April 8, 2008

देश नै तनावमा भएको बेला संविधानसभा निर्वाचन होला कि नहोला

निर्वाचनको पूर्वसन्ध्यामा देशका विभिन्न ठाउँमा भएका अपि्रय घटनाले संविधानसभा निर्वाचनमाथि अन्यौलता छाएको छ । निर्वाचन आयोगले सम्पूर्ण तयारी पुरा भएको जनाइरहँदा देशका विभिन्न ठाउँमा विभिन्न राजनीतिक दलका कार्यकर्ताबीचको झडप तथा निर्वाचन भाँड्ने तत्वद्वारा चालिएको िहंसात्मक कदमले यस्तो स्थिति निम्त्याएको हो ।
धादिङमा कांग्रेस र एमाले कार्यकर्ताबीच सोमबार र मंगलबार पटक-पटक झडप भएपछि स्थिति नियन्त्रण बाहिर गएकाले स्थानीय प्रशासनले आज बिहान १० बजेदेखि अनिश्चितकालिन कफ्र्यु लगाएको छ । त्यहाँ नेपाली सेनासहितको सुरक्षाकर्मीको आकस्मिक बैठक बसेको खबर छ ।
त्यस्तै अर्घाखाँचीमा कांग्रेस उम्मेदवार मानबहादुर विकसहित एक दर्जन कार्यकर्तामाथि माओवादीले कुटपिट गरी गम्भीर घाइते बनाएपछि त्यहाँका स्थिति पनि तनावपूर्ण बनेको छ ।
उता लमजुङमा सयौंको संख्यामा रहेका माओवादी कार्यकर्ताले िसंगो गाउँ घेरेर कांग्रेस कार्यकर्ताको ज्यान लिने भन्दै सर्च अभियान चलाएको बुझिएको छ भने तनहुमा कांग्रेस उम्मेदवार गोविन्दराज जोशीसहितका कार्यकर्तामाथि आक्रमण गरिएको छ ।
त्यस्तै माओवादीले डडेलधुराका केही गाउँमा अन्य दलका नेता तथा कार्यकर्तालाई प्रवेशमा रोक लगाउँदै कांग्रेस उपसभापतिमाथि कुटपिट गरेका छन् । उनीहरुले मतदान तथा मतगणनाका सिलसिलामा एजेन्ट बस्ने जुनसुकै दलका कार्यकर्ताको ज्यान लिने धम्कीसमेत दिएका छन् ।
यता माओवादीले सिन्धुपाल्चोकबाट प्रकाशित हुने एक स्थानीय साप्ताहिक पत्रिका छाप्दाछाप्दै प्रेसबाटै नियन्त्रणमा लिएको खबर छ । त्यस्तै लमजुङमा कांग्रेस उम्मेदवार दिलबहादुर घर्तीसहितका केही कार्यकर्ता एमाले आक्रमणबाट घाइते भएका छन् ।
उता धनुषामा मतदान अधिकृतलाई नै अज्ञात समूहले नियन्त्रणमा लिएको बताइएको छ ।
त्यस्तै रुपन्देहीको क्षेत्र नं। ३ का कांग्रेस सभापति विष्णु वस्यालमाथि हिजो मध्यरातमा खुकुरी आक्रमण भएको छ उनको स्थिति चिन्ताजनक छ । त्यस्तै रुपन्देहीकै पस्ररीमा बम विष्फोट गराइँदा पाँच जना घाइते भएका छन् । हिजो राजधानीको व्यस्त सडक नयाँबानेश्वरमा कांग्रेसको आमसभा सकिए लगत्तै अज्ञात समूहले बम विष्फोट गराउँदा एक जना पैदल यात्री घाइते भएका छन् भने वीरगंजमा गराइएको बम विष्फोटमा परी १४ जना घाइते भएका छन् ।
माओवादीले गोर्खामा कांग्रेसका बुथ प्रतिनिधिलाई गाउँ प्रवेशमा रोक लगाएको र गुल्मीमा एमालेका केही कार्यकर्तामाथि आक्रमण गरेको खबर छ ।
यता सिन्धुलीको शिविर बाहिर रहेका माओवादी सेनाका बि्रगेड कमान्डर रामबाबु थापा ुसंग्रामुलाई एमाले कार्यकर्ताले हतियारसहित समातेर सीडीओ कार्यालयमा बुझाएका छन् ।
त्यस्तै वैतडीमा एमाले कार्यकर्तामाथि माओवादीले कुटपिट गर्दा गम्भीर घाइते भएकाहरुलाई जिल्ला अस्पतालमा उपचार गरिएको छ भने ओखलढुंगामा माओवादीले कांग्रेस उम्मेदवार बालकृष्ण दाहालले सम्बोधन गर्दै गरेको आमसभामा आक्रमण गर्दा केही कांग्रेसी घाइते भएका छन् ।
यसैबीच आज बिहान माओवादी अध्यक्ष प्रचण्डसँग अनमिन प्रमुख इयान मार्टिनले भेटघाट गरेका छन् । उनले अध्यक्ष प्रचण्डसँग शिविर बाहिर रहेका माओवादी जनसेनाबाट अराजक स्थिति निम्त्याइएको गुनासो गरेपछि प्रचण्डले शिविर बाहिरै रहे पनि जनसेनाले त्यस्तो उपद्रो नमच्चाउने प्रतिबद्धता प्रकट गरेका छन् । आजै मार्टिनले चितवनको जुनपानीस्थित जनसेनाको शिविर भ्रमण गरेको खबर छ ।
निर्वाचनकै अवस्थालाई ख्याल गरी आजदेखि नेपाल भारत सीमा शिल गरिएको छ । २८ गते राती खोल्ने गरी सीमा शिल गरिएको बताइएको छ ।

.

बिगतलाई सम्झनु नपरोस ॥

नपाल चनाबमय भएको छ । सारा नेपाली जनता आफनो देशको भाग्य निर्माण र नयाँ नौलो संविधान र नयाँ नेपालको उदय भएको हेर्न अतुर छन् नेपाली जनता । नेपाली जनताले धेरै पटक दुख कष्ट भोग्नु परेका छन् । देशमा भएका नेता भनाउदाहरु जब चुनाब आउछ तब यो हाम्रो देश हो भनेर चिन्न थाल्दछन् । चुनाब जिताएर पठायो आफुले बिजय हाँसिल गरेर गए पछि बिजय यात्रा मनाएको ठाउँलाई समेत भुलेका हुन्छन् । यस्ता कृर्या कलाप हामीले धेरै देखि सकेका छौ । फेरि पनि तिनै अनुहार ले गाउघरमा गएर आफना स्वार्थ पुर्तिको लागि निमुखा जनता माथि बजारमा पाइने जुलेबिको रसमा चुलुम्म ढुबाउन सकि नसकि ती ध्याम्पे भुडी देखाउदै हामीलाई भोट दिनुहोस भनेर गाउघर पसेका छन् ।
हामी सर्बसधारण निमुखा जनता सधैभरी ललाई फकाईको चपेटामा परेर आफुले पाएको हकअधिकारलाई पनि आफनो इच्छासँग सदुपयोग गर्न पाएका छैनन् । यस्ता घटनाबाट त्रसित भइराखेका हामी नेपाली अब त त्यस्ता घटना दोहोरिने छैन होला भनेर निर्धक्कसँग आफनो देशको भाग्य निमार्णमा कम्मर कसेर लागेका निमुखा नेपाली जनताले सोच्दै नसोचेका कुरा अचानक अहिले आएर जबरजस्ती धम्की त्रास पुर्ण वातावरण देख्नु पर्दा हामी नेपालीले कहिले आन्नदको सास फेर्न पाउला भन्ने कुराको आगमानलाई डोरयाउने होला त ।
निरंकुश राणा शासनमा नेपाली जनताले १०४ बर्षसम्म आफनो हक अधिकार बाट बिाचत बनाएर कालकोठरीको जिवन बिताउनु परयो । त्यो अत्याचारलाई सहन नसकेर त्यसको बिरुद्धमा जनता उत्रिए र आखिरमा बिजय समेत हासिल गरेर छाडे । त्यस पछि देशमा राजतन्त्रको पुर्नबहाली भयो त्यसबाट पनि जनताले कुनै उपलब्धि हासिल गर्न नसके पछि फेरि सत्ता परिबर्तन तिर लागे बहुदलिए प्रजातन्त्रको स्थापना गरे र देशमा नयाँ संविधान बनाए । प।र्टिहरु एक आपसमा खिचातानीको उतारचडाबले सिमा नागेर दलहरुमा मपाइत्वको भावना सृर्जना हुन थाले पछि जनताको मुल्य मान्यतालाई भुल्न छाड्यो नेता भनाउदाहरुले केवल खाली अएस आरामको दुनियाँमा बाधिन पुगे र आफनो भुडि भर्न तर्फ मात्र लाग्न थाले ।
निरंकुशबाट पार पायो भनेको तानाशाही प्रबृतीको थिचो मिचोमा परियो त्यसबाट पनि बहुदलिय प्रजातन्त्र ल्याइयो त्यो पनि सहिय हुन सकेन कोही जंगल पसे त कोही राता रात देशको ढुकुटीमा पौडि खेल्न थाले निमुखा जनता सधै भरि थिचो र मिचोमा पिल्सी नै रहने । त्यसलाई पनि प्रतिबाद गर्न देशमा फेरि रगतको भलबाडि बगाउन तत्परमा पुगे नेपाली जनता र अघि सरेर नयाँ नेपालको खाका कोर्न तर्फ दिन नरात नभनिकन सडक गल्ली तताउन थाले र आफना हक अधिकार सुनिश्चित पार्नलाई फेरि पनि कम्मर कसेर लागे । कयौ शहिद भए कर्याैको सिदुंर पुछिए कयौ टुहुरा भए त कयौ घर बेघर भए आफनो सन्ततीको लागी दिलो ज्यान दिएर यो देशमा फेरी सारा नेपाली जनताले चाहेको लोकतन्त्रको जग गाड्यो । सारा नेपाली जनताको मुहारमा खुशियालीको बहार छायो । लोकतन्त्रको बहाली कुनै एक ब्यक्ति र एक पार्टिले ल्याएको होइन यसमा सारा नेपालीको देन छ ।यसमा सबैको सहकार्य छ ।
नेपालीको रगतको भल बगाएर ल्याएको लोकतन्त्रलाई पुर्ण रुप दिन देशमा नयाँ सबिधानको आवश्यकता पर्ने भएकोले देशमा भएका सारा नेपालीहरुले आफना अफना प्रतिनिधिलाई अघि सारेर नौलो नयाँ नेपालको मुहार सृजना गर्नलाई कम्मर कसेर लागे । अब मात्र २ दिन बाकि छ देशको नौलो जन्म कुन्डली कोर्ने पण्डितहरुलाई हामीले राम्रोसँग चिन्नु पर्छ । नेपाली युवा शक्ति बिदेसिनुको कारण पनि देशको राजनितिक अस्तिरता राम्रो नहुनुको कारणले गर्दा र नेपालीले बिदेशमा बसेर पनि अनेक दुख कष्ट भोगी रहनु परिराखेको कारण पनि त्येहि नै हो । देशको माया कसलाई लाग्दैनर ।हामी प्रबासमा अनेक झमेलामा परि बिभिन्न कष्ट भोगी रहेका नेपालीको एउटे पुकार छ हामीले नेपाली भएर आफनो हकअधिकारको लाभ गर्न पाउँ भन्ने हाम्रो यो आउदो चैत्र २८को दिनलाई भय रहित बाताबरणमा देशको भविष्य निर्माण कत्र्तालाई छान्न सकौ भन्ने अभिलाषा हामीले बोकेका छौ ।
बिजय कुमार श्रेष्ठ
धादिङ्ग कटुन्जे ९
बाग्मित
नेपाल
हाल इराक



April 7, 2008

आचारसंहिताको उल्लंघन

आचारसंहिताको उल्लंघन
आधादर्जन उम्मेदवारसँग आयोगको स्पष्टीकरण

निर्वाचन आयोगले पटकपटक आचारसंहिता पालना गर्न दिएको निर्देशन पालना नभएको भन्दै केही उम्मेदवारसँग स्पष्टीकरण माग गरेको छ । उम्मेदवारहरुलाई सम्बन्धित निर्वाचन कार्यालयमार्फत स्पष्टीकरण माग गरी पेश गर्न आयोगले जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिएको छ । आचारसंहिता विपरित कार्य गरेको उजुरी परेपछि आठजना उम्मेदवारलाई स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो ।

स्पष्टीकरण पेश गर्न भौतिक योजना तथा निर्माण मन्त्री एवं माओवादी उम्मेदवार हिसिला यमीले सरकारी साधनको दुरुपयोग गरेको भन्दै स्पष्टीकरण माग गरेको छ । उता नाबालकलाई चुनावी सभामा प्रयोग गरेको उजुरी परेपछि एमाले केन्द्रीय कार्यालयमा पनि स्पष्टीकरण पेश गर्न पत्र पठाएको आयोग प्रवक्ता लक्ष्मण भट्टराईले बताउनुभयो । एमालेले राजधानीको सभामा रचना घिमिरेलाई चुनावी प्रचारमा प्रयोग गरेका थिए । त्यस्तैगरी आयोगका अनुसार कपिलवस्तु क्षेत्र नं। १ का उम्मेदवार दीपकुमार उपाध्यायलाई भारतीय नम्बर प्लेटको गाडी प्रयोग गरेकोमा स्पष्टीकरण लिएको छ ।
उता धादिङमा मतदान अधिकृतमाथि कुटपिट गरेको विषयलाई लिएर आयोगले धादिङ क्षेत्र नं। ३ का माओवादी उम्मेदवार शालिकराम जम्कट्टेलसँग पनि स्पष्टीकरण लिएको छ । उता तनहुँमा कांग्रेस उम्मेदवार गोविन्दराज जोशीले पिस्तोल लिएर हिँडेको भन्दै स्पष्टीकरण लिएको जनाएको छ । त्यसैगरी निर्वाचन आयोगले अन्य निर्वाचन क्षेत्रमा प्रवेश नगर्न मतदाताहरुलाई आग्रह गरेको छ ।



वाईसीएल न बुद्ध नै बन्छ न गान्धी नै

नेपाल कम्युनिस्ट पार्टी माओवादीका अध्यक्ष प्रचण्डले भ्रातृ संगठन योङ कम्युनिस्ट लिग वाईसीएल का सदस्यहरुलाई संविधानसभा निर्वाचनको अवधिभर ुगान्धीु बन्न अर्थात् अिहंसावादी बन्न दिएको निर्देशन व्यवहारमा लागू भएको छैन । अब भने आतंकपूर्ण व्यवहार गर्दै आएको माओवादीको भ्रातृ संगठन वाईसीएलले चार दिन आफ्नो गतिविधि रक्षात्मक हुने बताएको छ । भनाइमा एउटा र गराईमा ठीक विपरित गतिविधि गर्दै आएका वाईसीएलले
निर्वाचन सफलताका लागि सातबुँदे निर्णय गरेको जनाएको छ ।
राजधानीको फोहोर उठाउने रक्तचन्दन तस्करी रोक्ने लागूऔषध दुव्र्यसनीलाई कुलतबाट छुटाउनेलगायतका सामाजिक विकृतिलाई कम गर्न प्रभावकारी भूमिका खेलेर सर्वसाधारणको मन जित्ने प्रयास गर्दै गरेको भए पनि बेलाबखतमा देखाउने उदण्डकारी गतिविधिले पानीको फोका जस्तै एक निमेषमा खेर जाने गरेको छ । अध्यक्ष प्रचण्डको निर्देशन कार्यान्वयन नहुनुको अर्थ हो वाईसीएल गान्धी बन्न सकेन वा िहंसाको बाटो रोज्न चाहेन नेकपा माओवादी शान्तिपूर्ण राजनीतिमा अवतरण गरेपछि गठन भएको योङ कम्युनिस्ट लिग वाईसीएल एक प्रकारको अर्धसैनिक बलका रुपमा देखापरेको छ । सामाजिक गतिविधिमा सहयोगी हातहरु बढाएर सर्वसाधारणको वाहवाही पाएको वाईसीएलले आफ्नो प्रख्यातिलाई जोगाइराख्न सकेन ।विगतमा वाईसीएलले राम्रा र सह्रारानीय कार्य गरेको भए पनि यतिबेला उसले सर्वसाधारणको मन जित्न सकेको छैन । शान्ति र भयरहित वातावरणमा स्वस्थ प्रतिस्पर्धाका साथ संविधानसभाको निर्वाचन सम्पन्न गराउनु सबैको दायित्व हो । तर अध्यक्ष प्रचण्डले कमसेकम एक साता शान्तसँग बस अरुका नेता तथा कार्यकर्ता नकुट चुनावी सभा नबिथोल पार्टीमाथि गम्भीर आक्षेप आइसकेको संकेत गर्दा पनि नसुधि्रनु भनेको गधालाई दूधले पखालेर गाई हुँदैन भन्ने उखानलाई चरितार्थ गर्नु हो । तर हिजो आयोजित पत्रकार सम्मेलनमा वाईसीएलका अध्यक्ष गणेशमान पुन रश्मीले जनतालाई मतदानको सही उपयोग गर्न पहल गर्ने निर्वाचन शान्तिपूर्ण गराउने मतदान केन्द्र र गाउँवस्तीमा मतदाता सेवा गर्ने अशक्त मतदातालाई मतदान केन्द्रसम्म पुर् याउने र सुरक्षाकर्मीलाई सहयोग गर्ने जनाएका छन् । पार्टी अध्यक्ष प्रचण्डले केही दिन वाईसीएललाई बुद्ध बन्न दिनुभएको निर्देशन अनुरुप सो निर्णय गरेको जनाएको छ । यद्यपि वाईसीएलले जे जे निर्णय गरे पनि जनता भने आतंकित हुन छाडेका छैनन् ।
यो के हो प्रचण्ड जी तपाई कै आफ्नै अर्धसैनिक वाईसिएल त १२ वर्ष कुकुरको पुच्छरलाई ढुङ्गा्रमा राखे पनि बाङ्गाबाङ्गौ भन्ने नेपाली उखानलाई बास्तविक रुप दिनको लागि लागि पो परेका छन् ।




आफैं परिचालित हुने रे सेना निर्वाचन समयमा

विगतको निर्वाचनमा परिचालित भएको सेना यसपल्ट चुपचाप बस्ने भनिए पनि आवश्यक सहयोगका लागि नेपाली सेना तम्तयार रहेको जनाएको छ । सरकारले यसपल्ट सेना परिचालन नगर्ने निर्णय गरेर विभिन्न व्यक्तिहरुले सेना परिचालनका विषयमा विभिन्न टिकाटिप्पणी गरिरहेका बेला संविधान सभा निर्वाचनमा सेना सकि्रय रहने भन्दै उसले आफैं मुख खोलेको छ । निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने हवाई साधनहरु उपलब्ध गराइने र आवश्यक सबैखाले
सहयोग गर्ने जनाएको छ । देशभर माओवादीबाट कुटपिट बढेपछि विभिन्न राजनीतिक दलका नेताहरुले सेना परिचालन गर्नुपर्नेमा जोड दिन थालेका छन् । माओवादीका अराजक गतिविधिका कारण सेना परिचालन आवश्यक रहेको दाबी गर्न थालेका छन् ।नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले शान्तिसुरक्षाको स्थिति गम्भीर बन्दै गएकाले सेना परिचालन अनिवार्य बनेको दाबी गर्नुभएको छ । उता माओवादी अध्यक्ष प्रचण्डले भने सेना परिचालनको कुनै आवश्यकता नभएको दाबी गरेका छन् । शान्तिसम्झौता विपरित सेना परिचालन गर्न नमिल्ने भन्दै आफ्ना कार्यकर्तामाथि दोसारोपण मात्रै गरेको दाबी गरे । माओवादी दिनानुदिन आक्रमण बढेपछि दलका नेताहरुले त्यस्तो अवस्थामा स्वतन्त्र निर्वाचन हुन नसक्ने भन्दै सेना परिचालन गर्नुपर्ने बताएका हुन् । विगतका निर्वाचनमा सेना परिचालन गरेको भन्दै यसपटक झन् सुरक्षास्थिति फितलो भएकाले अनिवार्य भएको दाबी गरेका छन् ।
सेनाले चैत्र २४ गते एक विज्ञप्ति प्रकाशित गरी भन्सार रिपिटर स्टेसन विद्युत्गृहलगायत महत्वपूर्ण स्थानको सुरक्षा गरिरहेको जनाउँदै सेनाको हवाई साधनबाट मतपत्र मतपेटिका कर्मचारी सुरक्षाकर्मी तथा निर्वाचन सामग्रीहरु ढुवानी गरिरहेको स्पष्ट पारेको छ ।
निर्वाचनका क्रममा भएका घाइतेको उद्धार गर्न सेनाले थप हवाई साधनहरु तयारी हालतमा राखेको सुरक्षा सुदृढ गर्न र आकस्मिक गर्न सकिने जनाएको छ । विगतमाझैं परिचालन हुन नपाएपछि सेनाले आफैंले आफ्नो भूमिका भएको जनाएको हो । मुलुक र जनताको सुरक्षार्थ जुनसुकै हालतमा सरकारको निर्देशन मान्न तयार रहेको जनाउँदै सेनाले आवश्यक पर्दा तयार रहेको बताएको छ । सुरक्षाका विषयमा समस्या देखिन थालेपछि दलका नेताहरुले सेना परिचालन गर्नुपर्ने बताउँदै आएका छन् ।


April 6, 2008

चैत्र २३ गते शनिबार कहाँ-कहाँ भयो निर्वाचन आचारसंहिताको उलंघन

राष्ट्रिय निर्वाचन अनुगमन साजाल नेमाका सचिवालय संयोजक प्रदिप घिमिरेले संविधानसभा सदस्य निर्वाचन २०६४ को पूर्वअवस्थाको अनुगमन गरि प्रकाशित गरिरहेको दैनिक विशेष बुलेटिन अन्तर्गत शनिबार देशका विभिन्न भागमा भएका चुनावी घटनाक्रम यस्तो छ ।
सप्तरी जिल्लाको निर्वाचन क्षेत्र नं। ३ मा नेमकिपाका तर्फबाट उम्मेदवार बनेका अशोक यादवलाई तराई जनजागरण मुक्तिमोर्चाका कार्यकर्ताहरुले उम्मेदवारी फिर्ता लिन धम्क्याएका छन् । ती कार्यकर्ताहरुले उम्मेदवार यादवको घरमा पुगि गोली समेत चलाएका थिए ।
गुल्मी जिल्लाको क्षेत्र नं। ३ मा पर्ने हाडहाडे भन्ने स्थानबाट एमाले समर्थित प्ररायुसंघका सदस्य बिष्णु वि।s।लाई चैत्र २३ गते माओवादीले अपहरण गरेको छ ।
बैतडी जिल्लामा आफ्ना कार्यकर्ताहरुमाथि आक्रमण गर्ने माओवादी कार्यकर्ताहरुमाथि आचारसंहिता उलंघन गरेको उजुरी दिन जादै गरेका एमाले कार्यकर्ताहरु र माओवादी कार्यकर्ताहरुबीच चैत्र २३ गते झडप भएको छ । हाट गाविस स्थित प्रहरी चौकीमा उजुरीको लागि जादै गरेको एमाले टोलीसंग भएको झडपमा परी ७ जना माओवादी कार्यकर्ता घाइते भएका छन् । झडपलाई साम्य पार्न प्रहरी पुगेको थियो । त्यसक्रममा एक जना प्रहरी पनि घाइते भएका छन् ।
हुम्ला जिल्लाका माइला मदन कालिका श्रीनगरलगायतका गाविसमा नेकपा माओवादीका कार्यकर्ताहरुले डर त्रास तथा धम्कीका भरमा भोट माग्न थालेको पाईएको छ ।
नवलपरासी जिल्लाको कावासोती बजारमा चैत्र २३ गते कांग्रेस र वाईसीएलका कार्यकर्ताहरु बीच झडप भएको छ । त्यसक्रममा कांग्रेसका उम्मेदवार ओमकला गौतमको गाडीमा क्षती पुगेको छ । त्यसक्रममा दुवै पक्षका गरी करिब २० जना घाइते भएका छन् भने २ वटा मोटरसाइकिल क्षेतिग्रस्त भएका छन् ।
मुगु जिल्लाको रोवा गाविसमा चैत्र २३ गते चुनावीसभा सकेर फर्कदै गरेका क्षेत्र नं। १ का एमाले उम्मेदवार चन्द्रबहादुर शाहीलाई माओवादी कार्यकर्ताहरुले केहीबेर आफ्नो नियन्त्रणमा राखेका छन् ।
सुर्खेत जिल्लाको कल्याण गाविस चैत्र २३ गते प्रचार प्रसारमा हिडेको राष्ट्रिय जनशक्ति पार्टीको टोलीबाट वाईसएिलका कार्यकर्ताहरुले प्रचार सामग्री लुटी लगेका छन् ।
सल्यान जिल्लाको मुङखोला गाविसको राउचेमा चैत्र २३ गते कांग्रेस कार्यकर्ताहरुले एमाले समर्थित अनेरास्ववियुका कार्यकर्ता जगजित बुढालाई कुटपिट गरेका छन् । घरदैलो कार्यक्रममा रहेका निज बुढालाई कांग्रेस कार्यकर्ता घनश्याम वुढाको नेतृत्वमा रहेको समूहले कुटपिट गरेको वुझिएको छ । त्यसक्रममा उहाँको टाउको र हातमा चोट लागेको छ । त्यस्तै सल्यानको पिपलबोटमा आयोजित एमालेको चुनावीसभालाई माओवादीले विथोल्ने प्रयास गरेका छन् । उनिहरुले एमालेका सभा चलिरहँदा सभास्थल वरपर नारावाजी गरेका थिए ।
दाङ जिल्लाको रामपुर गाविसमा आज चैत्र २३ गते हुनथालेको चुनावी सभामा सहभागीहुन जान थालेका काग्रेस कार्यकर्ताहरुलाई माओवादी कार्यकर्ताहरुले लक्ष्मीपुरको भैसीकुर्मामा अभद्र ब्यवहार गरेकाछन् । त्यसक्रममा माओवादी कार्यकर्ताले काग्रेसका एक दर्जन बढी झण्डा जलाइ दिएको तथा काग्रेस कार्यकर्तामाथि कुटपिटको प्रयास गरेको जनाइएको छ ।


डोल्मा सञ्चै छिन्ः रियाद दुतावास

नमस्कार साथीहरु सबैलाई
सबै प्रथम त तपाईहरुसँग माफी माग्दैछु किनकी नेपालमा संविधान सभाको निर्वाचन हुन गईरहेको बेला देश र देशबासी सबैै जना त्यतातिर लाग्दा कतै हाम्रो चेली फाँसीमा त चड्ने होईन भनेर मैले यसलाई समावेश गरेको छु यो मैले विभिन्न साईटहरु हेर्ने क्रममा नेपाली पोष्टबाट साभार गरेको हुँ यसबाट ब्वकरहरुलाई के समस्य भए क्षमा माग्दछु । डोल्मा सञ्चै छिन्ः रियाद दुतावास कुवेतमा मृत्युदण्ड सजाय पाएकी नेपाली चेली डोल्मा शेर्पाको जीवनरक्षामा कानूनी उपचार खोज्नका लागि साउदी अरेबिया नेपाली दुतावासले एक वकिलको व्यवस्था गरेको छ ।
खाडीको कुवेत मामला समेत हेर्ने रियाद नियोगका प्रथम सचिव लोकबहादुर थापाले यसै साता कुवेत पुगेर वकिल नियुक्ती तथा डोल्मास“ग भेटघाट गरेका छन् । 'डोल्माको जीवनरक्षामा अब औपचारिक प्रकृया सुरु भएको छ,' थापाले शनिवार फोनमा भने । कुवेतको पुनरावेदन अदालतमा डोल्माको अभियोगमा अन्तिम सुनुवाइ सुरु भैसकेका कारण उनको मुद्धामा अपिल तथा बहस पैरवी गर्नका लागि कुवेती मुलका वकिल नियुक्त गरिएको थापाले बताए । 'मृत्युदण्डको सट्टा प्रकृयामा निश्चित बर्षको जेलसजाय तोक्नेतर्फ पैरवी हुनुपर्‍यो भनेर धारणा राखेका छौं,'थापाले भने । जेलमा रहेकी डोल्माको स्वास्थ्यस्थिती राम्रो रहेको र उनले आफ्ना पक्षमा संचारजगत, नेपाल सरकार, नेपाली समुदायले गरिरहेको पहलबारेमा जानकारी पाइरहेको बताएकी थिइन् । 'डोल्मा सञ्चै छिन्, उनको स्वास्थ्य ठीक थियो,'थापाले भने ।
एक फिलिपिनो सहकर्मीको हत्या अभियोगमा थुनामा रहेकी डोल्मालाई मृत्युदण्ड सजाय दिइनेबारे त्यहा“को तल्लो अदालतले पा“च महिना अघि निर्णय सुनाएको थियो । 'पुरावेदनको प्रकृया पुरा भएर यो मुद्धा सर्वोच्च अदालतमा जानेछ, त्यसकारण यसको अन्तिम निर्णयमा केही महिना लाग्नेछ,'थापाले भने । यही क्रममा प्रथम सचिव थापाले कुवेतस्थित फिलिपिनो दुतावासका अधिकारीस“ग भेटघाट गर्दै हत्या गरिएका परिवारलाई ब्लड-मनी क्षतीपुर्ती उपलब्ध गराउन र सम्बद्ध आफन्तबाट माफीको कागजात झिकाउनका लागि आग्रह गरेका छन् । 'डोल्मा बचाउ अभियानमा ५० लाख रुपैंया जति आवश्यक पर्ने भनिएकोमा अहिलेसम्म गैर आवासीय नेपाली संघ, परराष्ट्र मन्त्रालय र कतार दुतावासबाट गरेर झण्डै २० लाख रुपैंया मात्रै संकलन भएको छ, 'उनले भने-'रकम संकलनमा हामीले तदारुकता चाहेका छौं ।'


छ महिना

"सबै खाले बिचार तथा सिर्जना सामेल गर्नु दौतरीको मुख्य मान्यता हो भने कुनै ब्यबसायिक दाउबाट दौंतरी अलग रहेर स्वतन्त्र बिचारलाइ थप बल पुराइरहेन छ "
छ महिना के होला? माहोल संबिधान सभामय छ। एक आपसमा संबिधान सभा राम्रोहोस भनेर शुभकामना साटासाट भइराखेको छ। संबिधान ६ महिना मा बन्ला? मुश्किल नै छ त्यो कुरा तर एक आपसमा समझ्दारी गरे १ बर्ष सम्ममा बन्ला की? आशा गरुं संबिधान बन्दा २-४ नेपाल बन्द र २-४ चक्का जाम बाहेक त्यो भन्दा बढि नहोस।


छ महिना भने दौतरी सुरु भएको समय हो। छ महिना अगी आजैको दिन दौतरी सुरु भएको थियो। दौतरी सुरु हुंदा निकै उल्लास छाएको थियो। तर सुरुको १-२ महिना त ब्लग सहि तरिकाले प्रकाशन गर्न पनि नजानेर कति दिन त दौतरी पेज नै खुलेन। फेरी दौतरीको र्फम्याट कस्तो राख्ने या कसरी राख्ने यस्तै यस्तै असमन्जासमा समय बिते। ६ महिना गएको पत्तो नै भएन। यस बिचमा करिब २५० ब्लग लेखिएछन। सायद दौतरीमा कसैको बिचार जबर जस्ती नलादिने या कसैले यो किन लेखेको मेटीदिउ, आदी दम्भपुर्ण काम नहुदा नै स्वफुर्त बिचार प्रबाह गर्ने ठाउ भएको महशुस हुन्छ दौतरी।
सबै खाले बिचार तथा सिर्जना सामेल गर्नु दौतरीको मुख्य मान्यता हो भने कुनै ब्यबसायिक दाउबाट दौंतरी अलग रहेर स्वतन्त्र बिचारलाइ थप बल पुराइरहेन छ ।आशा गरौं दौतरी यस्तै स्वतन्त्र बिचार प्रदान दिने प्रमुख ठाउ बनेर नेपाली र नेपालीहरुलाइ माया गर्ने बिच सदैब लोकप्रिय रहिरहोस।
तपाइ पनि सामुहिक दौंतरीलाइ कसरी उचो पार्न सकिन्छ, मनन गर्नुहोस है?



प्रबाशी


पुरुशोत्तम सुबेदी
बेल्जियम

यो पत्र पुग्ना साथ तिम्रो पत्रको प्रतिक्षामा छु म ।
दर्जानुसर सबै लाई सकुसलता को कामना गर्छु म ।।
सुनाइ दिनु सञ्चै छरे भनी -खबर गैरा बारी साँहिला लाई ।
घांस काट्दा हात रेट्ला हंसियाले -धेरै नसम्झे तिमी मलाई ।।
नासो पठाइ दियको छु तिमी लाई मैले -आऊँदै छ १५ दिन भित्रमा ।
मुरि-मुरी अगाध माया छ तिमीलाई -मेरी प्री य सुमित्रा मा ।।
देशै बेरोजगार म के को रोजगार -जोहो गर्न धौ -धौ थियो मलाई ।
दलाल लाई भयको सुम्पि छोडी हिंडें-भौतारियको छु प्रबासमा मन जलाई।।
केही थाहा भयन मलाई प्रबासमा -यसरि बितरा परीन्छ भनी ।
समयले काटेछ नेटो क्यारे अबत -भेटिन केही कतै पनि ।।
गार्हो छ फर्काउन गैरी खेत -प च् हुने भयो औंठी तिलहरी ।
टोलाउछु यकान्तमा मनै झस्किन्छ -थामिन्न आँसु कसै गरी ।।
ठुला ठुला सपना ति बोकी हिंडें- थाहै भयन मलाइ पहिले त ।
आफ्नै धन खर्चेर आफु बेचियको -चाल पायं बल्ल मैले त ।।
बर्षऊ बिते कती बसन्त गय -सकिन खै म अझै फर्कन ।
बिचरी सुमित्रा अझै पनि छे प्रतिक्षामा -कती सकेकी पर्खन ।।
घर नै सुन्य गाऊ सुन्य लाग्छ- के फर्कनु अबेर भयो अब त ।
चर्का चर्की गर्छन् रे सबैले गाउं तिर -हुने हो रे बिकास बिधानत ।।
साथी बिर्सेंं गाऊ बिर्सेंं -बिर्सियं धर्म संस्क्रिती पनि ।
पिऊछु निस्तो रक्सी क्रिस्मस मा -रमाउंछु यही हो दसैं भनी ।।
आऊछ सम्झना तिहारको -सन्झिन्छु दिदी बहिनी लाई ।
नास्तिक हरु को घुइचो छ जता ततै -के दोस दिऊ यहाँ कलाई ।।
गर्जन छ मेरो चिनारी सगरमा था को -नेपा ली संक्रिती भनी ।
थाहै छैन आफु नास्तिक भाईसकेको -चिनाऊछु हिन्दू हुँं भनी ।।
कहिले म कतार दुबै छु- कहिले दक्षिण कोरिया ।
धन को लोभ ले धन सिध्यायं-भयो हिना मिना -फर्किन्न अब खोरिया ।।


राष्ट्रिय कलाकारहरुको माझमा रहदाको केही क्षण


गत सुक्रवार अपि्रल ४ तारिक २००८का दिन दुबईको अल नासर लिजरल्याण्ड हलमा नेपालका ख्यातिप्राप्त लोक तथा दोहोरी गायकहरुको दोहोरी गीत तथा लोक गीतमा प्रवासी नेपालीहरु दिलै फुकाएर नाचे भने हास्य कलाकारहरुको ब्यङ्गय तथा अन्य प्रहसनले पेट मिची मिची हासे ।
उक्त दिन एकैक्षण भए पनि प्रवासी भूमीमा रमियो । कार्यक्रमलाई जितु नेपाल शिवहरी पौडेल र किरण केसीले झनै रमाईलो बनाएका थिए भने लोक तथा दोहोरी गायक पुर्षोक्त न्यौपाने अनिता खड्को स्टेजमानै गाईएको दोहोरी गीतले नेपालको दोहोरी साँझको झझल्को मेटाएको थियो ।
जिरे खुसा्रनिका टिमको कार्यक्रममा यो मेरो दोश्रो थियो । पहिलो कार्यक्रम त्यति सफल भएन र उहाँहरुले पनि त्यति सफल प्रस्तुति दिनु भएन तर यस पाली भने धेरै मिहिनेत गर्नु भयो । सायद म जस्तै अन्य दर्शकहरु पनि दोश्रो पटकनै उपस्थित भएका थिए होला र सबैले नयाँ खालको प्रस्तुती चाहेका थिए तर पनि जितु नेपाल शिवहरी पौडेल र किरण के।सीले पहिलो कार्यक्रममा प्रस्तुत गरिएका हास्य ठट्यौलीहरु यो कार्यक्रममा पनि दोहोर्याई रहेका थिए । दर्शकले जहिले पनि नयाँ र नौलो प्रस्तुती चाहेको हुन्छ त्यसैले पहिला प्रस्तुत गरिएका हास्य ठट्यौलीहरु दोश्रो पटक पनी फेरी नदोहोर्याई अर्को नयाँ खालको प्रस्तुती प्रस्तुत गर्दा अझै राम्रो हुने थियो कि ।

स्टेजमा पुर्षोक्तम न्यौपाने नेपाली पोषाक दौरा सुरुवाल लगाएर प्रस्तुत हुँदा उनको साथमा एक भित्ताको मात्र कपडा लगाएकी अहिलेकी अति हट समाचार तथा नायिका बनेकी सौजन्य सुब्बाको उपस्थितिले धज्जा उडाएको थियो । अर्की हट केक पवित्रा खड्काका पनि एक भित्ता भन्दा लामो कपडा थिएन । अहिलेको फेशन भनौ या बिकृति उनको फेशन पनि त्यस्तै थियो । सुसिल क्षेत्री र सौजन्य सुब्बाको डान्समा सौजन्य सुब्बाले लगाएको डे्रस अनि उत्तेजनक थियो जसले दर्शकहरुको आँखा सुसिल क्षेत्री तर्फ भन्दा पनि सौजन्य सुब्बाको तर्फ बढी केन्द्रिकित भएको थियो । कलाकार छनौट गर्ने आयोजकलाई धन्यवाद दिनै पर्दछ ।

भर्खरै लोक तथा दोहोरी गीतमा उदाउन खोजेकी अर्की लोक तथा दोहोरी गायिका अनिता खड्काको फेशन तथा हाउभाउ अति आकर्षक र बर्णन गर्नै पर्ने खालको थियो । दुई जना हटकेकको अगाडी उनी पटुकी र गुन्यौचोलीमा थिईन् । भर्खरैकी यौवन युवती भएतापनि उनले नेपाली पहिरनलाई भने कायमै राखेकी थिईन । भने अर्की उद्घोषिका टिका ढकालको पहिरन पनि बर्णन गर्ने खालकै थियो । उद्घोषिका भनिएता पनि उनिसँग उद्घोषिकामा हुने गुण कमै थियो त्यसैले पनि उनि कार्यक्रममा थोरै मत्र देखिईन । आधुनिक गायक हिमाल सागरको प्रस्तुतिले दर्शकहरुलाई ताली बजाउन बाध्य बनाउन लगाएको जस्तो थियो । एउटा गीतको लाईन गाएर सकिने बित्तिकै दर्शकलाई अनुरोध गर्दथे र भावुक गीतमा पनि उनले ताली बजाउन अनुरोध गर्दथे । गित गाउँदा गाउँदै स्टेजमानै पल्टिन्छन् कि झै लाग्थ्यो । उनको स्वर र गीतको शब्दहरु अति राम्रा थिए तर उनको गीत गाउदा गरीने हाउभाउ भने बढीनै थियो ।



स्थानिय कलाकारहरुलाई स्वागत गीत मात्र गाउन लगाइएको थियो । यहाँका स्थानिय कलाकारहरु पनि राष्ट्रिय कलाकारहरु भन्दा कम थिएनन् तर पनि स्थानिय कलाकारहरुलाई स्थान दिइएको थिएन । लोक दोहोरी गीतमा भने यूएइका लोक भाकाका चर्चित कलाकार असिम महतको समूहलाई बाध्यवादनमा समावेश गरिएको थियो ।

फ्लाई एती डट् कमले दर्शकहरुलाई चिठ्ा कार्यक्रम राखेको थियो जसमा दुई जना भाग्यमानी दर्शकहरुले फ्लाई एतिको टिकट आबुधावी काठमाण्डौ काठमाण्डौ अबुधावीको पाउन सफल भए ।

कार्यक्रमको बिच बिचमा नेपालीहरुले नेपालमाझै खोया विर्के धोकीसकेका थिए । उनिहरुको कृयाकलाप र समाजमा अपाच्य शब्दहरु कानमा ठोक्किन आईपुग्दा हामी कति अशभ्य रहेछौ भन्ने प्रष्टा थाहा हुन्थ्यो । कार्यक्रमको अन्त्य तिर दर्शकहरु एक एक गर्दै स्टेजमा पुगेर दोहोरीमा नाच्न खोज्दा धन्नै दोहोरो भिडन्त भएन । एक जना सेक्युरिटी गार्डले स्टेजबाट बाहिर जान अनुरोध गर्दा अलि बढि बल प्रयोग गर्न पुगेका थिए । गायक पुर्षोक्तम न्यौपानेले भाइ साम्य भन्दा पनि नेपाली दर्शक झोक्कि रहेका थिए भने अन्यले हान हान भनिरहेका थिए । त्यहाको स्थिति अझै बढेको भए नेपालीहरुको हालत कस्तो हुन्थ्यो होला अनुमान गर्न सकिन्छ । किनकी यो ठाउँ नेपाल थिएन र कानुन पनि अति कडा थियो ।

नव बर्ष २०६५ सालको पुर्व सन्ध्यामा नेपाल यूएई समन्वय माचले आयोजना गरेको उक्त साँस्कृतिक साँझ २०६५ मा राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरु जिरे खुसा्रनीका तीन हस्ती सिवहरी पौडेल किरण केसी जितु नेपाल लगायत लोक तथा दोहोरी गायक पुर्षोक्तम न्यौपाने अनिता खड्का उद्घोषिका टिका ढकाल नायिका पार्वती खड्का नव नायिका सौजन्य सुब्बा नायक सुसील क्षेत्री तथा आधुनीक तथा पप गायक हिमाल सागरको बेजोड प्रस्तुती रहेको थियो ।

यूएयका लागि नेपालका राजदूत महामहिम अर्जुन बहादुर थापाको प्रमखु अतिथि तथा नेपाल दुबई सास्कृतिक समन्वय माचका सभापति नारायण लम्सालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको उद्धघाटन उपनियोग प्रमुख मोहनकृष्ण श्रेष्ठले रिवन काटी गर्नुभएको थियो भने कार्यक्रममा यूएईमा स्थापना भएका विभिन्न संघ संस्थाका प्रमुख ब्यक्तिहरुको उपस्थिति रहेको थियो । उक्त संस्थाका संवाद सचिव बालचन्द्र पोख्रेलले आमन्त्रित अतिथि तथा उपस्थित सम्पूर्ण प्रवासी नेपालीलाई स्वागत गर्नु भएको थियो ।



स्थानिय कलाकार असिम महत लगायत अन्य कलाकारहरुद्धारा

यो प्रदेशी भुमीमा स्वागत उपस्थित सबैलाई दिलैदेखी हाम्रो स्वागत

हे। हे अाजुली बाँधी दिलै खोली हामी गर्छौ स्वागत भन्ने स्वागत
गित गाएर सबैलाई स्वागत गरेका थिए ।



सास्कृतिक कार्यक्रमको पहिलो चरणमा नै नेपालका अति प्रख्यात नायक गायक तथा हास्य कलाकार किरण केसीले आफ्नै श्वरमा

नम्वर विर्षे मोवाईलको चिठि लेखौ कि हुलाकीले आँखा लाग्ला आफै भेटौ कि

हे दिल गजुर क्या राम्री छु र भन्छु मेरी हजुर

साथै

तिमी जस्ती बुझकीले ढिप्पी कस्नु हुन्न

बाउ आमाले बिदा दिए माईत बस्नु हुन्न घर हिड घर हिड

दुई हात जोडी सके ध

रोधर्म माईली मैले र_िक्स छोडी सके
भन्ने शिर्षकका गीतहरु गाउदै दर्शकहरुसँगै ताल मिलाएर आफै गीत गाउँदै नाचेका थिए ।



जिरे खुसा्रनीका अर्का जल्दा बल्दा नायक तथा हास्य कलाकार जितु नेपाल आफ्नै भेष शैलीमा स्टेजमा प्रस्तुत हुदा दर्शकहरुले मुन्द्रे र एस एल सी पास भनेर ब्यङ्ग गरेका थिए भने जितुले दर्शकहरुलाई पेच मिची मिची हसाउन सफल भएका थिए । अहिलेका जल्दा बल्दा समस्या तथा राजनीतिक घोच पेच साथै नेपालका फेशन आदी बिषयहरुमा ब्यङ्ग हान्दै हसाएका थिए । उनका प्रत्येक शब्दहरुमा दर्शकहरुको हासोको फोहोरा छुटेको थियो । जितु नेपालले नेपाल र दुबईका बिषयबस्तुलाई समेटेर बिच बिचमा दर्श सफल भएका थिए ।



आउछौ भनि बस्नेछु आशैमा खरले छाएको झुपडीको बासैमा

हावा चलेको कस्लाई पो थाहा छ र यो मन जलेको
भर्खरै लोक गायनमा छिरेकी नव गायिका अनीता खड्काले अति मिठो लयमा गीत गाउँदा र गीतमा पनि प्रदेशीहरुको घरमा प्रदेशीलाई नै कुरेर बसेको शब्दहरुले रचित तथा उक्त गीतले पनि प्रदेशीका पिडाहरुलाई नै छोएको थियो ।



अति कामुक नृत्य प्रस्तु गरी दर्शकहरुलाई तताउन नायिका पवित्रा खड्का सफल भएकी थिईन् ।

नेपालका लोक तथा दोहोरी गीतमा अति चर्चामा आएका अति प्रख्यात गायक पुर्षोत्तम न्यौपानेले अति प्रचलित लोक गीत

मायाँको जातै तकडा

कहाँ देख्यौ कहाँ देखौ भईरहेने भेटे झगडा भन्ने भाकाको गीत गाएका थिए भने

धिक्कारै त फुल सिमीलाई

न त शिरमा सानुरीमै न त चढ्यौ मन्दिरमा आखिर सबले कुल्चे तिमीलाई

भर्खरै आएको नयाँ लोक गीतको भाकाको गीत प्रस्तुत गरेका थिए ।



हेर हेर पुर्वबाट झुल्किएछ घाम मैले तिम्रो लेखिसके यो छातीमा नाम बरदान बरदान

तिम्लाई के भयो तिम्लाई के भयो

भन्ने गीतमा नेपालका अती प्रख्यात तथा लोकपि्रय नायक सुसील क्षेत्री तथा भर्खरै चलचित्र क्षेत्रमा उदाएकी नव नायिका सौजन्य सुब्वाले कामुक नृत्य गर्दा दर्शकहरु पनि तालमा ताल मिलाउदै नाच्नेको भिड लागेको थियो ।



अहिलेका अति लोकपि्रय युवा तथा युवतीको ढुक ढुकीमा बस्न सफल तथा अति लोक पि्रय आधुनीक गीत दर्शकहरुसाम ल्याउन सफल गायक हिमाल सागरले

न मैले लेखे न उनले लेखीन् खै कस्ले लेख्यो आशु सरी जिन्दगीको मेरो कथा
अती लोकपि्रय आधुनिक गीत गाउँदा दर्शकह्ररुको ताली तथा सिटीले हल अती गुाजयमान भएको थियो भने यूएईबाट नै सुटिङ्गको सुरु गरिएको नेपाली चलचित्र मातृभुमीको अति मार्मिक गीत

गाउँमै नपुगेको सयौ बर्ष भयो साथी भाई आफन्तलाई नदेखेको मेरो त्यो गाउँ मेरो त्यो ठाउँ हा हा

भन्ने अति मार्मिक शब्दहरुले रचिएको गीत गाउँदा दर्शकहरु सबै स्तब्द देखिन्थे । बर्षौ सम्म गाउँमा नफर्किएको प्रदेशीको पिडाका शब्दहरुले भरिएको अति मार्मिक गीत थियो । उनको पहिलो गीतलाई वान्स मोर भन्दै धेरै दर्शकहरुको अनुरोधमा दोश्रो पटक पनि गाएका थिए ।



कार्यक्रम रोचक त्यतिबेला भयो तब स्टेजमा शिवहरी पौड्याल किरण केसी र सौजन्य सुब्बाको प्रहसन ईमरजेन्सी वार्डको प्रस्तुती आयो करिब २० मिनेटको उक्त प्रहसनले नेपालको समसामाहिक बिषयबस्तुहरुलाई समिटिएर प्रस्तुत गरिएको थियो । उक्त प्रहसनको अवधीमा दर्शकहरु पेच मिची मिची हासेका थिए तर अन्त्यमा अति मार्महिकरुपमा अन्त्य हुदा दर्शकहरु भावुक देखिन्थे । देशलाई विभिन्न सत्ताधारी तथा राजनीतिक दलहरुले बर्षौ देखी चिथरी रहेको र नेपाली आमाको चित्त दुखेको शन्देस उक्त प्रहसनले दिएको थियो ।



लोक गीतका धनी पुर्षोत्तम न्यौपाने नेपाली पहिरन दौरा सुर्वाल र ढाका टोपीको पहिरनमा स्टेजमा उपस्थित हुदा प्रवासी नेपालीहरुले तालीले स्वागत गरेका थिए भनॆ अति लोक पि्रय गीत

पुर्वैमा झ्याल राखे झल्को आउँदा भेटहुन मन लाग्दा मआउछु ख्याल राखे भन्ने भाकाको गीत प्रस्तुत गरेका थिए जसमा सौजन्य शुब्बाको अभिनय रहेको थियो र उक्त गीतमा सौजन्य सुब्बाले नृत्य पनि गरेकी थिईन् ।

मयाँले मार्र्यो दिल बिगार्यो त्यो ज्यानले पार्नु पिर पार्र्यो भन्ने भाकामा पुर्षोत्तम न्यौपाने र अनिता खड्काको दोहारी जम्दा दर्शकहरु आडैमा बसेका अन्य दर्शकहरुको पनि ख्याल नगरी कुसर्ी सार्दै नाच्नमा ब्यस्थ देखिन्थे भने अन्य दर्शकहरुले कुसर्ीबाटनै हातका तालीले साथ दिएका थिए । मध्य रातको ११ बजेको मौशममा पनि हलमा अझै रौनक छाएको थियो । एक आपसमा गीतका भाकाले घोचाघोच गरीरहर्दा र दर्शकहरुले पनि गीतको भाकामा साथ दिदा वरपरको वातावरण पनि संगितमय भएको थियो ।

आदी खोला उर्लेर आयो आउने थिईन मायाँले बोलायो भन्ने अर्को भाकाको गीतमा दोहोरी गाउँदा हलमा दर्शकहरुको नाच्ने भीडले अति रमाईलो भएको थियो भने पुर्षोक्तम न्यौपाने र अनिता खड्काले दोहोरी गाई रहदा दर्शकहरु स्टेजमा पुगेर नाचेर आफ्नो धोका पुरा गरेका थिए । दर्शकहरुको भिडले गर्दा गीत पुरा हुन नपाउदै टुग्याउनु परेको थियो भने त्यहाँ उपस्थित सेक्युरिटी गार्डले भिडलाई साम्य मार्न धौ धौ परेको थियो । उक्त प्रत्यक्ष लोक दोहोरी गीतमा संगीत भरेका थिए असिम महत र उनका साथीले ।



कार्यक्रमलाई मुख्य प्रायोजन गरेको थियो वस्टन यूनियन मनि ट्रान्सफर र सह प्रायोजन यूएई एक्सचेन्ज फ्लाई एति यरलाईन्स जिएमटी ट्राभल्स पाईनर इन्सुरेन्स नेपाली चाईनीज रेष्टुरेष्ट टिम ट्राभल्स सुपरजेट ट्राभल्स आदीले कार्यक्रमको प्रायोजन गरेका थिए ।



संस्थाका कोषध्यक्ष खिमलाल पाण्डे तथा सहकोषाध्यक्ष राधाकृण्णा पाण्डे द्धारा प्रमुख अतिथि तथा अन्य अतिथिहरुलाई ब्याज बितरण गरेका थिए । कार्यक्रममा दुबई लगायत दुबई आसपासका हजारौ प्रवासी नेपालीहरुको उपस्थिति रहेको थियो । यातायात ब्यवस्थामा भिम गुरुङ्ग तथा कृष्ण सुवेदीले ठुलो सहयोग गरेका थिए । संस्थाका सचिब डोलराज काफ्लेको कार्यक्रमलाई सफल बनाउन ठुलो भुमिका रहेको थियो ।



कार्यक्रम ६ बजे सुरु हुने भनिएता पनि रातको करिव साढे सात बजे सुरु भएर करिव मध्यारतको ११ बजे कार्यक्रम समाप्त भएको थियो ।

यूएईमा केही समय यता नेपालबाटनै ख्यातीप्राप्त कलाकारहरु आएर कार्यक्रम गरिएको थिएन त्यसैले पनि यो कार्यक्रम अन्य कार्यक्रमहरुभन्दा केही सफल भएको उपस्थित दर्शकहरुको भनाई थियो भने केही अपवादहरु प्नि देखिएको थियो । कार्यक्रममा नेपालीहरुले होहल्ला गर्दा त्यहाँका सेक्युरिटी गार्डहरुलाई साम्य पार्न कठीन भएको थियो । कार्यक्रमको अन्त्य सम्म पनि दर्शकहरुको उत्तीकै भिड थियो । कार्यक्रममा दुबई लगायत दुबई आसपासका हजारौ प्रवासी नेपालीहरुको उपस्थिति रहेको थियो । यातायात ब्यवस्थामा भिम गुरुङ्गले ठुलो सहयोग गरेका थिए ।

पहिलो कार्यक्रम साचालन संस्थाका महा सचिव तेज आचार्यले गरेका थिए भने दोश्रो चरणको कार्यक्रम टिका ढकाल जितु नेपालले साचालन गरेका थिए ।



April 4, 2008

घुम्दै फिर्दै रुम्जाटार

जती पनि लेख रचना हरु पढ्छु सबै माओबादीको बिरोधमा नै लेखेको देख्छु। माओबादीहरु द्वारा भएका अचाक्ली, ज्यादत्ती आदिको निन्दामा नै शब्द खर्चिएका छन। तर कसो गर्दा वा कसो हुँदा यो माओबादी प्रकोपबाट देश र जनताले छुटकारा पाउछ त भन्ने बिषयमा प्राय सबै मौन छन। बिरोध गर्न सजिलै हुन्छ। समस्याको कुरा गर्न सजिलै हुन्छ। तर समाधान के हो त? यस बिषयमा किन लेखिदैन? किन सोचिदैन? संबिधान सभाको चुनाव हुँदैछ। माओबादीले बहुमत सीट जित्नु समाधान हो कि माओबादी इत्तर कांग्रेस वा एमालेले जित्नु समाधान हो?माओबादीको उद्दन्ढ त देखेकै छौं, यिनीहरुको बहुमत आउनु पक्कै पनि समाधान होइन। कांग्रेस वा एमालेले बहुमत ल्याएर माओबादी किनारा लाग्ने अवस्था आउनु पनि समाधान होइन, किनकी बाह्रौं बर्षसम्म रगतको खोलो बगाएर आएको पार्टी निर्वाचन पछी चुपचाप बस्ला भनेर मान्न सकिन्न।
जिम्मेवार राजनैतीक पार्टीहरुले कसरी हुन्छ माओबादीहरुलाई प्रजातान्त्रीक मुलधारमा अवतरण गराउने तर्फ सोच्नु पर्थ्यो। माओबादीहरु निर्वाचनमा भाग लिएर प्रजातान्त्रीक संस्कार अनुरुप निर्वाचनको परिणाम स्वीकार गर्ने अवस्था सम्म पुगेकै छैनन र उनीहरुबाट प्रजातान्त्रीक संस्कारको अपेक्षा गर्नु बेकार हो। त्यसकारण माओबादीलाई केही समय कांग्रेस्-एमालेहरुले संगै लिएर जानु पर्ने थियो। ताते-ताते गर्दै प्रजातान्त्रीक बाटोमा बामे सर्न सिकाउनु पर्ने थियो।
यो संबिधान सभाको चुनाव भएकोले कुनै पार्टी बिशेषको बहुमतले संबिधान निर्माण गर्ने पक्कै पनि होइन।त्यसकारण अहिलेको संसदको जुन संरचना छ, सोही अनुसार तालमेल गरेर अघि बढेको भए पनि हुन्थ्यो। त्यसो गर्दा संबिधानसभामा माओबादीको सन्मानजनक उपस्थिति हुन्थ्यो र उनीहरुलाई देशि-बिदेशी प्रतिक्रियाबादीहरु मिलेर समाप्त गर्न लागेको भन्ने भान पर्ने थिएन।अब अहिले सबै एक्ला एक्लै चुनाव लड्न थाले पछि यो निर्वाचन् एउटा जीवनमरणको सवाल् बनेको छ र अहिले जति पनि भिडन्त आक्रमण भैरहेको छ, यो सबै एक्ला-एक्लै चुनाव लडनाको कारणले भैरहेको छ। जसको राजनीति, संगठनको आधार नै बल प्रयोग, हिंसाबाट टिकेको हुन्छ, उनीहरुले आक्रमण नगरेर के गर्छन् त?
ल मानें, दलहरुबिच् तालमेल सम्भव भएन, ठिकछ तर माओबादीका केही शिर्ष नेताहरुको लागि ठाउं छोडिदिन पर्थ्यो।त्यसो गर्दा उनीहरुका कार्यकर्ताहरुलाई पक्कै पनि चित्त बुझाउने ठाउँ हुन्थ्यो र अहिलेजस्तो मारमुंग्रीमा लाग्ने थिएनन् होला। यस बिषयमा समयमै सोचिएको भए पक्कै पनि अहिलेजस्तो दिनहु भिडन्तका समाचारहरु सुन्नु पर्ने थिएन होला।

एकपटक चुनावी प्रक्रियामा, संबैधानीक प्रक्रियामा उनीहरुलाई ल्याइसकेपछि अघि बढ्न सजिलो हुनेथियो। उनीहरुको सेनाको ब्यबस्थापन् हुनेथियो र उनीहरु बढी जिम्मेवार हुनेथिए।एमाले र कांग्रेस, जो माओबादीलाई राजनीतिको मूलधारमा हामीले लिएर आयौं भनेर डंका पिट्छन्, अहिले नै निर्वाचनमा बहुमत् ल्याएर आफू एक्लै अघि बढ्न हत्तारिन हुने थिएन। यहांनिर यी दुबै दल चुके र देश् फेरि घुम्दै फिर्दै रुम्जाटार-अर्थात माओबादी समस्याले कहिले निकास नपाउने अवस्थामा पुगेको छ।


संबिधान सभाको सेरोफेरोका "राष्ट्रिय मजाकहरु"

विभिन्न समाचार माध्यमहरु: विभिन्न पार्टीबाट समानुपातिक उम्मेद्वार बनाइएका २२७ जना द्वारा नागरिकता पेश नभएको

प्राबिधिक शिक्षा, CMA पढ्न आवेदन दिन नागरिकता चाहिन्छ, पियनको दर्खास्त दिन नागरिकता चाहिन्छ, तर संविधान सभाको लागि भने विना नागरिकता आवेदन गर्न पाइने !!

के संविधान सभा भनेको पियन पद वा CMA को पढाई भन्दा महत्वहिन हो ? २५ वर्ष नाघेका तर नागरिकताको आवश्यकता वा उपयोगीता नजानेकाले भोली संविधानमा कस्तो नागरिक हक, दायित्व, प्रणालीको कुरा समावेश गराउने प्रकृयामा बहस गर्ने होलान् !!

यो त सन्ता सिंहको जोक भन्दा पनि गजबको जोक भएन र!

आफ्ना कार्यकर्ताहरुलाई संयमित हुन प्रचन्डको निर्देशन , माओवादीले कसैलाई आक्रमण नगर्ने

पत्र पत्रीकाका समाचार (अझ फोटो सहित): रसुवामा काङ्रेस उम्मेद्वार माओवादी बाट कुटिये
माओवादी जवाफ: लाखौं नगदको बिटो बोकेर मतदाता किन्दै हिंडेको बेला स्थानिय जनता एवं कार्यकर्ताले बिरोध गरे पछी उल्टै गुण्डा लगाएर जाइ लाग्दै हाम्रा कार्यकर्ताहरुलाई घाइते तुल्याको, त्यही भएर स्थानिय बासिन्दाले चुनाव प्रभाव पार्न खोज्ने लाई कार्वही गरेका हुन।
"क्या जवाफ !!, आँफै छानविन, आँफै सजाय, ठ्याक्कै भ्रष्टचार निवारण शाही आयोग जस्तो !"

संविधानसभाको निर्वाचनको पूर्व सन्ध्यामा देशवासीका नाममा भनेर एक दुई दिनभित्रै राजा ज्ञानेन्द्रको सम्बोधन आउने samudrapari.com

“राजा ज्ञानेन्द्रको संविधानसभालाई शान्तिपूर्ण र भयरहित वातावरणमा निष्पक्ष ढंगबाट भाग लिन देशवासीलाई आह्वान गर्दै एक दुइ दिन भित्रै सम्बोधन आउने बताईएको छ ”

राजतन्त्रात्मक गणतन्त्र भएको देशमा सम्बोधनमा राजाले पनि गणतन्त्रको पक्षमा वकालत गरे भने पनि अनौठो मान्नु पर्दैन, पशुपती शम्शेर देखी सुर्य बहादुर थापासम्म गणतान्त्रिक पथमा छन भने ज्ञानेन्द्र पनि के कम !

गान्धी बन्न प्रचन्डको निर्देशन
(Kantipur, April 3)

यो निर्देशन आफ्ना कार्यकर्तालाई होइन अरु पार्टीका उम्मेद्वार र कार्यकर्तालाई हो !
भन्न खोजेको के भने, चुनाव सफल बनाउनलाई अब एक हप्ता YCL ले जती पिटे पनि विपक्षीहरु गांधी जस्तै सहंशिल् भएर बस, दुई चार गोली, खुकुरी सहनु पर्छ माओवादीको प्रतिकार नगरि गांधिवादी भएर बस , नत्र ………………भयंकर हुन्छ !!


प्रचन्डको हत्या प्रयास
(Kantipur, April 3)

सिरहाको लहान सभामा आफूलाई हत्या गर्न एक मिनेटमात्र बाकी रहदा षड्यन्त्रकारीलाई वाईसीएलले समाएको प्रचन्डले दाबी गरे ।

एक मिनेट पछी हत्या हुँदैछ भन्ने कुरो काम्रेडले कसरी थाहा पाए ! यो कुरो यमराजले नै भनेको हुनु पर्छ । १५-१६ हजार मान्छे मार्दा पक्कै पनि यिनको यम राजसँग चिन जान वा अझ "अघोषित सहकार्य" भएको हुनु पर्छ र नै उनलाई कसैले मार्न लागेको कुरो एक मिनेट पहिले यमराजले त्यही आएर भनेको हुनु पर्छ ! नत्र त मनुवामा एस्तो खुबी कहाँबाट आउथ्यो होला र!


दुइ कन्टेनर

"बास्तबमा भन्ने हो भने अहिले संबिधान सभाको चुनाव गोली र बारुदले भरी भराउ जंगलको कन्टामेन्ट र शहरको कन्टामेन्टको बिचमा हुंदैछ जुन जतिखेर पनि बिस्फोट हुन सक्छन र जता पनि फर्केर जस्लाइ पनि सिध्याउन सक्छन। "
माओबादीको बिकाससंगै नेपाली शब्दकोशको पनि राम्रै बिकास भो। कती त प्रयोगै नहुने शब्द मुखैमा झुन्डिन पुगे भने कति नया शब्दको बिकास भयो। लौ भन्नुस त छापामार कहिल्यै प्रयोग भएको थियो होला? चक्रपथ सुनेको देखेकै हो, प्रचण्डपथ होला त शब्दकोशमा?
खुशीको कुरो केही गरे पनि तह लगाउन नसकिने भालुको कम्पट माओबादी चुनाबमा आए। यस्तै रमितै रमितामा संबिधान सभाको चुनाव पनि हुने भयो।तर के चुनाबको भोली पल्ट के हुन्छ कसैले सोचेको छ? बास्तबमा भन्ने हो भने नेपाल अहिले २ कन्टामेन्टको बिचमा छ। जंगलका मोओबादी बन्दुक थन्काए जस्तो गरेर गाउंमा किल्ला गाडेर बसेका छन भने शहरका खाओबादी राजदरबारमा टाउको लुकाएर बसेका छन। यो कुरो निश्चिच छ, ४-५ सिट काट्न माओबादीलाइ कठिन हुनेछ भने ४-५ सांसद राजाले पाउन झनै कठिन छ। आफुलाइ बाघ ठान्नेहरु आफ्नो जुघां उखेलीदा के टुलुटुलु हेरेर बस्छन? संबिधान कागजको खोस्टो हो, कानुन पालना गरे संबिधान नै चाहिदैन, पालना नगेर जत्रो ठुलो ढड्डा बनाए नि बिहारको चाल। दुइ दशक पहिले संबिधान बन्दा दिपावली भएको थियो,यस पटक बन्दुक पडकाउलान तर केही दशक पछि अर्को संबिधान सभाको रमिता नहोला भन्न सकिन्न किनकी दुइ दशक पहिला संबिधान यिनै कांग्रेस, कम्निष्टले बनाएका थिए जुन अहिले लाजै पचाएर अर्को संबिधान सभामा उठ्दै छन।
अनुमानीत परीणाम आउने हो भने संबिधान सभाको रिजल्ट पछि माओबादी सर्कसको जोकर र राजा कर्लब्रेकको जोकरमा सिमित हुनेछन। ल भन्नुहोस त जंगलको राजा र शहरको राजा फाल्तु जोकर भएपछी आरामसंग बस्लान त? मैले संबिधान सभाको मुखैमा अशुभ कुरा गरेको होइन न त म संबिधान सभा नहोस भन्न नै चाहान्छु। बास्तबमा भन्ने हो भने अहिले संबिधान सभाको चुनाव गोली र बारुदले भरी भराउ जंगलको कन्टामेन्ट र शहरको कन्टामेन्टको बिचमा हुंदैछ जुन जतिखेर पनि बिस्फोट हुन सक्छन र जता पनि फर्केर जस्लाइ पनि सिध्याउन सक्छन। फेरी पनि संबिधान भन्ने कागजको खोस्टोमा देश बन्दक बनाएर जनताको रगतको होली खेलेको देख्न नपरोस,यही छ पशुपतीनाथसंग मेरो प्राथना।


छापामार

-पुरुषोत्तम सुबेदी

क्रान्तिको चर्का कुराले ,
तरकारिमा नुनै चाहिएन मलाइ ।
जनबादका चिप्ला मलमले ढिडो निल्न ,
गुन्द्धुक चाहिएन मलाइ ।।
हंसिया हतौडाले सज्जित रातो झण्डा ,
मेरै आङको बस्त्र सम्झे ।
जर्ज बुशको अगाडि आफ्नै उपज ,
प्रचण्डपथलाई छेप्यास्त्र सम्झे ।।
भाई गुमायं दाइ गुमाएँ ,
गुमायंँ सबै श्री सम्पत्ति पनि ।
छोरा-छोरी पनि बिषिर् दिएं समाते बन्दुक ,
गर्छु केहि परिर्बतन भनि ।।
उधारो जनबादको लागि नगद ढिडो र गुन्द्धुक पनि दिएँ ।
मन गणन्ते क्रान्ति कथामा छारो भैरेको बलि चढायँ ।।
अब त के रह्यो र म संग ?
मै रिक्तिए पछि थन्किए हतियार ।
लोक तन्त्रको नयाँ थरले पोतिएको गणतन्त्र अगाडि आई भयो लम्पसार ।।
आशा थियो पेट भरि खाने अनि एक सरो आँङभरि लगाउने ।
अनि हरेक बर्षआउने परम्परागत दशै तिहार लोसार इद रमादानमा रमाउने ।।
खै के भनुँ अब म त लुटिय छैन मेरो कोही कतै पनि ।
परिर्बतन बलिदानीको घुमाउरो बाटो त रुम्जाटार पो रहीछ जाने ।।
मलाई के थाहा मेरो पर्खाइमा कोही पनि आउँदैन
भैरेको बलिदानी पनि आउँदैन
तर पर्खि बसे मेरो भाई मेरो दाई अनि मेरो भैरे समयले मलाइ बिर्षदैन ।।
प्रतिक्षा निकै गरे बषन्तको तर देखिन्छन रुखा फाँटहरु चारैतिर ।
कहिले होला हरियाली नयाँ बषन्तको आगमन हुन्छकि कि चाउरे मुहार रसिला आखिर ।।
लौन म त बिच बाटैमा परे गणतन्त्रलाई भाइ दाइ र भैरे सापट दिय ।
आखिर म घर पनि पुग्न सकिन मेरो जनबाद पनि आएन
लोकतन्त्र पनि आएन गणतन्त्र पनि आएन ।।
मेरो भाइपनि आएन मेरो दाइपनि आएन छोरो भैरे पनि फर्केन
आखिर बषन्त पनि आएन, कर्याङ कुरुङ पनि आएनन ,
काँक्रा फर्सि पनि रोप्न पाइएन


April 3, 2008

खुट्टा भाँचिदिने गान्धि र भेजिटेरिएन चिकेन म:म:

माओवादी कार्यकर्ताले सुतीरहेको बेलामा कांग्रेस कुटे , दलहरूबीच विभिन्न ठाउँमा झडप, उम्मेदवारमाथि आक्रमण, काभ्रेमा जनमोर्चाको प्रतिशोध, माओवादीद्वारा नेमकिपाका कार्यकर्ता कुटिए, दलका कार्यकर्ताहरूबीच हिंसा जारी ........

बिगतका केहि हप्ता देखी पत्रिकामा करिब करिब यस्तै समाचारहरुको भरमार छ , अनि पत्रीका पढ्दा लाग्छ हामी कुनै सभ्य समाजको स्वस्थ राजनैतीक प्रतिस्पर्धामा हैन कुनै आदीम ढुंगे युगको "सरदार" वा "मुखीया" बन्ने होडबाजिको मुकाबला र जसको शक्ती उसैको भक्ति भन्ने युक्तिमा विश्‍वास गर्छौं ।

तेस्रो विश्‍वमा हुने निर्वाचान, चुनाव आदिमा एक-अर्कालाई 'तथानाम' भन्ने अनी आफ्नो मार्ग चित्र देखाउने भन्दा प्रतिपक्षको खोईरो खन्ने काम करिव करिव सामान्य जस्तै बनेको छ, तर यसरी एक अर्कामा जाई लाग्ने, कुटने, पिटने र ज्यानै जाने आक्रमण गरेर बिपक्षीलाई परास्त गर्न खोज्ने काम सायद ढुंगे युगमा पनि कमै हुँदो हो ।

सुन्न र भन्न पनि लाज लाग्ने कुरो, देशको भविश्‍य किटान गर्न अग्रसर दलका स्थानिय नेता र कार्यकर्ताको यो व्यबहारले भोलीको नेपालो भविश्य वा संबिधान कुन खालको बन्ला भन्ने बारेमा गहिरिएर सोचने हो भने कहाली लाग्ने अबस्था छ । वरिपरि, कार्यकर्ता र 'सुरक्षा घेरा' सहित चुनाव प्रचारमा हिडेका उम्मेदवारलाई त ज्यान जोगाउन मुश्‍कील हुने यो अबस्थामा सामान्य मतदाताले कसरी भयरहित भएर भोट हाल्ने हुन?

यसै भीचमा फेरी १२ बुँदे, १७ बुँदे के हो कुनी फेरि अर्को यौटा 'झै-झगडा' नगर्ने सम्झ्यौता पनि भएछ .....तर यता झगडा नगर्ने कुरा हुदां हुदैं अर्को तिर ५-७ जनाको हड्डी पनि भाँच्चीसकेको रहेछ। अनि यस्तै कुरै कुरो र लहडको बिचमा भित्ते राष्ट्रपतिले आफ्ना कार्यकर्तालाई कमसेकम १ हप्ताको लागी गान्धी बनिदिन आग्रह गरेछन ।

सोचेँ एकजना कमजोर शरिरका दुब्ला पातला गान्धिको बिचारले पुरै भारतको ईतिहास अर्कै भयो भने हामीकहा त हजारौंको संख्यामा 'गान्धी' हुने भए .....अब भने देशमा केहि हुन्छ । तर मेरो आशा धेरै बेर टिक्न पाएन ..... आज बिहान 'अनलाईन' मा नेपाल एफ एम मा वाई सी एलका महा सचीव दिलिप प्रजापतिसंगको कुराकानी सुन्दै थीए। एउटा प्रश्‍नको जबाफमा उनले आफूहरु गान्धी बने पनि कसैले लात्ता हान्न आयो भने त्यसको लात्ता भाँचिदिने बताउँदै थिए । मैले सुनेको थीए गान्धि भन्ने गर्थे "कसैले दायाँ गालामा थप्पड हाने वाँया गाला पनि दिनु" । तर यहा त गान्धिको पनि क्रान्तिकारी अवतार रहेछ ।

अंहिशाका पुजारी गान्धि र यो खुट्टा भाँचिदिने गान्धि बिच म कुनै तालमेल देख्दिन न त मलाई भित्ते राष्ट्रपतिको उर्दी कार्यकर्ता सम्म लागु हुनेमा नै विश्‍वास छ । यसरी नेताले कसैलाई सुनाउन मात्रै बोल्ने र कार्यकर्ताले सिधै लात्ता भाँचिदिने कुरो गर्ने हो भने भोलीको नया नेपालमा "लात्ता भाँचिदिने गान्धि", 'बन्दुक समात्ने बुद्ध' वा 'खुकुरी भिर्ने' शान्तिदूत जे पनि हुनसक्छन अनि त्यसपछि नेपालको हालत के हुन्छ त्यस बारेमा न त भित्ते राष्ट्रपति न त यि क्रान्तिकारी गान्धि कसैलाई केहि थाहा हुने छैन । गान्धिबाद यौटा तपश्‍या हो जसलाई १ हप्ता लिने र त्यसपछि छोडने कुरा नै गलत छ भने गान्धि बादी हुदै खुट्टा पनि भाँच्दै हिडने कुरा त भेजिटेरिएन चिकेन म:म: जस्तै हो ।



April 2, 2008

पोखिएका खुशी

पोखिएका खुशी
पोखिएका खुशी बटुल्ने आस्थाहरु कुजो भएर हो कि
छिनेका आशा उन्ने धागो काँचो भएर हो कि
विश्वाशका आधारहरु चुडिदै गई रहेछन
सपनाका आकारहरु खुम्चिदै गई रहेछन
छल्लिएका चेतना जगाउने पूजाहरु खोटो भएर हो कि
दुखी रहेको माटो सजाउने हातहरु लुलो भएर हो कि
भरोसाका धारहरु बदलिदै बगिरहेछन
श्रदाका मुर्तिहरु भात्किदै गईरहेछन
तेसैले
निस्ठा र कर्तब्य बिर्सिएका बिदुरहरु
धाराबाहिक किम्बदन्ती भित्र
दर्शन भुली भाषाण छाटीरहेछन
निती छोडि नाता साटी रहेछन
जातिय भेदलाई सल्काएर
मानबताको अबशेश डडाईरहेछन
बुद्दको ढाडमा टेकेर
कुजो शान्तिको बिगुल फुकी रहेछन
रोइ रहेको आफ्नो माटोलाई
भागबन्डाको तरबारले रेटी रहेछन
अर्कातिर
अभिमानी दुर्योधनहरु
बुद्द फल्ने माटोमा आगो रोप्दैछन
शान्तिको छहारिमा बारुद सार्दैछन
अनी
गिदी नभएका दुर्योधनलाई हाक्ने सकुनिहरु
आफ्नै कुरुक्षेत्रको रचनामा
टनकपुर हारे सुस्ता हार्छन
कोशी हारे दशगजा हार्छन
हुनसक्छ हार्दाहार्दै अस्तित्व हार्छन
चेतनामा बिर्को लागेका बिदुरहरु
जती बरबराए पनि
दुर्योधनहरु जती कराए पनि
थेग्न नसकिने डुङुरका डुङुर योजनामा
गास, बास, कपास, अटला भन्ने छैन
शन्ती र सुरक्षा अटाउला भन्ने छैन
यसैले
निरह सगरमाथालाई धितो राख्दै
स्वाभिमानलाई लुटाउछौ हामी
आँफै सँग बिस्थापित भई
परदेशमा पसिना बेच्छौ हामी
सात समुन्द्र पारी झोक्रिएर
मन भरी रोएको नेपाल बोकी
दुई थोपा आशु खसाल्छौ हामी


April 1, 2008

चुनावको चर्चा र मेरो भोट

- चना -


होला होला, नहोला नहोला भन्दा भन्दै नेपालमा संविधान सभाको चुनावको दिन नजिकै आइसक्यो । अबको ९ दिन पछाडि त संविधान सभाको चुनाव - ९ दिन भन्या के हो र ? त्यसो त हाम्रो यो दौंतरी समुहमा केहि समयअगाडि सम्म पनि यो चुनाव यहि मितिमा किमार्थ हुन सक्तैन भन्ने कुरोमा झण्डै सबैको एकमत जस्तो थियो । अनुमान गर्न सकिएका वा नसकिएका कुनै कारण निस्कने छ र चुनाव भाँडिने छ भन्ने मतमा हामी बीच प्रचण्ड बहुमत थियो । तर त्यसको मतलव हामी मध्य कसैले पनि चुनाव नचाहेको भने हैन । कस्तो बिरोधाभाष ? हामी चुनाव होस भन्ने चाहन्छौ, तर चुनाव होला भन्ने विश्वास गर्न सक्तैनथ्यौं । अब एकैछिन किन चुनाव हुँदैन भन्ने पक्षमा उठ्ने गरेका तर्कहरुको समिक्षा गरौ ।

(१) मधेशको समस्या नै समाधान हुनै सक्तैन भन्ने सोचाइ थियो, त्यो समस्या पछाडि दरबार, भाजपा, हिन्दुबादी इत्यादि रहेको र कुनै हालतमा तिनले चुनाव हुन दिँदैन भन्ने थियो । झन महन्थ ठाकुर समेत फुटेर गएपछि त्यो मुद्दा जबरजस्त अगाडि बढेको थियो, तर भारतीय दुतावासले जसोतसो मिलाइदिए ।


(२) त्यसपछि माओबादीले बखेडा झिक्नेछ भन्ने सोचाइ थियो, जनस्तरमा माओबादीले कुनै सम्मानजनक उपस्थीति जनाउन नसक्ने तथा हार्ने चुनाव नलड्ने माओबादि योजनाको संकेत मनग्य थियो । तर अनुमान बिपरीत अहिलेसम्म माओबादी यो चुनावमा प्रतिबद्धता ब्यक्त गर्न चुकाएको छैन ।


(३) मधेशबादि दलले तराइको भोट काट्ने सम्भावना बढ्यो भने काँग्रेसले नै कुनै बहानामा चुनाव हुन दिँदैन भन्ने सोचाइ पनि बलियो तर्क थियो । तर सुजातालगायत कोइराला खलककै सदस्यहरुले समेत दह्रो प्रतिस्पर्धात्मक चुनौतीको सामना गर्नु पर्दा पनि काँग्रेस पछि हटेको छैन । उम्मेदवारहरु गाँउमा छिर्न नसक्दा पनि चुनाव भने गराउनै पर्ने नीतिमा काँग्रेस अडिग देखिन्छ ।


(४) माओबादिको उपस्थितिले एमालेको भोटब्याङकमा दह्रो पहिरो जाने हुनाले माओबादि हावि हुँदै गए एमालेले पनि चुनावमा ब्यबधान खडा गर्नेछ भन्ने सोचाइ थियो । अनुमान मुताविक चुनाव प्रचारको क्रममा कतिपय ठाउँमा एमालेका प्रभावशाली नेताहरु समेत आफैले उम्मेदवारी दिएको चुनावि क्षेत्रमा भ्रमण गर्न नसकि पुलिस प्रशासनको सुरक्षाको सहारामा रहनु पर्ने स्थिति आयो, तर पनि चुनाव रोक्न एमाले इच्छुक देखिएको छैन ।

(५) चुनाव सम्पन्न हुनु अगाडि नै कुनै प्रभावशाली नेताको हत्या वा मृत्यु हुने आशंकाले दह्रै जरो गाडेको थियो । यस्तो कुरा सार्वजनिक रुपमा नभनेपनि सबैजसोको मनमा यस्तो त्रास थियो नै । तर शारीरिक रुपमा कमजोर भनिएका गिरीजा अहिले झन तगडा देखिएका छन, भने देशी बिदेशी प्रतिक्रियाबादीले ज्यान लिने खतरामा रहेका प्रचण्ड दिनपरदिन खतरामुक्त देखिदै छन ।

(६) षडयन्त्रकै भरमा पुस्तौपुस्ता शासन गर्न सफल दरवार चूप लागेर नबस्ने र कुनै न कुनै षडयन्त्र द्वारा सैनिक समेतको सहयोगमा अन्तरीम सरकारलाइ अपदस्थ गर्ने सम्भावना रहेको तर्कहरु पनि बेला बेला उठ्ने गर्थे । बंगलादेश मोडेलको सैनिक शासन लागू गर्ने तैयारी रहेको भन्ने सार्वजनिक आरोपहरु पनि चर्को सुनिए । तर दरबार अनपेक्षित रुपमा मौन बसेको तथा चुनाव भाँड्न खासै सक्रिय भएको देखिएन । यद्यपि आरोप लगाउनेहरुसित दरवारी चलखेलतर्फ औल्याउने तर्क र आशंकाहरु भने छन, जसलाइ पुष्टी गर्ने भरपर्दो आधार छैन ।

(७) बिदेशीहरुको अस्वाभाविक चलखेल र तिनीहरुको स्वार्थको टकराव उत्पन्न हुन जाने हुनाले त्यहि टकरावले चुनाव भाँडिने आशंका बलवान थियो । तर अहिले चुनाव गराइछाड्ने भारतीय बचनबद्धता बाहेक अरु शक्तिहरु खासै सक्रिय र प्रभावकारी देखिएन ।

जम्मा ९ दिन मात्रै बाँकि रहेता पनि यो चुनावको निश्चिततामा अझै थुप्रै शंकाउपशंकाहरु छन । विशेषत: ल्याण्डस्लाइड पराजय भोग्ने क्रममा रहेको माओबादीहरु वाइसियल मार्फत उद्दण्ड हर्कतहरु गरेर समस्या चर्काउने स्वभाव छोडेको छैन भने, तालमेलको अभावमा प्रचण्डले दुबै क्षेत्रबाट हार्ने निश्चित जस्तो छ । उता आफ्ना उम्मेदवार र प्रचार अभियानलाइ गाँउ पस्न नदिएको कारणले काँग्रेस एमाले तथा राप्रपा/राजपाले ठाउँ ठाउँमा चुनावि अभियान स्थगित गर्दै रहेका छन । यस्तो परिस्थितिले गर्दा कतै अन्तीम समयमा गएर चुनाव रोकिने पो हो कि भन्ने डर पूर्णत: निर्मुल भएको छैन । उता क्यान्टोनमेन्टका माओबादि सेना चुनाव प्रचारको निमित्त पछाडिको ढोकाबाट निस्कने क्रम जारी छ भन्ने समाचारहरु पनि आइरहेको छ । इयान मार्टिनले यस्तो अराजक गतिविधि भइरह्यो भने चुनावलाइ अन्तर्राष्ट्रीय मान्यता नदिने धम्कि दिएका छन । यदि यो ९ दिन भित्र चुनाव कुनै कारणवश चुनाव भाँडिए पहिले देखि नै चुनाव हुँदैन होला भन्ने अनुमानमा रहेकाहरु आफ्नो अनुमान सहि निक्लेको कारण भित्रभित्रै जीतको महशुस गर्ने अथवा चुनाव भैहाले त्यस्तो मनोभाव दमित राखेर टिकाटिप्पणी गर्ने होला कि भन्ने मेरो अनुमान छ ।

पूर्वनिर्धारित मितिमा चुनाव भैहालर पनि भोट हाल्ने मामिलामा हामी दौंतरीमध्येका शायद एक दुइजना बाहेक सपैजसो सहभागि हुन नसकिने स्थिति छ । हाम्रो लागि यो चुनाव दूरदर्शन गर्ने भाग्य मात्रै जुरेको छ । लौ चुनाव भएछ, फलाना जितेछ, फलाना हारेछ भनेर गन्थन गर्नेमै सिमित हुने छ, किन कि हामी भोटर भएता पनि भोट हाल्न असक्षम हुने जमात हौ । त्यसैले हामी न यसलाइ जितायौ भनेर खुशी हुन सक्छौ न यसलाइ जिताउन सकेनौ भनेर दु:खि हुन सक्छौ । बचेखुचेका थोरै समयमा हेर्दा सुन्दाखेरी बौद्धिकजस्ता लाग्ने शब्दछन्दहरु ओकलेर थोरै बिश्लेषण, थोरै मनोवाद र थोरै आकांक्षा मिश्रण गर्दै ब्लगहरुमा शब्दमैथुन गर्नुभन्दा पर हामी केहि गर्न नसक्ने अवस्थामा छौ । एकातिर दु:ख लाग्छ, देशमा "एक जुगमा एक दिन एक पल्ट आउने - उलटपुलट ल्याउने" महायज्ञमा सहभागि हुन नपाएकोमा , भने अर्कोतिर निराशा लाग्छ - देशको मुहार फेर्ने मसिहा बन्न उद्यत उम्मेदवारहरुको कुरुप बिगत दानवि स्वभावहरु देख्ता ।

तर पनि चुनावको रन्कोले हामीलाइ छोडेको छैन । भोट हाल्न नपाए नि यसले जिते हुन्थ्यो यसले नजिते हुन्थ्यो भन्ने आग्रह हामीमा पनि पक्कै छ । काठमाडौ उपत्यकाबासि भएको नाताले मेरो पनि आग्रह पक्कै छ । हुन त यस्तो आग्रह त्यो पनि भोटको मामिलामा आफ्नो रोजाइ को हुने हो त्यो सार्वजनिक गरिन्न तर म यो ब्लगमा मेरो रोजाइका उम्मेदवारहरु सार्वजनिक गर्दै छु । साथीहरु पनि इच्छा भए सार्वजनिक गरौ, हेरौ दौतरीका रोजाइमा कुन कुन उम्मेदवार अब्बल निस्कनेछन ।

काठमाँडौ
१ - प्रकाशमान सिंह (काँ)
२ - माधव नेपाल (ए)
३ - मनु हुमागाइ (मा)
४ - सुप्रभा घिमिरे (काँ)
५ - नरहरी आचार्य (काँ)
६ - हितमान शाक्य (मा)
७ - राजेन्द्र श्रेष्ठ (ए)
८ - नविन्द्रराज जोशी (काँ)
९ - कृष्णगोपाल श्रेष्ठ (ए)
१० - सानु श्रेष्ठ (ए)

ललितपुर
१ - उदय शमशेर राणा (काँ)
२ - सिद्दिलाल सिंह (ए)
३ - रघु पन्त (ए)

भक्तपुर
१ - नारायणमान बिजुक्छे (रो)
२ - गणेशबहादुर खत्री (ए)

(नोट: छनोट केको आधारमा गरेको भनेर नसोध्नु होला )




March 31, 2008

आसन्न निर्बाचन् र अड्कल को बजार।

आसन्न निर्बाचन् र अड्कल को बजार।

बजारहरु हल्ला ले गुलजार छन। चुन पसल देखी सुन पसल सम्म, साडी पसल देखी गाडी पसल सम्म आसन्न संबिधान सभाको निर्वाचन नै प्रमुख बिषय भैराखेको छ। सुखद यस माने मा मान्नु पर्छ कि धेरै ले चासो राखेका छन, देश को भबिष्य बारेमा। दु:खद यस मानेमा मान्नु पर्छ कि यो चुनाव हुन्छ कि हुंदैन भन्ने कुरोमा नै कुरोको चुरो अड्केको छ। चुनाव भएन भने हुन सक्ने बिध्वंश कहाली लाग्दो जती छ त्यती नि चुनाव हुंदा सम्म हुने ध्वंसको छ। चुनाव हुन्छ र हुनु पर्दछ। चुनाव हुन नदिनेहरुको असली स्वरुप अझै देखिएको छैन। २४० बर्ष देखी बंशजको आधारमा सम्पूर्ण शक्तिको केन्द्र बनेका ज्ञानेन्द्र र तिनका सन्तानअहरुले यती सजिलै राजासत्ता त्याग्ला भन्ने कुरोमा विश्वाश गर्ने ठाउँ काम छ।

जसरी हुन्छ चुनाव हुन न दिने सोच कै एउटो पाटो तराइ आन्दोलन थियो। जाती र समुदायको पीडा जस्तो संबेदनशिल बिषयमा आगो लगाएर चुनाव भाड्न खोजेको हो भन्ने कुरो त संझौता हुन लागेको बेला चुनाव सार्ने प्रस्ताव उपेन्द्र यादव समुहले ल्याउनु ले स्पष्ट हुन्छ। ती उपेन्द्र यादब गत बर्ष मात्रै भारतको गोरखपुरमा भएको विश्व हिन्दू परिषदअको सम्मेलनको मन्चबाटै राजातन्त्र जोगाउने संकल्प गरेका ब्यक्ती हुन। मधेसी समुदायको मसिहा बन्ने दिवास्वप्न बोकेका यादबको बिगतको राजनऐतिक ईतिहास र चुनाव मा भाग लिएर पनि चुनाव हुन दिन्न भनेर लागेको जङली हरुको पार्टी को कृयाकलाप को तारतम्यताले बिगतमा राजा बिरेन्द्र सहकार्य गरेको भन्ने कुरा को नचाहेर पनि पुष्टि हुने हुन्छ।


आफु जसरी भए नि चुनाव जित्नै पर्ने बन्दूके मानसिकता जसरी गरे नि चुनाव नजित्ने देखिए पछीको बर्बराहट अचेल दिनहुं सुन्न पढ्न पाईन्छ। के त्यसो भए जंगलीहरु जंगल नजाओन भनेर भोट दिनु पर्‍यो त ? हिजो तिनको हातबाट पती मारिएका बिधवाहरुले तिनैलाई भोट दिनु पर्‍यो त? हात खुट्टा भांचिएका हेडमास्टरहरुले तिनैलाई लाल सलाम गर्नु पर्‍यो त? दुई छाक खान धौ धौ भएका गरीबको भकारी अनी गोठ रित्याउने असत्तिहरुलाई भोट दिनु पर्‍यो त ? अहं , जनताले भोट दिने छैन तिनलाई। बूथ क्यापचर् गर्न सकिएला केहीइ ठाउमा सबै ठाउमा सकिन्न। १ लाख राष्ट्रिय अन्तरराष्ट्रिय पर्एबेक्षकको आँखा छल्न सकिन्न, तिनलाई राम्रो संग थाहा छ र अस्ती मात्रा भित्ते राष्ट्रपतिले बिदेशी परिबेक्षकहरु चुनाव हराउन आएका रे। बुद्धी न भए बरु केही हुन्न शुद्धी पनि हराए भने भित्ते राष्ट्रपती जस्तो हुन्छ।


ब्यक्तिगत बिचारमा यो चुनाव मा प्रमुख दलको रुपमा नेपाली काँग्रेस र नेकपा एमाले कै हालिमुहाली हुने छ। राजा बाचाउनेहरुको अंश 5 प्रतिशतमा सीमित हुने छ। जंगली पार्टिको हबिगत मधेसी पार्टिको भन्दा नि दयनिय हुनेछ भने अन्य बाम दलको पनि उल्लेख्य सहभागिता हुने छैन। फेरी अर्को कुरा, संबिधान, संबिधान सभासदहरुले लेख्ने होइनन। एक जना मित्र गोबिन्दे ले संबिधान लेख्ला भनेर चिन्तित हुनु भएको देखें। संबिधान केही संबिधान सम्बन्धी कानूनबेत्ताहरुको समूह ले लेख्ने हुन र संबिधान सभाले दफावार छलफल गरी अन्तिम रुप दिने हुन। यस उसले यस्तो संबिधान उस्तो संबिधान यसले के लेख्ला उसले के लेख्ला भन्दा नि कुन चाँही बिचार ले प्राथमिकअता पाउछ भन्ने महत्वपूर्ण कुरो हुने हुन्छ। अस्तु!


March 30, 2008

गजल - याथार्थ

गजल
पानीको फोकाथ्यो त्यो मन छिनमै फुटी गयो
बलियो थेन समाउने हात ,पलमै छुटी गयो

मुटु कोपरेर हास्यौ तिमी दिमागमा तनाब थियो
जती होसियार भए पनि सुझाबुझ लुटी गयो

जुग्जुग टिक्ने सुमधुर ,सङगित हालेको थिए
बज्नै नपाई मायाको धुन दिल्कै तार टुटी गयो.

हिउद बर्षा केही नभनी तिमीलाई रोपी रहे
बिना बादल मेरो दिलमा असिनाले चुटी गयो

हाम्रो मायाको अबसानमा मलामिको खाचो थियो
मादरिको जातै यस्तो हो कि तमासामा जुटी गयो


गीत - आशा

- हस्त गौतम मृदुल

एकक्षिण् बिछोड हुँदैमा, माया मारयो भन्ने नठान।
धुँवा उडेको नदेख्दैमा, आ मरयो भन्ने नमान।

जीवनको यो गोरेटोमा उकालो ओरालो आउछ।
मेटाइ यी बन्धननहरु एक दिन खुशीले छाउछ।
ठेस लागेर लडयो भन्दैमा हिन्नै सकेन भन्ने नठान।
केहीक्षेण बिश्राम लिदैमा हरेस खायो भन्ने नमान।

अध्यारो हटेर जानेछ उज्यालो अबस्य आउने छ।
जीवनको हर मोडमा एकदिन सान्तीले छाउने छ।
पात हल्लिएन भन्दैमा आँधी रोकियो भन्ने नठान।
एकक्षिण सोचमा पर्दैमा बिश्राम लियो भन्ने नमान।



March 29, 2008

कती हास्ने?

हाम्रा पान्डा जि बेला बेलमा टि-टाइममा हसाउने खुराक ल्याउने गर्नुहुन्छ। म कु टाइममा आएर के गर्न खोजेको भन्नुभयो होला? त्यस्तो हसाउने खुराक केही लिएर नआएको भए पनि हास्ने खालको खबर लिएर आएको छु।
जनतालाइ बेला बेलामा स्विजरल्यान्ड देखी अमेरिकाको गफ दिन त सबै नेता माहिर छन। पंचायत आफै मात्र पार्टी अरु पार्टी हुनै नपाउने भए पनि बिकासको गफ त दिन्थ्यो है। गफै भए पनि पन्चायतको जस्तो बिकासको गफ अहिले सुन्न पाइन्न । सायद नेता हरु आफ्नै भुंडी बिकासमा लागेकोले होला जनतालाइ बिकासको गफ दिन नपाएका।
पन्चायतकालमा नेपाललाइ बिश्वको मापदण्डमा पुराउने भनेर खुबै ढोल पिटाए। जती ढोल पिटे पनि केही भएन त्यस पछि लाजै पचाएर अब चाही एसियाको मापदण्डमा नेपाललाइ पुराउने भन्न थाले। २०४६ सालमा सपनासंगै पन्चायत मसानघाटमा पुग्यो। त्यस पछि २०४७ मा भएको चुनाबमा घोषमा पत्रको बाडी नै आयो। पुर्व पस्चिम रेल मार्ग देखी कोशीमा पानी जहाज, खुब गफ चुटे नेताहरुले। चुनाब पछि त के कुरा,एमाले निस्किहाल्यो बिरोधमा, कांग्रेस आफै ३६ र ७८ भनेर क्रिकेट खेल्न थाले। गिरिजा पनि के काम,सबैलाइ नक आउट गर्दै बिचैमा चुनाब गरे। अनि सरु भयो पेन्डुलम सांसद। सांसदको पोइल गए जस्तो चारै तिर पोइल गएर संभव भए सम्मको सरकार बनाए। यसरी कमेडी शो मा देखिने सबै कुरा नेताले साच्चै कै गरेर देखाइदिए। हिजो सम्म फाटेको चप्पल लगाउने हरु पजेर चढ्दा पनि पैत्रिक सम्पती भन्नलाज नै छैन। अरु त के पुरुष सांसदले सुत्केरी खर्च सम्म लिएर हसाउनु हसाए।
हासो को श्रिंखलाको त के कुरा? हालै समाचारमा आयो, एउटा पार्टीले हास्य कलाकार हरिवंश आचार्यलाइ संबिधान सभामा उठ्न आग्रह गरेछ। नेता को चरित्र देख्दा देख्दा वाक्क एक जनाले भनि हाले, नेता हरुले देश बिदेशसम्म आफैले हसाउने नपुगेर हरिबंशलाइ पार्टिमा ल्याएर अझै हसाउन खोजेका हुन?


March 27, 2008

पुड्का राष्ट्रपती

अग्लो,होचो,कालो,गोरो यो सबै आफ्नो बस भन्दा बाहिरको कुरो हो। तर हिल लगाएर अग्लो,पाउडर लगाएर गोरो त हुन सकिन्छ तर त्यो एकै छिन मात्र हो। तर अग्लो भएर होचो हुने, त्यो पनि राष्ट्रपती ए होइन होइन भावी राष्ट्रपती जस्तोको दशा देख्दा के लगाउने सल्लाह दिने हो उत्तर नै भेटिएन।
बाउ किसान,जिन्दगी आलिसान करै बेग्लै छ। सिल्लित्त कपाल, छाटेको जुवां हेर्दात फिल्मकै हिरो जस्ता छन। हातको घडी हेर्ने हो भने अरबपती, खरबपती जस्ता छन। बन्दुक बोकेर अघी पछी दौडने मान्छे हेर्दा परबेज मुसरफ जस्ता छन। इतिहांस हेर्ने हो भने शोलेको गब्बर सिंह भन्दा खतरा तर भाषण सुन्यो गोपाल राज मैनालीको झल्को आउंछ..." धाक भन्दा धक्कु ठुलो हिड्न लागे खुट्टो लुलो"।यस्तै हाल छ माओबादीका टाउके कमरेड प्रचण्डको।
बाइ सि एल ले नेपालका भए जतीका सबै भित्तामा भावी राष्ट्रपती कमेरड प्रचण्ड लेखेको देखेर वाक्क भए पछि एमाले ले भित्ते राष्ट्रपतीको संज्ञा दिए पछि आजीत भएका प्रचण्ड अहिले आफ्नो शान घट्दै गएको र कतै जमानत नै जफत हुने होकी भन्ने त्रासमा छन। केही पहिले सम्म हारे पनि शान्ती प्रक्रिया नबिथोल्ने कसम खाएका प्रचण्ड अहिले एकाएक हारे बन्दुक समात्ने जस्ता खालको भाषण ठोक्न पुगेका छन। सबैलाइ जागिर देखी सबै ठाउंमा रेलको भाषण, दन्त्य कथा जस्तो हुन पुगे पछि चर्को ध्वासका धनी खुट्टा कमाएर यसको बिश्वासघात र उसको षडयन्त्र भनेर औलो तेर्साउन पुगेका छन।
आफ्नै पटेन्ट भएको संभिधान सभा प्रजातन्त्रबादी देखी पन्चतन्त्रबादी सबैले आ-आफ्नै पोल्टोमा राखेको देख्दा अनि गोलमेच सम्मेलनको मेच गोलखाडी भएको देख्दा प्रचण्डलाइ पर्नु पिर परेको छ।बन्दुकले रजांइ गरे जस्तो भोटले रजाइ गर्ने छाटकांट नेदेख्दा कतै पुर्व पन्चले पो उछिन्ने हुन कि, अहिलेसाच्चै नै प्रचण्डपथ शनिशंकटमा परेको छ। बाबुराम भट्टराइ जंगलबाट निस्कदा त बानेश्वर नै जाम भएको थियो। प्रचण्ड निस्कदा त कुरै नगरौ, सिडियो देखी बिबिसी रेडियो, सबैको धनुष्टन्कार लाम। तर त्यो सबै सान नम्बरी सुनबाट पित्तल जस्तै फिका हुंदै गएपछी द्वन्दका हिरो बिकास नन्दबाट समेत जिरो हुन पुगेका छन। यसरी केही समया पहिला संविधान भन्दा माथी र सगरमाथा भन्दा अग्ला पुष्प कमल दाहाल आ.का कमरेड प्रचन्ड दिन दिनै पुड्का बन्दै गएका छन।


पूर्व पश्चिम राजमार्गको धादिंग खण्ड ठप्प

- Ajaya Dhakal

नेपाल को पहिलो समाचार च्यानल भन्छ - " पूर्व पश्चिम राजमार्गको धादिंग खण्ड ठप्प"
आज www.Nepalnews.com हेर्दै गर्दा त्यहाँ सागरमाथा टिभि को लिंक देखेपछि मलाई पनी नेपाली समाचार च्यानल हेर्न मन लाग्यो। लिंक क्लिक गरे, पेज खुल्यो, हिक्का छाडदै जेनतेन भिडियो पनी चल्यो. पहिलो पटक प्रतक्ष्य सागरमाथा टीवी हेर्दा मन गदगद हुने नै भयो। समाचार भन्ने सैली र प्राय समाचार त्यती मन पर्दों नभए पनी 'यो मन त मेरो नेपाली' हो भन्ने सोच्दै हेरियो। तर News Flash मा लेखिएको " पूर्व पश्चिम राजमार्गको धादिंग खण्ड ठप्प " भन्ने देखिएपछि अचम्मै लाग्यो । पहिला त कतै धेरै बंद भएर पूर्व पश्चिम राजमार्ग धादिंग तिरै पो पुरयाएकि जस्तो लाग्यो :) तर गूगल को नक्सा (गूगल म्याप ) हेरे पछि यो त "नेपाल को पहिलो समाचार च्यानल" को नेपाली पारा हो जस्तो लाग्यो। किन भने धादिंग जिल्ला को ५०-६० किलोमीटर सम्म पनी पूर्व पश्चिम राजमार्ग (महेंद्र राजमार्ग )ले छुदैन भन्ने कुरा तिनिहरुलाई थाह नहोला त ? हेर्नुहोस : स्क्रीनशट (साभार : Nepalnews.com )


काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर।

चुनाव संबिधान सभाको तर राजनैतीक पार्टीका कार्यकर्ताहरुको भिडन्त हेर्दा लाग्छ यो एउटा संसदीय चुनाव हो। पार्टीहरु आफ्नो बहुमत जुटाउन हरतरहले लागिरहेका छन। भाषाणमा आरोप-प्रत्यारोप त बुझिने कुरो हो तर कार्यकर्ताहरु मारामारीमा लागेका छन। कार्यकर्ता देखी उम्मेद्वार सम्मको ज्यान गुमेको छ। संबिधान सभा भनेको सरकार बनाउने सभा होइन र बहुमत ल्याउन यस्तो बिध्न उध्यम गर्नु पर्छ जस्तो लाग्दैन। बहुमत हुनेले संबिधान बनाउने भए सिधै संसदको चुनाव गरेको भए हुन्थ्यो वा अहिलेकै संसदले बनाएपनी हुन्थ्यो। संबिधान निर्माणको लागि यो चुनाव हुने भएकोले यसमा देशका प्रत्यक तप्का,बर्ग, जात-जाती, बिचार को प्रतिनिधित्व हुनु पर्ने हो र यसो हेर्दा लोकतान्त्रीक पक्षहरु एकजुट भएर जानु पर्ने हो। संबिधान सभाको चुनाव सकेसम्म गैर राजनऐतीक चरित्रको हुन पर्ने हो। पार्टीहरुले उम्मेद्वार उठाउदा समाजका बुद्धिजीवी, कानून ब्यबसायीहरु, शिक्षक, ब्यबसायीहरु, मानवाधिकारवादीहरु आदिलाई उठाउन पर्ने हो। तर तिनै पुराना बासी अनुहारलाई उठाइरहेका छन। यिनिहरुबाट नै हुने भए हिजो पनि यिनीहरुनै त थिए नि? किन देशले यो दुर्गाती ब्यहोर्न पर्‍यो?
संबिधानबिज्ञहरु, देश बिदेशका अनुभव भएका ब्यक्तिहरु संबिधान सभामा हुन पर्नेमा तिनै जोशी, खड्का, वली, नेपालहरु छन। यो सरकार बनाउने चुनाव नभएकोले सबै लोकतान्त्रीक दलहरु मिलेर जान पर्नेमा यिनीहरु आपसी भिडन्त गर्दै छन र गैरलोकतान्त्रीक ब्यक्तिहरु निर्वाचित हुने अवस्था निर्माण गर्दैछन।
यो संबिधान सभाको चुनाव हुने अवस्था आउँदा सम्म देशले धेरै गुमाइसकेको छ। यो संबिधान सभाको चुनावको लागि हजारौ जनताको ज्यान गुमेको छ तर माओबादी लगायतका पार्टीहरुको तरिका हेर्दा यती ठुलो उपलब्धी हात्ती आयो हत्ती आयो फुस्सा हुने अवस्थामा पुगेको छ।
सकेसम्म सबै लोकतन्त्रीक पार्टीहरु, नभए घोषणापत्र मिल्ने सम्म का पार्टीहरु चुनावमा एक भएर जान पर्नेमा त्यसो भएन। हुन त त्यस्तो बिधी फरक घोषणापत्र भएको जस्तो पनि देखिएन। जब समान घोषणापत्रहरु छन भने छुट्टाछुट्टै चुनाव लड्नुको के अर्थ हो?
१२ बर्षासम्म संबिधानसभाको रट लगाएर आएको माओबादी संबिधान सभाको चुनाव हुँदा किनरा लाग्ने स्थिती छ। उत्ताउलो भएर कहिले एमाले भन्दा बुर्जुवा प्रजातन्त्रबादी (अर्थात कांग्रेससंग) एकता हुन्छ भन्यो। कहिले राजाबादीहरु भित्रका राष्ट्रबादीसंग मिल्ने भन्यो। फेरी चुनाव हुनु कता हो कता, प्रचन्डलाई भावी राष्ट्रपती घोषणा गर्‍यो। अन्य पार्टीले प्रचन्डलाई राष्ट्रपती बनाउन माओबादीसंग तालमेल किन गर्थे र?
माओबादी चुनावमा बढारिने निस्चित छ तर यो कुनै खुशीको कुरो हुने छैन। जसलाई राजनीतिको मुलधारमा समाहित गर्न यती ठुलो महाभारत रचियो, उनै यो महाभारतमा समाप्त होला जस्तो छ। अर्थात जसको बिहे उनै जन्ती जान नपाउने स्थिती। माओबादी पराजीत हुने चुनावअको कुनै अर्थ छैन। तिनिहरुले फेरी भद्रगोल मच्चाउने छन जसको उदघोष बाबुराम प्रचन्डले गरिसकेका छन।


इराकबाटै भावी राष्ट्रपतिलाई धन्यबाद ।

सर्वप्रथम त न्ोपालको इतिहासमा नै पहिलो पटक हुनलागेको संविधानसभा निर्वाचनमा आफुलाई सहभागी गराउन नसकेकोमा म नेपाल आमा प्रति क्षमा माग्दछु । म अहिले इराकमा कार्यरत छु र मलाई मात्र नभएर सम्पूर्ण इराकमा रहेको नेपालीहरुलाई दूःख लागेको छ किनकी नेपालको इतिहासमा नै पहिलो पटक हुनलागेका संविधान सभाको मिति मात्र दुई साता बाँकी हुँदा संविधानसभा निर्वाचन नहुने हल्ला चल्न थालेकॊ छ । संविधानसभाको निर्वाचनलाई मुख्य मुद्दा बनाएका दलहरुका उच्छृंखल गतिविधि तथा गैर जिम्मेवारपूर्ण व्यवहारले संविधानसभा निर्वाचन हुनेमा आशंका बढेको हो यस्तै नेकपा माओवादीका अध्यक्ष प्रचण्डले विभिन्न चुनावी प्रचारप्रसारको लागि आयोजित कार्यक्रममा माओवादीको हार नहुने र हारे निर्वाचन अमान्य हुने चेतावनी दिँदै आफूलाई जनयुद्धले राष्ट्रपतिमा स्थापित गराइसकेको दाबी गरेका छन् ।
संविधानसभा हुनमा नै आशंका बढिरहेका बेला प्रचण्डले आफूले हारेको चुनाव अमान्य हुने धम्कीले निर्वाचन हुने कुरामा आशंका जन्माएको छ । अर्कोतर्फ माओवादीका अन्य गतिविधिका कारण पनि निर्वाचन हुन कठिन छ । एक अर्कामाथि आक्रमण नगर्ने कागजी सहमति भए पनि व्यवहारमा माओवादीले लागू नगर्दा कठिन स्थिति सिर्जना भइरहेको छ । माओवादीका कारण प्रतिगामी तत्वले चलखेल गर्ने अवसर प्राप्त गरेको छ । प्रचण्ड र उसका कार्यकर्ताहरु नै चुनावको बाधकको रुपमा रहेको देखिएको छ अहिलेका दिनहरुमा वाईसिएल र छापाचारलाई परिचालन गरेर उम्मेदारहरुलाई बारम्बार आक्रमण गर्न लगाउने यो कहाँको न्याय हो चुनाव प्रचारप्रसारका क्रममा गाउँगाउँ पुगेका उम्मेद्धार र कार्यकर्ता माथि कि बारम्बार आक्रमण गरिन्छ । कि यो पनि केन्द्रको निर्णय होईन प्रचण्ड जीको मुखमा त यै वाक्यले बास गरेको छ । चुनाव भनेकै खुल्ला प्रतिस्पर्धा हो नि कि यो कुरा प्रचण्डलाई कसैले पनि सुनाएन । नेकपा माओवादीले भने ´ै उनिहरुलाई जनताले विश्वास गरेकै हो भने किन रोल्पामा छापामार मात्र धेरै नै प्रयोग गरियो कि रोल्पा जस्तो माओबादीको राजधानीमा पनि जनताले टेरपु´र लाएन माओवादीको अध्यक्ष प्रचण्ड त जनताले नै नचुनिकन राष्ट्रपति भन्दै हिड्दा अलि कति पनि जनताले के भन्ला भनेर सोचेनन् कि राष्ट्रपति भन्दा भन्दै सोच्न भ्याएनन् । प्रचण्ड जी माओवादी कार्यकर्ताले मात्र प्रचण्ड राष्ट्रपति हो भन्दैमा नेपाली जनताले प्रचण्डलाई राष्ट्रपति मान्दैनन् माओवादीले खूल्ला प्रतिस्पर्धा मार्फत् चुनेको खण्डमा मात्र आफुलाई राष्ट्रपति हो भनेर गर्व गर्नुस् ।
केहि दिन अगाडी माओवादीले हामीले संविधान सभाको निर्वाचन जसरी पनि जित्नै पर्छ नजितेको खण्डमा फेरि अर्काे विद्रोह गर्ने चेतावनी पनि विभिन्न चुनावी सभालाई सम्बोध गर्ने क्रममा व्यक्त गर्नु भएको रहेछ यो कुरा मैले भने विभिन्न संचार माध्यमबाट थाहा पाए तर यसको अर्थ त ६ अरब खर्च गरेर संविधान सभाको निर्वाचन नगरेपनि हुन्छ नि यसको त कुनै अर्थ रहेन किनकी जनताले चुनावमा भाग लिएपछि त त्यसको परिणाम त कसैको हार हुन्छ भने कसैको जित हारेकॊ खण्डमा त्यो निर्वाचनको भने मान्ने ता नै नरहने हो त ।अन्तिममा यि र यस्ता कार्य गर्नु भएकोमा भावी हुनलाग्नु भएका ने क पा माओवादीका अध्यक्ष प्रचण्डलाई धन्यवादका साथै अगि्रम शुभकामना पनि ।
निर्वाचनको समय जति नजिकै छ त्यति नै सर्वसाधारण जनतामा त्रास बढ्दै गएको छ । परिवर्तनका निम्ति मिठो सपना साँचेर राखेका उनीहरु पटक-पटक हुने झडप अपहरण धम्कीजस्ता गतिविधिले आजको दिनसम्म भयरहित वातावरणमा मतदान गर्ने स्थिति सिर्जना हुन सकेको छैन । नेपाली जनतालाई भय रहित बाताबरणमा निर्वाचन गर्ने अवसर बनाई दिन इराकमा रहेका नेपालीको आग्रह छ र सहि नेता चुनिदिनु हुन पनि नेपाली जनतालाई पनि आग्रह गर्दछौ ।



March 26, 2008

मुटुमै खिच्यौ त्यो सिमारेखा,मनकै भो हदबन्दी

कटौती गरी के लेख्यो भाबिले भाग्यमै भो मन्दी


बिधी नपुग्या कि अधुरो भाको थियो प्रेमको पूजा

किन दियौ साँढे सातको दशा खनखनी गन्दी


थमौतिको दौड धूप बेकार भएर लड्यो अब

खारीज भयो मेरो दरखास्त थिएन दरबन्दी


खाता चुक्ता नगरि अर्को जुनिलाई उधारो भन्यौ

पराइको हासो सँग मुटु रेट्दी गर्यौ कुन सन्दी


लथालिङ भई छरिएको मन संगाल्न पनि त

भरोसाको घर भात्कियो आधारको जग खन्दी


March 23, 2008

युगल गीतः- नयाँ रंघ

-हस्त गौतम मृदुल

केटी-मेरो लागी कोही छ की फेरी सिन्दुर लगाइ दिने।
जीवन साथी बनाएर कुन्ठित आशा जगाइ दिने।
केटा-मलाइ माया गर्छौ भने फेरी सिन्दुर लगाइ दिन्छु।
बिधुवाको दाग मेटाइ नयु सपना सजाइ दिन्छु।

केटी-अटल सौभाग्य खोसीेदा बैशैमा बिधुवा भएँ म।
जीवनको त्यो रंग हराउदा िपंडाले साहै रोएँ म।
केटा-जे हुनु थियो भैगयो बिगतको अब शोक नगर।
उजाड त्यो जीवन भरी नयु रंङ्कै रंङ्कले भर।

केटी-मेरो लागी कोही छौ की फेरी चुरा लगाइ दिने।
जीवनभरी अपनाएर शौभाग्यवती बनाइ दिने।

केटा-मलाइ माया गर्छौ भने फेरी चुरा लगाइ दिन्छु।
दुख-सुख बाढीकन नयाँ आशा जगााइ दिन्छु।

केटी-अभाव र तृणा भित्र कहिले सम्म अल्मुी रहु।
बन्धन र बिधी भित्र कहिले सम्म बल्मुी रहु।
केटा-दुख दिने बिधी तोडी अब पाइला चाल्दा हुन्छ।

केटी-मेरो लागी कोही छौकी फेरी पोते लगाइ दिने।
निरस यो जीवनबाट चिन्ता सवै भगाइ दिने।

केटा-मलाइ माया गर्छाै भने फेरी पोते लगाइ दिन्छु।
बिधुवाको दाग मेटाइ जीवन भरी सघाइ दिन्छु।



कुकुरलाइ आची

कुकुरलाइ आची शब्द त्यती राम्रो होइन तर यो उखान एक बिद्वानले राष्ट्रिय पत्रिकामा प्रयोग गरेका थिए। हुनत गाली गलौजमा राष्ट्रिय पत्रिका देखी अन्तराष्ट्रिय ब्लगसम्म भरी भराउ हुन्छन। अझै केही पार्टिगत पत्रिका र ब्यक्तीगत ब्लगमा त गाली र तुछ्छ शब्दको लहर नै हुन्छ, दुबैको उदेश्य एउटै हुन्छ,कसरी बिपक्षीलाइ तल गिराउने भलै आफु पनि तु्च्छ हुन किन नपरोस।
मैले उठाउन लागेको कुरो के भने नानी देखी लागेको बानी छुट्ने त रहेनछ भन्नलाइ हो। प्राय पत्र-पत्रिकामा आएको हो वाइ.सि.एल ले के के उपद्रो गर्दै हिड्छन भनेर। तर पनि संबिधान सभाको निर्वाचन हुने छाट काट आएको थियो। तर १-२ दिन भयो चुनाबका उमेदवार नै मारिन थाले पछि फेर संभिधान सभाको चुनाब नहुने हो कि भन्ने आशंका उबज्न थालेको छ। दिन प्रती दिन नेपालमा मानवताको अवमुल्यन भइरहेको अबस्थामा १५-२० उमेदवार मारिए अचम्म नमाने हुन्छ। बिगतमा हेर्ने हो भने पनि माओबादी बिग बिगी भए देखी प्रती दिन ३-४ जना मान्छे मारिदै आएका छन। त्यस हिसावमा १ जना उमेदवार मारिनु कम भएतापनि एक किसिमको निकास निस्कन लागेको नेपालको लागी राम्रो लक्षण भने होइन।पिटापिट र पार्टी समर्थक मारिने क्रम त कम भएको छैन। आरोप प्रत्यारोप श्रिंखला त टुट्ने कुरै भएन।
फेरी चुरो कुरो तिर फर्किदां किन त हाल सालै मरेका संभिधान सभाका उमेदवार हत्या गर्ने माओबादी निकट भएको पुष्टी भएको छ। जो सुकै निटक होस, हत्यारको पहिचान भएपछि कानुन अनुसार कार्बाही हुनुपर्छ। बिना कारण मारिने बिरेन्द्र शाह हुन कि मरणाशन्न पिटिने डा ज्ञानेन्द्र गिरी हुन, या नया नेपाल बनाउने भनेर युनाइटेड सात पार्टीको संबिधान सभाको उमेदवारको हत्या होस, किन माओबादी निकट नै हुने गर्छन? कि मार्ने समुह माओबादी नै भएर जनताको आंखमा छारो हाल्ने माओबादी निकट भनिन्छ? यसो भने त तिनी बिद्वान डाक्टर नेताको शब्द शापटी लिएर तिन कै पार्टीतिर कुकुरले जंगलबाट शहर पसे पनि आची त छोड्दो रहेनछ निभनेर प्रक्षपेण गर्नुपर्ने अब्स्था आएको छ।


छोटे उस्ताद, प्रक्रिती र हिन्दूस्तानी गोही

प्रकृतिक स्वोच्छ सुबास बोकेको एउटा पहाडी आबाज गुन्जियो विश्वभरी छरिएका हिन्दी गीत पारखीलाई मोहनी लगाउन प्रक्रिती बनेर । चिया बगानको मनमोहक सुगन्ध मिसिएको ताजा र मिठो स्वरले धेरैलाई मोहित पारे पनि आज छोटे उस्तादको प्रतिसप्रधा बाट बहिरिएको छ । हुन त जयपुरकी राजाकुमारिले भने झै यो एउटा खेल हो र खेलमा हरजीत हुन्छ ,तर खेलको कायदा कानूनलाई मिचे पछी त्यो झेल हुन्छ अझ रेफ्री नै पक्षपाती भए पछी ओझेल पर्छ जस्तै खेलाडी भए पनि । मनोबैज्ञानीक दबाबमा थिचिए पछी एक अबोध मन कसरी आफ्नो प्रतिभालाई निरधक्क भएर जमाउन सक्छ ,जबकी उन्का प्रतिस्प्रधीलाई निर्णयकले पहिले नै सरताज सर्बोत्तम लेखिएको कागत टाउकोमा लगाएर तथास्तु भन्न आतुर भएको स्पस्ट देखिन्छ । नत्र बिना सुने कसरी फलानोले सरताज सर्बोत्तम पाउछ भन्ने पहिले नै तय गर्न के कुनाल दुर्दर्शी हो त ? तेही गीत लाई प्रितमले एउटा सुन्ने,श्रेयाले र कुनालले अर्को सुन्ने कसरी हुन्छ ? आदेश जस्तो बिसिस्ठ संगीत बिग्यबाट सरताज सर्बोत्तम पाएकी प्रकिती अरुको सुनाइमा केही न केही खोटको भागी हुनु उन्को स्वर हो या नेपाली मुलकी हुनुको करण,यस्मा निस्पक्ष जनताको चासो बढेको हुनु पर्छ।"हमने cleary बताया हे हम किसको चाहते हे,'भनेर पहिले देखी प्रकृतिलाई हटाउन आतुर भएका कुनाल ' उन दोनोके आगे बहुत weak लगा,छोटे उस्ताद I don,t think so " भनेर खुला रुपमा पछी लागेपछी बिचरी प्रक्रिती को के लाग्छ । शायद जो कोहिलाई यो बिझेको हुनु पर्छ । हमेशा दर्शक र जनताको ढुकढुकी बनेकी प्रकृति माथिको यो अन्ध दबाबलाई श्रेयाले दिल मजबुत भएकी,अबोध तथा मेरी राजाकुमारी भनेर चोखिन खोजे पनि अबोध चेहेरामा टल्कियको आसुले पक्कै उन्लाई आत्माग्याली बनाएको हुनु पर्छ। कुनाल जस्ता संगीत नै धर्म ,कर्म मान्यता राख्छु भन्नेले कसरी धर्मको पालन गरे ,जनअदालतले यस्को फैसला गरिदिएको छ जयपुरको ताज प्रकृतिको शिरमा रखिदिएर। गोहिले खाने बेलामा आशु खसाल्छ ,आशु खुशीको हुन्छ जस्को प्रमाण प्रतियोगिताबाट बहिरिए पछी श्रेयाको रानीभएको ,कुनालले सिट्टी मारेको देखे पछी जो कोहि ले अन्दाज लगाउन सक्छ । गोरखाली युद्दको मैदानबाट भागदैन भन्ने शायद उनिहरुलाई महसुस भएको हुनु पर्छ र यो हारमा पनि प्रकृतिको जित भएको छ भन्ने कुरालाई सबैले बुझेको हुनु पर्छ ।अन्तिम दिनको प्रहारको सामना निर्णयक मन्डलीले गर्न सके सकेनन ,तर गोर्खाली प्रहार पक्कै चोटइलो थियो शायद सबैले महसुस गरेको हुनु पर्छ । मोहे सुदबुद ना रही तनमनकी ए तो जाने दुनियाँ सारीबेबेस लाचार फिरु हारी मे दिल हारी बिदाइ हुनलाई प्रकृतिले गाएको यो गीतले भने झै दुनियाँलाई थाहा छ ,यो उनको सुरुवात हो ,सङीतको यात्रामा उनी चम्किलो तारा भएर उदाउने छिन। सबैको शुभकामना ।


विष्मयहरू बीच निर्वाचन पर्व: साता चर्चा - एकलव्य

यो साता धेरै कुरा भए, सँधै जस्तो ।

अस्तिको दिन, भारतीय जनता पार्टीका शीर्षस्थ नेता लालकृष्ण अड्वाणीले एउटा एक हजार पेज लामो पुस्तक भारतीय अणु वैज्ञानिक एवं भुतपूर्व राष्ट्रपति एपिजे अब्दूल कलामका हातबाट विमोचन गराउनु भयो । नेपाली राजनितिमा यसको के चासो भन्ने लाग्ला । तर यो पुस्तक भित्र अड्वाणिले औँल्याएका छन् “ नेपाली माओवादी लोकतन्त्रका लागि खतरापूर्ण छन्,यिनले भारतीय नक्सलवादी शक्तिसंग मिलेर भारतमा पनि राजनैतिक हिंसा र अस्थितरता पैदा गर्न सक्छन् र नेपाली राजनीतलाई कम्युनिष्ट अधिनायकवाद तर्फ बलजफ्ति लैजान सक्छन् । अत: नेपालमा दिगो शान्ति र मुलुकको स्थायित्वका लागि , सबै पक्षलाई समेट्ने संवैधानिक राजतन्त्रात्मक प्रजातन्त्र नै चाहिन्छ” । नेपाली मामिलामा भारतिय चासो कुनै मानेमा नौलो कुरा नभए पनि , भारतले बोल्ने बित्तिकै नेपालमा प्रतिकृया स्वाभाविक नै हुन्छन् र यसपाली पनि नहुने कुरै भएन । भारतीय जनता पार्टीका धुरन्धर नेता अडवाणीको यो पुस्तकको उद्दरण उनको नीजि विचार हो वा यो उनको दलको आधिकारिक धारणा हो यो भन्ने कुराको स्पष्टीकरण नआएको भए पनि हिन्दू राष्ट्रवादको पर्याय मानिने एउटा प्रभावशाली भारतीय राजनैतिक दलको झुकाव नेपालमा विकसित राजनैतिक घटनाक्रमका सन्दर्भमा कतापट्टि वा कुन पक्षमा छ भन्ने कुराको अनुमान गर्न भने यो धारणाको अभिव्यक्तिले सजिलो पारेको मान्न सकिन्छ । लोकतन्त्रमा सबै पक्षलाई स्पेस दिनु पर्छ र त्यहाँ राजा पनि अटाउन पर्छ भन्ने धारणा अतिवादी सोचको उपज नै हो भनेर ठोकूवा गर्नु पर्ने केही कारण नभए पनि , अहिले विकसित हुँदै गरेको नेपाली राजनैतिक घटनाक्रममा , राजालाई स्पेश दिने कुराको वकालत गरेर नै संविधानसभाको निर्वाचनमा उत्रिन सकिने माहौल छ भनेर भने कल्पना गर्न सकिने स्थिति भने देखिन्न । तर पनि, संविधानसभाको ऐतिहासिक निर्वाचनमा राजा राख्नु पर्छ भन्ने सोच नै बोकेका मान्छे भए पनि , तिनले आफ्नो धारणा लिएर जनतामा पुग्न भने पाउन पर्छ, किनभने निर्वाचनमा जनतालाई ‘यो कुरा गर्न वर्जित छ है’ भनेर भन्न त पाइन्न । कुरा के हो भने जसलाई जे राजनेतिक मान्यता उपर विश्वास छ , त्यसका पक्ष वा विपक्षमा जनताको मत के छ त भनी खुट्याउन त निर्वाचन गरिन्छ नि !

एमाले माओवादी जुहारी:


१३,१४ वर्ष अघि रत्नपार्कको भित्तोबाट शुरू भएको एमाले र तत्कालीन संजमोको बाबुराम गुटको घमासान, कामरेड प्रचण्डलाई भित्ते राष्ट्रपति भएको एमाले नेताको टिप्पणी पछि पनि जारी छ । अहिले यो भित्ते प्रकरणको दोस्रो संस्करणमा आइपुग्दा , माओवादी विशेषत: एमालेले निर्वाचनमा आँफूसंग मिलिजुली चुनाब लड्न देखाएको अनिच्छाका कारण रुष्ट छ । माओवादी यसरी एमालेसंग निर्वाचन सिटहरूमा तालमेल र भागबण्डा गरी निर्वाचन लड्नुर्छ भन्ने प्रस्ताव लिएर गएको रहेछ , तर त्यसो गर्दा माओवादीले एमालेलाई आँफू भन्दा सानो हिस्सा ४०% सिट मात्र दिन खोजेको रहेछ र सो कुरा एमालेलाई सह्य नभएको कुरा कामरेड माधव नेपालले सार्वजनिक बताइसकेका छन् । यिनै कुराहरू बीच माओवादी versus एमाले जुहारी जारी छ । जुहारी मात्र नभएर , एक दशक भन्दा लामो भौतिक युद्द लडेका माओवादी पूर्व लडाकाहरू रन्थनिएर विशेषत: एमाले बिरुद्द र छिटपूट रूपमा अरू बिरुद्द पनि आक्रमणमा उत्रिएका छन् । तर जनता भने अवाक परेर हेरिरहेका छन्, मिलिजुली सरकारमा बसेर परिवर्तनका लागि काम गरिरहेका भनिएका राजनैतिक दलहरूका बीच यो द्वन्द किन ?
माओवादी भन्छ “ साँचो कम्युनिष्ट हामी मात्र हो , एमाले त पूँजिवादी भाषमा जाकिइसक्यो । ऊ कांग्रेसको सानो भाइ हो, कम्युनिष्ट त हुँदै होइन । अनि हिजोदेखि जनयुद्द मार्फत हामीले जनतालाई चेतनशिल बनाएका हुनाले सारा गाउँघर र अधिकांस नेपाली परिवर्तनको चाहनाले हाम्रो पक्षमा छन् , त्यसैले चुनाब त हामीले चाहिए अनुरुप नजित्ने कुरै छैन” । अनि एमाले भन्छ “ कांग्रेसले पुल्पुलाएर माओवादीलाई एमालेको शेखी झार्न अन्तरिम संसदमा उसकै संख्यामा सिट दिएको हो , साँचो कम्युनिष्ट हामी हौँ भन्ने कुरा त हामीले चुनाबै पिच्छे देखाइरहेका छौँ । माओवादीहरू भनेको त उग्रवापन्थी भड्काव मात्र हो । यिनका पक्षमा जनता छैनन् बरू जनता यिनको जोरजुलुमको डरले आक्रान्त छन्। हामीले तालमेल पनि गरिन्न, किनभने तालमेल खोज्ने हरूवाहरूले मात्र हो” । यही कडीमा हिजो कामरेड बाबुराम भट्टराईले एमालेलाई हियाउँदै कैलालिको अत्तरियामा यस्तो टिप्पणी गरेछन् :

“Dr. Bhattarai also accused the UML of being ‘a bunch of canny people bought off by NGOs/INGOs and working in the garb of communists.’Addressing the election rally in Attariya of Kailali, Dr. Bhattarai indicated that the Maoists won’t take the election results lying down if they were defeated.” साभार nepalnews.com


अहिलेका परिघटनालाई केलाउँदा, चुनाबी तालमेल नहनुको ज्वरोले माओवादीलाई बेसरी समाएको देखिन्छ । एमाले तालमेलबाट तर्किनुको पछाडि अमेरिकाको हात रहेको कुरादेखि अनेक थरिका आरोपहरू र माथि अंग्रेजी भाषामा उद्दरण गरिएको भनाइहरूले माओवादी कति खार खाएर बसेका छन् भन्ने कुरा देखाउन काफि छ ।
अब प्रश्न उठ्छ , यदि माओवादीले एमालेलाई लगाउने गरेक यी विविध थरिका आरोपहरूमा थोरै पनि सत्यता छ भने त माओवादी जस्तो क्रान्तिकारी राजनैतिक दलको भलोको लागि पनि, एमाले जस्तो अशुद्द र पूँजिवादी विकृतिले गाँजेको ठहरिएको पार्टीसंग सहकार्य र तालमेल नहनु राम्रो कुरा हैन र ? पछिल्लो आम निर्वाचन भएको लगभग एक दशक हुन लागेको स्थितिमा अनि माओवादी पनि शान्तिपूर्ण राजनीतिमा पुन प्रविष्ट भएको अहिलेको घडीमा, सबै दल विशेषका आकार र प्रकारका नक्साहरू पनि जनता र मुलुकले थाहा पाउन पर्‍ने खाँचो अनुभव भएको छ । दलगत प्रतिस्पर्धाले नै कसका पक्षमा एवं कुन राजनीतिक विचार औ दलका पक्षमा कति जनता रहेछन् भन्ने कुरा थाहा पाउन र तदनुरुप देशको राजनैतिक भविष्यको योजना बनाउन सघाउ पुग्छ। तसर्थ पनि सबै वैयक्तिक दल विशेषले, निर्वाचन आ-आफ्ना ढंगले नै लड्नु उचित हुन्छ । यो बहुदलीय लोकतन्त्रको पहिलो खुड्किला पनि हो जहाँ निश्चित विचार र सिद्दान्त अँगाल्ने मानिसहरूले राजनैतिक दल गठन गर्छन र जनता समक्ष अनुमोदनका लागि पुग्छन् । ती विचार र सोचका कारणले अलग भएर नै अलग दलहरू बनेका हुन्छन् अन्यथा ती एकाकार वा एकीकृत हुन्छन् ।एमाले र माओवादीहरूका एक अर्का प्रतिका आक्षेप र दावाहरूले पनि, ती दलहरूले छुट्टाछुट्टै निर्वाचनमा जानै पर्ने कुरा बताउँछन् । पहिला दलहरूले निर्वाचन पूर्ण रूपमा भयरहित माहौलमा सम्पन्न गरेर, कुनै अमुक विचारका पक्षमा कति मतदाता वा जनता रहेछन् भन्ने कुरा थाहा पाएपछि सबैलाई आ-आफ्नो हैसियतको ज्ञान प्राप्त हुनेछ ।
अर्को कुरा, कतिपय बामपन्थमा विस्वास राख्ने शुभेच्छुकहरूले भन्ने गरेको “ नेपालका कम्युनिष्ट नमिलेर, कांग्रेस वा अरूले निर्वाचन जित्छ नेपालमा” भन्ने कुरा पनि बामपन्थी दलहरू प्रतिको सदिच्छाले भन्दा कांग्रेस वा अरू पार्टीले सत्तामा पुग्ने अवसर नपाओस् भन्ने नकारात्मक चिन्तनबाट अनुप्रेरित छ भन्नै पर्छ । यो किनभने, विचार र व्यवहारका कारण नै माओवादी वा एमाले धेरै जसो परिस्थितिमा कांग्रेस वा अरू राजनैतिक पार्टीसंग धेरै नजिक छन् , केवल ‘कम्युनिष्ट’ भन्ने शव्द र केही वामपन्थी शव्दभण्डारको साझा प्रयोग बाहेक ।
तर चुनाबी तालमेलको गणित भन्दा माथि उठेर कुरा गर्ने हो भने निर्वाचनलाई निर्वाचनकै प्रतिस्पर्धाको रूपमा बुझेर, जे र जुन रूपको परिणाम आएपनि त्यसलाई स्वीकारेर त्यस पछिको परिस्थिलाई कांग्रेस, एमाले र माओवादीले मिलिजुली ढंगले व्यवस्थित गर्न सकेनन् र आपसी अविश्वासको छिनाझप्टीमा नै लिप्त बनिरहे भने, मुलु पुन: दूर्भाग्यको दलदलमा जाकिने अवश्यम्भाविताबाट कसैले रोक्न सक्ने छैन ।
नेपालमा तालमेल, मेलमिलाप र मिलिजुलीपनको खाँचो छ भने सबै पक्षबीच संस्कारका रूपमा जरूरी छ । निर्वाचन त प्रतिस्पर्धा गर्नैका लागि हो , गर्न सक्नु पर्छ खुट्टा नकमाइकन निर्धक्क आफ्नो विचार बोकेर स्पष्टतासाथ । यस कुरामा धेरै रोदन, प्रलाप र माथापच्ची नगरी निर्वाचन लडौँ किनभने राजनीति गर्छु भन्ने व्यक्ति र दलहरूका लागि त यो सबैभन्दा महान अवसर हो !


March 22, 2008

भविश्यको डायरी

दैनिकि वा डायरी भनेको प्राय: घटि सकेको घटनाहरुको टिपोट हो तर आज म पहिलो चोटि, भविष्यमा पछि घटने घटनाको बारेमा पहिल्यै लेख्दैछु । त्यसैले यसलाई शिर्षक दिएको छु "भविश्यको डायरी"
मेरो कल्पनामा अब आउने केहि हप्ताका मेरा दैनिकि वा 'बल्ग' मा करिव यस्ता कुराहरु हुनेछन्, जुन म एडभान्सको रुपमा पहिल्यै पेश गर्दै छु । नेपालको हाल बिद्यमान राजनैतीक तरलता र चुनाव अनी चुनावमा भाग लिएर जिते जित्छौं नजिते कब्जा गर्छौं भन्ने जुन किसिमको गन्जागोल पूर्ण वातावरण छ त्यसैको आधारमा हेर्दा मेरा आगामि केहि दिनका दैनिकि करिव यस्ता होलान:

मिति: २०६४ चैत्र २४ गते

संविधान सभाको मिति नजिकिदैं जाँदा आज अकस्मात यौटा दलले आगामी चुनावमा आफूलाई जसरि पनि हराउने षडयन्त्र रचिएको कुराको आफुहरुलाई गोप्य सूत्रबाट जानकारि भएको सनसनी खेज खुलासा गरेको छ। यो षडयन्त्रमा राजा देखी अन्य दल अनि अमेरिका, जपान, साईप्रस, लगायत हामिहरुले नामै पनि राम्रि नसुनेका बुरुण्डी, सोमालिया, कंगो, रुवाण्डा, बेनिन देखी लिएर युगाण्डा, टोगो र लुवाण्डा समेत लागेको जिकिर गर्दै सो दलले आगामी चुनावको मिति सार्न सरकारलाई ठाडो चुनौति दिएको छ ।

पत्रकार सम्मेलन स्थलमै धेरै जना पत्रकारले यो सनसनी खेज खुलासा सुने पछि आफ्नो हासो रोक्न सकेनन् भने कतिपय विद्वत वर्ग र पर्यव्यक्षकहरु भने यस पछाडी कुनै अज्ञात भयको आशंकाले चिन्तित देखिएका थिए।

मिति: २०६४ चैत्र २५ गते

आज दिनभर जसो राजनैतिक वृत्त तातो रह्‍यो, हालको चुनाव कुनै पनि हालतमा रोकेर चुनावको लागि नया मिति तोक्न दिनभरि जसो शक्ति प्रदर्शन र दबाब मुलक कार्यक्रमहरु जारि रहे। बिभिन्न दलका नेताहरु र छिमेकि मुलुकका राजदूतहरु दिनभर भेटघाट र सम्झाउने-बुझाउने कार्यमा व्यस्त रहे ।

मिति: २०६४ चैत्र २६ गते

हिजो दिनभरको दौड-धुप, सोच विचार र भेट वार्ताले कुनै पनि हल निकाल्न सकेन र आजको माहौल झन अस्तव्यस्त भएको छ । देश भर आज दिनभर तनाव व्याप्त रह्यो । राजनैतीक भेट-घाट झन तिब्र रह्यो भने समस्याको कुनै पनि हल निस्कन सकेको छैन ।

अहिले दिनको पाँच बजेको छ भने विश्‍वस्त सूत्रका अनुशार अहिले बालुवाटारमा देशका दिग्गजहरुको गोप्य बैठक चलि रहेको छ ।

मिति: २०६४ चैत्र २६ गते
अपडेट: रातको ८ बजे

सरकारि मिडियाले हाल हुन लागेको चुनाव कुनै पनि हालतमा नसारिने र तोकिएकै समयमा चुनाव गर्ने दृणता व्यक्त गरेको छ भने असन्तुष्ट समुहले तुरुन्तै त्यसलाई आफ्नो दललाई हराउन गरेको महा षडयन्त्रको संज्ञा दिएर त्यसको कडा रुपमा 'मुकावला' गर्ने र हालको चुनाव अवैधानिक र अमान्य हुने वक्तव्य जारि गरेको छ ।

मिति: २०६४ चैत्र २७ गते
आज दिनभरि देश प्राय: ठप्प रह्यो, कुनै पनि दल वा गुटले बन्दको घोषणा नगरे पनि कुनै अज्ञात भयका कारण आज आवागमन करिव करिव बन्द रह्यो । देशका बिभिन्न ठाँउमा चुनाव बहिस्कार गर्न आह्वान भए भने सुरक्षा मजबुत पारिएकाले कतै कतै छिट पुट घटना र साधारण मुठभेड बाहेक कुनै अप्रिय घटना घटेनन् ।

मिति: २०६४ चैत्र २८ गते

नारा, बिरोध, शक्ति प्रदर्शनको चरम उत्कर्षका बिचमा पनि आज चुनाव जारि रह्यो, आफ्नो दबाबले केहि नलागे पछि चुनाव बहिस्कार गर्ने समुह पनि आफ्नो सम्पूर्ण शक्ति परीचालन गरि चुनावि मैदान मा देखियो, बिरोध र चुनाव मात्रै हैन ठाउँ ठाउँमा बुथ क्याप्चर गर्ने जस्ता कार्यहरु पनि भएको खबर अहिले रातको ९ बज्दा सम्म बिभीन्न स्थानबाट आउदै छन ।

मिति: २०६४ चैत्र २९ गते

आज दिनभरि जसो चुनावको परिणामका अडकल बाजि र हिजोका घटनाका टिका टिप्पणिको खबरहरु फैलिरहे । एकातर्फ चुनाव सार्न माग गर्ने दल आज पनि हिजोको चुनावमा स्वदेशी र बिदेशी तत्वले आफूलाई हराउन धाँधलि गरेको आरोप सहित यो चुनाव रद्द गरिनु पर्ने माग गर्दै थिए भने अर्को तर्फ धेरै स्थानमा बुथ क्याप्चर र मत पेटिका समेत बदली भएको हवाला दिदैं अन्यदलहरु त्यसको निराकरण र दोषीलाई सजाय गर्न मागका साथ व्यस्त रहे ।

मिति: २०६४ चैत्र ३० गते
बिरोध, बाधा र होहल्लाको बिचमा सम्पन्न चुनाव पछि आज देखी मत गणनाका प्रारम्भिक परिणाम हरु आउन थालेका छन ।

अहिले बिहान को ११ बजेको छ र हालसम्मको मत गणनामा चुनाव सार्न माग गर्ने दल निक्कै पछाडि छ, अन्य दलको पनि निक्कै मिस्रित परिणामहरु आईरहेका छन् ।

अपडेट: दिनको १२ बजे

चुनाव सार्न माग गर्ने दलको स्थिति झन नाजुक हुदैं जाँदा सो दलले यो चुनावलाई बिदेशीको ईशारामा भएको र आफुलाई धाँधलि गरेर हराउन गरीएको नाटक मात्रै भएको बताउदै यसलाई नमान्ने घोषणा गरेको छ ।

अपडेट: दिनको २ बजे

अहिले सम्मको गणनामा चुनाव सार्न माग गर्ने दल नराम्ररि पराजित हुने निश्‍चीत देखिएको छ भने सो दलले आज राति १० बजे सम्ममा यो चुनाव रद्द गरेको घोषणा नगरे गम्भिर परिस्थितिको सामना गर्नु पर्ने चेतावनि दिएको छ ।

अपडेट: दिनको ४ बजे
दलका दिग्गज, बिदेशी राजदूत र बुद्दिजिबिहरुको फेरी दौड धुप चलेको छ, दिनभरिनै असन्तुष्ट दललाई पनि राखेर वार्ता गर्ने प्रयास भए पनि हालसम्म सम्भव भएको छैन। भर्खरै यो चुनावको सिट पनि 'बाँडि चुडि लिएमा' चुनाव सार्न माग गर्ने दलले पनि त्यसलाई स्विकार्ने भएको कुराको अपुष्ट समाचार आएको छ र सो को लागि पून बालुवाटारमा वार्ता हुने हल्ला फैलीएको छ।

अपडेट: रातको ८ बजे
चुनाव रद्द गर्ने वा सिट 'बाँडि चुडि लिने' बारेमा मिडियाले कुनै आधिकारिक जानकारि दिएको छैन तर देशको हालको स्थतिको बारेमा वार्ता हालसम्म जारि रहेको कुराको खुलासा भएको छ।

अपडेट: रातको १० बजे

सिट 'बाँडि चुडि लिने' कुराको आधिकारिक रुपमा खण्डन गरिएको छ र चुनाव सदर गरीएको छ । असन्तुष्ट पक्षलाई वार्ताको टेबुलमा आउन अनुरोध गरीएको छ ।

अपडेट: रातको १०:३० बजे
शहरको मुख्य मुख्य चोकमा अहिले राती देखी नै टायर बाल्न थालीएको छ , बाहिर जिन्दाबाद र मुर्दाबादका नारा घन्किन थालिसकेका छन, ब्यालक आउटको आदेश दिदैं हुलहरु गल्ली गल्लीमा प्रवेश गरेको खबर फोनबाट आउदै छ। सडकमा सुरक्षा निकायका सबै अंगलाई प्रयोग गरिएको छ । यसै पनि मेरोमा आज बत्ती निभ्ने दिन, अब केहि छिनमै बत्ती जाँदैछ .....‍‍तर ..... मेरो घरको गल्लीसम्म ब्यालक आउट गर्ने निर्देशन दिदैं एउटा हुल होहल्ला र सिट्ठी बजाउदै आई पुगि सकेको छ अब बत्ती .... .... *#?@?....... *#?@?...




March 21, 2008

हामीले निर्वाचन चाहन्छौँ किनभने हामीले जित्नै पर्छ , नजिते के गरिन्छ देखौला !

कम्युनिष्ट क्रान्तिको सम्पन्नता मार्फत देशमा जनवादी गणतन्त्र स्थापना गर्ने उद्देश्य बोकेको एउटा राजनैतिक पार्टिले , कालान्तरमा प्रजातान्त्रिक पद्दतिबाट आफ्नो हिंसात्मक आन्दोलनलाई सेफ ल्याण्डिङ गर्न पर्‍यो भने यसो गर्नु पर्ला भनी राखेको विकल्प नै राजनैतिक मुद्दा निरूपणको नेपाली इतिहासमा विविध राजनैतिक पक्षको मिलन बिन्दु हुन पुगेको छ । अब जनताले संविधानसभाको निर्वाचनमा आफ्ना प्रतिनिधि छनोट गरेर, कुन राजनैतिक दल समूह र पक्षमा कति जनता रैछन् त भन्ने फैसला दिए पछि मात्र , नया परिस्थितिमा आफ्नो वास्तविक हैसियत कति रहेछ भन्ने कुरा सबै घटकहरूले थाहा पाउने कुरामा विश्वस्त हुन सकिन्छ । तर , जनताले निर्वाध रूपमा भय मुक्त हुँदै कुनै पनि विचारका पक्षमा आफ्नो मत प्रदान गर्ने मौका पाए भने मात्र यो कुराको औचित्य प्रमाणित हुने हो । हैनभने , जुन माहौलमा अहिलेको निर्वाचन सम्पन्न हुन जाँदैछ त्यो कुरालाई हेर्दा नेपाली इतिहासको यो सबैभन्दा महत्वपूर्ण घटना कतै सबैभन्दा नाजूक परिस्थितिमा त हुँदै छैन भन्ने आशंका जन्मने ठाउँ भने प्रशस्त छ ।
धेरै जद्दोजेहद पश्चात संविधानसभाको चुनाब हुने छाँट बलीयो देखिएको छ । चुनाब नै सबै कुराको रामवाण औषधी हो कि हैन त्यो हामी जस्ता सामान्य जनताले बुझ्ने कुरा भएन किनभने राजनीतिक बजारका ठालूहरूले पनि अब यसपछि के हुने हो त भन्ने कुराको गोलमटोल सपना बेच्ने काम बाहेक केही गर्न सक्दैनन् वा सकाक छैनन् । फलत: देश हावादारी स्वरूपको सिंगापुर र स्विट्जरल्याण्ड बन्ने भकुण्डो खेलमा समाहित छ ।
यही राजनैतिक चटारोमा , संविधानसभाको निर्वाचन आँफ्नो कारण र फगत आफ्नो कारणले हुन जाँदैछ भन्ने दावा गर्ने महान क्रान्तिकारी माओवादी पार्टीको लोकतान्त्रिक दावा देखेर भने म बिलखबन्द परेको छु । उनीहरूका अनुसार उनीहरू वर्तमान नेपाली राजनीतिका सबैभन्दा बढी लोकतान्त्रिक शक्ति हुन् । नेपाली राजनीतिमा अहिले सम्म थाति रहेका राजनैतिक मुद्दाहरूको निरूपण गर्न आसन्न संविधानसभाको चुनाब हुनै पर्छ । यो चुनाबमा माओवादीले बहुमत ल्याउनै पर्छ । यो चुनाबमा माओवादीको बहुमत आएन भने निर्वाच परिणामलाई धोका मानिनेछ र अर्कै ढंगले डरलाग्दो आँधिबेहरीयुक्त क्रान्ति हुनेछ !
अनि भनिँदैछ , सके निर्वाचनबाट सत्ता कब्जा गरिन्छ नसके बिद्रोह र लडाइँबाट । तर पनि हामी निर्वाचन चाहन्छौँ, निर्वाचनमा हामीले जित्नु पर्छ र जितिएन भने झन ठूलो क्रान्ति गरिन्छ अनि सत्ता कब्जा गरिन्छ । यो त सहयोग माग्न जाने , दिने भए राम्ररी देऊ नदिने भए केही छैन भकुरेर पनि लिन्छौँ भने जस्तो भएन र ? अब यस्तो दावा , तमाशा र माहौल बीच देशले कस्तो निकास लिने होला ?



March 19, 2008

लघुकथा - मर्द

- दिलीप आचार्य
ऊ किसोर अबस्थाकै थियो, स्कुल जिवन मै उसको एकजना सहपाठीले उसलाई एक दिन चुरोट खान उक्सायो। शुरुमा उसले मनाहि गर्न खोज्यो तर उ भन्दा केहि ठूलो उसको साथीले सिधै उसको हीम्मतलाई लकार्‍यो : " चुरोट खान पनि के केटी जस्तो लजाएको ?", उसको साहश बढ्यो र उसले चुरोट तान्न शुरु गर्‍यो । चुरोट तान्दा अली अली खोकी लाग्थ्यो तर प्रत्येक चुरोट सल्काउँदा उ आफूलाई ठूलो मान्छे भएको ठान्थ्यो ।


केही समयको निरन्तरता पछी उसलाई चुरोटले मजा दिन छाड्यो, अनी एकदिन अर्को यौटा साथीले उसलाई गाँजा तान्न सुर्यायो। उसले आनाकानि गर्यो तर साथीले उसको पौरुषमा प्रहार गर्यो : " चुरोट स्वास्नी मान्छेले पनि खान्छन् शिव बुटी तान्ने पो केटा " उसको पौरुष जाग्यो बिस्तारै चुरोट संगै गाँजा पनि तान्न थाल्यो गाँजाले शरिर कमजोर बनाउँदै लग्यो तर पनि हरेक कस गाँजा तान्दा आफैलाई पूर्ण पुरुष भएको मान्दथ्यो


त्यसपछी पनि कहिले बहादुरी देखाउन कहीले कमजोरी लुकाउन चुरोट, गाँजा जाँड, रक्सी लगाएतका सबै पुरुषत्व झल्कीने पदार्थको सेवन गर्न थाल्यो यसरी ठूलो मान्छे, पूर्ण पुरुष मर्द बन्ने प्रयाशमा उसको शरिर नराम्ररी बिग्रियो तिस पैतीस बर्षकै उमेरमा असक्त रोगी कमजोर भयो



एकदिन बिरामी परी ओछ्यानमै पल्टी पल्टी सडक तर्फ हेर्दा उसले धूमपान, मद्यपान केहि नगर्ने एकजना जवान स्वस्थ युवकलाई बाटोमा हिड्दै गरेको देख्यो। उसले आफ्नो त्यो बटुवाको उमेर मनमनै दाँजेर हेर्यो अनायशै बर्बरायो " वाह ! क्या स्वस्थ ! क्या स्फूर्ती !!, यो पो मर्द रहेछ "



जिन्दगीमा




हिड्न खोज्दा यो दुनियामा राम्रो बाटो पाईन
भिखारीलाई जस्तो कतै माया छैन

वेदनाले मुटु छेडदा शरिर सबै गल्छ
मनमा हुरि चलिदिदा दिलमा आगो बल्छ

अनुहार भरि रोदन मेरो आँखा भरि आँसु
विरहको जीन्दगीमा कतिन्जेल वाँचु

मन भित्रको व्यथाहरु पोख्ने ठाउँ छैन
अभागिको संसारमा आफ्नो मान्छे छैन

खोज्न खोज्छु दुख्छ मुटु भित्र घाउ
यो मनोजले खोजीरहेछ नदि तर्नै नाऊ
मनोज (चितबन) आबुदाबी


March 18, 2008

गजल - मन

थुन्न जती खोजे पनि जाली मन त चुइदो रछ
भित्रै भित्र पाके पछी माया पनि त कुइदो रछ

साक्षी राखेका भगवान नि मौन भई दिएछन
छाती पग्ली भेल बगेछी खुशी पनि धुइदो रछ

जुन तारा धेरै टाढा कल्पनामा सिमित भए अब
सुख छैन भागमा जहिले नि दु:खै छुइदो रछ

जनमभरी नफुकोस भनी उनेको भनथ्यौ त
छली माया जती कसे पनि त चाडै फुइदो रछ

आफै मुटु घ्रेरेर आफ्नै मनमा बन्दी भएकोछु
घातका लप्का परेपछी मुटु पोली रुइदो रछ


मनोन्यास - मान्छे र दिशाहिन राजनीति

मान्छे र दिशाहिन राजनीति - १
- हस्त गौतम मृदुल

नेपालको कानुन त्यस्तो घोडा हो जस्को नौंवटा सिंग हुन्छन भने दुइवटा पुच्छर। जताबाट जस्ले छामेपनि उही पुच्छर उही सिंग हात लाग्छ। कसैलाइ यो कानुनको डर र सम्मान छैन। यस्मा जो चडयो उही जंग बहादुर हुन्छ। त्यसकारण यस्को डर कसैलाइ लाग्दैन। छाडा घोडा भएको छ। इज्जत र मान गुमाएको यस घोडाले निर्दोषमाथी छातीमा टेकेर हिन्छ। यसबाट कसैलाइ डर छैन। कसैलाइ भर छैन। यसबाट मान्छेले डराउन छोडीसक्यो। आफै बसेको धरालाइ आतंक्कीत पारेको छ। यस युद्धको बिकराल यात्रामा मात्रिभुमीलाइ डढाउन कस्सिएका छन। मान्छे महाभारतको युद्धबाट चेतिएका छैनन। मान्छे न त पहिलो न त दोस्रो विस्वयुद्धबाट चेतिए। हिरोसिमा नाकासाकीलाइ खरानी बनाए। त्यतिले कहाँ होर नक्ष्ेात्रयुद्धका लागी कम्मर कसेर लागेका छन। मान्छे आफनै घर आगो लगाएर रमाउन चाहान्छ। न त बुद्धको सान्तीले आस्वस्त छ मान्छे न त क्राइष्टको फाँसीले। असन्तोषी र अघोरी जात नै मानबजाती बनेको छ। अत्याधुनिक क्षेत्यास्त्रको होडबाजीमा पृथ्वीलाइ आगो लगाएर अर्को ग्रह खोज्न भौंतारिएको छ। त्यस्मा पनि मेरी आमाको कोखमा आगो लगाउनेहरु दिन दिनै बढेका छन। राष्ट्रिय सम्पदाको आगो खाएर गरिबीको अंगार हग्ने नेताहरुको बिकबिकी बढेको छ। आज मेरो देश अंगार बनेको छ। यही अंगारमा सेलाएको मानबताको गन्ध आर्यघाटमा मात्रै होइन राष्टभरी नै फैलिएको छ। अहिले मेरो देश सिंगो आर्यघाट बनेको छ। बिष्णुको अबतारमा राक्षेस बनेका छन। क्राइष्टको अबतारमा आततायी जन्मेका छन। बुद्धको अबतारमा आतंक्ककारी जन्मेका छन।
आफनो मात्रिभुमीलाइ बेचेर अर्काको आदेशमा शासन गर्ने निकम्मा नेताहरु आज आएर तै चुप मै चुप छन। आ आफनो सिद्धान्तको रोटी खाए पनि अचार भने उतैबाट सुटुक्क माग्छन र आफनो भुमीको माटो भेटी चढाउछन। निरंकुस्ताले कुम्चिएको मेरो भुगोललाइ dmन dmन खुम्च्याउने राजनीतिको अभ्यास चलेको छ। न त यहाँ लोकतन्त्र नै आएको छ न त गनतन्त्र....। यहाँ यि सव भ्रम तन्त्र चलेको छ। केवल भ्रम। यहाँ केवल बिनास आएको छ। बिखन्डन आएको छ। बिध्वंश आएको छ। अराजकत्ता आएको छ। अंशबन्डा आएको छ। केवल मनोमानी आएको छ। खिचातानी नै लोकतान्त्रिक राजनीतिको पहिलो परिभाषा हो। यो परिभाषा पनि उपहारमा पाएका छन। सिमा स्तम्भहरु मेटिएर नयाँ निसानी गाडीएको छ आमाको छातीमा। आँखा चिम्लीए पछि दोबाटोमा हग्न बसे पनि कस्ले देख्छ। जो अगुवा उही बाटो हगुवा नेता परे। आफुले नदेखे कसैले देख्दैन भन्ने राजनैतिक सोच बोकेका नेताहरुले राष्ट्रलाइ घोर राष्टघात गर्दै आएका छन। समयले हरेक गोप्यताहरुलाइ एकदिन छताछुल्ल पारिदिने छ। कसरी कस्ले कतिमा सम्पदा र किस्ताबन्दीमा राष्टियता बेचे भन्ने कुरा। माउले फुल पारे पछि फुल कोरलेर बिकासका चल्ला बढाउनु पर्नेमा फुलै खाइसकेर चित्त नबुdmी माउ नै पोलेर खाइसके। यस्ता लाचार नेताको कारण म बुद्धको सपनामा अटाउन सकेको छैन। नत उन्का आँखामा आँखा बनेर आफुलाइ नै हर्ेन पाएको छु। म मान्छेबाट भागीरहेको छु। मान्छे भित्रको आगो निभाउन न त चानक्य नितिले सक्यो न त कुरानले। इस्वर पनि मान्छेको नजिक पर्न डराइसके। किनभने मर्ुख देखी दैब पनि थरथर काप्छन भने म त मान्छे। फेरी यो मेरो देश मर्ुखहरुको अखडा हो। सहमती र समdmदारी यही मर्ुखताबाट शुरु हुन्छ। के था कुन बेला कुन स्वार्थसिद्धिका लागी बली चढाउने हुन। अग्रगामी कदम नै मानब बलि दिने सजिलो बाटो बनाए यी नरपिचासहरुले। अबतारी विष्णु पनि बलीकै भोका छन। किनभने राजनीतिको आशणमा रगतको रंग नै शोभयमान देख्दछन।
ब्रिटेनले भारतको स्वतन्त्रता दियो र भारतले मेरो स्वतन्त्रता हरण गरयो। सुगौली सन्धीले हामीलाइ बिरानो बनायो। पश्चिम किल्ला काँकडा, पर्ुवमा टुस्टा पुगे थ्यौ। तर........यी कथा भए आज। जबरजस्ती खुम्चीएको भुगोलमा अdmै खुम्चाउन निरन्तर आँच पुरयाउदै आएको छ। कालापानी देखी बिभिन्न भागमा कब्जा गरीसक्दा पनि सरकार मौन छ। किनभने नेताले खाने नुन उतै बन्छ र उतैबाट आउछ। आजका दरबारहरुमा योद्धाका पस्तिपन्जरहरु गाडीएका छन। आस्थाहरु फँासीमा dmुन्डाएका छन। बिचारहरु कत्लेआम भएका छन। ब्रि्रोह सल्केको छ दरबार तिर ...तर....। शिबपुरीको पहाड साक्षी छ कति योद्धाहरु जिउदै पुरिया भनी। फुल्चोकी पहाड साक्षी छ कतीलाइ जिउदै जलाइयो भनी। थानकोटको भीर साक्षी छ कति मारी फालिए भनि।
गोप्यताको साँक्षी यी पहाडहरु मात्रै छन। कसैको केही जोड चल्दैन। कसैको केही पत्तो लाग्दैन। जसरी dmुनकीरिहरु अन्धकारमै बिलाए। आज दूइ दशक भैसक्यो यी पहाडहरु योद्धाहरुको साक्षी बगेको तर।....। दर्रि्रता सवैभन्दा ठुलो नर्ग हो। यही नर्गको बास बसाएर धन्य छन नेताहरु। अति भैसक्यो अब त...। कलंक्की अबतार हुन लागी सक्यो। पशूहरु बोल्ने छन। रुखहरु सलबलाउने छन। यि आततायी मान्छेहरु बिस्तारै पशू हुनेछन। पशूहरु मान्छे....कस्तो अचम्म..।
म बाट स्वतन्त्रता छुटिएको छ। सान्ती संयुत्त राष्ट्रसंघमा कैद छ, या त नेताको षडेन्त्रमा। आलिसान महलमा छ की हवाइटहाउसमा या हिटलरको ग्यासच्याम्बरमा-
संसारमा खोजे पछि नपाइने कुनै बस्तु छैन तर कतै मैले सान्ती देखिन। मलाइ यतिखेर गोपाल प्रसाद रिमालको गीत याद आइरहेको छ, आमा त्यो आउछ र...। हो मलाइ त्यो आउने कुरामा ढुक्क छु। तर मेरो वरीपरी आइसकेर पनि कस्ले लुकाएको छ- कस्ले राखेको छ लुकाइ सिपी भित्र मोती बनाइ- कस्ले साँचेको छ पत्थरभित्र हिरा बनाइ- यदि तिमी आलीसान दरबारमा छौ भने बिर्स त्यो दरबार किनभने दरबारहरु संधै भ्रम र खोक्रो हुन्छन। संधै आडमबर र खिचातानीमा अल्dmेको हुन्छन। त्यो खोक्रो जीवन क्षेणिक र बन्धनमा हुन्छ। शरिर बाँच्नु जीवन बाँच्नु मात्र होइन। आउ समयको बोधीबृक्षमा हामी सवै बुद्ध बन्ने कोसिस गरयौ। बाँच्नुको अर्थ शरिर मरे पनि जीवन जिवन्त रहोस भन्ने हो। भृकुटीको जस्तो साहास लिएर जानु पर्छ। हरेक नेपाली भृकुटी भएर नेपालको सान्ती फैलाउन सक्छौ तर आज....। रुखमुनी छाया त्यो मुनी म कै स्थिति छ। सृजनशिलता नै जीवनका महान गौरभ हुन। साहास हुनेहरुलाइ सफल्ताले चुम्छ। बसेर कुनामा dmिंगा धपाउनेहरुलाइ सफल्ता हात पार्न खोज्नु कुकुरले रुख चर्न खोज्नु जस्तै हो। हरेक नेपाली हरेक पर्ुखाका प्रतिनिधि हुन किनभने हरेक ब्याक्ति उ आफनो राष्ट्र र त्यस्को सुन्दर भबिस्य हुन। देशको सलाइ भित्र रहेका तीन करोड काँटीहरुमा बल्नु छ आफैमा। जोस जाँगर उमल्न्छ ह्रदयभरी। कराइमा दुध उम्लीए
पोखियो भने खरानीमा परिन्छ। देशका युवाकाँटीहरु किन निरंकुस्ताको चिसोले ओसिदै गएका छन। ओसिय भने फेरी बल्न र बाल्न गारयो पर्छ। जहाँका युवाहरु ओसियका छन त्यो देश दर्रि्र हुन्छ। आज युवाहरु गरिवीको चिसोमा ओसिएर बिस्तापित भैरहेका छन। म देशको एउटा स्थानमा धपक्क बल्न चाहान्छु। जहाँ एकठाउको अँध्यारो नासियोस संधैलाइ। म ओसिन चाहान्न। म बल्न चाहान्छु। हे मेरी सान्ती आउ प्रिय मलाइ एकपटक यो धर्तिमा आफनै प्रकास र्छर्ने अबसर देउ। मेरो देश म बिना अँध्यारो छ। जीवन इस्वरको प्रकास हो। यो हरेक संग हुन्छ। मलाइ राष्ट्र र राष्ट्रियताको पहिचान संगै आत्माबोध भयो की देश बिना मान्छे कति दुख हुन्छ।
जसरी चन्द्र र्सर्ुय र पृथ्वी एकदिन एउटै रेखामा भेट गर्छन। त्यसैगरी यो देशमा सान्ती र स्वतन्त्रताको उज्यालो फैलाउनु पर्छ। जीवन प्याजको पत्रै पत्रले बनेको छ। सुन्तलाको केस्रा केस्रै केस्राले बनेको छ। मेरो यो जीवनका हरेक पत्रहरु खस्नु भन्दा अगाडी नै सान्ती आवस भन्ने चाहान्छु। जीवनको केस्राहरु छुटीन नपाउदै आए केही गती पर्ला नत्र...........

मात्सेतुगंको बैशाखीमा हिन्ने हैसियत पनि गुमाएका माओबादीमा आफनो क्षमतामा हिन्न सक्ने साहास रहेन छ। म्ााओबादी पनि उहि बिरबलको खिचडी पकाएर जनतालाइ बेकुप बनाउने भन्दा अरु गर्न सकेन्। उनीहरुको राजनैतिक सिद्धान्त नै अपाङ्ख छ भने अरु कस्को के आशा गर्न सकिन्छ र! आ-आफनो सिद्धान्तबाट बिचलित नेताहरु, जवसम्म अरुको
"शैद्धान्तीक बैशाखी" टेकेर हिन्न छोडदैनन तव सम्म नेपाल र नेपालीको भविस्य शुरक्षित हुन सक्दैन। जव सम्म आफनो खुटटामा उभिन खोज्ने नेता जन्मीदैनन तब सम्म देशमा संकट र्टर्दैन। जन्मेको सातदिनमा सात पाइला हिन्ने हामी बुद्धका सन्तान आज समयको गतीमा एक पाइला हिन्न पनि सकिरहेका छैनौ।
कस्तो बिडमबनामा जिउनु परेको छ आज नेपाली ! अरुको सैद्धान्तीक बैशाखीमा हिन्ने नेता होइन, हामीलाइ बामे सरेर भए पनि आफनै क्षेमता हिन्ने नेता चाहिएको छ। तर बिचरा हाम्रा नेताहरु त, अरुको बैशाखी नटेकी एक इन्च पनि हिन्न सक्दैनन। यस्ता गतिहिन अपाङ्ख नेताबाट देशले काँचुला फर्ेला भन्नु त केवल दिवासपना मात्र होे।
असफल नेताहरुबाट सफल राष्ट बनाउन समभव छैन। किनभने ब्याक्तिगत लाभ भन्दा माथी उठेर हिन्न सक्ने क्षमता हाम्रा राजनैतिक नेताहरुमा छैन। अहिलेको अबस्थामा लोकतन्त्र भन्नेहरु धृतराष्ट, गनतन्त्र भन्नेहरु दुर्योधन, राजतन्त्र भन्नेहरु सकुनी भएका छन। यस अन्यालग्रष्ट राजनैतिक महाभारतको युद्धमा जनता धेरै दिन द्रोपदी बनी रहन सक्दैनन्। नेतालाइ अबस्य चेतना भया।.........क्रमस.........