February 15, 2009

हेर्नूस् त मुलुकमा अपराधीकरणको सरकारीकरण हुँदै कानूनको धज्जी उडेको

WITHDRAWAL OF 349 CRIMINAL CASES

Among the beneficiaries: 131 murderers, 4 rapists

Panchthar—8 Morang—2
Dhankuta—7 Sankhuwasabha—2
Siraha—1 Rautahat—4 (rape)
Gorkha—60 Rolpa—5
Banke—1 Dailekh—7
Surkhet—6 Humla—11
Kailali—2 Kanchanpur—3


यसो त मुलुकबाट हरबखत प्रेषित भैरहेन नकारात्मक समाचारहरू पढ्न र सुन्न नपरोस् भनेर भगवानसंग कामना नगरेको पनि हैन । तर, एउटा नेपाली भएर यस्तो कल्पना गर्नु दिवास्वप्न देख्नु सरह हो भन्ने जान्दा जान्दै पनि , मनले असल कामना राख्न र सोच्न छाड्दो रहेनछ । मुलुकभित्र बडेबडे परिवर्तन हुँदै गर्दा नराम्रा कुरा , व्यवहार र कामहरूको क्रमश: अस्त हुँदै जाला भन्ने सोचिएको थियो । कथित क्रान्तिकारीहरूको सत्तारोहण भएपछि त नेपाली राज्यसत्ता र मेशिनरी भित्र रहेका फोहर र रोगहरूको निदान होला भन्ने कुरा अरूले जस्तै मैले पनि सोचेको थिएँ तर दिन बित्ने क्रमसंगै नेपालको भाग्य खराब, खराबतर र खराबतम बन्ने दिशा उन्मूख भएको लाग्दैछ । लाग्छ, प्रचण्डलाई कानूनको शासन भन्ने शव्दप्रति सख्त घृणा छ । त्यसैले उनी चाहन्छन् सबै अपराधी, हत्यारा र बलत्कारीहरूलाई अभयदान दिनुपर्छ र तिनीहरूको एकल संरक्षक माओवादी पार्टी बन्नु पर्छ । व्यवहारमा यसो गर्ने दल र सरकारले कसरी देशमा सुरक्षा, शान्ति र निर्भयताको वातावरण कायम होवस् भन्ने चाहला र ?

आजको माइरिपब्लिका डट कमको वेब संस्करण पढ्दा शिर्षकमा माथिको कुरा फेला पर्‍यो । यो पहिलो गासको झिंगा जस्तै मेरो आजको दिनको लागि । समाचाररले भन्छ , माओवादी नेतृत्वको गणतान्त्रीक सरकारले देशभरिका जेलमा रहेका , सजाय भोग्दै कैदी जीवन बिताएका सम्पूर्ण अपराधी र बलत्कारीको मसिहा बन्ने इच्छा राखेछ र तिनीहरूलाई रिहा गर्ने अति ठूलो गणतान्त्रिक काम पो गरेको रहेछ बिगत केही महिनाका अवधिमा ।

केही समय अघि रेडियो र टेलिभिजनबाट देशवासीलाई सम्बोधन गर्दा कामरेड प्रचण्डले वहाँको स्वाभाविक भावुक रुञ्चे शैलिमा भनेका थिए - हामीले केही गर्नै सकेका छैनौँ । आँफु प्रधानमन्त्री बनिसकेपछि आफ्नो पहिलो क्याबिनेट बैठकमा देश भरिका जेलहरू खालि गर्ने प्रस्ताव लैजाने प्रचण्डले केही समयपछि, जेलमा सडेका अपराधी, हत्यारा वा बलत्कारीको मुक्तिका लागि अवश्य केही गर्लान होला भन्ने कुराको लख काट्नेहरूको शंका आखिरमा सही साबित गरिदिएका छन् ।

यस्तो लाग्छ माओवादी दल र उसको सरकारलाई फेरि अर्को चुनाब दुई तिहाइ मतका साथ जित्नका लागि धेरै मान्छेको खाँचो छ । उसलाई यो पनि थाहा छ कि सभ्य र सामन्य नागरिकले दिने भनेको एक मत हो र तिनिहरू डरको वातावरण भएमा निर्वाचन केन्द्रसम्म जाने साहस पनि राख्दैनन् । अपराधी र हत्याराहरूले डर र त्रासको वातावरण सिर्जना गरेर सारा गाउँभरिको मतलाई एकातर्फ सोहोर्न मद्दत पुर्‍याउन सक्ने भएकाले , यिनको मन जित्न र यिनलाई आफ्नो बनाउन यिनको कल्याणमा माओवादीले अहिलेको शक्ति लगानी गरेको हुनसक्छ । हैनभने के सबै जेलभरिका दूर्नाम अपराधीहरू माओवादीका आफ्ना कार्यकर्ता नै थिए र उसले यिनको रिहाइका लागि यत्रो कथित जनयुद्दको बल लगानी गर्नु परिरहेको छ ?

जे होस् यो र यस्तै उदाहरणहरू देख्दा , नया नेपालको रूपरेखा कता डोरिँदैछ भन्ने कुराको आँकलन गर्न कसैलाई गाह्रो पर्ने भने देखिन्न ।



2 Comments:

ठरकि दादा said...

अब भने बिस्तारै नया नेपालको परिभाषा बुझ्न लागें । यस्ता यस्ता अपराधिहरुलाई जेलबाट छाडेपछि देशको के हाल होला? ।

पुरानो नेपाल शान्त थियो अब अब केहि परिवर्तनको अनुभूति दिनु पर्‍यो नी । हेर्दै जाउँ यस्ता र यस्तै अरु हजारौं अपराधिजेलबाट बाहिर निस्के पछि नेपाल नया भै हाल्छ ।

पीजी said...

अब द्वन्दका बेलाका भगौडाहरुले पनि वार्ता गरेर पुन पद बहाली गराउदैछन ।
गाडीले किचेको कुखुरालाई पनि शहिद घोषणा गर्ने प्रवृतिले शहिद नामको तमाशा भयो भनेर नेताहरु आंफैले पनि भनिसके।

अपराधी जेलमा बस्ने भन्ने कुरो त अलि मिलेन नि! अब त जेलमा जसको कुनै पार्टीमा पहुच छैन त्यो मात्र बस्छ । अस्ति भर्खर पढ्नु भएन तस्कर माओबाडि समातेको कारण डि एफ ओ ले थुनिनु परेको अनि खप्की खानु परेको!

अब अरु त हैन कुन दिन देखि जागिर खान पनि नेपाली मारपिट, बार्गेनिङ, चोरी जस्ता काण्डमा फसेको हुनै पर्ने होला ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !