October 10, 2009

चन्द्रमामा विस्फोट र ओबामालाई नोबेल !

चन्द्रमामा विष्फोट-- खोज कि हमला?

Nasa Photo शुक्रवारको दिन (थाहा छैन त्यतिबेला चन्द्रमामा दिन थियो कि रात) नासले चन्द्रमामा पानीको खोजको लागी भिषण विस्फोट गरायो । करिव २ टन वजन भएको रकेट ९,००० किमि प्रतिघण्टाको गतिमा चन्द्रमाको दक्षिणी ध्रुवमा ठोक्काईयो । भिषण विस्फोटका कारण चन्द्र धरातलका ३५० टन टुक्राहरु करिब १० किलोमिटर माथिसम्म उछीट्टीएको समाचारसंगै यस मिसनका नासाका प्रशासक Doug Cooke ले यसलाई “विज्ञान र अन्वेषणको लागी महान दिन” भएको घोषणा गर्दा म भने १० कक्षामा पढेको विजय मल्लको “अन्तिम भोज” सम्झदैँ थिएँ ।

विज्ञान, अन्वेषण र नयाँ नयाँ खोजका साथ नासाले हाम्रो संसारलाई धेरै कुरा दिएको छ यसलाई न्यून मुल्यांकन गर्नु हुँदैन । तर के यसो भन्दैमा खोजी वा प्रयोगका कुनै सिमा नै हुँदैनन् त ? । चन्द्रमामा पानीको खोज, करिब चालीस बर्ष देखी नै चली रहेको छ । तर खोजको यो भन्दा निर्मम तरिका कहिल्यै अपनाईएको थिएन । अहिले यो बिषयका समर्थन र विरोध दुबै देखिएका छन । समर्थनमा यस खोजले अन्य अन्तरिक्ष अन्वेषणमा मद्दत पुग्ने बताईए पनि चन्द्रमामा यसरी नियोजीत हमला गर्ने अधिकार नासालाई कस्ले दियो भन्ने कुरा मुख्य   रुपमा उठेको छ । 

हो, माथी भनेजस्तै नासाको धेरै देनहरु होलान तर जे जस्तोसुकै भएपनि यो एउटा नितान्त अमेरिकी संस्था हो र चन्द्रमामा यस किसीमको विस्फोट गराउने उसको आधिकारिकता माथी प्रश्न उठनु मलाई पनि सान्दर्भिक लाग्छ ।

ओबामालाई नोबेल पुरस्कार ! Obama

चन्द्रमामा पानीको खोजको नाममा भएको भयंकर विष्फोटको समाचारसंगै यो हप्ता अर्को पनि एउटा चर्चाको समाचार आयो । अमेरिकी राष्ट्रपतिलाई नोबले पुरस्कार दिने । उसै पनि राजनीति र त्यसमाथी पनि अमेरिकी राजनीतिमा खासै चासो नरहेपनि ओबामाले आफ्नो कार्यभार सम्हालेको १ बर्ष पनि पुगेको छैन । यो बीचमा उनको सादापन, सिदा बिचार र अमेरिका र विश्व अर्थतन्त्रको सुधारमा उनको सोच र लगनका उनी लोकप्रिय छदैँछन र उनका केही भावि कार्यनीति पनि लागु हुँदै होलान, तर यस बिचमा उनलाई शान्तिको लागी नोबेल पुरस्कार दिईनु पनि अबिबादित रहन सकेन ।

स्वंय अमेरिकामै पनि Cicago Tribune ले गरेको एउटा अनलाईन सर्वेक्षणमा ७१.३% मतदाताले उनलाई पुरस्कार दिनु नपर्ने कुरा व्यक्त गरे।

ओबामा एकजना असल व्यक्ती भएकोमा कसैको दुई मत नहोला, तर अहिले नै विश्व शान्तिकोलागि नोबेल पुरस्कार पाउनु पर्ने उनको योगदान के रह्यो? , यो कुरा चाही अलि हजम भएन !

अन्तमा बुस प्रशासनका बेलामा संयुक्त राष्ट्रसंघका दूत रहेका John Bolton को एउटा भनाई जस्ताको त्यस्तै यहाँ राख्दै छु :

"I think the Nobel Committee couldn't vote in our election in 2008, so they decided to vote this year,"



12 Comments:

लेकाली said...

बेलुका दौतरी खोलेको पुरानै लेखहरु थिए बिहान उठेर हेर्दा दुई वटा जबर्जस्त बिषयका टाँसो पढन पाइयो तर आफु भने रणभुल्ल परिगयो। एक रात बिताउदा दुई दिन देखेकोमा। मध्यरातपछी नै हो दौतरी हेरेको तर टाँसो हेर्दा त फरक फरक मिती छ बा!! क्या हो निद्रामा नै छु कि कसो हँ? थरकि दादाको समाचार बिस्लेषणलाई प्रतिकृया दिन मिल्ने उखान टुक्काको संगम पनि बेजोड छ। मैले त त्यही नै जस्ताको त्यस्तै प्रयोग गरे:" धनीको गाली पनि बोली"। हो यस्तै होला नासाले कसैलाई सोध्नै नपरी गरेको हमला पनि।

Luna said...

” नोबेल शान्ति पुरस्कार —-”
~~~~~~~~~~~~~~~~~~~~~
ओबामा !
नोबेल शान्ति पुरस्कार
मस्तिस्क भरि बोकेर
बिश्व भाई नाताको सिद्दान्त सोच है !
~~
ओबामा !
नोबेल शान्ति पुरस्कार
आखा भरि राखेर
बिस्बका भोका पेटहरु लाइ नियाल है !
~~
ओबामा !
नोबेल शान्ति पुरस्कार
माइक्रोफोन बानाएर
बिस्वको आर्तनाद सुन है !
~~
ओबामा !
नोबेल शान्ति पुरस्कार
नाक मा झुन्डाएर
बाताबरण दुर्गन्ध लाइ सुघ है !
~~
ओबामा !
नोबेल शान्ति पुरस्कार
रुद्र घन्टिमा राखेर ( मुख भित्र राखेर )
परमाणु बम हतियार बिरुद्द डिप्लोम्याटिक कुरा गर है !
~~
ओबामा !
नोबेल शान्ति पुरस्कार
छाति भरि बोकेर
बिस्बलाई अगाल है !
~~
ओबामा !
नोबेल शान्ति पुरस्कार
हातमा लिएर
बिस्बा शान्ति मेल मिलापको बिरुवा रुख रोप है !
~~
ओबामा !
नोबेल शान्ति पुरस्कार
पाइला पाइला मा बोकेर
नोबेल शान्ति पुरस्कार को ऋण चुक्ता गर है

एकलव्य ( Eklavya) said...

प्रकृतिमाथि विजय पाउन चाहने मानवीय कौतुहलता र अनुसन्धाको नैरन्तर्यता संगै नीतिसंगत र असंगत दुवै कुराहरूको परीक्षण हुने भएकाले , हाम्रा मद्दिम आलोचनाहरू लाई सम्मान गर्दै यो वाध्यात्मकले हामीलाई लहडै लहडको असामयिक ध्वंशमा नपुर्‍याओस् भन्ने कामना !

हिजोसम्म ओबामाले शान्तिको नोबेल पुरस्कार प्राप्त गर्नु पर्ने औचित्यता नबुझेर बिलखबन्द परेको म , आज बिहानसम्म मेरा सोचहरूलाई परिमार्जन गर्न वाध्य भएँ । मेरो विचारमा, हिजो बिहान उठेर ह्वाइटहाउस बाहिर ओबामाले स्वयं जारी गरेको प्रेस विज्ञप्तिमा समेत यो शान्तिको उपलब्धि हासिल गरेकोमा दिइएको सम्मान सूचक पुरस्कार नभएर यो call to action हो भन्ने उनको स्वीकारोक्तिपूर्ण वाक्यांसले समेत यसको अर्थ र औचित्यतालाई समेट्ने प्रयास गरेको छ । यसर्थ, यो 'एकोम्पलिसमेण्ट' का लागि नभएर 'इण्टेण्ट इन क्यापासिटी' का लागि दिइएको पुरस्कार मानेर हामीले परिभाषा बदल्नु पर्ने भयो ।

बिबिसीको चर्चामा Wayn State University professor Saed Khan ले पत्रकारलाई प्रतिप्रश्न गरे ' के आङ सान सु की लाई शान्तिको लागि नोबेल दिएर म्यानमारमा शान्ति स्थापना भयो र ?' यो त केवल शान्तिका लागि गरिएको प्रयासको सांकेतिक सम्मान मात्र हो । विश्वको सर्वाधिक शक्ति सम्पन्न राष्ट्र अमेरिकाको राष्ट्रपतिले शान्तिका लागि साँचो चिन्ता मन र व्यवहारमा उतारेर विश्व शान्ति र सम्बन्धका लागि अठोट लिन सकेमा , विश्व शान्तिका लागि सबैभन्दा बेजोड सकारात्मक लहर पैदा हुन सक्छ भन्ने कुरा सत्य हो ।

ओबामाप्रति संसार र अझ बढी शंकालु मुस्लीम विश्वको सकारात्मकताले विश्व शान्तिका ल्याउन सक्ने सम्भावित प्रभावको आँकलन गर्दा मलाई पनि सायद ओबामा नै सबैभन्दा योग्य रहेछन् कि यो वर्ष जस्तो लाग्यो । अझ भन्ने हो भने मैले विकल्पमा अरू संसारभरका नेताहरूलाई उभ्याउन खोज्दा कोही फेला परेनन् । कसैले जिम्बावेका मोर्गान चेभ्गंराई वा नेपालका गिरिजा-प्रचण्डको नाम पनि लिए होलान् । तर यी त हिंसा त्याग र शान्त्तिको प्रतिवद्दतामा शुद्ध अडिन सकेका छैनन् बरू सत्ताको माखेसाङ्लोमा अल्झेका पात्रहरू मात्र हुन् , यिनले नोबेलको गरिमा नै लिलाम गराइदिन्छन् ।


मैले अझै पनि केही वर्ष अघि केन्याकी क्रिश्चियन पर्यावरणवादी भंगारी माथाइलाई दिइएको पुरस्कारको औचित्यता खुट्याउन सकेको छैन, कसैले राजनैतिक रूपले आग्रही बन्दा दलाई लामाले किन पाए भनेर पनि सोध्लान् । तर पनि उदारवादी राजनीतिक चिन्तनलाई पुरस्कृत गर्ने नोबले कमिटीको विवशता भित्र उचित विकल्प अभावका कारण पनि ओबामा निर्विवाद बनेछन् क्यार ! तर यो शान्तिको उपलब्धिका लागि भने अवश्य हैन , पुरस्कार प्राप्त व्यक्तिले नै यो ' मेरो लागि शान्तिका लागि काम गर्न घच्घच्याउन दिइएको हो र म यसका लागि नतमस्तक छु' भन्ने वाक्यांसले पनि प्रष्टिएको छ । आशा गरौँ, यो एडभान्समा दिइएको पुरस्कारले ओबामालाई विश्व शान्तिका लागि महान योगदान दिने विश्व राजनेताको कोटीमा उभ्याउन सकोस् ।

बाराक ओबामालाई हाम्रो पनि सहस्र बधाइ ।

एकलव्य

Prelude said...

We all have our own views and opinions on Obama's nomination for Nobel Peace Prize-he certainly does deserve an honor- but I don't really think this was the right time to honor him with Nobel Prize...

He had his plans and opinions pronounced in front of the world (if thats what he is getting awarded for), yet they are not implemented practically; it would have been much better if his revolutionary works were analyzed after a while-- after his plans turned out to be pragmatic and the results were appreciated by the world...

Well, it's done, so all we can do is have discussions about whether or not it was appropriate to reward him at this instance...the reality won't change though! :)

नेपालियन said...

ठरकी जी को लेख र लेकाली,लुना,एकलव्य,प्रिलुडको अर्थाइ भन्दा मेरो निकै भिन्न अर्थाइ छ है दुबै लेखमा।

चन्द्रमाको बिस्फोटको कुरा गर्दा लामो समय सम्म पानी छ होला भन्दै गरेका परिक्षण खासै उपलब्धी मुलक नभएको र डोजर लगाएर खनेको प्रोजेक्ट पनि खासै उपलब्धिमुलक नभएको ले बिस्फोटनबाट अध्यन गर्ने लागेको हुनुपर्छ। यो अन्य अध्यन भन्दा छरितो र प्रभावकारी पनि हुन्छ, महत्बपुर्ण कुरा यो पो हो। स्पेसमा कसैको अनुमती लिनु नपर्ने र यसमा केही उपलब्धी भए फाइदा सारा बिश्वले पाउने हूंदा नासाको काममा बिरोध नै गर्नु पर्ने म देख्दीन।

ओबामालाइ किन नोबेल पुरस्कार दिइयो? भर्खर काम थालेको ब्यक्तीले यस्तो गरिमामय पुरस्कार पाउनु छक्क पर्ने कुरा नै हो। ओबामा यस्ता आकर्षक ब्यक्ती हुन यिनीलाइ देखेर डाहा गर्दै यिनका प्रतिद्वन्दी ले यिनी सिनेमाका नायकको दर्जा दिएका थिए। उनि फुर्तीला र आकर्षक ब्यक्तित्वका धनी मात्र नभै छिटै प्रभाब पार्न सक्ने ब्यक्ती भएकाले हिलारी क्लिन्टन जस्तो परिपक्व राजनितिज्ञलाइ मात्र होइन मेक केन जस्तो लोकप्रिय र शक्तीसाली भेट्रानलाइ पनि छोटो राजनैतिक दौडमै सजिलै पछारे। उनिले राष्ट्रपती चुनाब जित्नु एक बर्ष अघी मिडियाले उनको नाम सम्म उच्चारण गरेका थिएनन्, कसरी एक बर्षमै कालो जाती भैकन राष्ट्रपतीको पद हांसिले गरे यो नै छक्क पर्ने कुरा छ। म त भन्छु एक्दम छोटो समयमा शान्ती बाहाली प्रती एकदमै प्रभावशाली कदम चालेको ले उनी नै नोबेल कमिटीका लागी उत्क्रिष्ठ बने। सायद उनी एक राजनैतीक जिनियस ब्यक्ती हुनुपर्छ, यस्ता ब्यक्तीले हांसील गरेका सफलता सर्बसाधरणलाइ सधै छक्क पर्ने खालका हुन्छन। आकाशमा जहाज उड्दा पहिले मान्छेहरु यसरी नै छक्क पर्दाहुन।

HAWA said...

सुरुमा त मलाई पनि ओबामा लाई नोबेल प्राइज दिनुपर्ने बेला भाईसकेको जस्तो लागेको थिएन... तर फेरी सोचे शायद ओबामा र अमेरिकि प्रशासन लाई आफ्नो सकारअत्मक र मेलमिलाप को निती मा अडिग रहन हौस्याउन दिएको हुनुपर्छ...

अब ओबामा, अमेरिकी प्रशासन र अमेरिकि जनता ले समेत यो प्रमाणित गर्नुपर्ने हुन्छ कि अमेरिकि राष्ट्रपती ओबामा यो पुरस्कार का लागि योग्य थिए...

पीजी said...

अमेरिकाले चन्द्रमामा बम पड्काएको घटनालाई दुइ हिसाबमा हेर्छु म । पहिलो सिधै पानी छ छैन भनेर गर्न खोजिएको अनुसन्धान जसमा जुन यन्त्र उपयुक्त देखियो त्यहि प्रयोग गरियो । दोस्रो भारतीय मिशनको टिमले (जसमा अमेरिका पनि छ) चन्द्रमामा पानी छ भनेर दिएको रिपोर्ट जसको पुर्ण जस अमेरिकाले लिन पाएन । अनि आफ्नो छुट्टै पहिचान देखाउन र दबदबाको लागि पनि "चन्द्रमामा रकेट" हानेर परिक्षण गरेको प्रोपागाण्डा फिजाउन अमेरिकाले यो प्रयोग रोज्यो । चट्टान फोर्न देखि लिएर दुनिया तर्साउन धर्तीमा संधै प्रयोग हुने यो रकेट धर्तीमा सामान्य भइसके पनि हरेक क्षेत्रमा पहिलो बन्नै पर्ने अमेरिकि मानसिकताको उपज हो यो । जुन अहिले चारैतिरबाट गिर्दै गएको "पहिलो बन्ने" शाखलाई केहि मात्रामा भए पनि पुन प्राप्ति गर्ने माध्यम पनि होला। यो कुरालाई विगतले पनि हो कि जस्तो बनाउंछ । जस्तो कि सोभियत संघले पहिलो पटक अन्तरिक्षमा मानव यान पठाउने वित्तिकै चन्द्रमामा आंफु पुग्नै पर्ने भनेर अमेरिकाले कसेको अड्डि र पुगेको विवादास्पद घटना ।

अनि नोबेल कसले किन कसलाई दिन्छन भन्ने कुराले कहिले एशियनलाई छक्क पार्छ, कहिले अफ्रिकिलाई छक्क पार्छ र अहिले सबैलाई छक्क पार्यो ।

नोबेल पुरस्कार ओबामालाई दिएको कारण मेरो बिचारमा पुरस्कारको लाज राख्न पनि ओबामाले युद्धलाई प्राथमिकता नदेलान भन्ने युरोपियन जजहरुको दुरदृष्टीको परिणाम होला कि । सभ्यताका धनी युरोपियनहरुको बुद्दी बेला बेलामा अमेरिकालाई नै रन्थन्याउने पनि हुन्छ ।

अनि शनिवार एउटा टेलिभिजनको कमेडि कार्यक्रमका अनुसार ओबामालाई नोबेल पुरस्कार दिएको कारण यो थियो रे:

"राष्ट्रपति भएको यति महिना सम्म पनि कुनै युद्द र ध्वंश नगेरको वापत ओबामालाई यो पुरस्कार दिइएको हो !!"

Anonymous said...

ओबामाको नोबल पुरस्कार जसरी लिए पनि हुन्छ।

दिग्गजहरुको भनाइ पछि म भनाइ राख्न भन्दा पनि हांस्न तिर लागें - "राष्ट्रपति भएको यति महिना सम्म पनि कुनै युद्द र ध्वंश नगेरको वापत ओबामालाई यो पुरस्कार दिइएको हो !!"

पोस्तक श्रेष्ठ said...

भात पाके नपाकेको जाँच्न एस सिता छामे पुग्छ। विश्वभरि अमेरिकाप्रति रहेको नकारात्म छविमा ओवामाले परिवर्तन गरेको छ। अमेरिकाका चर्का आलोचकहरु चाभेज, अहमदिनेजाद, किम जोङ सुङहरु समेत ओवामाको बारेमा सन्तुलित भनाइ राख्छन्, त्यो केवल ओवामाको शान्तिप्रतिको ईमान्दारिताको कारणले हो। अमेरिकाका कन्जरभेटिभहरुले अमेरिकीहरुलाई बिश्वमै सबैभन्दा असुरक्षित तु्ल्याए। अमेरिकाको यो छवि ओवामाले सुधार्न कोशिष गर्दैछन्। त्यसैले यो पुरष्कारका हकदार ओवामा नभए के जर्ज बुश वा डिक चेनी हुन सक्लान्?

Nepal! said...

हैन नासामा पनि बुश छन कि क्या हो चन्द्रमामा पनि पड्काउन नछोड्ने ! त्यहां त साइन्टिस्ट हुन्छन जस्तो लाग्थ्यो । हैन हाम्रो भट्टजीलाई सोध्नु पर्ला ।

हैन पोस्तकजी ओबामा त अमेरिकाको छवी सुधार्न खडा गरेको एउटा मोहरा हो जस्तो लाग्छ है मलाइ त । ओबामा शान्ति प्रति प्रतिबद्ध छन नै तर इन्टेलिजेन्सहरुले अबको ४ वर्ष नजंग्याइदिए हुन्थ्यो ।

Xl/ s'df/ s'j]t said...

लेख त चोटीलो छँदैंछ, कमेण्टहरुपनि चोटीला लागे । तर विरोध गर्नेको कुरा त छाँडौ, समर्थन गर्नेको कुरा मान्दा पनि ओबामालाई हालको कार्यको लागि हैन उनले भविश्यमा गर्न सक्ने कार्यको लागि पुरस्कार टक्रयाइएको देखियो ।

कसैले भोली के गर्छ वा के गर्ने कोशिष गर्दैछ भनेर नै एडभान्समा पुरस्कार दिने हो भने त जसलाई दिएपनि भो नि हैन !

Xl/ s'df/ s'j]t

बिप्लब said...

Xl/ s'df/ s'j]t हैन यो के भाषा पर्यो ?

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !