January 10, 2009

परदेशबाट लय प्रभा

दौंतरीमा लगातार आफ्नो प्रष्टफुटन प्रस्तुत गर्दै आउनु भएकी प्रभा आचार्यले हालै मात्र परेदेशबाट भन्ने कबिता संग्रह प्रकाशित गर्नुभएको छ। बिदेशमा रहेको आफ्नो ब्यस्त समय चोरेर आफ्नो साहित्यको घैंटो भोर्ने काम गर्नुभएको छ। अब कस्ले भन्छ बिदेशमा रहेर देशको सेवा गर्न सकिदैन?। प्राय: लेखक पाठक पनि अरव देखी अमेरीका सम्म रहेर आफ्नो देशको बारेमा सोच्ने बोल्ने स्थान भएको छ दौंतरी। त्यसमा दौंतरीले प्रभाजीले रच्नुभएका रचनाहरु पाठक समक्ष पस्कने काम मात्र गरेको छ।

उक्त कृतीमा के के छन, भिविष्यमा उहांले आफै भन्नुहुने नै छ। आज उंहाको एउटा गित तपाइहरु समक्ष राख्दैछु।

प्रभाजीलाइ पनि दौंतरीको तर्फबाट सानो सम्मान- दौंतरीमा अब देखी हरेक हप्ता गित, कबिताको संगालो आउने छ जुन स्तम्भको नाम उंहाकै नामबाट हुने छ- "लय प्रभा"। जनताको ब्लग जनता प्रती नै समर्पित गर्न पाउदा निकै आन्नद मिलेको छ- (नेपालियन)।

भेटिएर छुट्नुभन्दा नभेट्नु नै राम्रो
कर्कलाको शीत हुन्छ,लाको माया हाम्रो ।
माया भन्नु खेल होइन, दाउमा राखी खेल्ने
साँचो माया अमिट हुन्छ,सुख,दुख झेल्ने ।
तड्पिएर जिउनु भन्दा,नसम्झिनु नै राम्रो
रातमा फुल्ने फूल बन्छ लाको माया हाम्रो ।
प्रीत साट्नु ठट्टा होइन, क्षणभरमा भुल्ने
भावनामा बहेर मात्र ब्यर्थ किन जिउने ।
(आचार्य प्रभा, अमेरीका)


8 Comments:

Anonymous said...

भाब पूर्ण छन यि गीत का शब्द हरु ।
मन लाई छुन्छन ।

Anonymous said...

दौतरी तिम्रो मप्रतिको सद्भभावना पढ्न साथ खुशी र आँशुको समिश्रण पस्कदैछु तुरुन्तै /कतै मेरो यो पागलपन नहोस् /

तिम्रो छात्ती ब्यथा पोख्ने मीठो ठाउँ भयो
जिन्दगीको पीडा पनि सारा कता गयो /

बैसालुको बैश जस्तै तिमी जब आयौ
श्रीजनाको घाम बनी मनमा नै छायौ /

दाता बनी हात तिम्ले जब फुकायौ
तिम्रो पनि एक्लोपन सबै लुकायौ /

जब तिमी हासिदिन्छ्यौ,सारा कलम हाँस्छन
प्रतिभाले आफ्नो ब्यथा सबै नै मास्छन /

दौतरीप्रती समर्पित तुरुन्त रछेको गीत /

Postak_Shrestha said...

प्रभाजीलाई बधाइ, तर हजुरको तस्वीर पनि किन फरक फरक? सपना संसारमा अर्कै देख्छु।

Anonymous said...

पोस्तक जि,
सबैमा एौटै फोटो भएकोले सबै रचनाहरु एउटै जस्ता भए सबैमा एउटै हुँदा हेर्दा हेर्दा दिक्क पनि लाग्न सक्छ नि सपना संसारमा त वहाँहरुले मेरो सङ्रहबाट नै फोटो राख्नु भएको रहेछ मलाई त राम्रो लाग्यो/सधैं एउटै राम्रो पनि त हुन्न नि हैन र ?

kunai din ........ said...

aafno aanshu moti sari
aaru ko aanshu barsha ko pani
samjhane yo duniya ko rit nai ho
mata bhanchhu prabha ji le kalam ko tuppo bat bhawana ka moti ko barsat
garaunu bhaeko chha
sahitya chhetra ma pardai gaeko khaderi fantma
badhai chha.
ani e pyaro postak bhai tyasto kuro nasodhun ho
manchhe ta badlinchha chhin chhin ma photo ko ke kuro?
mero jawaf thik chha ta prabha ji?

Dilip Acharya said...

प्रभाजीलाई बधाइ साथै दौंतरीद्वारा गरिएको स्रष्टा सम्मानको स्वागत गर्दछु ।

Anonymous said...

केही प्राविधिक त्रुटी भईराख्या हो कि भन्ने शंका मात्र गरेको शेखर् दाइ।

kunai din ........ said...

prabidhik truti sachyaula sakinchha
bhawana ko truti sachyaun sakinn
tapai ko 3lakha pratisat thik ho la .

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !