January 28, 2009

शहिदलाइ आग्रह

देश सिंगै जलिराख्दा
किन जल्यौ मलाइ भन्देउ।
देशलाइ छोरो खांचोहुंदा
सपुत किन भयौ भन्देउ।

तिम्रो देशै नहुने भो
अब भेषको कुरै छोड्देउ।
तिम्रो बखान गरे भने
तिम्ले कुरा अन्त्यै मोड्देउ।

तिम्लाइ फुलको माला दिए
माला आफै लाउनु भन्देउ।
तिम्लाइ कोही ढोग्न आए
दौलत आफ्नै ढोग्नु भन्देउ।

काम के हो,नाम के हो
कांहा बस्छौ त्यो नी भन्देउ।
सपनाको तुषारोमा
कती काठ्यौ सबलाइ भन्देउ।

तिम्रो नाम कतै लिए
आफ्नै नाम लिनु भन्देउ।
तिम्लाइ अझै शहिद भने
शहिद केहो उस्ला सोध्देउ।


2 Comments:

प्रबिण थापा said...

सम्पूर्ण ज्ञात अज्ञात शहिद हरु प्रती भाब पूर्ण श्रदान्जली। राम्रो छ, लेखन कार्य जारी रहोस्। तपाईंको प्रगतीको कामना।

Anonymous said...

Mero pani सम्पूर्ण शहिदहरु प्रती भाब पूर्ण श्रदान्जली.

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !