September 10, 2011

आदमखोर बाघहरु

आदमखोर बाघहरु सुतेका छन् रे , वस्ती वस्ती बाट मान्छे हराएकै छन्
नरमेध यज्ञका पाखण्डी पण्डाहरु, रक्त पिपाशु उन्मादमा रमाएकै छन्
माओ, लेनिन वर्तमान का लागि उपहास , समय को अनौठो व्यंग बने
सढी सकेको दुर्गन्धित माओको लाश बोकेरै कत्ति ले कमाय कत्ति ले
वरिष्ठ देखि कनिष्ठ पुङ् माङ हरु,अझै मलामी हिंड्न छोडेका छैनन
भ्रुण हत्या गर्न नसकेकी लाचार आमा,तिमी जन्मिंदा खुशी हुने बाबु
आफ्नो कोख लाई धिक्कारेर आसुँ वगाइ रहेकी होलिन
धिक्कार् छ यस्ता अशुरी कपुत जन्माउने आमाहरु लाई
एउटा फुल फुटी दिएको भए पो के नै बिग्रिन्थ्यो र्
केही फरक पर्दैनथ्यो

कती चुथ्थो निस्क्यो तिम्रो लङ्गडो आदर्श
निरर्थक सावित भयो तिम्रो रगत को होली
गरिव लाई सपना वांढेर तिमीले खुब लुट्यौ
लुट लुट आखिर तिमीहरु लुटेर नै हौ
तर कम्सेकम बांच्ने स्वतन्त्रता त् फिर्ता गरी देउ ,
सगर्व आफु लाई सुतेको बाघ घोषणा गरेर
आँफै ले आँफैलाई पशु प्रमाणित् गरी दियौ
हिंसक पशु तिमी मानवता माथि प्रहार गर्छौ
विचरा मान्छे भने पशु संरक्षणमा लागेका छन
शँका लाग्छ अचेल त् ,
अमर थापा, बलभद्रहरु कै सन्तान हौ र हामी
के सांच्ची नै ,
बुद्ध बाजे, सिता फुपु कै रगत छ त् हाम्रो नशा हरु मा पनि ?
यो पुण्य भुमी लाई चिडियाखाना हुन नदेउ
सुतेका बाघहरु फेरी उठ्लान, भेडाहरु ले खेद्न थाल्लान्
बेलै मा होश गर है
सर्वोत्तम रचना मान्छे हो मान्छे , पशु हैन ।।।
- प्रयास, जर्मनी


1 Comments:

Anonymous said...

विशिष्ट सत्य आक्रोश !

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !