आज नेपाली खबरमा त्यही छायो जस्ले सबैलाइ नरमाइलो बनायो। एउटा अबला नारी,वरीपरी दर्जनौं गुण्डा। कलम बोक्ने ती साहासी महिलाको खुकुरी बोकेका कायरहरुले जिबन खोसे। नेपालमा आजकाल मानब अधिकार त हराइसक्यो। आमाका कोख रित्तीने,पत्निका सिन्दुर पुछिने, दुधे बालक टुहुरिने दिनानु दिन भइरहन्छन, तर उमा सिंहको हत्याले हामीहरु पशु भन्दा पनि तल गयौं कि झस्काइरहेको छ। अब त शान्ती भयो कि भनेको हामी झुक्किएछौं। भोली कसैले अपराध गरेको आरोप लगाउला, कसैले कारबाही गर्ने बचन देला तर मर्ने मार्ने काम भुतपूर्व शान्ती क्षेत्र नेपालमा रोकिने भएन।
भोलीको नेपालका बाटा धेरै छन, सबैले भन्छन हामी झन अग्रगमन तिर लम्किदै छौं। कतै हामीले एकै फड्कोमा मानबताकै छलागं त पार गरेनौं? । देश बिकासको नाममा, नया नेपालको नाममा आज हामीलाइ बाच्न पनि मुश्किल भएको छ। घरबाट निस्के भरे फर्किने हो कि होइन पत्तो छैन,आज थाकेर सुतेको ज्यान भोली उठ्ने हो कि होइन ग्यारेन्टी छैन। हामी अनिस्चित नेपाल तिर लम्किदै छौं। जत्था जत्था झुन्ड झुन्डमा बाडिएको बर्तमान नेपाले त्यसै त हामीहरुलाइ हिनताबोध गराइरहेको छ, उमा सिहंको घटनाले त मुख नै बन्द गरायो। अनुहार नै कालो बनायो। के भनु र खै?
Email ThisBlogThis!Share to FacebookShare to Pinterest