May 19, 2009

बामदेम कति प्रतिशत एमाले

रामहरी ओझा
डोटी

तातेको नेपालको राजनीतिक वृतमा अहिले बिभिन्न प्रकारका बहस हुने गरेका छन । कतै को प्रधानमन्त्री वन्ला भन्ने वहस छ त कतै प्रधानसेनापति कटुवालको बिषयमा चर्चा हुन्छ, कतै राष्ट्रपतिको कदमको बिषयमा पनि चर्चा परिचर्चा चलेको छ । देशको राजनीतिक परिस्थितिमा चिन्ता व्यक्त गर्ने वौद्धिक वर्गहरु र आम नेपाली जनताले स्थिर सरकार र दिगो शान्ति होला कि नहोला भन्ने वारेमा चिन्ता व्यक्त गर्दैछन । बिभिन्न प्रकारका माफीयाहरु आपुनो पक्षका मानिसहरुलाई कसरी सरकारमा पुर् याउने भन्ने वारेमा चिन्ता रहेको छ । राजनीतिक दलहरु आफु कसरी सत्तामा पुग्ने र चिल्ला कारका साथै तारे होटलमा ऐस आराम गर्ने भन्ने वारेमा वढी चिन्तित छन । त्यसकारणले पनि देशमा धेरे प्रकारका चर्चा परिचर्चा भईरहेका छन । यस्तै चाँसो चिन्ता र चर्चा भईरहेका वेला अहिले मुख्य तिन दलका नेता कार्यकर्ताहरुका बिचमा नेकपा एकालेका केन्द्रीय उपाध्यक्ष वामदेव गौतमको चर्चा व्यापक छ ।

भारतका योग प्रशिक्षक रामदेव जयराम श्रीराम जपेर जसरी चर्चामा आएका छन नेपालका बामदेव गौतम जय प्रचण्ड जय माओवादी भनेर चर्चामा रहेका छन । त्यसो त यो पंक्तिकारलाई ज्ञात भएसम्म २०५१ सालदेखि नै यो वा त्यो कारणवाट गौतम चर्चामा आउने गरेकै छन । २०५१ साल कार्तिक २९ मा सम्पन्न भएको मध्यावधी निर्वाचनपछि प्राप्त परिणामको आधारमा अल्पमतको सरकार वनाउने मौका एमालेले पायो । पार्टीका तत्कालीन अध्यक्ष र महासचिव क्रमसः प्रधानमन्त्री र उपप्रधानमन्त्री वनेपछि पार्टी चलाउनु पर्ने नाममा बिधानमै नभएकेा पदको विल्ला भिराईएकोमा गौतम चर्चामा आए । २०५३ सालको अन्त्यतिर गठन भएकेा राप्रपा एमाले सरकारका गृहमन्त्री भएर उनी चर्चामा आए । २०५४ साल त गौतम चर्चै-चर्चामा रहे । २०५४ सालको जेठमा भएको स्थानीय निकायको निर्वाचन देखि वर्षको अन्त्यतिर एमालेको महाधिवेशनसम्म उनी लगातार चर्चामा आईरहे । स्थानीय निकायको निर्वाचनमा बामदेवले प्रशासनिक वल प्रयोग गरेर एमालेलाई जिताएको आरोप लगाउदै उनी चर्चाका पात्र वने ।

२०५४ माघ १२ देखि १८ सम्म नेपालगाजमा सम्पन्न भएको एमालेको छैटौं महाधिवेशनमा आपुनो पक्षको बिचारको हार भएको भन्दै सो पार्टीका तत्कालीन वरिष्ठ नेता सिपी मैनाली लगायतको टोलीले २०५४ फागुन २१ गते पार्टी बिभाजन गरेपछि उनी पुनर्गठित मालेका महासचिव वनेर चर्चामा आए । मालेको पुरै जिम्मेवारी हाँकिरहेका गौतम २०५६ सालको निर्वाचनमा फेरी चर्चामा आए । एमालेवाट आधाआधी भएर गएको पार्टी एमालेले ६९ स्थान प्राप्त गर्दा पनि एउटा स्थानसम्ममा हात पार्न नसकेपछि जिम्मेवार व्यक्तिको नाताले उनलाई चर्चामा ल्याउनु स्वभाबिकै पनि थियो । वर्दियाली जनताले उनलाई पनि टाउकेा उठाउन नसक्ने गरी हराई दिएपछि त उनी त्यसै चर्चामा रहे । २०५८ सालमा उनले एमालेसँग बिनाशर्त पार्टी एकिकरण गर्ने प्रस्ताव अगाडी ल्याएपछि फेरी चर्चाका पात्र वने । हालाँकी तत्कालीन मालेका नेता सिपी मैनालीले उनको प्रस्तावको बिरोध गर्दै मालेलाई जिवितै राखे । भाग्यवस उनी अहिले ऐतिहासिक संबिधानसभाको सदस्य समेत रहेका छन ।

संबिधानसभाको निर्वाचनमा िसंगो एमाले ओरालो लाग्यो । पार्टीभित्रका ठुलै हस्ति मानिने गौतमलाई फेरी वर्दियाली जनताले हराएपछि चर्चामा आए । एमालेले आश गरेको परिणाम तुहिएर गएपछि गौतमका लागि अरु नेता पनि हारे नि भनेर चित्त वुझाउने वाटो हुँदाहुँदै पनि उनले नेतृत्वलाई तथानाम गाली गरेर चर्चामा आए । संबिधानसभाको निर्वाचनको चार महिनापछि वनेको नयाँ सरकारका उपप्रधान र गृहमन्त्री वनेपछि हारेका नेता मन्त्री भनेर उनी फेरी चर्चामा आए । आपुनो प्रचण्ड सरकारको मन्त्रीको जागिर खाँदा गौतम बिभिन्न कारणले निकै चर्चामा रहे । उनले गृहमन्त्रीको हैसियतले उठाएका केही कदमहरु साँच्चै स्वागत योग्य र चर्चा गर्नु पर्ने खालमा पनि थिए ।

अलिहे गौतमको चर्चा फेरी हुन थालेको छ । अहिलेको चर्चा उनको बिगतका चर्चा भन्दा फरक प्रकृतिको चर्चा छ । अहिले एमालेकै कतिपय नेता कार्यकर्ताहरु बामदेवभित्र अव कति प्रतिसत एमाले वचेको छ भनि चर्चा गरिरहेका छन । संबिधानसभाको निर्वाचन हारेपनि एमालेकै कृपाले प्रचण्ड सरकारमा मन्त्रीको जागिर पाएका गौतम जागिर फुस्केको दिनदेखि एमालेकै खौईरो खन्न थालेका छन । उनी प्रचण्ड सरकार र एकिकृत नेकपा माओवादीले उठाएको प्रत्येक कदमलाई सकारात्म मात्र देखिरहेका छन । प्रधानसेनापति कटुवालको जागिर सफाचट गर्ने क्रममा पार्टीको निर्देशनमा मन्त्रीपरिषद् वैठक वहिस्कार गर्न ईमान्दार वनेका बिचरा गौतमलाई त्यही कटुवाल आपुनो जागिर पनि चिलीम गरिदेला भन्ने सोचसम्म पनि थिएन होला तर के गर्ने भयो त्यस्तै । छँदा-खाँदाको जागिर फुस्केपछि उनलाई यो परिणामको कारण एमाले हो भन्ने परेको छ । त्यसैले उनी अहिले वढी चर्चामा रहेका छन ।

नेपालका सवै राजनीतिक दलहरु भन्दा वैचारिक रुपमा धनी मानिने एमाले कार्यकर्ताको हिसावले पनि धनी मानिने एमाले आन्तरिक गुट र उपगुटले गर्दा जहिले पनि तल पर्दै आएको कुरा ईमान्दार कार्यकर्ताहरुले राम्रोसंग वुझेका छन । शिर्ष नेताहरुले जता हेर् यो उतैको भाषा वोल्ने गरेका कारण पार्टी प्रमुृख सधै ओझेलमा पर्ने एमालेको उहिले देखिकै रोग थियो । पार्टीको नीति वा लाईन बिपरित वोल्नेलाई कारवाही हुने चलन पनि एमालेमा २०५४-०५५ यता हराएर गएको पार्टीका ईमान्दार कार्यकर्ताहरु वताउने गर्दछन । झट्ट वाहिरवाट हेर्दा पार्टीले जिल्ला वा सो भन्दा तलका कार्यकर्ताहरुलाई कारवाहीको धम्की दिने र कारवाही पनि गर्ने गरेको भएपनि केन्द्रीय नेताहरुले पार्टीको बिरुद्धमा खुलामाचमा भाषण दिएपनि कारवाही हुदैन । भरखरै नेपाली कांग्रेसका नेता नरहरी आचार्यले एक पत्रिकामा राष्ट्रपति डा। रामवरण यादवले प्रधानसेनापतिलाई पदमै रही काम गर्न दिएको आदेशका वारेमा एउटा लेख लेखेपछि कांग्रेस हाईकमानले आचार्यलाई स्पष्टिकरण सोधेको कुरा वाहिर आएको छ । राष्ट्रपतिको कदम के हो आचार्यको भनाई ठिक हो होईन भन्दा पनि पार्टी अनुशासनको मात्र कुरा गरिएको हो तर एमालेमा त्यसो भएन ।

यदि यसरी स्पष्टिकरण माग्न थाल्ने हो भने एमालेमा कुनै नेताहरु पनि वाँकी रहदैनन् भन्दा फरक नपर्ला तर यहि कटुवाल प्रकरणमा एमालेले आपुनो एक प्रकरको धारणा वनाई सकेकेा छ । त्यस धारणाका बिरुद्धमा नेता गौतम खुलामाचवाट भाषण गरिरहेका छन । एमाले अहिले आपुना वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा सरकार गठन गर्ने अथक प्रयासमा लागेको छ तर नेता गौतम माओवादी वाहेक अरुले सरकार चलाउन नसक्ने वताउदै आएका छन । आफु गृहमन्त्री हुँदा आपुनै पार्टीक कार्यकर्ता प्रचण्ड थैवको हत्या गर्दा पनि हत्याको आरेाप लागेका माओवादी कार्यकर्तालाई गिरपुतार गर्न नसकेन गौतमले त्यतिवेला नागरिक सर्वोच्चताको कुरा उठाएनन् तर अहिले कटुवालको बिषयमा माओवादीको सिको गरेर उनी नागरिक सर्वोच्चताको कुरा न्वारनदेखिको तागत लगाएर उठाईरहेका छन । ८-९ महिनासम्म माओवादी नेतृत्वको सरकारमा वसेका कारण गौतम एमालेको बिचार सिद्धान्त र कार्यनीति सवै बिसर्ी सकेको आरोप कार्यकर्ताहरु लगाईरहेका छन भने माओवादीका कार्यकर्ताहरु एमाले नेता गौतमले ठिक भन्नु भएको छ भन्दै उनलाई बिनापसिडीको स्वर्ग पठाउने प्रयासमा लागेका छन । यस्तो अवस्थामा एमाले नेता गौतमभित्र अव कति प्रतिसत एमाले वाँकी रहेको होला ?



5 Comments:

Samyak said...

बामदेव अहिलेको स्थितिमा १०% एमाले र ९०% माओवादी भैसके । मैले बुझे अनुसार, उनलाई एमालेका गोप्य कुराहरू माओवादीमा पुर्‍याउनकै लागि विधिवत माओवादीमा नपसाई एमालेमा राखिएको हो । वास्तवमा प्रचण्डले वामदेव संविधानसभाको चुनाव पूर्व नै माओवादीमा पसिसकेको मानेका छन् तर पनि उनको पछाडि एउटा ठूलै समूह ल्याउन सकिने उद्देश्यले एमालेमा रहन र प्रचण्डको योजना बमोजिम खेल्न उनलाई अर्हाइएको छ । चुनबामा माओवादीकी सारदा रेग्मीले नराम्रोसंग हराएर पनि माओवादी प्रियताका कारण बाबुराम भट्टराईको बिरोधको बाबजूद वामुलाई उपप्रधानमन्त्री दिनुको कारण यही हो , किनभने यसो गर्दा पार्टीगत निर्णय र सहमतिमा भएको भन्न सकिन्थ्यो जबकि एमाले माओवादी नमिलेको अवस्थामा चुनाब जिताउऊदा शंका हुन सक्थ्यो ।
अबका दिनमा वामदेवको असली नकाब खुल्ने नै छ । तर पनि वामदेव यस्तो अवसरवादी पात्र हो जसले हिजो माओवादीलाई सखाप पार्ने आतंककारी बिरुद्दको विधेयक पनि ल्याउन खोजैकै हो राजाको मिलेमतोमा लागेर अनि एमाले फुटाएर माले बनाउँदै आफ्ना ९०% समर्थक माओवादीमा लगेर थुपारेको पनि हो । यही लगानी अब वामदेवलाई व्याज र डिभिडेण्ड सहित हात पर्दैछ अब ।

प्रबिण थापा said...

बामदेब कति प्रतिशत एमाले भन्न भन्दा पहिले एमाले कति प्रतिशत कमुनिस्ट हो त्यो बुझ्नु जरुरि छ।

Anonymous said...

Bamdev 100% UML.

Prajwol said...

दुर्भाग्यको कुरा मलाई बामदेव कती प्रतिशत एमाले भन्नु र बामदेवले Addidas जुत्ता लगाउंछन कि Nike भन्ने मा केही फरक लागेन । संविधान सभामा जित्ने २५-३० पार्टी रहेछन, मुख्य १-२ र क्षेत्रिय केही पार्टी बाहेक कसैलाई तिनीहरु किन फरक फरक छन भन्ने थाह होला? पार्टी भित्र ब्यक्ती हुनु पर्नेमा नेपालमा ब्यक्ती ब्यक्ती को पार्टी रहेछ ।

लौजा, म पनि एउटा पार्टी खोलिदिन्छु: नेपाल पार्टी :) यो पार्टी मा कांग्रेसी, कम्युनिस्ट, फोरुम, जेरी, कुभिण्डो, चिचिण्डो, भकुण्डो आदी सबै पार्टिका सदस्य बन्न सक्छन ।

SAGAR BRAL ,KASKI MOIST INCHARGE said...

WELCOME TO OUR PARTY .................

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !