पुष माघ तेस्तै भयो जेठ भए पनि तापिरहेछु 
बारादान अभिसाप जान्दिन चुपचाप थापीरहेछु
अधेरो त छदै थियो अझ प्रदुषणको तुवाँलो छायो 
उज्यालो लोभ भो,आगो किनी छाना भरि छापीरहेछु
फुकेका पेटका तर्किक निष्कर्ष कहिले निस्कन्छ 
सुक्दै ग'का पेट भित्र चाउरिका रेखा नापिरहेछु 
बाद प्रतिबाद घात प्रतिघात खेल्न सिकिदै छ 
जिते पनि हारे पनि आँसु जित्ने खेल् अलापिरहेछु 
मेरो माटो पसिना माग्छ म पसिना चिन्दिन शायद 
नचिने'छि के लाग्छ पानी भनि तेजाब छ्यापिरहेछु



        
        
3 Comments:
nice gajal waka ji
गजल राम्रो लाग्यो। हो त है नचिने पछी तेजाब पनी पानी भनी छेपीरहनु पर्नेरहेछ।
म पनि एउटा गजल कोरुं भनेको समय नमिलेको हो की लेख्ना गार्हो भएको बुझेको छैन ;)
सदा झैं जोडदार गजल । सबै शेरहरु एकमुष्टै उच्चकोटिका लागे। तर अनतिम मक्ताको अर्थ भने भेउ पाउन अलि गाह्रो भयो मलाई :)
Post a Comment
>>> कमेन्टको लागि धन्यवाद !