January 3, 2009

नया बर्षको प्रण

नेपालियन

अंग्रेजी नयाँ बर्ष, बिश्वका अधिकांश मानिसहरुले धुमधाम गरेर मनाए। नया सालको अघिल्लो साझ झिलीमिली बत्ती,पटाका र मदिरा जन्य पद्दार्थ तथा अन्य तरिकाले मनोरन्जन गरेर बित्ने गर्छ। अनि प्राय मानिसहरुले नया साल संगै आफुलाइ नया ब्यक्तीमा परिणत गर्ने प्रण गर्ने गर्छन। कोही चुरोट त्याग्ने, कोही मदिरा त्याग्ने कोही आफ्नो ओजन घटाउनै आदी आदी। दौंतरीमा हामी साहित्यको लागी, देशको लागी सोचेर समय खर्चने गर्छौं। के तपाइहरुले यो नया साल आफुलाइ खर्चीनु भयो त? भयो भने के कस्ता प्रण गर्नु भयो त?

उत्तम बिचारले मानिसलाइ नया स्वरुपमा खडा गराउंछ र त्यसले मानिसको छुट्टै पहिचान निर्माण गराउंछ। भन्छन नया प्रण कायम राख्न सबैलाइ खुलेर नै भन्दा सबै भन्दा प्रभावकारी हुन्छ रे। उदाहरणको रुपमा यदी तपाइ ले अब नया साल संगै चुरोट त्याग्ने भन्नु भयो भने भोली देखी तपाइ अरुको अगाडी त चुरोट खान संकोच मान्नु हुन्छ नी। मन मनै भन्नु भयो भने त - "ए चुरोट त्याग्ने भनेको खाइयो, भोली देखी छोड्नु पर्ला” भन्नुहुन्छ। अनि तपाइको भोली कहिल्यै आउदैन।

हामी नया बर्ष संगै नया त भयौं, तपाइले के नया प्रण गर्नुभयो? निसंकोच सकारत्मक सोच राखेर ब्यक्तित्व बिकासको निम्ती हामी प्रत्यक दौंतरीहरु उपस्तीत होउं, दौंतरीको सहि उदेश्य नै त्यही हो। सबै सामु दौंतरीमा पोखेर आगामी साल आफुमा नया ब्यक्तीत्वमा परिणत गर्नुहोला। यही रहनेछ दौंतरीको तर्फबाट नया साल २००९ को सबै भन्दा उत्तम शुभकामना।



8 Comments:

nepalean said...

आफ्नु प्रण नभनेर अर्को को सुन्ने म कस्तो बाठो है। बाठो होइन, म पनि लाटो नै छु क्या। परार साल चुरोट त्याग्ने भनेको झुक्किएर चुरोट खाइहालिएछ। अनि त साथिहरुबाट डाइलग भेटे नी। त्यसी पछि छोडेक छोडै भयो। पोहोर साल काममा अलि प्रोफेसनल बन्न केही प्रोफेसनल बानि बसालुम भनेको त १-२ हप्तैमा फुस्सा। अब नया साल सुरु भयो के प्रण गरु भनेको त पोहोर सालको प्रण नै पुरा भएनछ अब त्यसलाइ पुरा गर्ने पुन प्रण लिएं।

Anonymous said...

हजारों ख्वाहिशें ऐसी कि हर ख्वाहिश पे दम निकले,
बहुत निकले मेरे अरमाँ, लेकिन फिर भी कम निकले.

हेरेरै ल्यायो भने गालीबको माथीको शेर जस्तै प्रण गर्नु पर्ने कुरा के-के छन के-के।
तर करिव करिव तपाईका जस्तै हुन्छन, तपाइले त धन्न साथिहरुबाट डाइलगका कारण पनि चुरोट चाहि छाड्नु भएछ । आफ्नो वरिपरि त "भैगो, हामिहरु समामुहिक रुपमा प्रतिज्ञा तोडौं!" भन्ने साथिहरु छन।

यसपालाको नया बर्षमा केहि बिचार गरिएन, अब नतोडिने गरी काम गर्न अर्को नया बर्षमा केहि गर्ने सोच छ ( हैन ! 2010 भनेको हैन, बैसाखको नया बर्षमा)

Anonymous said...

न कुनै ठुलो सपना देखियो ,
न कुनै ठूलो प्रण् नै गरियो
बस
शुभकामनाका केही शब्दहरु खर्चियो
मदीराका केही प्यालाहरु रित्त्याइयो

Rajan said...

I think it's better late than never.

Happy New Year!

Postak_Shrestha said...

केहो नेपालिएन जी, पोस्ट डेटमा पोस्ट गरेर आफ्नो पोस्ट माथिको माथि नै पार्ने, यो त भएन नि। हे हे ।

Anonymous said...

नेपालीयन जि !
मैले चाँही यो बर्ष दौतरी सके सम्म नबिराइ हेर्ने प्रण गरेकी छु :)

Anonymous said...

पोस्टकजी नया बर्षमा यसो सबै मित्रहरुले एउटा नया आफूंमा रुपान्तरण गरुन भनेर नया बर्षको प्रण तिने दिने पोस्ट राखेको थिए। त्यसैले अरु पोस्टमा मर्का पर्न गएको मा क्षमा प्रार्थी छु। समया पनि काट्यो, अब त यो पोष्ट पनि तल गुल्टिन थालीसक्यो।
धेर थोर प्रण त आए, राजन जी ले भने जस्तै ढिला नै सहित तर केही गर्नु राम्रो।

पीजी said...

हल्का प्याला गयो, घुमघाम गयो । घुमघाम अलि बढि भएछ, खल्ति पनि अलि हल्का भएछ, त्यसैले अब अलि कम गर्नु पर्यो भन्ने मनमनै प्रण गरियो । नया ठाउं नया साथिहरु भेटियो , हैन अब त केहि गर्नु पर्छ भन्ने सधैको पुरानो सोचाइ फेरि नया बनेर आयो, त्यहि भयो नया वर्षको सुरुवात ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !