March 16, 2009

विहान पनि वेलुकी पनि



नरेश माङपाहाङ
फोक्‍स्‍टोन वेलायत
हाल हेल्‍मण्‍ड अफ्‍गानिस्‍तान
विहान पनि वेलुकी पनि किच किच मात्र गर्छौ किन
कसै संग बोल्‍दा पनि आँखा मात्र तर्छौ किन

जूनै कुरा गर्दा पनि दिल दुख्‍छ तिम्रो
रोई रोई आँखा भरी आँसू मात्र भर्छौ किन

तिम्रो ज्‍यान हेर्दा खेरी साह्र माया लाग्‍छ
सकी नसकी ज्‍यानै छोडी लाक्‍पा मात्र पर्छौ किन

सधै सधै अंगालोमा वाँधु भन्‍छु तिमीलाई
कहिले काही ठाक ठूक पर्दा सोफै वाट सर्छौ किन


3 Comments:

Anonymous said...

सोल्टीलाइ सारो किच केच भा जस्तो छ नि?
यस्तै हो सोल्टी।

Anonymous said...

मन एक तमास ले नरमाइलो भाईराख्या थियो , तपाईंको गजल पढेर त हासे म नरेश जि !
कस्तो रोमान्टिक मान्छे हुनु हुदो रहेछ तपाईं त !

Anonymous said...

गजल बबाल लाग्यो... यस्तै सिर्जना फेरी फेरी पढ़न पाऊं...

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !