October 17, 2008
गजल - मनको पाखो बाझो
डुबानमा छु आज भोली फेरी दर्की दियौ
आबरणमा अबतरण दोष आफ्नै हो कि
नौनी जस्तो लागथ्यो छाती भरी चर्की दियौ
हतारमा के थियो भोक थियो कि भोग
फुको फाँको यस्तै निल्न खोज्दा सर्की दियौ
आस्थाको सहयात्रा सहज थिएन क्यारे
यात्रामा एक्लै पारी बिच बाटो फर्की दियौ
मनको दैलो मैलो भयो दिल अन्धो कस्तो
अनुरागमा दाग थेन फेरी झर्की दियौ
October 16, 2008
रोमाको प्रगती र अपांग इतिहांस
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
तपाइकै मनलाई उत्तर दिनुहोस
purushottam subedi
–beljiyam
(१) यदी भोक प्यास ले मर्नै लागेको मानिस भेटे तपाईं के गर्नु हुन्छ ?
-------------------------------------------------------------------------------------
(२) भिडमा हराएर रोइ रहको बालक भेटे के गर्नु हुन्छ ?
-------------------------------------------------------------------------------------
(३) एक्कासी तपाईं संग डांका आई लाग्दा के गर्नु हुन्छ ?
-------------------------------------------------------------------------------------
(४) तपाईं संग श्रीमती छे बच्चा छन -तर एक्कासी कुनै सुन्दर
महिलाले प्रेम प्रस्ताव राखे तपाईं के जवाफ दिनु हुन्छ ?
-------------------------------------------------------------------------------------
(५) तपाईं आफ्नो मित्रको घरमा हुंदा टेवलमा वा अरु कुनै स्थान मा
राखिएको ठुलै धन रासी देखेमा र मित्र नभएको अवसरमा के गर्नु हुन्छ ?
-------------------------------------------------------------------------------------
(६) तपाईंको साथीले तपाईंको पैसा चोरि गर्यो भने तपाईं के गर्नु हुन्छ ?
-------------------------------------------------------------------------------------
(७) तपाईं आफ्नासंग र पराइसंग कस्तो ब्यवहार् गर्नु हुन्छ ?
-------------------------------------------------------------------------------------
(८) तपाईंको जाँड र रक्सिको कारणले घरमा सधैं झगडा हुन्छ भने
तपाईं के गर्नु हुन्छ ?
-------------------------------------------------------------------------------------
(९) बाटोमा साथी भेटिदा नमस्ते गरे हुँदैन ? हातै मिलाउनु पर्ने किन?
-------------------------------------------------------------------------------------
(१०) सार्वजनिक स्थान मा चर्को स्वरले बोल्नु के उचित हो ?
------------------------------------------------------------------------------------
(११) तपाईं लाई अरुले विश्वाश गर्दा गर्दै पनि फेरी किन
अनबिस्वासिको पात्र बन्न खोज्नु हुन्छ?
------------------------------------------------------------------------------------
(१२) के तपाईं भित्र इमान्दारिता छ ?
------------------------------------------------------------------------------------
(१३) तपाईंमा अरुको कुरा गरेर आफ्नो समय बर्बाद गर्ने बानी त छैन ?
------------------------------------------------------------------------------------
(१४) तपाईंले अरुको लागि राम्रो देखाउन कपडा पहिरिनु हुन्छ कि आफ्नो लागि ?
------------------------------------------------------------------------------------
(१५) तपाईंमा धन कमाएर बढी घमन्ड त चढेको छैन ?
-----------------------------------------------------------------------------------
(१६) तपाईं लाई मन पर्ने बिचार साथी वा आफन्तले मन नपराउन सक्छन –
-----------------------------------------------------------------------------------
के तिनिहरु तपाईंका बिरोधि नै हुन त ?
-----------------------------------------------------------------------------------
(१७) तपाईं ले छिटो गर्छु गर्दा कतै ढिलो त भएको छैन ?
-----------------------------------------------------------------------------------
(१८) धेरै राम्रो बन्न खोज्दा कतै नराम्रो त भएको छैन ?
-----------------------------------------------------------------------------------
(१९) रिसले तपाईं लाई फाईदा गरेको कुनै रिकर्ड छ कि ?
----------------------------------------------------------------------------------
(२०) म र मेरो मात्र भन्ने सोच ले तपाईं कतै ग्रसित त हुनु हुन्न ?
-----------------------------------------------------------------------------------
(२१) खान नपाएर भोकै हुनु र संपन्नसाली ले एक दिन भोकै बस्नु
के एउटै अर्थ लाग्ला?
-----------------------------------------------------------------------------------
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
October 15, 2008
दशै, हामी र प्रचण्ड
-शेखर ढुङ्गेल
सधैंझै दशैंको व्याख्या महत्वका बारेमा सैयौं लेख कविता कथा-व्यथाको पुनरावृत्ति गर्दै समस्त नेपालीहरुको महानपर्व बडा दशैं भर्खरै बित्यो । सधैं झै दुःखसुख साटासाट गर्दै रिस-रागमाथि विजय प्राप्त गर्ने उन्नति-प्रगति मनोकामना पूरा होस् भन्ने शुभेच्छासहित विदा भयो दशैं सधैझैं । हुनेले गच्छेअनुसार नहुनेले पनि ऋण काडेर नै खर्च गरी खुशी मनाए । कतिपय कलमहरुले यो पर्वलाई फजुल र खर्चिलो भनी टिप्पणी गरे पनि इशाईहरुको कि्रसमसभन्दा यो पर्व धरै गुणा सस्तो छ ।
बहुदलीय व्यवस्थाको प्रादुर्भावपश्चात् एक जाति विशेषले यो पर्व हाम्रो होइन खस जातिले मात्र चलाएका हुन् भन्ने प्रचार गरी बहिस्कारको अभियानसमेत चलाएका थिए । दशैं पर्वको प्रमाणित ऐतिहासिक दस्तावेजको अध्ययन-अनुसन्धानपश्चात् निष्कर्ष निस्कियो कि यो कुनै जाति विशेषले चलाएको पर्व होइन । विश्वका तीन प्रमुख धार्मिक सम्प्रदाय इशाईले कि्रसमस मुसलमानले इद र हिन्दूहरुले दशैं नवरात्री आ-आफ्नै प्रकारले राष्ट्रिय चाड मनाउँदै आएका छन् । नेपालमा भने हिन्दू र बौद्ध धर्मावलम्मीको विशेष प्रकारको मिश्रणयुक्त समाज छ तर शास्त्रअनुसार ॐकारलाई आफ्नो ईश्वर मान्ने सबै समुदाय हिन्दू भएकाले नेपालमा पूर्वका यलम्बर हुन् वा काठमाडौं उपत्यकाका मल्लराजा सबैले यो पर्व मनाउँदै निरन्तरता दिंदै आएका हुन् । अर्थात् यो पर्व एकजाति विशेषको मात्र नभै नेपाल राष्ट्रका सम्पूर्ण नेपालीहरुको संस्कृतिकै रुपमा स्थापित भैसकेको छ ।
स्वदेशको मात्र के कुरा विश्वका कुना-कुनामा पुगेका नेपालीहरु एक-अर्काको जात नसोधी दशैंजस्ता पर्वमा एकाकार हुन्छन् । दशैंलाई हाम्रो पर्वु भन्छन् । यहाँ कुनै तेरो र मेरो चल्दैन । विदेशमा सुख-सम्पन्न जीवन बाँचिरहेका भनेर सोचिएका वास्तविकता अर्कै हुनसक्दछ नेपालीको अनुहार खुसीले फकि्रन्छ । अमेरिका युरोपमा मात्र होइन खाडी मुलुकदेखि इराकसम्म रोजगारीको लागि भौतारिएका सम्पूर्ण नेपालीले एक-आपसमा अपनत्व देखाउँदै अंकमाल गरी यो पर्व मनाएको खबर सुन्न पाउँदा प्रत्येक नेपाली आनन्दित र हर्षित हुनु स्वाभाविक हो ।
नेपालजस्तो सानो राष्ट्रको अस्तित्व उसको मौलिक पहिचानको संरक्षणबाट मात्र जोगाउन सकिन्छ । पर्व चाड जात्रा सस्कृतिले एक-अर्कालाई सामीप्य लेराउने भाइचारा र सद्भाव बढाउने अवसर पनि प्रदान गर्दछ । सँस्कृति भेषभुषा भाषा पर्वको अवमूल्यनले हाम्रो राष्ट्रियतामा आँच आउन सक्दछ हामी विखण्डित हुन पुग्दछौं ।
यसै सन्दर्भमा नयाँ नेपालको नाममा माओवादीको सरकारका सदस्यहरुले देखाएको बिडम्बनायुक्त रबैया हेर्दा दुख लाग्छ । देश विकास गर्न यस्ता पर्व चाड सँस्कृतिले बाधा पुर् याउँदैनन् भन्ने तथ्य नबुझेको देख्दा अचम्म लाग्छ । आजको अति विकसित देश जापानको प्रसङ्ग कोट्याउनु उचित होला । राजनीतिक दलको सम्पन्नताको आर्थिक कोष हिसाबले जापान कम्युनिष्ट पार्टी अरुभन्दा अगाडि छ । त्यहाँका मजदुर बलिया छन् । मालिकको त्यतिकै इज्जत गर्दछन् । त्यहाँ राजसंस्थाविरुद्ध कुनै कार्यक्रम गरॆका छैनन् । विश्वको एक पुरानो सँस्कृतिको संरक्षक बनाएर जापानीजहरुले सम्राटको निरन्तरता दिइराखेका र जापानको मौलिक भेष अनेकौं पर्व-जात्राको निरन्तरतामा कमी आएको छैन । नेपालको जस्तै रथ तान्ने कैयौं जात्रा भब्यताका साथ परम्परागत लुगा लगाई मनाइन्छन् । सैनिक एवं परराष्ट्र नीतिमा एक हिसाबले अमेरिकाको छायाँ देखिए तापनि सार्बजनिक स्कुल कलेजमा अंग्रेजी भाषा पढाउने-नपढाउने विवाद हुँदा जनमतसंग्रह गर्नुपर् यो । निर्णय नराख्ने भन्ने आयो । त्यहाँका युवा आफ्नो भाषाप्रति गर्व गर्दछन् र भन्दछन्- हाम्रो भाषा अरुले सिकुन् हामी किन सिक्ने स्मरण रहोस् जापानमा अंग्रेजी सिक्न छुट्टै भाषा-स्कुल जानु पर्दछ । सार्वजनिक स्कुल-कलेजमा पढाइ हुँदैन । यसको अर्थ के भने देश विकास गर्न धर्म सँस्कृति पर्व बहिस्कार वा नष्ट गर्नुपर्दैन । बरु संरक्षण गरेर राष्ट्रलाई सम्पन्न गराउन सकिन्छ भन्ने जापान एउटा उदाहरण हो । सँस्कृतिविरोधी हाम्रा क्रान्तिकारी नेताहरुले यो तथ्य बुभुन सकेका छैनन् ।
धर्मको नाममा हुने जात भातजस्ता विभेदको अन्त जरुरी छ तर स्थापित राष्ट्रिय सँस्कृति पर्व चाड-जात्रालाई विस्थापन वा बहिस्कार गर्नु यो दशैंको प्रसङ्गमा नेपालका प्रधानमन्त्री अन्य माओवादी मन्त्रीगणका रबैयाले माओवादीकै लागि प्रत्युत्पादक हुने स्पष्ट छ ।
विश्वका कुना-काप्चारमा पुगेका सम्पूर्ण नेपालीले गर्वसाथ यो पर्व मनाइरहेको पहिले-पहिलेभन्दा यस पटक सबै देशमा रहेका राजदूतावासहरुले समेत यो पर्वलाई विशेष महत्व दिई मनाइ राखेको समाचार आइरहँदा माओवादीको यस्तो रबैयाले नेपालीहरु खिन्न भएका छन् । त्यसमा पनि प्रचण्डको निरन्तररुपमा धर्म-सँस्कृति भेष-भाषा प्रतिको नकारात्मक ब्यवहारले जनताको संवेदनशील आस्थामा चोट पुर् याउँदै लगेको छ ।
प्रधानमन्त्री प्रचण्डसित जनताले तर्कसंगत जबाफ माग्न थालेका छन्- किन हाम्रा विशिष्ठ सँस्कृतिको द्योतक चाडपर्वलाई ध्वस्त पार्न खोजिदैछ एउटा सामन्तको भन्दा बढी सुविधा-सम्पन्नतायुक्त विलासी विदेशी भ्रमण नरोकिने पक्षपात भेदभाव नरोकिने जर्बजस्ति लुटपाट चन्दा कब्जा नरोकिने तर दशैं रोकिने जनतासित भोट माग्न जाँदा र स्वागत पाउँदा टीका-माला निषेध नहुने तर जनताको प्राणभन्दा प्यारो भाषा भेष पर्व चाड-जात्रा जस्ले हामी नेपालीको एकतालाई बचाई राख्छ यसको सम्मान र संरक्षण गर्नुको साटो निषेध गर्ने किन द्वन्द्व कालमा गाई काटेर हिन्दूधर्मविरुद्ध जेहाद छोडिसकेका माओवादी अध्यक्ष प्रचण्डले मौका र हात बलियो बनाउन पाएभने पशुपति र स्वयंम्भुमा फलामे काँडे तार लगाई छेक्ने कुरामा शंका छैन तालिवानको झैं । त्यसैले होला गणतन्त्र आइसकेपछि पनि स्वस्फुर्त रुपमा हजारौं जनता पूर्वराजाको ढोकामा पुगेका । यसले देखाउँछ कि धर्म सँस्कृति भेषभुषा पर्व जात्राका संरक्षकलाई जनताले सम्मान गर्दा रहेछन् । माओवादीहरुको यस्तो हरकतले राष्ट्र बलियो बन्ने देशले प्रगति गर्ने देखिन्न बरु थप नयाँ द्वन्द्वको शुरुआत हुनेछ र माओवादी पार्टी जनताबाट अलग्गिने छ ।
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
न देश, न जनता…
न देश, न जनता, केवल कमाउने सार छ ।
वृक्षा रोपण गर्नेको हातमा वनमारा झार छ ।
सर्वहाराका नाईकेको सवा लाखको विस्तरा त,
कैयौं निमुखाका अझै 'कब्जा' मा घरबार छ ।
नयाँ नेपाल बनाउने हामी नै हौं भन्थे तर,
हातमा अझै पनि यिनका बन्दुक र तरवार छ।
हत्या, हिंसा, विष्फोट अब सामान्य झै भयो यहाँ
वाध्य छु म सोच्न, के देशमा कुनै सरकार छ? ।
सुनेथेँ सडेको माछा यौटैले पोखरी नै सडाउँछ ,
यहाँ त कुहिएका माछाले तालै पुरा भरमार छ ।
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
October 14, 2008
ईराकमा एक नेपालीको मृत्यू
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest