September 4, 2025

नेपालमा फेसबुकसहितका सामाजिक सञ्जाल बन्द

Update: नेपालमा सामाजिक सञ्जाल प्ल्याटफर्म फेसबुक बन्द हुन थालेको छ । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले केहीबेरअघिबाट फेसबुक बन्द गरेको हो । यस्तै सरकारको निर्देशन अनुसार नेपाल टेलिकमले पनि दर्ता नभइ सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द गरेको छ।  एनसेलले दर्ता नभइ सञ्चालनमा रहेका फेसबुकसहितका सामाजिक सञ्जालहरू बन्द गरेको जनाएको थियो।

नेपालमा प्रविधि मन्त्रालयले दर्ता सूचीकरण नभएका फेसबुकसहितका सामाजिक सञ्जाल आजैबाट बन्द गर्ने निर्णय गरेको छ ।हालसम्म टिकटक, भाइबर, निम्बुज, वीटक र ओपोलाइभ गरी पाँच प्लेटफर्म सूचीकरण भइसकेका छन् ।टेलिग्राम र ग्लोबल लिंक दर्ताको प्रक्रियामा छन् ।फेसबुक, युट्युब, इन्स्टाग्राम, ट्वीटर दर्ता सूचीकरण नभएका छन् ।

सामाजिक सञ्जालको दुरुपयोग बढेकाले  प्रविधि मन्त्रालयले सो निर्णय गरेको हो । नेपाल सरकार मन्त्रीपरिषदको September 4, 2025 बसेको सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयको बसेको मन्त्रीस्तरीय निर्णय र  सामाजिक सञ्जालको प्रयोगलाई व्‍यवस्थित गर्ने निर्देशिक, २०८० लाई आधार मान्‍दै  २६ वटा सामाजिक सञ्जाल प्लेटफर्मलाई बन्द गर्न इन्टरनेट सेवा प्रदायक संघलाई निर्देशन दिएको थियो। सरकारले सामाजिक सञ्जालहरू फेसबुक, फेसबुक, फेसबुक मेसेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप, एक्स(ट्विटर), लिंक्डइन, स्न्यापच्याट, रेडिट,डिसकोर्ड, पिन्टेरेस्ट, सिग्नल, थ्रेड्स, वीच्याट, क्वोरा,टम्बलर, क्लबहाउस, मास्टोडन, रुम्बल, मीवी, भीके, लाइन, इमो, जालो, सोल र हाम्रो पात्रोलाई बन्द गर्ने निर्णय गरेको थियो ।

विभिन्न किसिमका मेसेन्जर एप्सहरूबाट नेपाल बाहिर संवादहरू अव कसरी गर्लान् ?



September 3, 2025

विद्यार्थी भिसाबाटअमेरिकी अर्थतन्त्रमा वार्षिक ४३.८ बिलियन डलर (५ खर्ब एकानब्बे अर्ब दश लाख नेपाली रुपैयाँ) योगदान हुन्छ

 


अमेरिकी कलेज र विश्वविद्यालयहरूमा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीहरूले अमेरिकी अर्थतन्त्रमा ४३.८ बिलियन डलर योगदान गर्छन्। यो पैसा ५ खर्ब एकानब्बे अर्ब दश लाख नेपाली रुपैयाँ हो। नेपालको वार्षिक बजेट २०२५-२६ को लागि १ खर्ब छियानब्बे अर्ब चालीस लाख हो।

२०२५ को प्रतिवेदनको डेटाले २०२३–२०२४ शैक्षिक वर्षमा ५ खर्ब एकानब्बे अर्ब नेपाली रुपैयाँ जम्मा भएको देखिएको छ । यो अघिल्लो वर्षको तुलनामा ९.५ प्रतिशत वृद्धि भएको छ। ट्रम्प प्रशासनले विद्यार्थी भिसामा कडा नीति अपनाएको छ, र अधिकारीहरूले जनवरीदेखि ६,००० भन्दा बढी विद्यार्थी भिसा रद्द गरेको बताएका छन्।

राज्य विभागले यी कार्यहरूलाई ओभरस्टे र कथित आपराधिक व्यवहारसँग जोडेको छ। प्रशासनले यी उपायहरूलाई विद्यार्थी भिसा प्रणालीको दुरुपयोग रोक्न र कडा जाँच प्रक्रिया कायम गर्नको प्रयासको रूपमा प्रस्तुत गरेको छ, जसमा सामाजिक सञ्जाल स्क्रिनिङको विस्तार र केही भिसा श्रेणीहरूको बसाइ अवधि सीमित गर्ने प्रस्तावित डीएचएस नियम समावेश छ।



August 23, 2025

समस्या कथन

 डा. निर्मलमणि अधिकारी “आयोदधौम्य”

कुनै पनि स्वतन्त्र, स्वाधीन, सार्वभौमसत्तासम्पन्न देशलाई युरोपेली– परम्परागत–अवधारणाको भू–राजनीतिक–वैधानिक परिभाषाअनुरूप “राष्ट्रराज्य” ९ल्बतष्यल क्तबतभ० मान्ने/भन्ने सामान्य प्रचलन रहिआएको

छ । त्यस मानेमा नेपाल एक “राष्ट्रराज्य” हो भनिँदा सबैले स्वाभाविक मान्दै आएको अवस्था थियो । तर, नेपालको पछिल्लो परिवेशलाई ख्याल गर्दाचाहिँ अब त्यसरी यथेष्ट सोचविचारबिनाको मनाइ/भनाइले नपुग्ने देखिइसकेको छ ।

नेपाल सब्कटै सब्कटको सब्त्रफ्मणकालबाट गुज्रिँदै आएको पनि धेरै समय भइसक्यो । हिंसात्मक द्वन्द्व र जनप्रदर्शनमूलक आन्दोलनको समीकरणले “नयाँ नेपाल” को अवधारणालाई राजनीतिक हिसाबले मूलधारमा ल्याएपछि “राज्य पुनः संरचना” को सवाल पनि उत्तिकै प्रबल बन्यो । नेपाली राष्ट्रियताको परिभाषा, व्याख्या एवं विश्लेषण अब परम्परागत तरिकाले गरेर हुँदैन भन्ने तर्कसँगै अब नेपाली राष्ट्रियतालाई “नयाँ” ढब्गले परिभाषा, व्याख्या, विश्लेषण गर्नु पर्छ भन्ने माग पनि अगाडि आयो ।

जति समय बित्दो छ, उति नै नेपालको “राज्य पुनः संरचना” भफ्न् भफ्न् जटिल सवालका रूपमा जेलिँदै गरेको देखिन्छ । घृणाको जगमा  ज्ञद्द ्र राज्यराष्ट्र अवधारणा र सिद्धान्त उभिएर सब्कीर्ण–राष्ट्रियतावादी सिद्धान्तका अनुयायीहरूले “द्विराष्ट्रिय राज्य” वा “बहुराष्ट्रिय राज्य” को नारालाई उरालेर विघटनको अन्त्यहीन शृब्खलालाई

प्रारम्भ गर्न खोजिरहेको वर्तमान परिप्रेक्ष्यमा आन्तरिक तथा बाह्य अनेक पक्षहरू पनि नेपालको द्वन्द्वमा सत्रिफ्य रहेका हुनाले सो जटिलतामा बढोत्तरी हुँदै गइरहेको छ ।

नेपाल “राष्ट्रराज्य” वा “द्विराष्ट्रिय राज्य” वा “बहुराष्ट्रिय राज्य” वा “राज्यराष्ट्र” मध्ये के हो र के हुनुपर्छ भन्ने आधारभूत सवालमा यथेष्ट तथा राम्ररी सवाल–जवापफ्, वादविवाद, चिन्तन, मनन, विमर्श नगरुन्जेलसम्म एकातिर नेपालको “राज्य संरचना” बारे नै उपर्युक्त ज्ञान हुँदैन भने भफ्न् “राज्य पुनः संरचना” को सवालको वैज्ञानिक समाधान त कसरी होला र !



August 16, 2025

वेदको परिचय

 डा. निर्मलमणि अधिकारी “आयोदधौम्य”

मानव सभ्यताको लामो कालखण्डसम्म सारा संसारको जीवन–दर्शनले “वेद” बाट मूल आधार प्राप्त गरेको विश्वास गरिन्छ । नेपालजस्ता भारतवर्षका भू–खण्डमा त भफ्न् वेद एवं वैदिक परम्परालाई नै जीवन–दर्शनको एक मात्र दिग्दर्शक स्वीकारिएको थियो । कालान्तरमा वेदान्तर्गत तथा वेदबाह्यसमेत अनेक धार ाहरू विकास भए तापनि जरोचाहिँ वेद नै हो भन्ने चेतना पनि रहेकै देखिन्छ ।

वेदलाई नित्य, अनादि, अनन्त, सनातन मानिएको हुनाले भविष्यमा पनि यसले मानव सभ्यतालाई आलोकित पारिरहने, दिग्दर्शन गरिरहने नै छ ।

नेपालको परिप्रेक्ष्यमा, वर्तमानमा “वेद” हाम्रा धर्म, संस्कृति, दर्शन, ज्ञान, सभ्यता, रितिथिति, चालचलन, परम्परा, प्रचलन, व्यवहार सबैको मूल हो भन्ने, ठान्ने एवं मान्ने जनसमुदायमा पनि “वेद” बारे विशेष जानकारीको भने अभाव रहेको देखिन्छ । वेदलाई श्रद्धा गर्ने, पूजा गर्ने, तर वेदको पठन–पाठन, चिन्तन–मनन,