September 22, 2010

खाडीमा एक दिनको रमाईलो यात्रा

जिवनको हरेक उकाली ओराली अनि देउराली पार गर्न एक किसिमको यात्रा गर्नु पर्ने नै रहेछ । यात्रा जिवनको एक महत्वपूर्ण अंग रहेछ जस्तो लाग्छ मलाई । कुनै न कुनै माध्यमबाट हामीहरुले प्रत्येक दिन घण्टा मिनटमा यात्रा तय गरिरहेका छौ । या त्यो यात्रा जिवनको यात्रा होस् या कुनै लामो दूरीमा जाँदा बटुलेको अनुभवको यात्रा होस् आखिर यात्रा यात्रानै हो ।
२००९ सालको अन्त्य र २०१० सालको सूरुको दिन जनवरी १ का दिन यूएईका एनआरएनहरुले एउटा पिकनिकको आयोजना गरे । म यात्रा पिकनिक स्टेज प्रोग्राम सांगेतिक कार्यक्रम भने पछि दुई दिनको जेठो । यसैले म २०१० सालको पहिलो दिन लामो यात्रा र पिकनिकमा गएर रमाईलो गर्ने
सोच बनाए । म मात्र नभएर म जस्तै प्रवासीएका सयौ जना पिकनिकमा जानको लागी तम तयार भए ।
२०१० सालको पहिलो दिन बिहानै म तुलसी बस्याल अली भएर बाहिर निस्कियौ भर्खरै विहानी पखको स्वस्थ हावा चलि रहेको थियो सुर्यका किरणहरु दुवईका गगन चुम्बी महलका रंगी
 विरंगी सिसाबाट रिप्लेक्सन भइ अति सुन्दर किरणहरु पृथ्वीमा छरेको थियो । विदाको दिन साथै नयाँ बर्ष भएको हुनाले आफ्ना परिवार सहित कुनै कार्यक्रममा जाने भिड बाटोमा प्रसस्त देखिन्थ्यो । घडीले बिहानीको ८ बजाउदै थियो मन चड।गा जस्तै फुरुड। भएको थियो तर पनि पेटमा मुसाहरु कराई रहेको हुनाले नजिकै रहेको एउटा पाकिस्तानी होटलमा नास्ता गरी हामी दुवईको प्लाजा सिनेमा भवन तिर लाग्यौ । त्यहाँ पहिलानै भाइ जगन्नाथ लगायत अन्य ६ जना साथीहरु आईपुगेका थिए ।
विहानको करिव १० वजे सबै साथीहरु क्यारिफोरको नजिकै जम्मा भयौ र गाडीमा चढी गन्तब्य स्थान तिर लाग्यौ । दुवाई देखी करिव ११० कि।मी टाढा रहेको र ओमानको बोर्डर सँगै जोडिएको ठाउँ र कहिल्यै नगएको मेरोलागि पहिलो ठाउँ थियो हत्ता ओमान । गाडीमा साथीहरु मोवाईलमा नेपाली गित घनकाउदै हामी अगाडी बढ्यौ । दुवई नजिकै अरु साथीहरुलाई पनी भेट गर्यौ उहाँहरुले पिकनिकमा चाहिने सामान लिएर आउनु भाको थियो भने सारजाहबाट आएको गाडीमा परिवार सहित अन्य नेपालीहरु पनि हुनुहुन्थ्यो । हामी भने बिना परिवार थियौ । हामीसँगै दुवईबाट आएका दुई परिवार पनि अर्को गाडीमा जानु भयो ।
हामीले यात्रा गर्ने बाटोमा मरुभूमीनै मरुभूमी पर्ने हुनाले बाहिर रातो बालुवा बाहेक केही देखिदैनथ्यो । बिच बिचमा बालुवा थुप्रेर त्यो ठाउँको दृश्य हेर्न लायकको देखिन्थ्यो भने बालुवामा मोटरहरु गुडाउदै रमाईलो गर्नेहरुको भिड थियो । कतै कतै भने रातो बालुवामा हरियो उखुका बोट जस्तै
मरुभूमिको बिचमा उम्रेका साना साना झाडीले मरुभूमिको सोभा बढाएको थियो । सडकबाट टाढा टाढा आफ्नो यात्रालाई लमक लमक गरी मरुभूमिको जनावार उट हिडीरहेको दृश्य अति मनमोहक लाग्दथ्यो । हामीलाई लिएर जाने डाईभरले नजिकैको सिमानालाई देखाउदै यो ओमानको सिमाना हो भन्दै ओमानको झण्डा फरफराई रहेको देखायो । सबै साथीहरुले त्यतै आँखा लगाउदै अगाडी बढीरहेयौ । केही समय पछि चेक पोष्ट आयो । वढेमानका काला अरबी आर्मीले चेकिंग गर्दै थियो । सबै जनाले आफ्नो स्थानमा पतका अथवा आईडी कार्ड बोकेका थिए तर मसँग भने ओर्जिनल पासपोर्ट तथा पतका थिएन । फोटोकपी बोकीरहेको थिए । एक मन डर पनि लाग्यो सबैले ओर्जिनल देखाए तर मैले कपी देखाए । अरबीक भाषामा के भन्दै थियो मैले वास्ता गरीन तत्काल उसले अर्को बसलाई चेक गर्न थाल्यो र हामीलाई छोडी दियो । त्यो स्थान ओमान यूएईको अजमानको बोर्डर पर्दो रहेछ । अब त मन ढुक्क भयो भन्दै अगाडी यात्रा बढाई रहेका थियौ । करिव १ कि.मी गुडीसकेपछि लामो गाडीको लाईन देखियो त्यो स्थान नेपालको मुग्लिडलाई विसा्रउने ठाउँ थियो । वरीपरी साना डाँडा बिचमा सुख्खा खोल्सो र थोरै तालिएको पानी देखिन्थ्यो । काँधमा बोक्नै नसक्ने बन्दुक बोकेर संका लागेको गाडीलाई छेउमा रोकेर चेक गरी रहेका थिए । त्यसमा हाम्रो गाडी पनि पछुतो रहेन । गाडीलाई सडक छेउमा रोक्दै बाहीर लाईन लगाएर चेक गर्न थाल्यो । मलाई डर पनि लाग्यो ओर्जिनल पतका नभएकालाई नजिकै रहेको बम्परमा लगि ओर्जिनल पासपोटै नभई जान नदिने भन्ने कुरा सुन्नमा आयो र म बाध्य भएर आर्मीलाई कपि देखाए । उसले म लगायत एक जना ईन्डियनलाई छेउ लाग्न भन्यो । सबै साथीहरुको चेक गरी गाडी भित्र बसी सक्नु भएको थियो तर म भने आर्मीको फन्दामा परी राखेको थिए । आर्मिले मलाई तेरो ओर्जिनल पासपोर्ट नआए सम्म तलाई यहाँबाट छोडदिन भनेर भन्यो । धेरै साथीहरुले अनुरोध पनि गरे । ओर्जिनल पासपोर्ट राखेर मलाई लिएर जाने कुरा पनि गरे तर उनिहरुले नियमलाई मिच्न सकिदैन हामीले छोड्न मिल्दैन भन्दै मलाई डम्परको भित्र राख्यो । केही समय साथीहरुले मलाई पर्खे पनि एकै क्षण पछि मलाई एक जनाले छोडीदियो तर अर्को आर्मीले हुदैन ओर्जिनल पासपोर्ट लिएर मात्र छोड भनेपछि फेरी मलाई त्यहि डम्परमा राखिदियो । आज नयाँ बर्ष सबै साथीहरुसँग रमाईलो गरी बिताउने भनेर सबै तिरका कार्यक्रमलाई छोडी आएको थिए तर अचनाक आर्मीको फन्दामा पर्दा साहै दुख लाग्यो । तत्काल भाइ जगन्नाथ र अली ले दुवई रुममा फोन गरी रुमका साथी कृष्णलाई ओर्जिनल पासपोर्ट लिएर आउन भनेछन् । कृष्णले पासपोर्ट लिई अर्को एक जना साथी दुवईबाटनै पिकनिकमा आउदै रहेछन् उनलाई भेट्न नजिकैको देरा दुवईमा पुगी पासपोर्ट दिए । करिव एक घण्टा सम्म म साथीहरुको फोनको प्रतिक्षामा बसी रहे । मेरो पासपोर्ट लिएर आउने साथीसँग पनि फोनमा कुराकानी गरी मन ढुक्क बनाई उक्त बम्पर भित्र केही क्षणको लागि बन्दी जिवन बिताए । मसँगै थुनीएको अर्को एकजना हाम्रै छिमेकीका मित्रको पनि समस्या मेरो जस्तै रहेछ । उनको साथी भने करिव १ घण्टा पछि आए । १ घण्टा सम्म मलाई अति अतेस लाग्यो पहिलो पटक विदेशमा आर्मीको फन्दामा पर्दा एक मन डर पनि लाग्यो अर्को मन केही समय पछि छुट्ने आशा पनि । मेरो छिमेकी र एकैक्षणको मित्रलाई भने पनि को अगाडी छुट्ने है कसको भाग्य बलियो रहेछ भनेर जिस्किए पनि । गाडीमा आउदा मोवाईलबाट गित बजाएको हुनाले बेट्री सकीनै लागेको थियो तत्कालै मेरो पासपोर्ट लिई देरा दुवईमा अर्को एक जना साथीलाई कुरी रहनु भएका बद्री श्रेष्ठले फोन गरी खेमजी मत आउन पाइन जस्तो छ अहिले घडीले २ पनि बजाइ सक्यो अहिले सम्म उहाँ आउनु भाको छैन मैले त त्यता आउने कार्यक्रम रद्द गर्नु परयो भनेर भने । म त छाँगाबाट खसे जस्तै भए । करिव २० पटक डम्परको जालीबाट बाहिर चिहाएको थिए साथीहरु आउनु भयो कि भनेर तर साथीहरु आउने समयमा एक्कसी उनको फोन आउदा अति मनमा चिसो पस्यो । मोवाईलमा बेट्री लो हुँदै छ भनेर म्यासेज दिई रहेको थियो । कुनै जुक्ति नलाउने हो भने मेरो नयाँ सालको पहिलो दिन यही बम्परमा वित्ने छ भनि गाडी भएको साथी पसु्रराम खराललाई म्यासेज लेखी पठाए मलाई सहयोग गर्नु होस् भनि मेरो पासपोर्ट लिएर बस्नु भएको साथीको फोन नम्वर दिई म्यासेज गरे । उनले तत्काल फोन गरी यदि तपाई जान सक्नु हुन्न भने म जान्छु भनि फोन गरेछन् । तत्काल पसु्रजीले फोन गरेर उहाँहरु आउदै हुनुहुन्छ यदि आउनु भएन भने म आउने छु भनि भन्नु भयो तर कुरा पुरा नहुँदै बेट्री डाउन भएर मोवाईल बन्द भयो । मेरो भन्दा मेरो साथीको भाग्य रहेछ उसको साथीले ओर्जिनल पतका लिएर उसलाई छुटाएर लग्यो अब भने म एक्लै त्यो जेलमा थुनी रहे । त्यो क्षण मेरो लागि औसीको अन्धकारको रात झै भयो । क्षण क्षणमा बाहीर नजर लगाए तर कतै केही उपाय पाईन । घडीले दिनको ३ बजाउदै थियो मुत्र नली ढाडीएर बाहिर निस्केला झै भएको थियो । आर्मीले मेरो वास्ता पनि गर्न छोडीसकेका थिए । साथी आउने कुनै टुंगो पनि थिएन । कहिले त्यो बम्परमा भएको थोत्रो च्यातिएको सिटमा सुत्दै उठ्दै यता उता हिड्दै समय बिताउन थाले । त्यतिनै बेला एक जना लोकल अरबीलाई पनि समातेर मलाई थुनेको ठाउँमा ल्याई राख्यो । मैले आर्मीलाई अनुरोध गरे म ट्वाईलेट जान सक्छु भनेर उसले पहिला बुझेन फेरी हातको ईसाराले बुझाए । उसले मसँग भएको कुनै कार्ड माग्यो मसँग बैकको क्रेडिट कार्ड बाहेक अरु थिएन उसलाई त्यहि कार्ड दिएर पछाडी र अगाडी आर्मीले सुरक्षा गर्दै ट्वाईलेट गए । मुत्रनली खाली गर्ने बेलाको आनन्द बेग्लै हुन्छ त्यो जो कोहिले पनि जानेको कुरा हो । अनि बाहीर आउर आर्मीलाई मेरो मोवाईल देखाए हेर मसँग साथीलाई फोन गर्ने माध्यम पनि छैन चार्ज गर्दे न भने उसले मेरो मोवाईल लिएर गयो । फेरी मेरो मुटुमा अर्को किसीमको त्रासले बास गरयो । कतै मोवाईल पनि नदिने पो हो कि साथीहरुसँग भेट गर्न पनि नपाईने पो हो कि आदी इत्यादि कुराहरु खेली रहे मनमा । घडीमा दिनको साढे ३ बजाउदै थियो जाडो मौशम भएको हुनाले चिसो हावा चलि रहेको थियो । जकेट वसमानै छुटेको हुनाले लग लग कामी रहेको थिए । छोटो हाफ कमिज लगाएको हुनाले हातमा काँडा उठी रहेका थिए । जति जति समयमा मैले बाहिर चिहाउथे त्यतिनै समयमा आर्मीले चेक गरिरहन्थ्यो त्यो समय मलाई नेपालको संकटकालको समय जस्तो लाग्यो । आर्मीले चेक गर्दाको समय । त्यतिनै बेला फेरी हाम्रो अर्को मित्रराष्ट श्रिलंकाको एक जना मित्रलाई ल्याएर आयो त्यतिनै बेला आर्मीले मेरो मोवाईल पनि ल्याई दियो । आधा चार्ज भएको रहेछ यसो हेरेको ३ बजे बदि्र जीले कल गर्नु भाको रहेछ । उहाँलाई तत्काल फोन गरे उहाँले आफुहरु आउनै लागेको बताए अनी बल्ल मन सान्त भयो । एकैक्षण पछि हरियो पासपोर्ट आर्मीले कोल्टाई पल्टाई गरी हेरीरहेको देखे । अनि मेरै पासपोर्ट हो भनि ठम्माएर बाहिर निस्कन तम्तयार भए । बल्ल बल्ल म त्यो जेलबाट बाहिर निस्किए । आर्मीले बधाई पनि दियो ओर्जिनल पासपोर्ट पाईस भनेर हाँसो ठट्टा पनि गर्यो तेरो पासपोर्टमा भिषाको म्याद सकिएको रहेछ भनेर । साथीहरुले आर्मीलाई सरी हाम्रो गल्ती भयो यो लिएर आउनु पर्ने भने । आर्मीले यो हाम्रो डिउटी हो कर्तब्य हो भन्दै छोडी दियो । गाडीमा दुई जना महिला र एउटी सानी डेढ बर्षकी नानी रहछिन् मलाई त्यो क्षण याद आयो आज भन्दा ७ बर्ष पहिला त्यस्तै कारणले हनुमान ढोकामा थुनीदा मेरी जिवन सँगीनीले ३ महिनाकी छोरीलाई काखी च्यापी मलाई लिन आएको । साथीहरुले हासो ठट्टा गर्दै हामी साथीहरु पिकनिक गएको गन्तब्य तिर लाग्यौ । हामीलाई पिकनिकको गन्तब्य थाहा नभए पनि आज हामीले राम्रो काम गरेका छौ यो सधै याद आई रहने छ भन्दै कुरा गर्दै गयौ ।
ओमान तिर लाग्ने बाटो छोडी हामी सानो पुल तरी जंगल तिर लाग्यौ । साँझको साढे ४ बज्दै थियो सुर्यले आफ्नो बाटो तताउदै थिए । अलि टाढा देखिएको नेपालको जस्तै पहाडको टुप्पोबाट सूर्य तल झर्दै थिए । अलि पर आकाशमा कालो बादल पनि मडारी रहेको थियो । दुवई र सारजाहमा ठुलो पानी पनि परेको खवर साथीहरुले सुनाए । साथीलाई फोन गरी पिकनिक स्थानको बाटो बताउन कोशिष गरेउ तर नेपालको मोवाईल झै जतिबेला पनि सम्पर्क हुन सकेन मात्र भन्यो कारण बुझ्दा साथीहरु धेरैनै टाढा जंगल भित्र हुनुहुदो रहेछ साथै उक्त स्थानमा ओमानको मोवाईलको टावर टिप्दो रहेछ । बल्ल बल्ल फोनमा कुराकानी भयो । साथीहरुले वादी आउने बाटो हुँदै आउनु भने हामीले हासोमा वादी हो कि म्याग्दी भनि जिस्कियौ पनि बाटो पनि बाग्लुड। म्याग्दीनै जाने जस्तो पहाडै पहाड भित्र थियो । करिव ५ कि।मी टाढा आएपछि फेरी आर्मीले चेक गर्न थाल्यो । अब त म ढुक्क थिए किनकी मसँग पासपोर्ट थियो । उक्त आर्मीलाई पिकनिक जाने बाटो सोध्यौ उसले अझै १० किमी टाढा पुग्नु पर्ने बतायो । साथमा सानी नानी भएको कारण गाडी तेजले हुईक्याउन पनि नमिल्ने बिस्तारै बिस्तारै हामी कच्ची बाटो तिर लाग्यौ । साच्चैनै त्यो यात्रा म्याग्दी गए जस्तै थियो । पहाडको बिचबाट कहिले ओरालो खोल्सी त कहिले उकालो अनि डर पनि त्यतिकै लाग्ने । कालो माटो अनि काली गण्डकीको तिरमा पानीले खिजाएका ढुंगा जस्तै देखिने काला ढुगाँ ।

4 Comments:

nepalean said...

बिदेशमा रंहदा धेरै कुरा याद राख्नुपर्छ भन्ने कुरा खेमनाथजी को कथाबाट थाहा हुन्छ। बिदेशको झिलीमिलीसंगै हामी
धेरै कुरा भुल्दछौं तर यांहाको नियम कानुन उतिके कडा हुन्छ।

अरबको मरुभूमी निकै सुन्दर पो रहेछ त। मैले त सारै उजाड छ होला जस्तो लागेको थियो।

rishi lal said...

maila dai yestai chha hauro juni. k garnu chha ra.
yi mulla le dhukha dirhaancan.

Anonymous said...

Khemnath ji tapai le merai katha bhane jasto lagyo.

sexdollartnerblog said...

For language learners, the full body sex doll acts as a "zero-pressure private tutor" that is available 24/7 and never loses patience. This educational function demonstrates the doll's potential value in knowledge transfer and skill training, far exceeding the traditional perception of it as merely a "physiological tool."

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !