June 11, 2009

यो एउटा गुनासो

- प्रकाश सापकोटा

यो एउटा गुनासो गरेको गर्यै छु
क्रमशः ओह्रालो झरेको झर्यै छु

के पाएँ भनौँ खै गुमाएँ पो उल्टै
हराउँछु कि आफैँ डरेको डर्यै छु

बनाई गन्तब्य प्रणय टापुको
यो भवसागर तरेको तर्यै छु

भूँवरी अनौठो यो खाली दिलमा
परन्तु आशाले भरेको भर्यै छु

शिखरै छ होला मायाको बाटिका
फेदिमा बिचल्ली परेको पर्यै छु

फैलियो दुर्गन्ध कि मेरै समीप
जो अत्तर छर्न त छरेको छर्यै छु

निभ्दै गो प्रकाश सुनेथेँ पहिल्यै
जान्दिन ब्युँतेँ कि मरेको मर्यै छु


2 Comments:

Anonymous said...

Very Good, Keep it Up...

Unknown said...

hey nice poem,please continue and publish a collection

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !