June 17, 2009

मोबाइल फोन अब चार्जनै गर्नुनपर्ने


तपाइको फोनम छीटै ब्याट्री चार्ज सकिन्छ? अथवा चाहिने बेलामा फोनमा एक थोपा पनि चार्ज हुदैन? नेपालमा त बिजुली आएको ४ घण्टा घरमा नभए तपाइको फोन हप्तौं बेकाम हुनसक्छ।

अब भने त्यस्तो झमेलामा फस्नुपर्ने छैन। हाम्रो वरीपरी बिभिन्न किरण र उर्जा छरिएर बसेको त तपाइलै सुन्नुभएकै होला। अब भने नोकिया कम्पनीले हाम्रै वरीपरी घुमीरहने रेडियो वेव बाट फोन चार्ज गर्न मिल्ने प्रबिधीको बिकास गर्दैछ। भएको फोन चार्जर फालेर यो फोनतिर दौडिने स्थीती त आइसकेको छैन तर फोनलाइ चाहीने केही पावर भने हावाबाटै चार्ज गर्ने मिल्ने फोन तयार पारेको छ।यस्तो हाइफाइ प्रबीधी पत्ता लगाउने नोकीया भने पहिलो होइन। यस्तो प्रबिधीको खोज आज भन्दा १०० बर्ष अघी बैज्ञानीक टेस्लाले शुरू गरेका थिए । यसलाइ केही हदसम्म नोकियाले सफल बनाएको छ।

नेपालमा केही महिना पहिला पिपलको पातबाट नोकिया फोन चार्ज गर्न मिल्ने हल्ला पत्रपत्रीकामा आएको थियो। यस्तो हल्ला भारतका केही ठाउंमा पनि सुनिएको थियो। त्यो कती आधिकारीक थियो त्यो त चार्ज गर्ने या समाचार खोज्नेलाइ थाहा होला। बिना बिजुली लगातार प्रयोग गर्ने सक्ने फोन नोकियाले ३ देखी ५ बर्षमा बजारमा ल्याउने भएको छ। त्यतीन्जेल लोडसेडिगं मै रमाऔं।


8 Comments:

Dilip Acharya said...

हैन यो चार्ज नै गर्न नपर्ने हो कि, अरु कुनै माध्यमाबट चार्ज हुने हो ??। जे होस नोकियाले नेपालीहरुको पनि भलो गर्ने भएछ !

नेपालियन said...

दिलीफ जी , यो फोन हाम्रै वरीपरी घुमीरहने रेडियो वेव बाट चार्ज हुन्छ। रेडियो,टिभीको बेव बिभिन्न फ्रिक्वेन्सी हावामा घुमेर बांकी रहेका यसै बिलाउंछन, नोकियाले त्यही उपयोग गर्न लागेको होक।

हिमाल _ पारी said...

नेपालीअन जी, तेसो भए charger बिना कै phone बोक्न पाइने भैयो होइन त ?
यो प्रसँग लाइ अलिकति आफ्नो ज्ञान ले भ्याए सम्म elaborate गरिदिन मन लाग्यो ।
Quantum physics को सिद्धान्त अनुसार शक्ती (Energy) हावा मा तरङग (wave)को रुप मा घुमी रहेको हुन्छ र सानो सानो कण (particle)को रुप मा अथवा packet को रुप मा energy store भएको हुन्छ । तरङग (wave)मा भएको शक्ती (Energy) तेस्को आबृती (frequency) मा भर पर्छ । " E = hf, where E=energy, h=planck's constant 6.6 * 10 to the power -34 joule second. f=frequency (/sec)."

हावा मा भएको तरङग (wave)को शक्ती (Energy) तेस्को आबृती (frequency)को साथ्साथै तेस्को wave-length मा पनि भर पर्छ । frequency र wave-length एक अर्का मा related छन, frequency बढी भएको तरङग (wave)को wave-length थोरै हुन्छ । त्यस्ताइ, frequency बढी भएको तरङग (wave)को wave-length थोरै हुन्छ। रेडियो र टेलिभिजन हरुको तरङग (wave)को छुटाछुटै frequency र wave-length हुन्छन । हामी ले रेडियो मा सुन्ने गरेको "साठी तथा नब्बे meter band short-wave र medium-wave सात सय वेआनब्बे ....."आदी ले क्रमश: wave-length कम र बढी भएको तरङ भन्ने जनौछ । frequency बढी भएको तरङग (wave)को energy पनि बढी नै हुन्छ र frequency थोरै भए energy पनि कम नै हुन्छ ।

लु आफु ले physics र Electrical Engineering पढ्दा ताका को knowledge सम्झेर यहाँ टासिदिए । हावा मा भएको एही energy नै Nokia ले उपयोग गर्न लागेको होला होइन त नेपालीअन जी ?

हिमाल _ पारी said...

frequency बढी भएको तरङग (wave)को wave-length थोरै हुन्छ । त्यस्ताइ, frequency बढी भएको तरङग (wave)को wave-length थोरै हुन्छ।

........Should be read as............

frequency बढी भएको तरङग (wave)को wave-length थोरै हुन्छ । त्यस्ताइ, frequency थोरै भएको तरङग (wave)को wave-length बढी हुन्छ।

नेपालियन said...

हो हिमाल पारी जी यो E = hf कै सिद्दान्तमा आधारित छ। इनर्जी E भने ज्यादै न्युन हुन्छ र बाताबरणमा ज्यादा टिक्न सक्दैन।
यो पूरा भए पक्कै पनि harger बिना कै phone बोक्न पाइने छ।
अर्को कुरा मलाइ त यस्तो भन्न पो मन लाग्यो।
frequency बढी भएको तरङग (wave)को wave-length थोरै हुन्छ । त्यस्ताइ, frequency बढी भएको तरङग (wave)को wave-length थोरै हुन्छ।

........Should be read as............

frequency शक्तीसाली भएको तरङग (wave)को wave-length छोटो हुन्छ । त्यस्तै, frequency कमजोर भएको तरङग (wave)को wave-length लामो हुन्छ।
अम्रिकाले हिमाल जी को नेपाली खाइदिए जस्तो छ।

हिमाल _ पारी said...

Nepalean jee, ramro wording choose garidinu bhayeko ma dhanyabaad hai.........bhanna khojeko tyahi nai ho yesso milayera bujhnu paryo ni... he he he........

ani pheri nepali ma typing garna sarai nai time lagne, k garnu? Ma pheri teti dherai expert chhuina type garna kya. Aaj diuso kaam nagaikana ghar ma nai baseko mauka ma phursad payera teti dherai nepali type gareko. Jhannai 1 ghanta nai lagyo la Dharodharma.........

नेपालियन said...

ए बिदामा बसेर मस्ती गरेको भए त १ घण्टाको के कुरो भो र, एकै दिन लागे पनि फरेक परेन।
आफ्नो त मेलामा सधै दिमाग खराब हुन्छ। कहिले खेताला खराब पर्छन,कहिले बाउसे खराब। आज एउटा बाउसेले जे पाए त्यही गरेर दिक्क गरायो।

Radhika Thapa said...

Can't we charge our mobile without taking out the battery outside?
If it is accessible it will be more beneficial for us and all People of the world.
Please -9

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !