बसन्तको सुरुवातसगैं पुर्वमा साहित्यिक जमघट बाक्लै भैरहेका छन् । फागुन अन्तिमदेखी सुरु भएको साहित्यको जमघट यात्रा हिजो सम्म निक्कै बाक्लो रह्यो । यस पटक यो बसन्त र्सिजनाको याम भएको छ पुर्वका कवि साहित्यकारका लागि । यो डेढ महिनामा झापा मोरङ, सु

भएको गजल महोत्सवमा नेपनल भारत र भुटानका करिव दुइसय श्रष्टाले गजल वाचन गरे । चैत २ गते पाँथरको फिदिममा साहित्यको कुम्भ मेला नै भयो । नेपाल प्रज्ञा प्रतिष्ठानका प्रथम कुलपति बैरागी काँइला नै कार्यक्रममा आएपछि त साहित्यकारहरुको भिड नै लाग्यो त्याँहा । त्यस
कार्यक्रममा भेला भएका प्राज्ञहरु अहिले पनि त्यस कार्यक्रमको तारिफ गरेर थाकेका छैनन् । गजल मञ्च उर्लाबारीले स्थापना गरेको गजलमाला पुस्कार वितरण कार्यक्रममा गजलकारको जमघट र गजलवाचन पनि सम्झन लायकको बन्यो । चैत १२ गते भएको त्यस कार्यक्रममा पनि पुर्वका गजलका हस्तिहरुले गजलका नयाँ नयाँ स्वाद पस्किए । त्यस लगतै प्रतिभा साहित्य प्रतिष्ठानले जनता क्याम्पस इटहरीमा गजल प्रतियोगिता नै गर्यो । चैत २३ गतेको प्रतियोगीतामा २५ जनाले स्पर्धा

लोडसेडिङको उपहार कहिले सम्म लोकतन्त्रमा
खान नपाइ मरिरा‘छन अहिले सम्म लोकतन्त्रमा । भुपेन्द्र तिम्सनाको गजलका यी शेर जस्तै नेपालीको वर्तमान यथार्थलाई कवि र साहित्यकारले कार्यक्रममा आफ्ना रचना र र्सिजनामा पस्कदै आएका छन् । पुर्वमा भएका अधिकांस कार्यक्रममा गजलले राम्रो ठाउ पाएको छ । पथरीमा भएको कार्यक्रममा मधु पोख्रेलले गजल गाउदै यसरी शेरमा संविधान नबन्ने आशंका ब्यक्त गरे ।
तिमिले भुल्यायौ र पो देश दुख्छ
स्वयम् मुस्कुरायौ र पो देश दुख्छ
न संविधान नया खै नया नेपाल
आशंका गरायौ र पो देश दुख्छ ।
तिमिले भुल्यायौ र पो देश दुख्छ
स्वयम् मुस्कुरायौ र पो देश दुख्छ
न संविधान नया खै नया नेपाल
आशंका गरायौ र पो देश दुख्छ ।
पथरीको यो कार्यक्रम साथै फिदिमको कार्यक्रममा त नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति नै आएर हौसला दिए । राजधानीका कार्यक्रमा मात्र उपस्थित हुने पहिले पहिले कुलपतिहरुको परम्परालाई तोड्दै पहिलो पटक कुलपति बनेका काइँला चैत दुइ गते पाँचथरको फिदिममा भएको बृहत साहित्यिक जमघट र चैत २९ गते मोफसल प्रकाशन सहकारीले आयोजना गरेको सि.एम कन्दङ्वा पुरस्कार वितरण गर्न उपस्थित भएर एउटा इतिहासको सुरुवात गरे । मोफसल प्रकाशन सहकारीले यस बर्ष देखी सुरु गरेको सिएम कन्दङ्वा पुरस्कार आउदा बर्षमा ५० हजार राशीको बनाउने घोषणले पनि साहित्यकारहरुमा उर्जा थपेको छ । नयाँ बर्षकै दिन आमाको सम्झनामा रचना वाचन गर्न साहित्यिक जमघट गरायो नेपाली साहित्य समाज उर्लाबारीले । श्रजकहरुले आमाको सम्मान र सम्झनामा नयाँ बर्ष मनाउन बिर्सिएर रचना वाचन गरे । प्राज्ञ कवि कृष्णभुषण बल लगायत धेरैले आफ्ना रचना सुनाएर आमालाई सम्मान व्यक्त गरे ।
दमक बहुमुखि क्याम्पस साहित्यिक मञ्चले त बैशाख ३ गते एउटा राम्रो कामको सुरुवात गर्यो श्रष्टालाई सम्मान गरे । बृहत साहित्यिक गोष्ठीका साथ साहित्यकारहरु केशव आचार्य, टंक विकल्प र प्रकाश आङ्देम्वेलाई सम्मान गरिएको हो । दमकको कार्यक्रम सकिन नपाउदै बैशाख ४ गते साहित्य चौतारी झापाले विर्तामोडमा अर्को विर्सनै नसकिने कार्यक्रम गरि छाड्यो । उस्ले गीतकार शिव संकर थापालाई सम्मान मात्र गरेर दार्जीलिङ्गे गायीका हिरादेवी वाइवा लाई गीत गाउन लगाएर कविहरुलाई नाच्ने वातावरण बनायो । कवितामा सशक्त देखिएका कविहरु नाचे उसरीनै । त्यस पछि एकसाता माहौल अलि शान्त रह्यो तर पनि यो विचमा स साना जमघट र छलफल भइरहे । हिजो शनिवार त्यस्तै एउटा कार्यक्रम भयो झकास पुरस्कार वितरणको । पुरस्कार वितरणको कार्यक्रम भए पनि त्यो अर्थपुर्ण रह्यो विदेशमा छरिएका श्रष्टाहरुको संस्था झकास आयोजक भएकाले । रचना वाचन जोडतोडले गरेका श्रष्टाले ११ हजार १ सय ११ रुपैया राशीको पुरस्कारले गजलमा जमेका प्रकाश आङ्देम्वेलाई पुरस्कृत गरे । पुरस्कार वितरणमा प्रा डा गोविन्दराज भट्टराइ, डा टंक न्यौपाने, प्राज्ञ कवि कृष्ण भुषण वललगायतले शनिश्चरे शरणार्थी शिविरमा सम्मान गरेका हुन् । प्रकाशलाई पुरस्कारसंगै यो यात्रा अगाडी बढीरहेको छ । यस पटकको बसन्त सकिन अझै निक्कै बाकी छ । कार्यक्रमको तालिकाहरु अझै पनि बन्दैछन् उस्तै गरि ।

1 Comments:
पूर्वमा साहित्यको माहौल निकै बढेछ। साहित्य गितबिधीबारे लेख्ने भएकोमा शेखरजीलाई धन्यबाद।
आजकाल नेपालमा गजलले निकै ठाउं ओगटेको छ। अस्ती गुगलग्रुमा नेपाली गजलको ईतिहांस बारे मेल
आएको थियो। मलाई नेपालको गजल ईतिहांस जान्न निकै उत्सुकता लागेको थियो। मेसो मिल्दा उक्त टांसो दौंतरीमा
राख्नेछु।
Post a Comment
>>> कमेन्टको लागि धन्यवाद !