December 15, 2009

यूएईमा रहेका एनेकपा माओवदीका भातृसंगठन एकिकृत

गत डिसेन्वर ११ तारिक शुक्रवारका दिन अबुधावीको केरला सेन्टरमा विगत लामो समयदेखि यूएईमा दुई खेमामा देखिएका एनेकपा माओवादीका भातृसंगठन नेपाली जन प्रगतीशील मञ्च र एकिकृत प्रवासी नेपाली प्रगतीशील मञ्च एकिकृत भएको घोषणा गरेका छन् ।

गत अक्टोवरमा यूएईको भ्रमणमा आएका ऐनेकपा माओवादीका प्रवक्ता दिनानाथ शर्माको पहलमा दुवै संगठनका कार्यकर्ताहरुबिच वार्ता भई एक भएका हुन् । गत अक्टोवरमा नै एक भए पनि समय अभावको कारण उक्त समयमा घोषणा गर्न नसकिएको र केन्दि्रय स्तरका नेताको उपस्थितिमा मात्र एकिकृत भएको घोषणा गर्ने भनेर आजको समय सम्म पर्खेको उक्त कार्यक्रमका सभापतित्व गरेका उक्तम अधिकारीले बताए ।

कतार, बहरायन, साउदी अरबको भ्रमण सकी यूएईको भ्रमणमा आएका एकीकृत नेकपा माओवादीका केन्दि्रय सदस्य तथा विदेश विभाग राज्य समिति इन्चार्ज इन्द्रमोहन सिग्देलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त भेलामा नयां कार्यसमितीको घोषणा गरिएको थियो ।

नेपाली जनाप्रगतिशील मञ्च र एकिकृत प्रवासी नेपाली प्रगतिशील मञ्चले स्थापना भएदेखी हालसम्म गरेका कार्यहरुको बारेमा क्रमश रमेश बेलवासे र बसन्तराज पोख्रेलले प्रस्तुत गरेका थिए ।

नेपाली जनप्रगतिशील मञ्च गत केही महिना पहिला दुवईमा ईराक काण्डबाट अति प्रख्यात भएको थियो । विभिन्न समस्यामा परेका नेपालीहरुको उद्धारदेखी लिएर यूएईका विभिन्न स्थानमा आफ्नो संगठन विस्तार गरेको थियो भने केन्दि्रय स्तरका नेताहरुलाई यूएईमा निम्त्याई आफ्ना कार्यकर्ताहरुलाई सैदान्तिक प्रशिक्षण दिलाएको थियो । साथै नेपालमा बेला बेलामा घट्ने घटनाहरुको बारेमा यूएईबाट पनि ऐक्यबद्धता जनाउदै आएको थियो भने अर्को एनेकपा माओवादीको भातृसंगठन एकिकृत प्रवासी नेपाली प्रगतिशील मञ्चले विभिन्न समयमा सास्कृतिक कार्यक्रमहरु मात्र गर्दै आएको देखिएको थियो । विभन्न कार्यक्रमहरु तथा केन्दि्रय स्तरका नेताहरु आउंदा यहांका पत्रकार तथा समाजसेवीहरुले एउटै पार्टीका दुईवटा भातृसंगठन किन भनी बारम्बार प्रस्नहरु सोध्ने गर्दथे । अब भने दुवै एकिकृत भएपछि सबैको प्रश्नको हल भएको छ ।

कं दुर्गादत्त पोखरेलको अध्यक्षतामा २७ सदस्य केन्दि्रय समितीका पदाधिकारीहरको उक्त सभामा घोषणा गरिएको थियो जसमा , उपाध्यक्ष उत्तम अधिकारी, महासचिव स्याम परियार, सचिव तारानाथ न्यौपाने, कोषाध्यक्ष मधुरकर वेलवासे र सदस्यहरुमा क्रमश रविरवण अधिकारी, कृष्ण भाट, ऐकेन्द्र थापा, जगत खनाल, मिलन लिम्बु, गणेश बेलबासे, निल प्रसाद लामिछाने, धर्मदत्त ढकाल, राजेश खडका , रमेश जिसी, बशन्तराज पोख्रेल, हेमन्त पौडेल, राजु रोका, शम्भु बाईबा, निमकान्त पाण्डे, प्रकाश रायमाझी, कृष्ण अधीकारी, दान बहादुर राजकोटी, राजाराम लामिछाने, कमल लम्साल, रमेस बेल्बासे, समर बहादुर खत्रि रहेका छन् भने ५ सदस्यीय सल्लाहकार समितिमा सम्योजक पिताम्वर पोख्रेल, सह सम्योजक चन्द्र बहादुर रोकाय सदस्यहरुमा भिम, के.बि ग्वाड., र सुर्यकान्त सेडाई रहेका छन् । महासचिव स्याम परियारले सञ्चालन गरेको उक्त कार्यक्रममा संगठनको प्रतिवेदन रमेश बेलवासेले प्रस्तुत गरेका थिए ।

नयां कार्य समितीको घोषणा लगत्तै प्रमुख अतिथि तथा एनेकपा माओवादीका नेता बसन्त मोहन सिक्देलले नयां कार्यसमितीलाई बधाई तथा शुभकामना दिदै नेपालमा चलिरहेको आन्दोलनलाई कुनै न कुनै माध्ययमबाट सहयोग गर्न अनुरोध गरे । सभामा उपस्थित पार्टीका कार्यकर्ताहरुलाई भर्खरै बसेको केन्दि्र्रय समितिको बैठकले गरेका निर्णयहरु साथै भावी दिनमा पार्टीका रणनिती तथा योजनाहरुको बारेमा प्रस्टाएका थिए भने अहिले भईरहेको क्रान्ति जोखिममा रहेको बताउदै उनले कार्यकर्ताहरुलाई सजग पनि गराए । विदेशी प्रभूहरुले हाम्रो क्रान्ति सफल हुन चाहिरहेका छ्रैनन् । अहिले नेपालको राजनिती विजयको प्रवल सम्भावना को नजिक छ हामी सामन्तहरुको घेराबन्दीमा छौ हाम्रा रणनिती योजनाहरुलाई ठिक ढंगले सञ्चालन गर्न सकेनौ भने हामी ठुलो पराजयको संघारमा पनि पुग्न सक्छौ । नेपालको अहिलेको राजनितीलाई विश्वका ठुला ठुला राष्ट्हरुले हेरीरहेका छन् । उनले क्रान्ति खतरामा रहेको पनि संकेत गर्दै विपक्षीहरुले हामीलाई सिद्धाउन पनि कोशिष गरेका छन् । उनले अहिले भईरहेको क्रान्तिको उदाहरण दिदै हामी सुरीलो रुखको टुप्पोमा रहेको फल टिप्न लागी रहेका छौ र हामी टुप्पोमा पुग्नै लागेका पनि छौ । रुखको अली तलैबाट खस्दा धेरै नोक्सान हुंदैन तर टुप्पोबाट खस्नेहो भने हामी खतम हुन्छौ टुप्पोमा रहेको फल टिप्ने हो भने हामी सफल हुन्छौ भन्दै अहिलको अवस्थाको बारेमा उदाहरण दिए । विश्वका विभिन्न देशमा कम्यूनिष्टहरुका आन्दोलनहरुलाई उदाहरण लिन पनि सकिन्छ उनिहरुलाई प्रतिक्रृयाबादीले कसरी खतम पारे त्यसरीनै हामीलाई प्रतिकृयाबादीले सिद्धाउन खोज्दैछन् । पहिला पनि हामीलाई सिद्धाउन खोजेका थिए । हाम्रो पार्टीको सही कार्यनिती, रणनिती र कार्यलाई अगाडी बढाउन सक्यौ भने सफल हुन सक्छौ । हाम्रो क्रान्तिलाई कता मोड्ने कता तिर लाग्ने हामी अत्यन्त संवेदनशिल, जोखिमपूर्ण र सम्भावनाको अवस्थामा रहेको कार्यकर्ताहरुलाई जानकारी गराए ।

अन्त्यमा उक्त सभाका सभापतित्व गरिरहेका उत्तम अधिकारीले हिजोका दिनमा हामी त्यताको र यताको भन्दै हिड्ने गरेका थियौ भने आजदेखि हामी एक भएका छौ । हामीले यूएईको सन्दर्भमा अझै महत्वपूर्ण कामहरु गर्न बांकीनै रहेको बताउदै कार्यक्रम समापन गरेको घोषणा गरे ।

नेपाली जनप्रगतिशील मञ्चले आयोजना गरेका विगतका कार्यक्रमहरु भन्दा यो कार्यक्रम अलि भिन्न प्रकारको थियो । पहिला गर्ने कार्यक्रमहरुमा कार्यकर्ताहरुको उपस्थिती अतिनै बाक्लो हुने गर्दथ्यो भने भने नयां घोषणा सभा भएता पनि कार्यकर्ताहरुको उपस्थिति अति न्यून थियो । उक्त सभामा एक जना महिलाको पनि उपस्थिति देखिएन ताकि क्रान्तिकारी महिलासंघ घोषणा गर्ने योजना रहेको प्रतिवेदनमा बताईएको थियो । उक्त घोषणा सभा बिहान १२ बजे देखि सुरु भई दिनको साढे ४ बजे समाप्त भएको थियो ।

7 Comments:

Anonymous said...

स्वदेशमै पार्टी संगठनहरु फालाफाल् छन, बिदेश झन त्यस्तो specific संगठनहरु किन चाहिएको होला गांठे :D

Anonymous said...

अरबको खाडीमा पनि नेपाली कामदारहरूले जनगणतन्त्र लागू गर्न थालेको सुन्दा , नेपालको प्रभाव भञंकर विस्तार भए जस्तो लाग्यो नि !

लौ त्यताको सत्ता हातमा लिनुहोस् कामरेडहरु अनि यतासम्म तेलका पाइप बिछ्याउँला । अरब पुगेर मुसलमानको गुलाम हुन हुन्न , बरू तिनलाई पनि कालो झण्डा देखाएर बिरोध गर्नुपर्छ र त्यहाँ पनि नागरिक सर्वोच्चता ठड्याउन पर्छ है !

ब्लगमा यो अरब न्यूज रिपोर्टिङ गरेर नया आयाम थप्ने मित्रलाई बधाइ छ ।

ठरकि दादा said...

#@#$%$&*^ (मेरो मनमा यस्तै भाव आए)

नेपालियन said...

अरबका वाइसिएलले नेपालमा जस्तो मन परी त पक्कै गर्न नपाउलान? नेपालमा त के छ र जती कानुन मिच्यो उती ठुलो भइन्छ।

अनुराग said...

दौतरी खासमा दौतरी नभै आन्टिमाओबादी ब्लग भएको छ । माओवादीका कुनै पनि राम्रो कुरा देख्यो कि बिजिहाल्छ आँखाको कसिङगर झै दौतरी लेखकहरुलाई। एकताका माइसन्सारको खोइरो खने तर लछारपाटो केही लागेन, लेखकले मनको पीप फालेर राहत महशुस गर्ने भन्दा बाहेक। खुबै प्रजातन्त्र भैइखायेकाहरु लाई यो त थाहा हुनु पर्ने हो माओवादी कस्का कारणले गर्दा जन्मिए? जुनसुकै देशमा बसे पनि आफ्नो आस्थाको राजनीतिक संगठनमा संगठित हुने अधिकार छ । सक्नु हुन्छ भने दौतरीलाई पनि खुलेआम एन्सिएल गराउदा फरक पर्दैन।

Anonymous said...

Anurag -> Huiyaaa!

Anonymous said...

माओवादीले राम्रो गरे प्रशंसा गरौँला नि कामरेड । पहिला , राम्रो विचार र व्यवहार बनाउन अह्राउनुस् न माउवादी र वाइस्यालहरूलाई ।

राम्रो सुवास त हावाले पनि फैलाउँछ नि । लेख्ने पत्रकारका औँला चिर्ने र भीरबाट पल्टाउनेको प्रशंसा गर्‍यो भने त तपाईँले ने व्यंग्य गरिस् भन्दै गाली गर्नु होला नि , हेहे.., हैन र ?

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !