July 25, 2009

आउनुस एकछिन हाँसौं

कार लोन र बिबाह

एकजना पंजाबीले कार लोन लिएर धेरैसम्म लोनको इन्स्टलमेण्ट समेत बुझाएन छ। आखिरमा बैंकले उसको कार नै जफत गरेछ । बैंक कर्मचारीले कार लिएर जाँदै गर्दा ऊ बुदबुदाएछ “मलाई पहिल्यै थाहा भएको भए म बिहे पनि लोन लिएरै गर्थे नी !”

जाँड पुराण

दुईजना जँड्या बारमा कुरा गर्दै:

पहिलो जँड्या: तँलाई थाहा छ आजकल त झूठ बोलेको थाहा पाउने मेशीन पनि बनीसकेछ नी

दोस्रो जँड्या: कहाँ बन्नु मात्रै, मेरो घरमै छे एउटी !

*********                                                      *********                                                              *********

एकजना जँड्या डक्टर संग आफ्नो समस्या राख्दै

जँड्या: हेर्नुस न मेरो हात कामेर केही कुरा पनि राम्ररी समाउनै सक्दीन ।

डक्टर: रक्सी बढी खानुहुन्छ कि कसो !

जँड्या: कहाँ बढी खानु!, आधा भन्दा धेरै त पोखीएरै सकिन्छ ।

पागलका कुरा

दुईजना पागलहरु कुरा गर्दै ।

पहिलो पागल: ल, भन त, मेरो झोलामा के छ ?, मिलाईस भने यो झोलाको रोटी सबै तँलाइ नै दिन्छु ।

दोस्रो पागल: त्यसै त कहाँ थाहा हुन्छ, अलिकता ‘हिन्ट’ दे न !

पहिलो पागल: यो गोलो आकारको र सेतो रंगको छ ।

दोस्रो पागल: चन्द्रमा !

पहिलो पागल: धेत् यसले पहिलै हेरी सकेको रहेछ ।

मालिक नोकर

आधा रातमा फोनको घण्टी बज्छ, घरको नोकरले फोन उठाउँछ, उताबाट आबाज आउँछ

“ रामे ! म तेरो मालिक बोलेको”

हजुर !, के गरौं ।

जा, स्टोरको दराज मुनि एउटा बन्दूक लुकाएर राखेको छ, झिकेर ल्या !

ल्याएँ मालिक ।

जा, अब तेरो मालिकनीको टाउकोमा तीन गोली धस दे! ।

मालिक !!! ???

जा, जे पर्छ म हेर्छु ।

ठोकेँ मालिक ।

ल, अब पहिला बन्दूक लगेर घरको बारीमा गाडेर आईज ।

आएँ मालिक !

अब कोठाको शिसा फुटाल र सामानहरु अलि तितर-बितर गर

गरेँ मालिक।

ल अब, तेरो मालिकनी सुतेको बेड मुनिको सुटकेशबाट पैसा झिकेर अली अली भूईमा पनि छर ।

तर मालिक,… बेड मुनि त कुनै सुटकेश नै छैन नि त !

रामे…, यो ९६१०३४५६३१  हैन?

हैन…. मालिक, यो त ९६१०३४८६३१ हो !

सरी, रंग नम्बर !



16 Comments:

प्रबिण थापा said...

ठकरि जि धन्यबाद! सबै एक सय एक नै छन तर हाँस्ने सवालामा भने यि दुई पागलका कुरा मन पर्‍यो । अनि यो अन्तिमको मालिक नोकर ले भने कता कता वास्तविकता दर्साएको महसुस भयो र पढिसकेपछि झसङ्ग पनि बनायो, गहिरिएर सोच्दा त निकै गम्भिर पो छ है । खास गरि यसमा भबिश्य प्रति पर्ने असरको बारेमा केही सोच्दै नसोची हतारमा निर्णय गर्ने हामी कतिपयको बानी ले कार्य सकिसकेपछि निकै पछुताउनु पर्ने बास्तबिकता झल्किएको पाए।

नेपालियन said...

जोक इन्सटलमेन्टमा पढ्नुपर्ला जस्तो छ। अहिलेलाइ पहिलो इनस्टलेमेन्टको जोक पढें। अब अरु अली भेर तिर पढ्नुपर्ला।
ल लाइफ पनि जोक जस्तै हुंदो रहेछ।

Jotare Dhaiba said...

सबै रमाइला नै लागे । तर अन्तिम चुटकिला भने हाँसो भन्दा चासो उमार्ने खालको लाग्यो ।
मान्छे अरूको मामिलामा कति हल्का सोच राखेर व्यवहार गर्छ भन्ने कुराको जिउँदो नमुना हो यो ।

Prajwol said...

मलाई त दोस्रो मन पर्‍यो है सबै भन्दा ;)

Anonymous said...

sabai 1 se 1 chhan ni ho .........!

Unknown said...

dhanyabaad ..ramraa joke paskanu bhayeko maa

myagen lama said...

sabbbbbbbbbbbbbb babaaaaaaaaaaaal hai
feri aru...........

Anonymous said...

put new one never have been in market!!!!

Anonymous said...

its not so easy to read so plz make us easy by writing in correct format

Suraj said...

Malai pani nokar ra malikko kura nai man paryo.

usha said...

sabai ramro6 tara last ko message dine khalko6

jitendra shah said...

ha ha ha
thiks yaar
dimak mast vo

Anonymous said...

all tips are good but you write more and more then iread and ha ha ha ha haaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaa

santosh said...

ramro lageko 6 ma ta haserai marne bhaya kasto haso bhaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaakooooooo

kaaaaal said...

ramro lageko 6 ha ha ha

Nepalean said...

purano joke padera pheri hasne mauka milyo. haaaaaa.

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !