आज बैशाख १,नेपालीको नया बर्ष शूरु हुन्छ। तर नेपाली मात्र होइन आज थुप्रै देश र जात जातीहरुको नया बर्ष पनि हो। हिजो अफिसमा मेल चेक गर्दै थिएं। मेल चेक गर्दा गर्दै झट्ट एउटा इमेल आइपुग्यो। तामिलहरुको नया बर्ष (कलियुग ५११२) भएकोले बुधबार भारतको अफिस बिदा हुने छ। भारतमा बिक्रम संबत पनि प्रयोग गरिन्छ भन्ने त
थाहा थियो तर यसरी बिदै मनाउंछन भन्ने भन्ने पहिलो पटक थाहा पाएं। तामिलहरुले नया बर्षलाइ पोगंल भन्दा रहेछन। यो नया बर्ष एक किसीमको गित "इन्या तामिझ पुधन्दा नलभझुथक्ल" (இனிய தமிழ் புத்தாண்டு நல்வாழ்த்துக்கள்) गाएर मनाइदो रहेछ।
तर आजको नया बर्ष तामिलहरुले मात्र होइन आसाम,बंगाल,केरेला,मनिपुर,उरिसा,पन्जाब,त्रिपुरा आदी ठाउंमा पनि मनाइदो रहेछ। नया बर्ष भ
नेर बिदै दिने ठाउंहरु भने आन्ध्रा प्रदेश,अरुन्चाल प्रदेश,आसाम,गुजरात,कर्नटाका,तामिल नाडु,पुंडीचेरी र अन्दामान तथा निकोबार पर्दारहेछन।
आजको नया बर्ष नेपाल,भारतका केही प्रदेशमा मात्र नभएर बंगालादेश,बर्मा,कम्बोडिया,लाओस,थाइल्यान्ड र श्रीलंकामा पनि मनाइदो रहेछ। नया बर्ष बनाउने सबै देशका मित्रहरुलाइ नया बर्षको शुभकामना।
3 Comments:
दौतरीका दौतरीहरु र पाठकहरुलाई नयाँ बर्ष २०६७ को हार्दिक शुभकामना !(सदा झैं यो साल पनि मेरो ब्लग www.sunraintales.blogspot.com मा पाल्न नभुल्नुहोला है!यस अघि नहेर्नु हुनेहरुलाई त झनै स्वागत छ है!)
আপনাকে ব নতুন বছরের সুভেচ্ছা জানাচ্ছি|(I wish you a happy new year too.)
सबैम मेरो शुभकामना,
हाम्रो नयाँ वर्ष २०६७ को !
शिव प्रकाश
Post a Comment
>>> कमेन्टको लागि धन्यवाद !