April 23, 2009

जय होस

शेखर ढुङेल
क्यालिफोर्निया यु एस्
०४-२१-२००९
जय होस जय होस जय होस
मेरो जन्म भुमी नेपाल को
अमर रहोस वीर शाहीद का गाथा
नमेटिउन देश का सिमा रेखा
उठोस हात घर घर बाट
बनाउन नेपाल लाई संसार कै खास्सा
जय होस जय होस जय होस
फर्फराइ रहोस चन्द्र सुर्य अन्कित झन्डा
अनन्त सम्म सगरमाथा सिर मा
निधार मा लाली हात मा गुरास थालि
चम्की रहोस स्वाभिमान नेपाल को
युग युग सम्म संसार माझ
जय होस जय होस जय होस
घन्की रहोस घिन्ताङ मादल
नाची रहोस वीर गोर्खाली खुकुरी
तराइ सिचोस हिमाल ले
भकारी भरोस तराइ ले
तोड्न नसकोस हाम्रो बन्धुत्व
कोइ बैरी परदेशि ले
जय होस जय होस जय होस


3 Comments:

शेखर के सी said...

जय होस जय होस जय होस
युवा जति विदेशमा वुढाजति नेपालमा
शक्तिजति विदेशमा जुम्राजति कपालमा
जय होस जय होस जय होस

प्रबिण थापा said...

Ramro kabita shekhar ji!
haami sabaiko JAYA hos!

Luna said...

शेखर जि !
अब त देश भक्तिका कबिताले पनि गिज्याए झै लाग्न था लि सक्यो !
( यस्तै कबिता मा सबैको मन रमाउने दिन कहिले आउँला ! )

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !