November 4, 2009

Dautari News TOWER - Beta

अर्घाखाँची र पोखरामा भएका सडक दुर्घटनामा एकदर्जनको ज्यान गयो
काठमाण्डौ २२ कार्तिक । अर्घाखाँची र पोखरामा आइतबार विहान भएका छुट्टा छुट्टै दुर्घटनमा कम्तिमा १२ जनाको ज्यान गएको छ ।
अर्घाखाचीको गोखुङगाबाट सदरमुकाम सन्धिखर्क तर्फ आउदै गरेको लु १ ख ३९ ८७ नम्बरको बस आज बिहान हंसपुर गाविस ३ कमेरेपानी सडकबाट तल खस्दा कम्तीमा १० जना यात्रुको ज्यान गएको छ ।
करिब ४० जना सवार बस सडकबाट तीनसय मीटर तल खसेको छ । बसमा यात्रा गरिरहेका अधिकांस यात्रुहरु घाईते भएकोले मृतकको संख्या बढ्नसक्ने प्रहरीको भनाई छ ।
यस्तै पोखरामा कलेज जादैं गरेका २ जना विद्यार्थीलाइ न्युरोडमा लु १ ख ५७५३ नम्वरको ट्रकको ठक्करदिदा घटनास्थलमै ज्यान गएको छ ।
ना १३ प ४२८५ नं.को मोटरसाइकलमा सवार लक्ष्मी आर्दश उच्च मा.विमा अधयनरत करिब १७–१८ वर्षिय विकास गुरुङ र पर्वत गुरुङको ट्रकको ठक्करवाट ज्यान गएको प्रहरीको भनाइ छ ।


छिट्टै माओवादी नेतृत्वमा राष्ट्रिय सरकार बन्ने प्रचण्डको दाबी

माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमति या आन्दोलन दुईमध्ये एक माध्ययमबाट अब छिट्टै माआवादी नेतृत्वमा राष्ट्रिय सरकार बन्ने दावी गर्नुभएको छ । उनले झापामा को भद्रपुर विमानस्थलमा साचारकर्मीहरुसँग कुरा गर्दै उक्त कुरा दाबी गरेका थिए ।

प्रमको चेतावनी/काठमाडौं, ७ कातिक
प्रम नेपालले संसदको गतिरोध जारी राखेर बजेट
पारित गर्नका लागि अवरोध गरे माओवादीका लडाकूको पनि तलबभत्ता रोकिने चेतावनी दिए । बजेट रोकिंदा माओबादी लडाकु मात्र होइन निजामती कर्मचारीको को तलब पनि रोकिने छ र बिकास निर्माणका
काम पनि थप्प हुनेछन।


छठ पर्वको वर्त सुरु
काठमाण्डौ ६ कार्तिक । छर्ठपर्ब अर्न्तर्गत आजदेखि उपबास शुरु भएको छ । तर्राई मुलका महिलाहरु आज बिहान नुहाई धुवाई गरी दिनभर उपवास बस्ने गर्दछन् ।
आज राती मिठो र चोखो परिकार बनाएर खाने प्रचलन छ । भोलि सांझ नदि तथा पोखरी किनारमा गएर अस्ताउंदै गरेको सूर्यलाई अर्घ दिने गरिन्छ । आइतबार बिहान उदाउंदै गरेको सूर्यलाई अर्घ दिएपछि छर्ठपर्व समाप्त हुने गर्दछ । कार्तिक शुक्ल चतुर्थी अर्थात हिजोदेखि शुरु भएको यो पर्व सप्तमी अर्थात आइतबारको दिन सकिन्छ ।

जीप दुर्घटनामा पाँचजनाको ज्यान गयो, २५ घाइते
तनहुँ ४ कार्तिक । बिहान भएको सडक दुर्घटनामा पाँच जनाको ज्यान गएको छ भने दुइ दर्जन घाइते भएका छन् ।
तनहुँको फिरफिरे गाविसवाट तनहुँकै दुलेगौँडा गाविसतर्फआँउदैगरेको ग १ च २५५८ नम्वरको यात्रुवाहक जिप फिरफिरे गाविसको लामागाँमा विहान ११.१० वजे सडकवाट करिव ३ सय फिट तल खस्दा जिपमा यात्रा गरिरहेका पाँच जनाको ज्यान गएको हो । दुर्घटनामा चारजनाको घटनास्थलमै र एकजना को उपचारको क्रममा ज्यान गएको हो । दुर्घटनामा घाइतेहरुको तनहुँ जिल्ला अस्पताल र पोखरामा उपचार भइरहेको छ । घाइते २५ जना मध्ये तीनजनाको अवस्था गम्भिर रहेको छ ।

बिपी कोइराला स्वास्थय बिज्ञान प्रतिस्ठान धरान आज पनि बन्द
कार्तिक ४ धरान । बिपी कोइराला स्वास्थय बिज्ञान प्रतिस्ठानको इमरजेन्सी र वार्ड बाहेक आज पनि बन्द रहेकेा छ ।
सम्बन्धित निकायबाट सुरक्षाको ग्यारेन्टी नभएसम्म आन्दोलन जारी रहने भन्दै बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठानका चिकीत्सकले आन्दोलनमा उत्रिएपछि अस्पतालका सेवाहरु बन्द भएका हुन् ।
डाक्टरको आन्दोलनका कारण धरान स्थित प्रतिष्ठानको उपचार सेवा बन्द गराए पछि बिरामीहरुलाइ सास्ती भएको छ ।
प्रतिस्ठानको आकस्मिक सेवा खुल्ला छ । भने ओपिडी सहित अन्य सेवा भने स्वास्थ्यकर्मीले पुर्णरुपमा बन्द गरेका छन् ।
बेलाबेलामा अनौपचारिक बार्ता भए पनि औपचारिक बार्ताको लागी कतैबाट पहल नभएको चिकीत्सकले बताएका छन् ।

भाइटिका मनाउदै नेवार समुदाय
काठमाण्डौ ३ कार्तिक ।
यस बर्षो तिहार अन्तरगत नेवार समुदायले आज किजापुजा अर्थात भाईटिका मनाउँदै छन् ।
नेवार बाहेकका समुदायले भने हिजै भाइटिका मनाएका छन् । नेपाल सम्वत्को पहिलो दिन अर्थात् प्रतिपदाका दिन म्हःपूजा र भोलिपल्ट किजा अर्थात भाइ पूजा परेकाले आज सरकारले र्सार्वजनिक विदा पनि दिएको छ । हिजै नेवा समुदायले म्ह पुजा पनि सम्पन्न गरेका छन् । विहान नया वर्षमनाईएपछि साँझ म्ह पुजा मनाउने प्रचलन छ । यसबर्षपञ्चाङ्ग निर्णायक समितिले किजा पुजाका तिथिमा घटबढ गरेको भन्दै नेवा समुदायले आज भाइटिका मनाएका हुन ।

समस्याको गाँठो फुकाउन माओवादी लचिलो हुने
काठमाण्डौ ३ कार्तिक ।
प्रमुख प्रतिपक्षी एकिकृत नेकपा माओवादीले राजनीतिक गतिरोध अन्त्यका लागि हदैसम्मको लचकता अपनाउने भएको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा आज वसेको केन्द्रिय पदाधिकारीहरुको वैठकले सेनापतीलाई थमैती दिने राष्ट्रपतीको कदम वारे सहमतीका लागि सदै सम्मको लचकता अपनाउने निर्णय गरेको प्रवत्ता दिननाथ शर्माले जानकारी दिनुभयो ।
साथै वैठकले दलहरुविचको छलफललाई तिव्र वनाउन प्रमुख ३ दलद्धारा गठित कार्यदललाई सत्रिय वनाउने निर्णय गरेको छ ।

दुर्घटनामा दुइजनको ज्यान गयो
बर्दीया ३ कार्तिक । बर्दियाको भुरीगाँउमा मंगलबार मध्यान्ह साढे १२ बजेतिर भएको ट्याक्टर दुर्घटनामा २ जनाको ज्यान गएको छ ।
दुर्घटनामा अरु १२ जना र्घाईते भएका छन । र्घाईते मध्ये तिनजनाको अबस्था गम्भिर छ । नेउलापुरबाट पिंकनीका लागी कर्णाली चिसापानी तर्फजादै गरेको से १ त २९३४ नम्बरको ट्याक्टर अनियन्त्रीत भएर दुर्घटना भएको हो ।
दुर्घटनामापरि नेउलापुर ५ डुम्रेनीका १५ बषिर्य बखत शाही र १८ बषिर्य बिनोद शाहिको ज्यान गएको प्रहरीले जनाएको छ ।

आज भाइटिका नेवार समुदायले भोली लगाउने

काठमाण्डौ २ कार्तिक । हिन्दुको महान् चाड तिहारको अन्तिम दिन आज देशभरि परम्पराअनुसार दिदीबहिनीबाट आफ्ना दाजुभाइको सुख समृद्धि तथा दीर्घायुको कामनाका साथ टीका लगाई भाइटीका मनाइँदैछ ।
भाइटीकाका लागि सोमबार बिहान ११:५३ बजेसम्मको समय उत्तम रहेको नेपाल पाचाङ्ग निर्णायक समितिले जनाएको छ ।
नेवार समुदायले भने मङ्गलबार भाइटीका लगाउने भएका छन् । नेपाल संवत्को पहिलो दिन अर्थात् प्रतिपदाका दिन म्ह पूजा र भोलिपल्ट किजाभाइ पूजा परेकाले उक्त समुदायको मागबमोजिम सो दिनका लागि पनि सरकारले सार्वजनिक विदाको घोषणा गरेको छ । नेपाल मङ्का खलः न्यूंद समारोह समितिका अध्यक्ष तीर्थराम डङ्गोलका अनुसार म्ह पूजाको मण्डप एकरात राखेर विसर्जन गरी भोलिपल्टमात्र किजा पूजाका लागि मण्डप बनाउनुपर्ने परम्परागत मान्यता छ ।

आज गाई तिहार
काठमाण्डौ १ कार्तिक । हिन्दु नेपालीहरुको दोस्रो महानचाड तिहार अर्न्तर्गत आज गाईतिहार, गाईको पुजाआजा गरि धूमधामका साथ मनाईँदैछ ।
गाईको पूजा गरेमा सबै दवदेवीको पूजा हुने विश्वास अनुरुप गाईलाई विभिन्न परिकार बनाई खुवाउने तथा विभिन्न रङ्गहरुले पूजा गर्ने गरिन्छ । आजै बलिको पनि पूजा गर्ने प्रचलन रहेको छ । यसैगरी आज देशभर गोवर्द्धन पुजा पनि गरिदै छ ।


दीपावलीको बत्तिले ज्यान गयो
सप्तरी १ कार्तिक ।
सप्तरीको छुटाछुटै स्थानमा आगलागि हुदा एकजनाको ज्यान गएको छ भने लाखौको क्षति भएको छ । सप्तरीको मलेठ दुइमा दिपावलीमा बालेको बत्तिबाट सल्किएको आगोले सिदकुन मेहताकी १० बर्षकी छोरी ममताको ज्यान गएको हो । श्रीमति सरिता देबि र उनका चारवर्षा छोरा मिथलेस र एकबर्षा छोरा बब्लु गम्भिर र्घाईते भएका छन ।
यस्तै सप्तरीको भदैया ८ का दशैया मण्डल र छिन्ना मस्ता ४ राम खेलौन शाहको घरमा आगलागि हुदा तीन लाख वरावरको धनमाल जलेकेा छ ।


तिहारमा मान्छे मरेका
संखुवासभा १ कार्तिक । संखुवासभाको साँबु बानेश्वरमा शनिबार साँझ भिर बाट लडेर एक जनाको ज्यान गएको छ । शनिबार बिहान घाँस काट्न जंगल गएका साँबु बाँनेश्वर ४ का ६५ बर्षीय ध्रुबबहादुर खत्री साँझ मृत भेटीएका हुन ।
यसैविच हेटौंडाबाट पथलैयातर्फजाँदै गरेको ना. ४ ख ४९६ नं.को ट्रकले स्थानीय पशुपतिनगर जाँदै गरेको बा.७ प ८८८३ नं.को मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालकको घटनास्थलमै ज्यान गएको छ । हेटौंडा नगरपालिका वडा नं. ९ पशुपतिनगर बस्ने अरुण श्रेष्ठ को ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


झाडा पखालाले धादिङमा एकजनाको ज्यान गयो, ३० भन्दा बढि बिरामी
धादिङ १ कार्तिक । धादिङ जिल्लाकै सबैभन्दा विकटमा रहेको उत्तरी धादिङको तिप्लिङ गाविसमा दुइ दिनदेखि फैलिएको झाडापखालाले एकजना बालकको ज्यान जानुका साथै गाउका ३० भन्दा बढी बिरामी परेका छन् ।
धादिङ निर्वाचन क्षेत्र नम्बर १ का सभासद् एवम् एकीकृत नेकपा -माओवादी) का केन्द्रीय सदस्य पुष्पविक्रम मल्लका अनुसार तिप्लिङ गाविसको वडा नम्बर २ र ४ मा पर्ने ठूलो गाउ, लातुङ लगायतका गाउबस्तीमा दुइ दिनदेखि फैलिएको झाडापखालाले एकजना बालकको ज्यान जानुका साथै गाउका ३० भन्दा बढी बिरामी परेका हुन् ।

आज कुकुर तिहार/लक्ष्मी पूजा
काठमाडौ, ३१ असोज । यमपञ्चकको दोस्रो दिन आज बिहान घरघरमा कुकुर तिहार र साझ धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा गरिदैछ । इमान्दार पहरेदार जन्तुका रूपमा परापूर्वकालदेखि परिचित कुकुरलाई वर्षा एकपटक आजको दिन यमदूतका रूपमा पूजा गर्ने चलन छ । आज गृहस्थीले कुकुरको पूजा गरेर माला लगाई खाना खान दिने गर्छन् । आजका दिनलाई 'नरक चतुर्दशी' पनि भन्ने गरिन्छ । आज मध्याहृन १२ बजेर पाँच मिनेटसम्म चतुर्दशी र त्यसपछि गाइतिहार औंसी परेको छ ।
आज सँझ बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने भनाइअनुसार आज घरको सबैतिर सफासुग्घर गरी दैलो, सङ्घार, झयाल, ढोका, कौसी, अटाली, भर्‍याङलगायतका ठाउँमा बत्ती बाली लक्ष्मीको स्वागत गरिन्छ ।

नेपाल सम्बत्को दिन र्सार्बजनिक बिदा
काठमाण्डौ ३० असोज । सरकारले नेपाल सम्बत्को दिन र्सार्बजनिक बिदा दिने भएको छ । मन्त्रिपरिषदको आज बसेको बैठकले नेपाल संवत ११३० को अवसरमा आगमी कार्तिक ३ गते र्सार्वजानिक विदा दिने निर्णय गरेको हो । उपत्यकाका नेवार समुदायले नयाँ बर्षो रुपमा मनाउने नेपाल संवतलाई सरकारले यसअघि नै राष्ट्रिय संवत घोषणा गरिसकेको छ । मन्त्रीपरिषदको आज बसेको बैठकले नेपाल संवतको अवसरमा आयोजना गरिने कार्यक्रमका लागि ३ लाख ५० हजार रुपैया आर्थिक सहयोग प्रदान गर्ने निर्णय पनि गरेको छ ।

छैठ पछाडी माओवादी र फोरमको नेतृत्वमा देशमा आन्दोलन हुन्छ - यादव
सुनसरी ३० आसोज । मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादबले छैठ पछाडी माओवादी र फोरमको नेतृत्वमा देशमा आन्दोलन हुने बताउनु भएको छ ।
नेता यादबले आन्दोलनबाट उत्पन्न हुने परिश्थतीको सरकारले जिम्वेवारी लिनु पर्ने बताउनु भयो । उहाँले सुनसरीको इनरुवमा अगुवा कार्यकर्ता भेलालाइ सम्बोधन गर्दे नेता यादबले अहिलेको मधेसी मोर्चासगँ भएका सम्झौता कार्यन्वयनमा उदासिन बनेकाले छठ पछि मधेसमा मोर्चासगँ भएका सम्झौता कार्यन्वयन गराउन दवाव दिन, आदिबासि जनजातीको अधिकार सुनिश्चत गर्न र समावेशी लोकतन्त्रको संस्थागत संरक्षण गर्न ठुलो जन आन्दोलन गर्ने बताउनु भयो ।

आजदेखी तिहार सुरु
काठमाण्डौ २९ असोज ।
नेपालीहरूको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरुभएको छ ।
कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने तिहार पहिलो दिन काग, दोस्रो दिन कुकुर, तेस्रो दिन बिहान गाई र साँझ लक्ष्मीको पूजा तथा दीपावली, चौथो दिन गोवर्द्धन पूजा र अन्तिम दिन भाइटीका गरी सम्पन्न हुन्छ । पुराणका अनुसार यस पर्वमा यमराज आफ्ना दैनिक कार्य स्थगित गरी बहिनी यमुनाकहाँ पाँचदिनसम्म पाहुना बनी बस्ने र बहिनीद्वारा पुजिएका यमराजले वस्त्र, आभूषण दिएर भ्रातृ स्नेहलाई प्रगाढ बनाउने हुनाले यस पर्वलाई यमपञ्चक पनि भन्ने गरिन्छ ।
यमपञ्चकको पहिलो दिन काग तिहारका अवसरमा आज धार्मिक मान्यताअनुसार कागलाई पूजा गरी विविध खानेकुरा दिइन्छ ।

बैतडीका बस दुर्घटना, ज्यान जानेको संख्या आठ पुग्यो
बैतडी २८ असोज । बैतडीबाट धनगढी तर्फआँउदै गरेको यात्रुबाहक बस बुधबार साँझ दुर्घटना हुँदा आठ जनाको ज्यान गयो । बसमा सवार अन्य ४३ जना घाइते भएका छन ।
जिल्ला प्रहरी कार्यालय बैतडीले दिएको जानकारी अनुसार ना २ ख ७५४७ नं. को बस बैतडीको देहीमाण्डौँ-६ मा दुर्घटना भएको हो । ज्यान गुमाएका २ जनाको मात्र सनाखत भएको प्रहरीले जनाएको छ । र्घाईते ४३ जनामध्ये १० जनाको अवस्था चिन्ताजनक रहेको र जिल्ला अस्पताल बैतडीमा सामान्य उपचारपछि उनीहरुलाई भारतको पिथौरागढ रिफर गरिएको बताईको छ । अन्य र्घाईतहरुकोजिल्ला अस्पताल बैतडीमा उपचार भईरहेको छ ।
दुर्घटनामा पाँचजनाको ज्यान गयो
२८ असोज, काठमाडौं ।
बैतडीको देहीमाडौंमा साझ भएको यात्रुबाहक बस दुर्घटनामा पाँच जनाको ज्यान गएको छ ।
ना २ ख ७५४७ नम्वरको यात्रुबाहक बस बैतडीबाट धनगढी जानेक्रममा दुर्घटना भएको प्रहरी प्रमुख नवराज भट्टले जानकारी दिनुभयो । दुर्घटनामा तीस जना घाइते भएका छन् । घाइते मध्ये १० जनाको अवस्था गम्भिर रहेको भट्टले जानकारी दिनुभयो । प्रहरीले घाइते तथा मृतकको उद्धार गरिरहेको छ ।


गतिरोध अन्त्यकालागि तीन दलीय सँयन्त्र बन्ने
काठमाण्डौ २८ असोज । नयाँ संविधान लेखनका क्रममा देखापरेका मतभिन्नता तथा असमझदारी सुल्झाउन प्रमुख तीन दल सम्मिलित संयन्त्र बन्ने भएको छ । तीनदलबीच विहान भएको छलफलमा विभिन्न समितिमा देखिएका मतमतान्तर कम गरी तोकिएको समयमा संविधान लेख्न तीन दलीय साझा संयन्त्र बनाउने सैद्धान्तिक सहमति बनेको कांग्रेस महामन्त्री विमलेन्द्र निधिले जानकारी दिनुभयो । एमाले संसदीय दलको कार्यालय सिँहदरबारमा बसेको बैठकमा संविधानसभाका समितिहरुमा देखिएको मतमतान्तर तथा प्रतिवेदन बुझाउन नसकेका समितिहरुले गरिरहेका कार्यहरुका बारेमा छलफल भएको थियो ।

दुर्घटनामा घाइते पत्रकारको ज्यान गयो
इटहरी २८ असोज । सुनसरीको हासपोसामा हिजो गाडीको ठक्करबाट घाइते हुनुभएका पत्रकार अर्जुन बान्तावा र्राईको राती मृत्यु भएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार हुन नसकि भारतको सिलिगुडी लैजाने क्रममा पत्रकार बान्तावाको मृत्यु भएको प्रहरीले जनाएको छ । को ४ प ८६४३ नम्बरको मोटरसाइकललाई को १ ख २७१० नम्बरको बसले ठक्करबाट उहाँ गम्भीर घाइते हुनुभएको थियो । भोजपुरको बासिखोरा घर भएका बान्तावा सुनसरीमा जनमत साप्ताहिक र ब्लाष्ट टाइम्स दैनिकमा कार्यरत हुनुहुन्थ्यो ।

अपराधीलाइ नागरिकताको सिफारिस गरेको आरोपमा सचिव प्रहरी नियन्त्रणमा
सुनसरी २७ असोज ।
अन्तराष्ट्रिय अपराधी असरफ अली अन्सारीलाइ नेपाली नागरीकता बनाइदिएको आरोपमा सुनसरीको सीमारीया गाबिसका सचिब मणीराज पोख्रेललाइ प्रहरीले नियन्त्रणमा लिएको छ । पाकिस्तानी नागरीक अलीलाई सिमरीया गाबिसका वाड नम्वर ५ घर भएको सिफारीस बनाएर नागरीकता दिलाएको भन्दै प्रहरीले पोखरेलाइ पक्राउ गरेको हो । इन्टरपोलले मोस्ट वान्टेडको सुचीमा राखेको अलीले डेढ महिना अघि जिल्ला प्रसासन कार्यलय सुनसरीले नागरीकता दिएको थियो ।

गैरआवासीय नेपाली संघको चौथो अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा सुरु

काठमाडौँ, २७ असोज । गैरआवासीय नेपाली संघको चौथो अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौँमा सुरु भएको छ । शान्त र समृद्ध नेपालः हाम्रो साझा सपना भन्ने नाराका साथ तीन दिनसम्म चल्ने सम्मेलनमा ५२ देशका गैरआवासीय नेपालीहरु सहभागी छन् । सम्मेलनमा उद्घाटनका अतिरिक्त विभिन्न १० वटा शत्रहरुमा बैदेशिक रोजगारी आप्रवास रेमिटेन्स नेपालमा लगानी तथा अवसर लगायतका महत्वपूर्ण विषयहरुमा विभिन्न व्यक्तिहरुबाट कार्यपत्र प्रस्तुत हुनुका साथै त्यसमाथि छलफल गरिने कार्यक्रम छ ।

राष्ट्रपति रामवरण यादवले शान्त र समृद्ध नेपाल निर्माणका क्रममा परिवर्तनको संघारमा देखिएका चुनौतीलाई सबै मिलेर व्यवस्थापन गर्नुपर्ने बताउनुभएको छ ।

गैरआवासीय नेपाली संघको चौथो अन्तर्राष्ट्रिय सम्मेलनको आज राजधानीमा उद्घाटन गर्दै राष्ट्रपति डाक्टर यादवले लोकतान्त्रिक प्रणालीमा देशलाई कोल्टे फेराउन नेपाली जनताहरुले देश तथा विदेशबाट खेलेको भूमिकालाई अन्तर्राष्ट्रिय समुदायले सलाम गरेको कुरालाई स्मरण गरेर अब लोकतान्त्रिक संविधान निर्माणमा पनि महत्वपूर्ण भूमिका खेल्नुपर्ने कुरामा जोड दिनुभयो ।

सोही अवसरमा बोल्दै गैरआवासीय नेपाली र वैदेशिक रोजगारमा जाने तयारीमा रहेका नेपालीहरुको हकहित र फाइदाको लागि सरकारले काम गर्ने उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले प्रतिबद्धता व्यक्त गर्नुभयो । वैदेशिक रोजगारमा जानेहरुको लागि देशका विभिन्न ठाउँमा तालिम केन्द्र खोल्ने उपप्रधानमन्त्री कोइरालाले बताउनुभयो ।

सम्मेलनमा स्वागत मन्तव्य दिँदै विश्वभरि छरिएर रहेका नेपालीहरुको साझा माचको रुपमा स्थापित संघको मर्मअनुरुप आर्थिक सामाजिक र बौद्धिक क्षेत्रलाई केन्द्रविन्दु बनाएर नेपालमा लगानी गर्न विदेशमा बसेका नेपालीहरु अघि बढ्ने गैरआवासीय नेपाली संघका अध्यक्ष उपेन्द्र महतोले बताउनुभयो । अध्यक्ष महतोले गैरआवासीय नेपालीहरुले स्वदेशका लागि योगदान गर्न दोहोरो नागरिकता माग गरेको प्रस्ट पार्नुभयो ।

उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीले फास्ट ट्रयाक निर्माणका लागि गैर आवासिय नेपाली संघ सहित नेपाली नीजि क्षेत्रले सरकारलाई प्रस्ताव बुझाएको बताउनु भयो । सरकारले सेनालाई दिन लागेको यो आयोजना आफुहरुले निर्माण गर्न पाउनुपर्ने माग जोशीको छ ।

२१ जनाद्वारा माओवादी परित्याग
काठमाडौँ, २७ असोज । एकीकृत माओवादीले आफ्नो मूल्य मान्यता छोडेको आरोप लगाउँदै जिल्ला स्तरका विभिन्न २१ जनाले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

पाल्पा जिल्ला सचिवालय सदस्य नारायण भण्डारीसहित जिल्ला सदस्य वाईसीएल जिल्ला सदस्यलगायत पाल्पाका विभिन्न २१ जना मातृका यादवले नेतृत्व गरेको माओवादीमा प्रवेश गरेको घोषणा गरेका हुन् । उनीहरुले आज एक विज्ञप्ति निकाल्दै यस्तो घोषणा गरेका हुन् ।

एम्वुलेन्स दुर्घटना एकको मृत्यु, ३ घाइते
काठमाण्डौ २६ असोज । पुर्वपश्चिम राजमार्ग अर्न्तगत नवलपरासीमा आज विहान भएको सवारी दुर्घटनामा एक जना महिलाको ज्यान गएको छ भने ३ जना गम्भिर घाइते भएका छन ।
काठमाण्डौबाट दाङ तर्फजादै गरेको भे १ च ६३९ नम्वरको एम्वुलेन्स नवलपरासीको सुनवलमा दुर्घटना हुदा दाङ सिसहनिया गाविस निवासी सकनी चौधरीको ज्यान गएको प्रहरीले जनाएको छ । ३ जना र्घाईते मध्ये चालक अर्जुनप्रसाद सुवेदीको अवस्था चिन्ताजनक रहेको पनि प्रहरीले जनाएको छ ।

नेपाल सरकारका कारण गैर आवासिय नेपालीले चाहेजती लगानी गर्न सकेनन - महतो
काठमाण्डौ २५ असोज । गैर-आवासी नेपाली संघ एनआरएनका अध्यक्ष डाक्टर उपेन्द्र महतोले नेपाल सरकारका कारण गैरआवासीय नेपालीले चाहेजति लगानी गर्न नसकेको बताउनुभएको छ । महतोले सरकारले ऐन बनाउन ढिलो गरेको र त्यसले गर्दा संयुक्त लगानीमा ढिलो भएको बताउनुभयो । रिपोर्टस क्लबमा भएको कार्यक्रममा हाइड्रो पावर, सडक, शिक्षा स्वास्थ्य जस्ता क्षेत्रमा गैरआवासीय नेपालीले लगानी गर्न चाहेको महतोले जानकारी दिनुभयो । सरकारले वातावरण बनाए धेरै ठुला प्रोजेक्टमा लगानी भित्रने उहाँले बताउनुभयो ।
अहिलेसम्म गैरआवासीय नेपालीले ३ सय मिलियन डलर आर्थिक र ३० करोड भन्दाबढी सामाजिक क्षेत्रमा लगानी गरिसकेको बताउनुभयो । पर्सि हुने एनआरएनको सम्मेलनमा देवमान हिराचन, रामप्रताप थापा क्षेत्री र भीम उदासले अध्यक्ष पदका लागि उम्मेद्वारीको घोषणा गर्नुभएको छ ।

यात्रुबस दुर्घटना हुदा चारजनाको ज्यान गयो
चितवन २५ असोज । नारायणगढबाट माडी तर्फजादै गरेको यात्रुवाहक वस राप्ति नदि नजिक दुर्घटना हुदा चार जनाको ज्यान गएको छ ।
माडी तर्फजादै गरेको ना १ ख ६१६५ नम्बरको यात्रुवहाक बस राप्ती नदी नजिकै जगतपुर घैलाघारिमा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । ब्रेक फेल भएपछि राप्ती नदी भन्दा करिव १ सय मिटर वर सो वस दुर्घटना भएको थियो ।
वसमा ७० भन्दा बढी यात्रुहरु सवार रहेको बताईएको छ । वस सडक बाट करिब १५ फिट तल झरेको छ । मृतकको सनाखत हुन सकेको छैन ।

मोरङबाट एक जना अपहरित
विराटनगर २५ असोज । मोरङको दर्वेसावाट आइतबार एक जना पशु व्यापारी अपहरणमा परेका छन् ।
ववियाविर्ता ३ का रमेश कोइराला अपहरणमा परेका हुन । नम्वर नखुलेको सेतो मारुती र अन्य दुइवटा मोटरर्साईकलमा आएका झापाको शिवगंज ६ का निखिल मण्डलसहितको ४/५ जनाको समुहले कोइरालालाई दर्वेसा २ स्थीत चण्डीका डिष्टीलरी नजिकवाट अपहरण गरेर पुर्व तर्फलगेको प्रत्यक्षदर्शीको भनाइ उध्रीत गर्दै मोरङ प्रहरीले जनाएको छ ।
गाइ कुट्दा दैनीक २ लीटर दुघ जरिवाना
विराटनगर २३ असोज । दुहुनो गाईलाई हिर्काउदा विराटनगर १६ मझुवाटोलका एकजना किसानले दिनहुँ २ किलो दुध जरिवाना तिर्नु परेको छ ।
स्थानीय जोगिन्दर कामतको परिवारले चिया दोकानमा राखेको हरेराम कामतको गाईले खाएको भन्दै कुटपिट गरेपछि सो जरिवाना गरिएको हो । कुटपिटबाट गाई घाइते भएपछि कार्वाही स्वरुप जोगिन्दरले दैनिक २ लिटर दुध जरिवाना तिर्नुपरेको हो । स्थानीयवासीका अनुसार एक हप्ताअघि हरेरामको गाइले जोगिन्दरको चिया पसलमा आएर भाँडा माभ\mने पानी खाइदिएपछि जोगिन्दरले गाइलाइ हिर्काउदा गाईको ढाड भाँचिएको छ ।



बाढी र पहिरोबाट मृत्‍यु हुनेको संख्या ५९ पुग्यो


काठमाडौँ, २३ असोज । अविरल वर्षाका कारण मुलुकका विभिन्न भागमा आएको बाढीले बगाउँदा कन्चनपुर र सल्यानमा गरी थप पाँच जनाको मृत्यु भएको छ । यो समेत गरी बाढी पहिरोबाट मृत्यु हुनेको संख्या ५९ पुगेको छ । बाढी र पहिरोबाट सुदूरपश्चिम, मध्यपश्चिम र पश्चिमाञ्चलमा बढी क्षति पुगेको छ ।


कन्चनपुरको देखतभुली-८ का ५५ वर्षीया उदुवा राना र चादनी गाविसकी ४५ वर्षीया राधिकादेवी सिंहको बाढीले बगाएर र दैजी गाविसकी २२ वर्षीया कमला चुनाराको बाढीले ढालेको रुखले किचेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै बाढीले बगाउँदा सल्यानमा दुई जनाको मृत्यु भएको छ । बाढीले बगाएका तीन जनालाई भने जीवितै उद्धार गरिएको छ । सल्यानको सिनबाङ गाविसका शालिकराम बोहरा र काप्रेचौर गाविसकी कौशिला विश्वकर्माको बाढीले बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

साइबेरीयन चरा नेपाल भित्रदै
काठमाण्डौ २३ असोज । धार्मीक मान्यता बोकेको चञ्चलशिल चरा खिडरिच नेपाल भित्रिने क्रम शुरु भएको छ । वर्षा याममा साइबरीयमा पाइने खिडरीच चरा साइबेरीयाबाट हिउद याममा नेपाल आउन थालेका छन ।
भदौको अन्तिम सातामा नेपाल प्रवेश गर्नु पर्ने खिडरिच चरा मौसम परीवरतन कारण अहीलेको वर्षभने तीन साता ढिलो गरि नेपाल प्रवेश गरेको हो । हिन्दु मान्यता अनुसार सुभ साइतको प्रतीकको रुपमा मानिने यो चराले पृथ्वीको खबर इश्वर समक्ष पुर्‍याउने हुदाँ यसलाइ इश्वरीय दुतको रुपमा पनी लिइन्छ । समाचखेवाको प्रमुख पात्रको रुपमा लिइने यो खिडरीच चरा भँगेरा प्रजातीको चरा हो ।



काग्रेसको बैठक आज पनि
काठमाण्डौ २३ असोज । महासमितिको बैठक सम्बन्धी बिवादमा रहेको नेपाली काग्रेसको केन्द्रिय समितिको बैठक आज दोश्रो दिनपनि बस्ने भएको छ । दिउसो दुइ बजेपछि पार्टी कार्यालय सानेपामा बस्ने केन्द्रिय कार्य समितिको बैठकमा महासमितिको बैठक सार्ने या नसार्ने भन्ने बिषयमा छलफल हुने प्रबक्ता अर्जुननरसिह के.सिले जानकारी दिनु भयो । उहाले आजको बैठकमा बिषेश गरेर महासमितिको बैठक कै बारेमा छलफल हुने बताउनु भयो ।


व्यस्थापिका संसद आज पनि बस्दै
काठमाण्डौ २३ असोज । एकीकृत माओवादी सभाषदहरुको विरोधका कारण अवरुद्ध भएको व्यवस्थापिका संसदको बैठक आज पुन बस्ने भएको छ ।
दशै विदाका कारण तीनहप्ता पछि अस्ती बसेको बैठक पनि माओवादी अवरोधका कारण नियमित कार्यसुचीमै प्रवेश नगरि आज सम्म्का लागि स्थगित भएको थियो । बैठक दिउसो ३ बजे संविधान सभा भवन नयाँ बानेश्वर बस्नेछ । यद्यपी दलहरुबीच सदन सुचारु गर्ने बिषयमा ठोस सहमति जुटी नसकेकाले आजको बैठक पनि सन्चालन हुने या नहुनेमा अन्यौलता छ ।


पुर्वका तीन जिल्ला बन्द
इटहरी २३ असोज । हत्याको विरोधमा आज पुर्वका तीन जिल्ला बन्द गराइएको छ ।
भदौ २९ गते क्षेत्रिय कारागार झुम्कामा हत्या गरिएका अर्जन तामागको परिवारलाइ क्षतिपुर्ति र दोषीलाइ कडा कारवाहीको माग गर्दै आव्हान गरिएको वन्दका कारण सुनसरी मोरग र झापाको जनजीवन प्रभावित भएको हो ।
वन्दका कारण झापा , सुनसरी र मोरगका छोटो दुरीका सवारी साधान फाटफुट मात्रै सन्चालनमा रहेको हाम्रा सहकर्मीहरुले जनाएका छन । धरानवाट वाहिर जाने यातायातका साधन पनि नचलेको धरान प्रहरीले जनाएको छ । इटहरीवाट भएर चल्ने सावारी साधान पनि फाट फुट मात्रै सन्चालनमा रहेको छ ।
मृतक तामागका परिवारलाइ २५ लाख क्षति पुर्तिदिनु पर्ने तथा दोषीलाइ कडा कारवाहीको माग गर्दै आदिवासी तथा जनजाती सम्वद्ध १३ वटा जातीय सघ सस्थाले वन्दको आहव्हान गरेका हुन ।

तीनदलले चाहेर मात्र संविधान बन्दैन - गच्छदार
झापा २२ आसोज । उपप्रधानमन्त्री विजयकुमार गच्छदारले मुख्य तीन पार्टीले चाहेर मात्र संविधान निर्माण नहुने बताउनु भएको छ ।
उहाँले मधेसी आदिवासी र पिछडिएका सबैको अधिकार प्रत्याभूत नभए संविधान च्यातिने पनि बताउनु भयो ।
आज झापाको भद्रपुरमा मेची पुल निर्माण घोषणा सभालाई सम्वोधन गर्दै उपप्रधानमन्त्री गच्छदारले संसदको गतिरोध अन्त्यका लागि सहमतिमा नआउने राजनीतिक दललाई मधेसी जनताले लखेट्ने बताउनु भयो ।
उत्तरदेखि दक्षिण मिलाएर प्रदेश कायम गर्नु पर्ने काङ्ग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको अभिव्यक्तिप्रति उहाँले कडा आपत्ति व्यक्त गर्नु भयो । उहाँले राष्ट्रियतालाई अक्षुण राख्ने हो भने मधेसीको भावनामाथि खेलवाड नगर्न चेतावनी दिनुभयो ।विदेशीसंग प्रधानमन्त्रिको आग्रह
काठमाण्डौ २२ असोज । प्रधानमन्त्री माधबकुमार नेपालले देशको शान्ति प्रकृयालाई तार्किक निश्कर्षा पुर्‍याउन युरोपेली युनियनसंग सहयोग गर्न आग्रह गर्नु भएको छ ।
नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणबारे जानकारी लिन काठमाण्डु आएको युरोपियन युनियनको टोलीसगं बिहिबार सिंहदरवरमा भएको भेटमा प्रधानमन्त्री नेपालले पछिल्लो पटक दलहरु बिच देखिएको असहमतीले शान्ति प्रकृयालाई असर गरेको भन्दै सरकार सबैलाई सहमतीमा ल्याउने प्रयासमा रहेको युरोपेली युनियनको टोलीलाई जानकारी दिनु भयो ।
दमकबाट डाँकाले दम्पती काटे
झापा २२ असोज । हतियारधारी डाका समुहको आक्रमणमा झापा दमकमा एक दम्पती घाइते भएका छन् ।डाकाहरुले खुकुरी प्रहार गर्दा दमक १ का प्रकाश कटुवाल र उनकी श्रीमति नन्दकुमारी घाइते भएका हुन् । डाकाहरुले कटुवालको घरबाट एक तोला सुनको सिक्रि र १ हजार ५ सय रुपैया नगद लुटेर लगेको प्रहरीले जनाएको छ । घाइते दुवैको बिराटनगर स्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । अस्पतालले घाँटिमा गहिरो चोट लागेको जनाएको छ ।

सवारी दुर्घटनामा २ जनाले ज्यान गुमाए
विराटनगर २२ असोज । मोरङ र सिराहामा गएराती भएका सडक दुर्घटनामा दुइ जनाको मृत्यु भएको छ । मोरङको कटहरी ९ स्थित हुलाकी मार्गमा को १ त ३८४६ नम्वरको ट्रयाक्टरले ठक्कर दिँदा दादरबैरिया ४ का ३५ बषिर्य इन्धन सरदारको मृत्यु भएको हो ।इलाका प्रहरी कार्यालय रंगेलीले ट्रयाक्टर र चालकलाई नियन्त्रणमा लिएको छ । यस्तै सिराहाको धनगढि २ मा ज १ ख ६४७ नम्वरको बसले पैदलयात्री जहरी महतोलाई ठक्कर दिँदा उहाँको घटनास्थलमै मृत्यु भएको छ । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ ।

पाल्पामा बस दुर्घटना पाँचजनाको ज्यान गयो, ४० जना घाइते
पाल्पा २१ आसोज । पाल्पाको चिदिपानिमा वस दुर्घटनामा ५ जनाको ज्यान गएको छ । अरु ४० जना घाइते भएका छन् । पाल्पाको आर्यभञ्ज्याङबाट पुर्वी पाल्पाको रामपुर तर्फजादै गरेको लु १ ख ५२७१ नम्बरको बस दिउसो पौने २ बजे सडकबाट ५० मिटर तल खसेको हो । दुर्घटनामा परि घाइते भएका सबैको पाल्पा स्थीत मिसन अस्पतालमा उपचार भइरहेको छ । मृतक ५जना मध्ये ३ पुरुष, १ महिला र १ बालक रहेको र उनिहरुको सनाखत हुन बाँकी रहेको जिल्ला ट्राफिक कार्यलय पाल्पाले जनाएको छ ।



1 Comments:

सपनासंसार said...

गैरआवासीय नेपाली संघको सकारात्मक कुरा पनि राखौँ न त न्युज मा :
http://dainikee.com/newsdetail-10661.html

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !