गत सुक्रवार अपि्रल ४ तारिक २००८का दिन दुबईको अल नासर लिजरल्याण्ड हलमा नेपालका ख्यातिप्राप्त लोक तथा दोहोरी गायकहरुको दोहोरी गीत तथा लोक गीतमा प्रवासी नेपालीहरु दिलै फुकाएर नाचे भने हास्य कलाकारहरुको ब्यङ्गय तथा अन्य प्रहसनले पेट मिची मिची हासे ।
उक्त दिन एकैक्षण भए पनि प्रवासी भूमीमा रमियो । कार्यक्रमलाई जितु नेपाल शिवहरी पौडेल र किरण केसीले झनै रमाईलो बनाएका थिए भने लोक तथा दोहोरी गायक पुर्षोक्त न्यौपाने अनिता खड्को स्टेजमानै गाईएको दोहोरी गीतले नेपालको दोहोरी साँझको झझल्को मेटाएको थियो ।
जिरे खुसा्रनिका टिमको कार्यक्रममा यो मेरो दोश्रो थियो । पहिलो कार्यक्रम त्यति सफल भएन र उहाँहरुले पनि त्यति सफल प्रस्तुति दिनु भएन तर यस पाली भने धेरै मिहिनेत गर्नु भयो । सायद म जस्तै अन्य दर्शकहरु पनि दोश्रो पटकनै उपस्थित भएका थिए होला र सबैले नयाँ खालको प्रस्तुती चाहेका थिए तर पनि जितु नेपाल शिवहरी पौडेल र किरण के।सीले पहिलो कार्यक्रममा प्रस्तुत गरिएका हास्य ठट्यौलीहरु यो कार्यक्रममा पनि दोहोर्याई रहेका थिए । दर्शकले जहिले पनि नयाँ र नौलो प्रस्तुती चाहेको हुन्छ त्यसैले पहिला प्रस्तुत गरिएका हास्य ठट्यौलीहरु दोश्रो पटक पनी फेरी नदोहोर्याई अर्को नयाँ खालको प्रस्तुती प्रस्तुत गर्दा अझै राम्रो हुने थियो कि ।
स्टेजमा पुर्षोक्तम न्यौपाने नेपाली पोषाक दौरा सुरुवाल लगाएर प्रस्तुत हुँदा उनको साथमा एक भित्ताको मात्र कपडा लगाएकी अहिलेकी अति हट समाचार तथा नायिका बनेकी सौजन्य सुब्बाको उपस्थितिले धज्जा उडाएको थियो । अर्की हट केक पवित्रा खड्काका पनि एक भित्ता भन्दा लामो कपडा थिएन । अहिलेको फेशन भनौ या बिकृति उनको फेशन पनि त्यस्तै थियो । सुसिल क्षेत्री र सौजन्य सुब्बाको डान्समा सौजन्य सुब्बाले लगाएको डे्रस अनि उत्तेजनक थियो जसले दर्शकहरुको आँखा सुसिल क्षेत्री तर्फ भन्दा पनि सौजन्य सुब्बाको तर्फ बढी केन्द्रिकित भएको थियो । कलाकार छनौट गर्ने आयोजकलाई धन्यवाद दिनै पर्दछ ।
भर्खरै लोक तथा दोहोरी गीतमा उदाउन खोजेकी अर्की लोक तथा दोहोरी गायिका अनिता खड्काको फेशन तथा हाउभाउ अति आकर्षक र बर्णन गर्नै पर्ने खालको थियो । दुई जना हटकेकको अगाडी उनी पटुकी र गुन्यौचोलीमा थिईन् । भर्खरैकी यौवन युवती भएतापनि उनले नेपाली पहिरनलाई भने कायमै राखेकी थिईन । भने अर्की उद्घोषिका टिका ढकालको पहिरन पनि बर्णन गर्ने खालकै थियो । उद्घोषिका भनिएता पनि उनिसँग उद्घोषिकामा हुने गुण कमै थियो त्यसैले पनि उनि कार्यक्रममा थोरै मत्र देखिईन । आधुनिक गायक हिमाल सागरको प्रस्तुतिले दर्शकहरुलाई ताली बजाउन बाध्य बनाउन लगाएको जस्तो थियो । एउटा गीतको लाईन गाएर सकिने बित्तिकै दर्शकलाई अनुरोध गर्दथे र भावुक गीतमा पनि उनले ताली बजाउन अनुरोध गर्दथे । गित गाउँदा गाउँदै स्टेजमानै पल्टिन्छन् कि झै लाग्थ्यो । उनको स्वर र गीतको शब्दहरु अति राम्रा थिए तर उनको गीत गाउदा गरीने हाउभाउ भने बढीनै थियो ।
स्थानिय कलाकारहरुलाई स्वागत गीत मात्र गाउन लगाइएको थियो । यहाँका स्थानिय कलाकारहरु पनि राष्ट्रिय कलाकारहरु भन्दा कम थिएनन् तर पनि स्थानिय कलाकारहरुलाई स्थान दिइएको थिएन । लोक दोहोरी गीतमा भने यूएइका लोक भाकाका चर्चित कलाकार असिम महतको समूहलाई बाध्यवादनमा समावेश गरिएको थियो ।
फ्लाई एती डट् कमले दर्शकहरुलाई चिठ्ा कार्यक्रम राखेको थियो जसमा दुई जना भाग्यमानी दर्शकहरुले फ्लाई एतिको टिकट आबुधावी काठमाण्डौ काठमाण्डौ अबुधावीको पाउन सफल भए ।
कार्यक्रमको बिच बिचमा नेपालीहरुले नेपालमाझै खोया विर्के धोकीसकेका थिए । उनिहरुको कृयाकलाप र समाजमा अपाच्य शब्दहरु कानमा ठोक्किन आईपुग्दा हामी कति अशभ्य रहेछौ भन्ने प्रष्टा थाहा हुन्थ्यो । कार्यक्रमको अन्त्य तिर दर्शकहरु एक एक गर्दै स्टेजमा पुगेर दोहोरीमा नाच्न खोज्दा धन्नै दोहोरो भिडन्त भएन । एक जना सेक्युरिटी गार्डले स्टेजबाट बाहिर जान अनुरोध गर्दा अलि बढि बल प्रयोग गर्न पुगेका थिए । गायक पुर्षोक्तम न्यौपानेले भाइ साम्य भन्दा पनि नेपाली दर्शक झोक्कि रहेका थिए भने अन्यले हान हान भनिरहेका थिए । त्यहाको स्थिति अझै बढेको भए नेपालीहरुको हालत कस्तो हुन्थ्यो होला अनुमान गर्न सकिन्छ । किनकी यो ठाउँ नेपाल थिएन र कानुन पनि अति कडा थियो ।
नव बर्ष २०६५ सालको पुर्व सन्ध्यामा नेपाल यूएई समन्वय माचले आयोजना गरेको उक्त साँस्कृतिक साँझ २०६५ मा राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरु जिरे खुसा्रनीका तीन हस्ती सिवहरी पौडेल किरण केसी जितु नेपाल लगायत लोक तथा दोहोरी गायक पुर्षोक्तम न्यौपाने अनिता खड्का उद्घोषिका टिका ढकाल नायिका पार्वती खड्का नव नायिका सौजन्य सुब्बा नायक सुसील क्षेत्री तथा आधुनीक तथा पप गायक हिमाल सागरको बेजोड प्रस्तुती रहेको थियो ।
यूएयका लागि नेपालका राजदूत महामहिम अर्जुन बहादुर थापाको प्रमखु अतिथि तथा नेपाल दुबई सास्कृतिक समन्वय माचका सभापति नारायण लम्सालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको उद्धघाटन उपनियोग प्रमुख मोहनकृष्ण श्रेष्ठले रिवन काटी गर्नुभएको थियो भने कार्यक्रममा यूएईमा स्थापना भएका विभिन्न संघ संस्थाका प्रमुख ब्यक्तिहरुको उपस्थिति रहेको थियो । उक्त संस्थाका संवाद सचिव बालचन्द्र पोख्रेलले आमन्त्रित अतिथि तथा उपस्थित सम्पूर्ण प्रवासी नेपालीलाई स्वागत गर्नु भएको थियो ।
स्थानिय कलाकार असिम महत लगायत अन्य कलाकारहरुद्धारा
यो प्रदेशी भुमीमा स्वागत उपस्थित सबैलाई दिलैदेखी हाम्रो स्वागत
हे। हे अाजुली बाँधी दिलै खोली हामी गर्छौ स्वागत भन्ने स्वागत गित गाएर सबैलाई स्वागत गरेका थिए ।
सास्कृतिक कार्यक्रमको पहिलो चरणमा नै नेपालका अति प्रख्यात नायक गायक तथा हास्य कलाकार किरण केसीले आफ्नै श्वरमा
नम्वर विर्षे मोवाईलको चिठि लेखौ कि हुलाकीले आँखा लाग्ला आफै भेटौ कि
हे दिल गजुर क्या राम्री छु र भन्छु मेरी हजुर
साथै
तिमी जस्ती बुझकीले ढिप्पी कस्नु हुन्न
बाउ आमाले बिदा दिए माईत बस्नु हुन्न घर हिड घर हिड
दुई हात जोडी सके ध
रोधर्म माईली मैले र_िक्स छोडी सके
भन्ने शिर्षकका गीतहरु गाउदै दर्शकहरुसँगै ताल मिलाएर आफै गीत गाउँदै नाचेका थिए ।
जिरे खुसा्रनीका अर्का जल्दा बल्दा नायक तथा हास्य कलाकार जितु नेपाल आफ्नै भेष शैलीमा स्टेजमा प्रस्तुत हुदा दर्शकहरुले मुन्द्रे र एस एल सी पास भनेर ब्यङ्ग गरेका थिए भने जितुले दर्शकहरुलाई पेच मिची मिची हसाउन सफल भएका थिए । अहिलेका जल्दा बल्दा समस्या तथा राजनीतिक घोच पेच साथै नेपालका फेशन आदी बिषयहरुमा ब्यङ्ग हान्दै हसाएका थिए । उनका प्रत्येक शब्दहरुमा दर्शकहरुको हासोको फोहोरा छुटेको थियो । जितु नेपालले नेपाल र दुबईका बिषयबस्तुलाई समेटेर बिच बिचमा दर्श सफल भएका थिए ।
आउछौ भनि बस्नेछु आशैमा खरले छाएको झुपडीको बासैमा
हावा चलेको कस्लाई पो थाहा छ र यो मन जलेको
भर्खरै लोक गायनमा छिरेकी नव गायिका अनीता खड्काले अति मिठो लयमा गीत गाउँदा र गीतमा पनि प्रदेशीहरुको घरमा प्रदेशीलाई नै कुरेर बसेको शब्दहरुले रचित तथा उक्त गीतले पनि प्रदेशीका पिडाहरुलाई नै छोएको थियो ।
अति कामुक नृत्य प्रस्तु गरी दर्शकहरुलाई तताउन नायिका पवित्रा खड्का सफल भएकी थिईन् ।
नेपालका लोक तथा दोहोरी गीतमा अति चर्चामा आएका अति प्रख्यात गायक पुर्षोत्तम न्यौपानेले अति प्रचलित लोक गीत
मायाँको जातै तकडा
कहाँ देख्यौ कहाँ देखौ भईरहेने भेटे झगडा भन्ने भाकाको गीत गाएका थिए भने
धिक्कारै त फुल सिमीलाई
न त शिरमा सानुरीमै न त चढ्यौ मन्दिरमा आखिर सबले कुल्चे तिमीलाई
भर्खरै आएको नयाँ लोक गीतको भाकाको गीत प्रस्तुत गरेका थिए ।
हेर हेर पुर्वबाट झुल्किएछ घाम मैले तिम्रो लेखिसके यो छातीमा नाम बरदान बरदान
तिम्लाई के भयो तिम्लाई के भयो
भन्ने गीतमा नेपालका अती प्रख्यात तथा लोकपि्रय नायक सुसील क्षेत्री तथा भर्खरै चलचित्र क्षेत्रमा उदाएकी नव नायिका सौजन्य सुब्वाले कामुक नृत्य गर्दा दर्शकहरु पनि तालमा ताल मिलाउदै नाच्नेको भिड लागेको थियो ।
अहिलेका अति लोकपि्रय युवा तथा युवतीको ढुक ढुकीमा बस्न सफल तथा अति लोक पि्रय आधुनीक गीत दर्शकहरुसाम ल्याउन सफल गायक हिमाल सागरले
न मैले लेखे न उनले लेखीन् खै कस्ले लेख्यो आशु सरी जिन्दगीको मेरो कथा
अती लोकपि्रय आधुनिक गीत गाउँदा दर्शकह्ररुको ताली तथा सिटीले हल अती गुाजयमान भएको थियो भने यूएईबाट नै सुटिङ्गको सुरु गरिएको नेपाली चलचित्र मातृभुमीको अति मार्मिक गीत
गाउँमै नपुगेको सयौ बर्ष भयो साथी भाई आफन्तलाई नदेखेको मेरो त्यो गाउँ मेरो त्यो ठाउँ हा हा
भन्ने अति मार्मिक शब्दहरुले रचिएको गीत गाउँदा दर्शकहरु सबै स्तब्द देखिन्थे । बर्षौ सम्म गाउँमा नफर्किएको प्रदेशीको पिडाका शब्दहरुले भरिएको अति मार्मिक गीत थियो । उनको पहिलो गीतलाई वान्स मोर भन्दै धेरै दर्शकहरुको अनुरोधमा दोश्रो पटक पनि गाएका थिए ।
कार्यक्रम रोचक त्यतिबेला भयो तब स्टेजमा शिवहरी पौड्याल किरण केसी र सौजन्य सुब्बाको प्रहसन ईमरजेन्सी वार्डको प्रस्तुती आयो करिब २० मिनेटको उक्त प्रहसनले नेपालको समसामाहिक बिषयबस्तुहरुलाई समिटिएर प्रस्तुत गरिएको थियो । उक्त प्रहसनको अवधीमा दर्शकहरु पेच मिची मिची हासेका थिए तर अन्त्यमा अति मार्महिकरुपमा अन्त्य हुदा दर्शकहरु भावुक देखिन्थे । देशलाई विभिन्न सत्ताधारी तथा राजनीतिक दलहरुले बर्षौ देखी चिथरी रहेको र नेपाली आमाको चित्त दुखेको शन्देस उक्त प्रहसनले दिएको थियो ।
लोक गीतका धनी पुर्षोत्तम न्यौपाने नेपाली पहिरन दौरा सुर्वाल र ढाका टोपीको पहिरनमा स्टेजमा उपस्थित हुदा प्रवासी नेपालीहरुले तालीले स्वागत गरेका थिए भनॆ अति लोक पि्रय गीत
पुर्वैमा झ्याल राखे झल्को आउँदा भेटहुन मन लाग्दा मआउछु ख्याल राखे भन्ने भाकाको गीत प्रस्तुत गरेका थिए जसमा सौजन्य शुब्बाको अभिनय रहेको थियो र उक्त गीतमा सौजन्य सुब्बाले नृत्य पनि गरेकी थिईन् ।
मयाँले मार्र्यो दिल बिगार्यो त्यो ज्यानले पार्नु पिर पार्र्यो भन्ने भाकामा पुर्षोत्तम न्यौपाने र अनिता खड्काको दोहारी जम्दा दर्शकहरु आडैमा बसेका अन्य दर्शकहरुको पनि ख्याल नगरी कुसर्ी सार्दै नाच्नमा ब्यस्थ देखिन्थे भने अन्य दर्शकहरुले कुसर्ीबाटनै हातका तालीले साथ दिएका थिए । मध्य रातको ११ बजेको मौशममा पनि हलमा अझै रौनक छाएको थियो । एक आपसमा गीतका भाकाले घोचाघोच गरीरहर्दा र दर्शकहरुले पनि गीतको भाकामा साथ दिदा वरपरको वातावरण पनि संगितमय भएको थियो ।
आदी खोला उर्लेर आयो आउने थिईन मायाँले बोलायो भन्ने अर्को भाकाको गीतमा दोहोरी गाउँदा हलमा दर्शकहरुको नाच्ने भीडले अति रमाईलो भएको थियो भने पुर्षोक्तम न्यौपाने र अनिता खड्काले दोहोरी गाई रहदा दर्शकहरु स्टेजमा पुगेर नाचेर आफ्नो धोका पुरा गरेका थिए । दर्शकहरुको भिडले गर्दा गीत पुरा हुन नपाउदै टुग्याउनु परेको थियो भने त्यहाँ उपस्थित सेक्युरिटी गार्डले भिडलाई साम्य मार्न धौ धौ परेको थियो । उक्त प्रत्यक्ष लोक दोहोरी गीतमा संगीत भरेका थिए असिम महत र उनका साथीले ।
कार्यक्रमलाई मुख्य प्रायोजन गरेको थियो वस्टन यूनियन मनि ट्रान्सफर र सह प्रायोजन यूएई एक्सचेन्ज फ्लाई एति यरलाईन्स जिएमटी ट्राभल्स पाईनर इन्सुरेन्स नेपाली चाईनीज रेष्टुरेष्ट टिम ट्राभल्स सुपरजेट ट्राभल्स आदीले कार्यक्रमको प्रायोजन गरेका थिए ।
संस्थाका कोषध्यक्ष खिमलाल पाण्डे तथा सहकोषाध्यक्ष राधाकृण्णा पाण्डे द्धारा प्रमुख अतिथि तथा अन्य अतिथिहरुलाई ब्याज बितरण गरेका थिए । कार्यक्रममा दुबई लगायत दुबई आसपासका हजारौ प्रवासी नेपालीहरुको उपस्थिति रहेको थियो । यातायात ब्यवस्थामा भिम गुरुङ्ग तथा कृष्ण सुवेदीले ठुलो सहयोग गरेका थिए । संस्थाका सचिब डोलराज काफ्लेको कार्यक्रमलाई सफल बनाउन ठुलो भुमिका रहेको थियो ।
कार्यक्रम ६ बजे सुरु हुने भनिएता पनि रातको करिव साढे सात बजे सुरु भएर करिव मध्यारतको ११ बजे कार्यक्रम समाप्त भएको थियो ।
यूएईमा केही समय यता नेपालबाटनै ख्यातीप्राप्त कलाकारहरु आएर कार्यक्रम गरिएको थिएन त्यसैले पनि यो कार्यक्रम अन्य कार्यक्रमहरुभन्दा केही सफल भएको उपस्थित दर्शकहरुको भनाई थियो भने केही अपवादहरु प्नि देखिएको थियो । कार्यक्रममा नेपालीहरुले होहल्ला गर्दा त्यहाँका सेक्युरिटी गार्डहरुलाई साम्य पार्न कठीन भएको थियो । कार्यक्रमको अन्त्य सम्म पनि दर्शकहरुको उत्तीकै भिड थियो । कार्यक्रममा दुबई लगायत दुबई आसपासका हजारौ प्रवासी नेपालीहरुको उपस्थिति रहेको थियो । यातायात ब्यवस्थामा भिम गुरुङ्गले ठुलो सहयोग गरेका थिए ।
पहिलो कार्यक्रम साचालन संस्थाका महा सचिव तेज आचार्यले गरेका थिए भने दोश्रो चरणको कार्यक्रम टिका ढकाल जितु नेपालले साचालन गरेका थिए ।
April 6, 2008
राष्ट्रिय कलाकारहरुको माझमा रहदाको केही क्षण
April 4, 2008
घुम्दै फिर्दै रुम्जाटार
जिम्मेवार राजनैतीक पार्टीहरुले कसरी हुन्छ माओबादीहरुलाई प्रजातान्त्रीक मुलधारमा अवतरण गराउने तर्फ सोच्नु पर्थ्यो। माओबादीहरु निर्वाचनमा भाग लिएर प्रजातान्त्रीक संस्कार अनुरुप निर्वाचनको परिणाम स्वीकार गर्ने अवस्था सम्म पुगेकै छैनन र उनीहरुबाट प्रजातान्त्रीक संस्कारको अपेक्षा गर्नु बेकार हो। त्यसकारण माओबादीलाई केही समय कांग्रेस्-एमालेहरुले संगै लिएर जानु पर्ने थियो। ताते-ताते गर्दै प्रजातान्त्रीक बाटोमा बामे सर्न सिकाउनु पर्ने थियो।
यो संबिधान सभाको चुनाव भएकोले कुनै पार्टी बिशेषको बहुमतले संबिधान निर्माण गर्ने पक्कै पनि होइन।त्यसकारण अहिलेको संसदको जुन संरचना छ, सोही अनुसार तालमेल गरेर अघि बढेको भए पनि हुन्थ्यो। त्यसो गर्दा संबिधानसभामा माओबादीको सन्मानजनक उपस्थिति हुन्थ्यो र उनीहरुलाई देशि-बिदेशी प्रतिक्रियाबादीहरु मिलेर समाप्त गर्न लागेको भन्ने भान पर्ने थिएन।अब अहिले सबै एक्ला एक्लै चुनाव लड्न थाले पछि यो निर्वाचन् एउटा जीवनमरणको सवाल् बनेको छ र अहिले जति पनि भिडन्त आक्रमण भैरहेको छ, यो सबै एक्ला-एक्लै चुनाव लडनाको कारणले भैरहेको छ। जसको राजनीति, संगठनको आधार नै बल प्रयोग, हिंसाबाट टिकेको हुन्छ, उनीहरुले आक्रमण नगरेर के गर्छन् त?
ल मानें, दलहरुबिच् तालमेल सम्भव भएन, ठिकछ तर माओबादीका केही शिर्ष नेताहरुको लागि ठाउं छोडिदिन पर्थ्यो।त्यसो गर्दा उनीहरुका कार्यकर्ताहरुलाई पक्कै पनि चित्त बुझाउने ठाउँ हुन्थ्यो र अहिलेजस्तो मारमुंग्रीमा लाग्ने थिएनन् होला। यस बिषयमा समयमै सोचिएको भए पक्कै पनि अहिलेजस्तो दिनहु भिडन्तका समाचारहरु सुन्नु पर्ने थिएन होला।
एकपटक चुनावी प्रक्रियामा, संबैधानीक प्रक्रियामा उनीहरुलाई ल्याइसकेपछि अघि बढ्न सजिलो हुनेथियो। उनीहरुको सेनाको ब्यबस्थापन् हुनेथियो र उनीहरु बढी जिम्मेवार हुनेथिए।एमाले र कांग्रेस, जो माओबादीलाई राजनीतिको मूलधारमा हामीले लिएर आयौं भनेर डंका पिट्छन्, अहिले नै निर्वाचनमा बहुमत् ल्याएर आफू एक्लै अघि बढ्न हत्तारिन हुने थिएन। यहांनिर यी दुबै दल चुके र देश् फेरि घुम्दै फिर्दै रुम्जाटार-अर्थात माओबादी समस्याले कहिले निकास नपाउने अवस्थामा पुगेको छ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
संबिधान सभाको सेरोफेरोका "राष्ट्रिय मजाकहरु"
प्राबिधिक शिक्षा, CMA पढ्न आवेदन दिन नागरिकता चाहिन्छ, पियनको दर्खास्त दिन नागरिकता चाहिन्छ, तर संविधान सभाको लागि भने विना नागरिकता आवेदन गर्न पाइने !!
के संविधान सभा भनेको पियन पद वा CMA को पढाई भन्दा महत्वहिन हो ? २५ वर्ष नाघेका तर नागरिकताको आवश्यकता वा उपयोगीता नजानेकाले भोली संविधानमा कस्तो नागरिक हक, दायित्व, प्रणालीको कुरा समावेश गराउने प्रकृयामा बहस गर्ने होलान् !!
यो त सन्ता सिंहको जोक भन्दा पनि गजबको जोक भएन र!
आफ्ना कार्यकर्ताहरुलाई संयमित हुन प्रचन्डको निर्देशन , माओवादीले कसैलाई आक्रमण नगर्ने
पत्र पत्रीकाका समाचार (अझ फोटो सहित): रसुवामा काङ्रेस उम्मेद्वार माओवादी बाट कुटिये
माओवादी जवाफ: लाखौं नगदको बिटो बोकेर मतदाता किन्दै हिंडेको बेला स्थानिय जनता एवं कार्यकर्ताले बिरोध गरे पछी उल्टै गुण्डा लगाएर जाइ लाग्दै हाम्रा कार्यकर्ताहरुलाई घाइते तुल्याको, त्यही भएर स्थानिय बासिन्दाले चुनाव प्रभाव पार्न खोज्ने लाई कार्वही गरेका हुन।
"क्या जवाफ !!, आँफै छानविन, आँफै सजाय, ठ्याक्कै भ्रष्टचार निवारण शाही आयोग जस्तो !"
संविधानसभाको निर्वाचनको पूर्व सन्ध्यामा देशवासीका नाममा भनेर एक दुई दिनभित्रै राजा ज्ञानेन्द्रको सम्बोधन आउने samudrapari.com
“राजा ज्ञानेन्द्रको संविधानसभालाई शान्तिपूर्ण र भयरहित वातावरणमा निष्पक्ष ढंगबाट भाग लिन देशवासीलाई आह्वान गर्दै एक दुइ दिन भित्रै सम्बोधन आउने बताईएको छ ”
राजतन्त्रात्मक गणतन्त्र भएको देशमा सम्बोधनमा राजाले पनि गणतन्त्रको पक्षमा वकालत गरे भने पनि अनौठो मान्नु पर्दैन, पशुपती शम्शेर देखी सुर्य बहादुर थापासम्म गणतान्त्रिक पथमा छन भने ज्ञानेन्द्र पनि के कम !
गान्धी बन्न प्रचन्डको निर्देशन
(Kantipur, April 3)
यो निर्देशन आफ्ना कार्यकर्तालाई होइन अरु पार्टीका उम्मेद्वार र कार्यकर्तालाई हो !
भन्न खोजेको के भने, चुनाव सफल बनाउनलाई अब एक हप्ता YCL ले जती पिटे पनि विपक्षीहरु गांधी जस्तै सहंशिल् भएर बस, दुई चार गोली, खुकुरी सहनु पर्छ माओवादीको प्रतिकार नगरि गांधिवादी भएर बस , नत्र ………………भयंकर हुन्छ !!
प्रचन्डको हत्या प्रयास
(Kantipur, April 3)
सिरहाको लहान सभामा आफूलाई हत्या गर्न एक मिनेटमात्र बाकी रहदा षड्यन्त्रकारीलाई वाईसीएलले समाएको प्रचन्डले दाबी गरे ।
एक मिनेट पछी हत्या हुँदैछ भन्ने कुरो काम्रेडले कसरी थाहा पाए ! यो कुरो यमराजले नै भनेको हुनु पर्छ । १५-१६ हजार मान्छे मार्दा पक्कै पनि यिनको यम राजसँग चिन जान वा अझ "अघोषित सहकार्य" भएको हुनु पर्छ र नै उनलाई कसैले मार्न लागेको कुरो एक मिनेट पहिले यमराजले त्यही आएर भनेको हुनु पर्छ ! नत्र त मनुवामा एस्तो खुबी कहाँबाट आउथ्यो होला र!
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
दुइ कन्टेनर
खुशीको कुरो केही गरे पनि तह लगाउन नसकिने भालुको कम्पट माओबादी चुनाबमा आए। यस्तै रमितै रमितामा संबिधान सभाको चुनाव पनि हुने भयो।तर के चुनाबको भोली पल्ट के हुन्छ कसैले सोचेको छ? बास्तबमा भन्ने हो भने नेपाल अहिले २ कन्टामेन्टको बिचमा छ। जंगलका मोओबादी बन्दुक थन्काए जस्तो गरेर गाउंमा किल्ला गाडेर बसेका छन भने शहरका खाओबादी राजदरबारमा टाउको लुकाएर बसेका छन। यो कुरो निश्चिच छ, ४-५ सिट काट्न माओबादीलाइ कठिन हुनेछ भने ४-५ सांसद राजाले पाउन झनै कठिन छ। आफुलाइ बाघ ठान्नेहरु आफ्नो जुघां उखेलीदा के टुलुटुलु हेरेर बस्छन? संबिधान कागजको खोस्टो हो, कानुन पालना गरे संबिधान नै चाहिदैन, पालना नगेर जत्रो ठुलो ढड्डा बनाए नि बिहारको चाल। दुइ दशक पहिले संबिधान बन्दा दिपावली भएको थियो,यस पटक बन्दुक पडकाउलान तर केही दशक पछि अर्को संबिधान सभाको रमिता नहोला भन्न सकिन्न किनकी दुइ दशक पहिला संबिधान यिनै कांग्रेस, कम्निष्टले बनाएका थिए जुन अहिले लाजै पचाएर अर्को संबिधान सभामा उठ्दै छन।
अनुमानीत परीणाम आउने हो भने संबिधान सभाको रिजल्ट पछि माओबादी सर्कसको जोकर र राजा कर्लब्रेकको जोकरमा सिमित हुनेछन। ल भन्नुहोस त जंगलको राजा र शहरको राजा फाल्तु जोकर भएपछी आरामसंग बस्लान त? मैले संबिधान सभाको मुखैमा अशुभ कुरा गरेको होइन न त म संबिधान सभा नहोस भन्न नै चाहान्छु। बास्तबमा भन्ने हो भने अहिले संबिधान सभाको चुनाव गोली र बारुदले भरी भराउ जंगलको कन्टामेन्ट र शहरको कन्टामेन्टको बिचमा हुंदैछ जुन जतिखेर पनि बिस्फोट हुन सक्छन र जता पनि फर्केर जस्लाइ पनि सिध्याउन सक्छन। फेरी पनि संबिधान भन्ने कागजको खोस्टोमा देश बन्दक बनाएर जनताको रगतको होली खेलेको देख्न नपरोस,यही छ पशुपतीनाथसंग मेरो प्राथना।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
छापामार
क्रान्तिको चर्का कुराले ,
तरकारिमा नुनै चाहिएन मलाइ ।
जनबादका चिप्ला मलमले ढिडो निल्न ,
गुन्द्धुक चाहिएन मलाइ ।।
हंसिया हतौडाले सज्जित रातो झण्डा ,
मेरै आङको बस्त्र सम्झे ।
जर्ज बुशको अगाडि आफ्नै उपज ,
प्रचण्डपथलाई छेप्यास्त्र सम्झे ।।
भाई गुमायं दाइ गुमाएँ ,
गुमायंँ सबै श्री सम्पत्ति पनि ।
छोरा-छोरी पनि बिषिर् दिएं समाते बन्दुक ,
गर्छु केहि परिर्बतन भनि ।।
उधारो जनबादको लागि नगद ढिडो र गुन्द्धुक पनि दिएँ ।
मन गणन्ते क्रान्ति कथामा छारो भैरेको बलि चढायँ ।।
अब त के रह्यो र म संग ?
मै रिक्तिए पछि थन्किए हतियार ।
लोक तन्त्रको नयाँ थरले पोतिएको गणतन्त्र अगाडि आई भयो लम्पसार ।।
आशा थियो पेट भरि खाने अनि एक सरो आँङभरि लगाउने ।
अनि हरेक बर्षआउने परम्परागत दशै तिहार लोसार इद रमादानमा रमाउने ।।
खै के भनुँ अब म त लुटिय छैन मेरो कोही कतै पनि ।
परिर्बतन बलिदानीको घुमाउरो बाटो त रुम्जाटार पो रहीछ जाने ।।
मलाई के थाहा मेरो पर्खाइमा कोही पनि आउँदैन
भैरेको बलिदानी पनि आउँदैन
तर पर्खि बसे मेरो भाई मेरो दाई अनि मेरो भैरे समयले मलाइ बिर्षदैन ।।
प्रतिक्षा निकै गरे बषन्तको तर देखिन्छन रुखा फाँटहरु चारैतिर ।
कहिले होला हरियाली नयाँ बषन्तको आगमन हुन्छकि कि चाउरे मुहार रसिला आखिर ।।
लौन म त बिच बाटैमा परे गणतन्त्रलाई भाइ दाइ र भैरे सापट दिय ।
आखिर म घर पनि पुग्न सकिन मेरो जनबाद पनि आएन
लोकतन्त्र पनि आएन गणतन्त्र पनि आएन ।।
मेरो भाइपनि आएन मेरो दाइपनि आएन छोरो भैरे पनि फर्केन
आखिर बषन्त पनि आएन, कर्याङ कुरुङ पनि आएनन ,
काँक्रा फर्सि पनि रोप्न पाइएन
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
April 3, 2008
खुट्टा भाँचिदिने गान्धि र भेजिटेरिएन चिकेन म:म:
माओवादी कार्यकर्ताले सुतीरहेको बेलामा कांग्रेस कुटे , दलहरूबीच विभिन्न ठाउँमा झडप, उम्मेदवारमाथि आक्रमण, काभ्रेमा जनमोर्चाको प्रतिशोध, माओवादीद्वारा नेमकिपाका कार्यकर्ता कुटिए, दलका कार्यकर्ताहरूबीच हिंसा जारी ........
बिगतका केहि हप्ता देखी पत्रिकामा करिब करिब यस्तै समाचारहरुको भरमार छ , अनि पत्रीका पढ्दा लाग्छ हामी कुनै सभ्य समाजको स्वस्थ राजनैतीक प्रतिस्पर्धामा हैन कुनै आदीम ढुंगे युगको "सरदार" वा "मुखीया" बन्ने होडबाजिको मुकाबला र जसको शक्ती उसैको भक्ति भन्ने युक्तिमा विश्वास गर्छौं ।
तेस्रो विश्वमा हुने निर्वाचान, चुनाव आदिमा एक-अर्कालाई 'तथानाम' भन्ने अनी आफ्नो मार्ग चित्र देखाउने भन्दा प्रतिपक्षको खोईरो खन्ने काम करिव करिव सामान्य जस्तै बनेको छ, तर यसरी एक अर्कामा जाई लाग्ने, कुटने, पिटने र ज्यानै जाने आक्रमण गरेर बिपक्षीलाई परास्त गर्न खोज्ने काम सायद ढुंगे युगमा पनि कमै हुँदो हो ।
सुन्न र भन्न पनि लाज लाग्ने कुरो, देशको भविश्य किटान गर्न अग्रसर दलका स्थानिय नेता र कार्यकर्ताको यो व्यबहारले भोलीको नेपालो भविश्य वा संबिधान कुन खालको बन्ला भन्ने बारेमा गहिरिएर सोचने हो भने कहाली लाग्ने अबस्था छ । वरिपरि, कार्यकर्ता र 'सुरक्षा घेरा' सहित चुनाव प्रचारमा हिडेका उम्मेदवारलाई त ज्यान जोगाउन मुश्कील हुने यो अबस्थामा सामान्य मतदाताले कसरी भयरहित भएर भोट हाल्ने हुन?
यसै भीचमा फेरी १२ बुँदे, १७ बुँदे के हो कुनी फेरि अर्को यौटा 'झै-झगडा' नगर्ने सम्झ्यौता पनि भएछ .....तर यता झगडा नगर्ने कुरा हुदां हुदैं अर्को तिर ५-७ जनाको हड्डी पनि भाँच्चीसकेको रहेछ। अनि यस्तै कुरै कुरो र लहडको बिचमा भित्ते राष्ट्रपतिले आफ्ना कार्यकर्तालाई कमसेकम १ हप्ताको लागी गान्धी बनिदिन आग्रह गरेछन ।
सोचेँ एकजना कमजोर शरिरका दुब्ला पातला गान्धिको बिचारले पुरै भारतको ईतिहास अर्कै भयो भने हामीकहा त हजारौंको संख्यामा 'गान्धी' हुने भए .....अब भने देशमा केहि हुन्छ । तर मेरो आशा धेरै बेर टिक्न पाएन ..... आज बिहान 'अनलाईन' मा नेपाल एफ एम मा वाई सी एलका महा सचीव दिलिप प्रजापतिसंगको कुराकानी सुन्दै थीए। एउटा प्रश्नको जबाफमा उनले आफूहरु गान्धी बने पनि कसैले लात्ता हान्न आयो भने त्यसको लात्ता भाँचिदिने बताउँदै थिए । मैले सुनेको थीए गान्धि भन्ने गर्थे "कसैले दायाँ गालामा थप्पड हाने वाँया गाला पनि दिनु" । तर यहा त गान्धिको पनि क्रान्तिकारी अवतार रहेछ ।
अंहिशाका पुजारी गान्धि र यो खुट्टा भाँचिदिने गान्धि बिच म कुनै तालमेल देख्दिन न त मलाई भित्ते राष्ट्रपतिको उर्दी कार्यकर्ता सम्म लागु हुनेमा नै विश्वास छ । यसरी नेताले कसैलाई सुनाउन मात्रै बोल्ने र कार्यकर्ताले सिधै लात्ता भाँचिदिने कुरो गर्ने हो भने भोलीको नया नेपालमा "लात्ता भाँचिदिने गान्धि", 'बन्दुक समात्ने बुद्ध' वा 'खुकुरी भिर्ने' शान्तिदूत जे पनि हुनसक्छन अनि त्यसपछि नेपालको हालत के हुन्छ त्यस बारेमा न त भित्ते राष्ट्रपति न त यि क्रान्तिकारी गान्धि कसैलाई केहि थाहा हुने छैन । गान्धिबाद यौटा तपश्या हो जसलाई १ हप्ता लिने र त्यसपछि छोडने कुरा नै गलत छ भने गान्धि बादी हुदै खुट्टा पनि भाँच्दै हिडने कुरा त भेजिटेरिएन चिकेन म:म: जस्तै हो ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
April 2, 2008
पोखिएका खुशी
पोखिएका खुशी बटुल्ने आस्थाहरु कुजो भएर हो कि
छिनेका आशा उन्ने धागो काँचो भएर हो कि
विश्वाशका आधारहरु चुडिदै गई रहेछन
सपनाका आकारहरु खुम्चिदै गई रहेछन
छल्लिएका चेतना जगाउने पूजाहरु खोटो भएर हो कि
दुखी रहेको माटो सजाउने हातहरु लुलो भएर हो कि
भरोसाका धारहरु बदलिदै बगिरहेछन
श्रदाका मुर्तिहरु भात्किदै गईरहेछन
तेसैले
निस्ठा र कर्तब्य बिर्सिएका बिदुरहरु
धाराबाहिक किम्बदन्ती भित्र
दर्शन भुली भाषाण छाटीरहेछन
निती छोडि नाता साटी रहेछन
जातिय भेदलाई सल्काएर
मानबताको अबशेश डडाईरहेछन
बुद्दको ढाडमा टेकेर
कुजो शान्तिको बिगुल फुकी रहेछन
रोइ रहेको आफ्नो माटोलाई
भागबन्डाको तरबारले रेटी रहेछन
अर्कातिर
अभिमानी दुर्योधनहरु
बुद्द फल्ने माटोमा आगो रोप्दैछन
शान्तिको छहारिमा बारुद सार्दैछन
अनी
गिदी नभएका दुर्योधनलाई हाक्ने सकुनिहरु
आफ्नै कुरुक्षेत्रको रचनामा
टनकपुर हारे सुस्ता हार्छन
कोशी हारे दशगजा हार्छन
हुनसक्छ हार्दाहार्दै अस्तित्व हार्छन
चेतनामा बिर्को लागेका बिदुरहरु
जती बरबराए पनि
दुर्योधनहरु जती कराए पनि
थेग्न नसकिने डुङुरका डुङुर योजनामा
गास, बास, कपास, अटला भन्ने छैन
शन्ती र सुरक्षा अटाउला भन्ने छैन
यसैले
निरह सगरमाथालाई धितो राख्दै
स्वाभिमानलाई लुटाउछौ हामी
आँफै सँग बिस्थापित भई
परदेशमा पसिना बेच्छौ हामी
सात समुन्द्र पारी झोक्रिएर
मन भरी रोएको नेपाल बोकी
दुई थोपा आशु खसाल्छौ हामी
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
April 1, 2008
चुनावको चर्चा र मेरो भोट
होला होला, नहोला नहोला भन्दा भन्दै नेपालमा संविधान सभाको चुनावको दिन नजिकै आइसक्यो । अबको ९ दिन पछाडि त संविधान सभाको चुनाव - ९ दिन भन्या के हो र ? त्यसो त हाम्रो यो दौंतरी समुहमा केहि समयअगाडि सम्म पनि यो चुनाव यहि मितिमा किमार्थ हुन सक्तैन भन्ने कुरोमा झण्डै सबैको एकमत जस्तो थियो । अनुमान गर्न सकिएका वा नसकिएका कुनै कारण निस्कने छ र चुनाव भाँडिने छ भन्ने मतमा हामी बीच प्रचण्ड बहुमत थियो । तर त्यसको मतलव हामी मध्य कसैले पनि चुनाव नचाहेको भने हैन । कस्तो बिरोधाभाष ? हामी चुनाव होस भन्ने चाहन्छौ, तर चुनाव होला भन्ने विश्वास गर्न सक्तैनथ्यौं । अब एकैछिन किन चुनाव हुँदैन भन्ने पक्षमा उठ्ने गरेका तर्कहरुको समिक्षा गरौ ।
(१) मधेशको समस्या नै समाधान हुनै सक्तैन भन्ने सोचाइ थियो, त्यो समस्या पछाडि दरबार, भाजपा, हिन्दुबादी इत्यादि रहेको र कुनै हालतमा तिनले चुनाव हुन दिँदैन भन्ने थियो । झन महन्थ ठाकुर समेत फुटेर गएपछि त्यो मुद्दा जबरजस्त अगाडि बढेको थियो, तर भारतीय दुतावासले जसोतसो मिलाइदिए ।
(२) त्यसपछि माओबादीले बखेडा झिक्नेछ भन्ने सोचाइ थियो, जनस्तरमा माओबादीले कुनै सम्मानजनक उपस्थीति जनाउन नसक्ने तथा हार्ने चुनाव नलड्ने माओबादि योजनाको संकेत मनग्य थियो । तर अनुमान बिपरीत अहिलेसम्म माओबादी यो चुनावमा प्रतिबद्धता ब्यक्त गर्न चुकाएको छैन ।
(३) मधेशबादि दलले तराइको भोट काट्ने सम्भावना बढ्यो भने काँग्रेसले नै कुनै बहानामा चुनाव हुन दिँदैन भन्ने सोचाइ पनि बलियो तर्क थियो । तर सुजातालगायत कोइराला खलककै सदस्यहरुले समेत दह्रो प्रतिस्पर्धात्मक चुनौतीको सामना गर्नु पर्दा पनि काँग्रेस पछि हटेको छैन । उम्मेदवारहरु गाँउमा छिर्न नसक्दा पनि चुनाव भने गराउनै पर्ने नीतिमा काँग्रेस अडिग देखिन्छ ।
(४) माओबादिको उपस्थितिले एमालेको भोटब्याङकमा दह्रो पहिरो जाने हुनाले माओबादि हावि हुँदै गए एमालेले पनि चुनावमा ब्यबधान खडा गर्नेछ भन्ने सोचाइ थियो । अनुमान मुताविक चुनाव प्रचारको क्रममा कतिपय ठाउँमा एमालेका प्रभावशाली नेताहरु समेत आफैले उम्मेदवारी दिएको चुनावि क्षेत्रमा भ्रमण गर्न नसकि पुलिस प्रशासनको सुरक्षाको सहारामा रहनु पर्ने स्थिति आयो, तर पनि चुनाव रोक्न एमाले इच्छुक देखिएको छैन ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
March 31, 2008
आसन्न निर्बाचन् र अड्कल को बजार।
बजारहरु हल्ला ले गुलजार छन। चुन पसल देखी सुन पसल सम्म, साडी पसल देखी गाडी पसल सम्म आसन्न संबिधान सभाको निर्वाचन नै प्रमुख बिषय भैराखेको छ। सुखद यस माने मा मान्नु पर्छ कि धेरै ले चासो राखेका छन, देश को भबिष्य बारेमा। दु:खद यस मानेमा मान्नु पर्छ कि यो चुनाव हुन्छ कि हुंदैन भन्ने कुरोमा नै कुरोको चुरो अड्केको छ। चुनाव भएन भने हुन सक्ने बिध्वंश कहाली लाग्दो जती छ त्यती नि चुनाव हुंदा सम्म हुने ध्वंसको छ। चुनाव हुन्छ र हुनु पर्दछ। चुनाव हुन नदिनेहरुको असली स्वरुप अझै देखिएको छैन। २४० बर्ष देखी बंशजको आधारमा सम्पूर्ण शक्तिको केन्द्र बनेका ज्ञानेन्द्र र तिनका सन्तानअहरुले यती सजिलै राजासत्ता त्याग्ला भन्ने कुरोमा विश्वाश गर्ने ठाउँ काम छ।
जसरी हुन्छ चुनाव हुन न दिने सोच कै एउटो पाटो तराइ आन्दोलन थियो। जाती र समुदायको पीडा जस्तो संबेदनशिल बिषयमा आगो लगाएर चुनाव भाड्न खोजेको हो भन्ने कुरो त संझौता हुन लागेको बेला चुनाव सार्ने प्रस्ताव उपेन्द्र यादव समुहले ल्याउनु ले स्पष्ट हुन्छ। ती उपेन्द्र यादब गत बर्ष मात्रै भारतको गोरखपुरमा भएको विश्व हिन्दू परिषदअको सम्मेलनको मन्चबाटै राजातन्त्र जोगाउने संकल्प गरेका ब्यक्ती हुन। मधेसी समुदायको मसिहा बन्ने दिवास्वप्न बोकेका यादबको बिगतको राजनऐतिक ईतिहास र चुनाव मा भाग लिएर पनि चुनाव हुन दिन्न भनेर लागेको जङली हरुको पार्टी को कृयाकलाप को तारतम्यताले बिगतमा राजा बिरेन्द्र सहकार्य गरेको भन्ने कुरा को नचाहेर पनि पुष्टि हुने हुन्छ।
आफु जसरी भए नि चुनाव जित्नै पर्ने बन्दूके मानसिकता जसरी गरे नि चुनाव नजित्ने देखिए पछीको बर्बराहट अचेल दिनहुं सुन्न पढ्न पाईन्छ। के त्यसो भए जंगलीहरु जंगल नजाओन भनेर भोट दिनु पर्यो त ? हिजो तिनको हातबाट पती मारिएका बिधवाहरुले तिनैलाई भोट दिनु पर्यो त? हात खुट्टा भांचिएका हेडमास्टरहरुले तिनैलाई लाल सलाम गर्नु पर्यो त? दुई छाक खान धौ धौ भएका गरीबको भकारी अनी गोठ रित्याउने असत्तिहरुलाई भोट दिनु पर्यो त ? अहं , जनताले भोट दिने छैन तिनलाई। बूथ क्यापचर् गर्न सकिएला केहीइ ठाउमा सबै ठाउमा सकिन्न। १ लाख राष्ट्रिय अन्तरराष्ट्रिय पर्एबेक्षकको आँखा छल्न सकिन्न, तिनलाई राम्रो संग थाहा छ र अस्ती मात्रा भित्ते राष्ट्रपतिले बिदेशी परिबेक्षकहरु चुनाव हराउन आएका रे। बुद्धी न भए बरु केही हुन्न शुद्धी पनि हराए भने भित्ते राष्ट्रपती जस्तो हुन्छ।
ब्यक्तिगत बिचारमा यो चुनाव मा प्रमुख दलको रुपमा नेपाली काँग्रेस र नेकपा एमाले कै हालिमुहाली हुने छ। राजा बाचाउनेहरुको अंश 5 प्रतिशतमा सीमित हुने छ। जंगली पार्टिको हबिगत मधेसी पार्टिको भन्दा नि दयनिय हुनेछ भने अन्य बाम दलको पनि उल्लेख्य सहभागिता हुने छैन। फेरी अर्को कुरा, संबिधान, संबिधान सभासदहरुले लेख्ने होइनन। एक जना मित्र गोबिन्दे ले संबिधान लेख्ला भनेर चिन्तित हुनु भएको देखें। संबिधान केही संबिधान सम्बन्धी कानूनबेत्ताहरुको समूह ले लेख्ने हुन र संबिधान सभाले दफावार छलफल गरी अन्तिम रुप दिने हुन। यस उसले यस्तो संबिधान उस्तो संबिधान यसले के लेख्ला उसले के लेख्ला भन्दा नि कुन चाँही बिचार ले प्राथमिकअता पाउछ भन्ने महत्वपूर्ण कुरो हुने हुन्छ। अस्तु!
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
March 30, 2008
गजल - याथार्थ
पानीको फोकाथ्यो त्यो मन छिनमै फुटी गयो
बलियो थेन समाउने हात ,पलमै छुटी गयो
मुटु कोपरेर हास्यौ तिमी दिमागमा तनाब थियो
जती होसियार भए पनि सुझाबुझ लुटी गयो
जुग्जुग टिक्ने सुमधुर ,सङगित हालेको थिए
बज्नै नपाई मायाको धुन दिल्कै तार टुटी गयो.
हिउद बर्षा केही नभनी तिमीलाई रोपी रहे
बिना बादल मेरो दिलमा असिनाले चुटी गयो
हाम्रो मायाको अबसानमा मलामिको खाचो थियो
मादरिको जातै यस्तो हो कि तमासामा जुटी गयो
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
गीत - आशा
एकक्षिण् बिछोड हुँदैमा, माया मारयो भन्ने नठान।
धुँवा उडेको नदेख्दैमा, आ मरयो भन्ने नमान।
जीवनको यो गोरेटोमा उकालो ओरालो आउछ।
मेटाइ यी बन्धननहरु एक दिन खुशीले छाउछ।
ठेस लागेर लडयो भन्दैमा हिन्नै सकेन भन्ने नठान।
केहीक्षेण बिश्राम लिदैमा हरेस खायो भन्ने नमान।
अध्यारो हटेर जानेछ उज्यालो अबस्य आउने छ।
जीवनको हर मोडमा एकदिन सान्तीले छाउने छ।
पात हल्लिएन भन्दैमा आँधी रोकियो भन्ने नठान।
एकक्षिण सोचमा पर्दैमा बिश्राम लियो भन्ने नमान।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
March 29, 2008
कती हास्ने?
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
March 27, 2008
पुड्का राष्ट्रपती
बाउ किसान,जिन्दगी आलिसान करै बेग्लै छ। सिल्लित्त कपाल, छाटेको जुवां हेर्दात फिल्मकै हिरो जस्ता छन। हातको घडी हेर्ने हो भने अरबपती, खरबपती जस्ता छन। बन्दुक बोकेर अघी पछी दौडने मान्छे हेर्दा परबेज मुसरफ जस्ता छन। इतिहांस हेर्ने हो भने शोलेको गब्बर सिंह भन्दा खतरा तर भाषण सुन्यो गोपाल राज मैनालीको झल्को आउंछ..." धाक भन्दा धक्कु ठुलो हिड्न लागे खुट्टो लुलो"।यस्तै हाल छ माओबादीका टाउके कमरेड प्रचण्डको।
बाइ सि एल ले नेपालका भए जतीका सबै भित्तामा भावी राष्ट्रपती कमेरड प्रचण्ड लेखेको देखेर वाक्क भए पछि एमाले ले भित्ते राष्ट्रपतीको संज्ञा दिए पछि आजीत भएका प्रचण्ड अहिले आफ्नो शान घट्दै गएको र कतै जमानत नै जफत हुने होकी भन्ने त्रासमा छन। केही पहिले सम्म हारे पनि शान्ती प्रक्रिया नबिथोल्ने कसम खाएका प्रचण्ड अहिले एकाएक हारे बन्दुक समात्ने जस्ता खालको भाषण ठोक्न पुगेका छन। सबैलाइ जागिर देखी सबै ठाउंमा रेलको भाषण, दन्त्य कथा जस्तो हुन पुगे पछि चर्को ध्वासका धनी खुट्टा कमाएर यसको बिश्वासघात र उसको षडयन्त्र भनेर औलो तेर्साउन पुगेका छन।
आफ्नै पटेन्ट भएको संभिधान सभा प्रजातन्त्रबादी देखी पन्चतन्त्रबादी सबैले आ-आफ्नै पोल्टोमा राखेको देख्दा अनि गोलमेच सम्मेलनको मेच गोलखाडी भएको देख्दा प्रचण्डलाइ पर्नु पिर परेको छ।बन्दुकले रजांइ गरे जस्तो भोटले रजाइ गर्ने छाटकांट नेदेख्दा कतै पुर्व पन्चले पो उछिन्ने हुन कि, अहिलेसाच्चै नै प्रचण्डपथ शनिशंकटमा परेको छ। बाबुराम भट्टराइ जंगलबाट निस्कदा त बानेश्वर नै जाम भएको थियो। प्रचण्ड निस्कदा त कुरै नगरौ, सिडियो देखी बिबिसी रेडियो, सबैको धनुष्टन्कार लाम। तर त्यो सबै सान नम्बरी सुनबाट पित्तल जस्तै फिका हुंदै गएपछी द्वन्दका हिरो बिकास नन्दबाट समेत जिरो हुन पुगेका छन। यसरी केही समया पहिला संविधान भन्दा माथी र सगरमाथा भन्दा अग्ला पुष्प कमल दाहाल आ.का कमरेड प्रचन्ड दिन दिनै पुड्का बन्दै गएका छन।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
पूर्व पश्चिम राजमार्गको धादिंग खण्ड ठप्प
आज www.Nepalnews.com हेर्दै गर्दा त्यहाँ सागरमाथा टिभि को लिंक देखेपछि मलाई पनी नेपाली समाचार च्यानल हेर्न मन लाग्यो। लिंक क्लिक गरे, पेज खुल्यो, हिक्का छाडदै जेनतेन भिडियो पनी चल्यो. पहिलो पटक प्रतक्ष्य सागरमाथा टीवी हेर्दा मन गदगद हुने नै भयो। समाचार भन्ने सैली र प्राय समाचार त्यती मन पर्दों नभए पनी 'यो मन त मेरो नेपाली' हो भन्ने सोच्दै हेरियो। तर News Flash मा लेखिएको " पूर्व पश्चिम राजमार्गको धादिंग खण्ड ठप्प " भन्ने देखिएपछि अचम्मै लाग्यो । पहिला त कतै धेरै बंद भएर पूर्व पश्चिम राजमार्ग धादिंग तिरै पो पुरयाएकि जस्तो लाग्यो :) तर गूगल को नक्सा (गूगल म्याप ) हेरे पछि यो त "नेपाल को पहिलो समाचार च्यानल" को नेपाली पारा हो जस्तो लाग्यो। किन भने धादिंग जिल्ला को ५०-६० किलोमीटर सम्म पनी पूर्व पश्चिम राजमार्ग (महेंद्र राजमार्ग )ले छुदैन भन्ने कुरा तिनिहरुलाई थाह नहोला त ? हेर्नुहोस : स्क्रीनशट (साभार : Nepalnews.com )
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर।
संबिधानबिज्ञहरु, देश बिदेशका अनुभव भएका ब्यक्तिहरु संबिधान सभामा हुन पर्नेमा तिनै जोशी, खड्का, वली, नेपालहरु छन। यो सरकार बनाउने चुनाव नभएकोले सबै लोकतान्त्रीक दलहरु मिलेर जान पर्नेमा यिनीहरु आपसी भिडन्त गर्दै छन र गैरलोकतान्त्रीक ब्यक्तिहरु निर्वाचित हुने अवस्था निर्माण गर्दैछन।
यो संबिधान सभाको चुनाव हुने अवस्था आउँदा सम्म देशले धेरै गुमाइसकेको छ। यो संबिधान सभाको चुनावको लागि हजारौ जनताको ज्यान गुमेको छ तर माओबादी लगायतका पार्टीहरुको तरिका हेर्दा यती ठुलो उपलब्धी हात्ती आयो हत्ती आयो फुस्सा हुने अवस्थामा पुगेको छ।
सकेसम्म सबै लोकतन्त्रीक पार्टीहरु, नभए घोषणापत्र मिल्ने सम्म का पार्टीहरु चुनावमा एक भएर जान पर्नेमा त्यसो भएन। हुन त त्यस्तो बिधी फरक घोषणापत्र भएको जस्तो पनि देखिएन। जब समान घोषणापत्रहरु छन भने छुट्टाछुट्टै चुनाव लड्नुको के अर्थ हो?
१२ बर्षासम्म संबिधानसभाको रट लगाएर आएको माओबादी संबिधान सभाको चुनाव हुँदा किनरा लाग्ने स्थिती छ। उत्ताउलो भएर कहिले एमाले भन्दा बुर्जुवा प्रजातन्त्रबादी (अर्थात कांग्रेससंग) एकता हुन्छ भन्यो। कहिले राजाबादीहरु भित्रका राष्ट्रबादीसंग मिल्ने भन्यो। फेरी चुनाव हुनु कता हो कता, प्रचन्डलाई भावी राष्ट्रपती घोषणा गर्यो। अन्य पार्टीले प्रचन्डलाई राष्ट्रपती बनाउन माओबादीसंग तालमेल किन गर्थे र?
माओबादी चुनावमा बढारिने निस्चित छ तर यो कुनै खुशीको कुरो हुने छैन। जसलाई राजनीतिको मुलधारमा समाहित गर्न यती ठुलो महाभारत रचियो, उनै यो महाभारतमा समाप्त होला जस्तो छ। अर्थात जसको बिहे उनै जन्ती जान नपाउने स्थिती। माओबादी पराजीत हुने चुनावअको कुनै अर्थ छैन। तिनिहरुले फेरी भद्रगोल मच्चाउने छन जसको उदघोष बाबुराम प्रचन्डले गरिसकेका छन।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
इराकबाटै भावी राष्ट्रपतिलाई धन्यबाद ।
संविधानसभा हुनमा नै आशंका बढिरहेका बेला प्रचण्डले आफूले हारेको चुनाव अमान्य हुने धम्कीले निर्वाचन हुने कुरामा आशंका जन्माएको छ । अर्कोतर्फ माओवादीका अन्य गतिविधिका कारण पनि निर्वाचन हुन कठिन छ । एक अर्कामाथि आक्रमण नगर्ने कागजी सहमति भए पनि व्यवहारमा माओवादीले लागू नगर्दा कठिन स्थिति सिर्जना भइरहेको छ । माओवादीका कारण प्रतिगामी तत्वले चलखेल गर्ने अवसर प्राप्त गरेको छ । प्रचण्ड र उसका कार्यकर्ताहरु नै चुनावको बाधकको रुपमा रहेको देखिएको छ अहिलेका दिनहरुमा वाईसिएल र छापाचारलाई परिचालन गरेर उम्मेदारहरुलाई बारम्बार आक्रमण गर्न लगाउने यो कहाँको न्याय हो चुनाव प्रचारप्रसारका क्रममा गाउँगाउँ पुगेका उम्मेद्धार र कार्यकर्ता माथि कि बारम्बार आक्रमण गरिन्छ । कि यो पनि केन्द्रको निर्णय होईन प्रचण्ड जीको मुखमा त यै वाक्यले बास गरेको छ । चुनाव भनेकै खुल्ला प्रतिस्पर्धा हो नि कि यो कुरा प्रचण्डलाई कसैले पनि सुनाएन । नेकपा माओवादीले भने ´ै उनिहरुलाई जनताले विश्वास गरेकै हो भने किन रोल्पामा छापामार मात्र धेरै नै प्रयोग गरियो कि रोल्पा जस्तो माओबादीको राजधानीमा पनि जनताले टेरपु´र लाएन माओवादीको अध्यक्ष प्रचण्ड त जनताले नै नचुनिकन राष्ट्रपति भन्दै हिड्दा अलि कति पनि जनताले के भन्ला भनेर सोचेनन् कि राष्ट्रपति भन्दा भन्दै सोच्न भ्याएनन् । प्रचण्ड जी माओवादी कार्यकर्ताले मात्र प्रचण्ड राष्ट्रपति हो भन्दैमा नेपाली जनताले प्रचण्डलाई राष्ट्रपति मान्दैनन् माओवादीले खूल्ला प्रतिस्पर्धा मार्फत् चुनेको खण्डमा मात्र आफुलाई राष्ट्रपति हो भनेर गर्व गर्नुस् ।
केहि दिन अगाडी माओवादीले हामीले संविधान सभाको निर्वाचन जसरी पनि जित्नै पर्छ नजितेको खण्डमा फेरि अर्काे विद्रोह गर्ने चेतावनी पनि विभिन्न चुनावी सभालाई सम्बोध गर्ने क्रममा व्यक्त गर्नु भएको रहेछ यो कुरा मैले भने विभिन्न संचार माध्यमबाट थाहा पाए तर यसको अर्थ त ६ अरब खर्च गरेर संविधान सभाको निर्वाचन नगरेपनि हुन्छ नि यसको त कुनै अर्थ रहेन किनकी जनताले चुनावमा भाग लिएपछि त त्यसको परिणाम त कसैको हार हुन्छ भने कसैको जित हारेकॊ खण्डमा त्यो निर्वाचनको भने मान्ने ता नै नरहने हो त ।अन्तिममा यि र यस्ता कार्य गर्नु भएकोमा भावी हुनलाग्नु भएका ने क पा माओवादीका अध्यक्ष प्रचण्डलाई धन्यवादका साथै अगि्रम शुभकामना पनि ।
निर्वाचनको समय जति नजिकै छ त्यति नै सर्वसाधारण जनतामा त्रास बढ्दै गएको छ । परिवर्तनका निम्ति मिठो सपना साँचेर राखेका उनीहरु पटक-पटक हुने झडप अपहरण धम्कीजस्ता गतिविधिले आजको दिनसम्म भयरहित वातावरणमा मतदान गर्ने स्थिति सिर्जना हुन सकेको छैन । नेपाली जनतालाई भय रहित बाताबरणमा निर्वाचन गर्ने अवसर बनाई दिन इराकमा रहेका नेपालीको आग्रह छ र सहि नेता चुनिदिनु हुन पनि नेपाली जनतालाई पनि आग्रह गर्दछौ ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
March 26, 2008
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
March 23, 2008
युगल गीतः- नयाँ रंघ
केटी-मेरो लागी कोही छ की फेरी सिन्दुर लगाइ दिने।
जीवन साथी बनाएर कुन्ठित आशा जगाइ दिने।
केटा-मलाइ माया गर्छौ भने फेरी सिन्दुर लगाइ दिन्छु।
बिधुवाको दाग मेटाइ नयु सपना सजाइ दिन्छु।
केटी-अटल सौभाग्य खोसीेदा बैशैमा बिधुवा भएँ म।
जीवनको त्यो रंग हराउदा िपंडाले साहै रोएँ म।
केटा-जे हुनु थियो भैगयो बिगतको अब शोक नगर।
उजाड त्यो जीवन भरी नयु रंङ्कै रंङ्कले भर।
केटी-मेरो लागी कोही छौ की फेरी चुरा लगाइ दिने।
जीवनभरी अपनाएर शौभाग्यवती बनाइ दिने।
केटा-मलाइ माया गर्छौ भने फेरी चुरा लगाइ दिन्छु।
दुख-सुख बाढीकन नयाँ आशा जगााइ दिन्छु।
केटी-अभाव र तृणा भित्र कहिले सम्म अल्मुी रहु।
बन्धन र बिधी भित्र कहिले सम्म बल्मुी रहु।
केटा-दुख दिने बिधी तोडी अब पाइला चाल्दा हुन्छ।
केटी-मेरो लागी कोही छौकी फेरी पोते लगाइ दिने।
निरस यो जीवनबाट चिन्ता सवै भगाइ दिने।
केटा-मलाइ माया गर्छाै भने फेरी पोते लगाइ दिन्छु।
बिधुवाको दाग मेटाइ जीवन भरी सघाइ दिन्छु।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
कुकुरलाइ आची
मैले उठाउन लागेको कुरो के भने नानी देखी लागेको बानी छुट्ने त रहेनछ भन्नलाइ हो। प्राय पत्र-पत्रिकामा आएको हो वाइ.सि.एल ले के के उपद्रो गर्दै हिड्छन भनेर। तर पनि संबिधान सभाको निर्वाचन हुने छाट काट आएको थियो। तर १-२ दिन भयो चुनाबका उमेदवार नै मारिन थाले पछि फेर संभिधान सभाको चुनाब नहुने हो कि भन्ने आशंका उबज्न थालेको छ। दिन प्रती दिन नेपालमा मानवताको अवमुल्यन भइरहेको अबस्थामा १५-२० उमेदवार मारिए अचम्म नमाने हुन्छ। बिगतमा हेर्ने हो भने पनि माओबादी बिग बिगी भए देखी प्रती दिन ३-४ जना मान्छे मारिदै आएका छन। त्यस हिसावमा १ जना उमेदवार मारिनु कम भएतापनि एक किसिमको निकास निस्कन लागेको नेपालको लागी राम्रो लक्षण भने होइन।पिटापिट र पार्टी समर्थक मारिने क्रम त कम भएको छैन। आरोप प्रत्यारोप श्रिंखला त टुट्ने कुरै भएन।
फेरी चुरो कुरो तिर फर्किदां किन त हाल सालै मरेका संभिधान सभाका उमेदवार हत्या गर्ने माओबादी निकट भएको पुष्टी भएको छ। जो सुकै निटक होस, हत्यारको पहिचान भएपछि कानुन अनुसार कार्बाही हुनुपर्छ। बिना कारण मारिने बिरेन्द्र शाह हुन कि मरणाशन्न पिटिने डा ज्ञानेन्द्र गिरी हुन, या नया नेपाल बनाउने भनेर युनाइटेड सात पार्टीको संबिधान सभाको उमेदवारको हत्या होस, किन माओबादी निकट नै हुने गर्छन? कि मार्ने समुह माओबादी नै भएर जनताको आंखमा छारो हाल्ने माओबादी निकट भनिन्छ? यसो भने त तिनी बिद्वान डाक्टर नेताको शब्द शापटी लिएर तिन कै पार्टीतिर कुकुरले जंगलबाट शहर पसे पनि आची त छोड्दो रहेनछ निभनेर प्रक्षपेण गर्नुपर्ने अब्स्था आएको छ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
छोटे उस्ताद, प्रक्रिती र हिन्दूस्तानी गोही
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
विष्मयहरू बीच निर्वाचन पर्व: साता चर्चा - एकलव्य
अस्तिको दिन, भारतीय जनता पार्टीका शीर्षस्थ नेता लालकृष्ण अड्वाणीले एउटा एक हजार पेज लामो पुस्तक भारतीय अणु वैज्ञानिक एवं भुतपूर्व राष्ट्रपति एपिजे अब्दूल कलामका हातबाट विमोचन गराउनु भयो । नेपाली राजनितिमा यसको के चासो भन्ने लाग्ला । तर यो पुस्तक भित्र अड्वाणिले औँल्याएका छन् “ नेपाली माओवादी लोकतन्त्रका लागि खतरापूर्ण छन्,यिनले भारतीय नक्सलवादी शक्तिसंग मिलेर भारतमा पनि राजनैतिक हिंसा र अस्थितरता पैदा गर्न सक्छन् र नेपाली राजनीतलाई कम्युनिष्ट अधिनायकवाद तर्फ बलजफ्ति लैजान सक्छन् । अत: नेपालमा दिगो शान्ति र मुलुकको स्थायित्वका लागि , सबै पक्षलाई समेट्ने संवैधानिक राजतन्त्रात्मक प्रजातन्त्र नै चाहिन्छ” । नेपाली मामिलामा भारतिय चासो कुनै मानेमा नौलो कुरा नभए पनि , भारतले बोल्ने बित्तिकै नेपालमा प्रतिकृया स्वाभाविक नै हुन्छन् र यसपाली पनि नहुने कुरै भएन । भारतीय जनता पार्टीका धुरन्धर नेता अडवाणीको यो पुस्तकको उद्दरण उनको नीजि विचार हो वा यो उनको दलको आधिकारिक धारणा हो यो भन्ने कुराको स्पष्टीकरण नआएको भए पनि हिन्दू राष्ट्रवादको पर्याय मानिने एउटा प्रभावशाली भारतीय राजनैतिक दलको झुकाव नेपालमा विकसित राजनैतिक घटनाक्रमका सन्दर्भमा कतापट्टि वा कुन पक्षमा छ भन्ने कुराको अनुमान गर्न भने यो धारणाको अभिव्यक्तिले सजिलो पारेको मान्न सकिन्छ । लोकतन्त्रमा सबै पक्षलाई स्पेस दिनु पर्छ र त्यहाँ राजा पनि अटाउन पर्छ भन्ने धारणा अतिवादी सोचको उपज नै हो भनेर ठोकूवा गर्नु पर्ने केही कारण नभए पनि , अहिले विकसित हुँदै गरेको नेपाली राजनैतिक घटनाक्रममा , राजालाई स्पेश दिने कुराको वकालत गरेर नै संविधानसभाको निर्वाचनमा उत्रिन सकिने माहौल छ भनेर भने कल्पना गर्न सकिने स्थिति भने देखिन्न । तर पनि, संविधानसभाको ऐतिहासिक निर्वाचनमा राजा राख्नु पर्छ भन्ने सोच नै बोकेका मान्छे भए पनि , तिनले आफ्नो धारणा लिएर जनतामा पुग्न भने पाउन पर्छ, किनभने निर्वाचनमा जनतालाई ‘यो कुरा गर्न वर्जित छ है’ भनेर भन्न त पाइन्न । कुरा के हो भने जसलाई जे राजनेतिक मान्यता उपर विश्वास छ , त्यसका पक्ष वा विपक्षमा जनताको मत के छ त भनी खुट्याउन त निर्वाचन गरिन्छ नि !
एमाले माओवादी जुहारी:
१३,१४ वर्ष अघि रत्नपार्कको भित्तोबाट शुरू भएको एमाले र तत्कालीन संजमोको बाबुराम गुटको घमासान, कामरेड प्रचण्डलाई भित्ते राष्ट्रपति भएको एमाले नेताको टिप्पणी पछि पनि जारी छ । अहिले यो भित्ते प्रकरणको दोस्रो संस्करणमा आइपुग्दा , माओवादी विशेषत: एमालेले निर्वाचनमा आँफूसंग मिलिजुली चुनाब लड्न देखाएको अनिच्छाका कारण रुष्ट छ । माओवादी यसरी एमालेसंग निर्वाचन सिटहरूमा तालमेल र भागबण्डा गरी निर्वाचन लड्नुर्छ भन्ने प्रस्ताव लिएर गएको रहेछ , तर त्यसो गर्दा माओवादीले एमालेलाई आँफू भन्दा सानो हिस्सा ४०% सिट मात्र दिन खोजेको रहेछ र सो कुरा एमालेलाई सह्य नभएको कुरा कामरेड माधव नेपालले सार्वजनिक बताइसकेका छन् । यिनै कुराहरू बीच माओवादी versus एमाले जुहारी जारी छ । जुहारी मात्र नभएर , एक दशक भन्दा लामो भौतिक युद्द लडेका माओवादी पूर्व लडाकाहरू रन्थनिएर विशेषत: एमाले बिरुद्द र छिटपूट रूपमा अरू बिरुद्द पनि आक्रमणमा उत्रिएका छन् । तर जनता भने अवाक परेर हेरिरहेका छन्, मिलिजुली सरकारमा बसेर परिवर्तनका लागि काम गरिरहेका भनिएका राजनैतिक दलहरूका बीच यो द्वन्द किन ?
माओवादी भन्छ “ साँचो कम्युनिष्ट हामी मात्र हो , एमाले त पूँजिवादी भाषमा जाकिइसक्यो । ऊ कांग्रेसको सानो भाइ हो, कम्युनिष्ट त हुँदै होइन । अनि हिजोदेखि जनयुद्द मार्फत हामीले जनतालाई चेतनशिल बनाएका हुनाले सारा गाउँघर र अधिकांस नेपाली परिवर्तनको चाहनाले हाम्रो पक्षमा छन् , त्यसैले चुनाब त हामीले चाहिए अनुरुप नजित्ने कुरै छैन” । अनि एमाले भन्छ “ कांग्रेसले पुल्पुलाएर माओवादीलाई एमालेको शेखी झार्न अन्तरिम संसदमा उसकै संख्यामा सिट दिएको हो , साँचो कम्युनिष्ट हामी हौँ भन्ने कुरा त हामीले चुनाबै पिच्छे देखाइरहेका छौँ । माओवादीहरू भनेको त उग्रवापन्थी भड्काव मात्र हो । यिनका पक्षमा जनता छैनन् बरू जनता यिनको जोरजुलुमको डरले आक्रान्त छन्। हामीले तालमेल पनि गरिन्न, किनभने तालमेल खोज्ने हरूवाहरूले मात्र हो” । यही कडीमा हिजो कामरेड बाबुराम भट्टराईले एमालेलाई हियाउँदै कैलालिको अत्तरियामा यस्तो टिप्पणी गरेछन् :
“Dr. Bhattarai also accused the UML of being ‘a bunch of canny people bought off by NGOs/INGOs and working in the garb of communists.’Addressing the election rally in Attariya of Kailali, Dr. Bhattarai indicated that the Maoists won’t take the election results lying down if they were defeated.” साभार nepalnews.com
अहिलेका परिघटनालाई केलाउँदा, चुनाबी तालमेल नहनुको ज्वरोले माओवादीलाई बेसरी समाएको देखिन्छ । एमाले तालमेलबाट तर्किनुको पछाडि अमेरिकाको हात रहेको कुरादेखि अनेक थरिका आरोपहरू र माथि अंग्रेजी भाषामा उद्दरण गरिएको भनाइहरूले माओवादी कति खार खाएर बसेका छन् भन्ने कुरा देखाउन काफि छ ।
अब प्रश्न उठ्छ , यदि माओवादीले एमालेलाई लगाउने गरेक यी विविध थरिका आरोपहरूमा थोरै पनि सत्यता छ भने त माओवादी जस्तो क्रान्तिकारी राजनैतिक दलको भलोको लागि पनि, एमाले जस्तो अशुद्द र पूँजिवादी विकृतिले गाँजेको ठहरिएको पार्टीसंग सहकार्य र तालमेल नहनु राम्रो कुरा हैन र ? पछिल्लो आम निर्वाचन भएको लगभग एक दशक हुन लागेको स्थितिमा अनि माओवादी पनि शान्तिपूर्ण राजनीतिमा पुन प्रविष्ट भएको अहिलेको घडीमा, सबै दल विशेषका आकार र प्रकारका नक्साहरू पनि जनता र मुलुकले थाहा पाउन पर्ने खाँचो अनुभव भएको छ । दलगत प्रतिस्पर्धाले नै कसका पक्षमा एवं कुन राजनीतिक विचार औ दलका पक्षमा कति जनता रहेछन् भन्ने कुरा थाहा पाउन र तदनुरुप देशको राजनैतिक भविष्यको योजना बनाउन सघाउ पुग्छ। तसर्थ पनि सबै वैयक्तिक दल विशेषले, निर्वाचन आ-आफ्ना ढंगले नै लड्नु उचित हुन्छ । यो बहुदलीय लोकतन्त्रको पहिलो खुड्किला पनि हो जहाँ निश्चित विचार र सिद्दान्त अँगाल्ने मानिसहरूले राजनैतिक दल गठन गर्छन र जनता समक्ष अनुमोदनका लागि पुग्छन् । ती विचार र सोचका कारणले अलग भएर नै अलग दलहरू बनेका हुन्छन् अन्यथा ती एकाकार वा एकीकृत हुन्छन् ।एमाले र माओवादीहरूका एक अर्का प्रतिका आक्षेप र दावाहरूले पनि, ती दलहरूले छुट्टाछुट्टै निर्वाचनमा जानै पर्ने कुरा बताउँछन् । पहिला दलहरूले निर्वाचन पूर्ण रूपमा भयरहित माहौलमा सम्पन्न गरेर, कुनै अमुक विचारका पक्षमा कति मतदाता वा जनता रहेछन् भन्ने कुरा थाहा पाएपछि सबैलाई आ-आफ्नो हैसियतको ज्ञान प्राप्त हुनेछ ।
अर्को कुरा, कतिपय बामपन्थमा विस्वास राख्ने शुभेच्छुकहरूले भन्ने गरेको “ नेपालका कम्युनिष्ट नमिलेर, कांग्रेस वा अरूले निर्वाचन जित्छ नेपालमा” भन्ने कुरा पनि बामपन्थी दलहरू प्रतिको सदिच्छाले भन्दा कांग्रेस वा अरू पार्टीले सत्तामा पुग्ने अवसर नपाओस् भन्ने नकारात्मक चिन्तनबाट अनुप्रेरित छ भन्नै पर्छ । यो किनभने, विचार र व्यवहारका कारण नै माओवादी वा एमाले धेरै जसो परिस्थितिमा कांग्रेस वा अरू राजनैतिक पार्टीसंग धेरै नजिक छन् , केवल ‘कम्युनिष्ट’ भन्ने शव्द र केही वामपन्थी शव्दभण्डारको साझा प्रयोग बाहेक ।
तर चुनाबी तालमेलको गणित भन्दा माथि उठेर कुरा गर्ने हो भने निर्वाचनलाई निर्वाचनकै प्रतिस्पर्धाको रूपमा बुझेर, जे र जुन रूपको परिणाम आएपनि त्यसलाई स्वीकारेर त्यस पछिको परिस्थिलाई कांग्रेस, एमाले र माओवादीले मिलिजुली ढंगले व्यवस्थित गर्न सकेनन् र आपसी अविश्वासको छिनाझप्टीमा नै लिप्त बनिरहे भने, मुलु पुन: दूर्भाग्यको दलदलमा जाकिने अवश्यम्भाविताबाट कसैले रोक्न सक्ने छैन ।
नेपालमा तालमेल, मेलमिलाप र मिलिजुलीपनको खाँचो छ भने सबै पक्षबीच संस्कारका रूपमा जरूरी छ । निर्वाचन त प्रतिस्पर्धा गर्नैका लागि हो , गर्न सक्नु पर्छ खुट्टा नकमाइकन निर्धक्क आफ्नो विचार बोकेर स्पष्टतासाथ । यस कुरामा धेरै रोदन, प्रलाप र माथापच्ची नगरी निर्वाचन लडौँ किनभने राजनीति गर्छु भन्ने व्यक्ति र दलहरूका लागि त यो सबैभन्दा महान अवसर हो !
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
March 22, 2008
भविश्यको डायरी
मिति: २०६४ चैत्र २४ गते
संविधान सभाको मिति नजिकिदैं जाँदा आज अकस्मात यौटा दलले आगामी चुनावमा आफूलाई जसरि पनि हराउने षडयन्त्र रचिएको कुराको आफुहरुलाई गोप्य सूत्रबाट जानकारि भएको सनसनी खेज खुलासा गरेको छ। यो षडयन्त्रमा राजा देखी अन्य दल अनि अमेरिका, जपान, साईप्रस, लगायत हामिहरुले नामै पनि राम्रि नसुनेका बुरुण्डी, सोमालिया, कंगो, रुवाण्डा, बेनिन देखी लिएर युगाण्डा, टोगो र लुवाण्डा समेत लागेको जिकिर गर्दै सो दलले आगामी चुनावको मिति सार्न सरकारलाई ठाडो चुनौति दिएको छ ।
पत्रकार सम्मेलन स्थलमै धेरै जना पत्रकारले यो सनसनी खेज खुलासा सुने पछि आफ्नो हासो रोक्न सकेनन् भने कतिपय विद्वत वर्ग र पर्यव्यक्षकहरु भने यस पछाडी कुनै अज्ञात भयको आशंकाले चिन्तित देखिएका थिए।
मिति: २०६४ चैत्र २५ गते
आज दिनभर जसो राजनैतिक वृत्त तातो रह्यो, हालको चुनाव कुनै पनि हालतमा रोकेर चुनावको लागि नया मिति तोक्न दिनभरि जसो शक्ति प्रदर्शन र दबाब मुलक कार्यक्रमहरु जारि रहे। बिभिन्न दलका नेताहरु र छिमेकि मुलुकका राजदूतहरु दिनभर भेटघाट र सम्झाउने-बुझाउने कार्यमा व्यस्त रहे ।
मिति: २०६४ चैत्र २६ गते
हिजो दिनभरको दौड-धुप, सोच विचार र भेट वार्ताले कुनै पनि हल निकाल्न सकेन र आजको माहौल झन अस्तव्यस्त भएको छ । देश भर आज दिनभर तनाव व्याप्त रह्यो । राजनैतीक भेट-घाट झन तिब्र रह्यो भने समस्याको कुनै पनि हल निस्कन सकेको छैन ।
अहिले दिनको पाँच बजेको छ भने विश्वस्त सूत्रका अनुशार अहिले बालुवाटारमा देशका दिग्गजहरुको गोप्य बैठक चलि रहेको छ ।
मिति: २०६४ चैत्र २६ गते
अपडेट: रातको ८ बजे
सरकारि मिडियाले हाल हुन लागेको चुनाव कुनै पनि हालतमा नसारिने र तोकिएकै समयमा चुनाव गर्ने दृणता व्यक्त गरेको छ भने असन्तुष्ट समुहले तुरुन्तै त्यसलाई आफ्नो दललाई हराउन गरेको महा षडयन्त्रको संज्ञा दिएर त्यसको कडा रुपमा 'मुकावला' गर्ने र हालको चुनाव अवैधानिक र अमान्य हुने वक्तव्य जारि गरेको छ ।
मिति: २०६४ चैत्र २७ गते
आज दिनभरि देश प्राय: ठप्प रह्यो, कुनै पनि दल वा गुटले बन्दको घोषणा नगरे पनि कुनै अज्ञात भयका कारण आज आवागमन करिव करिव बन्द रह्यो । देशका बिभिन्न ठाँउमा चुनाव बहिस्कार गर्न आह्वान भए भने सुरक्षा मजबुत पारिएकाले कतै कतै छिट पुट घटना र साधारण मुठभेड बाहेक कुनै अप्रिय घटना घटेनन् ।
मिति: २०६४ चैत्र २८ गते
नारा, बिरोध, शक्ति प्रदर्शनको चरम उत्कर्षका बिचमा पनि आज चुनाव जारि रह्यो, आफ्नो दबाबले केहि नलागे पछि चुनाव बहिस्कार गर्ने समुह पनि आफ्नो सम्पूर्ण शक्ति परीचालन गरि चुनावि मैदान मा देखियो, बिरोध र चुनाव मात्रै हैन ठाउँ ठाउँमा बुथ क्याप्चर गर्ने जस्ता कार्यहरु पनि भएको खबर अहिले रातको ९ बज्दा सम्म बिभीन्न स्थानबाट आउदै छन ।
मिति: २०६४ चैत्र २९ गते
आज दिनभरि जसो चुनावको परिणामका अडकल बाजि र हिजोका घटनाका टिका टिप्पणिको खबरहरु फैलिरहे । एकातर्फ चुनाव सार्न माग गर्ने दल आज पनि हिजोको चुनावमा स्वदेशी र बिदेशी तत्वले आफूलाई हराउन धाँधलि गरेको आरोप सहित यो चुनाव रद्द गरिनु पर्ने माग गर्दै थिए भने अर्को तर्फ धेरै स्थानमा बुथ क्याप्चर र मत पेटिका समेत बदली भएको हवाला दिदैं अन्यदलहरु त्यसको निराकरण र दोषीलाई सजाय गर्न मागका साथ व्यस्त रहे ।
मिति: २०६४ चैत्र ३० गते
बिरोध, बाधा र होहल्लाको बिचमा सम्पन्न चुनाव पछि आज देखी मत गणनाका प्रारम्भिक परिणाम हरु आउन थालेका छन ।
अहिले बिहान को ११ बजेको छ र हालसम्मको मत गणनामा चुनाव सार्न माग गर्ने दल निक्कै पछाडि छ, अन्य दलको पनि निक्कै मिस्रित परिणामहरु आईरहेका छन् ।
अपडेट: दिनको १२ बजे
चुनाव सार्न माग गर्ने दलको स्थिति झन नाजुक हुदैं जाँदा सो दलले यो चुनावलाई बिदेशीको ईशारामा भएको र आफुलाई धाँधलि गरेर हराउन गरीएको नाटक मात्रै भएको बताउदै यसलाई नमान्ने घोषणा गरेको छ ।
अपडेट: दिनको २ बजे
अहिले सम्मको गणनामा चुनाव सार्न माग गर्ने दल नराम्ररि पराजित हुने निश्चीत देखिएको छ भने सो दलले आज राति १० बजे सम्ममा यो चुनाव रद्द गरेको घोषणा नगरे गम्भिर परिस्थितिको सामना गर्नु पर्ने चेतावनि दिएको छ ।
अपडेट: दिनको ४ बजे
दलका दिग्गज, बिदेशी राजदूत र बुद्दिजिबिहरुको फेरी दौड धुप चलेको छ, दिनभरिनै असन्तुष्ट दललाई पनि राखेर वार्ता गर्ने प्रयास भए पनि हालसम्म सम्भव भएको छैन। भर्खरै यो चुनावको सिट पनि 'बाँडि चुडि लिएमा' चुनाव सार्न माग गर्ने दलले पनि त्यसलाई स्विकार्ने भएको कुराको अपुष्ट समाचार आएको छ र सो को लागि पून बालुवाटारमा वार्ता हुने हल्ला फैलीएको छ।
अपडेट: रातको ८ बजे
चुनाव रद्द गर्ने वा सिट 'बाँडि चुडि लिने' बारेमा मिडियाले कुनै आधिकारिक जानकारि दिएको छैन तर देशको हालको स्थतिको बारेमा वार्ता हालसम्म जारि रहेको कुराको खुलासा भएको छ।
अपडेट: रातको १० बजे
सिट 'बाँडि चुडि लिने' कुराको आधिकारिक रुपमा खण्डन गरिएको छ र चुनाव सदर गरीएको छ । असन्तुष्ट पक्षलाई वार्ताको टेबुलमा आउन अनुरोध गरीएको छ ।
अपडेट: रातको १०:३० बजे
शहरको मुख्य मुख्य चोकमा अहिले राती देखी नै टायर बाल्न थालीएको छ , बाहिर जिन्दाबाद र मुर्दाबादका नारा घन्किन थालिसकेका छन, ब्यालक आउटको आदेश दिदैं हुलहरु गल्ली गल्लीमा प्रवेश गरेको खबर फोनबाट आउदै छ। सडकमा सुरक्षा निकायका सबै अंगलाई प्रयोग गरिएको छ । यसै पनि मेरोमा आज बत्ती निभ्ने दिन, अब केहि छिनमै बत्ती जाँदैछ .....तर ..... मेरो घरको गल्लीसम्म ब्यालक आउट गर्ने निर्देशन दिदैं एउटा हुल होहल्ला र सिट्ठी बजाउदै आई पुगि सकेको छ अब बत्ती .... .... *#?@?....... *#?@?...
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
March 21, 2008
हामीले निर्वाचन चाहन्छौँ किनभने हामीले जित्नै पर्छ , नजिते के गरिन्छ देखौला !
धेरै जद्दोजेहद पश्चात संविधानसभाको चुनाब हुने छाँट बलीयो देखिएको छ । चुनाब नै सबै कुराको रामवाण औषधी हो कि हैन त्यो हामी जस्ता सामान्य जनताले बुझ्ने कुरा भएन किनभने राजनीतिक बजारका ठालूहरूले पनि अब यसपछि के हुने हो त भन्ने कुराको गोलमटोल सपना बेच्ने काम बाहेक केही गर्न सक्दैनन् वा सकाक छैनन् । फलत: देश हावादारी स्वरूपको सिंगापुर र स्विट्जरल्याण्ड बन्ने भकुण्डो खेलमा समाहित छ ।
यही राजनैतिक चटारोमा , संविधानसभाको निर्वाचन आँफ्नो कारण र फगत आफ्नो कारणले हुन जाँदैछ भन्ने दावा गर्ने महान क्रान्तिकारी माओवादी पार्टीको लोकतान्त्रिक दावा देखेर भने म बिलखबन्द परेको छु । उनीहरूका अनुसार उनीहरू वर्तमान नेपाली राजनीतिका सबैभन्दा बढी लोकतान्त्रिक शक्ति हुन् । नेपाली राजनीतिमा अहिले सम्म थाति रहेका राजनैतिक मुद्दाहरूको निरूपण गर्न आसन्न संविधानसभाको चुनाब हुनै पर्छ । यो चुनाबमा माओवादीले बहुमत ल्याउनै पर्छ । यो चुनाबमा माओवादीको बहुमत आएन भने निर्वाच परिणामलाई धोका मानिनेछ र अर्कै ढंगले डरलाग्दो आँधिबेहरीयुक्त क्रान्ति हुनेछ !
अनि भनिँदैछ , सके निर्वाचनबाट सत्ता कब्जा गरिन्छ नसके बिद्रोह र लडाइँबाट । तर पनि हामी निर्वाचन चाहन्छौँ, निर्वाचनमा हामीले जित्नु पर्छ र जितिएन भने झन ठूलो क्रान्ति गरिन्छ अनि सत्ता कब्जा गरिन्छ । यो त सहयोग माग्न जाने , दिने भए राम्ररी देऊ नदिने भए केही छैन भकुरेर पनि लिन्छौँ भने जस्तो भएन र ? अब यस्तो दावा , तमाशा र माहौल बीच देशले कस्तो निकास लिने होला ?
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
March 19, 2008
लघुकथा - मर्द
केही समयको निरन्तरता पछी उसलाई चुरोटले मजा दिन छाड्यो, अनी एकदिन अर्को यौटा साथीले उसलाई गाँजा तान्न सुर्यायो। उसले आनाकानि गर्यो तर साथीले उसको पौरुषमा प्रहार गर्यो : " चुरोट त स्वास्नी मान्छेले पनि खान्छन् शिव बुटी तान्ने पो केटा त" उसको पौरुष जाग्यो र उ बिस्तारै चुरोट संगै गाँजा पनि तान्न थाल्यो । गाँजाले शरिर कमजोर बनाउँदै लग्यो तर पनि हरेक कस गाँजा तान्दा उ आफैलाई पूर्ण पुरुष भएको मान्दथ्यो ।
त्यसपछी पनि कहिले बहादुरी देखाउन त कहीले कमजोरी लुकाउन उ चुरोट, गाँजा र जाँड, रक्सी लगाएतका सबै पुरुषत्व झल्कीने पदार्थको सेवन गर्न थाल्यो । यसरी ठूलो मान्छे, पूर्ण पुरुष र मर्द बन्ने प्रयाशमा उसको शरिर नराम्ररी बिग्रियो र तिस पैतीस बर्षकै उमेरमा उ असक्त रोगी र कमजोर भयो ।
एकदिन बिरामी परी ओछ्यानमै पल्टी पल्टी सडक तर्फ हेर्दा उसले धूमपान, मद्यपान केहि नगर्ने एकजना जवान र स्वस्थ युवकलाई बाटोमा हिड्दै गरेको देख्यो। उसले आफ्नो र त्यो बटुवाको उमेर मनमनै दाँजेर हेर्यो र अनायशै बर्बरायो " वाह ! क्या स्वस्थ ! क्या स्फूर्ती !!, यो पो मर्द रहेछ " ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
जिन्दगीमा
भिखारीलाई जस्तो कतै माया छैन
वेदनाले मुटु छेडदा शरिर सबै गल्छ
मनमा हुरि चलिदिदा दिलमा आगो बल्छ
अनुहार भरि रोदन मेरो आँखा भरि आँसु
विरहको जीन्दगीमा कतिन्जेल वाँचु
मन भित्रको व्यथाहरु पोख्ने ठाउँ छैन
अभागिको संसारमा आफ्नो मान्छे छैन
खोज्न खोज्छु दुख्छ मुटु भित्र घाउ
यो मनोजले खोजीरहेछ नदि तर्नै नाऊ
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
March 18, 2008
गजल - मन
भित्रै भित्र पाके पछी माया पनि त कुइदो रछ
साक्षी राखेका भगवान नि मौन भई दिएछन
छाती पग्ली भेल बगेछी खुशी पनि धुइदो रछ
जुन तारा धेरै टाढा कल्पनामा सिमित भए अब
सुख छैन भागमा जहिले नि दु:खै छुइदो रछ
जनमभरी नफुकोस भनी उनेको भनथ्यौ त
छली माया जती कसे पनि त चाडै फुइदो रछ
आफै मुटु घ्रेरेर आफ्नै मनमा बन्दी भएकोछु
घातका लप्का परेपछी मुटु पोली रुइदो रछ
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
मनोन्यास - मान्छे र दिशाहिन राजनीति
- हस्त गौतम मृदुल
नेपालको कानुन त्यस्तो घोडा हो जस्को नौंवटा सिंग हुन्छन भने दुइवटा पुच्छर। जताबाट जस्ले छामेपनि उही पुच्छर उही सिंग हात लाग्छ। कसैलाइ यो कानुनको डर र सम्मान छैन। यस्मा जो चडयो उही जंग बहादुर हुन्छ। त्यसकारण यस्को डर कसैलाइ लाग्दैन। छाडा घोडा भएको छ। इज्जत र मान गुमाएको यस घोडाले निर्दोषमाथी छातीमा टेकेर हिन्छ। यसबाट कसैलाइ डर छैन। कसैलाइ भर छैन। यसबाट मान्छेले डराउन छोडीसक्यो। आफै बसेको धरालाइ आतंक्कीत पारेको छ। यस युद्धको बिकराल यात्रामा मात्रिभुमीलाइ डढाउन कस्सिएका छन। मान्छे महाभारतको युद्धबाट चेतिएका छैनन। मान्छे न त पहिलो न त दोस्रो विस्वयुद्धबाट चेतिए। हिरोसिमा नाकासाकीलाइ खरानी बनाए। त्यतिले कहाँ होर नक्ष्ेात्रयुद्धका लागी कम्मर कसेर लागेका छन। मान्छे आफनै घर आगो लगाएर रमाउन चाहान्छ। न त बुद्धको सान्तीले आस्वस्त छ मान्छे न त क्राइष्टको फाँसीले। असन्तोषी र अघोरी जात नै मानबजाती बनेको छ। अत्याधुनिक क्षेत्यास्त्रको होडबाजीमा पृथ्वीलाइ आगो लगाएर अर्को ग्रह खोज्न भौंतारिएको छ। त्यस्मा पनि मेरी आमाको कोखमा आगो लगाउनेहरु दिन दिनै बढेका छन। राष्ट्रिय सम्पदाको आगो खाएर गरिबीको अंगार हग्ने नेताहरुको बिकबिकी बढेको छ। आज मेरो देश अंगार बनेको छ। यही अंगारमा सेलाएको मानबताको गन्ध आर्यघाटमा मात्रै होइन राष्टभरी नै फैलिएको छ। अहिले मेरो देश सिंगो आर्यघाट बनेको छ। बिष्णुको अबतारमा राक्षेस बनेका छन। क्राइष्टको अबतारमा आततायी जन्मेका छन। बुद्धको अबतारमा आतंक्ककारी जन्मेका छन।
आफनो मात्रिभुमीलाइ बेचेर अर्काको आदेशमा शासन गर्ने निकम्मा नेताहरु आज आएर तै चुप मै चुप छन। आ आफनो सिद्धान्तको रोटी खाए पनि अचार भने उतैबाट सुटुक्क माग्छन र आफनो भुमीको माटो भेटी चढाउछन। निरंकुस्ताले कुम्चिएको मेरो भुगोललाइ dmन dmन खुम्च्याउने राजनीतिको अभ्यास चलेको छ। न त यहाँ लोकतन्त्र नै आएको छ न त गनतन्त्र....। यहाँ यि सव भ्रम तन्त्र चलेको छ। केवल भ्रम। यहाँ केवल बिनास आएको छ। बिखन्डन आएको छ। बिध्वंश आएको छ। अराजकत्ता आएको छ। अंशबन्डा आएको छ। केवल मनोमानी आएको छ। खिचातानी नै लोकतान्त्रिक राजनीतिको पहिलो परिभाषा हो। यो परिभाषा पनि उपहारमा पाएका छन। सिमा स्तम्भहरु मेटिएर नयाँ निसानी गाडीएको छ आमाको छातीमा। आँखा चिम्लीए पछि दोबाटोमा हग्न बसे पनि कस्ले देख्छ। जो अगुवा उही बाटो हगुवा नेता परे। आफुले नदेखे कसैले देख्दैन भन्ने राजनैतिक सोच बोकेका नेताहरुले राष्ट्रलाइ घोर राष्टघात गर्दै आएका छन। समयले हरेक गोप्यताहरुलाइ एकदिन छताछुल्ल पारिदिने छ। कसरी कस्ले कतिमा सम्पदा र किस्ताबन्दीमा राष्टियता बेचे भन्ने कुरा। माउले फुल पारे पछि फुल कोरलेर बिकासका चल्ला बढाउनु पर्नेमा फुलै खाइसकेर चित्त नबुdmी माउ नै पोलेर खाइसके। यस्ता लाचार नेताको कारण म बुद्धको सपनामा अटाउन सकेको छैन। नत उन्का आँखामा आँखा बनेर आफुलाइ नै हर्ेन पाएको छु। म मान्छेबाट भागीरहेको छु। मान्छे भित्रको आगो निभाउन न त चानक्य नितिले सक्यो न त कुरानले। इस्वर पनि मान्छेको नजिक पर्न डराइसके। किनभने मर्ुख देखी दैब पनि थरथर काप्छन भने म त मान्छे। फेरी यो मेरो देश मर्ुखहरुको अखडा हो। सहमती र समdmदारी यही मर्ुखताबाट शुरु हुन्छ। के था कुन बेला कुन स्वार्थसिद्धिका लागी बली चढाउने हुन। अग्रगामी कदम नै मानब बलि दिने सजिलो बाटो बनाए यी नरपिचासहरुले। अबतारी विष्णु पनि बलीकै भोका छन। किनभने राजनीतिको आशणमा रगतको रंग नै शोभयमान देख्दछन।
ब्रिटेनले भारतको स्वतन्त्रता दियो र भारतले मेरो स्वतन्त्रता हरण गरयो। सुगौली सन्धीले हामीलाइ बिरानो बनायो। पश्चिम किल्ला काँकडा, पर्ुवमा टुस्टा पुगे थ्यौ। तर........यी कथा भए आज। जबरजस्ती खुम्चीएको भुगोलमा अdmै खुम्चाउन निरन्तर आँच पुरयाउदै आएको छ। कालापानी देखी बिभिन्न भागमा कब्जा गरीसक्दा पनि सरकार मौन छ। किनभने नेताले खाने नुन उतै बन्छ र उतैबाट आउछ। आजका दरबारहरुमा योद्धाका पस्तिपन्जरहरु गाडीएका छन। आस्थाहरु फँासीमा dmुन्डाएका छन। बिचारहरु कत्लेआम भएका छन। ब्रि्रोह सल्केको छ दरबार तिर ...तर....। शिबपुरीको पहाड साक्षी छ कति योद्धाहरु जिउदै पुरिया भनी। फुल्चोकी पहाड साक्षी छ कतीलाइ जिउदै जलाइयो भनी। थानकोटको भीर साक्षी छ कति मारी फालिए भनि।
गोप्यताको साँक्षी यी पहाडहरु मात्रै छन। कसैको केही जोड चल्दैन। कसैको केही पत्तो लाग्दैन। जसरी dmुनकीरिहरु अन्धकारमै बिलाए। आज दूइ दशक भैसक्यो यी पहाडहरु योद्धाहरुको साक्षी बगेको तर।....। दर्रि्रता सवैभन्दा ठुलो नर्ग हो। यही नर्गको बास बसाएर धन्य छन नेताहरु। अति भैसक्यो अब त...। कलंक्की अबतार हुन लागी सक्यो। पशूहरु बोल्ने छन। रुखहरु सलबलाउने छन। यि आततायी मान्छेहरु बिस्तारै पशू हुनेछन। पशूहरु मान्छे....कस्तो अचम्म..।
म बाट स्वतन्त्रता छुटिएको छ। सान्ती संयुत्त राष्ट्रसंघमा कैद छ, या त नेताको षडेन्त्रमा। आलिसान महलमा छ की हवाइटहाउसमा या हिटलरको ग्यासच्याम्बरमा-
संसारमा खोजे पछि नपाइने कुनै बस्तु छैन तर कतै मैले सान्ती देखिन। मलाइ यतिखेर गोपाल प्रसाद रिमालको गीत याद आइरहेको छ, आमा त्यो आउछ र...। हो मलाइ त्यो आउने कुरामा ढुक्क छु। तर मेरो वरीपरी आइसकेर पनि कस्ले लुकाएको छ- कस्ले राखेको छ लुकाइ सिपी भित्र मोती बनाइ- कस्ले साँचेको छ पत्थरभित्र हिरा बनाइ- यदि तिमी आलीसान दरबारमा छौ भने बिर्स त्यो दरबार किनभने दरबारहरु संधै भ्रम र खोक्रो हुन्छन। संधै आडमबर र खिचातानीमा अल्dmेको हुन्छन। त्यो खोक्रो जीवन क्षेणिक र बन्धनमा हुन्छ। शरिर बाँच्नु जीवन बाँच्नु मात्र होइन। आउ समयको बोधीबृक्षमा हामी सवै बुद्ध बन्ने कोसिस गरयौ। बाँच्नुको अर्थ शरिर मरे पनि जीवन जिवन्त रहोस भन्ने हो। भृकुटीको जस्तो साहास लिएर जानु पर्छ। हरेक नेपाली भृकुटी भएर नेपालको सान्ती फैलाउन सक्छौ तर आज....। रुखमुनी छाया त्यो मुनी म कै स्थिति छ। सृजनशिलता नै जीवनका महान गौरभ हुन। साहास हुनेहरुलाइ सफल्ताले चुम्छ। बसेर कुनामा dmिंगा धपाउनेहरुलाइ सफल्ता हात पार्न खोज्नु कुकुरले रुख चर्न खोज्नु जस्तै हो। हरेक नेपाली हरेक पर्ुखाका प्रतिनिधि हुन किनभने हरेक ब्याक्ति उ आफनो राष्ट्र र त्यस्को सुन्दर भबिस्य हुन। देशको सलाइ भित्र रहेका तीन करोड काँटीहरुमा बल्नु छ आफैमा। जोस जाँगर उमल्न्छ ह्रदयभरी। कराइमा दुध उम्लीए
पोखियो भने खरानीमा परिन्छ। देशका युवाकाँटीहरु किन निरंकुस्ताको चिसोले ओसिदै गएका छन। ओसिय भने फेरी बल्न र बाल्न गारयो पर्छ। जहाँका युवाहरु ओसियका छन त्यो देश दर्रि्र हुन्छ। आज युवाहरु गरिवीको चिसोमा ओसिएर बिस्तापित भैरहेका छन। म देशको एउटा स्थानमा धपक्क बल्न चाहान्छु। जहाँ एकठाउको अँध्यारो नासियोस संधैलाइ। म ओसिन चाहान्न। म बल्न चाहान्छु। हे मेरी सान्ती आउ प्रिय मलाइ एकपटक यो धर्तिमा आफनै प्रकास र्छर्ने अबसर देउ। मेरो देश म बिना अँध्यारो छ। जीवन इस्वरको प्रकास हो। यो हरेक संग हुन्छ। मलाइ राष्ट्र र राष्ट्रियताको पहिचान संगै आत्माबोध भयो की देश बिना मान्छे कति दुख हुन्छ।
जसरी चन्द्र र्सर्ुय र पृथ्वी एकदिन एउटै रेखामा भेट गर्छन। त्यसैगरी यो देशमा सान्ती र स्वतन्त्रताको उज्यालो फैलाउनु पर्छ। जीवन प्याजको पत्रै पत्रले बनेको छ। सुन्तलाको केस्रा केस्रै केस्राले बनेको छ। मेरो यो जीवनका हरेक पत्रहरु खस्नु भन्दा अगाडी नै सान्ती आवस भन्ने चाहान्छु। जीवनको केस्राहरु छुटीन नपाउदै आए केही गती पर्ला नत्र...........
मात्सेतुगंको बैशाखीमा हिन्ने हैसियत पनि गुमाएका माओबादीमा आफनो क्षमतामा हिन्न सक्ने साहास रहेन छ। म्ााओबादी पनि उहि बिरबलको खिचडी पकाएर जनतालाइ बेकुप बनाउने भन्दा अरु गर्न सकेन्। उनीहरुको राजनैतिक सिद्धान्त नै अपाङ्ख छ भने अरु कस्को के आशा गर्न सकिन्छ र! आ-आफनो सिद्धान्तबाट बिचलित नेताहरु, जवसम्म अरुको
"शैद्धान्तीक बैशाखी" टेकेर हिन्न छोडदैनन तव सम्म नेपाल र नेपालीको भविस्य शुरक्षित हुन सक्दैन। जव सम्म आफनो खुटटामा उभिन खोज्ने नेता जन्मीदैनन तब सम्म देशमा संकट र्टर्दैन। जन्मेको सातदिनमा सात पाइला हिन्ने हामी बुद्धका सन्तान आज समयको गतीमा एक पाइला हिन्न पनि सकिरहेका छैनौ।
कस्तो बिडमबनामा जिउनु परेको छ आज नेपाली ! अरुको सैद्धान्तीक बैशाखीमा हिन्ने नेता होइन, हामीलाइ बामे सरेर भए पनि आफनै क्षेमता हिन्ने नेता चाहिएको छ। तर बिचरा हाम्रा नेताहरु त, अरुको बैशाखी नटेकी एक इन्च पनि हिन्न सक्दैनन। यस्ता गतिहिन अपाङ्ख नेताबाट देशले काँचुला फर्ेला भन्नु त केवल दिवासपना मात्र होे।
असफल नेताहरुबाट सफल राष्ट बनाउन समभव छैन। किनभने ब्याक्तिगत लाभ भन्दा माथी उठेर हिन्न सक्ने क्षमता हाम्रा राजनैतिक नेताहरुमा छैन। अहिलेको अबस्थामा लोकतन्त्र भन्नेहरु धृतराष्ट, गनतन्त्र भन्नेहरु दुर्योधन, राजतन्त्र भन्नेहरु सकुनी भएका छन। यस अन्यालग्रष्ट राजनैतिक महाभारतको युद्धमा जनता धेरै दिन द्रोपदी बनी रहन सक्दैनन्। नेतालाइ अबस्य चेतना भया।.........क्रमस.........
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest


