नयाँ वर्षको आगमनसंगै हामी सूचना प्रविधिमा के कति अगाडि छौं र हाम्रा सरकारी वा अर्ध सरकारी निकायहरु आ-आफ्ना सेवा वा उदेश्यमा के कसरी लागेका छन भन्ने हेर्न केही वेबपेजहरुमा घुमें ।
सबैभन्दा पहिला देशलाई उज्यालो र उर्जामय बनाउने उत्तरदायीत्व पाएको नेपाल विद्युत प्राधिकरणको वेबपेजमा पुगें । हुन त देशको आधाभन्दा बढी भूभाग सधैं अध्याँरोमा रहने देशको ‘विजुली अफिस’ को हाल के हुनु, तैपनि आगामी योजना, मार्ग चित्र वा विकास निर्माणका कुरा भन्दा सबैभन्दा माथी लोड सेडीङको सूचना रहेछ, मानौं यो कार्यालयको सबैभन्दा मुख्य का
र्य नै बत्ती निभाउनु हो । हेर्नुस एउटा स्क्रिनशट :
त्यसपछि लागें देश र देशबासीलाई सूचना र समाचार दिन लागेको अखबार गोरखापत्रको होमपेजमा
। सायद आफूलाई सूचना र समाचारको ‘आधिकारिक’ र सत्यता, तथ्यताको एकमात्र निकाय भनाउन लागि परेको यो साईट विगत ३ वर्ष देखि कुम्णकर्ण निन्द्रामा मस्त छ । हेर्नुस यो गोरखापत्रको मुखपृष्ठको स्क्रिनशट। त्यहाँ अहिले पनि २०६४ सालको एस. एल. सी. को नतिजा सबैभन्दा माथी फ्ल्यास गरिरहेको छ ।
कसैले उठाईदिए हुन्थ्यो गोरखापत्रलाई यो कुम्भकर्णे निन्द्राबाट:- २०६७ साल लागेको पनि ४ दिन भैसक्यो आज त !
त्यसपछिको पालो आयो नेपालको विज्ञान र प्रविधिको जिम्मा लिएर बसेको निकाय: National Academy of Since & Technology को । नेपाल सरकारको गृहपृष्ठमा रहेको उक्त निकायको ठेगाना http://www.nast.org.np/ आफ्नो ब्राउजमा टाईप गरेर ईन्टर मात्रै दबाएको थिएँ गज्जबको पेज खुल्यो । अब अम्रो देशमा विज्ञान र प्रविधिले के कस्तो विकास गर्लान त, हेर्नुस तलको स्क्रिनशट:
धेरै दिन देखि यो साईटमा यस्तै “This Account Has Been Suspended” भन्ने मेसेज आईरहेको छ सायद देशका वैज्ञानिक र दिग्गजहरु राजनीतिमै व्यस्त होलान ।
यस्तै छ नेपालका सूचना, विज्ञान र प्रविधिका हर्ताकर्ताहरुको साईटको हाल । सामान्य गल्तीहरुको त कुरा गरी साध्य छैन ।
जाँदा- जाँदै दैनिकी वा dainikee.com मा देखिएको एउटा कुरा । dainikee.com ले पाठकहरुको जिज्ञासाको जबाफ दिने गरी एउटा जिज्ञासा र जबाफ भन्ने स्तम्भ राखेको छ । त्यहाँ एकजना पाठकले सोधेका प्रश्न र त्यसको जवाफको केही दिन पहिले मैले स्क्रिनशट लिएको थिएँ, हेर्नुहोस । पाठकले के सोधेका छन र जबाफ के दिईएको छ ?
5 Comments:
नेपालको नाम 'विडम्बना' राख्दा राम्रो हुन्छ कि !
यो नेपाल हुने खाने र ठुला बढाको देश हो. यहा कागजमा लेखियको कानुनको केहि अर्थ छैन/ कानुन छ त केवल गरिब निमुखाको लागि मात्र/त्यो पनि न्यायको लागि होइन/
yo ta blog ho ki joke ho jasto po lagyo ta. 2064 ko SLC news ajai pani current re? Nice Joke. haaaaa
खाए खाए चोर नेताहरुले हाम्रो देश....... अरु देशहरु प्रगतितिर आगडि लम्कन्छ्न, हाम्रो चै नेताहरुले पछाडि ठेल्छन...... खै के हो के हो !!!
ठरकी सरले गजबको नेपालको अबस्था चित्रण गर्नुभयो।
देशैलाइ बिजुली दिने बिध्धुत प्रधिकरणलाइ अहिले १८ घण्टा लोडसेडिगं हुन्थ्यो भन्ने पहिल्यै थाहा थिएन होला त?मिटर रिडिगं गर्नु मात्र हो त उनिहरुको काम? केही योजना त छ त उनिहरुसंग लोडसेडिगं घटाउने? आकासे पानीको भरमा खै कति दिन हो हामीले बिजूली चलाउने?
गोरखापत्र त सरकारको मुख पत्र भइहाल्यो,किन चाहियो सामाग्री,उही सरकारमा बस्नेको गित गायो,जागिर पाकिहाल्छ।
रोनाष्ट भन्थे के रे पहिला,अहिले नाम फेरेका छन,काम भने उही पूरानै छ।
नेपालीका पत्रपत्रीकाको पनि हालत खराब छ। तर पत्रिका धेरै भएर कम्पिटसन बढेकोले सक्ने मात्र टिक्छन। मलाइ त्यस्तै लाग्छ।
Post a Comment
>>> कमेन्टको लागि धन्यवाद !