February 9, 2026

निरन्तर अवसरहरूको आवश्यकता


अब नेपाललाई विश्वकपमा ताली बजाउने कुरा
को प्रतीकात्मक प्रशंसा मात्र होइन, निरन्तर अवसरहरूको पनि आवश्यकता छ!

मुम्बईमा भएको टी-२० खेलमा नेपालले इङ्ल्यान्डसँग मात्र ४ रनले हार बेहोर्दा विश्व नै चकित परेको छ। नेपाली समर्थकहरूको भीड र नेपालले खेलेको असाधारण क्रिकेटले टी-२० विश्वकपको सुरुवातलाई नै अविस्मरणीय बनाइदिएको छ।

यो प्रदर्शनले नेपाल क्रिकेटको उदीयमान शक्तिलाई प्रमाणित गरेको छ। इङ्ल्यान्ड जस्तो बलियो टिमविरुद्ध यति कडा संघर्ष गर्नुले विश्वभरिका क्रिकेट प्रेमीहरूलाई आश्चर्यमा पारेको छ। वानखेडे स्टेडियममा नेपाली झण्डा फहराउँदै गर्जने हजारौं समर्थकहरूको जोश र खेलाडीहरूको साहसपूर्ण खेलले यो खेललाई विश्वकपकै उत्कृष्ट कथाहरूमध्ये एक बनाइदिएको छ।

इङ्ल्यान्डले ग्रुप सीको ओपनरमा ठूलो त्रासबाट बचेको छ। १८४/७ को स्कोरपछि नेपाललाई चार रनले हराए। नेपालले १८०/६ को जोशपूर्ण जवाफ दियो, लोकेश बामको २० बलमा नटआउट ३९ सहितको अन्तिम आक्रमणले ऐतिहासिक उल्टो नजिक पुर्‍यायो। अन्तिम ओभरमा १० रन चाहिँदा नेपालले मात्र ५ रन बनायो, साम करनले दबाबमा सटीक यॉर्करहरू हाने। यसअघि कप्तान रोहित पौडेल र दीपेन्द्र सिंह ऐरीले तेस्रो विकेटमा ८२ रन जोडे (दुवै ३९), कुशल भुर्तेलले १७ बलमा २९ रनले सुरुवात दिए। बामले जोफ्रा आर्चरमाथि दुई छक्का र लुक वुडमाथि लगातार चौका प्रहार गरे।

नेपालले पहिलो खेलमा इङ्ल्यान्डसँग सानो अन्तरले हार बेहोरे पनि ग्रुप स्टेजमा अझै ३ खेल बाँकी छन्। बाँकी खेलहरू इटाली, वेस्ट इन्डिज र स्कटल्यान्डसँग छन्। ग्रुप स्टेजबाट अगाडि बढ्नका लागि नेपालले बाँकी ३ मध्येका खेलहरू जित्नुपर्ने हुन्छ। यी तीनवटै खेलमा पूर्ण प्रयास गरेर जित हासिल गर्न सके नेपालले सुपर ८ मा पुग्ने सम्भावना बलियो बनाउन सक्छ।




February 2, 2026

अकर्मण्य नेपाल

 घरीघरी त नेपाल अकर्मण्य नै हो कि जस्तो लाग्छ है !
निर्वाचन आयोगले नेताहरूको रेटिङ गर्ने ‘एप्रुभल रेटिङ’ वेबसाइट लाई आचारसंहिता विपरीत भएको भन्दै नेपाल प्रेस काउन्सिललाई पत्र लेखेको छ। कान्तिपुर मिडिया ग्रुपले नेताहरूको रेटिङ गर्ने ‘एप्रुभल रेटिङ’ वेबसाइट (rate.ekantipur.com) बन्द गरेको छ।
सोमबार कान्तिपुरले आफ्नो साइटमा सूचना राख्दै उक्त रेटिङ बन्द गरेको हो।
निर्वाचन आयोगको केन्द्रीय आचारसंहिता अनुगमन समितिले सर्वेक्षण गर्ने र एप्रभुल रेटिङ गर्ने वेबसाइटहरूका विषयमा छलफल गरेको थियो।
आयोगले अहिलेसम्म ‘रेट माइ नेता’ (ratemyneta.com), एक्जिट पोल नेपाल (exitpollnepal.com), नेपाल पोल (Neppoll.com), एचओआर २०२६ (Hor-2026.vercel.app), नेपाल राइटस् (elections.nepalwrites.com) र  पोलिमार्केट ( Polymarket.com/event/Nepal-house-of-representatives-election-winner) गरी ६ वटा वेबपोर्टल ब्लक गर्न पत्राचार गरेको छ। 
आइतबार आयोगले गरेको पत्रकार सम्मेलनमा प्रवक्ता नारायणप्रसाद भट्टराईले सामाजिक सञ्जालमा फैलिरहेको मिथ्या सूचना ‘मिस इन्फरमेसन’ रोक्न आयोगले काम गरिरहेको बताएका थिए।
निर्वाचन आयोगले गरेको पत्रकार सम्मेलनमा प्रवक्ता नारायणप्रसाद भट्टराईले १२२ वटा सामाजिक सञ्जालका पोस्टबारे कारबाही गर्न साइबर ब्युरोलाई, १५ वटा प्रकाशित सामग्रीबारे प्रेस काउन्सिललाई र ६ वटा दुष्प्रचार गर्ने वेबसाइट बन्द गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरिएको जानकारी दिएका थिए।

 निर्वाचनमा जनताले भोट नहालेर कसले हाल्ने रै'छन्?




January 24, 2026

सधैँ राम्रा कथा

 गजल

बहर : हजज मुसम्मन सालिम
अर्कान : मुफाईलुन् , मुफाईलुन् , मुफाईलुन् , मुफाईलुन्
वजन : १२२२ - १२२२ - १२२२ - १२२२
काफिया : अन
रदिफ : भएका छन्

यता सुन्दा सधैँ राम्रा कथा वाचन भएका छन्
उता सुन्दा गफाडीका वृथा गायन भएका छन्

झनै राम्राे बनी हिँड्दा कुरा का्ट्ने बढे धेरै
नियम कानुन ठुलालाई सही साधन भएका छन्

कता मिल्ला अहाे शान्ति भनी दाैडे सबै मान्छे
भलाे गर्ने असल हाे जाे उनै सज्जन भएका छन्

बजाएका कुरा गर्छाै लुटी खायाै मुलुक मेराे
सजाएका नयाँ अाशा सधैँ धड्कन भएका छन्

कहाँ तिम्रो खुशी हाँसाे कहाँ मेराे गथासो याे
लुकेका देवता मार्फत सबै मापन भएका छन्

© नवराज  न्याैपाने 'माैन'
( परिश्रमी  पाठशाला)

January 22, 2026

न म घाम उदाएको, न अस्ताएको देख्छु

 


न म घाम उदाएको, न अस्ताएको देख्छु,

मेरो खुशी पनि नियतीले निभाएको देख्छु।


न म घाम अस्ताएको, न उदाएको देख्छु,

मेरो जिन्दगीको चाल सुस्त आएको देख्छु।


अचेल किन उजाड छ यो मनको बगान,

बसन्तमै फुलहरू मुर्झाएको देख्छु।


कस्ले चलायो कुन्नि यो जिन्दगीको गति,

जता पुर्‍यायो, तेतै अन्धकार छाएको देख्छु।


चाहनाका सीमा कस्ले थुनिदियो यहाँ,

मेरा सपना पनि लगाम लगाएको देख्छु।


अलिकति जोश मनमा हुर्किनै नपाई,

दायाँ–बायाँ आफ्नै छायाँ झस्काएको