January 21, 2009

गजल - भरियो सिउंदो तिम्रो

भरियो सिउंदो तिम्रो जब,बेहोश भै म लडदै थिएँ
तिमी छल्कियौ आँखाभरी म छाती भित्रै डडदै थिएँ

थरथराएको हातले फुटेको मुटु निम्तामा दियौ
आँसुले रुझेका रछन थोपा थोपा म पडदै थिएँ

तिम्रो बाटो नदुखोस् कहिले शुभ कामना भन्नै पर्‍यो
एक्लो बाँच्नुमा दुखेको हाँसो तिमी सामु जडदै थिएँ

बारामाला तिम्रो हातमा मेरो गलामा भार थियो
तिमी चड्यौ डोली म जिउँदै चितामा चडदै थिएँ

गाँठो मुटुमा हाँसो ओठमा कस्तो समायोजन त्यो
बाहिर सग्लो देखिए पनि भित्र भित्रै सडदै थिएँ


3 Comments:

खुल्लामन्च said...

Hey Bhsagawan! kati ramro lekhna sakn bhaejo yaar! badhai chha, ajha badhi padhna paaiyos !

Luna said...

कती दिक्दार लाग्दो बियोगात्मक गजल !
शब्द च् यन सार्है मिलेका छन ।

Anonymous said...

बाध्यता र बिबस्ता का आशु सँग सँग बेदनको तड्प
लाइ गजल को रुप दिइ छातिमा लेख्नु भय छ ।
अशोक

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !