December 16, 2011

घनश्याम – रमा

- लुना
गोठको छानोमा ढुंगे खपेटा बिछ्याउने काम भर्खरै सिद्दियो । छानो छाउनेहरु बिस्तारै भर्यांगबाट तल झर्दै छन ।

खपेटा पुग्न दिने आईमाई केटाकेटीहरु आँगनमा लहरै गुन्द्री माथि बसिसकेका छन् । पानी नचल्ने जातका चै पराल गुटुमुटु पारेर आगनकै अर्को छेउमा छुट्टै बसेका छन् ।
काम सकिए पछी चिया खाजा खुवाएर पठाउने गाउँको परम्परा अनुसार उनीहरु चिया खाजाको पर्खाईमा छन् । गाउँमा हुनेखानेमा दरिन्छन् मुरली बाजे । घर संगै जोडिएको भान्साघरमा भित्र बाहिर गर्दै छिन् जहा बिहान भए देखि राति सम्म चुला निभेको हुदैन । काम सघाउनेहरु भए पनि मुरल्नी बज्यै आफै अघि सर्छिन् घरमा आएकालाई चिया खाजा खुबाउना । समयमै छानो छाएर सिद्दिएकोले मुरली बाजे हसिलो मुद्रा बनाउदै भान्सा नजिक पुगेर उर्दी गर्छन् ,’ मिठुकी आमा ! झट्टै गर है झट्टै ! छानो छाउनेहरु तल झरिसेक ‘ यसो भन्दै उनि


December 15, 2011

जीवन र् प्रश्न

-प्रयास
प्रश्नहरू को ताँती लागेको छ ,
एक पछि अर्को अर्को पछि अझै अर्को ,
निस्तब्ध सुन्यतामा बाँचेको छु ,
प्रश्नै प्रश्नहरू को बीचमा रूमल्लियर्,
सबै भन्दा पहिलो प्रश्न कुन थियो ?
बिर्से,
कुन प्रश्न मनमा पहिले ऊब्जेथ्यो ?
भुली सकेछु ,
कुन प्रश्न प्राथमिकतामा परेको थियो ?
कल्पना को पाण्डोरा भित्र
आफ्नै कैदी भएको छु ,
थुप्रै बेइमानी प्रश्नहरू पनि थिए
जसको उत्तर खोज्नै सकिन ,
मेरो प्रश्नको जवाफ तिमीबाट आएन
अलमल मा छु अचेल ,
तिम्रो प्रश्नको जवाफ दिन म वाध्य छु कि छैन ?
अनुत्तरित प्रश्नहरू यथास्थान मैछन अझै ...
तिमी र् मेरा बीच !!!!!!!!
अहिले जीवन हतार मा गुज्री रहेको छ
फुर्सद मा समयको पाना पल्टाएर् हेरौँला
शायद कुनै उत्तर थियो कि ?



December 10, 2011

गजल

एउटै मन कहिले आगो कहिले पानी हुन्छ ।
भइदिन्छ कहिले राजा कहिले रानी हुन्छ ।

खुसी हुदाँ उफ्रिएर मनको हिमाल चढे पनि,
यही मन कहिले बद्मास् कहिले ज्ञानी हुन्छ ।

संसारको रीतसँग मिल्नु पर्ने बाध्यता छ
त्यसैले पो कहिलो चोर कहिले ध्यानी हुन्छ ।


November 29, 2011

मृत घोषित ब्यक्ति आर्यघाटमा ब्यूँतिए

काठमाडौं, मंसिर १४ । अस्पतालले मृत घोषित गरेको मानिस पशुपति आर्यघाटमा पुर्याएपछि व्यूँतिए। काठमाडौंको बाँसबारीस्थित न्युरो अस्पतालमा उपचाररत रामहरि श्रेष्ठलाई अस्पतालले मृत घोषणा गरी शववाहनमा आर्यघाट पुर्याइएका विरामी श्रेष्ठले श्वासप्रश्वास लिन थाले। विरामीका आफन्तहरूले अस्पतालले उपचार सम्बन्धी कुनै पनि कागजपत्र नदिइ मृत घोषणा गरी शववाहानमै राखेर पठाएको बताए। विरामीका भाईले अस्पतालमा अरु आफन्तहरूलाई जान नदिएर आफूलाइ मात्र भित्र बोलाएर कागजमा हस्तारक्षर गराई डाक्टरले मृत्यु भएको जानकारी दिएको बताए। 
कात्तिक २३ राती ११ वजेको समयमा चाबहिल चोकमा मोटरसाइकल दुर्घटनामा परी शख्त घाइते अवस्थामा भेटेपछि श्रेष्ठलाई प्रहरीले उपचारार्थ महाराजगंज शिक्षण अस्पताल पुर्याशई आफन्तलाई खवर गरेको आफन्तले बताएका छन्। दुर्घटनामा परी टाउकोमा गहिरो चोट लागेको र दिमागमा रगत जमेकोले त्रिवि अस्पतालमा उपचार हुन नसकेपछि लाइफ केयर अस्पतालमा रिफर गरिएको र त्यहाँ पनि उपचारह हुन नसक्ने भएपछि न्युरो अस्पताल पुर्याएइएको बताइएको छ। दोरम्भा–९ रामेछापका २७ वर्षीय श्रेष्ठले कपनमा कुखुराको मासु व्यवसाय गर्दै आएका थिए। उपचारका लागि आठ लाख खर्च भइसकेको र अस्पतालले थप एक लाख माग गरेको उनका आफन्तले बताए। 
अस्पतालले मंसिर २ गते शुक्रवार विहान १० वजे नै मृत घोषणा गरेपनि उपचारमा लागेको रकम दिन नसकेपछि साँझ ४ बजे मात्र रकम वुझाएर विरामीलाई शववाहनमा राखेर आर्यघाट पठाएको विरामीका आफन्तले बताए। श्रेष्ठ आर्यघाटमा पुगेर व्यूँतिएपछि उनको पशुपति धर्मशालामै अक्सिजन दिएर उपचार भैरहेको भए पनि हालको उनको अवस्था बारेमा थाहा पाउन सकिएन। रामहरि श्रेष्ठका बारेमा न्युरो अस्पताल प्रशासनले भने श्रेष्ठलाई अस्पतालले मृत घोषित गरेको नभई उनका आफन्तहरूको आग्रहमा अस्पतालले डिस्चार्ज गरेको दाबी गरेको छ। अस्पतालले डेथ अन रिक्वेष्ट डीओआरको आधारमा श्रेष्ठलाई डिस्चार्ज गरेको जनाएको छ। रामहरि श्रेष्ठका श्रीमती, ५ वर्षीय छोरी र ७ महिनाका छोरा रहेका छन्।


November 25, 2011

गाउँखाने कथा ५० (Nepali #Gaukhane #Katha)


अपडेट: गाउँखाने कथा ५० को सही उत्तर हो: अण्डा

उत्तरको प्रयास गर्नुहुने सबैलाई धन्यवाद। उत्तर मिलाउने लुनाजीलाइ विशेष धन्यवाद।
--------------------------------------------------
सप्ताहान्तको समय पारेर नेपालीलाई मनपर्ने गाउँखाने कथा लिएर हाँजिर भएको छ।


माउले हापायो हाले नानी हा भित्र हेर्दा दुईथरी पानी , के हो?

यो गाउँखाने कथाको उत्तर पत्ता लगाएर गाऊँ माग्नुहोला। उत्तर जान्न गाह्रो परे अनुमान लगाएर भए पनि रमाईलो लिनुहोला। नेपाली भाषा र सामाजिक जीवनको मौलिकपन झल्काउने अन्य रमाईला सामग्री भए , प्रस्तुत गर्नुहोला।




November 24, 2011

मुटुका डोबहरु

 

- स्वेता बानिया

आँखा भित्रका गहिरा भावनाहरु
के देख्न सक्छौ ..
 मुटुमा लागेका चोटहरु ..
 के मेटाउन सक्छौ ..
 मुटुका असंख्य डोबहरू
 के नियाल्न सक्छौ  ..
आँखाका पवित्र पानीका थोपाहरु
 के सुकाउन सक्छौ..
 बचनले दिएका गहिरा चोटहरु ..
के भुलाउन सक्छौ..


November 12, 2011

गजल

उज्यालो नै देख्न नपाई रात हुन लाग्यो रे
भर थियो तिम्रो कुठारघात हुन लाग्यो रे


कलीयुगको राम राज्य यस्तै हुँदो रैछ कि
सुन्छु चोरलाइ चौतारीको बात हुन लाग्यो रे


घाइते भै ढलेको छ बिचारो निरह शान्ति
उठोस् कसरी बारुद सौगात हुन लाग्यो रे


सबको आश अब बिस्तारै लाश हुँदै छ यहाँ
खुशी मर्‍यो मलामिको शुरुवात हुन लाग्यो रे


बिबेकमा बिर्को लाग्यो कि बुद्धी धेरै भो तिम्रो
जाली फटाहाको टोली पो साथ हुन लाग्यो रे

October 28, 2011

नियती

हस्त गौतम मृदुल
नियतीले झारी सक्यो झटारोले झार्नु पर्दैन
निरंकुस्ता मौलाएको छ सकुनीले हार्नु पर्दैन

आफै परिरहेको छु अदृस्य बन्धनहरुमा यहाँ
त्यस माथी निर्दयी काँडे तारले बार्नु पर्दैन

मुटा सपना देखाइ लुट्नु जति लुटी सक्यौ
अन्योलमा जिउदै मरी सकेँ फेरी मार्नु पर्दैन

छत बिछत भएको छ मेरो अन्तर आत्मा फेरी
चिनी सकेँ तिम्रो क्षमता अब मुारो टानु पर्दैन

वाक्क दिक्क भएर बिस्तापित भै सके गाउबाट
आफै बिस्थापित भएँ कसैले बसाइ सार्नु पर्दैन


October 26, 2011

साँच्ची सकिन्न र ?


मेरा सामु सिङो आकाश छ
तर विना प्वांख को पंक्षी भएको छु
सप्त रङी ईन्द्रेणी तैरिन्छ आँखा भरी
रङहिन देखिन्छ ईन्द्रेणी पनि तिमी विना
के यही माया हो ? के यही समर्पण हो ?
लाग्दैन् मलाई यो माया हो भनेर
तिमी माथि को निर्भरता हो
या,तिमी प्रती को लगाव होला
प्रेम त् निस्वार्थ हुन्छ भन्थ्यौ
हावा झै शर्वब्यापी हुन्छ भन्थ्यौ
खै त यसको ब्यापकता ?
मेरो प्रेम तिमीलाई स्वार्थी लाग्यो
ल! भैगो ,विवाद गर्दिन मँ
प्रेम को वदलामा प्रेम खोज्नु स्वार्थ हुन्छ र् ?
के राधा-कृष्ण को प्रेम मात्रै सच्चा हो त ?
अब यो प्रेम कै परिभाषा फेर्ने बेला भए छ
लैला मँजनु ,हिर रांझा को प्रेम लाई स्वार्थी ठान्छौ तिमी ?
के आत्मा लाई शरीर भित्र लुकाउन खोज्नु स्वार्थ ठहरिन्छ ?
परेवा का जोडी झै, चांद चखेवा झै
एक विना अर्को को कुनै अस्तित्व हुन्न भन्छौ
मैले त् परेवा ले एउटा मात्रै बच्चा हुर्काएको पनि देखेको छु
खै त अरु झै जोडी जोडी भएर जन्मिएन त्यो
के मँ पनि त्यस्तै अपवाद हुँ त् तिम्रो नजर मा ?
के मँ पनि अधुरो हुँ त् तिमी विना
लाग्दो हो तिमी लाई ,
मलाई एक्लो पार्न जन्मिएकी हौ तिमी
मँ बाट टाढा जान नजिकिएकी हौ तिमी
तर तिमीले गलत सोची रहेकी छौ
तिमी विना पनि बांचेर देखाइ दिन्छु मँ
खुशी,उमंग उत्साह विना पनि त् बांच्न सकिन्छ नि हैन र?
मर्न नसकेर पनि त बांचिन्छ
एउटा प्रयोग कै लागि पनि त् बांच्न सकिन्न होला र ?


- प्रयास , फ्र्यान्कफर्ट , जर्मनी


October 3, 2011

शुभ बिजय दशमी - Happy Dashai

oहरेक बर्ष आउने नेपालीको ठूलो चाड बिजय दशमीको उपलक्षमा संपूर्ण दौंतरी लेखक तथा पाठकमा हार्दीक मंगलमय शुभकामना। गर्मी,जाडो तथा बर्षासंगै पार हुने दिनहरू दशैंसम्म आउंदा रंगमय हुन पूग्दछ। दैनिक काम,ब्यस्ता,सुख,दुख सबैलाइ चाड पर्वहरुले भूलाउने गर्दछन तथा आफन्तसित भेट गराउने अबसर जुराउंदछ।

यस्तै ब्यस्तामा पाठकहरुको शुभकामनाको लहरले तपाईहरु बिच भेट गराउने अबसर जुटायो। कतिपय दशैंकोलागी घरतिरको यात्रामा लागीसक्नु भएको होला। कती दौंतरीहरु कामको चपेटामा परदेशमै या अन्य शहरमा घर भन्दा टाढा दशैं मनाउने तरखर गर्दै हुनुहुन्छ होला। जाहां हुनुहुन्छ,जसरी दशैं मनाउने बिचार गर्नुभएको छ,यो महान चाड निकै हर्ष उल्लासका साथ मनाउनु होला। पाठकहरुबाट प्राप्त केही दशैं झल्काउने सामाग्री सहित पून संपूर्ण लेखक तथा पाठकहरुलाई दशैंको हार्दीक मंगलमय शुभकामना टक्राउंदछौं।

बिजया दशमी सधैं आऊ तिमी उन्नती बनेर,
चुनौती सामना गर्न चट्टान बनेर,
रातो टिका बनेर, जमरा बनेर,
सक्तिद्दाएक बनेर, ज्ञान मय भएर,
खुसी भएर, उल्लास भएर,
सबैका लागि सधैं सधैं, मंगलमय बनेर,
सबै सबैलाई शुभकामना बनेर (Ayush)

बिजया दशमी सधैं आऊ तिमी उन्नती बनेर,


चुनौती सामना गर्न चट्टान बनेर,

रातो टिका बनेर, जमरा बनेर,

सक्तिद्दाएक बनेर, ज्ञान मय भएर,

खुसी भएर, उल्लास भएर,

सबैका लागि सधैं सधैं, मंगलमय बनेर,

सबै सबैलाई शुभकामना बनेर (Luna)
दशैं आयो भन्छन् , दशा हुन्छ मलाई
मेरो चिसो चुल्हो, छैन बाल्ने सलाई
नाना माग्छ छोरो, घरमा खाना छैन
भन्ने सम्म छैनन् , दुःख पर्यो तलाई
छिमेकमा खसी, कराउँदा म्या म्या
आँशु झारि खान्छु, छोराछोरी छलाई
विजयको टिका, मेरो हार बन्छ
चाडपर्व छायो, मेरो घर जलाई
यो पसिनाको धारा, जति पोखे पनी
रुवावाँसी सधै, यिनै बसन्तलाई(बसन्तमोहन)


शुभ होस दशै

शुभ होस दशै भन्दै कति रटनु पट्टु सरि
भोक र रोगले सुकेको छ पेट यो टट्टु सरि

खेरा गयो पोहोर पनि शुभकामना दशैको
शान्ति कता पुग्यो बोली भो मेरो छट्टु सरि

सुख सम्ऋद्धी तेस्तै भो ऋणको बोझ थपियो
लाचार भै चुपचाप भाछु म फेरि लठ्ठु सरि

सुरका कुरा धेरै भए बेसुर छ ताल देशको
दानब नै देब देखे कि! कि मै छु मठ्ठु सरि

September 27, 2011

एक्ला बाबुरामको सेलाउँदो उत्साह ।

कुनै जमानामा एसएलसी बोर्ड फर्ष्ट पनि भएका पिएचडीधारी मेधावी बाबुरामले , आफ्नो पिएचडी डाक्टरको उपाधी आफ्नै लागि काउछोको माला भएको बताएका थिए । यसको कारण थियो , पार्टी भित्रै उनको विद्वत योग्यताका बारेमा गरिने आशंका र पार्टी बाहिरबाट उनलाई त्यसैका भरमा आउने प्रशंसा पार्टीका शीर्षस्थले समेत डाह गर्नु । त्यसैले हिंसात्मक युद्धताका , आँफूले यो बुर्जुवा उपाधिलाई त्याग गरेको घोषणा समेत उनले गर्नु परेको थियो । तर कालान्तरमा उनको यही वौद्धिक व्यक्तित्व , बुर्जुवा योग्यता र डाक्टरको उपाधी उनलाई चाहनेहरू सबैको मुख्य आकर्षणको केन्द्र बन्न पुगेका छन् । बाबुरामले पनि यो महत्व बुझेरै होला, डाक्टरीलाई राम्रै प्रयोगमा ल्याएको देखिन्छ । यो कुरा भर्खरै सम्पन्न संयुक्त राष्ट्र संघको साधारण सभा सम्बोधनका लागि बोलाउने क्रममा पनि देखियो , जुन उनको इच्छा बिरुद्ध पक्कै थिएन ।

बाबुराम जतिबेला कथित जनयुद्धमा थिए , उनका सहकर्मीबाट उनको भारतीय पिएचडीमाथि गरिएको डाह स्वरूप उनकै मुखबाट बुर्जुवा डिग्रीको महत्व्हीनता बकाउने गरिन्थ्यो । त्यसैले उनले कतै दावा गर्नु परेको थियो ' मलाई डाक्टर बाबुरामको रूपमा चिनिन मन लाग्दैन' । केही महिना अघि सम्पन्न माओवादीको पालुङटार भेलामा , एउटी सभासद धर्मशिला चापागाईँले बाबुरामलाई आरोप लगाएर भनिन् ' बाबुरामजीले भारतमा पढेर पिएचडी डाक्टर मात्र हुनुभएन , भारतीय विस्तारवादका सबै बिकृतिहरू नेपाल र माओवादी पार्टीमा ल्याउनु पनि भयो' । पुष्टपकमल दाहालदेखि मोहन वैद्य खेमाका सबै माओवादीहरू बाबुरामलाई भारतले उचालेका प्रियपात्र हुन् भन्ने


September 26, 2011

गाउँखाने कथा ४९ (Nepali #Gaukhane #Katha)

अपडेट: गाउँखाने कथा ४९ को सहीउत्तर हो: सलाई

उत्तरको प्रयास गर्नुहुने सबैलाई धन्यबाद।

---------------------------------------------------------

छ्याक्क छिना फलामको बिना, हराएमा लिना न दिना , के हो?

यो गाउँखाने कथाको उत्तर पत्ता लगाएर गाऊँ माग्नुहोला। उत्तर जान्न गाह्रो परे अनुमान लगाएर भए पनि रमाईलो लिनुहोला। नेपाली भाषा र सामाजिक जीवनको मौलिकपन झल्काउने अन्य रमाईला सामग्री भए , प्रस्तुत गर्नुहोला।



September 18, 2011

पूर्वी नेपालमा ठूलो भूंइचालो (Strong Earthquake of 6.8 Richter Scale in Eastern Nepal)

नेपाल भूइचालको रेखामा रहेकोहुंदा हामी नेपालीलाई भूइचालोले संधै झस्काइरहेन्छ। समाचारहरु अनुसार पूर्वी नेपाल र भारतको सिमानामा 6.8 रेक्टर स्केलको भूइचालो गएको छ। आइतबार साझ करिब ६:३०मा गएको भूइचालो नेपाल र सिक्किमको सिमानामा थियो। उक्त भूइचालो को धक्का ४५ सालमा गएको भन्दा पनि ठूलो महशुस गरिएको थियो।

हामी सबैले नेपालमा रहेका सबै आफन्तको शकुसलताको कामना गरौं।



September 12, 2011

बन्दुक विचार हैन विनाश हो मुर्खता हो


मुहारमा रुन्चे मुस्कान टांसेर
बिदाइका लागि तिमीले हल्लाएका हातहरु ले
मेरो मुटु वा भनौ मेरो सम्पूर्ण अस्तित्वलाई नै हल्लाइ दियो
तिम्रा आँखाबाट बहेको बलिन्द्र आँसुले झन
आसंका जन्माइ दियो
धराप, पाइपबम, अपहरण जस्ता
चाहिँदा नचाहिँदा दुर्घटना सम्झाइ दियो
मं त आज कुरुक्षेत्रमा


September 11, 2011

लावन्डेताले फुल

उनको लावन्डेताले फुलको सुन्दरता लाई पनी जितेको थियो!
चन्चल सुकुमार हाशोले फुलको शुवास लाई पनी जितेको थियो!!
उनको,,,,,,
फुल राम्रो की उनि,छुट्याउनै मुस्किल गुरासै गालामा फुली दिदा!
सिर-बन्दिमा छोपेको सिउदो बादल जस्तो केश खुलेको थियो!!
उनको,,,,,
ठुला ति दुई नयँन खोल्दा नबोलेरै,लजाएरै सबै भनेको थियो!
नौ गेडी गलाको,हातको चुरिले झनै सुन्दरतालाई घुलाको थियो!!
उनका,,,,
पैजनी छम छम बज्दा उनी संग संगै रनबनै झुमी नाच्छरे!
उर्लने खहरे पनी उसलाई भेट्दा नदिसरी सान्त बहेको थियो!!
उनको,,,,,
स्वर्गकी अप्सरा लाई जित्ने पहाड कि रानी चारै दिशा कहलेको थियो!
उनको लाबन्डेताले फुलको सुन्दरता लाई पनी जितेको थियो!!
"खलानको मान्छे"


September 10, 2011

आदमखोर बाघहरु

आदमखोर बाघहरु सुतेका छन् रे , वस्ती वस्ती बाट मान्छे हराएकै छन्
नरमेध यज्ञका पाखण्डी पण्डाहरु, रक्त पिपाशु उन्मादमा रमाएकै छन्
माओ, लेनिन वर्तमान का लागि उपहास , समय को अनौठो व्यंग बने
सढी सकेको दुर्गन्धित माओको लाश बोकेरै कत्ति ले कमाय कत्ति ले
वरिष्ठ देखि कनिष्ठ पुङ् माङ हरु,अझै मलामी हिंड्न छोडेका छैनन
भ्रुण हत्या गर्न नसकेकी लाचार आमा,तिमी जन्मिंदा खुशी हुने बाबु
आफ्नो कोख लाई धिक्कारेर आसुँ वगाइ रहेकी होलिन
धिक्कार् छ यस्ता अशुरी कपुत जन्माउने आमाहरु लाई
एउटा फुल फुटी दिएको भए पो के नै बिग्रिन्थ्यो र्
केही फरक पर्दैनथ्यो


September 8, 2011

झरिको दिन

-"खलानको मान्छे"
हिजो संगै भिजेको झरिको दिन याँद आयो!
भिर पाखा हिंडेको पशिना को स्वाँद आयो!!
हिजो संगै,,,,,
चौतारानी उस्तै ह्रैछ बर पिपल नि उस्तै!
स्‍मृति मा छरिएर झझल्कोको नाद आयो!!
हिजो संगै,,,,
एक जोडी ढुकुर फेरी भुरुरु उडी कहाँ गयो!
रित्तो डाली गोघुली साँझ फेरी तिम्रो याँद आयो!!
हिजो,,,,
चारा फर्के जस्तै माया पनी फर्की आईदिय!
पाती टिपी देउराली लाई चडाएको याद आयो!!
हिजो संगै,,,,



August 29, 2011

शुभकामना र बधाइ छ , बाबुरामजी !

यतिबेला नेपाल बाबुराममय भएको छ । यसो त देशमा बाबुरामहरू कति छन् कति, तर चर्चाका डाक्टर बाबुराम नम्बरी सुनको पनि १ नम्बरी मानिएका छन् , उनी माओवादी पार्टीबाट प्रधानमन्त्री बनेका हुन् र यो त्यही पार्टी हो जसले मुलुकलाई १३ वर्ष रगतपच्छे पार्दै त्यही लिस्नो चढेर सत्ताको मचान चढ्न आइपुगेको हो , तर बाबुराम माओवादी भन्दा बाहिर राखिएर बुझिए जस्ता देखिने पात्र बनेका छन् । उनी माओवादी हिंसा र समस्याभन्दा बाहिर राखेर महिमामण्डन गरिएका देखिन्छन् । उनले बन्दूक बोकेर कसैको सफाया गरे-गरेनन् तर त्यसको नेतृत्व तहमा रहँदा लाग्ने कल्मषको दोषबाट पनि उनी बाहिर देखिएका छन् अथवा देखाइएको छ । विशेष गरी , माओवादीलाई शान्ति र संविधानसभाको बाटोमा ल्याउने योजनाकार मानिएका बाबुराम , माओवादीले शान्ति प्रकृयामा आइसकेपछि लिएको बाटोमा सहमतीय राजनीतिको पक्षमा उभिने सीमित नेताहरू मध्ये पर्छन् भनिन्छ।

सहमति, शान्ति र संविधान भन्दै माओवादी पार्टीभित्र बसेर एक्लै कराइरहने बाबुराम , बहुमतको पनि अनौठो


August 19, 2011

सन्दर्भ : श्रीकृष्णजन्माष्टमी ( भदौ ४ , २१ अगस्त )


- कृष्ण पौडेल


आदौ देवकी देवी गर्भजननम् गोपीगृहे वर्धनम्
माया पूतन जीविताप हरणम् गोवर्धनोद्धारणम् ।
कंसच्छेदन कौरवादी हननम् कुंतीसुत पालनम्
एतद् भागवतम् पुराण कथितम् श्रीकृष्णलीलामृतम् ।।
भगवान विष्णुका दश अवतार मध्ये श्रीराम एवं श्रीकृष्ण दुबै विशेष मानिन्छन् । परन्तु दुबैका प्रकृति र आचरणमा प्रशस्त भिन्नता छन् । श्रीरामले कठिन भन्दा कठिन परिस्थिति मा पनि मर्यादाको अतिक्रमण गर्नु भएन र त्यसैले वहाँ मर्यादा पुरुषोत्तम भनेर चिनिनु भयो । जबकि, श्रीकृष्णको अवतरण विपरीत परिस्थितिमा भएको थियो । माता देवकी र पिता वासुदेव अत्याचारी कंसको कारागार भित्र बन्दी हुनुहुन्थ्यो । आफ्नो अविर्भाव पछि स्वधाम फिर्ति सवारी नहुञ्जेल श्रीकृष्णले यति धरै विविधताका साथ अनकौँ लीलाहरू सम्पन्न गर्नुभयो जसले गर्दा वहाँ लीला-पुरुषोत्तमका रूपमा चिनिनुभयो ।
लीला-विलास
पौराणिक ग्रंथका कथाहरूमा भगवान श्रीकृष्णका लीला-विलास अनन्त छन् । जन्म लिँदा नै वहाँ चतुर्भुज-रूपमा प्रकट भएर फेरि सानो बालक बन्नु भयो भने , वहाँको उद्धारका लागि कारागार का पहरेदार सबै निद्रित बने , पिता वसुदेवजीको हथकडी-बेडी एवं ढोकाहरू स्वयं खोलिए , यमुनामा बाढी आए पनि रातारात बालक श्रीकृष्ण गोकुल पुर्‍याइन समर्थ हुनुभयो । यस्ता चमत्कारपूर्ण असामान्य कार्यहरू वहाँको जन्मपूर्व वा जन्मसंगै भएका पाइन्छन् ।