

म परिभाषा हुँ, को असल अनि कमसल को?
म निर्णायक हुँ, विज्ञान को औ मिथक को ?
म शासन, प्रशासन र अनुशासन अनि दुस्सासन
म आधुनिक ब्रम्हाजीको वाक्य अनि संभाषण।

यसर्थ,

शब्दहरू, तिमीहरू मेरो खटनमा चल्नुपर्छ
आवाजहरू, मेरो आदेशले मूक वा बोल्नु पर्छ्
नियमहरू, मेरो फर्मानलाई सकारात्मक पढ्ने गर
जीवन, यो शास्वत सत्यलाई स्विकार्दै बढ्ने गर ! -सन्नाटा


June 26, 2008

हरियो घांस र मन्छिएको बोको

टाढा गाउंबाट बगरेले बोको शहरमा लग्दा निकै कलाकारिता अपाउने गर्छ। बथानबाट छुटाएर शहर लग्न बगरेले हिरयो घांस अगाडी देखाउदै देखाउदै शहर सम्म पुर्याउछ। त्यसपछी तान्दै काट्ने ठाउ सम्म पुर्याउछ। बोकाले वगरेको हरकत देखेर कराउछ। बोकाको अन्तिम बिनयलाइ सुने झै गरी बगरेले भगवानको नाममा पानी मन्छिन्छ। जब बोको पानिले भिझ्छ, टाउको हल्लाउछ अनि वगरेले बोको भगवानमा अर्पिएको ठानी तरवारले टाउको छिन्दछ। यो बगरेको पेशा हो, आफ्नो पेशा चलाउन सानो बोको, ठुलो बोको,दुब्लो बोको,मोटो बोको जे जस्ता छन देखेका जती केही बांकि राख्दैन।
यस्तै भएको छ नेपालको राजनिती। लडाईंमा समजधारी भए जसरी राजाले पार्टीहरुलाई सरकारको साचो सुम्पिए। साचो सधैं को लागि गुमेको गुमिसकेको थियो त्यसैले केही हप्ता पहिले शताब्दिऔं पुरानो राज संस्थाबाट ज्ञानेन्द्र बाहिर जादा आफ्नो पुर्खाको बखानको साथै आफ्नो अनुनय प्रस्तुत गर्दै पहाड उक्लिएका थिए। पक्कै पनि राजाको हरियो घांस सुकिसकेको हुनुपर्छ र पार्टीहरुले मन्छिएको पानीमा मुन्टो हल्लाउदै उनी नागार्जुन तर्फ उक्लिए। भर्खरै गिरिजाको पनि हरियो घांस सुकेछ, उनले पनि पानीले भिजेको टाउको हल्लाउदै सहमती भए झै गरी संसदमा प्रस्तुत भए।उनले पनि राजाको शान्ति पुर्ण बहिगर्मन,माओबादीको सहज अबतरणको बोके पुराण सुनाएका थिए। Ninties मा हिंडेका गिरिजाको पक्कै पनि यो अन्तिम premeirship हुनेछ।
के त्यसो भए माओबादी बगरे नै हो त? २० बर्ष पहिले फाट्ट फुट्ट नाम सुनएको पार्टीले सत्ता समाल्ने कुनै लक्षण नै देखेन। उसका पुर्खाका अनेकौं जुक्ति मध्य गाउबाट शहर घेर्ने निती लियो। भर्खर प्रजातन्त्र आएको नेपालमा जनताले के के नै होला भनेर मुख आं गरेर बसेका थिए भने पार्टीहरु प्रजातन्त्र जादूको छडी होइन भन्दै जनता नचाइरहेका थिए। उता जंगलमा गोला बरुदको अभ्यास हुदै थियो। एक जना खाटी कमरेड मेरा परम मित्र थिए। सुनकेस्राको कथा जस्तै लाग्ने माओबादीको कथा हासेर उडाउदा उनि निकै निर्धक्कका साथ भन्दै थिए, जब कुनै देशमा भर्खर परिबर्तन भएको छ, जनता सरकारसंग खुशी छैनन त्यो नि कम्नियुष्टहरुको उर्बर भुमी हो। साच्चै त्यसबेलाको नेपालको स्थीती त्यसतै थियो। उनको कुरा सुन्दा लाग्थ्यो माओबादीको बाटो सुन्स्चित छ। तर पनि उतीखेर माओबादीको बन्दुकले देश कब्जा हुन्छ भन्नु एउटा जोक जस्तै थियो। प्रखर भारत बिरोधी पार्टी बनेर माओबादी पार्टी गाउ गाउमा उत्रियो। भारती ट्रक देख्ने बित्तिकै आगो लगाउदै अन्तिमा भारतीय सेना संग लड्नु पर्छ भन्दै मान्छे बटुल्यो। सबैले देखिहाल्नु भयो, दिल्लिमा १२ बुदे सहमती गरेर माओबादी भारतीय बिस्तारबादलाइ कसरी पराजीत गर्यो। जब नेपाली सरकार निकै कमजोर भयो, माओबादी गिरिजासंग घाटी जोड्न आइपुग्यो। म छक्क पर्दै मेरो साथिलाइ सोद्थे, गिरीजा त माओबादीको नं १ शत्रु होइन र? उनी भन्थे एउटा शत्रुलाइ पराजी गर्न अर्को शत्रुसंग मिल्नु युद्दको आबश्यक्ता हो। त्यसबेला उनिहरुको मुख्य शत्रु नेपालको राज संस्था थियो। उनिहरुले भने झै गरी पार्टीहरु संग मिलेर राजासंगको युद्द माओबादीले जिते। मुख्य शत्रु पराजीत भइसेकेको खण्डमा अर्को शत्रु नै आफ्नो बाधक थियो, त्यो शत्रु थिए गिरीजा प्रसाद कोइराला। माओबादीको अगाडी गिरीजा एक महिना पनि टिकेनन र अन्तिममा सहमती र जनताको नाम जप्दै बोकोलाइ तरबारले छिने झै माओबादीले आफुलाइ माइनस गरेकोमा बिक्षिप्त हुदै गिरिजा सरकारबाट बाहिरिए। सायद गिरिजा हवल्दार नै रहेछन, साधारण माओबादी कार्यकर्ताले गिरिजा माइनस हुने कुरो बर्षो पहिला थाहा पाउदा पनि गिरिजा माइनस भएपछि मात्र थाहा पाए।


ककपिटमा निदाउने पाइलटहरु र आफै उड्ने जहाज

करिब १५ दिन पहिले जयपुर देखि मुंबईको लागि उडेको एअर इण्डियाको विमान मुंबई विमानस्थलमा अवतरण नगरी सोझै अगाडि बढ्यो, कारण ककपिटमा रहेका दुवै जना पाइलटहरु मस्त निदाइरहेका थिए । एअरपोर्ट भन्दा करीब १०० माइल अगाडि नै उचाइ कम गर्दै तल आउनु पर्ने विमान मस्त गतिमा उचाइमा उडिरहेको थियो । मुंबई एअरस्पेशमा पुगेको विमानले कन्ट्रोल टावरको निर्देशको कुनै रेस्पोन्स नगरी अगाडी बढेपछि टावरका कर्मचारिहरुले विमान अपहरण भएको अनुमान गरे । त्यसैले हाइ फ्रिक्वेन्सीबाट सेलेक्टिव कलिङ गरियो । चर्को आवाज पछि ककपिटका पाइलटहरुको निद्रा खुल्यो र गोवा नजिकै पुगिसकेको विमानलाई फिर्ता मुंबई ल्याएर सकुशल अवतरण गराए । धेरै घंटा लगातार काम गरेका कारण र अनशेड्युल/आकस्मिक ड्युटीका कारण थाकेका पाइलटहरुले विमान "अटो पाइलट“ मोडमा राखी ककपिटमा निदाएका थिए ।

स्रोत: भारतीय पत्रिकाहरु


June 25, 2008

सिनोमै अडकिदो रछ

सिनोमै अडकिदो रछ गिद्धहरुका आँखा
भन्किनु के अचम्म भो र फोहोरमा माखा

लालिगुरास नफुलेको खाली सिउदो छामी
बारुद बिझेर रोइराछ उजाड त्यो पाखा

सदभाबको बिउ थियो कि आगोको घिउ
अतिक्रमणमा चेप्पी रछ कठै! बुद्धका भाखा

बली बली आयो कि कली,छली कै ढलिमली
निर्धालाई नर्क सुनाउछ चित्रगुप्तको शाखा

चिसो चुलो धुवाउनु नधुवाउनु के भो र
हुनेकै बैबभ नहुनेलाई को भन्छ ला खा

June 24, 2008

शहिद

- मृदुल

शहिद भय कसरी इतिहाँस पल्टाइ हेर
काँचुली फेरेन देशले बलिदान गयो खेर

हाँसी हाँसी शहिदले मृत्यु बरण गरे
दरिद्र सत्ताको सामु संधैं ओझेलमा परे

काँचुली फेर्नलाइ देशको जिवन भेटी दिए
अरुको सुखका लागी आफुलाइ मेटी दिए

न हटयो निरंकुस्ता यहाँ न आयो बिहानी
झन झन अलमल्लियो भबिस्यको कहानी


June 23, 2008

हप्ता हंगामा - एक सिंगे भमरा

जे मा पनि टप टेन। गित पनि टप टेन, मिस वर्लड पनि टप टेन, फिलीम पनि टप टेन, हुंदा हुंदा किरा फट्याग्रां को पनि टप टेन। हालसालै नया जिवाणुको उत्पतीमा टप टेन निकालिएको थियो जसमा सन २००७ मा पत्ता लगाइएका मध्य सर्बोत्क्रिष्ठ रुख तथा जनावरको नाम निकालिएको थियो। अच्चम्मको,डरलाग्दो या सुन्दर जिवलाइ टप टेनमा राखिएको थियो जसमा एक सिंगे भमराले दोस्रो ठाउ ओगटेको थियो। ठ्याक्कै एक सिगें गैडाको टाउको जस्तो देखिन भमराको टाउको डिज्नीले १९९८मा बनाएको फिल्म A Bug's Life को पात्र "निलो गैडा" जस्तै मिल्दो जुल्दो छ। डुगां,जहाज आदी को आबिस्कार गर्दा मानिसले हांस, चिल आदीको नक्कल गेरका थिए भने यस पटक मानिसले बनाएको पात्रलाइ प्रकितीले पछ्छाएको छ।
पाचौ स्थान संसारकै तेस्रो बिषालु परिवारमा पर्ने Taipan सर्पले ओगटेको छ। अस्ट्रेलियामा भेटीएको यो सर्पले गर्दा अब सर्पले डस्ने थप दबाइ निकाल्नु पर्ने भएको छ।
सातौ स्थान ओगट्न सफल च्याउ भने वनस्पती अनुसन्धान गर्ने बेलायतकै विश्वबिध्यालय परिसरमा भेटीएको थियो।


यता उताबाट

विरोधको तरिका !
बर्लिन, जर्मनी

Berlin police officers protest for better working conditions by bathing in the Plötzensee (a water lake) in their uniforms. More than 100 officers participated in the union event held under the motto: "We're Up to Our Necks in Water." There were no arrests made at the protest.

हजुरआमाको करामत


दक्षिण पश्चिम जर्मनीको एउटा शहरमा एउटी ७२ वर्षकी सरकारबाट पेन्शन पाइरहेकी हजुरआमाले आफ्नो बगैंचाको चेरि, आलु, प्याज खेति संगै आफ्नो अपार्टमेन्ट भित्र गांजा उत्पादन गरिरहेकी रहिछन् । “हजुरआमाको घांस” नामले त्यस क्षेत्रमा प्रख्यात गांजा तिन जना युवाहरुले प्रति ग्राम ७।५० युरोमा खरिद गरी अन्यलाइ बेच्दा रहेछन । त्यो हल्ला पुलिसको कानमा पुगे पछि हप्ता दिन देखि पुलिसहरु गोप्य रुपमा इन्भेष्टिगेशन गर्दै रहेछन । एक दिन ८ जना पुलिस अफिसरहरुको टीमले बुढी बाहिर गएको बेलामा घर घेरा हालेर छापा मार्दा बुढी त भेटेनछन , बरु रमाइलो कुरा गांजा चोर्न भर्याङ हालेर चढ्दै गरेका बुढीको एकजना रेगुलर एजेण्ट र अर्को एकजना मान्छे र बुढी आमैको “गमला फाराम” र ३५० ग्राम गांजा फेला पारेछन् । फुर्तिली तर कान राम्रो संग नसुन्ने ( hearing aid प्रयोग गरिरहेकी) र आंखा राम्रो संग नदेख्ने हजुरआमालाइ पेन्शन र सबै सामाजिक सुरक्षा हुदा हुदैं के उपद्रो गर्न मन लागेको होला । अझ उनका अनुसार आफुले गल्ति गरेको छु भन्ने उनिलाइ थाहा थिएन रे !



June 22, 2008

देश

देश
मृदुल
अन्योल देखि देशको भाग्य मन मेरो धर्किएको छ।
कहिलै नसुलमुने मर्मले छाती मेरो चर्किएको छ॥

छातीमा कुल्चि शासन गर्छन शत्तामा जो आए पनि।
निंरकुस्तले गला घोटछन जस्तो कसम खाए पनि॥

अन्धकार देखी देशको भविस्य मन मेरो धर्किएको छ।
बिहानी कहिलै नहुने पिरले छाती मेरो चर्किएको छ॥

शहिदको बलिदान गरी स्वतन्त्रता फेरी कहिलै आएन।
उत्सर्ग जति गरे पनि शान्तीले देशमा कहिलै छाएन।


अन्योल देखी देशको भबिस्य मन मेरो धर्किएको छ।
कहिलै नसुलमुने मर्मले छाती मेरो चर्किएको छ॥



यन डि यफ बेल्जियमको गणतन्त्रिक लोकदोहोरि सांस्क्रितिक कार्यक्रम

- पुरुशोत्तम सुबेदि -बेल्जियम
यहि आगामि २९-०६-२००८ आइतवारको दिन नेपालि डेमोक्रेटिभ फोरम बेल्जियमको आयोजनामा- बेल्जियममा ब्रिहत वनभोजको साथै लोकदोहोरि सास्क्रितिक कार्यक्रमको तयारि भैरहेको छ । वेल-कम-टु रि पब्लिक नेपाल नामक सो वनभोज कार्यक्रममा झन्डै ७०० को हाराहारीमा पुरुस महिला र वाल वालिकाहरु उपस्थित हुने अनुमान गरियको छ । सो संस्थाले हरेक सहरबाट यातायातको लागि छेत्रिय आयोजकहरुले नै मिलाउने जनायको छ । वनभोज सुल्क युरो-१० र यातायात खर्च अलग लाग्ने पनि संस्थाले अबगत गरायको छ ।हरेक बर्स सबै नेपालिहरुको रमाइलोको लागि र नेपालि संस्क्रिति जोगाइ राख्न र नेपालबाट बिदेसियका कलाकारहरु लाइ प्रोत्साहित गर्नु पनि यस संस्थाको उदेस्य रहेको छ ।२०-०६-२००८ सुक्रवार सम्म २९१ टिकट बिक्रि भैसकेको र बिक्रि टिकट मध्य अत्यधिक टिकट महिलाहरुले खरिद गरेको थाहा भयको छ।र आगामि २५ जुन सम्म ५०० टिकट बितरण भैसक्ने पनि संस्थाका अधिकारिहरुले जनायका छन । र २९ जुन बिहान सम्ममा ७०० टिकट बितरण गरिसक्ने पनि संस्थाले जनायको छ ।ठुलो संख्यामा कार्यक्रममा मानिस हरुको उपस्थिति हुने भयको हुनाले संस्थाले ७० सदस्सिय कार्यदल चयन गरेको छ ।झण्डै सात सहरमा छरियर रहेका नेपालिहरु कार्यक्रममा जान वा ब्यवस्था मिलाउन निम्न नामावलि प्रकासित गरेको छ --लुभेन सहर बाट------- पुश्पराजअधिकारि-(०४९७५०७४९१)-पुरुशोत्तम सुबेदि(०४८६६२१३५६)-बोधराज पौडेल (०४९५१४३४७०)-नारायण अधिकारि (०४७४४३४५५३)- रबि अधिकारि(०४९७८३८८३६)-गोपाल सिंखडा(०४८६१६१२२१)-युबराज गुरुङ(०४९५४१५९२९)-किरण शर्मा कंडेल (०४७९७९८५१८)-सानो पुश्प अधिकारि(०४८५०८९४८१) बिस्नु तिवारि - -सियन चौधरि(०४८५११२०२१)-गोरख बहादुर अर्याल (०४९५१११६८०)-प्रकास घिमिरे (०४८६९८०५७२)-संकर गौतम - यशोदा सुबेदि -ससि गुरुङ –साबित्रि पौडेल.भगवतिअधिकारि(०४९६८२४२४१)-लगायत २१ सदस्सिय कार्य दल चयन भयको छ ।त्यस्तै यन्टवेर्पेन सहर बाट---सरु चापागाइ(०४८६९९३८४५)-क्रिश्न खतिवडा(०४८४७७६२४६)-केसव चापागाइ -तुलसिनाथ सुबेदि(०४८४९२१२११)-किसान के सि (०४९८४०७१६१)-किस्ण नेउपाने -दुर्गा गुरुङ्(०४९८८००९१६)-टिकाराम गुरुङ (०४८४१४५५३६)-इसा गुरुङ मुना ताम्राकार -शारदा अर्याल -बिनोद नेउपाने- भरत लामा -मुना के सि -देवि कार्कि -टंक गुरुङ- अर्जुन गुरुङ - बुद्धि बराल लगायत २१ सदस्सिय कार्यदल सक्रिय रहेको छ ।त्यस्तै ब्रुसेल्स सहर बाट ----प्रकास कार्कि(०४७४२४५५६८)-जितेन्द्र केसि(०४८६४४२६८७)-आक बहादुर लामा -देबि छेत्रि -इन्द्रप्रसाद चापागाइ -सिवराम ढकाल-राजु स्रेस्ठ-बिमल गिरि लगायत ११ सदस्सिय कार्यदल चयन भयको छ .त्यस्तै गेन्ट ओस्टन्डे र बुर्गेलाइ समेट्ने गरि ---अर्जुन दाहाल (०४८५११२८९१)-इन्द्र प्रसाद ओलि- मोहन रावत -रमेश पौडेल -हिमाल लुइटेल लगायत ११ सदस्सिय कार्यदल सक्रिय रहेको छ ।त्यस्तै सिन्त्रैदुन सहर बाट ---सिव कुमार बरुवाल-( ०४९८१४५८०३)-राजु छेत्रि लगायत ७ सदस्सिय ब्यवस्थापन कार्य समिति रहेको यन डियफ बेल्जियमले जनायको छ . सोहि कार्यक्रममा बिना पुर्वाग्रहि उपस्थित भै गणतन्त्रिक मनोरन्जन लिन समग्र बेल्जियम वासि नेपालि दाजु भाइ दिदी बहिनि हरुमा यन डि यफ बेल्जियमले बिनम्र अनुरोध गर्दछ । कार्यक्रम लाइ आकर्सण गराउनका लागि संस्थाले गोला प्रथा तरिका बाट तिनवटाआकर्सणपुरस्कारको पनि ब्यवस्था गरेको जनायको छ ।


June 21, 2008

Euro-Cup 2008:-युरो कपका गोलखाडी

फुटबल गज्जबको खेल, गोल गरे खेलाडी नगेर गोलखाडी। ९० मिनेट खेल्यो, सबैको वाह वाह बटुल्यो, लास्टमा अर्कोले फुस्स गोल छिराए उसको त के टिमकै करिस्मा एकै मिनेटमा हराउंछ। क्रिकेट र बेसबल जस्तो न त लम्बेतान हुन्छ न त एउटै टिमले पिट्छ। अझ त्यो भन्दा नि चिताउदै नचिताएको टिमले राज गर्न बेर लगाउदैन। त्यस्तै भयो यस पटकको युरोकप। लिग चरणमा गोल गरेर संख्या बटुल्नु पर्ने हुंदा अर्कै निती हुन्छ। त्यसैले नि होला, लिग चरणमा धेरै गोल देख्न पाइयो भने सोचेका या चिताइएका तगडा टिम क्वार्टर फाइनलमा पुगे। तर क्वाटर फाइनलमा भने हारुवा टिमहरुले चमत्कारनै गरे। हुन त अझै क्वाटर फाइनलको एउटा खेल बांकी छ, त्यसमा पनि गएका तिनवटा क्वाटर फाइनलको द्रिष्य नदेखिएला भन्न सकिन्न।
Euro-Cup 2008 मा चार समुहमा १६ टिम थिए। जसवाट लिग खेलाएर ८ टिमलाइ क्वाटर फाइनलमा लगिएको थियो।

Team A:
Portugal -6 points (winner)
Turkey - 6 points (runner-up)
Czechkoslovakia-3 points
Switzerland-3 points
Team B:
Croatia - 9 points (winner)
Germany - 3 points (runner-up)
Austria - 1 point
Poland - 1 point
Team C:
Netherland- 9 points (winner)
Italy-4 points (runner-up)
Romania - 2 points
France - 1 point
Team D:
Spain -9 points (winner)
Russia - 6 points (runner-up)
Sweden - 3 points
Greece- 0 point
एउटा समुहको winner अर्को समुहको runner-up संग भिडेका थिए। यसो गर्नको कारण winner टिमलाइ माथी जान सजिलो होस भन्नु हो भने runner-up लाइ अर्को पटक खेल्न मौका दिनु हो। तर यस पटकको क्वाटर फाइनलमा सबै runner-up ले मौकामा चौका हाने।
Team A को winner Portugal Team B को runner-up Germany संग खेलेको थियो। निकै प्रंशसिय खेल खेलेको Portugal जस्लाइ युरो कपको दाबेदारको रुपमा लिइएको थियो, फितलो खेल प्रदशर्न गरिरहेको Germanyलाइ सजिलै जित्ने आकलन गरिएको थियो तर उक्त आकलनलाइ मिथ्थया साबित गर्दै Germany ३-२ को झिनो अन्तरल सेमी फाइनलमा प्रबेश गर्यो।
Team B को winner Croatia Team A को runner-up Turkey संग खेलेको थियो। हुन त Croatia र Turkey दुबै नब चमत्कारी टिम हुन तर क्रोएसीयाको थप चमत्कार भनेको लिग चरणमा सबै खेलमा जित हांसिल गर्नु हो। खेल निकै घमासान भए पनि ९० मिनेटको खेलमा कुनै तर्फबाट गोल भएन। थपिएको इन्जुरी टाइममा १-१को बराबरी भयो जसमा म्रिगौला प्रतयारोपण गरेका Croatiaका क्लासनिकले गोल गेरर इतिहांस रचेका थिए। तर पेनाल्टी सुट आउटमा Turkeyले ३-१ को अग्रता हासील गर्दै सिमी-फाइनलमा प्रबेश गर्यो।
Team C को winner Netherland Team D को runner-up Russia संग खेलेको थियो। टिम डि बाटै बाहिरिने हो कि भन्ने शंकामा रहेको Russia लिगमा हार नबेहोरेको ९ संख्या बटुलेको Netherlandसंग सजिलै पराजित हुन्छ भन्ने सबैले सोचेका थिए। अहिले सम्मै युरो कप २००८मा सब भन्दा बढि गोल गर्न सफल Netherland युरो कप २००८ को शस्क्त दाबेदार नै थियो। तर रसियन टिमले ३-१ को ठुलै अन्तरले डचहरु माथि धावा बोल्दै सिमि फाइनलमा प्रवेश गरे।
भोली Team D को winner Spain Team C को runner-up Italy संग खेल्दै छ। धेरै गोल गर्नेEuro-Cup 2008मा दोस्रो स्पेन लिग चरणमा कसै संग पनि हार खान परेको छैन। प्रंशसिय खेल खेले पनि थोरै अंक र झिनो गोल बटुलेको Italyको बलले Spain भन्दा बढी नेट चुमे आश्रर्य नमाने हुन्छ!

गणतान्त्रीक राजाको न्याय

कथा, ईतिहासमा पढेको थिएँ, कुनै जमानामा गल्ति गर्ने वा अपराधिलाई राजाको अगाडी उभ्याईन्थ्यो रे अनि राजाहरु आ-आफ्नो हिसाबले मनमा लागेको सजाय दिन्थे रे । न पुलिस, न प्रशासन, न कानुन, न अदालत, बस उनले जे जस्तो दण्ड-सजाय दिन्थे त्यहि सहि हुन्थ्यो ।

तर त्यो जमाना गयो र अहिले कानुनी राज्य छ भनेर यदि तपाई सोच्नुहुन्छ भने त्यो गलत हुनेछ । हो! हामिकहा अब राजतन्त्रको भने अन्त्य भैसकेको छ तर … “छोटे राजतन्त्र” भने झन मजबूतिका साथ स्थापित हुदैंछ।

कुरो केहि दिन अघिको हो, समाचार त हामि सबैले पढी सकेका छौं, हाम्रा छोटेराजा अर्थात वन तथा भू-संरक्षणमन्त्रीले एकजना “भ्रष्ट” लाई कार्यालयकै शौचालयमा थुनेछन् ।

यहा प्रश्न यो होईन की, ति एल. डी. ओ. साँच्चै भ्रष्ट थीए की थिएनन्, मुख्य कुरा के हो भने यदि ति भ्रष्ट नै थीए भने पनि यसरी सामान्य शिष्टता समेत नराखी र कानूनको खिल्ली उडाउने गरी तिनलाई यो तमासे सजाय दिने अधिकार हाम्रा छोटेराजालाई कुन संबिधान वा कानूनले दिएको छ? ।

भ्रष्टाचार रोक्ने वहाको चहना हो भने हामि सबै त्यसको स्वागत गर्छौ तर यो जगंलि पाराले ‘भ्रष्टाचारीलाई थुनेर भ्रष्टाचार रोकीन्छ र? फेरी ति व्यक्ति भ्रष्टाचारी हुन होईनन् भन्ने निर्णय गर्ने अदालती अधिकार यौटा व्यक्तिमा आउने कानून नेपालमा कहाँ छ?

‘भ्रष्टलाई थुनेकै हो, अरूलाई पनि थुन्छु’ भन्दै केही पत्रीकामा त्यस घटना पछि उनले दिएका बहादुरीपूर्ण बक्तव्यले यो देखाउँदै छ की,यसरी कुनै व्यक्तिलाई आर्को व्यक्ति “भ्रष्ट” छ भन्ने लाग्ने बित्तिकै आफ्नो मनमानिपूर्ण सजाय दिने प्रथा शुरु गरेर माओबदिहरुले फेरी एक पटक नेपाललाई जंगलि राजतिर डोर्‍याउने संकेत गरेकाछन। जहाँ फेरी पुलिस, प्रशासन, कानुन र अदालतको कुनै दरोकार रहने छैन, सब छोटेराजाहरु आ-आफैमा स्वयं पुलिस, प्रशासन, कानुन र अदालतको पर्याय हुनेछन ।

मन्त्री जस्तो पदमा पुगेका नेताको यो मनोवृति छ भने सजिलै अनुमान गर्न सकिन्छ सामान्य कार्यकर्ता वा पार्टि सदश्यको सोच र स्तर कस्तो होला।

पटक-पटकको उपद्रो र विभिन्न विवादका कारण वाई. सि. एल. बदनाम भै रहेको अबस्थामा जनताहरु सोच्थे, यो केवल केहि तल्ला तहका कार्यकर्ताको स्वविबेकले निम्त्याएको समस्या हो र उच्चस्तरका नेताहरु नीतिगत विषय, पदिय आचरण र जिम्मेबारिपनमा संयमीत र अनुशासित छन। तर यो भ्रमको पनि अन्त्य भएको छ यो “शौचालय काण्ड” पछि ।

जंगलि राजको मोडेलबाट उनिहरु अहिले पनि गतिशिल छन र तल्ला तहका कार्यकर्ता देखि उच्च तहका नेताहरु पनि आफूलाई गणतन्त्रका ‘राजा’ ठान्छन । ढिलो-चाँडो माओबादि बृत्तबाट यो गणतान्त्रीक राजाको भुत उत्रेको जाति हुनेछ माओबादिलाई, होईन भने २४० बर्षको ईतिहास बिलय हुने ठाँउमा १२-१५ बर्षको धुमिल ईतिहास बोकेको माओबादिको वर्तमान कति दिन टिक्छ होला समयले नै बताउनेछ ।



June 20, 2008

युरो कप २००८

झण्डै वर्ल्ड कप जस्तै sensational र competitive हुने युरो कप फुटबलको सन्दर्भमा केहि प्रसंगहरु ।

जर्मन चांसलर डा. एन्जेला मर्केलको फुटबल क्रेज

राम्रा खेलाडिहरु हुदा हुदै पनि झण्डै लिगबाट बाहिर हुने अवस्थामा पुगिसकेको जर्मनीको अष्ट्रियासंगको खेल हेर्न युरोपियन युनियनको बैठकबाट सिधै गएकि एन्जेला मर्केलले खेल समाप्ति पछि समय भए पोर्चुगलका राष्ट्र प्रमुखसंगै सो देशसंगको क्वार्टर फाइनल हेर्न आउने कुरा च्यानलहरुलाइ बताएकि थिइन । तर इ. यु. को बैठक नसकिएकाले र बैठकका सहभागीहरुले टी भी बाट पनि खेल हेर्न नपाएका कारण जर्मन सरकारका प्रवक्ताले कुन कुन खेलाडिहरु मैदानमा खेल्दैछन, कति गोल भयो इत्यादिको बारेमा प्रत्यक क्षण एस एम एस बाट आफ्नो राष्ट्र प्रमुखलाइ जानाकारी गराइरहेका थिए ।

उत्कृष्ट मार्केटिङ वा अन्डरइष्टिमेसन ?

जर्मनीको एउटा इलेक्ट्रोनिक मार्केट चेन „Media Market“ ले मे र जुनमा एउटा स्कीम ल्याएको थियो : युरो कपको फाइनलमा जर्मनीले गरेको प्रत्येक गोलको सय युरोका दरले सो मार्केटबाट ५०० युरो भन्दा बढी मुल्यका सामान खरिद गर्ने ग्राहकलाइ रकम फिर्ता दिइने । टाइ ब्रेकर पेनाल्टी शुट आउट बाहेक अन्य गोलमा लागु हुने उक्त योजनामा ५ गोल जर्मनीले गरेको खण्डमा ५०० युरो नै फिर्ता हुनेछ !

कतिले यसलाइ जर्मन टीम कमजोर भएकोले यस्तो मार्केटीङ आएको हो, जर्मनी फाइनलमा पुग्न सक्दैन भन्ने हिसाबले लिएका थिए । तर एकाएक पोर्चुगल संगको खेलले त्यो शंकालाइ शंकास्पद बनाइदिएको छ भने अर्कोतिर जर्मनीको फाइनल यात्रा तुलनात्मक रुपमा सजिलो पनि छ। यसले सेमि फाइनलमा टर्की या क्रोयसियासंग खेल्नु पर्नेछ ।

अब लगभग ५०० वटा शो रुम रहेको Media Markt ले ३ हप्ताको अवधिमा बेचेको लाखौं युरोको प्रति गोल १०० युरोको दरले चुकाउन पर्छ, पर्दैन हप्ता दिनमा नै थाहा हुनेछ । स्मरण रहोस यस अवधीमा असंख्य प्लाज्मा, एल सि डी टी भी लगायतका सामानहरु बिक्रि भएका छन ।


Importing Goals at Euro 2008

Europe is a continent shaped by migration. Nowhere can that be seen more clearly than on the football pitch. So far in this year's tournament (league match), almost 30 percent of the goals have been netted by foreign-born players.

A glance at the squads shows that this is hardly a statistical anomaly. The Turkish team boasts five foreign-born players, including Colin Kazim-Richards, originally of England. Portugal also has five. Croatia and France have seven each. And four of the five strikers on the German national team were not born in Germany. (The fifth, Mario Gómez, has a Spanish father.) Only four teams -- Romania, Czech Republic, Netherlands and Russia -- don't have a single foreign-born player in their squads.



दौंतरीहरुलाइ फुटबल लाइभ लिंक
पे चेनलहरुको कार्टलिङले तपाइ बसेको देशलाइ खाइसकेको छैन भने निशुल्क लाइभ युरो कप तलको साइटबाट हेर्न सकिन्छ :
http://www.ard.de/ (Turkey-Croatia)
http://www.zdf.de/ (Holland-Russia)


June 19, 2008

टी टाइम

Enjoy if you like !!

संता र बंता
संतालाई दुखी देखेर बंताले सोध्छ
बंता : क्या हुआ दोस्त ?
संता : यार , एक दोस्त ने प्लास्टिक सर्जरी के लिए 1 लाख रुपये उधार लिए थे , अब उसे पहचान नहीं पा रहा हूं !!

संता र बंता
संता- तुम कहां पैदा हुए थे ?
बंता – पंजाब
संता – विच पार्ट ?
बंता – ओए पार्ट-वार्ट क्या कर रहा है, मेरी पूरी बॉडी वहीं पंजाब में पैदा हुई थी।

संता पुत्र
संता को सर्दी लग गई , रजाई में भी कांप रहा था तो बेटे से डॉक्टर बुलाने को कहा।
डॉक्टर ने फोन पर उससे पूछा क्या हुआ है।
संता का बेटा बोला , बीमारी का तो पता नहीं पर बापू सवेरे से वाइब्रेशन मोड पर चला गया है।

मुन्ना भाई र सर्किट बीचको कुराकानी
सर्किट : भाई , अगर बिना दांत के कुत्ते ने काटा तो क्या करने का ?
मुन्ना भाई : बोले तो एकदम सिंपल है , बिना सुईका इंजेक्शन लगाने का...


दानी शराबी

एकजना जड्याहा नेत्रदान गर्न अस्पताल जान्छ ,

अस्पतालमा क्लर्कले सोध्छ :जिसकी आंखोंको तुम्हारि आंखो से रोशनी मिलेगी , उसके लिए कुछ कहना चाहते हो ?
शराबी : जिसे भी लगाओ उसे बता देना कि यह (आंख) दो पैग लगाने के बाद ही खुलती हैं...

विभिन्न स्रोत हरुबाट सिधै कट एण्ड पेस्ट, आफ्नो केवल समय र कट पेस्ट बाहेक कुनै योग-अयोगदान वा संलग्नता छैन।


June 18, 2008

गनतान्त्रिक कबिता

गनतन्त्र नेपाल
- मृदुल

राजनीति नजानीकनै राजनीति गर्नेहरु………………………मुर्दाबाद!
माया भन्ने नै नबुझेर मायागर्न खोज्नेहरु……………मुर्दाबाद!
स्वतन्त्रता नबुझेर प्रजातन्त्रको वकालत गर्नेहरु………मुर्दाबाद!
नुनिलो बिनाको नुन बेच्नेहरु ………………………मुर्दाबाद!
पिरो बिनाको खुसा्रनी बेच्नेहरु……………………मुर्दाबाद!
रंगबिनाको रंग बेच्नेहरु ………………………मुर्दाबाद!
सान्तीमा असान्तीको मिसावटको गर्नेहरु ……………मुर्दाबाद!
पेट्रोलमा मट्टितेल मिसाउनेहरु……………………मुर्दाबाद!
महमा सख्खर मिसाउनेहरु……………………………॥मुर्दाबाद!
घिउमा चिउरी मिसाउनेहरु…………………………… मुर्दाबाद!
चामलमा ढुगा मिसाउनेहरु……… …………………… मुर्दाबाद!
प्रेममा धोका मिसाउनेहरु ……………………………मुर्दाबाद!
हिरामा शिसा मिसाउनेहरु……………………………मुर्दाबाद!
मोइ माग्दा कमेरो दिनेहरु…………………………मूर्दाबाद!
आगो माग्दा खरानी दिनेहरु……………………मूर्दाबाद!
फूल माग्दा काँडा दिनेहरु………………………मूर्दाबाद!
रगत दिदा मृगौला साटनेहरु…………………मूर्दाबाद!
म्वाइ खान दिंदा जिव्रो थूत्नेहरु… ……………………मूर्दाबाद!
हाद दिंदा कूइनोसम्म निल्नेहरु… ………………मूर्दाबाद!
जूका भएर चूस्नेहरु………… ……मूर्दाबाद!
सर्प भएर डस्नेहरु ……………………मूर्दाबाद!
अरु भन्दा आफुसंग धेरै धन होस भन्नेहरु……………मुर्दाबाद!
अरु भन्दा आफुसंग धेरै जमिन होस भन्नेहरु … …मुर्दाबाद!
अरु भन्दा आफुसंग धेरै सम्पती होस भन्नेहरु … …मुर्दाबाद!
अरु भन्दा आफुसंग धेरै अधिकार होस भन्नेहरु… ……मुर्दाबाद!
अरु भन्दा आफनो नाम चलोस भन्नेहरु………………मुर्दाबाद!
अरु भन्दा आफनो शत्ता टिकोस भन्नेहरु… ……………मुर्दाबाद!
अरु भन्दा आफनो हैसियत बढीहोस भन्नेहरु… मुर्दाबाद!
अरु भन्दा आफनो हैकम चलीरहोस भन्नेहरु… मुर्दाबाद
अरुलाइ दास आफुलाइ मालिक ठान्नेहरु.........मुर्दाबाद!
अरुलाइ कार्यकता्र आफुलाइ नेता ठान्नेहरु........मुर्दाबाद!
अरुलाइ तीतो आफुलाइ मिठो बाँडनेहरु … मुर्दाबाद!
माछा मिठो माछाको काडा तितो भन्नेहरु … मूर्दाबाद
देशलाइ भिषारी बनाएकोमा नै गर्व गर्नेहरु …………मुर्दाबाद
देशको भाग्यमा दरिद्र लेखाउनेहरु ……………………मुर्दाबाद
गरिवी र संकटको पराकाष्टामा पुरयाउनहरु। ………मुर्दाबाद
चेतनाको ढोका बन्द गर्नेहरु……… …………………मुर्दाबाद
मारेपछि पछुतो गर्ने राजनीतिज्ञहरु …………………मुर्दाबाद
दुखमा गोहीको आँशु झार्नेहरु………………………मुर्दाबाद
हात बाँधेर खुट्टा फुकाइदिनेहरु ……………………मुर्दाबाद
कुमारीमै आमा बनाउनेहरु ……………………… मुर्दाबाद



June 17, 2008

गजल ,बुवालाई घर सल्लाह

जपतपको बेला भो बुवा,मोह धेरै हुर्काउन हुन्न
हठ छाडे हामी चलाऊछौ घर धेरै घुर्काउन हुन्न

मिठो मसिनो सबै चपाकै हो, र्याल के लाई चुहाउनु
स्वाद बाँकी होला र हड्डिमा? आशु धेरै तुर्काउन हुन्न

पल्ला घरे दाइले उचालेको भरमा भडकिएर तेसै
आबेगमा आँफै घंटिमा लगाइ पासो सुर्काउन हुन्न

सिङौरी खेल्ल्न नि सिङ चाहिन्छ अबता अती भो
अलिकती भए नि बचेँको इज्जत बेर्थै खुर्काउन हुन्न

होशको कुरा केही हुन्न बर्बराउनथाल्नु भको छ
सुकेको जिउले थेग्दैन भार मन धेरै फुर्काउन हुन्न


June 15, 2008

गजल - धेरै साधु

धेरै साधु भए यहाँ बुद्दका आखा फुटाउनेहरु
बाटो छेकी हास्छन आमाको काख लुटाउनेहरु

दु:खका दिन सुखमा साटछु भन्दै कती आए यहाँ
मखमलको डस्ना देखाइ भुसमा सुताउनेहरु

बन्दुकले भबिष्य लेख्छ रे भनी कलम लुकाउदै
नारी हक भन्छन सिउंदोको रंग छुटाउनेहरु

पसिना माग्ने हातहरु रोइरहेछन श्रम रोप्न
पलायन भए गिदी भका,बाकी घर फुटाउनेहरु

राम राम भन्ने हराम भए रे,सुनिदैछ अचेल
जालझेलमा अलमल्लिए भरोसा जुटाउनेहरु


June 14, 2008

स्वयम्भूका आँखामा आँशु

- अशोक " खलान को मान्छे "
ड्राम्स्टाड जर्मनी

स्वयम्भूका आँखा शान्तीले लोलाएको छैन यतिबेला
स्वयम्भूका आँखाका त्राशले लोलाएको देखिन्छ यतिबेला
सत्यलाई अफिमको नशा मान्ने गिभ्रमित जमात देखी
स्वयम्भूका आँखा त्रश्त यतिबेला लाठेहरु देखी
नपत्याए हेर ति नेपाली आँखामा जो घर भएर पनि
सर्बहारा भएका छन सर्बहाराका हातबाट सबै हुँदा हुँदै पनि
जो श्रमको श्रीजनामा रमाउदा रमाउदै पनि
मी दिवश मनाउने हरुको जमातबाट खेदिएका छन लोकतन्त्रमा पनि
स्वयम्भूका आँखा त्रश्त देखिएका छन यती बेला
जिउदो मान्छे पोलियो बुद्द जन्मभुमी मा
न्याय कसले दिन सक्छ मेरो बुद्द लाई
भनु के म बन्दुक ले न्याए गर्छु भन्ने लाई
पञ्चशिलका आदर्श हरु जो पुर्खाले बनाएका थिए
सब च्यातिदै गयो निर्दई बाट जो हर जन का थिए
शिरमै टोपी लगाई सपुतहरु बर्खी बार्न बिवश छन यहाँ
अझ कती बर्ष डरको बर्खी बार्ने हो यहाँ
कलिलो दिलबहादुरको लाश माथि राजनीति मोहोर लादेर
अनी पाशविकता साथ बलराम र नन्दलाल माथि प्रहार गरेर
सुधखोरका बिल्ल भिराएका हुन क्रान्तिकारी हरु ले
न्याय क्षेत्र गोर्खामा अन्यायको बिजरोपे जालसाच
अहिलेत त्यो बिज झाङिएको व्रीक्ष भई फलदिन थालेछ
श्यामसुन्दरको रगतको साटो ४० हजार मत पाएछ
स्वयम्भूका दुई आँखामा तब त आशु देख्दै छु
बन्दुक विजय संग सँगै म सम्पूर्ण रुपले पराजित हुँदै
क्रमश घर बाट बेघर हुँदै सम्पूर्ण ईतिहासमा पूर्णबिराम लाग्दा
यति बेला मैले सम्पूर्ण देशबासी लाई साधुबाद दिन नसक्दा
प्रजातन्त्र को छिप्पिन लागेको बैश बलत्कार गर्ने हरु त
क्रान्तिकारी भिरु भईसके दिग्भ्रमित छन बुद्दहरु त
बोधिसत्व सम्पूर्ण बन्धन देखी को मुक्ती हो
स्वयम्भूका लोलाएका आँखा देख्नु बोधिसत्व खोज्नु हो
बोधिसत्व अब क्रान्तिकारी भिरुहरुको चालवाज उद्द्घोशमा खोज्नु पर्ला
बोधिसत्व क्रान्तिकारीहरु को भुमरिमा खोज्नु हो
बम पड्काउने हरु लाई शान्ती क्षेत्रको उदघोषणमा
राष्ट्रपिता बनाउने सपना सगाल्दै छन देशमा
म मेरो पिता लाई त्यो पुरानो कुर्चिबाट बन्चित गरी
बेघर गरेको निरही भएर हेर्दै छु अचम्ममा परी
यतिबेला स्वयम्भूका दुई आँखा शान्तीले लोलाएका होइनन
माकुराको फोहोर जालो टाङिएर आसुँ झरेको जस्तो देखिएको होइन ।।।


सहमति भित्र असहमति



सहमति भित्र असहमतिले गांजियको संघिय गणराज्य
- औंसिको रात-निभेको लाल्टेन-भिरको बाटो -
- पुरुशोत्तम सुबेदि -बेल्जियम
भारतिय यक चर्चित पुराना गायक मोहम्मद रफिक ले य उटा हिन्दी गजल मा भनेका छन -
नतो कारवां कि- तलास है-----
नतो हम सफर कि- तलास है --

आखिर कुरा त्यस्तै भयो नेपालि राजनितिको जोडघटाउ गर्दा यस्तो छ कि जातियता लाइ प्रस्रय दिने जुन कुनै संगठनले गणतन्त्र समाल्न सक्ने स्थिति हुदैन ।यहां यस्तै भयको छ कि ४ जात ३६ बर्ण लाइ ३६ जात ७२ बर्ण मा रुपान्तरित गरियको छ ।जसले गर्दा नेपाल का सबै जातिहरुको माग पुरा हुन सक्ने छैनन ।सबै जनताको समस्या लाइ य उटै संझेर गणतन्त्र लाइ संथागत गरेमा मात्र गणतन्त्र संथागत हुन सक्ला।माथिको हिन्दी कथनले यहि दर्सायको छ ।
न त्यहि गाडि- बयल ठेला -कार -जहाजमा चढ्ने भन्ने थाह छ ----- न त त्यहि ठाउं मा पुग्ने निधो छ भन्ने कथन आज नेपालका राजनैतिक पार्टि हरुको स्थिति भयको छ।ाफ्नो खुट्टा मा उभिन नसक्ने र राजतन्त्र कै पक्षपोसण गरेर धानियको कांग्रेस संग हुबहु हातेमालो गर्दै आयको यमाले को पनि नेत्रित्व पंति को मनमोजि ले गर्दा नेपाल मा उग्र बाम पन्थि भड्काव चर्किदै गयको छ । माल पायर चाल नपाउने कांग्रेस को अगाडि नेपालि कम्युनिस्ट हरु पनि त्यस्तै पाखे र पछौटे पनका कारण मुल बाटो पहिल्याउन सकिरहेको देखिदैन ।यका तिर २४० बर्से ताना शाह फाल्यौ भन्दै कुर्लिदै हिन्दै छन भने उनै मान्छे हरु मनमनै २४० बर्स खाइ पाइ आयको अधिकार आफ्नै हात बाट फुत्कायौ भन्ने पछुतो मानि रहेको अबस्था छ ।नेपालमा गणतन्त्र हांक्न सक्ने अैडोलोजि भयको नेताको अभाब देखिन्छ ।किन कि जातिय संगठन लाइ प्रस्रय दिनु भनेको देशमा अनाबस्यक दुन्द भद्काउनु हो । ४ जात ३६ बर्ण भनिने नेपालि समाज लाइ ३६ जात ७२ बर्ण मा बिभाजित गराइयको छ ।यसले अन्त्यमा जातिय हिंसा भट्काउने निस्चित छ ।अर्को तिर कुनै पनि नेपालि राजनैतिक सक्तिले छिमेकि रास्ट्र संग नजिक हुन सकिरहेका छैनन ।माओबाद लाइ मुल्धारमा ल्याउने बहानामा अंेरिकाले ठाडै हस्तछेप को खुल्ला राजनिति गरिरहेको अबस्था छ ।जति शुद र टिन संङ गला जोडेपनि आखिर ४० प्रतिसत तेलको भाउ घट्ने होइन ।गध्धि त्यागेर बाहिरियका राजा कै चर्चा परि चर्चा मै दिन बितेर गयको यस घडिमा कहिले कहां कुन किसिमको कानुन लेख्ने भन्ने कुनै निधो छैन ।यस्तै तरिकाले सहमति भित्र को असहमति हुने हो भने २ बर्स पछि देश ग्रिह युद्धमा नजाला भन्न सकिदैन ।यकातिर माओबादि ले जुन कुरा लागु गर्न सक्दैन त्यहि कुराको जिक्ग्रह गर्छ र जुन कुरा हुने निस्चित छ त्यसैको बिरोध गर्छ ।गिर्जा ले अंेरिका र भारत को अडान त्याग्न पनि भयको छैन ।भारतिय ९० नंबरको जर्दा पानको रिण अझै चुक्ता भयको छैन ।पंचायत कालमा भारतमा चपायको महंगो पानको रिण नेपालि कांग्रेस को खाता बाट कटौति गरिदै छ ।
यसरि आ आफ्नो डम्फु बजाउन मस्त रहेका दल हरुले देशलाइ निकास दिनुको सट्टा सहमति भित्रको असहमतिको गांठोमा अल्झियका छन ।यो पदिय भाग बंडा ले रुमलियका नयां नेपालका पुराना थोत्त्रे अनुहारले मल्लिक आयोग लाइ धोति लायर आफु चोखियका छन ।
यकातिर धर्म सापेछित देश लाइ निरुप्रेक्ष घोसणा गरेर झगडाको बिउ रोपियको छ भने अर्को तिर जातिक लैंगिक भासिक नारा अगाडि सारियका छन ।२१ सौं सताब्दिमा आयर नारि पुरुसमा भयको भेदभाब लाइ मात्र हेर्दा हुने बेलामा हजारौ समस्यालाइ कोट्याउनु भनेको गणतन्त्र लाइ उपयोग गर्न नसक्नु हो ।कतै माओबादि लाइ मुल्धारमा ल्यायकोमा कांग्रेस यमाले पछुतायका त होइनन? कतै माओबादि को सेफ लेन्डिंग लाइ ग्राउन्ड सांगुरो भयको त होइन? कतै राजा ग्यानेन्द्र संसद बिउंतायकोमा पछुतायका त छैनन ?
यिनै ३ राजनितिक दाउपेचले देश लाइ अधोगति तिर लैजांदै छ ।यस घडिमा नेपालि जनता औसिको रातमा निभेको लाल्टेन संग भिरको बाटो सफर गर्दै छन ।



गजल- रहर

मृदुल

अधरमा मन्द मुस्कान
बदनमा लालि जोवान
देख्न पाए पुग्छ मलाइ।
सौंन्दर्यको पृष्टभुमिमा
गाजुलु ति आँखाको भाव
लेख्न पाय पुग्छ मलाइ॥


सिउदोको त्यो गोरेटोमा
अनगिन्ती सपना बुन्दै
हिन्न पाए पुग्छ मलाइ।
दिलै देखि माया गर्ने
सिपनाकी ति रानीलाइ
चिन्न पाए पुग्छ मलाइ।
रेसमी पछयौरी ओडेकी
स्वर्गकी रुप्से परीलाइ
देख्न पाए पुग्छ मलाइ।
सौंन्दर्यको पृष्टभुमिमा
गाजुलु ति आँखाको भाव
लेख्न पाय पुग्छ मलाइ॥


संगै बाँच्ने अठोट गरी
हृदयको यो चोखो माया
साँच्न पाए पुग्छ मलाइ।
अग्नीलाइ नै साक्षी राखी
चखेवाको जोलि बनेर
बाँच्न पाए पुग्छ मलाइ।
सुन्दर गुलावी वैशमा
सिन्दुर पोते लगायकी
देख्न पाए पुग्छ मलाइ
सौंन्दर्यको पृष्टभुमिमा
गाजुलु ति आँखाको भाव
लेख्न पाय पुग्छ मलाइ॥



June 13, 2008

हप्ता हंगामा - मोटेको दुर्दशा

मोटोपन गजबकै कुरो हो। नेपालमा मोटो घाटोको शानै अर्कै छ। तर बिकशित देशमा भने कन्तबिजोग छ। मोटोहरुले जोडी गुमाउनु त सामान्य नै हो, पोहोर साल भारतमा मोटो भएकै कारणले इन्डियन एयरलाइन्सका कतिपय कामदारले जागिरनै गुमाए।

हुंदा हुंदा जापानमा त सरकारले नै जनतालाइ मोटोपन घटाउनु नत्र जरिवाना तिर्नु पर्छ भनेर उर्दि जारी गरेको छ। दुइ महिना अगी जापानीज सरकारले मोटोपन घटाउने एउटा कानुन ल्याएको थियो। जुन कानुनमा पुरुषको कम्मर ३३.५ इन्च भन्दा वढि र महिलाको कंम्मर ३५.४ इन्च भन्दा वढि भए मोटोमा गनिन्नछ। त्यस्ता मोटोलाइ तौल घटाउन तिन महिनाको समय दिइनेछ। तिन महिनामा खानपानको तरिका नमिलाए छ महिना पछि मोटोपन घटाउने शिक्षा दिइने छ। यसरी ४ बर्षमा १० प्रतीशत र ७ बर्षमा २५ प्रतीसत मोटोपन घट्ने जापानिज सरकारले आशा लिएको छ। मोटोपन घटाउदा मुटुको तथा डाइबेटिजका रोगी निकै घट्ने अनुमान लगाइएको छ। प्राय जनता सरकारी स्वस्थ सेवाबाट लाभावान्दीत हुने हुंदा स्वस्थको पैसा घटाउन नै सरकारले यस्तो निती लिएको हो।
तर ३३.५ र ३५.४ को निती नै लिने हो भने यस्ता मानिसको संख्या जापानको आधा भन्दा बढी छन। संसारमै दुब्लाहरुको देशमा गनिने जापानमा यस्तो कडा मापदण्ड कसरी पुराहुने हो, सोच्नैपर्ने बिषय बनेको छ। सरदर पुरुषको कम्मर ३९ इन्च तथा महिलाको कम्मर ३६.५ भएको अमेरीकामा यही नियम ल्याए त शत प्रतीसत जनता नै मोटोमा गनिने होलान!




June 12, 2008

पेट्रोलको भाउ बड्यो के गर्ने

नेपालमा पेट्रोलको भाउ रु १०० प्रती लिटर भएको छ। ५ बर्ष भित्र दोब्बर भएको पेट्रोल प्रयोग नगरे पनि सुख छैन। नेपाल जलस्रोतको धनी भएता पनि कतिपय पावर स्टेशन त डिजेलबाट चल्छन। पेट्रोलको को मुल्य ब्रिद्दिला ब्यंग गेरर एउटा इमेल आएको थियो। म त्यसलाइ प्रस्तुत गर्दैछु।
अब खनिज तेलको भाउँ बढ्यो भने के हुन्छ त ?
हवाई जहाजका प्वाख पलाउने भए




गाडीहरू ब्याट्रीले चल्ने भए


ट्याक्सी र कार हरू हावाको सहयोगले गुडने भए


यात्राको सवारी काले हुने भयो



मोटरसाईकलहरू १२ पाग्रेंले चल्नेभए

यदि पेट्रोलको मूल्य प्रति लिटर रू.१०० भयो भने



हट् हट् घोढी हट् हट् KAWASAKI घोढी हट् हट्





जाँदा जाँदै ज्ञानेन्द्र शाहका मनका कुरा

नेपाली राजनीतिले द्रूत रूपमा पेज पल्टाउने क्रम जारी नै राखेको छ । प्रतेक पृष्ठ पल्टिने क्रम संगै नया कथानक, तस्वीर अनि रहस्यहरू उद्घाटन हुँदैछन तापनि आख्यानाको अग्रगमन भने त्यति अप्रत्याशित नै भने छैन । घट्ना जुन रूपले घटिरहेछन्, तिनको चरित्र केलाउँदा ती नितान्त नया र अभूतपूर्व खालका भने छन् । गम्भीर भएर गम्यो भने, नेपाली इतिहासको बिगत डेढ देखि दुई दशकको अवधि घटनाक्रमहरूको गुणात्मक र परिणामात्क दुवै कसीमा सबैभन्दा अभुतपूर्व रह्यो भन्नुमा अत्युक्ति छैन भन्दा पनि हुन्छ ।

यही अवधिमा नेपालको इतिहासमै पहिलो पल्ट डेढ दशक लामो हिंसात्मक क्रान्तिको दौर चल्यो । साथासाथै संवैधानिक भनिएको राजतन्त्रको छत्रछायामा चलेका प्रजातान्त्रिक सरकारहरू बन्ने र भत्कने क्रम लगभग १५ वर्षे कालमा १५ पटक सम्पन्न भए र विश्व इतिहासमै दूर्दान्त ठान्न वा मान्न सकिने दरबार हत्याकाण्ड रहस्यात्मक रूपमा यही बेला सम्पन्न भयो । वंशवादी राजतन्त्रको अकस्मात उत्तराधिकार सम्हाल्न आइपुगेका राजा ज्ञानेन्द्रले ज्ञान वा अज्ञानतावस पहिले नै नाजुक मोडमा उभिएको राजतन्त्रलाई जनता र राजनैतिक दलसंगको मुठभेडको स्थितिमा ल्याएर उभ्याइदिए, फलत हिंसावादी बिद्रोहीहरू, कुनातिर धकेलिएका दलहरू अनि उपेक्षित गरिएको भनिएको छिमेकी मुलुक एक ठाउँमा उभिएर गणतन्त्रको एजेण्डाले मुलुकलाई संवोधन गर्दा संविधानसभा र राजतन्त्रको अवश्यम्भावी बहिर्गमनको बाटो तय भयो । अन्तत:, २४० वर्षे शाह राजाहरूको क्रम टुटाउने जस अपजस दुवै बोकेर राजाबाट रैतिमा घटुवा बनेका ज्ञानेन्द्र शाह हिजोदेखि नागरिक बनेको स्वघोषणा सहित नारायणहिटी छोडेर निस्किए । उनले बेलाको बोली पनि बोले । पूर्वाग्रह नराखेर समीक्षा गर्ने हो भने उनले बोल्न आवश्यक ठानेर पहिलोपल्ट मनका कुरा राख्न खोजेको प्रयासलाई सुन्दिनुमा कुनै अन्यथा हुँदैन, आफ्ना आग्रह, पूर्वाग्रह र दुराग्रहको नजरियाबाट एकैछिन पर उभिएर ।

ज्ञानेन्द्र शाहले नारायणिहिटीको कास्कि बैठकबाट पहिलोपल्ट पत्रकार सम्मेलनलाई सम्बोधन गरिरहँदा , 'मूर्दावाद', र 'बास्टर्ड' जस्ता शब्दहरू पृष्ठभूमिमा प्रष्ट सुन्न सकिन्थ्यो । यो केवल हामीबीच बाँचिरहेको हूंकार, अहंकार र घृणाको तस्वीरीकरण बाहेक केही हैन । किनभने कुरा सुनेर उसैको कुराको एजेन्डा समाएर हिँड्नु पर्ने वाध्यता कसैलाई नभएको परिस्थितिमा ज्ञानेन्द्र शाहलाई उनको कुरा भन्न रोकावट गरेर गाली र अवरोध सिर्जना गर्नेहरूले कुन लोकतन्त्रको श्रीगणेश गर्लान केवल समयले जवाफ देला ।

ज्ञानेन्द्र शाहले दरबार हत्याकाण्डदेखि उनको र दरबारको बारेमा चलेका वा चलाइएका अनेकौँ अफवाहहरूको जवाफमा केही भन्न खोजेको देखियो र ती कुराहरू भनेर उनले आफ्नो भारी मन पहिलो पल्ट हलुका पारेको अनुभव गरे होलान् । हुनत नितान्त एक्ला बन्न पुगेका ज्ञानेन्द्रले राजा बन्न खोजिरहेर पनि पाउने स्थिति बाँकि नभएको र उनलाई साथ दिने जुम्राहरु पनि उनको शरीर छाडेर कतै अन्यत्र गइसकेको यो परिस्थितिमा, मुस्काउँदै पत्रकार सम्मेलन गर्दै संविधानसभाको निर्णयलाई स्वीकार र गरेर श्रीपेच र राजदण्ड नेपाल सरकारलाई जतनसाथ 'बुझाएका छौँ' भनिरहँदा कता कता मन छोएको अनुभव भने भयो होला कतिपय स्रोताहरूलाई, मलाई जस्तै । यो अनुभव हुनुलाई र राजतन्त्रको आवश्यकताको दलील बनाएर सोच्ने पाखण्डीपन भने कसैले नगरून् ।यो नितान्त मानवीय कोणको अनुभूति थियो ।

शक्ति र जीवन दुवै सापेक्ष चीज हुन् । सम्पूर्ण अस्तित्व, आर्जन, जीवन, र दर्शन, भोग, साधन,सामर्थ्य, सबै क्षणभंगूर सांसारिकताका सांक्षी हुन् । जीवन हुन्छ , मृत्यु अपरिहार्य छ; हुर्कन्छौँ, बढ्छौँ , अजेय ठान्छौँ र एकदिन ढल्छौँ; महाविजयी ग्रीक योद्दाहरूका साम्राज्यहरू, रोमनहरू, तूर्कहरू र दुर्जेय बहादुरहरूका साम्राज्यहरू क्रमश: पतन भए । अलेक्जेण्डर दि ग्रेट, समुद्र गुप्त अनि सम्राट अशोक जस्ता अपराजेय ठानिएका योद्दा राजाहरूका वंशहरू आज कहाँ पुगे अत्तोपत्तो छैन । भारत स्वतन्त्र हुनुपूर्व विद्यमान अनेकौँ राजामहाराजहरू आज जनताको जिन्दगी बाँचेर नै मस्त रमाएका छन् , शान-शौकतपूर्ण जिन्दगी बाँचेका छन् । नेपाल कै कुरा गर्दा गोपाल, महिषपाल, किराँत, लिच्छवी, मल्ल कालहरू निश्चित समय अस्तित्वमा रहेर अन्त्य भए र अब शाह राजाहरूको युग ( विसं १८२५- २०६५ ) २४० वर्षे अवधि पार गर्दै अस्ताएको छ ।

जाँदा जाँदै ज्ञानेन्द्र शाहले देश र जनताका नाममा केही कामना छाडेका छन् , आँफूमाथि लगाइएका आरोपमाथि केही प्रतिवाद बोलेका छन् र आँफू देश छोडेर पलायन नहुने प्रतिवद्दता दोहोराएका छन् । एउटा नागरिकका रूपमा उनलाई यो गर्नबाट रोक हुनुपर्ने कुनै कारण छैन । तर पनि , उनकै शब्दमा 'आफ्नो रहरबिना नै जिन्दीका दुई विचित्र परिस्थितिमा राजा बन्न श्रीपेचका लागि टाउको थापेका' ज्ञानेन्द्र शाहले नेपाल मै बस्ने निर्णय गरेर अरू के के राजनैतिक विचित्रता अरू देख्ने भोग्ने हुन् हेर्न बाँकि नै छ । तर, नेपालमा अहिलेसम्म व्याप्त सम्पूर्ण खराबी, अफलता, तानाशाही चरित्रको दोषारोपण ज्ञानेन्द्रको बिगत ७ वर्षे राजअवधिको जिम्मा लगाएर, नेपाली राजनीतिका अरू सबै पक्षले आफ्नो दोष भागिदारीबाट छुट्टि लिन खोजेको देख्दा भने, ज्ञानेन्द्र शाहको बहिर्गमन पनि अरू डरलाग्दा पातकीहरूका लागि सन्देशमूलक बन्न सक्दैन कि भनी शंका गर्ने ठाउँ प्रशस्त छ !



June 11, 2008

पूर्वराजाद्वारा राष्ट्रहितमा समर्पित हुने प्रण

पूर्वराजाद्वारा राष्ट्रहितमा समर्पित हुने प्रण / श्रीपेच र राजदण्ड हस्तान्तरण, पत्नी कोमलसहित नागार्जुन प्रस्थान
दीपक रिजाल/इश्वरराज ढकाल (काठमाडौं)
संविधानसभाको निर्णय पछि औपचारिक रूपमा राजाबाट हटेका ज्ञानेन्द्र शाहले नेपालमा बसेर मुलुकको बृहत्तर हित र शान्तिका लागि योगदान पुर्याउने बताउनुभएको छ। कतै खुसीयाली कतै रुवाबासीनारायणहिटी दरबार छोड्नु केही घण्टाअघि बुधबार साँझ नारायणहिटी दरबारको कास्की हलमा आयोजित पत्रकार सम्मेलनमा पूर्वराजा ज्ञानेन्द्रले संविधानसभा निवर्ँचन र जेठ १५ गते संविधानसभाको बैठकले गरेको निर्णयालाई सहज बनाउन आफूले सहयोगीको भूमिका खेल्ने बताउनुभयो।सञ्चारकर्मीलाई नमस्कार गर्दै कास्की हलमा प्रवेश गर्नुभएका पूर्वराजा ज्ञानेन्द्रको अनुहार हँसिलो थियो तर विगतमा आफूमाथि लागेका सबै आरोपको प्रतिवाद गर्नुभएको थियो।राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको दरबार हत्याकाण्डमा आफनो परिवारको संलग्नता नभएकोदेखि विदेशमा आफ नो परिवारको नाममा चल या अचल पुँजी नभएको पनि उहाँले स्पष्ट पार्नुभयो।केही समयअगाडि भारतीय छापाहरूमा राजा ज्ञानेन्द्रले भारतमा शरण लिन खोजेका छन् भनी प्रकाशित समाचारलाई लक्षित गर्दै उहाँले भन्नुभयोे- ँमैले देश छोडेर जाने सोच बनाएको छैन। म मातृभूमि नेपालमा नै बसी मुलुकको बृहत्तर हितका लागि योगदान पुर्याउन चाहन्छु। यसका लागि सबै क्षेत्रबाट सहयोग हुने नै छ भन्ने आशा लिएको छु।’पत्रकार र गैरपत्रकारहरूको अत्यन्त भीड रहेको कक्षमा पूर्वराजाबाहेक उहाँका परिवार कसैको पनि उपस्थिति थिएन। अनुहारमा खुसी देखिए पनि पूर्वराजा ज्ञानेन्द्र केही अस्वस्थ देखिनुहुन्थ्यो। सम्बोधनका क्रममा उहाँले तीन पटक खोक्नुभएको थियो।हामी नेपालीका महान् पूवजहरूको रगत, पसिना र बलिदानले बनेको स्वतन्त्र र र्सार्वभौम रहँदै आएको यो नेपाल राष्ट्रको स्वतन्त्रता र अखण्डताका निम्ति म जुनसुकै अवस्था र हैसियतमा रहेर पनि सदा समर्पित रहने प्रण गर्दछु’ -पूर्वराजा ज्ञानेन्द्रले सम्बोधनका क्रममा भन्नुभयो।स्वतन्त्र राष्ट्रको अस्मिता, अखण्डता र मौलिक मान्यता कायम रहोस् भन्ने मेरो भावना छ’ -उहाँले भन्नुभयो।निर्वाचित सरकारलाई अपदस्थ गरेर शासनसत्ता आ�नो हातमा लिएपछि आलोचनाका पात्र बन्नुभएका पूर्वराजा ज्ञानेन्द्रले अहिलेसम्म आफूले सबै काम असल नियतले गरेको तर सफलता पाउन नसकेको बताउनुभयो।ँतत्कालीन हिन्दू अधिराज्य एवम् बुद्धको जन्मभूमि नेपालमा शान्ति आओस् भन्ने असल नियतबाट जुन प्रयासको थालनी गरिएको थियो, त्यो प्रयास विभिन्न कारणले गर्दा सफल हुन नसकेको मैले स्वीकार गरेको छु’ -पूर्वराजा ज्ञानेन्द्रले भन्नुभयो।ँदेशमा आजभन्दा सात वर्षगाडि एउटा असहज, दुःखद र अनपेक्ष्ँित घटनाका कारण संविधान र परम्पराअनुसार राष्ट्राध्यक्षको उत्तरदायित्व ग्रहण गर्दा राष्ट्रधर्म, कुलधर्म र राजपरम्पराअनुसार मुलुकको र्सार्वभौम सत्ता, स्वतन्त्रता, स्वाभिमान, अखण्डता, शान्ति र प्रजातन्त्रको संस्थागत विकास तथा नागरिकको समग्र प्रगतिबाहेक अरूकुनै पनि स्वार्थ आफूमा नभएको तथ्य पनि सबैलाई जानकारी गराउँछु’ -पूर्वराजा ज्ञानेन्द्रले भन्नुभयो।पूर्वराजा ज्ञानेन्द्रले जीवनमा दुइ पटक राजाको जिम्मेवारी वहन गर्नु परे पनि त्यो आ�नो चाहना र इच्छाबमोजिम नभई बाध्यात्मक भएको पनि बताउनुभयो।ँएउटा अकल्पनीय, त्रासदीपर्ण घटना राजदरबारमा घट्दा मेरा पूजनीय दाजु, भाउज्यूलगायत आ�ना आत्मीय परिवारको बीभत्स विनाश भएको र ती प्रिय आदरणीय परिवारजनका शवमा आँसु बगाएर मन हलुका पार्ने मौकासमेत पाउन नसक्ने परम्परा र कर्तव्यको जन्जिरमा बाँधिन विवश मेरो अन्तरवेदना शब्दमा व्यक्त गर्न सक्दिनँ’ -पूर्वराजा ज्ञानेन्द्रले दोस्रो पटक राजा बन्दाको बाध्यताको विषयमा भन्नुभयो।पूर्वराजा ज्ञानेन्द्रले राजा भएपछि आफूले कुनै सम्पत्ति नजोडेको, राजपरिवारका सदस्यको सम्पत्तिको हक नछिनेको र पूवजबाट आएको सम्पत्तिहरू पनि व्यक्तिगत नाममा नराखी संस्थागत रूपमा राख्ने व्यवस्था गरेको बताउँदै नेपालको प्रचलित कानुनअनुसार निजी सम्पत्ति राख्न पाउने हक आफूलाई पनि हुने विश्वास व्यक्त गर्नुभयो।पूर्वराजा ज्ञानेन्द्रले परम्परागत रूपमा शाहवंशीय राजाहरूबाट प्रयोग भई शाहवंशको विरासतको रूपमा रहेको श्रीपेच र राजदण्ड चिरकालपर्यन्त सुरक्षित रूपमा रँख्ने गरी संरक्षणका लागि बुधबार नै नेपाल सरकारको जिम्ममा रहने गरी हस्तान्तरण गरेको जानकारी दिनुभएको थियो।८ः४४ मा दरबार बहिर्गमनपूर्वराजा ज्ञानेन्द्रले बुधबार बेलुका ८ः४४ बजे नारायणहिटी दरबार छोड्नुभएको थियो।


June 10, 2008

मान्छे मान्छे जस्तो छैन

शिव प्रकाश

अभिश्राप तँलाई त्यो ईश्वरको
कुकुर !
विष्टा खान्छस तँ मान्छेको
तँलाई त्यही ईश्वरको वरदान
धन्य तँ
त्यो मान्छेभन्दा महान् छस्
गुनी छस्
इमानी छस्
विष्टा खान्छस् त के भयो
निष्ठा छ तँभित्र
विष्टा नखाने मान्छे
निष्ठाविहिन छ
तेरो तुलनामा तुलनाहीन छ
ईश्वरको अनुपम् रचना
मान्छे !
निकि्रष्ठ छ
मान्छे मान्छे जस्तो छैन
मान्छे तँ जस्तो पनि हुन सक्दैन
तँ मान्छे भएको भए
विष्टा खान्थ्यो होला त्यो मान्छेले
तर मान्छेले आदर्श खादैनथ्यो होला !
अनुदारता ईश्वरको तँ माथि
गधा !
गालीका लाजभाँड लवजहरुसँग
जोडिने सधैं तेरो नाउँ
त्यही ईश्वरको दया तँ माथि
धन्य तँ
सहनशीलताको अतुल उपमा
त्यो मान्छेभन्दा सहिष्णु छस्
हिंस्रक मान्छे
मान्छे जस्तो छैन
तँ जस्तो पनि हुन सक्दैन
तँ मान्छे भएको भए
ढुटो खान्थ्यो होला त्यो मान्छेले
तर मान्छेले मान्छे टोक्दैथ्यो होला !
विवेकहीनता ईश्वरको तँ माथि

गोरु !
बुद्धिहिनतको विषेशण
तेरो विषेशता
त्यही ईश्वरको अनुपम कृपा तँ माथि


धन्य तँ
परिश्रमको पर्याय तेरो लगनशीलता
घाँस खाएर अन्न पोस्ने तँ मान्छेलाई
घाँस नखाने मान्छेभन्दा
उपल्लो दर्जामा छस्
महाबुज्रुक मान्छे
मान्छे जस्तो पनि छैन
तँ जस्तो पनि हुन सक्दैन
तँ मान्छे भइदिएको भए
घाँस खान्थ्यो होला त्यो मान्छेले
तर मान्छेले मान्छे खादैनथ्यो होला !



नौलो बिहानी

हस्त गौतम मृदूल
उदायो अब बिहानी नयाँ निर्दयी रात फाली।
स्वागत गरयौ ह्रदय देखि मन्को दियो बालि॥

देश लूटने जतिलाइ अब किनारा लाउदै छरे।
मेटाउदै यावत संकटहरु शान्ति आउदै छरे।
आशाको राँको बाली मनमा उज्यालो छर्दै छरे।
नयाँ खाका कोरी सूख समृद्धिको कोख भर्दै छरे।

उदायो आज बिहानी नयाँ निरंकुस रात फाली।
स्वागत गरयौ ह्रदय देखि नै मन्को दियो बालि॥

अमर सपनाहरुको बिउ माटोमा रोपदै छरे।
इतिहाँसको जिवित पाना धर्तीमा खोप्दै छरे॥
आमाको आँशु पुछेर अब मलम लाउदै छरे।
स्वतन्त्रताको गित गाउने समय आउदै छरे॥

उदायो आज बिहानि नयाँ अराजकत्ता फाली।
स्वागत गरयौ ह्रदय देखि नै मन्को दिया


June 9, 2008

दुस्वप्न

“तपाई नेपाली हो?” बिरानो देशमा यौटा आत्मीय आबाजले मलाई बोलायो । “हो ! अनि तपाई पनि नेपाली नै हो?” मैले पनि सामान्य ढंगमा अभिवादन संगै वार्तालाप अघी बढाँए ।

“अनि तपाई कुन नेपालको त?’” मेरो प्रश्‍नको झ

जबाफ नदिई उनले सोधेको यो प्रश्‍नले भने म अक्मक्कीएँ “ … हैन के भनेको तपाईले ? नेपाल त नेपाल नै हो नि पूर्व पश्‍चिम कताको सोध्नु भएको भए म मध्यमाञ्चलको वा काठमाण्डु को हुँ”

“ … हैन तपाईले पनि कस्तो कुरा नबुझ्या भन्या ति व्यक्तिले सम्झाउने पाराले मलाई भने “तपाई नया नेपालको कि पुरानो नेपालको पो भनेको?”

“नेपाल त यौटै छ नि के को नया र पुरानो भन्या ?” मैले उदेक लागेर प्रश्‍न गरें ।

“कहाको यौटै हुने तपाई मध्यमाञ्चलको हो भने त्यो त पुरानो नेपाल पर्‍यो … ” उसले सम्झाउने पाराले मलाई बताउन थाल्यो “ … अब नया बनेका प्रदेशहरु चाहि नया नेपाल हुन … ” उ अझै मलाई लामो लामो कुरा बखान गर्दै थियो मलाई भने अब बिरानो देशमा भएपनि सो व्यक्तिमा कुनै आत्मियता नजर आउन छाडि सकेको थियो ।

“… तपाईलाई थाहा छैन अब प्रदेश प्रदेशमा आ-आफ्नै सरकार हुनेछन, अनी अहिले भारतमा रहेका ‘पश्चिम बंगाल सरकार’, ‘गुजरात सरकार’ वा ‘तामिलनाडु सरकार’ जस्तै हामि कहा पनि प्रदेश-प्रदेशका आ-आफ्ना सरकार हुनेछन, तिनले पहिला स्वायत्त, अनि स्वतन्त्र हुदै स्व-निर्णयको अधिकार लिनेछन … ” मलाई उसको आबाजमा अलिकता दबाब, अलिकता व्यङ्य र केहि त्रास समेत महशुस हुन थाल्यो । मैले अब भने त्यो व्यक्तिलाई अलि नियालेर हेरें … ओहो ! यो मान्छे त नेपाली जस्तो पनि देखीदैन … मलाई नजानिदो त्रासले घेर्न थाल्यो र म त्यो व्यक्तिबाट पन्छिन खोज्न थालें ।

“यो सब हामिले नै गराई रहेका छौं … हेर्नुस न … बिस्तारै आत्म निर्णयको अधिकार पाएपछि तपाईको नेपालको ‘स्वरुप’ नै परिवर्तन हुनेछ” यसपाला मैले उसको बोलीमा प्रष्टै रुपमा खिसि गरेको अनूभुति गरें ।

मलाई त्यो व्यक्तिको शिल-स्वभाब र बोली देखि नै घृणा जाग्न थाल्यो “हैन ! तपाई नेपाली हैन र भन्या?”मैले आक्रोश मिस्रित आबाजले सोधें । “हा हा हा हा … तपाई त रिसाउनु भयो जस्तो छ … म पनि नेपाली नै हुँ, … तर भविश्यको अनी त्यो पनि नया नेपालको चाहि … ” उसले निकै कुटिलताले जबाफ दियो “ … अब हाम्रो योजना अनुशार कार्य हुदैं छ र योजना अनुशार नै काम भए तपाई भन्दा हामी ‘बलियो’ हुनछौं अनी हामीले तपाईहरु संग माग्ने हैन तपाईहरु हामिमा भर पर्नु पर्छ … ”

“ के को योजना के को कार्य ? यो नचाहिदो कुरा नगर्नुस … मलाई तपाईसंग कुरा गर्नु छैन " म झर्केर हिडें ।

“ … तपाई जानुस तर याद गर्नुस! अहिले सम्म सबै कुरा हमिले भनेकै भएको छ। तपाईका नेताहरु हामिलाईनै गुरु मान्छन र हामिले भनेकै मान्छन् देख्नु भएको छैन भर्खर पुरानो नेपालमा के भएको छ र के हुदैं छ … …हा हा हा हा हा ” ।

उ अट्टाहास गरेर हास्न थाल्यो मलाई उस्को अनुहार मानिसबाट दैत्यमा परिवर्तन हुदै गएको महशुस हुन थाल्यो … उसको शरिर भिमकाय रुपमा परिवर्तन भएर आबाज पनि अझ भारि हुदै जान थाल्यो “ हा हा हा हा … ” उस्को भयकंर अट्टाहासले म झसंग व्युझीएँ । शरिर पसिनाले तर भएको रहेछ म टी. भि. हेर्दा हेर्दै सोफा मै निदाएको रहेछु … अगाडि टि. भि. मा छिमेकि देशको यौटा न्यूज च्यानलमा नेपाल सम्बन्धि ‘करेण्ट रिपोर्ट’ अझै चल्दै रहेछ … म टी. भि. बन्द गरेर पून: निदाउने प्रयत्न गर्न थालें ।



June 7, 2008

हप्ता हंगामा- श्रिपेच खोजीनिती


आफुले गरेर देखाउनुको सट्टा अरुलाइ दोष देखाएर आफु ठुलो हुने प्रबिर्ती जुनै तन्त्र आएपनि नेपालमा कायमै छ। अहिले सम्म राजाकै दोष देखाएर देश नबनेको दाबा गर्ने राजनितीज्ञहरु अहिले कसरी सत्ता बाड फांड गर्ने त्यसमै अल्झिएका छन।

यता भने लण्डनमा एउटा लिलामी गर्ने पसलले नेपालको श्रिपेच भनेर लिलाममा राखेको छ। निकै आकार्षक मणि द्वारा सिंगारीएको नेपालको राजाको भनेर उक्त श्रिपेच ९०,००० पाउन्डमा बेच्न राखिएको छ। श्रिपेचको ब्याख्या करिब करिब नेपालकै राजाहरुले लगाउने श्रिपेचसंग मिल्दो जुल्दो छ। तर नियालेर तश्बिर हेर्दा थुप्पै फरक पाइन्छ। उक्त श्रिपेच सम्पर्क नाम,फोन सहित उपलब्ध गराइएको छ भने उक्त श्रिपेच भारतमा बनेको हुनुपर्छ पनि भनिएको छ। र सामानको बयानमा श्रिपेचकोमा जोडिएका सामानको अर्थ मुश्लिमका भगवान मोहम्मद प्रती देश सुम्पिएको पनि भनिएको छ।
ज्ञानेन्द्रको समाचारले ठाउ पाउने छोडेको बेलामा उनले नै लगाउने भनेर बेच्न राखिएको श्रिपेचले भने देश बिदेशमा हंगामा मच्चाएको छ।




June 4, 2008

गजल - खोइ कसले

खोइ कस्ले बन्यो छाती भरी माकुराको जालो
इज्जत ढाक्न कस्ले दियो फेरी मक्काको टालो

शेरको जुङगा ओखलिए,छाला ओढी बाघ बन्ने
धेरै जनावरको होहल्लामा अब कस्को पालो


स्नेह सदभाबको बुटी पाखा भरी थियो
बाँदर जात उक्काइ पाप्रो पारे घाऊ आलो

बादलको घेरा हटेको किम्बदन्ती ताजै छ
घामको झुल्कै नपरी किन जताततै कालो

दाबिलो लाग्या पेटमा माड लगाउनु थियो
आज सुम्सुमाउनेले नै ठोके सुन्निएको गालो


Current Political impasse

The aftermath of the declaration of Nepal as a republican state has not shown sings of any good prospect although the excitement and celebrations went to the extent of a delirium as if Nepal had discarded the cloaks of misfortunes with the ouster of monarchy. The political parties as in eternity have again plunged headlong into a dispute of power sharing or not sharing it, fraught with all idiocies. The single largest party in the current constituent assembly, the Maoist party, seems to be prepared to make the already created political impasse into further deterioration. it is because a day after the declaration of Nepal as a republic, the Maoists supremo Puspa kamal Dahal publicly and most vociferously condemned the rival political parties and the independent media for their stance against Maoists and their activities. The way castigated the NC, UML and Kantipur publication was absolutely unnecessary and uncalled for to be made by a responsible political leader if he was one of them.

The euphoria on the success of the recently held Constituent Assembly election, if is to be inferred, seems to have given the Maoists the validity to act on their own. At least , this seems to be the general mood and understanding across the party hierarchy, bottom to top.
Mr Dahal continued to appear more as a militia commander than a responsible head of a political party prepared to take up the reins of the state. As a newly annointed and baptized member into a multi-party fraternity in Nepal, the Maoists lower rung cadres can still be offered the benefit of doubts even if they lack the basic ethos of inclusive nature of pluralistic politics, the same can not be said about its political leadership. It is because the political leadership has more challenges than ever in reining in the anarchistic antics of its root level cadres behaving more as all powerful police and courts on their own. This is the time they learn to behave as people and not as super cops. Only the genuine effort and will power from the Maoist leadership can change this euphoric anarchism in the daydreamers.

Maoists and other political parties involved in this negotiated peace process in Nepal have always huddled together to unknot an issue or a problem at the last moment. Theirs has never been an earnest intention or resolve to address problems that may crop up over a longer period of time. They have been acting on installments dealing with each and every singular problem for the moment without planning for a decade or ,say, for a five year period . This is because of the lack of trust among the parties. The mainstream parliamentary parties like the UML and NC etc. are apprehensive of the Maoists long term agenda of leading the nation into a single party Communist Republic. The truth is that they have not made efforts to alley this fear from the minds of the sceptic.

The apprehensions among the sceptics can be summarised as:

The all powerful institution of Monarchy has tamely surrendered. Now Maoists will infuse their party indoctrinated militia into the national army and politicizes every possible aspect of state mechanism. with the assumption of state power they will invade and stamp all aspects of life and will try to justify with the forceful means that they have been accustomed to doing and proving over the years. In the pretext of giving the so called 'miracle' of economic revolution, they will dominate and exterminate all possible avenues of dissent. However, they will try to appease the Indian king makers by every means possible.

Sooner or later, these parties will agree on power sharing . If they don't agree , they will perhaps be made to agree by an all powerful invisible hand. Though I don't know how and when. But I can still say that our political parties very well know how to disagree and agree with a last ditch effort and again disagree with apprehensions for each other just to unravel another ball for the time being to make the people feel that they are still working together!

Lack of trust and fear against each other has till date made our political parties agree on points in the last minute agonies against all odds. But the balance now tilting towards the Maoists, will Nepali politics remain the same as it has been for the last two years or will it make a significant departure from hereon begs only questions and scepticism aplenty.



June 1, 2008

हे मनहरु तिमीलाइ खुल्ला पत्र


पुरुशोत्तम सुबेदि-बेल्जियम
ऐना देख्योकि आफ्नो रुप हेर्न र आफ्नो सिंगार पटार गर्न चाहने मनहरु------अरुहरु लाइ पनि राम्रो देख्न सिक ।
धनको महिमा नबुझेर आफु धनाढ्य देख्ने मनहरु----मानबियता र समाजबाद लाइ ख्याल गर ।
रुपको सार नबुझेर अरु लाइ कुरुप देख्ने मनहरु ----मनको गमलामा फुल रोपि- सन्सार लाइ सुन्दर बगैचा देख्न सिक ।
अरु दौडेको देखेरे डाह गर्ने मनहरु----आफु सपांङग छु भन्ने शोच ।
कोइलि को स्वर सुनेर कुहु कुहु गर्ने मनहरु ----स्वर खोज -भाका - लय खोज- र तिमि आफ्नै स्वरमा बोल्न सिक ।
मुखले ठिक्क पार्ने बगलिमा छुरा राख्ने दुई जिब्रे मनहरु---- तिमि र तिम्रो सोचाइ य उटै गर ।
लोभ र इर्श्याले घाइते भयका मनहरु---- आफ्नो पौरख को कमाइ अरुलाइ चखाउन सिक ।
अरुलाइ कम्जोर निर्धन निर्बल अग्यानि देख्ने मनहरु-----ग्यान बल दान -दिन सिक ।
आफै लाइ मपाइ संझने मनहरु---अरुलाइ पनि तिमि भन्न सिक ।
बुद्धको नाम बेच्न खोज्ने मनहरु --सत्य बोल ।काट मार गर्न छोड ।अहिंसा त्याग ।
गिता पुराण बेद का माला जप्ने हिन्दु मनहरु ----मुर्ति बेच्न छोड ।
बाइबल यक बिग्यान भन्ने क्रिस्चियन मनहरु ----तिम्रा चर्च् हरु खालि हुदै छन -धेरै बिलासि र नास्तिक नबन ।
इस्लाम् धर्म नै सर्वे सर्वा हो भन् ठान्ने
मुस्लिम मनहरु ----जिवन को सुरु देखि अन्त्य सम्म बाच्न सिक जिवन को सार बुझ ।धर्म को नाम मा जिवन त्याग नगर ।
अन्तमा -संसार भरका हे मनहरु - आफुले आफुलाइ चिन्ने कोशिस गर ।


शहिदको सपना

- हस्त गौतम मृदूल

शहिदको सपना कुल्चेर नेता शत्तिले मात्तिय।
भोगेर संधै अन्योलै मात्रै जनता आत्तिय॥

धामिलो पारे राष्ट्रको दृष्टि कूजो भो बिधान।
स्वार्थको खेलमा अल्झेर पनि निस्केन निधान।
सांप र बिक्षि भ्यागुतो मिली देशलाइ हाक्दैछन।
कहिल्यै माथी नउठने गरी खाडलमा जाक्दैछन।

जनताको इक्षा कुल्चेर नेता असाध्यै पात्तिया
भोगेर संधै संकट देशमा जनता आत्तिय॥
मौलिक हक अमन चयन ओझेलमा पारे नी।
हुर्मत लुटी जनताको संधै जिउदै मारे नी॥

जहिल्यै पनि मुगडा गर्छन यो कस्तो चलन।
जनताको नेता रैनछन बुमु्ने राष्टको जलन।

राष्ट्रको मुद्धा उठाइ नेता केहीबेर तात्तिय।
भोगेर संधै अशान्ती त्रास जनता आत्तिय॥



May 31, 2008

माओवादीले चमत्कार नै गर्लान त ?

कामरेड प्रचण्ड र उनका चेलाचपेटाहरूको मुखबाट 'चमत्कार' शब्द निस्कन लागेको धेरै नै भयो । यसमा कुनै शंका नै छैन कि संविधानसभाको निर्वाचनमा सबैभन्दा ठूलो दलको रूपमा स्थापित भएर उसले एउटा चमत्कार गरिनै सकेको छ , भलै यो चमत्कार कसरी भयो भन्ने कुरामा कोही अपरिचित नभएको नै किन नहोस् ।
जनयुद्दले जनतालाई प्रताडित गरेको भनिएको हिंस्रक मिलिसिया मात्र साथमा भएको, तल्लो तहको संगठन र बौद्दिक जमात दुबैको साथ नपाएको नया पार्टी माओवादीले शान्ति प्रकृयाको पछिल्लो समयमा जे भन्यो त्यही पाउन थालेको देखेर उसको राजनीतिमा बार्गेनिङ शक्ति बढेको फाइदा उठाउन राजनीति, प्रशासन, पुलिस,सेना र पूर्व दरबारिया पक्षहरूको ठूलो अवसरवादी समूह माओवादीतर्फ आकर्षित बनेको कुरा नकार्न सकिन्न । यथार्थ पनि त्यस्तै थियो किनभने अन्तरिम समयमा , सत्तामा मुख्य भूमिका निभाइरहेका कांग्रेस र एमाले यति निरिह देखिन्थे कि माओवादीले जे चाय्हो त्यही गर्न सक्ने स्थिति सर्वत्र बनेको प्रतीत हुन्थ्यो । सरकारी सेना र पुलिस कहाँ र कुन संसारमा आराम गर्दै छन् जस्तो भान हुन्थ्यो तर चर्चा देखि सडक अनि घर घरमa माओवादी छापामार र वाइसिएलका गतिबिधिको एकछत्रपन कायम भएको थियो । त्यो समयमा माओवादीले वा वाइसिएलले गरेका ज्यादतिको कुरा गर्‍यो भने , शान्ति प्रकृया खलबलिन्छ भनेर सतर्कता अपनाउन पर्ने बाध्यता छ भनिन्थ्यो । साँच्चै भन्ने हो भने ठूलो स्वरमा हाच्छ्यूँ गर्दा पनि घरघरमा 'नानि उठ्ला है' भनेर हैन 'शान्ति प्रकृया खलबलिएला नि' भन्ने एक खालको जोक नै चलेको थियो । एकपटक त माओवादीहरू सबैले सरकारबाट राजीनामा गरेर बाँकि पक्षहरूलाई आँफूले जे ह्यो त्यही गर्न सक्ने कुराको पाठ पढायो , अनि बर्षे बिदाको गृहकार्य गरेर फेरि सरकारमा फर्कियो पनि । यो घटनाले पनि माओवादीले आफ्नो इशारामा अरूलाई सजिलै चलाउन र नचाउन सकिन्छ भन्ने सोचमा आश्वस्त बनायो ।सायद हिंसात्मक शक्तिलाई शान्ति प्रकृयामा बनाइराख्न यो आवश्यक थियो होला , तर अरूको यो कमजोडीलाई सदैव आफ्नो पक्षमा उपयोग गर्ने बठ्याइँमा उसले अरू शक्तिलाई हाकाहाकी ऊल्लू बनाइरह्यो । अर्कोतिर 'निर्वाचन त हाम्रै हो र भएमा हामीले नै जितिन्छ' भनेर बिना तयारी नै मख्ख परेर माओवादी आतंक र आफ्नै अकर्मण्यतामा र दुष्कर्मयुक्त पात्रको कारण ध्वस्त बनिसकेको स्थानीय सांगठनिकतमा नदारद कांग्रेस एमालेले केवल माओवादीलाई संलग्न गराई चुनाबमा जाने कुरालाई मात्र आफ्नो सफलता देख्न र ठान्न थाले , तर माओवादीले ग्रामीण समाजको अन्तस्तह सम्मको जनमनोविज्ञानमा कुन हस्र र सिर्जना गरेको छ भन्ने कुरा बुझ्न उनीहरूले कहिलै तयारी देखाएनन् । फलत: परिणाम कहाँ पुग्यो देखिएको छ । कांग्रेस र एमाले मात्र हैन यो परिणामले नेपाली उदारवादी लोकतन्त्रका पक्षमा उभिनेहरूलाई समेत हतप्रभ बनाएकोमा शंका छैन ।यो डर र शंका माओवादी एउटा दल विशेषको विजयले मात्र कदापि हैन, यसका प्रवृत्तिगत र
व्यवहारिक कारणहरू छन:

(१) माओवादी पार्टी , मिलिसिया र छापामारहरूमा एकदलीय कम्युनिष्ट अधिनायकवादप्रतिको अगाध मोह हुनु र अरू राजनीतिक पार्टी र तिनका समर्थक वा कार्यकर्ताप्रति चरम असहिष्णुपन विद्यमान हुनु । साथै आँफूलाई एउटा राजनैतिक दल विशेषप्रति लागेको संगठनको रूपमा बुझ्न नचाहने र समग्र मुलुकको एकल मसिहा र सबै जनताको एकल प्रतिनिधि आँफूमात्र हौँ भन्ठान्ने सर्वसत्तावादी सोच र चरित्र ।
(२) एउटा राजनितिक पार्टिको रूपमा सांगठनिक ढाँचा निर्माणबाट रुपान्तरित बन्न नचाहने बरू , सैनिक र अर्धसैनिक संरचना र चरित्रलाई जबर्जस्ति अरूमाथी राजनैतिक नै हो भन्ने ढंगले लादेर बाहुबली शैलिमा हरेक कुरा प्रमाणित गर्न चाहने व्यवहार ।

(३) कार्य र व्यवहारमा एकरूपता देखाउन नचाहने अनि निश्चित उद्देश्यका लागि आँफूलाई नरम देखाए झैँ गर्दै फेरि हामि त त्यस्तो हैनौँ तर निश्चित रणनीतिका लागि त्यसो गरेका थियौँ भन्ने अस्थिर र बेइमान चरित्र । अनि हालका लचकताहरूलाई भोलिको अर्को फड्को मार्ने कामका लागि उपयोग गरेका हौँ भन्ने कार्यव्यवहार ।

( ४) आँफूले अनुकूल ठानको खण्डमा कम्युनिष्ट अधिनायकवादमा जान चाहने उसको खुला घोषणा ।

यी कारणहरूको फेहरिस्त धेरै लामो हुनसक्छ ।

केही प्रमाण स्वरूप कुरा गर्दा गणतन्त्रको लगभग सर्वसम्मत घोषणा भएको भोलिपल्ट नै कामरेड प्रचण्ड र उनका पार्टि शिर्ष्स्थहरूको भनाइ अरू सहकर्मी दलहरूप्रति एकाएक असहिष्णु देखापरेको छ । अरू दलहरू आफ्नो वर्तमान पराजय भन्दा भोलिको सम्भावित माओवादीले शुरू गर्ने तानाशाही पद्दतिका कारणले डराएका छन् भन्ने उसलाई थाहा नभएको हैन। यस्तोमा राजतन्त्रीय सामन्तवादबाट उम्केर नेपाल र नेपाली अर्को एकाधिकारवादी अधिनायकवादको ताड्नामा फँस्न सक्ने सम्बावना उत्तिकै छ । अहिले ब्यारेकमा बसेका पार्टी राजनितिबाट दिक्षित मिलिसिया छापामार र वाइसिएल आतंकको छायाँमा भएको चुनाबले त यस्तो हालत बनायो भने भोलि माओवादि शासनमा , माओवादी सरकार, उसका पार्टी पुलिस र सेना अनि सरकारी सेना र पुलिसमा समेत समाहित गरिएका छापामारहरूको मातहत र निगरानीको निर्वाचनको स्वतन्त्रताका बारेमा अहिले केवल अनुमान मात्र गर्न सकिन्छ, कसका लागि कति पलदायी होला र नेपाली गणन्त्रात्मक लोकतन्त्रको नियति कहाँनेर पुग्ला भनेर ।

कतिपयले नेपाली भूराजनिति र नेपाली जनताको आन्दोलित बन्न सक्ने सामर्थ्यको हवाला दिँदै, यस्ता अधिनायकवाद नटिक्ने आत्मरति राख्ने गरेको पनि पाइन्छ । तर अहिले भारतीय सद्भाव पनि खुल्लमखुल्ला माओवादी टाउकोमा आशीर्वादका हातहरू राख्न व्यग्र देखिन्छ र उसले माओवादीहरूको अचम्म लाग्दो तरफदारी हालैका दिनहरूमा गर्न थालेको देखिन्छ ।अर्कोतिर जनताको आन्दोलित बन्ने उर्जालाई पनि हरेक १० वर्षमा प्रयोग गर्न पर्ने स्थितिको निरन्तरता हेर्‍यो भने २००७ साल यताको राजनैतिक अस्थिरताको नियति हाम्रो दूर्भाग्य बनेर सदा रहिरहने देखिन्छ ।

नेपाली गणतन्त्रको औपचारिक आगमन २४० वर्षको शाह शासनको अन्त्य मात्र हैन बरू नेपालको आधुनिक इतिहासका राजतन्त्रात्मक २००० वर्षहरू जुन लेखोटमा भेट्न सकिन्छ, को अन्त्य पनि हो । सम्भवत: नेपालको राजनीतिमा यति ठूलो यु परिवर्तन भएकै छैन । तर यो परिवर्तनको गूरूतालाई अबका दिनमा दलहरूले कुन जतन अपनाएर काँध र मन थाप्न सक्ने हुन भन्ने कुराले ठूलो महत्व राख्छ भन्ने कुरामा कुनै शंका भने छैन ।

तर पनि म भित्र भने वर्तमानको उत्तेजना भन्दा भोलिको उत्कण्ठा र व्यग्रता छट्पटाएको महशूस मैले गरेको छु । सायद म आशा र निराशाको मझधारमा उभिएको छु, युग परिवर्तनको अनिश्चिततामा ।


यस्तो स्थितिमा कामरेड प्रचण्डले गणतन्त्र आएको खुशियालीमा अस्ति खुलामञ्चमा भनेका दुइटा कुराले भावी नेपालको भाग्य वा दूर्भाग्यका बारेमा बडो महत्वपूर्ण संकेत गरेका छन कि जस्तो लाग्छ :

"(१) खबरदार, कान्तिपुर ( पत्रिकालाई दिएको धम्कि) हाम्रा बारेमा लेख्दा सतर्कता अपनाउनू"
"(२) ...............नत्र भने हामी जनगणतन्त्रतिर गैदिम्ला नि "

कतै कामरेड प्रचन्डको भावुक मनले सत्य कुरा छताछुल्ल बनाएको त हैन ? मेरो कामना छ, सदा झैँ यो पनि कामरेडको अर्को बर्बराहट मात्र साबित बनोस्, सत्य नबनोस् !


भवतु सब्ब मंगलम् !!! - एकलव्य


May 30, 2008

The Story of Berlin Walls's "Wife"

Most of us may have heard about the historic Berlin Wall, some may have got opportunity to visit and see it, feel it physically and most of us may have read, heard or watched it in books, newspaper and television.

Beside it’s historic aspects and it’s physical structure, we may rarely think any other things related to it. For most of us, it is just a wall, …..a historic wall… and that’s all.

But, a woman told an amazing and interesting story, who fell in love with the Berlin Wall and now believes they are husband and wife.


A Swedish woman with a passion for inanimate objects revealed that she has been married to the Berlin Wall for 29 years. Eija-Riitta Berliner-Mauer, 54, whose surname means Berlin Wall in German, said she fell in love with the Berlin Wall in childhood, when she saw "his" pictures on TV.

She began collecting "his" pictures and saving up for visits. And it is revealed that on her sixth trip in 1979, they tied the knot before a handful of guests.

In an amazing statement, she even claimed that her husband is not only attractive but rather “sexy”. Comparing to the Great Wall of China she said the former is attractive, but it's too thick and her "husband" is sexier than the Great Wall.

While she remains a virgin with humans, she insists she had a full, loving relationship with the wall.

"It's not just pleasuring myself. I want to please my partner when we make love."

While the rest of mankind rejoiced when the Berlin Wall was largely torn down in 1989, its "wife" was horrified.

She's never been back and now has only model to remind her of "his" former glory.

"We all have to live on this earth and the only way to peace, friendship and freedom is accepting and respecting even if one doesn't understand. As long as nobody is injured all is well," said Berliner-Mauer.


Source: Different news agencies/Internet



May 28, 2008

तातेको नेपाल

नेपाल अहिले ज्वालामुखी भन्दा पनि तातो छ। एका तिर नारा बिरोधको जुलुश छ भने एका तिर अबिर जात्रा छ अनि सुरक्षा निकै कडा छ। जनताको नारा बाहेक उता नेताको बोलिमा देश अल्झिएको छ। गणतन्त्र घोषणा गर्न निकै आतुर नेताहरु कस्ले के लिन भन्नैमा निर्कोल निकालेका छैनन। सायद राजाको अपुताली आफुतिर आएको मा तानातान होला। यदी उनिहरुले यो जनताको नासो भन्ने बुझेनन भने भोलीको दिनमा नेपाल रहेमा ज्ञानेन्द्रको हाल नहोला भन्न सकिन्न। टाटे र पाग्रेंको बिरालाहरुले कथा जस्तै कुराउनी बराबर बाढ्दा तराजुमा ठ्याक्कै बराबर नभएर नाप्न बसेको बांदरलेनै कुराउनी सकाएको थियो। त्यस्तै अहिले भारतले फाइदा नउठाउला भन्न सकिदैन।
हुन त आरोपमाहरुमा भन्ने गरिए जस्तै भित्र कुनै शक्तीको नभएमा आज नभए पनि भोली गणतन्त्र आउने पक्का छ तर नेताहरुको सुज बुज देख्दा चाही गणतन्त्रलाइ जन्मनु अगी नै कुपोषण लागी सकेको छ।
तर पुरा तयारीको साथ बसेको बैठकमा के गर्ने भनेर निर्कोल निकाल्न नसक्नु, स्वागत र बिरोधको नारा,सैनिक शक्ती सहितको राजा थन्किनु अनि साना तिना बम बिस्फोट तथा भोली के हुने हो भन्ने नेपालको स्थित रहेको बेलामा संसारका सबै क्यमरा नेपाल तिर फर्किनुले नेपाल रातो फलाम भन्दा पनि तातेको देखिन्छ।


May 25, 2008

गजल - खसखस लाग्छ

खसखस लाग्छ आजभोलि कुरा काट्यौ कि
अर्कै राजा मनमा पाली मलाई ढाट्यौ कि

श्रीखन्ड र खुर्पा बिड उस्तै देख्छौ तिमी
भ्रममा पारी चिनी भनी नून चट्यौ कि

विश्वास जोडछु भन्यौ शन्का लाग्छ अचेल
मनभरी कतै घातको दाम्लो बाट्यौ कि

कुरा छल्न सिपालु छौ डर लाग्छ अझै
जुठो माया चोखो भनी भाषाण छाट्यौ कि

अङालोमा बेरिदा नि हराएझै लाग्छ किन
अन्तै खाता खोली कतै माया साट्यौ कि


May 23, 2008

राम हरि हत्या झिंगा सरह

हिजो प्रचण्डले माओबादी द्वारा हत्या गरिएका राम हरि श्रेष्ठकी पत्नी संग भेट गरेका छन।
ठमेलस्थित होटल बैशालीमा प्रचण्डसँगको भेटपछि मृतक श्रेष्ठकी पत्नी रमिलाले भने आश्वासनभन्दा आफूले माओवादीको काम हेर्ने बताइन्, कारण बिगतमा माओबादीले मार्ने पिट्ने गर्दै यस्तै आश्वासन बाड्दै आएको थियो ।फेरी यि सर्वाहारा पार्टीले जे पनि होटल,रिजोर्टमै गर्नुपर्ने रहेछ? भेटमा माओवादी अध्यक्ष प्रचण्डले घटनाबारे माफी माग्नुसँगै जनमुक्ति सेना चितवनका डिभिजन कमाण्डर बिबिधलाई कानुनी कारवाहीको दायरामा ल्याउने वचन दिएको बताए । पिट मार गर्दा षडयन्त्रको क्लेबर जब जनता सामु छर्लंग हुन्छ र माओबादी चेपुवामा पर्छ, माओबादीले यसरी नै कारवाही गर्ने बचन दिन्छ तर याद गर्नुहोस माओबादीले माडी देखी पत्रकार शाह सम्म कसलाइ कारबाही गर्यो र कुन जेलमा कोच्यो? के तिनीहरुलाइ माओबादीको पकेटे कानुन लाग्छ? अनि सर्वसाधरणलाइ चाही जेल? प्रचण्डले भेटमा उच्चस्तरीय छानवीन आयोग गठन गर्न सरकारलाई पुन अनुरोध गर्ने पनि वचन दिएछन । देशमा तोड फोडको राजनिती गर्नेले वचन त दिन्छन नि, काम गरेर देखाउन १२ नै बज्छ। मान्छे मार्ने र बक्तब्को भरमा उम्किने पार्टीबाट कोटेश्वरका एक साधरण ब्यपारीको हत्या झिंगा सरह नै हो। अनगिन्ती बिधवा र टुहुरा बनाउनेलाइ सर्वधारण मारीएको भन्दा पनि आफ्नो पुत्ला जलेकोमा चिन्ता छ। बिहानीले दिन देखाउछ भने जस्तै माओबादी सरकार बनाउनु पहिल्यै आफ्नो कार्यकाल कस्तो हुन्छ भनेर देश बिदेशलाइ छनक दिएको छ। यस्ता खाले घटनाले माओबादी प्रती लचिलो निती अपनाउने बाहेक कसैलाइ खुशी बनाउदैन।


May 21, 2008

अन्धो छ ईश्वर आज पनि !


शिव प्रकाश

बाँचिरहेछन्
शकुनीहरु मान्छेभित्र
फैलाउँदै पासापाजा कुटिलताका
लेखिरहेछन् झूठो कथा महाभारतको
मरेका छैनन् दूर्योधनदुशासनहरु
चिथोर्दै द्रौपदीहरु
हाँसिरहेछन् भारी सभामा
बनाउँदै लाक्षागृहहरु
मान्छेका वस्तीमा
गर्जिरहेछन् आज पनि ।
जिउँदैछन् रावणहरु
नाङ्गो नाचिरहेछन् मान्छेभित्र
किचिरहेछन् निर्धाहरु
अत्याचारका गदाले
निरिह हेरिरहेछन् हनुमानहरु
वैदेही हरण
जटायु मरण
टुलुटुलु आज पनि ।
दुन्दुभि कोहालहको बजाउँदै
घुमिरेहछन् कंशहरु
मरेका छैनन्
मान्छेभित्र हाँसिरहेछन् आज पिन
नदेखेको ईश्वर
ग्रन्थका मिथकहरु
अन्धाधुन्ध मानिरहेछ मान्छे
आज पनि ।
ईश्वर !
किन बाँचिरहेछन् शकुनीहरु !
किन नाचिरहेछन् रावणहरु !
किन हाँसिरहेछन् कंशहरु !
किन गर्जिहरेछन् कौरवहरु !
अदृश्य छ ईश्वर !
कि ईश्वरभित्र भ्रम छ
कि भ्रमभित्र ईश्वर !
कि बाँचेर पनि
अन्धो छ ईश्वर आज पनि ।

बोस्टन अमेरिका
May 12, 2008