March 17, 2008
साच्चैनै प्रवासी मित्रताको साईनो गहकीलो हुदो रहेछ
साउदी अरबको उधेलिया भन्ने ठाउ सायद कमैलाई मात्र थाहा होला त्यहाँको बस्तुस्थिति । करिब ४५-५० वटा कम्पनीहरुका शाखा क्यामहरु खडा छन् जहाँ हजारौ नेपालीहरु कार्यरत छन् । हाम्रो कम्पनीको पनि शाखा क्याम उधेलियामानै थियो । करिब सयको हाराहारीमा नेपालीहरु थियौ । तर सधै भइरहने नेपालीहरु भने ३०-३५ जना जति मात्र । हामी कहिले चेस खेलेर समय बिताउदथ्यौ त कहिले क्यारेम्बोट । कास्की लेखनाथका रेशम थापा क्षेत्री लामो समय देखि क्याम ईन्चार्ज हुनुहुन्थ्यो । उहाँबाट हामीले धेरै सहयोग पायौ । उहाँ क्याम्प इन्चार्ज भएता पनि हामी दाजुभाइ सरहनै थियौ । बाहिर अर्कै ब्यवहार गरेता पनि भीत्रि आत्माले भावनाको नाता जोडेको थियो । साउदी अरबको उधेलिया छोड्ने बेलामा मैले उहाँको धेरै ठुलो सहयोग र सत्भाव पाएको थिए जुन मैले जिन्दगीमा कहिल्यै भुल्न सक्दिन । सायद दाजुभाइमा पनि त्यतिको सहयोग हुदैनहोला । त्यस्त तनहुं मानपांगका एक जना गुरुङ्ग भाइ जसलाई मैले आत्मिय नाता भाइले सम्वोधन गरेको छु । हामी जातले बाहुन र गुरुङ्ग भएता पनि युवराज गुरुङ्गलाई मैले मेरै परिवारको एक जना सदस्य ठानेको छु र भविश्यसम्म पनि उनलाई भाइकै नाताले पुकार्ने छु । अर्को जुनीमा हामी एउटै आमाको काखबाट जन्मन पाउ भन्ने प्राथना गर्दछु । त्यस्तै प्रवासमा मेरो अविभावकको रुपमा एक जना दाजु प्रकट हुनुभयो । उहाँबाट मैले धेरै कुराको ज्ञान लिन पाए आज म जुन स्थानमा छु उहाँकै मार्ग निर्देशन अनी पथ पाईलाहरुको साथले छु । उहाँ सिन्धुपाल्चोकको सागर दाजु हुनुहुन्छ । उहाँ मेरो प्रवासी जिवनमा महत्वपूर्ण अभिभावको भूमिकामा प्रस्तुत हुनु भयो ।साउदी अरबमा छदा मलाई प्रवासमा छु जस्तो पनि लागेन ।
मेरो जिवनमा एउटा यस्तो मित्रको आगमन भयो उहाँको म बर्णन गर्न सक्दिन । हामी एक अर्कामा यति नजिक थियौ कि सायद प्रेमी प्रेमीका पनि त्यति नजिक हुदैनथे होला । एक अर्कामा आइपरेका दुख बेदनाहरु साटासाट गर्दथ्यौ । हामी यति मिल्दथ्यौ कि कहिले काहिँ त हाम्रो मिलनले अरुलाई जलन पनि हुन्थ्यो र हामी बाध्यताले केहि समयकोलागि बिछोडिन बाध्य हुन्थ्यौ । केहि समय नबोले पछि एक अर्कामा छटपटी चल्दथ्यो । साच्चैनै हामीले मनका भावनाहरु एक अर्कामा साटासाट गर्दथ्यौ र पारिवारीक कुराहरु पनि भन्ने गर्दथ्यौ । उहाँको नाम लिला कुमार खवास र घर झापा सुरुङ्गा थियो । अझै पनि हामी एक आपसमा मनका भावनाहरु साटासाट गरिरहन्छौ ।
प्राय हामी एउटा रुपमा ७ जना नेपालीहरु बस्दथ्यौ भिन्दा भिन्दै ठाउँका तर हामी एउटै परिवारका सदस्यहरु झै थियौ । सायद घर परीवारम पनि त्यति मिलन हुन्थेन होला । लामो समय प्रवासमा जिवन बिताउदा पनि घर परिवारको याद त्यति आएन ।
साउदी अरबको बसाईमा मैले धेरै आत्मिय मित्रहरु पाए र गुमाए पनि । साउदी अरबको बसाईमा मैले पाएका मित्रहरु लिला कुमार खवास झापा सुरुङ्गा रेशम थापा क्षेत्री कास्की लेखनाथ धुर्व हमाल स्याङ्गजा पुतलीबजार सागर श्रेष्ठ सिन्धुपलााचोक युवराज गुरुङ्ग तनहुँ कुमार गुरुङ्ग पर्वत शंकर थापा मगर पाच्थर सुरेन्द्र पचभैया गुल्मी सुमन थापा मगर हरी नेपाली दल बहादुर घिमीरे मदन खाड पाल्पा सुरेस थापा पदम अर्याल बिकास मगर चन्द्र पुन चन्द्र गुरुङ्ग धुर्व सिक्देल चिज कुमार श्रेष्ठ रोशन अर्याल रबिन घिमीरे गोपाल परिवार र अन्य मित्रहरु जसले मलाई प्रवासमा रहदा सहयोग गर्नु भयो उहाँहरुलाई मैले कहिल्यै पनि भुल्न सक्दिन ।
प्रवासको मित्रताको नाता भनेको कत्तिको गहिरो हुदो रहेछ भन्ने कुरा मैले दुवईमा आएर पनि थाहा पाए । हामी साउदी अरबबाट इमेल र चाटिङ्गमा कुरा कानी गर्दथ्यौ । उहाँको कृष्ण प्रसाद अर्याल मनोजकुमार राना यामनन्द तिवारी । उहाँहरुसँग प्रत्यक्ष भेट दुवईमा आएर भयो हामी इमेलबाट चार्टिङ्गबाट धेरै कुरा गरिन्थ्यो । पहिलो पटक दुवईमा भेट हुदा म ज्यादै खुशी भए । उहाँहरुको ब्यवहार अनि बोलीले मलाई अति प्रभाव पार् यो र उहाँहरुको सहयोगी भावनाले त झनै मित्रताको डोरी कसियो ।
प्रवासी भूमिमा रहदा अन्य मित्रहरुसँग पनि मित्रताका साईनाहरु फैलाउन सफल भए जसमा नेपालमानै रहनुहुने दिदीहरु मायाँ थापा बिरगँज अाजना बैद्य काठमाण्डौ उहाँहरुसँग प्रत्यक्ष भेट नभएतापनि नाता गहिरो जोडेका छौ । त्यस्तै गरेर स्वीटजरल्याण्डमा कार्यरत पोखराका विप्लब निशानी लामीछाने हाल नेपालमा उहाँसँग प्रत्यक्ष त भेट भएको छैन तर पनि फोनमा धेरै पटक कुराकानी भएको छ । एक आपसमा हामी यति नजिकका भएका छौ । प्रत्यक्ष भेटमा हामी एक आपसमा परिचित हुदैनौ होला तर हामी इमेल र फोनबाट धेरै नजिक छौ । हाम्रो यो मित्रताको नाता अनन्तकाल सम्म रहने छ । प्रवासको भूमिबाट जोडीएको मित्रताको नाता अति गहिरो हुदो रहेछ भुलेर पनि भुल्न नसकिने ।
March 16, 2008
के लेख्दै छु त पि्रयसीलाई इराकबाट
पि्रय प्यारी प्रकृति
क्षितिजपारीबाट भए पनि लामो सम्´ना
मलाई भोलि केहि भए दैवले बिचैमा छोडि लगे तिमीले जिउने आधार खोज्नु ।
एकाङ्गकी यो लामो जिवन गुजार्नलाई गाह्ो होला मन मिल्ने जिवनसाथी रोज्नु ॥
सर्घर्ष गर्दा-गर्दाै उतार चडाप भोग्दा भोग्दौ बिचैमा मेरो अवशाङ्ग भए ।
तिमीले जिउने आधार खोज्नु हिड्दै जाँदा भावनालाई बु´्ने
हितकारी मान्छे भॆटे निसंकोच नाता जोड्नु ॥ मलाई भोलि केहि भए……………………
सायद गायक कर्णदासले पनि यो गित मेरै लागि गाएको हुनुपर्दछ । गितको भावनालाई हृदय देखि नै धन्यवाद दिन्छु जसले यो भावनामा डुबेर रचना गरे होलान् सायद त्यस बेला पनि रचयितालाई मलाई जस्तो नै भएको थियो होला अनि कर्णादासले गाउने क्रममा पनि रोएर नै गायका थिए होलान् । सायद तिमीले पनि यो गित सुन्ने अवसर पायौं भने मैले जस्तै हामीले बिताएका ति पलहरुको यादमा आँखाबाट आँसुका धाराहरु बगाउने छौ तर त्यति बेला तिम्रौ आँसु पुछ्ने म अगाडी हुनेछैन । सायद दैवको खेल भनै या जिन्दगीले ल्याएको परिस्थित भनौं आज तिमीबाट धेरै टाढा बम र गालीले छिया छिया भएको ठाँऊ अनि अभावै अभावबाट हिडिरहेको यो इराकमा टन्टलापुर घाम अनि पानीको अभाव सायद यस्तै लेखेको रहेछ भगवानले छौटीमा । प्रकृति तिमीलाई अनि तिम्रो शहरलाई पुष २४ गते छाडेर अर्काै विरानो अनि बेग्लै शहरमा पुगे तर मन भने तिमीमा नै थियो अनि मेरा अगाडी तिमीसँग बिताएका पलहरुको यादगार सम्´नाहरु चलचित्र सरी मेरा आँखा अगाडी आई नै रहे । तिमीसँग विताएको पलहरु एक-एक गरी मेरो आँखामा आई नै रहको थियो । तिमीले चुमेका यी मेरा हातहरु तिमीलाई समाउन अगाडी बढिरहेको हुन्थ्ो । यि मेरा आँखाहरु तिमीलाई देख्न लालायित हुन्थ्ो तर त्यो सबै सपनामा परिणत हुदा मेरा मन धरधर रुन्थे । म आफुलाई सम्हाल्न नसकेर बाथरुममा जान्थे पानी खोलेर आँखाबाट आँसुका धारा निकाल्थे तर पनि के गर्ने । जिन्दगी यो लामो यात्रा सँगै-सँगै विताउला भन्ने सोचेको मात्र के थिए सायद भागवानले पनि यो मन्जुर गरेनन् । सायद हाम्रो मायामा कतै खोट पो थियो कि । सायद हामीले माया भन्ने शब्दको परिभाषा नै थाहा पाएका थिएनौ कि पढ्न गाह्ो भईरहेको होला होईन कि तिमीले यो पत्र पाउना साथ च्यातेर त फ्याकिनै सायद सत्य सधै नै तितो हुन्छ । मलाई पनि लेख्ने बेलामा धेरै नै कष्ठ भईरहेको थियो होला कल्पना गर त । सायद आँखाबाट आँसुका धाराहरु सम्हाल्न सकिरहेको छैन त्यसैले नसकेर होला रोकिने कुरै गर्दैन । तर तिमी त आनन्दले सुत्दै हाँैली अफिसबाट घर आउदा पनि छस्किदौनौ होली । मसँग विताएका पलहरु त तिम्रोलाई कहि जस्तो पनि लागेको थिएन होला । सायद धोकाको पिडा त मलाई खान लेखेको रहेछ क्या रे । धोका भन्दा जिवनमा अरु केहि पनि नपाईएला जस्तो छ । पत्र लेख्दा सम्ममा त छिनो आराम छु भन्नु पर्ला अनि तिमी त कुशलै छै हौल्ाी होईन ।
कुरा के हो भने जब मैले आउने बेलामा आमासँग कुरा गरेको थिए तर त्यहि फोन मेरोलाई अभिसाप भयो प्रकृति मैले तिमीलाई एयारपोर्टबाट पनि फोन गरेको थिए तर तिमीले मसँग कुनै कुरा भने नगरी फोन काटिदियौ । त्यो भन्दा अगाडी मैले तिम्रो आमासँग लामो कुराकानी गरेको थिए तर यस पटक भने तिम्रो आमामा धेरै परिवर्तनहरु आएका थिए । तर पनि मैले तिमीसँग कुराकानी गरेर त्यसको समाधान निकाल्न भने नखोजेको होईन तर तिमीले कुरा नगरी फोन काटिदिए पछि सोचे विछोडको पिडाले होला बोल्न नसकेकी भन्ने लाग्यो र तिमीलाई इराकबाट असहज परिस्ििथतमा पनि फोन गरे तर तिमी उल्टै नचिनेको बाहाना गरौ अनि मेरो मुटु छिया-छिया भएर टुकि्रयो त्यत्ति बेला मैले संसार नै धुमेको अनुभव गरे मलाई त्यत्ति माया गर्ने मेरी प्रकृति आज किन परिवर्तन आखिर मैले के गल्ती गरे उनीले भयौ भन्दौमा घरमा आमासँग हामी दुईको जिन्दगीको बारेमा कुरा गरे के मैले यहि नै गल्ती गरे कि उनीले भनेका सबै कुराहरुलाई मानेर उनीलाई जिवनसाथीको रुपमा अँगाल्नु खोज्नु चाँहि मैले गल्ती गरे । प्रकृति मैले तिमीसँग गर्न खोजेको कुरा पनि आज म यसै पत्रमा गर्दैछु यसलाई पनि केहि समय निकालेर पढ ल । यति बेला भने मेरा मनहरु रुदा-रुदा थाकिसकेको छ तर पनि आँखाबाट आँसुहरुले सिरानी भने छिजेकै हुन्छ । आमाले भन्दै हुनुहुन्थ्यो कि राम तिमीसँग जति पनि प्रकृतिले दिएको चिनो छ त्यो सबै कि फ्याकिदिनु कि फिर्ता गरिदिनु अनि प्रकृतिसँग विताएका हर क्षणाहरु भुलिदिनु म पनि प्रकृतिलाई फोन गरेर तिम्रो केहि चिनो भए फ्याक्न लगाउछु । म प्रकृतिलाई अरुसंग नै विवाह गराई दिने निधोमा पुगेको छु । सायद यो बाक्यले नै मेरो जिवनमा ठूलो भुईचालॊ ल्यायो प्रकृति आमाले त्यो कुरा भन्नु भयो तब जब म कार्यलयबाट मेनपावरको अफिसमा जार्द गर्दा तर फोन भने मैले गरेको थिईन ।
प्रकृति आमा बुबा भनेको हाम्रो भगवान हुन्छन् । सायद आमाबुबाको आदेश मान्नु नै जिन्दगीमा राम्रो होला । आमाबुबाले आफ्नो छोराछोरीको लागि कहिलै पनि नराम्रो सोचेका हुदैन । तर तिम्रो त आमा भने नि बुबा भने नि त्यहि आमा हुन् । आमाका कुरालाई कहिलै पनि नकाट्नु आमाले देखाएका बाटोमा हिड्नु बाचा गर्दछु तिमीले कहिलै जिन्दगीमा दु ःख पाउने छैनौ । हेर आमा एक्लै हुनुहुन्छ मलाई थाहा छ विछोड हुनुको पिडा अनि रोदन थाहा त तिम्रो आमालाई पनि हुनुपर् यो तर तिम्रो आमाको मन त ढुंगा रहेछ अथवा आफुले भोगिसकेको भएर होला भित्रि मनहरु रुदा-रुदौ पनि बाहिरको मनलाई कडा बनाउनु भएको थियो होला । प्रकृति अन्तिममा आमालाई मेरो धेरै-धेरै सम्´ना भनि दिनु अरु कुराहरु त त्यस्तै हुन् म कम्प्यूटरमा काम गर्दछु अहिले मेरो डियूटी रातीमा छ मेरो राती नेपालको ९ बजे देखि विहान ९ बजेसम्म हुन्छ । हामीले डुयूटी भने १२ घण्टाको गर्नु पर्दछ । कामको क्रममा भुल यहाँ माफी हुदैन सिधै नेपाल पठाईदिन्छ तर मेरो भने काममा त्यत्ति मन भने लागेको छैन त्यहि पनि कोशिसमा छु । सायद कसैको याद र सम्´नालाई विर्शिन सके भने काममा मनलाग्ला कि भ्ान्ने छिनो आशाहरु रहेको छ । खानाको राम्रो व्यवस्था नभएपनि बस्नको भने राम्रो व्यवस्था छ । फोन गर्ने इच्छा हुदा-हुदौ पनि प्राविधिक समस्याहरुले गर्दा इच्छाहरु पुरा भएको छैन । म इराकको राजधानी शहरबाट नजिकैको ऋबुउ ब्लबअयलमब द्यबबिम भन्ने ठाउमा छु । यहाँ त बमहरु फ्याकेको फ्याकै हुन्छ कति बेला बम आउँछ र बङ्किरमा लुक्न जानपर्ने हो त्यो कसैलाई पनि थाहा हुदैन । सुरक्षित हुदाहुर्दाै पनि कहिले काँहि अपि्रय घटनाहरु हुन जान्छ । काम सजिलो भए पनि १२ घण्टा काम गर्नु पर्ने र विदा नमिल्ने अनि यहाँको निति नियममा बस्नु नै हामीहरुको लागि गाह्ो कुरा हो । म भएको ठाउमा धेरै नेपाली दाजुभाइहरु रहेका छन् हामी नेपालीहरु कामबाट थाकेर कोठामा छौं अनि कसैले पे्रमका कुरा गर्छन् त कोहि सुख दुःखका कुराहरु एक अर्कालाई भनेर आफ्नो थकाई मेटाउने गर्दछन् तर म भने त्यहि दिनहरुको कल्पनामा नै विलाई रहेको हुन्छु ताकि तिमी मबाट टाढा नहोसर तर तिमीले मलाई याद गर्दिनै होली आए देखि त बाढुकी पनि लागेको छौन सपनीमा पनि आउदिनै किन हो किन तिमीले त माया मारि पॊ सकै जस्तो लाग्छ पि्रय । र्लौ त आजलाई यत्ति नै भगवानले राखेछन् भने अनि कुशलै रहे भने अगाडीका दिनहरुमा प लेख्ने छिनो कोशिस गरौंला । मनमा लागेका तिता मिठा कुराहरु यिनै हुन् । तिम्रो र मेरो जिन्दगीको कुराको निर्णय त अगाडी मैले अगाडी गितका भावनाबाट पोखिसके त्यसैलाई बास्तविकता लिनु । मेरो जिवन भरी नै तिम्रो यादहरु आई नै रहनेछ । जिन्दगीको दोबाटोमा भेट हुनु अलि परसँग सँगै यात्राहरु पार गदौ जाँदा ।एक अर्काे बीच माया पिरती गाँसिनु यो त प्रकृतिक नियम नै हो यसैलाई अनुशरण गरेको थियौ होला सायद दोबाटोमा भेटभएपछि अर्काे दोबाटोमा छुटिनु नै पर्छ होला होइन र प्ा्रकृति त्यसैले होला दोबाटो आउनु भन्दा पहिले नै तिमीले मलाई छोडिदियौ बाँकी यात्राहरु काट्न अब फेरि पनि एक्लै पर्ने भयो यस धर्तीमा एक्कै आएको थिए अबका यात्रा पनि एक्लै काट्दै बाँकी यात्रा तय गर्नुपर्ला तिम्रो जिवन खुशी र सुखिदायक वितोस् कष्ट अनि बेदना कहिलै पनि नआयोस् यसै शुभकामना सहित यो विरानो अनि अभावै अभावको बातावरणमा भुल्ले कोशिसमा लाग्नेछु । तर प्रकृति धोका मानिसको लागि अति नै पिडा दायक हुन्छ । अब अरुलाई धोका नदिनु ल ।
उनै
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
दलहरू, मित्रवत् प्रतिस्पर्धा गर !
विधिसम्मत रूपमा मुलुकभरिकाका वयस्क मतदाता जनताले चुनेर पठाएका संविधान सभाका प्रतिनिधिहरूले गठन गरेको विशेषज्ञहरूको समूह द्वारा लेखिने संविधान र सोही सभाले अनुमोदन गरी संविधान बनाउनु पर्छ भन्ने सुनौलो चाहना २००७ सालमा सम्पन्न राणा विरोधी आन्दोलनसंगै मुलुकको गर्भमा उदाएको हो। संविधानसभाको गठन र यसले लेख्ने वा अनुमोदन गर्ने संविधानले मुलुक र यसको प्रभुसत्ताका वास्तविक हकदार जनता र जनता मात्र हुन भन्ने कुरालाई नि:शर्त स्थापित गर्छ । मुलुक जनताको हो र मुलुकभित्र राजनीतिको नाममा गरिने हरेक साना ठुला निर्णयहरूमा अन्तिम फैसला लिने आधिकारिकता केवल जनअनुमोदन मार्फत मात्र हो भन्ने विश्वव्यापी लोकतान्त्रिक सिद्दान्तका आधारभूत मान्यताहरूको विधिसम्मत स्थापनाको पहिलो कडी संविधानसभाको गठन र यसले गर्ने तत्पश्चातका कार्यहरू हुन् । वंश, परिवार र निश्चित जात वा समूहको ठालूवादी कब्जा वा विशेषाधिकारबाट राजनीति र राष्ट्रलाई स्वतन्त्र पार्दै यस्तै अभिजात्य र सामन्तवादी चिन्तनको रूढीवादी मान्यताहरूको वैधानिक विसर्जन गराई जनताको मुलुक र राजनीतिलाई उनीहरूकै जिम्मेमा छोड्ने यो भन्दा विशिष्ट तरिका कुनै हुन सक्दैन । यो अवसर नेपालीहरूले इतिहासमै पहिलो पटक पाएका छन् र अप्रत्यासित बिघ्न वाधा नउब्जेको खण्डमा आगामी एक महिनाको अन्तरालमा यो अवसर प्रायोगिक रूपमा सिद्द पनि भैसकेको हुनेछ । तर पनि यो कार्य अहिले देखिएको जस्तो सहज नहुन सक्छ ।
सर्वप्रथमत:, आसन्न संविधानसभाको निर्वाचन सम्पन्न हुँदा , नेपालमा वर्तमानको यो घडीसम्म अस्तित्वरत पुरानो राज्य प्रणालीका समस्त संरचना: राजतन्त्र , अर्थ-सामाजिक संरचना लगायतका यावत पक्ष र अंगहरूमा आमूल परिवर्तनको औपचारिक यात्राको उठान शुरू हुनेछ । अहिले सम्म माग गरिँदै आएका नेपाली समाज र राजनीतिका अनगिन्ति पक्ष र पाटाहरूमा उच्चरित हुँदै आएका असन्तुष्टिका श्वर र मागहरूको एकै मुष्ट संवोधन हुन पाउने अवसर संविधानसभा नै हो भन्ने लाग्ने हुँदा राजतन्त्रदेखि अस्तित्वरत विविध माग , असन्तुष्टि र अपेक्षाहरूको एकैचोटीको समष्टि प्रभाव र प्रहार यो संक्रमणको नाजुक घडीमा मुखरित हुनु पनि , संविधानसभाको महत्व र यसको अनिवार्यतालाई नै प्रमाणित गर्दछन् । यस्तोमा पुरानो मान्यताले यसको आगमनलाई तिरस्कार गर्छ भन्ने सबैलाई थाहा भएकै कुरा हो भने यो कठिन प्रसव वेदनामा नेपाली राष्ट्रले सहनु परेका अप्ठ्याराहरूको श्रृङ्खलात्मक क्रमलाई पनि बुझ्नेहरूले समयको अनिवार्यताका रूपमा बझेका छन् । अत: यो बेलामा अप्रत्याशित ढंगले अनपेक्षित बिघ्नहरू नया स्वरूप र नया पहेली बनी प्रस्तुत हुन सक्छन् र यो क्रम संविधानसभाको निर्वाचन ,गठन, नया संविधानको लेखन, अनुमोदन , जारी हुने समय अनि त्यसपछिका समयमा पनि चलिरहने छन् । यत्ति हो समय क्रममा , यस्का चाल, छाल र उद्वेगहरू शिथिल बन्दै जालान् । तर पनि नेपाली राजनीतिपटका अभियन्ताहरूले यी संगीन मामिला, पक्ष, क्रिया , प्रतिक्रिया र अन्तर्क्रियामा ध्यान दिएनन् र केवल चुनाबी राजनितिको दलिय गणीत केलाउनमा आँफूलाई केन्द्रित राखे भने , निश्चित दल विशेषको चुनाबी विजयमा , मुलकको भाग्य फेरि हार्नेछ र मुलुकवासी नराम्रो गरी ठगिनेछन् । पछिल्ला दिनहरूमा निर्वाचनका पक्षमा वातावरण बनेको जस्तो देखिए पनि यो दूर्भाग्यका संकेतहरू देखिने क्रम भने जारी छ ।
पछिल्लो एक महिनामा , आसन्न निर्वाचनलाई हुन नदिने केही आन्दोलनहरू सिर्जना भए । राजनैतिक नेतृत्वले तिनलाई सम्झौताको बिन्दुमा लैजान सफल मुहिम चलायो। वार्ता र सम्झौताहरू भए। पुन: ती समझौताहरू माथि क्रिया प्रतिक्रिया पनि आए । यस बीचमा छिमेकी मुलक भारतको चासो र संलग्नताका बारेमा धेरै अड्कल र आक्षेप पनि उठाइए । सकारात्मक वा नकारात्मक जुन दृष्टिले बुझ्न खोज्नेहरूका पनि आ-आफ्नै तर्कहरू थिए। जति यो संगीन समयमा निर्वाचनलाई हुन नदिन गरिएका आन्दोलनहरूका बारेमा सकारात्मक र नकारात्मक प्रतिक्रयाहरू आए त्यति नै ती आन्दोलनहरूसंग सम्भावित र प्रकट रूपमा जोडिन आएका पक्षहरू र भएको सम्झौतालाई पानि मान्छेहरूले आ-आफ्ना सैद्दान्तिक र वैचारिक धरातलमा उभिएर केलाए । यी सबै घटनाक्रमहरू नितान्त स्वाभाविक थिए।
बहुदलीय प्रतिस्पर्धात्मक शैलिको निर्वाचनमा होमिँदा, बिभिन्न दलहरूले चुनाबी राजनीतिमा आफ्नो बरिष्ठता साबित गर्ने भरमग्दूर कसरत गर्नु कुनै मानेमा अन्यथा हैन । तर पनि, अब हुन गइरहेको निर्वाचन र यो निर्वाचन पछि गठन हुने सभाका सभासदहरूले गर्ने कार्य नेपाली राजनितिको दीर्घकालीन भविष्यका लागि मार्गदर्शक हुने महत्वको भएको हुनाले , अहिलेको निर्वाचनलाई केवल दलहरूको आवधिक कार्यकालको सरकार गठन गर्न सम्पन्न गरिने निर्वाचन प्रतिस्पर्धाको रूपमा मात्र बुझ्न खोज्नु यसको गुरूतापूर्ण सन्दर्भ, महत्व र प्रकृतिलाई बुझ्न नसक्नु हो ।
राजतन्त्रसंगको मुद्दामा मात्र यो महत्वपूर्ण घटनालाई जोडेर अरू अझ महत्वका भावी नेपालको भाग्यसंग सिधा सरोकार राख्ने विषयहरूमा मौन साध्न खोज्नु पनि यो निर्वाचनसंग जोडिएका प्रत्यक्ष सरोकारवाला दलहरूको कमजोडी हो । अनि आसन्न निर्वाचनलाई एउटा पार्टीको विजयले मात्र सही र सफल उद्देश्यमा पुर्याउनेछ अन्यथा अर्को अनिष्ट खडा गरिनेछ भनेर जुन खालको हूंकारयुक्त आवाज दलहरू मध्येका निश्चित घटकहरूबाट आउने गरेको छ , यो कुरा समावेशी र सम्झौताको बुनियादमा टिकेको वर्तमान र यसले ताकेको मेलमिलापको भविष्यको प्रष्ट खिलापमा देखिएको छ ।
अब कसैले जित्ने हार्ने र कसैको जित वा हारबाट अरू कसैको प्रभावलाई पूर्ण रूपमा निष्प्रभावी बनाउने योजना लिएर नेपालको राजनीतिलाई अगाडि हाँक्न चाहनेहरूले आफ्नो स्वाभाव र योजनाले अबको नेपाललाई चलाउन सकिन्न भन्ने कुरा बुझ्न जति ढिलो गर्छन त्यति नै उनीहरू समसामयिकताबाट बाहिरिन्छन् वा मुलुकलाई निकास दिने कुरामा सँधै बाधक बनिरहन्छन् । समानुपातिक प्रतिनिधित्वको संवैधानिक व्यवस्थाले पनि यही कुरालाई अँगालेको हो ।
चुनाबमा दलहरू दलीय मुद्दा लिएर उभिए पछि प्रतिस्पर्धा अवश्य हुन्छ । तर , कसैले यो हामीले बोकेको मुद्दा थियो, अरू त दाउ थाप्न आएका हुन भन्ने सोचेर अरू माथि धावा बोल्न कसिन्छ भने त्यसले लोकतन्त्रको आधारभूत अर्थ बुझेको छैन भन्ने बुझ्नुपर्छ अथवा उसले भन्ने वा दावा गर्ने कुरा र उसको लुकेको उद्देश्य बीच ठूलो खाडल विद्यमान छ । लोकतन्त्रले विचार र मुद्दालाई स्थापित गर्छ , पात्रहरू फेरिएर केही फरक पर्दैन। मारमुंग्रीको राजनीतिले लोकतन्त्रको केवल उपहास गराउँछ, कुनै मुद्दाको निरूपण गर्दैन ।
वर्तमानको संवैधानिक व्यवस्थाले, दलहरूले संविधानसभामा खुला प्रतिस्पर्धाका आधारमा जित्ने स्थान बाहेक उनीहरूले प्राप्त गरेको मत प्रतिशतलाई पनि उत्तिकै महत्व दिएको हुनाले, चुनाबी तालमेलहरू त्यति सहज नहुन सक्छ किनभने यसो गर्दा पार्टीको पक्षमा मत कम पर्ने हुन आउँछ । तर पनि खेलका नियमहरू हुन्छन् र तिनको पालना गरिएन भने खेल खेल नभएर जालझेल र नियम बीनाको ग्याङ फाइट हुनपुग्छ । नेपाली राजनैतिक इतिहासको यत्रो महत्वपूर्ण र अभुतपूर्व सन्दर्भलाई हामीले जतनसाथ अपनाउन सक्नुपर्छ ।
दलहरू , अत: स्वस्थ प्रतिस्पर्धा गर र जटिल मुद्दाहरूको निरूपणमा सहकार्य गर्न सिक ।
-एकलव्य
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
March 15, 2008
मरुभूमिमा मलाई जस्तो दुख कसैलाई नपरोस्
यूएई
मेरो घर तनहुँ जिल्लाको बन्दिपुरको एक गाउँमा हो घरको आर्थिक स्थिति अति नै कमजोर भएको कारण २० वर्षको उमेरमा एस।एल।सी पास गरेर रोजगारीको सिलसिलामा दिल्लीतिर लागंे तर केही प्रगति गर्न सकिएन ठगिनु मात्रै पर्यो । ग्रामिण क्षेत्रका धेरैजसो जनता कृषिमा भर पर्ने हुँदा ६ महिना मिहेनत गरेर १ वर्षलाई पनि खान नपुग्ने । मेरा घर वरीपरीका साथीभाइहरु विदेश गएर राम्रो कमाई गरी बेला बेलामा घरमा आई रहेको मैले देखि रहेको थिए । मेरो परिवार पनि आर्थीक अवस्थामा अतिनै कमजोर भएको कारण म विदेश जाने योजना बनाउन थालें । एकजना छिमेकीको छोरा कतारमा थिए । उनकी श्रीमतीलाई सोध्दा भीसाहरु पठाउने गरेको जानकारी पाएँ । काठमाडांैका मेनपावरहरुबाट विदेश जाँदा पैसा बढी खर्च हुने महिनौं लाग्ने काम राम्रो नहुने आदि-इत्यादि कुरा सुन्दै आएको थिएँ । सोचंे आफ्नै छिमेकीको छोराले त त्यति विश्वासघात गर्दैनन् कि २०५८ साल तिहारतिरको कुरा हो बहिनीको हातको टीका लगाएर भीसाको बारेमा बुझ्न छिमेकीको घरमा गएँ । मलाई पनि एउटा राम्रो भीसा मगाइदिनुपर् यो । त्यसको १ महिनापछि पासपोर्टको फोटोकपी मागेबमोजिम उनका एकजना नातेदार हस्ते कतार पठाईदिएँ । आशैआशमा १ महिना घरपरिवारसँग बिताएँ । त्यसैबेला श्रीमती दुई जिउकी भएकी रहिछन् झन मेरो टाउकोमा बोझ थपिने भयो । आफू त यस्तो भइयो-भइयो अब आउने भावी सन्ततिको जिन्दगी त राम्रो बनाउन सकिएला नि भन्ने सोचंे । ३ महिनापछि भीसा आयो अलिअलि पैसाको बन्दोवस्त गरेर म र एकजना नातेदार दाजु काठमाडौं गयांै । कतारमा भएका दाजुका एकजना नाता पर्ने भाइले सबै काम गर्दा रहेछन् । काठमाडौंमा गएर करिब १ हप्ता बस्न पर्यो उनकै कोठामा बस्यांै । उनलाई सोध्दा केमा हो गएर काम गर्ने भन्दा दोकानमा हो खाएर ६०० रियल दिन्छ काम दिनको ८ घण्टा गर्नुपर्छ भन्ने कुरा जानकारीमा आयो ।
फागुन महिनाको पहिलो साता बुबा आमा श्रीमती सबैलाई रुवाउँदै बिहान करिव ८ बजे काठमाण्डौबाट कतार प्रस्थान गरे दिनको १ बजेतिर कतारको एरपोर्टमा उत्रिए । करिब ५ घण्टा प्रतिक्षा गरिसकेपछि एकजना कतारकै बासिन्दा ट्याक्सी लिएर नेपालबाट आएको यो नाम गरेको मान्छे तिमी नै हौ भन्दै आइपुग्यो बेलुका दाजुको कोठामा पुगें । उहाँ मालिकको घरमा काम गर्नुहुदो रहेछ । दाजुलाई घरबाट पठाएका पत्रहरु र अलिकति भीसाको पैसा दिएर बाँकी पैसा कमाएर दिन्छु भनंे । त्यस बेलुका रमाइलो गर्दै बितायांै दाजुले भोलि बिहानै काममा जानुपर्दछ भन्नुभयो । कस्तो होला काम कस्तो होला मालिक के काम गर्नुपर्नै होला आदि-इत्यादि मनमा अनेकौं तर्क-बितर्कहरु आए । बिहान करिब ५ बजे दाजुले आफ्नो मोबाइलबाट एक ब्यक्तिलाई फोन गर्नुभयो साउदी भाषामा । मैले बुझ्न सकिन उहाँले १ घण्टापछि लिन आउँछ भन्नुभयो । नभन्दै एउटा बडेमानको भुूडी भएको मान्छे सेतो पहिरनमा टाउकोमा रातो फेटा लगाएर आई दाजुसँग खासखुस के-के कुरा गर्यो बुझ्न सकिन । दाजुले तेरो मालिक यही हो भन्नुभयो । उसले मलाई त्यहाँबाट उठाएर करिब ५ घण्टा ट्याक्सीमा राखी धेरै टाढा पुर्यायो । त्यो बडेमानको मान्छेले एउटा टिनले बारेको झुप्रोमा नेपालमा गाई गोठजस्तो लगेर राख्यो । दोकानमा काम गर्ने हो भनेर ढुक्क भएको थिएँ तर एक्कासी त्यहाँ पुग्दा होश हरायो । नेपालीहरु कोही पनि रहेनछन् । करिब ५०० जति भेडाबाख्रा मात्र रहेछन् । उसले हातले इशारा गर्यो भोलिदेखि तेरो काम यही बाख्रा हेर्ने हो भनेर । नितान्त एक्लै त्यो मरुभूमिमा त्यति धेरै बाख्रा हेर्नुपर्ने कुरा सुन्दा एकपटक छाँगाबाट खसेजस्तो भएँ जिन्दगीलाई धिक्कार्न पुगें । त्यहींदेखि मेरा दुःखका दिन शुरु भए । बिहान ५ बजे त्यो छाप्रोबाट बाख्राहरु खेदेर तातो न तातो मरुभूमिमा डुलाउनुपर्ने बाख्रा लिएर धेरै-धेरै टाढासम्म जानुपर्ने । त्यसरी जाँदा कहिले कुन ठाउमा बास बस्नुपर्ने कहिले कुन ठाउमा । बेलुका सुत्दा एउटा पाल थियो त्यही टाँगेर सुत्थंे रातभरि बाख्रा हराउला भन्ने डर यसैक्रममा दाङका एकजना दाजुलाई भेटें । उहाँ पनि यस्तै तरिकाले आउनु भएको रहेछ । केही दिनपछि उहाँसँग पनि छुट्न बाध्य भएँ । १ महिना बित्यो । मालिकले तलब दिन आउला भनेर दिन गन्न थालें । महिना बितेको १० दिनपछि मालिक आयो ।त्यतिबेलासम्म अलि अलि भाषा बुझ्न सक्थें । मालिकले आएर सबै बाख्रा हेर्न थाल्यो । बाख्रा अलि दुब्लाएको देखेर मलाई कराउन थाल्यो । जिन्दगीमा अझसम्म कसैलेपनि त्यसरी कराएको थिएन आँखाबाट आँशु चुहाउन बाध्य भएँ । पैसा देला भनेको त उल्टै कराएर गयो । उसले भन्यो- ुतँलाई महिनाको ३ सय मात्र दिन्छु त्यही पनि ५ महिनापछि । तेरो दाजुले मबाट १००० रियल लिइसकेको छ उसले यो मान्छे राम्रो छ । तलब थोरै दिएपनि काम गर्दछ भनेको थियो ।ु ऊ त्यति भनेपछि त्यहाँबाट अर्को महिनामा आउने भनी गयो । दिउसो भोक लाग्दथ्यो बाख्रालाई ल्याएको जौ गहु काँचै खान्थें । यस्तो दुःख भोग्नु भन्दा त नेपालमै फर्केर खेती किसान गरी बस्नु बेस् भनी सोचें तर त्यसो गर्नु सम्भव थिएन । आज विदेश आएको पनि दुई महिना बितिसक्यो न घरमा पत्रहरु पठाउने माध्यम छ न त कसैलाई फोन गर्ने उपाय नै । घरको साह्रै याद आउन थाल्यो । ३ महिनापछि मलाई साचो भएन । बाख्रा हेर्न जाँदा कहिलेकाहीं मरुभूमिमा सुतिदिन्थंे । बाख्रा कता जान्थे कता । एकदिन त्यसै समयमा मालिक आइपुग्यो म सुतिराखेको थिएँ उसले आएर मलाई कराउन थाल्यो । मैले अब म काम गर्न सक्दिन नेपाल फर्कन्छु भनंे । त्यसदिन रिसको झोंकमा उसले मलाई मज्जाले पिट्यो । म सार्है रोएँ कराएँ गुहार मागें तर कतैबाट पनि सहयोग पाउन सकिन । घरबाट आएको ५ महिनासम्म त्यसरी नै बिताए । गाउँको दाजु त कहाँ हो कहाँ उनले त अरु कैयौंलाई यसरी नै माकुराको जालमा पारिसकेका रहेछन् । साथमा १ बंगाली साथीपनि आए त्यहि काम गर्न । ५ महिनापछि मैले २ दिन काम गरिन मालिकले थाहा पाएर नराम्रोसँग पिट्यो । शायद त्यसदिन मलाई सारैनै पिट्यो तर केहि नराम्रो भएन । त्यहाँबाट भागेर एकजना नेपाली दाजुलाई भेटंे तर के गर्ने मसँग केही थिएन । उनले सम्झाए- फेरि मालिककहाँ नै जाऊ पासपोर्ट कागज केही पनि छैन पुलिसले समातेमा जेल हाल्छ भने । बरु जेलको जिन्दगी नै राम्रो भन्ने सोचें तर मन मानेन र फेरि काममा गए । उसले पहिलाको भन्दा झन बढी दुःख दिन थाल्यो । एकदिन भागेर नेपाल जान्छु भनी हिडे तर पुलिसले समात्यो । पुलिसलाई काम गर्ने मालिकको ठेगाना बताए । प्रहरीले ८ दिन थुनामा राखेर मालिकलाई बोलायो । मालिकले आफै काम गर्न नसकेर भागेको हो भन्यो । त्यसपछि मैले नेपाल जान्छु प्लेन भाडा र पासपोर्ट देऊ भनंे । ६ महिना काम गरेर १ रुपैयाँ पनि पाएको थिइन । प्रहरीले मालिकलाई कि त काममा लगाइदे कि ६ महिनाको तलब दिएर पठाइदे भन्यो । मालिकले बल्लबल्ल टिकट र पासपोर्ट दियो । नेपाली दाजुभाइको सहयोगले नेपाल फकर्ंे ।विदेश उड्दाको दिन मनभरी अती धेरै सपनाहरु सजाएर उडेको थिए । फर्कने बेलामा बुवा आमा भाइ बहिनी जिवन संगिनीलाई नयाँ लुगा ल्याईदिने छु । बेला बेलामा बुवा आमा तथा श्रीमतीलाई पैसा पठाईदिने छु भन्ने तर आज फर्कने बेलामा मसँग केवल मेरो एक सरो लुगा र त्यहि मेरी संगिनीले किनिदिएको थोत्रो झोला मात्र छ । अब म के गरौ गाउँ जाउ कि कता जाउँ घरमा जाउँ त के मुख देखाएर जाउ नजाउ त ………………॥
कति ठूलो आशा र भरोसा लिएर विदेश गएको थिएँ सातै महिनामा रित्तो फर्कंदा कस्तो-कस्तो भयो । एक मन सोचंे कसो बाँचेर आइयो । काठमाडौंमा आएर उही मलाई पठाउने भाइलाई सम्पर्क गरंे । उनले पनि ५-६ जना उनै दाजुले पठाएको भिसामा मान्छे पठाइसकेका रहेछन् । सबै कुरा खोलें उनले तत्काल दाजुलाई फोन गरेर बताएँ तर केही लागेन । उनले आश्वासन मात्र दिए तिमीलाई मेरै पैसा हालिदिएर भए पनि विदेश पठाउछु । काठमाडौं आएर घरमा जान सकिन । कहाँ जाउष कहाँ जाऊँ भयो । झोला पासपोर्ट सबै उही भाइको कोठामा राखेर हिँडे एउटा साँस्कृतिक कार्यक्रममा कुचिकारको काम गर्न थालै । करिब ३ महिनाको अन्तरालपछि फेरि यू।ए।ईको लागि भीसा आएको छ । एक मन त धेरै नै डर लाग्यो पहिलाको जस्तै हुने हो कि भनेर । तर म बाध्यतामा परेको थिएँ- घरमा जाऊ त के मुख देखाएर जाऊ । जागिर खाऊ त त्यति राम्रो योग्यता छैन । पैसा सबै उनै भाइले हालिदिए । उनी बानेश्वरमा कम्युनिकेशन चलाएर बस्दा रहेछन् । मेरो साथमा म्याग्दीका २ जना अरु पनि थिए । काम ठिकै छ भन्ने थाहा पाएँ । नेपाल छोड्दाको दिन मलाई पठाउने भाइले खबर ल्याएका रहेछन्- घरमा मेरी श्रीमतीको डेलिभरी भएछ । छोराको बाबु भएछु गहभरि आँशु िलंदै उही छोराको भविष्य सुधार्ने कल्पनासहित फेरि पहिलाको घट्ना सम्झदै यू।ए।ई तिर लागेँ । यो कथा सत्य घटनामा आधारित छ कसैको जिवनमा मेल खान गएमा म क्षमापार्थी छु ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
Free Tibet
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
March 14, 2008
इराकको यात्रा म आफैले लेखे - राम प्रसाद पन्त अन्जान बनबासी
विदेश जाने रे म पनि मन भारी हुदा हुदै पनि राहदानी बनाउन जिल्ला सदरमुकाम तिर जान्छु अनि राहदानी बनाई राजधानी मामाको घरमा गएर मामालाई राहदानी ज्ािम्मा लगाई म आफ्नो अफिसतिर जान्छु तर पनि जानु त छदैछ भनि मनलाई शान्त बनाई तयारीमा जुट्छु । मामाले भन्नुभएको थियो कि राहदानी दिएको १५ दिन भित्रमा जानु पर्छ भनेर मसँग मेरो गाँउ नजिकैको साथी पनि जाने रे भनेपछि रमाईलो लागेको थियो । हामीलाई मेनपावरको अफिसमा पनि जान दिईएन । कुन मेनपावरबाट जाने हो पनि थाहा थिएन । त्यस्तैमा पुष २४ गते बिहान मामाले मेरो मोबाईलमा फोन गरि जान जानु पर्ने भयो हातमा एउटा ´ाेला मात्र लिएर आउनु केहि पनि पर्दैने ११ बजे भित्रमा एयरपोर्ट जानु पर्छ तिमी ट्क्सी लिएर धोविधाट नजिकै रहेको नयाँबाटोमा आउनु भनेपछि एक्कासी आएको फोनले म के गरु के नगरु भई छट्पटाए पनि आफूसँग भएको जॆ समान थियो त्यहि लिएर हिडे विदेश यात्रा शुभारम्भ गर्दै । मामालाई नयाँबजारमा पुगेर भेटे अनि मेनपावर तिर लागे त्यहाँ पगेर थाहा भयो कि हामी त १२८ जना पो जाने रहेछ भनेर तर तिनीहरुले कसैलाई कतार हुदै कसैलाई नयाँढिल्ली हुदै कसैलाई कुवेत हुदै र कसैलाई सिधै दुवई यस्तो रुट मिलाएर २ दिन भित्रमा १२८ उडानले योजना बनाएका रहेछन् सबै जना भने १० जनवरीको दिन दुबईको टर्मिनल २ को १३ र १४ भेट गर्ने र केहि परेका दुबईको एक दलाललाई फोन गर्नु भनि कसैलाई १०० दिनार त कसैलाई भने फोन मात्र गर्नु भनि त्यहाँबाट ११ बजे हामीले आ-आफुले ट्क्सी लिएर हिड्यौं । आमा जन्मभुमि अनि साथीभाइहरुलाई छोडि हामी नयाँढिल्ली पुगौं । १६ घण्टाको कठिन पखाई पछि हामी दुबई पुयौं ९ जनबरी बेलुकी ५ बजे तिर अनि हामीले दलाललाई फोन गर् यौ उसले भन्यो कि च्ािन्ता नलिनु ३ जना भन्दा बढी एक ठाउमा नबस्नु अनि आफ्नै साथीहरुसँग पनि इराकको बारेमा धेरै कुराहरु नगर्नु धेरै हिडि नरहनु तँपाईहरुलाई विहान ५ बजे लिन कोहि आउछ भन्दै फोन राखिदियो त्यसपछि जे जस्तो भनेको थियो हामीहरुले तेहि नै गरौै र विहान ५ बजे तिर हामीलाई लिएर एउटा केटी अगाडि हिडिन् भने हामीहरु भने उसले जे गर भन्यो त्यहि गयौं त्यसपछि भने हामी बलाद बेसक्यापमा १० जनबरीको दिन बेलुकी ६ बजे पुगेपछि अमेरिकन आर्मीले हामीलाई जाँच गरेपछि हामीलाई सम्बधित कम्पनीले हामीलाई लिएर गयो । हामी धेरै थाकेको थियौ त्यसैले खाना खाएर केहि नेपालीहरुसँग परिचय गर्दै हामी त्यसदिन भने सुत्यौं । भोली पल्ट हामीलाई कम्पनीले एक बस्रे सम्´ाैता पत्रमा हस्तक्षर गर्न भनि बोलायो तर हामीहरु कोहिले त दुबई कोहिले हवाईजहाजमा गरेर सम्´ाैता पत्रमा हस्ताक्षर गरिसकेका थियौ तर कोहि साथीहरुले भने दलाल ले जुन काममा पठाएको हो त्यो काम भन्दा अरु नै परेपछि अनिहरुले भने हस्ताक्षर गरेको थिएनन् केहि बेरको छलफल पनि हामीहरुलाई जसले जुन काममा सम्´ैता गरेको छ हामी त्यहि काम दिन्छौ तर हामीले लिएको सम्बन्धित काममा लिएको परिक्षामा सफल भएको खण्डमा मात्र काम दिने भने पछि हामीहरु त्यसपछि मानसिक दबाबमा आयौंं कसैले सिधै दलाललाई फोन गर्ने तिर लागे म भने मानसिक दबाबका बाबजुत पनि हुने भनिएको परिक्षाको तयारीमा लागे १३ जनवरीको दिन हामी सबैलाई परिक्षाको निम्ति गयौं आ-आफ्नो परिक्षा दिएपछि केहि भने सफल भएछन् केहि भने असफल । सफल हुने लागि फेरि पनि अर्काे परिक्षा दिनुपर्ने भयो अब भने केविआरमा थियो हाम्रो परिक्षा केविआर भन्ने एउटा कम्पनि रहेछ हामीहरुले त्यहि कम्पनिको मुनि बसेर काम गर्नु पर्ने रहेछ हामीलाई त्यसबेला थाहा भयो कि हामी बसेको कम्पनि त कामदार मगाउने र केबिआर लागि दिने काम पो रहेछ । म भने बमुष्ल बकक। मा थियो सायद मेरो कम्प्युटर र अंग्रेजीमा राम्रो दखल हुदाहुदै पनि परिक्षा भने कठिन रुपमा नै पास गरियो र लामो श्वास फेरे । तर यहाँ भने सबै कामदार लागि अंगे्जी अनिवार्य रहेछ तर हामीलाई भने दलालले यसको बारेमा खासै कुरा गरेको थिएन । हामीलाई कमाई राम्रो हुन्छ र काम सजिलो हुन्छ भनेको थियो त्यसैले हामीले २ लाख ५० हजार तिरेर ईराक आएका थियौ हामी प्राय सबै २ लाख पचास हजार तिरेर आएका थियौ तर यस्ता साथीहरु पनि थ्ािए कतिले कम तिर भने कतिले बढि पनि तिरेका दिए । अहिले हामीहरुको दिनचार्य भनेको अफिसबाट कोठामा अनि कोठाबाट अफिस मात्र भएको छ । हामीले १३ घण्टा काम गर्नु पर्ने हुन्छ । त्यसमा १ घण्टा भने विश्राम त्यसै समयमा खाना पनि खानु पर्ने हुन्छ । काम भने क्षेत्र हेरेर कठिन र सजिलो छ । केहि कठिन ठाउमा परेको छन् भने कोहि सजिलो ठाउमा परेका छन् । यहाँ कठिन भनेर फोहोर पोल्नेमा गार्ड र ठाउ अनुसारको लेबरलाई पनि । कहिलै नगरेको काम जस्तो लाग्छ यहाँ नेपालीहरु भने विभिन्न ठाउँमा काम गरेको मैले पाए जस्तो कि बमुष्ल बकक। अयलखभथ मचष्खभच बिदयच भ्भिअतचष्अष्बल ऋबचउभलतचथ धभमिष्लन अययप क्भअगचष्तथ न्गबचम ऋगिकतभच आदि प्राय सबै ठाउहरुमा नेपाली कामदारले काम गरेको पाए मैले । हामी नेपालीहरु जहाँ पनि कर्तव्यलाई ठूलो मान्भएर होला नेपालीहरुलाई सबैलाई माया गर्ने गरेका त्यसैले होला नेपाली भने पछि अरु राष्ट्रका कामदारहरु भन्दा राम्रो हुन्छ भन्ने यहाँका मानिसहरुलाई परेको रहेछ त्ोहि भएर पनि होला नेपालीहरु पनि आफुले पाएको कामदार ईमान्दार भएर गरेको पाए । काम सजिलो भए पनि एउटा पनि गल्ति माफि नहुने भएकोले त्यसमा भने नेपाली हामी सबै नेपालीहरु सचेत रहन्छौ यहाँ एउटा गल्तीको सजाय भनेको सिधैं नेपाल पठाई दिने कानुन रहेछ । नेपाली मात्र नभए र सबै देशमा कामदारहरुमा लागु हुन्छ यो नियम । यहाँ काम सजिलो तर यहाँको निति नियममा भने बस्न साहै ने कठिन रहेछ सम्पूर्ण कामदारहरुलाई एक गल्ति भेटेमा उक्त कामदारलाई आफ्नो देश फिर्ता पठाउने यहाँको नियम रहेछ । यस्तो सजाय यहाँका कामदारले बेला बेला पाएको जानकारी पाउदै पनि गरिन्छ । अफिस समय भन्दा बाहिर सुत्नेहरु सुतिरहेको हुन्छ भने तासलाई नै आफ्नो दोस्रो जिवन बनाएकाहरु भने तासमा नै रमिरहेका हुन्छन् यसै क्रममा यसले यति जित्यो अनि यसले यति हारेछ भन्ने खबरहरु पनि आई नै रहन्छन् । खाना बन्नको राम्रो प्रवन्ध भए पनि अस्पतालको राम्रो व्यवस्था नहुदा आफ्नो शरिरको सुरक्षामा अनि धरै जोड दिने गर्नछन् यहाँका नेपाली अनि अरु कामदारहरु पनि । यस्तै यस्तै गरेर बिताछन् यहाँ नेपालीहरु र यसै माहोलमा रमेको हुन्छु म पनि आज म आएको पनि आज दूई महिना हुन पो लागेछ भने त्यसैले त समय परिवर्तनशील छ ।
यसबाट कसैलाई कहि समस्या हुन गयो भने क्षमा माग्दछु । यो मेरो केबल व्यक्तिगत भोगाईहरु मात्र हुन् ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
March 13, 2008
गजल - आदेश
छाती खोप्न सजिलो होला छिनो पठाकोछु
बेला कुबेला नजर जुध्ला भनी नडराउ
भरोसा कुहिएर गन्हाको सिनो पठाकोछु
बाटो पर्दा कतै नजर पर्ला घरमा भनी
सुकुमबासी भै भात्किएको छानो पठाकोछु
सुदामाको कुटी भित्र माया नै त थियो दिन
धेरै धन कमायौ कि भर्न मानो पाठाकोछु
बधाई र कामना मेरो कोशेली तिमीलाई
आसुले रुझ्दै लेखेको अन्तिम पानो पाठाकोछु
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
ब्रतबन्धको रत्यौली
नपढने बिद्यार्थीलाई जसरी परिक्षा नजिक आउँदा डर लाग्छ जनताको विश्वास नभएका दललाई पनि चुनाव नजिक आउँदा त्यस्तै भयले गाल्छ ।
प्रसंग नेपालमा हुन लागेको संबिधान सभाको चुनाव र माओबादी दलकै हो, हिजोको हिमाल खबर.कम मा "प्रचण्डको चेतावनि" शिर्षक दिएर यौटा समाचार छापिएको छ । कुरो घुमाएपनि, सिधा भने पनि समाचारको सारले के देखाँउछ भने कामरेडहरुलाई नजिकिदै गएको चुनाबले सातो लिएको छ। त्यसैले अझ पनि कुनै न कुनै बहानामा चुनाव सार्ने भरमग्दुर प्रयासमा छ माओबादि ।
जन-युद्ध, जन-मुक्ति वा मुखको बोलिमा जेसुकै भनिए पनि माओबादिको अहिले सम्मको कार्य केबल, जन-हत्या, जन-शोषण र जन-दबाबमै बढि देखिएको छ । अर्को रमाईलो कुरा चाँहि प्रचण्ड र बाबुरामले गिरिजा कोईरालासंग भेट्दा "शहीद तथा बेपत्ता परिवारलाई राहत दिनुपर्ने" माग पनि राखेछन्। आफुले कब्जामा लिएका जनताका घर-बारी र सम्पति अझै फिर्ता नगरेका गुटलाई यसरी 'सहिद' र 'बेपत्ता परिवारलाई राहत दिनुपर्ने' माग राख्दा सुन्नेहरुलाई निक्कै लज्जा महशुस भएको हुनुपर्छ ।
जे होस, जे जस्तो माग वा अटको थापेर भए पनि माओबादी नपढ्ने बिद्यार्थीले परिक्षा सार्न जे जति जुक्ति लगाउँछन त्यत्तीनै तिडकम लगाएर चुनाव पछाडी सार्ने निहुमा पुगेको बिस्तारै भान हुन थालेको छ।
बोली र 'गँजडी गफ' मा ८०% नेपाल हाम्रो कब्जामा छ भने पनि साँच्चै चुनाव आउँदा ८% भोट पाउन पनि गार्हो हुन्छ, यो कुरो हालैको तराई आन्दोलन पछि पनि कामरेडहरुलाई प्रष्ट भएको हुनु पर्छ । जनता कतिबेला, कसरि र केबाट आन्दोलित र परिचालित हुन्छन भन्ने कुरो हाम्रो जस्तो शिक्षामा पछाडि रहेको देशमा सजिलै भन्न सकिने कुरो होईन । त्यसैले आफुहरुले बिगतमा गरेका कूकर्म सम्झेर भोट पाउने आशा गुमाउदै जादाँ कामरेडहरुले गर्न सक्ने अन्तिम काम भनेको कुनै न कुनै बहानामा चुनाव भाँडनु नै हो ।
फेरि सुनिन्छ आजकल काठमाणडौका भित्ताहरु प्रचण्डलाई राष्ट्रपति बनाउने नाराले भरिएका छन, अब यो केबल संबिधान सभाको मात्रै चुनावहो र यसले प्रधान मन्त्री वा राष्ट्रपति छान्ने होईन भन्ने बारेमा राष्ट्रपतिका दाबेदारलाई समेत थाहा नभएको हो की, नत्र कहिले संबिधान सभाको चुनाव गर्ने कहिले नया संबिधान लेखिने अनि फेरि कहिले हो त्यो नयाँ संबिधान अनुशार राष्ट्रपतिय चुनाव हुने???।
अहिले केवल संबिधान सभाको चुनाव मात्रै हुन दिनुहोस, त्यसपछि जनताको मन जित्ने केहि गरेर देखाउनु, अनि बिस्तारै राष्ट्रपतिय चुनाव भएछ भने उठेर जित्नु होला तर यसरी ब्रतबन्धमा रत्तेली खेल्दैमा कहाँ बेहुली पाईन्छ हो?।
जसरी ब्रतबन्ध गरिसकेपछि मात्रै बिहे गरिन्छ त्यसरी नै नया संबिधान बनेपछि मात्रै राष्ट्रपतिको चुनाव हुन्छ, त्यसैले हतार नगर्नोस । नपढने बिद्यार्थी परिक्षा देखेर तर्से जस्तो गरेर केहि हुन्न राष्ट्रपति बन्ने त्यस्तो रहर छ भने कमसेकम संबिधान सभाको चुनाव त हुन दिनुहोस् ।
जसरी ब्रतबन्धको बेलामा रत्यौली खेले पनि, कसार खाए पनि, जग्गे नै गाढे पनि त्यो भिन्दै संस्कार हो र ब्रतबन्धमा दुलहि पाईदैन, त्यसरि नै अहिले चुनावै भए पनि, भोटै हाले पनि यो केवल संबिधान सभाको चुनाव मात्र हो यसले राष्ट्रपति पक्कै छान्दैन आत्तिएर हुदैन कामरेड धैर्य गर्नुस ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
March 12, 2008
गजल - समय
आधि बेहरी ठुलै चली भागा भाग ,शहरमा चलेको थियो
पूरानो भएर हो कि सिङौरी खेलेर हो धुजाधुजा भयो रे
टाल्नै नसक्ने भो अनगिन्ती प्वाल ,बिचरो त्यो गलेको सियो
कागत भरी खोइ के के कोरी माटो रोप्छु भन्थे रे कोही कोही
टोक्नु न बोक्नुको फल फलेछ आज ,चाहेरै फलेको कि यो
दांईको बेला आयो अब अन्नबाली राम्रो सित भित्र्याउनु छ
गोरुहरु छाडा भए टेठो चाहियो, गाढन त्यो ढलेको मियो
कहिले दयामा ,कहिले मायामा बल्लबल्ल बटुलेको पैचो
के पकायो के बाड्यो भान्छेले किन होला,कसैले नि नलेको चियो
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
March 11, 2008
सत्य होस तथ्य किन चाहियो?
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
March 10, 2008
मनोन्यास - जलेको ह्रदयमा फुलेको प्रेम
- हस्त गौतम मृदुल
कठोर निष्ठुरी कालो रातमा दियोको उज्यालो रोशनी प्रकास खुले झै प्रिय तिमी मेरो जीवनमा खुल्दै खुल्दै आउ। बसन्त बृक्षमा झपक्कै फुलेका मेलका रहरलाग्दा फुलका फुप्पाहरुमा भमरा मुले झै प्रिरय तिमी मेरो जीवनमा खुल्दै खुल्दै आउ। यहाँ मैले यस श्र्राप परेको भुगोलमा आलो रगतको वीउ छरेको छु।
तिमी आए पछि यो उर्मने छ। नयाँ नयाँ पालुवाहरु फेर्दै हराभरा हुँदै हरीतपनले छाउने छ। सौम्य सुन्दर स्वादिलो सुवास फैलाउदै थुप्रै थुप्रै अपार स्नेहशील लटरम्म फुलहरु फुल्ने छन। ती मनमोहक फुलहरुमा आत्माविभोर पार्ने आर्कषक सौन्दर्यले छाउने छ। क्रमसःफुलबाट फल भएर जन्मिदा फुलको परिचय मेटिदै जाने छ। त्यस फलभित्र थुत्रै आ-आफना अस्तित्वका वियाँहरुले जन्मलिने छन। यस बिशाल बसुन्धरामा विउबाट विस्तारै टुसाहरु हलक्क बढ्दै जाने छन।
आज मलाइ यो पलाउदै गरेको टुसा झै सम्वेदनशील अबस्थामा समयले छोडिदिएको छ। यो संकटकालिन अवस्थामा मलाइ तितरबितर हुनबाट बचाउन तिमी अन्तिम ताराको मन्द प्रकास पछयाउदै म कहाँ आउ। उज्यालो पुर्वबाट नै उदाउछ त्यसैले तिमी त्यही पुर्वको न्यानो भृकुटी उज्यालो लिएर आउ। कहिल्यै अध्यारोले नखोस्ने उज्यालो नै आज मलाइ चाहिएको छ। त्यहि दिब्या उज्यालो बनेर तिमी मेरो यो जीवनमा आउ…।
त्यो उज्यालोमा मात्रै म आफनो गर्भबाट आफै जन्मेको हेर्न सक्छु। मलाइ एकपटक आफैबाट आफुलाइ जन्माएको हेर्ने मन छ। आफनो लागी एकपटक मलाइ आमा हुन मन छ। म बाट जन्मिएको मेरो जीवनमा तिमी सहयात्री बन्न आउ। त्यस महान उत्सवमा म तिमीसंगै रमाउन चाहान्छु। कहिल्यै रात नपर्ने त्यो र्मिरमिरे बिहानीमा बास्ने भालेका डाँकहरुसंगै आउ। उत्स्रग चेतना बाढने त्यो भालेको आवाजमा समयको गीत लुकेको छ त्यो गीत सुनाउन आउ। तिमी त्यो मार्ग तय गरेर आउ जुनबाटोमा आजसम्म कोही हिनेको छैन। त्यस्तो स्नग्ध न्यानोपन दिने आगो लिएर आउ जस्को आजसम्म कसैले अनुभव गर्न पाएको छैन। तिम्रो यात्रा तेन्जिगं नोर्गे सेर्पा र एडमण्ड हिलारीले सगरमाथा आरोहण गरेदेखी शुरु हुन्छ। तिम्रो यात्रा जापानकी जुनको तापे महिलाले सर्वच्चशिखर चुमेदेखी शुरु हुन्छ।
स्वायम्भुतर्फ सेता परेवाको लावालस्कर उडेदेखी शुन्छ। मठमन्दिरमा शंखध्वानी घण्टा र भजन किर्तन गुन्जेदेखी शुरु हुन्छ। आजकाल यस बसुन्धरामा विचरा देवताहरु पनि बस्न मान्दैनन्। देवताहरु बिना पखार्लभित्रका कैदी भएर अताल्लिएका छन। ति निर्दयी पर्खालहरु बर्लिनको पर्खाल भत्कीय झै भत्काउन आउ।
देवताहरु बिस्थापित भएकोले मन्दिरहरु कुरुप र लावारिस भै समयको गर्भमा बिलाउदै गइसके। पुर्खाले दिएको अमुल्य सम्पदालाइ निहित स्वार्थमा साटी सके। भत्केका पाटी अबला मन्दिरहरुलाइ पुनः स्वरुप दिन तिमी आउ। आजकाल हरेक मन्दिरहरु केवल मसानघाट झै सुनसान छन। बेवारीस छन बर्दान दिने स्थानहरु…।
तस्रथ ति आदरणिय देबताहरुलाइ बिस्तापित भएको ठाउबाट उठाएर ल्याउ र यिनै मन्दिरमा बास देउ। यस बसुन्धरामा मान्छेको मात्र होइन देवताको पनि बास खोसिएको छ। गाँस खोसिएको छ। स्वास खोसिएको छ। अनि आश खोसिएको छ।
यहाका ढुंगाहरु बलबाहु अरनीको बिना रोएका छन। यि चटानहरुमा युगले हस्ताक्षर गरुन भन्ने म चाहान्छु। यि पहाडमहरुमा भृकुटीले सान्तीको आलोक भरुन भन्ने म चाहान्छु। यी अनमोल निधिहरु बचाउन मलाइ गारो भो प्रिय जस्ले रुख ढाल्छ त्यहा फुलहरु कसरी फुलिरहन सक्छन र यहा हरेक पल आस्थाका रुखहरु ढलीरहे छन। बिस्वासका जराहरु काटीएका छन। आशाका विउहरु सुकेका छन। अंशु बर्माले कैलाशकुट भवन यही धरामा रोपेर गए रे म थाकी सकें प्रिय त्यो आलिसान दरबार कता छ फेला पार्ने गरी आउ। भेटियो भने त्यो पनि बेच्न सक्छन तस्रथ किन भने यहाँ बेचिन केही बाँकी छैन। मेरो मृतुसम्म बेचिसके। सहजलाइ असहज बनाउनछन जसरी तिलको गेडालाइ पहाड। अहो पि्रय पाइला पाइला फुक्दै आउ यो धरामा धराप धेरै छन। इतिहाँसमा श्र्राप धेरै छन। जतिखेर पनि तिमी पासोमा पर्न सक्छौ।
जतिखेर पनि श्र्रापले ऐरीका काडाले झै घोचिन सक्छौ। यो धरामा धेरै सकुनीहरु छन। जतिखेर जस्ले पनि पासा थाप्न सक्छ। जन्मीएर जन्मदिने आमालाइ नै खाने निर्दयी माकुराहरु यहाँ धेरै छन। बिचार गरेर आउ। मलाइ फेरी एक पटक समयको गर्भबाट बुद्धलाइ जन्माउन मन छ। आदर्शनारी सीतालाइ जन्माउन मन छ। अनि भृकुटीलाइ जन्माउन मन छ। मलाइ एकपटक फेरी भानुभत्तलाइ जन्माउन मन छ। वीर बलभद्र र अमरसिहं थापालाइ जन्माउन मन छ। फेरी मलाइ भिमसेन थापालाइ जन्माउन मन छ। महाकबी देबकोटालाइ जन्माउन मन छ। मैले धेरै धेरैलाइ जन्माउनु छ। किनभने यहाँ जन्मिएकाहरु सवै अहिले बतासे अण्डाजस्ता मात्र छन।
क्रमश:
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
March 8, 2008
गजल - मदिरा
पिउन भनेर तान्न के खोजेथे बात लाग्यो
ईन्द्रको अप्सरा हौ कि रजपटकी कामुक नायिका
भोगचलन गर्न नसक्ने इच्छाको खात लाग्यो
श्रदालाई तिरस्कारमा जाक्यौ च्वास पोल्ने गरी
दिल भरी कसोकसो सिस्नुको पात लाग्यो
भुतले खाजा खाने बेला जुराइएछ साइत
झिङा भन्किएको बासी चिज मात्तै हात लाग्यो
होश उडाउने हासो कसैको नासो भएछ अब
मनमा सकुनिको पासा भन्दा कडा घात लाग्यो
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
March 6, 2008
गजल - कैदी जस्तै
दुई चार हात बाजी मारी खेल फेरिछौ
एकान्त खोजी आँफैलाई कैद गरे
अतितका याद्ले मनको जेल घेरिछौ
हतारले आशु पुछ्न पुग्थे हात तिम्रा
मौन भई आज आँखाको भेल हेरीछौ
बल्दा बल्दा डढेको झुम्रो के सक्थे
प्रकाश छर्न पानी मिसेको तेल फेरिछौ
छक्का पन्जा थाहा थिएन कहिले
मेरै जिबन दाउमा थापी झेल गरीछौ
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
प्रवासीदांको पिडा
यू।ए।ई
विदेश पलायन हुनु हामी सबैको रहर होईन बेरोजगार घरको आर्थिक भार परिवार तथा श्रीमतीको कचकच देखासेखी र छोटो समयमा धेरै पैसा कमाउने मनासाय ले हामी विदेशीएका हौ भने एकाधमात्रमा विदेश रहरले पनि आएका हुन्छौ ।
म पनि यिनै माथिका कारणहरु मधे एक कारणले आज भन्दा ५ बर्ष पहिला विदेश पलायन हुन बाध्य भए । मेरो पहिलो विदेश खाडी देश साउदी अरब थियो । त्यतिबेला महिनाको १० हजार भन्दा अतिनै ठुलो लाग्यो र कम्प्युटर अपरेटरको लागि भनेर साउदी अरब गए । साउदी अरबमा एकाध कम्पनीमा ३ बर्षे करार अवधी हुन्छ मेरो कम्पनीको पनि ३ बर्षे करार अबधी थियो । ३ बर्ष पछि मात्र ४ महिना छुट्टि पाउने मलाई त त्यतिबेला जेलमा निश्चित समयको लागि परेको जस्तो लाग्यो । गत बर्ष मात्र मेरो तिन बर्षे करार अबधी सकिएर ४घ् महिना पछि छोटो समयको लागि घर गए । घरमा ६ महिनाको छोरी काखमा खेलाउदै छोडेको छोरी आज ४३ महिना पछि छोरी त चिन्नै नसकिने भईछन् । पहिलो पटक छोरीलाई देख्दा पिल पिल आँखाबाट आसुका ढिक्का खसे । ४ महिनाको छुट्टि गएता पनि म तत्काल यू।ए।ई आउनु पर्ने भएको हुनाले करिव १८ दिन जति घर परिवारसँग मायाँ साटासाट गर्ने मौका पाए ।
करिव ४३ महिना पछि घरमा गएको १८ दिन भित्रमा नै परिवार जिवन संगिनी र प्यारो देशसँग विछोड हुदा असहाय पिडा भयो । एयर्पोटको भित्री प्रवास प्रवेश गर्ने द्धाराबाट सँगिनी तथा छोरीलाई दुई हातले टाटा गर्दै म फेरी प्रवासीए । पहिलो पटक यू।ए।ई आउँदा म रनभुल परे । साउदी अरबको अति अनकन्टार मरुभूमी उधेलियामा बसेको ब्यक्ति एक्कासी गगन चुम्बी भवनको बिचमा आउँदा केही दिन त म ति भवनहरुलाई हेर्दै दङ्गदास परे ।
मलाई समयले पनि साथ दिएको थियो र मेरा एक जना आफान्तले मलाई उहाँलेनै काम गर्ने कम्पनीमा बोलाउनु भएको थियो । करिव १५ महिना पछि म फेरी नेपाल फर्किए यो पटक भने करिव ४० दिनको विदा लिएर गएको थिए । लामो बिछोड पछि मिलन भएको परिवासँग ४० दिन कसरी बिते थाहानै भएन । अकस्मात विदेश उड्नु भन्दा ३ दिन अगाडी मात्र झल्यास्स भए फेरी विछोड हुनुपर्ने समय आयो भनेर । जिवन संगिनीले आफ्नो श्रीमानलाई मायाँ नगर्ने कमै मात्र होलान् तर मेरी जिवन संगिनीले मलाई अति मायाँ गर्दथिईन् विदेश जाने बेलामा उनि काठमाण्डौ सम्म जसरी पनि सँगै आउने र मलाई विदेश पठाएर मात्र जाने गर्दथिईन् तर यो पटक भने उनले मलाई एयरपोर्ट सम्म छोड्न सकिनन् । म विदेश आउने बिहान उनि घर फर्किन् मेरो बेलुका ९ बजेको उडान थियो एक्लै काठमाण्डौमा १२ घण्टा समय विताउन अति कठिन भयो साथमा भाईहरु त थिए तर प्यारी साथमा भएको जस्तो के हुन्थ्यो ।
भर्खरै रमाईलो लागेको कोठा एकैक्षणमा साह्रै सुन्य लाग्यो कता कता मोती हराएको जस्तो महसुस भयो । समय बितेको थाहानै पाईएन । विस्तारै समयले कोल्टो फेर्दै थियो अधेरी रातले ढपक्क ढाके जस्तै दिनलाई ढाक्दै थियो । हाते घडीले साढे पाँच बजाउदै थियो । मन कता कता गरुङ्गो भइरहेको थियो । बिहानै छुट्टने बेलामा संगिनीले रातो टिका निधारमा लगाईदिएकी थिईन् । दिउस हिड डुल गर्दा टिका खस्न सक्छ बेलुका दाजुलाई एयरपोर्ट जाँदा फेरी लगाईदिनु है उनले भाइलाई सम्झाउदै थिईन् तर मैले अति जतनले त्यो टिका जोगाई राखे । बेलुकासम्म उनले लगाईदिएको टिका जस्ताको तस्तै थियो । भाइले दुई वटा टिका थपि दिए भाउजुले दही राखीदिनु भएको छ खानु भन्दै गिलासमा दही देखाउदै दिए पिउन मात्र के लागेको थिए दुई थोपा आसु चुहिन थाल्यो ।
बाहीरी मौशम केही चिसो थियो एयरपोर्टमा पुग्दा झमक्क साँझ परेको थियो । जलश्रोतको दोश्रो धनी देश भएता पनि सडक पेटीमा उज्यालोको कमि थियो सायद लोडसेडीङ्ग भएको थियो क्यारे । विदेशी सडकमा बेलुका देखी बिहान सम्म उज्यालो हुने हुँदा भविश्यमा यहाँ पनि यस्तै होला कि भन्ने झिनो आशा लिदै म एयरपोर्ट तिर लागे । यात्रुहरु भित्र जाँदै थिए म पनि देव्रे काँधमा कालो झोला भिरी हातमा अर्को झोला डोराउदै एयरपोर्ट भित्र छिरे । भाइले जानु भन्दा पहिला अंगालो हालेर बिदाई गरे त्यतिबेला साह्रै रुन मन लाग्यो । रोए पनि तर उनीहरुले देखेनन् । एक दुई वटा फोटाहरु पनि खिचियो अनि म भित्र नगईन्देल यही बस्नु है भनि म १ बर्षको लागि बिछोड भएर भित्र छिरे । भित्र छिरेर टिकट चेक गरिसकेपछि बाहीर भाइहलाई अन्तिम बिदाई गर्नको लागि आँखाहरु तेसा्रए तर बाहिर अनकन्टार अध्यारो बाहेक केही देखीन पोहोर सालको जस्तै सिसाबाट छोरी र प्यारीले बाई बाई गरेको याद आयो । उनी हुन्थीन भने त म माथी नगईन्जेल बस्थीन होलीन् तर भाइ त हिडी सकेछन् । मन भरी बिलौना गर्दै त्यहि पनि कुनै हुलमा पो छन् कि भनेर भाइलाई यता उता खोजे पाउन सकिन अनि बिस्तारै पाहिलाहरु प्रवास तिर बढाए ।
३ घण्टा म नेपालको एयरपोर्टमा बसे । त्यसपछि रातको ९ बजेर १५ मिनेट जाँदा म त्यहाँबाट यू।ए।ईको लागि उडे । कोही नेपालीहरु पहिलो पटक विदेश जाँदै थिए उनिहरु खुशी मुद्रामा थिए तर म भने धेरै अमिलो थिए । जब म एयरपोर्ट भित्र छिरे अनि मनभरी त्यहि हिजो अस्तिका ताजा घटनाहरु एका एक आउन थाल्यो । मैले सम्झना होस् भनेर केही घटनाहरु जानी जानी गर्दथे र ख्याल ठट्टा पनि गर्दथे ताकी समयमानै सम्झन सकियोस यि घटनाहरुलाई भनेर ।
४० दिनको बसाईमा प्यारी छोरीहरुसँग लडीबुडी पनि धेरै गरिएछ । उनीहरुको मायाँ पनि बढिनै भएछ । एक मन त फर्केर जाउँ कि जस्तो पनि लाग्यो तर फर्केर गए भने के गर्ने मलाई सुहाउने रोजगारी देशमानै पाउन सक्छु त खै सक्दिन होला देशको अवस्था पनि यस्तै छ म मात्र होईन विदेशीन लागेको अरुलाई हेरेर चित्त बुझाए । अर्को मन फेरी फर्केर म गए भने उनिहरुको भविश्य के होला भन्ने सोचेर प्रवास तिर लागे । अनकन्टार अँध्यारो थियो बाहिरी मौशम र मेरो मन भित्र पनि त्यस्तै नै थियो । विस्तारै प्लेनमा भएका सबैले नेपाल छोड्दै थियौ । प्लेनले बिस्तारै आफ्नो गति लियो एकैक्षण पछि मेरो सुन्दर देश नेपाललाई छोड्न बाध्य भए । प्लेनले भुई छोडदा मुटुमा कम्पन भयो डरले होईन कि देश छोडेर फेरि विदेश जान लागेको भनेर । सुन्य आकाशमा उड्दा मन सधै परिवारहरुकै साथमा थियो ।
एथियाद एयरलाईन्समा पहिलो पटक यात्रा गर्दै थिए । अन्यमा भन्दा यसमा केही बढी सुविधाहरु भएको देखे । केही समयपछि परिचालिकाहरुको आगमन भयो हल्का पेय पदार्थ लिए । प्लेनमा यात्रा गर्दा जतिबेला पनि मेरो मन उहि नेपाल उहि गाउँ भिर पाखा नदी नाला बनजँगल अनि परिवारको बिचमा नाचिराखेको मात्र हुन्थ्यो ।
तिनै वितेका कल्पनै कल्पनाले यू।ए।ईको अबुधावी आएको थाहा पाईन । काठमाण्डौको चिसो वातावरणले हल्का जाडोको महसुस भएको थियो तर अबुधावी ओर्लने बित्तिकै गर्मी वातावरणले घेरीहाल्यो ।
करिव रातको १ बजे म अबुधावी एयरपोर्टमा उत्रिए । पहिलो पटक म त्यो एयरपोर्टमा उत्रिएको थिए अलि अल मल पनि परे । केही समय पछि बाहीर निस्किए । एक जना साथीसँग कोठामा लागे । विदेशमा नेपालमा जस्तो थिएन राती भए पनि सडकमा ठुला ठुला बत्तिहरु बलीरहेका थिए । मौशम गर्मि जस्तो लाग्दथ्यो । टाउको अलि अलि दुखी रहेको थियो । भित्र मुसा दगुरी राखेको थियो । करिव आधा घण्टाको यात्रा पछि कोठा आई पुगेछ । कोठा भित्र प्रवेश गर्दा तुरुक्क रोए फेरी एक बर्षको लागि यो कोठामा बस्नु परयो भनेर । साथीहरु कोही सुती रहनु भएको रहेछ भने कोही बसी रहनु भएको रहेछ । म पुग्दा साथीहरु खुशी हुनुभयो । केही समय भलाकुसारी गरी नेपालबाट ल्याएको ताजा सुन्ताला खायौ । रात भरी झसक्क झसक्क ब्युझदो रहेछु घरको यादले ।
बिहान १० बजे सम्म बेडमा सुति राखेको थिए । मेरा आफन्तले साथीको मोवाईलमा फोन गरेर किन घरमा आए भनेर खवर गर्नु भएन भन्नु भयो । म झसँग भए किनकी मेरी पियारीसँग वाचा गरेको थिए जाने बित्तिकै आरामैसँग आईपुगे भनि फोन गर्दछु भनेर । मोवाईल नेपालमानै छोडेको हुनाले एक जना साथीलाई मोवाईल मागेर मिसकल के गर्न लागेको थिए नेपालबाटै प्यारीको फोन आयो । पहिलो घण्टी उठाउँदा मधुरो आवाज आएर होला अलि नबुझिएको अनि कुरा हुन नपाउँदै काटियो र फेरी फोन आयो । मधुरो आवाजले आरामै सँग आईपुग्नु भयो भन्दा आखाँबाट आसु चुहे अँ आरामैसँग आए भनि छोटो कुराकानीमै टुङ्गाए । विहिवार आएको हुनाले सुक्रवार र शनिवार विदा थियो अफि २ दिन बिताउन मलाई दुई महिना जस्तो लाग्यो कोठामा राती सुत्यो कि तिनै दिनको याद आउने ।
२ दिनको विदा पछि म अफिस गए अफिसमा सबैले मलाई स्वागत गरे आज काम नगर भोली देखी गर्नु भनेर मलाई पि्रु छोडीदिए धन्यवाद तिमीहरुलाई मन मनै भने ।
खाडी राष्ट्रमा कार्यरत हामी नेपालीहरु एक बर्ष दुई वर्ष अथवा तिन बर्ष मा एक न एक पटक नेपाल फर्कन्छौ छुट्टिमा । साउदी अरबको तुलनामा अन्य खाडी राष्ट्रहरुमा प्रत्येक बर्ष या दुई बर्षमा विदा पाईन्छ तर साउदी अरबमा पनि अहिले बिस्तारै नियम कानुनहरु फेर बदल भईनै राखेको छ । हामी विदेशबाट स्वदेश फर्कदा जति खुसी गदगद हुन्छौ त्यति हामी स्वदेशबाट प्रवासीदा पिडादायी हुन्छौ ।
साच्चैनै हामी विदेशबाट घरमा जाने बेलामा कति खुशी हुन्छौ र दिन कहिले जाला जस्तो हुन्छ । घर जाने समय १ हप्ता बाँकी छदा हामीलाई निन्द्रा पनि लाग्दैन तर स्वदेशबाट विदेश फर्कदा भने पिडा अर्कै हुन्छ ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
बन्धन र याद
- हस्त गौतम ँमदुल”
बन्धन
१
मृदूल-जब पानी पर्छ याद आउँछ मुन मुन।
बूझाउनै सक्दीन म तिमी बिना यो मन।
अन्जू-दर्शन नै नपाउदा आत्तिय मुन मुन।
हजूरलाइ नै संधै चाहान्छ नी यो मन।
मृदूल- सेती भएर यी आशुँ छाती चिरेर बगे।
स्वीकार्ने छू तिमीलाइ अपनाएर लगे।
अन्जू- सद्धिक्षा त्यो पूरागर्न प्रतिक्षा गरेकी छू।
तिमीसंगै जान्छु भनी अगाडी सरेकी छू।
अन्जू- आँचल तिम्रो नपाइ दुखी छु मुन मुन।
हजूरलाइ नै संधै चाहान्छ नी यो मन।
मृदूल- जब फुल देख्छु याद आउछ मुन मुन।
तिमीलाइ स्वीर्कान आक्तर छ यो मन।
मृदूल- अँध्यारो गुफा सरी छ मेरो आज जीवन।
तृणानालॆॆ मुटु जल्दा वैली सक्यो यौवन।
अन्जू- तिमी नै हौ मेरो इक्षा तिमी नै हौ चाहाना।
पर्खिएर बसेकी छु होइन यो बहाना।
अन्जू-दर्शन नै नपाउदा आत्तिय म मुन मुन।
हजूलाइ नै हरपल खोजीरहन्छ यो मन।
मृदूल- जव जुन देख्छु याद आउँछ मुन मुन।
मुना-म्ादन बन्नलाइ आतुर छ यो मन।
याद
२
मृदूल- धेरै याद आयो तिम्रो तस्वीरमा हेरी।
कैले भेट होला हाम्रो भविस्यमा फेरी॥
अन्जू- देख्न नपाइ तिमीलाइ मन औधीे रुन्छ।
रही खपी रहे पछि एकदिन मन्को हून्छ॥
अन्जू- कति राम्रो दिन होला हामी सगै हँुदा
चस्क्कै दूुख्छ मुटु ति स्मृतिले छुंदा।
मृदूल- सारै मन रुदो रैछ टाढा हुदा खेरी।
बहूत खूशी लाग्यो मलाइ तस्वीरमा हेरी।
अन्जू-जिउन नपाइ तिमी संग मन मेरो रुन्छ।
रही खपी रहे पछि एकदिनको हून्छ॥
अन्जू-जहाँ रहे पनि संधै खुशीमा नै बाँचे।
पबित्र यो हाम्रो माया हृदयमा साँचे।
मृदूल- सम्मुनाको यो मनमा चल्छ आँधिबेरी।
कैले भेट होला हाम्रो जिन्दगीमा फेरी॥
अन्जू- सम्बन्ध यो नजोडेर मन संधै रुन्छ।
रही खपी रहे पछि एकदिनको हून्छ॥
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
March 5, 2008
आमालाइ कम्पियुटर
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
March 4, 2008
स्वस्थानीको भेटी
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
आशा
गीत
आशा
एकक्षिण् बिछोड हुँदैमा माया मारयो भन्ने नठान।
धुँवा उडेको नदेख्दैमा आगो मरयो भन्ने नमान।
जीवनको यो गोरेटोमा उकालो ओरालो आउछ।
मेटाइ यी बन्धननहरु एक दिन खुशीले छाउछ।
ठेस लागेर लडयो भन्दैमा हिन्नै सकेन भन्ने नठान।
केहीक्षेण बिश्राम लिदैमा हरेस खायो भन्ने नमान।
अध्यारो हटेर जानेछ उज्यालो अबस्य आउने छ।
जीवनको हर मोडमा एकदिन सान्तीले छाउने छ।
पात हल्लिएन भन्दैमा आँधी रोकियो भन्ने नठान।
एकक्षिण सोचमा पर्दैमा बिश्राम लियो भन्ने नमान।
२ अनिकाल
खडेरी परयो बिस्वासमा मायाकै अनिकाल छ।
कतै पनि छैन सुख सान्ती जताततै बेहाल छ।
हिन्नलाइ यहाँ बाटो छैन अन्योलमा गुजि्रदै छु।
मुन मुन बिपत्ति थपियो अध्यारोमा जाकिदै छु।
डर त्रास त छदैछ अमुै जताततै बेहाल छ।
निरंकुस्ता पनि हटेन बिधिकै अनिकाल छ।
गुमाएर सवै अधिकार लाचार भै बाँचेको छु
अभावको भुमरीमा परी बाँदर मुै नाचेको छु।
प्राण धान्न गारयो भयो जताततै बेहाल छ।
अराजक स्थिति हटेन सान्तीकै अनिकाल छ।
३ कबिता
जनबाद
जंगली कानुन यहाँ जनबाद भयो।
स्थिापित सान्ती आज कता गयो।
लोकतन्त्र बहुलायो बाकी के रहयो।
सर्वभौकिता नै आज लिलाम भयो।
क्षेणिक सपना बाँडी संकटमा जाके।
लक्ष्यमै नपुगीकन नेता जति थाके।
तँछाड गर्दैछन अग्रगामी बन्दै छन।
लाजै पचाइ हाम्रै बिजोग हेर्दैछन।
डुंगामुडाको संस्कृति बिकसित गरे।
थांन्नामा सुताइ आफनो पोल्टो भरे।
दण्डहिनताको बिधि यहाँ लागु गरे।
युद्ध अनि अभावले कति जनता मरे।
देशलाइ बिला लगाइ खान पो थाले।
आपसमा लडी क्रोधको आगो बाले।
उधारो बुद्धिमा बिबेक लिलाम गरे।
जनता सुखी होलान नेताजति मरे।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
एक्लै एक्लै
एक्लै एक्लै हिड़्दै गर्दा, लामो लाग्ने यो बाटोमा,
साथी कुर्छू भनी पर्खे, कतै पछि परिन्छ की
एकानासे जिन्दगिमा, रंग भर्छू भनी लागे
बाटो बिर्सी पर अन्त कतै पुगीन्छ की
पुग्ने ठाऊं थाहा छैन, उकाली त चढेकै छु
फ़र्की आउने हो की हैन, मनमा माया भरेकै छु
सम्झिने लाइ साथ मेरो, बिर्सिनेलाइ माया छ है
टाढा कतै लैजाऊ बरु, हात समाई संग संगै
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
February 25, 2008
फागुनमा तिहार
अचेल मलाई तिहार तिहार जस्तो लागिराछ समाचारहरु पढ्दा। तिहाराँ कागलाई बोलाएर भात खान दिन्थे --कुकुरलाई बोलाएर माला लाईदिन्थे। तिहारको दिन सकिदा नसकिदा कागले ढुङगा भेट्थ्यो। कुकुरले लात। भारतिय दुताबासमा अचेल तिहार लागेको रे छ -- कागहरुलाई भात खुवाँउदै गर्या कुकुरहरुलाई माला लाई दिदै गर्या समाचार पढीरथें।
ह्याप्पी तिहार।
माओबादीले सुरु गरेको बिखण्डनबादी सोचाई, अनि आँखा चिम्लेर बाँडेका ति लाखौ नागरिकता अहिले रोजगारीमा लागेका छन। "यो सबै राजाको चलखेल हो निरमाया---" भन्ने लयको चक्का (सिडी) प्रचण्डको अध्यक्ष्यतामा बिमोचन गर्ने कि "ग्र्याण्डडिजायनले मार्यो नी बरीलै" भन्ने भाकामा गिरिजाले चक्का बिमोचन गर्ने भन्ने बारेमा बालुबाटार र बुद्धनगरमा गम्भिर बैठक बसीरहँदा बल्खुमा "दौरा सुरुवाला नी सिलाईयो मात्रै नी कामरेड--" बोलको गीतमा माधब सर रियाजमा मग्न रे भन्ने सुनियो। मधेसमा चैं "नईँ नागरिकताबाले देश ले जाएँगे " धुनले बजार पिटिरहेको छ अरे।
तर जे होस --- नेपालको आन्तरिक मामलामा हस्तक्षेप नगर्ने निती भारतले सात आठ पटक कामरेड प्रचण्डलाई दुताबासमा बोलाएर होस वा दिल्लीमा सम्झौता हिन्दीमा लेखेर होस प्रस्ट पारेकै छ। अब यो यस्तो अन्योलको बेलामा पनि तिहार जस्तो रमाइलो महोत्सब आफ्नै खर्च पानीमा भारतिय दुताबासले आयोजना गरेर हामी सबैलाई ठुलो गुन लगाएको छ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
February 24, 2008
खबरदार!!! देशको अखण्डतामाथि सम्झौता नगरेस !!!
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
February 22, 2008
स्वस्थानी अध्याय:३०/३१
अध्याय:३०/३१
http://www3.sendthisfile.com/d.jsp?t=0XErdPpxM2GhAslHswkQQo3I
आजबाट श्री स्वस्थानी कथा समाप्त भयो।
- सानदाई
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
कुकुर नेता, भेडा जनता, देश डामाडोल
"नेपाल त बेहाल छ", "ग्यास छैन, बत्ती छैन, डिजेल छैन, सडकमा गुडने गाडी छैन" समष्टिमा ईन्धन र बत्ती नभए पछी नेपालमा अहिले केहि पनि छैन। साच्चै कहालि लाग्दो अबस्थाबाट देश गुज्री रहेको छ ।
जिउदो रहदा सम्म त आम नागरीकले राज्यको तर्फबाट कुनै सामाजिक प्रत्याभूति र सम्मान पाएनन् पाएनन्, अब त सुन्दै छु मरे पछि पनि अन्तिम संस्कारको लागी दाउरा नभएकोले नेपाली जनताले ढुङ्गे युगमा पनि व्यहोर्न नपरेको लाचारी र लज्जास्पद पिडा भोग्नु पर्ने छ ।
.नेपालको खबर फेरी एकचोटी विश्वभरिका मिडियामा आउन थालेका छन् अनी संसारका बिभिन्न भागमा छरिएर बसेका नेपालिले फेरी एकचोटी 'स्टल'मा राखीएका पत्रीका डराई डराई हेर्नु पर्ने र कसैले आफूलाई 'नेपाली' भनेर चिन्ला भनेर सकेसम्म आफ्नो परीचय समेत लुकाएर हिडनु पर्ने बाध्यता फैलिएको छ ।
पेट्रोल पम्पमा लाईन लागेका सबारी साधनका तस्विर, ईन्धन अभावले बन्द गरिएका होटेल रेस्टुरेन्ट र उद्योगका खबर अनी पानीकोलागी लाममा बसेका गृहीणी र काकाकूल बनेको नेपालको हालत, यहि छ आजकल संसारभरी कै खबरमा ।
मधेश आन्दोलनको १०औ दिनमा करिव करिव बार्ता भंग हुने निश्चित भईसकेको छ र अबका दिनहरुमा देशको हालत झनै जर्जर हुनेमा कुनै शंका छैन। विदेशबाट सापट गरेर ल्याएको 'लोकतन्त्र' पछिका दिनमा नेपालीहरुका दिन आशा बिपरित पहिला भन्दा झनै कष्टकर भएका छन।
आन्दोलनको क्रम यसरी जारी रहे केहि दिन पछि टेलीफोनमा समेत "लोड सेडिङ्ग" गर्नु पर्छ रे (कारण- विना पावर सप्लाई त्यो पनि कती बेर र कसरी चल्छ र), त्यसपछि हामि पूर्ण रुपमा ढुङ्गे युगमा प्रवेष गर्ने छौं । किनकी नेपालिहरुले अब पकाएर खानको लागी दाउरा, मट्टीतेल र ग्यास नभएकाले काँचो खाने बानी नबसाली सुखै छैन, अनी सञ्चारको लागी घर-घरमा परेवा पाल्नु पर्ने छ ।
जंगलि राजका नाईकेहरुलाई जुन दिन देखी ससम्मान देशको जिम्मादिने कार्य भयो त्यसै दिन देखी नेपालको ईतिहासमा हिंसाबाटै सत्ता प्राप्ती र सर्बकार्य सिद्द हुन्छ भन्ने बिचार पनि पूर्णरुपमा स्थापीत भयो । नालायक र हुत्तिहारा नेता भएका देशमा हिंसाले 'बहादुरी' र जंगलि राज ले 'जनबादी' नाम पायो। एकचोटी पून सत्ताको स्वाद पाउने लालचमा लागेका पानिमरुवा र सत्तालिप्सा नेताले एक चोटीको मुतको न्यानोकोलागी बिवेकको तिलान्जली दिएर 'ढुङ्गा-मुढा' बादलाई त्वं सरणं गरे अनि त्यसै पछि शुरु भयो नेपालमा दण्डहिनता र अराजक आन्दोलनको शुरुवात !
मागे पछि दिनै पर्ने, भने पछि मान्नै पर्ने अनी बोले पछि पुर्याउनै पर्ने ----नत्र बाटो बन्द, तोडफोड, जे पनि हुनसक्छ।
अहिलेको आन्दोलन बिषय र परिस्थिति अनुशार केहि फरक रहे पनि यसको गुणात्मकता भने फेरी माओबादीको जंगलीराज बाटै प्रभावित र अनौपचारीक रुपमा प्रोत्साहित छ । दण्डहिनता को नमूनै बनेको देशमा एउटा हिस्रक गुटलाई ससम्मान सत्तामा ल्याईन्छ भने त्यस्तो देशमा जुनसुकै जायज वा नाजायज माग पनि राख्न सकिन्छ र राख्ने मात्रै हैन त्यो पुरै पनि हुन्छ भन्ने मानसिकताले घेरेको छ हाम्रो देशलाई । त्यसैले यसको दोष पनि हाम्रा महान नेताहरुले नै लिनु पर्छ र उधारो बुद्धिले काम गरेसम्म यसको समाधान पनि निस्केला भन्ने मलाई लाग्दैन ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
February 20, 2008
स्वस्थानी अध्याय:२८ / २९
अध्याय:२९
http://www8.sendthisfile.com/d.jsp?t=7gZdtkCu6EnCCA4HKXHmt1hQ
----------------------------------------------------------------
अध्याय:२८
http://www8.sendthisfile.com/d.jsp?t=AzSQnAfuTQ2chALp9EpiL4sp
- सानदाई
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
February 17, 2008
स्वस्थानी अध्याय:२७
अध्याय:२७
http://www6.sendthisfile.com/d.jsp?t=xnp4pHhoyePuvM5UCwe2Zwj0
सानदाई
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
Tea Time 3 "टिपन टापन"
सन्ता को बाबु कुवामा खसेछ , सन्ता ले बंता लाई भन्छ
संता : कल सुबह डैडी कुएं में गिर गए , बहुत चोट लगी , चिल्ला रहे थे
बंता : अब कैसे हैं ?
संता : ठीक ही होंगे , कल रात से कुएं से कोई आवाज नहीं आई
बस Accident
एक आदमी दर्द से चिल्ला रहा था - हे भगवान मेरा हाथ टूट गया
संता : ओय चुप कर , उस आदमी को देख , वह तो मर गया है लेकिन फिर भी कुछ नहीं बोल रहा है...
संता and पत्नी घूमने जा रहे थे तभी उन्हें एक गधा घास खाते हुए दिखा
पत्नी बोली : देखो तुम्हारा रिश्तेदार , नमस्ते करो
संता बोला : नमस्ते ससुरजी
सन्ताले श्रीमती लाई कविता सुनाउछ:
देखा तुझे तो रूह खुश हो गई
एक कमी थी वो भी पूरी हो गई
पागल हैं वो जो कहते हैं कि चिम्पैंजी की नस्ल धरती से विलुप्त हो गई
एक जना भक्त मन्दिरमा सधैं पूजा गर्छ , भगवान प्रसन्न हुन्छन अनी सोध्छन
भगवान : वत्स क्या चाहिए ?
भक्त : मेरी शादी ऐश्वर्या से करा दो भगवान
भगवान : उसकी एक साड़ी एक लाख की है , खर्चा कर पाएगा ?
भक्त : कोई उपाय प्रभु ?
भगवान : मल्लिका ले ले कम कपडे से काम चलेगा
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
February 14, 2008
स्वस्थानी अध्याय:२४
अध्याय:२४
http://www3.sendthisfile.com/d.jsp?t=0HGZxkKzzRyjN4IUF4azECiS
- सानदाई
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest


