January 13, 2008

बेबी किंगको कुरा सुनिएको थियो तर बेबी प्रधानमन्त्री चांही देखिहालियो।

गिरीजा प्रसाद कोइरालाको कुरा कति गर्नु भन्यो, नगरी नहुने। केही समय पहिले नेपाली कांग्रेस संबन्धित महीलाहरुको कार्यक्रममा नेपालमा छिट्टै महीला प्रधानमन्त्री हुनेछ भनेर भन्नु हुंदा के भनेको होला, त्यस्तो प्रम हुने सम्भावना भएको कुनै महीला उम्मेदवार हाललाई त कोही छैन जस्तो लागेको थियो। कुरो अहिले बुझियो जब उंहाले आफ्नै छोरी सुजाता कोइरालाई बिना बिभागीय मन्त्री बनाउनु भयो-त्यो पनि प्रधानमन्त्रीको कार्यालय हेर्ने गरी। बेबी किंगको कुरा सुनिएको थियो तर बेबी प्रधानमन्त्री चांही देखिहालियो। त्यसै त पहिले पनि प्रमबाट हुने काम कार्बाही छोरी सुजाता बाट अती प्रभावित हुने गर्थ्यो, तर अहिले झनै प्रधानमन्त्री कार्यालय नै हेर्ने गरी मन्त्री बनाई दिए पछी सुजाताको पावर र पहुंचको कुनै सीमा रहेन।
राजा ज्ञानेन्द्रले कू गरी शासन हातमा लिंदा उनी पुरुषको भेषमा मोटारसाईकल चढेर भारत पुगेकी थिईन, जबकी अन्य नेताहरु कोही नजरबन्दमा थिए कोही यंही भूमीगत थिए। निष्ठा र आस्थाको राजनीती गर्नेलाई त्यसरी भाग्नु जरुरत थिएन, तर उनीले त् बाबुको पद र पावरको दुरुपयोग गरेर चरम भ्रष्टाचार गरेकी थिईन र राजाले सोही भ्रष्टाचार को आरोपमा थुन्न सक्ने भएकोले उनी चोरको खुट्टा काट भन्दा, चोरले थुत्त खुट्टा तान्ने शैलीमा भारत भागीन। माओबादीका मातृका यादवले गिरीजा बाबुको सामुन्ने नै मन्त्री परिषदको बैठकमा रक्तचन्दन तस्करको नाईके सुजाता भएको आरोप लगाएका थिए र गिरीजाले क्रुद्ध भएर मातृकालाई तपाईं बाहिर निस्कनुस भनेका थिए। माओबादीसंग संपर्क स्थापित गरेर उनीहरुलाई शान्तीपूर्ण अवतरण गर्न ज्यान दिएर लागेका के पी सिटौलाको एकतमासले राजीनामा माग्ने यी सुजातालाई शान्ती प्रकृया बिथोल्न दरवार ले राम्रै संग प्रयोग गरेको देखिन्छ।
सुजाता नै प्रम गिरीजाको शासन संचालनमा पहुंच भएकोले राजा-सेनाद्वारा सुजातालाई हातमा लिन सके राजासंस्था टिकिराख्न सकिने कुरो बुझ्यो। सुजाताको भ्रष्ट र बिकाउ चरित्र भएकोले सुजातालाई हातमा लिन पनि त्यती ठुलो कुरो भएन र सेनाले सुजाता संग राम्रै संग संबन्ध बिस्तार गर्‍यो। सेनाको कार्यक्रमहरुमा सुजाता बिशेष अतिथीको रुपमा निम्त्याईन थालिईन्। यहाँसम्मकी सेनालाई दिईने मानवाधिकारवाद सम्बन्धी तालिममा सुजाता प्रशिक्षक समेत बनिन।अचम्मको कुरो होइन त? सेनाको ठेक्कपट्टाहरु सुजाताको मान्छेहरुलाई पार्न थालियो। सेनाले सुजातालाई राम्रै संग गुलीयो चटायो। यता गिरिजा पनि, आफू जनताको शक्तीबाट स्थापित हुँ भन्ने कुरो बिर्सिएर सेनाको समर्थन रहेमात्र आफू सत्तामा टिकिरहन सकने निर्कर्ष निकालेर सेनासंग संबन्ध बनाउन लालायीत देखिए।
अहिले यी सेनाका पुतली मैया प्रधानमन्त्री कार्यालय हेर्न शक्तिशाली मन्त्री बनेकी छन र मन्त्री बनेको भोली पल्टै बिराटनगर गएर राजसंस्थाको वकालत गर्न थालिसकेकी छन। राजा गलत हुन सक्छ, राजसंस्था गलत हुन सक्दैन रे।
यो सरकार गठबन्धन कामचलाऊ सरकार हो र यो जनआन्दोलन II ले स्थापना गरेको सरकार हो। यो कुनै पार्टीको बहुमतको सरकार होइन र यहाँ कसैले मनपरी गर्न पाउदैन। तर गिरीजालाई यो कुरा कसले बताउने। अन्य सबै पार्टीले सरकारमा पठाउने मन्त्री आफ्नो केन्द्रीय कमिटीको बैठक गरेर चुन्दछन। तर नेपाली कांग्रेस मात्र यस्तो पार्टी हो, जसमा को को मन्त्री बन्दै छन भन्ने कुरो पार्टीका अन्य सदस्यहरुलाई रेडियो र टि भीको समाचारबाट मात्र थाहा हुन्छ। के नेपाली कांग्रेस दासहरुको पार्टी हो र यसका मालिक गिरिजा हुन?
अब कू भयो भने दरबारले सुजालाई प्रम बनाउने छ। सुजाता अहिले बेबी प्रम बन्नु त्यसैको संकेत हो।


2 Comments:

पीजी said...

अब राजाले देशमा आँफै कू गरिरहनु पर्ने भएन , बरु खाटी प्रजातन्त्रबादीहरुले नै आफ्नो शासनको आयु लम्ब्याउन वा आफु सरकारमा स्थापित हुन कू का पात्र बनिदिने भए । सांसद पद त जिन्दगीभर कुम्ल्याएर बस्न चाहनेले हरुलाई प्रधानमन्त्री हुन पाईन्छ अनी टिकिरहन पाईन्छ भने खिचडी संसद को खिचडी सरकार जस्तो राजा र सेना को भावना सम्मिलित खिचडी प्रजातन्त्रको खिचडी सरकार बनाउन के आपत्ति मान्लान र?

जे होस् राणा शासन देखिएको थिएन अब अर्को श्री ३ को शासन देख्न पाइने भो । देशको तमासा अझ केही बर्ष रहने भो, श्री ३ देख्न पाइने भो, अब श्री ३ को हुन्छ हेरौ!!

Anonymous said...

The situation of Nepal is not clear. Aile yehi ho bhanna sakine avastha chhaiana. Baby PM ta nabhanihalau.

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !